एभरेष्ट दैनिक

ताईवानमा ६.४ म्याग्नेच्यूडको भूकम्प, चारको मृत्यु, २२५ घाइते

ताईवानको पूर्वि क्षेत्रमा मंगलबार मध्यराति भूकम्प भएको छ । ६.४ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ भने २२५ जना घाइते भएका छ । ठूल्ठूला भवनहरु भत्किदा १४५ जना वेपत्ता रहेको जनाएको छ । अमेरिकी जियोाफिकल सर्वेका अनुसार ६.४ रेक्टरको भूकम्प मापन गरिएको छ । यहाँका ठूल्ठूला भवनहरु भत्किएका छन् । ताईवानका राष्ट्रपति साई इङ वेनले उद्धार र रातहका कार्यमा जुट्न देशवासीलाई आग्रह गरेका छन् । उनले मन्त्रिपरिषद र मन्त्रीहरुलाई राहतमा जुट्न निर्देशन दिएका छन् । ठूलो भूकम्प गएयता एक सय भन्दा बढी भूकम्पका स–साना झट्का गइसकेका छन् । त्यहाँ सुनामी पनि आउन सक्ने चेतावनी दिइएको छ । दुई वर्ष अघि गएको भूकम्पमा एकसय जनाको मृत्यु भएको थियो । त्यस्तै सन् १९९९ मा गएको ७.६ म्याग्नेच्यूडको भूकम्पमा दुई हजार चारसय जनाको मृत्यु भएको थियो । (एजेन्सीहरु)