एभरेष्ट दैनिक

नेपालमा पनि सबैभन्दा महङ्गो र स्तरीय सेमी लो–फ्लोर बस

काठमाडौं । विदेशमा सहरहरुमा देख्न पाइने सुविधासम्पन्न समेी लो–फ्लोर बस नेपालमा पनि चल्ने भएको छ । साझा यातायातले यो बस सञ्चालनमा ल्याउन लागेको हो । यो नेपालको सार्वजनिक यातायातमै सबैभन्दा महंगो र स्तरीय बस हो । भारतीय कम्पनी अशोक ले–ल्याण्डले तयार गरेको बस भारतबाट सोमबार काठमाडौं ल्याइएपछि काठमाडौंका सडकमा गुडनेछ । योसँगै साझा २० वटा थप सिटी बस समेत भित्र्याउने भएको छ । यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् । साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ । यो बस बाँसबारीदेखि पाटनसम्मको अस्पताल क्षेत्रलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने योजना रहेको साझाकाम निमित्त कार्यकारी अधिकृत ९सीईओ० महेन्द्रराज पाण्डेयले बताएको अनलाइनखबरको समाचारमा उल्लेख छ । यो बसमा अशक्त, अपांग र बिरामीलाई चढ्न ओर्लन सजिलो हुन्छ, त्यसैले न्युरो अस्पतालबाट छुटाएर टिचिङ, कान्ति, वीर अस्पताल अल्का हुँदै पाटन अस्पतालसम्म यसले सेवा दिने योजना छ,’ पाण्डेयले भने ।