आप्रवासीप्रति ट्रम्पको आक्रोशः ‘कामै नलाग्ने मुलुकका आप्रवासीलाई किन स्याहार्ने ?’
२८ पुष, २०७४
काठमाडौं, पुस २८ । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उनीहरुविरुद्ध प्रहार गरेको खबर सार्वजनिक भएको छ । विहीवार मात्र पनि सांसदहरुसँगको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका छन् । हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेको वासिंगटन पोष्टले दावी गरेको छ । राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार नगर्दै केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ । कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बन्ने गरेको पनि दावी गरिएको छ । सांसदहरुसँगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका छन् ।
पूर्व जनमुक्तिसेना सुनिलकुमार जेल चलान
२६ पुष, २०७४
मृत घोषित व्यक्ति घुर्न थाले पछि
२६ पुष, २०७४
डोल्पामा भीषण आगलागी
२६ पुष, २०७४
डा. गोविन्द केसी रिहा
२६ पुष, २०७४
३३ वर्षपछि अभियुक्त पक्राउ
२६ पुष, २०७४