एभरेष्ट दैनिक

यात्रुवाहक बसबाट करिव २ किलो चरेश बरामद

काठमाडौं । नागढुङ्गा प्रहरीले २ किलो चरेश बरामद गरेको छ। धादिङवाट काठमाडौं तर्फ आउदै गरेको वा २ख ८८१९ नम्वरको यात्रुवाहक वस चेकजाँचको क्रममा २ किलो चरेशसहित एकजना पक्राउ परेका हुन्। राजधानीको चन्द्रागिरि वडा नं २ नागढुङ्गामा रोकेर चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ बेच्न लैजादै गरिएको अवस्थामा अवैध चरेश बरामद गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव राज भट्टले बताए। प्रहरीले ओसार प्रसारमा संलग्न मकवानपुर आगरा ३ का वर्ष २९ का हस्त राम तामाङ लाइ नियन्त्रण लिइएको छ। प्रतिवन्धित लागुपदार्थ चरेश बेचबिखनको लागि लैजादै गरेको अवस्थामा विशेष सूचनाको आधारमा नागढुङ्गा प्रहरी प्रभाग बाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो। प्रहरी निरिक्षक भट्टले भने, ‘बसमा चरेश ओसार–पशार हुँदैछ भन्ने सुचनाको आधारमा हामीले सक्रियता बढाएका थियौँ।’ मकवानपुर र धादिङ रको दक्षिणी क्षेत्रको महाभारत पर्वत आसपासका गाउँपालिकाहरुमा अवैध रुपमा गाँजा र चरेशको खेती हुने गरेको पाइन्छ। प्रतिवन्धित लागपदार्थहरु खुलेआम खेती भइरहदा स्थानिय प्रशासनले बेला–बेलामा गाँजा फडानी अभियान चलाइरहे पनि त्यो सफल हुन सकेको छैन। पक्राउ परेकाहरुले नै बेच्न लैजादै थिए कि उनीहरु भरियामात्र थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि पक्राउ परेकाहरुलाई लागुपदार्थ ओसार–पसार ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ।