एभरेष्ट दैनिक

दीपिकाले घोषणा गरिन् अबदेखि ऐतिहासिक फिल्म खेल्दिनँ

बलिउड चलचित्र पद्मावतलाई लिएर भइरहेको विरोधका कारण चलचित्रका अधिकांश स्टारहरु हैरानीमा परेका छन् । करणी सेनाले विरोधमा प्रदर्शन गरेपछि फिल्मको रिलिज मिति १ डिसेम्बरबाट धकेलिएर २५ जनवरी पुगेको थियो । त्यसबीच पनि पद्मावतको विरोधमा हलहरुमा आगजनीसमेत भएको थियो । यति हंगामा भएपछि अब फिल्मकी हिरोइन दीपिका पादुकोणले कुनै पनि ऐतिहासिक फिल्ममा नखेल्ने बताएकी छिन् । एक कार्यक्रममा जब उनलाई अब यस्तै खालका फिल्म खेल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो भएपछि त अब कहिल्यै खेल्दिन ।’ उनले एतिहासिक पात्रका विषयमा विवाद हुने भन्दै त्यस्ता फिल्म नखेल्ने घोषणा गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जब फिल्मको सवैभन्दा मनपरेको सीनबारे प्रश्न गरियो तब उनले भनिन्,‘मलाई खिलाजी र रावलबीच भएको लडाइ मन परेको छ । मैले दुई मुख्य स्टार बीचको यस्तो एक्शन पहिले कहिल्यै देखेको थिइन ।’ दीपिकाले पद्मावतमाथि आफ्ना अविभावकको प्रतिक्रियाबारे पनि बताएकी छिन् । उनले भनिन्, ‘स्पेशल स्क्रीनिङपछि जब सुत्न गइरहेको थिए तव भिडियो कलमार्फत बामा ममीले भने, हामीलाई तिमीमाथि गर्व छ ।’ करणी सेनाको धम्की तथा विरोधपछि आफ्ना अविभावकलाले म सम्हालिने विश्वास गरेका थिए । एजेन्सीको सहयोगबाट