बजेट कम छुट्याएको भन्दै सांसद भन्छन्,-‘मन्त्रीलाई जेल हाल्नुपर्छ’

काठमाडौै, असार १ । आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् ।

सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध उभिएपछि संसद् सचिवालयले शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारेको छ । शुक्रबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेटमाथि छलफलक्रममा सत्तापक्षका सांसदहरूले मन्त्रीको चर्को विरोध गरे ।

सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाको भन्दा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र खेलकुदमन्त्री जगतबहादुर सुनारको बढी आलोचना गरे । दाङ १ बाट निर्वाचित मेटमणि चौधरी र कैलाली २ बाट निर्वाचित झपट रावल अन्य सांसदभन्दा बढी आक्रोशित भए ।

सांसद चौधरीले आफ्नो क्षेत्रमा बजेट नपार्ने मन्त्रीलाई जेल हाल्नुपर्ने बताए ।

मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याएर म्याच फिक्सिङ गरेको आरोप उनले लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीको हातमा हतकडी लाग्छ । जेल जानुपर्छ । आज मन्त्रीहरूले बजेट र कार्यक्रम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । कान्तिपुरमा खबर छ ।

अब पैसा कमाउन विदेश जानुपर्दैन, स्वदेशमै चिज उत्पादनबाट लाखाै‌ंको कमार्इ

रसुवा । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम चिज र तीन हजार किलोग्राम मखन तथा गतलाङ केन्द्रले १३ हजार चिज र चार हजार ३०० किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको हो । लक्ष्य परपूतिृका लाति ती केन्द्रले दैनिक रुपमा आफ्नो कार्य निरन्तर अगाडि बढाइरहेको केन्द्रले जनाएको छ । गतवर्ष यी तीनवटै केन्द्रले ३२ हजार किलोग्राम चिज र ११ हजार दुई सय किलोग्राम मखन उत्पादन गरेका थिए । नेपालको जेठो चिज उत्पादन केन्द्र लाङटाङमा भने भौगोलिक विकटता र सञ्चार पहँुच नपुगेका कारण विवरण प्राप्त हुन सकेको छैन । दुग्ध विकास संस्थानअन्तर्गत रसुवामा चारवटा चिज उत्पादन केन्द्र सञ्चालित छन् । गतवर्ष चौरीको दूध उत्पादनबाट यहाँका ९५ जना किसानले धुञ्चे, चन्दनबारी र गत्लाङ केन्द्रबाट रु दुई करोड पाँच लाख भुक्तानी लिएको दुग्ध विकास संस्थानले जनाएको छ । यसवर्ष भने त्यसमा केही वृद्धि हुने बताइएको छ । गतवर्ष उत्पादित चिज तथा मखनबाट रु छ करोड १३ लाख आम्दानी गरेको संस्थानले जनाएको छ । चिज उत्पादनका लागि दूध दिने चौरी गाईको संख्या यहाँ एक हजार ४०० रहेको चौरीपालक किसान सोनाम घलेले बताउनुभयो । फ्याटको हिसाबले दूधको प्रति युनिट मूल्य रु १२ देखि ८४ सम्म रहेका छन् । दूधको उचित मूल्य पाउन थालेपछि चौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको धुन्चे चिज उत्पादन केन्द्र कुना खर्कका वरिष्ठ केन्द्र प्रमुख पूर्णबहादुर जिरेलले बताउनुभयो । दुग्ध विकास संस्थानले यस वर्षका लागि प्रति किलोग्राम चिजको मूल्य रु एक हजार छ सय तथा मखनको मूल्य रु एक हजार कायम गरेको छ, गतलाङ केन्द्रका प्रमुख धनबहादुर जिरेलले भन्नुभयो, “ संस्थानको लक्ष्य परिपूर्तिका लागि चिज उत्पादनमा विशेष जोड दिइएको छ ।” गतवर्ष प्रति किलोग्राम चिजको मूल्य रु एक हजार ४०० कायम गरिएको थियो । मखनको मूल्य भने यथावत् नै छ । प्रत्येक वर्ष वैशाख १ गते देखि कात्तिक १५ गते सम्म चिज उत्पादनको उपयुक्त समय मानिन्छ । चौरी गाई वर्षेनी चैतको अन्तिम हप्तामा ब्याउने भएकोले साढे छ महिना मात्र चिज उत्पादन गर्ने गरिन्छ । गोसार्इंकुण्डको काखमा रहको चिज उत्पादन केन्द्र चन्दनबारीमा चौरीको दूधबाट उत्पादित चिज गोसाईंकुण्डबाट फर्केका भक्तजनले प्रसादीको रुपमा समेत खरिद गरी लाने गरेको चन्दनबारीका केन्द्रका प्रमुख छत्रबहादुर तामाङले बताउनुभयो । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर भन्दा माथि जंगलमा औषधिजन्य घाँसपात खाएका चौरीको दूधबाट बनेका चिज खाँदा स्वास्थ्यबर्धक हुने चिज पारखीको विश्वास छ । रासस

