एभरेष्ट दैनिक

प्रदेश नं ६ मा वामगठबन्धनको क्लिनस्वीप,कुन दलबाट कसले र कति जितें

काठमाडौं । बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर ६ मा वामगठबन्धनले क्लिनस्वीप गरेको छ । भने अन्य प्रदेशमा उपस्थिति जनाएको नेपाली कांग्रेस शुन्य भएको छ । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ । कूल ५९ सदस्यमध्ये ३२ सदस्यका लागि बुधबार निर्वाचन भएको हो । ५६ मध्ये २४ सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा प्रदेश नम्मर ६ मा नेपाली कांग्रेस शुन्य भएको छ । कांग्रेसले निर्विरोध र एकल संक्रमणीय मतका आधारमा भएको निर्वाचनमा सबै प्रदेशमा आफ्ना सदस्य जिताउन सफल भए पनि प्रदेश नम्बर ६ मा भने कुनै सदस्य जिताउन सफल भएन । राष्ट्रियसभाका लागि प्रदेश नम्बर ६ मा कूल ८ सदस्यका लागि निर्वाचन भएकोमा एमाले ५ र माओवादी केन्द्र ३ सिट जितेका छन् । विजयी उम्मेद्वारमामहिला तर्फ एमालेबाट कविता बोगटी, नन्दा शर्मा र माओवादीबाट युटुल लामा रहेका छन् । यसैगरी एमाले तर्फ दलितमा नरपति लुवार, अपाङ्गता र अल्पसङ्ख्यक जीवनबहादुर बुढा माओवादी केन्द्रबाट रहेका छन् । अन्यमा कालीबहादुर मल्ल माओवादी केन्द्र, भैरवसुन्दर श्रेष्ठ एमाले र ठगेन्द्र प्रकाश पुरी एमालेबाट निर्वाचित भएका छन् ।