एभरेष्ट दैनिक

झापाको बिर्तामोड बजारमा सिसी क्यामराबाट निगरानी सुरु

झापा, माघ २४ । झापाको बिर्तामोड क्षेत्रमा चोरी बढ्न थालेपछि सिसी क्यामराबाट निगरानी गर्न थालिएको छ । चारपाने चोकबाट क्यामरा राख्न सुरु गरिएको हो । बिर्तामोड २ मा मात्र १५ वटा क्यामरा राखिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पहिलो चरणमा बिर्तामोड १ देखि ५ नम्बर वडाका सडकमा सिसी क्यामरा जडान गरिने कोइरालाले जानकारी दिए । केहि महिना अघि बिर्तामोडमा भएको आन्दोलनका क्रममा मुक्ति चोकमा राखिएका सिसी क्यामरा आन्दोलनकारीले फुटाएका थिए । बिर्तामोडमा अहिले चार वटा मात्र क्यामेरा रहेको ६० वटा पुर्याइने कोइरालाले जानकारी दिए ।