कारोबार सुरु भएको एकघण्टामै नेप्से ०.२९ प्रतिशतले घट्यो

काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव २९ प्रतिशत घटेको छ । कारोबार भएको शुरूको समयमा बढेको बजार एक घण्टाको अवधिमा ३ दशमलव ८९ अङ्कले घटेर १ हजार ३ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका नौ समूहको परिसूचकमा जलविद्युत, वित्त र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । १ सय ७ कम्पनीको रू. ३ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल इनभेष्टमेण्ट बैंक र प्रिमियर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

बजेटबारे नेताहरूको प्रतिक्रिया यस्तो छ

केपी शर्मा ओली,प्रधानमन्त्री- जनअपेक्षाअनुसार बजेट आएको छ, कार्यान्वयन हुन्छ। विपक्षीले वजेट छरेको भनेर आरोप लगाएका छन, के चुपचाप लागेर बस्नु त ? शेरबहादुर देउवा,पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति-यो बजेट कार्यान्वयन हुन सक्दैन। करको दायरा बढाएर मात्र हुँदैन। कुनै पनि हालतमा वजेट कार्यान्वयन हुने सम्भावना देखिँदैन। डा.बाबुराम भट्टराई,पूर्व प्रधानमन्त्री-म अलिकति निरास भएँ। सरकार यति ठूलो बहुमतमा हुदाँहुदै पनि नयाँ उडान भर्ने जुन अवसर प्राप्त गरेको थियो । जनताले सरकार गठन भए सँगै विकास र संम्वृद्धिका आधार वर्ष बन्छ, त्यसको निमित्त गुणत्मक ढंगले कार्यक्रम आउछ भनेका थिए तर त्यो दिसामा बजेट आएन। सारमा बजेट पुरानै सरकारको निरन्तरतामा आयो। मैले पहिले पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा नै शंका गरेको थियो। कतै यो सपनामा नै सीमित भयो भने सपनामा नै सीमित हुने त होइन। यस अर्थमा म एकदमै दुखित छु। लक्ष्य लिएको ८ प्रतिशत पु¥याउन भने खास–खास क्षेत्रमा लगानी गर्ने र वैदेशिक लगानी ल्याउनु र स्वदेशी उद्योग लाई परिचालन गर्नै नीति ल्याउनुपर्छ तव मात्र सरकारले लिएको ८ प्रतिशत लक्ष्य राखेर मात्र पुरा हुन्छन। ५ लाखले रोजगारी पाउने अवस्था देखिदैन। रोजगारी प्राप्त हुने क्षेत्र कृषिमा १ खर्ब मात्र रहेको छ यो अत्यन्त कम हो। शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत हुनुपर्ने बजेटमा ७ देखि ८ प्रतिशत रहेको छ। प्रविधिक शिक्षाको तल्लो तहसम्म सरकारले ठूलो लगानी गर्ने भने पनि ८४ करोड मात्र विनियोजन हुनुले सरकारको लक्ष्य प्राप्त हुने देखिँदैन। लक्ष्मणलाल कर्ण राजपा सांसद् प्रदेशलाई सम्वोधन गर्ने गरी बजेट आएको छैन। सांसदलाई योजना छान्नका लागि ४ करोड दिने भनिएको छ,। यसको कार्यान्वयन प्रक्रिया जटिल छ र सांसद्लाई अपमान गर्ने काम भएको छ। बजेटको कार्यान्वयनमा केही समस्या देखिन्छ। बजेटले केन्द्रीकृत मानसिकतामा त्याग्न सकेको छैन, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने वातावरण बन्ने देखिँदैन। राजकिशोर यादव,राजपा सांसद्-सरकारले हल्ला गरेजस्तो बजेट आएन। वर्तमान सरकारले केही गर्ला भन्ने जनअपेक्षा थियो तर त्यस्तो सम्भावना देखिएन। सरकारलाई प्रदेश र स्थानीय तह पनि छ भन्ने थाहा नै रहेनछ, केन्द्रले मात्र नियन्त्रण गर्न खोज्नु दुर्भाग्य हो। नीति तथा कार्यक्रम आउँदा नै राम्रो किसिमको बजेट आउला भन्ने लागेको थिएन त्यही भयो।   ज्ञानेन्द्रबहादुर कार्की,पूर्वअर्थमन्त्री-दिशाहीन दस्तावेजको रूपमा बजेट आएको छ। एकीकृत पार्टीले घोषणापत्रमा उल्लेख गरेअनुसार कुनै पनि राम्रा योजना आएनन्। जनताले पत्याउने अवस्था देखिएन। नीति तथा कार्यक्रममा छुटेका कुरालाई वजेटमा समेटिएला भन्ने अपेक्षा थियो त्यो पूरा हुन सकेन। नीजि क्षेत्र, उद्योगी व्यवसायीका साथै धेरै पक्ष निराश भएका छन्।   शंकरप्रसाद कोइराला,पूर्व अर्थमन्त्री-आर्थिक समृद्धि हासिल गर्ने भनेर सरकारको योजना थियो तर तत्काल हेर्दा त्यस्तो धेरै सम्भावना त देखिएन। भौतिक पुर्वाधारमा प्राथमिकता दिइएको छ यो राम्रो हो। गत सालको हाराहारीमा छ वजेट। घोषणा गरिएको वजेट कार्यान्वयन गरेर जनतालाई अनुभूति दिन सकेमात्र सार्थकता रहन्छ।   अनिलकुमार झा,राजपा सांसद्-यो वजेटले सरकारले सोचेजस्तो ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई पूरा गर्न सक्दैन। नीति तथा कार्यक्रमकै निरन्तरतामात्र हो, केही फरक अनुभुति हुन सकेन। सरकारले स्रोत बढाउनेतर्फ कुनै योजना ल्याएको छैन, दूरदर्शी वजेट छैन। यो पाराले समाजवाद हासिल हुन सक्दैन। अर्को बाटोबाट ४ करोड रूपैंया कसरी सांसद्लाई अपमानित गर्ने काम गरेको छ, यो खारेज गर्न माग गर्दछु। यो ढंगले कसैले पनि मागेको होइन। आजको नेपाल समाचारपत्रमा यो सामग्री प्रकाशित छ ।

