एभरेष्ट दैनिक

रामबहादुर थापा राष्ट्रियसभा सदस्यमा विजयी, राष्ट्रियसभा अध्यक्ष बन्ने चर्चा

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बादलले ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन । बादल वाम गठबन्धनका साझा उम्मेदवार हुन । प्रदेश नं ३ को खुलातर्फबाट बादल राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । नेकपा एमाले र माओवादी केन्द्रबीच बादललाई राष्ट्रियसभा सदस्यको अध्यक्ष बनाउने सहमति भएको बताइएको छ । राष्ट्रिय सभामा बादल सबैभन्दा वरिष्ट नेता हुन हुन । उनको जित सुश्चितताका लागि एमालेको नेता बेदुराम भसालको उम्मेदवारी फिर्ता गरिएको थियो । पहिला चितवनबाट र पछि ललितपुरबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा त कहिले समानुपातिकमा नाम पठाउने चर्चा भएको थियो । कुनै समय राष्ट्रपतिका लागि पनि नेता बादलको नाम चर्चामा थियो । तर अन्तिममा आएर बादललाई प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको थियो ।