एभरेष्ट दैनिक

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, दुईको मृत्यु डेढदर्जन घाइते

काठमाडौं । अमेरिकाको केन्टकी राज्यको एक उच्च माध्यामिक विद्यालयमा एक विद्यार्थीले गोली दुई जना विद्यार्थीका मृत्यु भएको छ । एक उच्च माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीले हानेको गोली लागेर सोही विद्यालयका १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विद्यार्थीले कक्षामा पढाई सुरु भएपछि हाते बन्दुक निकाली गोली चलाएका थिए ।