यस्तो छ १३ खर्बको बजेटको पूर्णपाठ

काठमाडौं । कतिपय नयाँ र पपुलर घोषणासहित सरकारले १३ खर्बको विशाल बजेट प्रस्तुत गरेको छ । बजेटमा अधिकांश कुराहरु पुरानैको निरन्तरता भएपनि केही क्षेत्रमा नयाँ घोषणा समेत गरिएका छन् । सार्वजनिक सेवा भन्दा पूर्वाधार निर्माणमा बढी जोड दिएको बजेटको पूर्ण पाठ यो लिंकमा गएर पढ्नसकिन्छ । Budget 2075-076 Everestdainik

दोस्रो घण्टाको कारोबारमा फेरि ०.५१ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । मंगलबार कारोबार भएको दोस्रो घण्टामा नेप्से शून्य दशमलव ५१ प्रतिशत घटेको छ । कारोबार भएदेखि दुई घण्टाको अवधिमा बजार उतारचढावको क्रममा रहेको छ । यस समयमा परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय २९ दशमलव ५२ विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल, र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ। कारोबार भएका १ सय ५५ कम्पनीको रू.१७ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय ३० मा रू. १ करोड ३३ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार दोस्रो घण्टाको कारोबारमा फेरि ०.५१ प्रतिशतले घट्यो नेप्से काठमाडौं । मंगलबार कारोबार भएको दोस्रो घण्टामा नेप्से शून्य दशमलव ५१ प्रतिशत घटेको छ । कारोबार भएदेखि दुई घण्टाको अवधिमा बजार उतारचढावको क्रममा रहेको छ । यस समयमा परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय २९ दशमलव ५२ विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल, र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ५५ कम्पनीको रू.१७ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय ३० मा रू. १ करोड ३३ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

