वाईसीएल र युवासंघ नेपालबीच एकता चाँडै : पर्शुराम बस्नेत
२८ पुष, २०७४
नेकपा एमालेका नेता तथा युवासंघ नेपालका सचिव पर्शुराम बस्नेतसंग गरेको कुराकानी : देशमा राजनीतिक मुद्दा सकिएर समृद्धिको एजेण्डालाई आत्मसाथ गर्दैगर्दा वाम गठबन्धनलाई सरकार निर्माणको लागि स्पष्ट बहुमत आएको छ । विकास र समृद्धि हासिल गर्नका लागि युवासंघ कसरी अगाडि बढ्दैछ ? मुलुकमा तीन चरणका निर्वाचन सम्पन्न भइसकेका छन् । तपाईले भनेजस्तै राजनीतिक उपलब्धीका आन्दोलनहरु सकिसकेका छन् । हामीले अब समृद्धि, स्थायित्व र विकासको एउटै मुद्दालाई अगाडि बढाइरहेका छौँ । वाम गठबन्धनको पक्षमा नेपाली जनताले जुन उत्साहले मत दिनुभएको छ । त्यसले संघीय प्रणालीमार्फत समृद्धि पस्कने उद्देश्यलाई पूरा गर्छ । तपाई प्रदेश नं १ बाट प्रतिनिधित्व गर्नुहुन्छ । सबैभन्दा धेरै जिल्ला समेटिएको प्रदेश पनि त्यही हो । कसरी सम्भव हुनसक्छ समृद्धि ? एक नं प्रदेश आफैमा समृद्ध प्रदेश छ । यसलाई जलस्रोतको हिसाबले पर्यटनको हिसाबले, कृषियोग्य जमिनका हिसाबले, धार्मिक पर्यटनका हिसाबले सबैभन्दा राम्रो भविष्य भएको प्रदेशका रुपमा लिन सकिन्छ । यसकारण एक नं. प्रदेशले अन्य छ वटै प्रदेशलाई मार्गनिर्देश गर्छ भन्ने हाम्रो विश्वास छ । यहाँ वाम गठबन्धनको लगभग दुई तिहाई मत भएकाले सहज रुपमा प्रदेश सञ्चालन गर्न सकिन्छ । निर्वाचन आयोगले प्रक्रिया टुंग्याउना साथ एक नं प्रदेशले हामीजस्तै युवा नेतृत्व पाउँछ । एक नं. प्रदेशको पहिलो मुख्यमन्त्री हुने सौभाग्य शेरधन राईले पाउनुहुनेछ । यसले युवा वर्गमा उत्साह थपेको छ । जसरी भारतमा गुजरातले एउटा सन्देश प्रदान गरिरहेको छ, त्यसैगरी एक नं प्रदेशले विकास र समृद्धिको मोडल सहितको एउटा खाका प्रस्तुत गर्छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको छैन् । लामो समयदेखि प्रदेश नं एकको राजधानी धनकुटा बनाउनुपर्छ भनेर त्यहाँका वासिन्दाहरुले आन्दोलन गरिरहेका छन् । तपाईलाई कसरी टुंगिन्छ जस्तो लाग्छ यो कुरा ? प्रदेशको राजधानी अहिले अस्थायी रुपमा तोकिदैछ । भौतिक संरचनादेखि लिएर सरकार निर्माण गर्न सहज हुने ठाउँमा सरकारले अस्थायी राजधानी तोक्छ । तर स्थायी राजधानी वैधानिक हिसाबले संविधानमा भए बमोजिम प्रदेश सभाका सदस्यहरुको बहुमतको आधारमा उपयुक्त ठाउँमा तोकिन्छ । त्यस कारण हामीले अहिले नै त्यो कुरामा दाबी गरिरहनु उचित हुँदैन जस्तो लाग्छ । पार्टी एकताको कुरा आइरहेको छ । माओवादीबाट पनि वाईसीएल छ । एमालेबाट तपाईहरु हुनुहुन्छ । अब कसरी अगाडि बढ्नुहुन्छ ? युवासंघ देशभरि नै शसक्त छ । पार्टी एकतापछि वाईसीएल र युवासंघको पनि एकता महाधिवेशन हुन्छ । त्यो महाधिवेशनले देश विकासका लागि तथा समुन्नत समाज निर्माणका लागि सहयोग गर्छ । यसले राजनीतिमा युवाको वितृष्णालाई चिर्नका लागि यसले सहयोग गर्छ । पर बसेर राजनीतिलाई धारे हात लगाउने भन्दा पनि राजनीतिभित्र छिरेर शुद्धिकरण गर्नका लागि हामी युवाहरुलाई प्रोत्साहन गछौैँ । यस्तै अन्य योजनाका साथ हामी आउँदैछौँ । अन्त्यमा, नयाँ सरकार गठनपछि देश नयाँ दिशातिर उन्मुख हुन्छ भन्नका लागि तपाईको भनाई के हुन्छ ? अहिले अड्किएको राजनीतिलाई सबै मिलेर समाधानको बाटोमा जानुपर्छ । राष्ट्रियसभा निर्वाचनको कार्यातालिका सार्वजनिक भइसकेकाले यो प्रक्रिया निर्धारित मितिमा नै हुन्छ । सम्भव त फागुनसम्ममा सबै कानुनी जटिलताको अन्त्य भएसंगै जनमत अनुसार वाम गठबन्धनको सरकार बन्छ । त्यो सरकारले जनताको चाहाना, भावना अनुसार देशलाई समृद्धिको दिशामा हिडाउँछ । मुलुकले स्थायित्व र समृद्धिको ढोका खोल्छ । -हिमालपाेष्टबाट
भोलिबाट मौसममा सुधार हुने
२८ पुष, २०७४
इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
२८ पुष, २०७४
झलनाथ खनालले अध्यक्ष बन्छु भनेपछि ….
२८ पुष, २०७४
बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज
२८ पुष, २०७४
राजदुत टन्डनको बिदाई कार्यक्रम लाज्जस्पद
२८ पुष, २०७४
प्रचण्ड फेरि ‘किङमेकर’ !
२८ पुष, २०७४
चुरे बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न
२८ पुष, २०७४
राजपामा विवाद चुलियाे
२८ पुष, २०७४
सुटिङको क्रममा भक्कानिए कलाकार !
२८ पुष, २०७४