दिउँसो ४ बजे आव २०७५–०७६ को बजेट प्रस्तुत हुंदै

काठमाडौं । आर्थिक वर्ष २०७५–०७६ का लागि मंगलबार संघीय संसदको संयुक्त बैठकमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत हुंदैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रस्तुत हुने बजेटको उद्योगी, व्यवसायी, सरकारी कर्मचारी, आम जनता, सबै क्षेत्र र संस्थाले प्रतिक्षा गरिरहेका छन् । देशको समग्र विकास र आम मानिसको जीबनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारले प्रस्तुत गर्ने बजेटलाई चासोका साथ हेर्ने गरिन्छ । विगतका वर्षहरुमा प्रस्तुत हुने भन्दा यो बजेट केहि फरक हुनेछ । देश सङ्घीयतामा गएका कारण तीन तहको सरकारलाई विनियोजन गरेर बजेट आउँदैछ । केन्द्र, ७ प्रदेश र ७ सय ५३ स्थानीय तहलाई रकम विनियोजन गरी बजेट तयार पारिएको छ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय तहले बजेट ल्याउने दिन तोकिएकाले सोही समयमा बजेट प्रस्तुत हुन्छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान गरी अर्थमन्त्रीले सङ्घीय संसदमा बजेट पेस गर्नु पर्ने उल्लेख छ । केन्द्रको बजेट जेठ १५ गते प्रस्तुत भएपछि त्यसैले विनियोजन गरेको बजेटको आधारमा असार १ मा प्रदेश र असार १५ मा स्थानीय तहले आ–आफ्नो सरकारको बजेट ल्याउने गर्दछन् । मङ्गलवार अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् । सरकारले सोमवारै बजेटको सम्पूर्ण तयारी पूरा गरेको बताइएको छ । बजेट विवरण गोप्य रहने भएकाले कुल बजेट कति हो ? चालु खर्च, पूँजीगत खर्च, वित्तीय व्यवस्था, कर निर्धारण जस्ता विषय गोप्य रहने गर्दछ । तर, योजना आयोगले तोकेको सिलिङमा अर्थ मन्त्रालयले केहि योजनामा रकम थप घट गरेर झण्डै साढे १५ खर्ब रुपैयाँ बराबरको बजेट तयार पारेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू बजेटमा समावेश गरिएको हुन्छ । बजेटमा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गरिएको हुन्छ । चालू आव असार मसान्तमा सकिने छ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक २०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक–२०७५ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७५ पनि पेश गर्नेछन् । वाम गठबन्धन बनाएका नेकपाको सरकार भएकाले उनीहरुले चुनावताका जनतासमक्ष प्रतिबद्धता ब्यक्त गरेका घोषणापत्र, संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अर्थमन्त्री खतिवडाले श्वेतपत्र मार्फत औल्याँएका अर्थतन्त्रका कमजोरीलाई सम्बोधन हुने गरी बजेट तयार पारिएको बताइएको छ । आगामी आवको बजेटमा प्रदेश र स्थानीय तहलाई एक चौथाई बजेट छुट्ट्याईएको छ । बाँकी बजेट रेलमार्ग, जलमार्ग, कनेक्टीभीटी, इलेक्ट्रीसीटी, ठूला उद्योग, राजमार्ग विस्तार, सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बिशेष बजेट विनियोजन हुनेछ । साथै यूवा रोजगारी र केहि लोकप्रिय कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको बुझिएको छ । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि मंगलबार प्रस्तुत हुने बजेट बिशेष हुने छ । आर्थिकअभियानबाट साभार

१२ बजेको अपडेटः एकघण्टाको कारोबारमा नेप्से ०.५६ प्रतिशतले घट्यो

काठमाडौं । मंगलबार कारोबार भएको पहिलो एक घण्टामा नेप्से शून्य दशमलव ५६ प्रतिशत घटेको छ । कारोबार शुरु भएको १० मिनेट बढेको बजार त्यसपछि घट्न थालेको हो । यस समयमा ७ दशमलव ४६ अङ्कले घटेर परिसूचक १ हजार ३ सय २८ दशमलव ९३ विन्दुमा पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचकमा होटल, बीमा र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय १९ कम्पनीको रू. ७ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय २३ मा रू. १ करोड १२ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।

कारोबार सुरु भएको एकघण्टामा नेप्से ०ं.४१ प्रतिशतले घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार सुरु भएको एकघण्टामा नेप्से परिसूचक शून्य दशमलव ४१ प्रतिशत घटेको छ । पहिलो आधा घण्टा ओरालो लागेको बजार त्यसपछि भने स्थिर रहेको थियो । १ घण्टाको व्यापारमा परिसूचक ५ दशमलव ३० अङ्कले घटेर १ हजार २ सय ९५ दशमलव ११ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय १३ कम्पनीको ६ सय ३३ पटकको व्यापारमा रू। ४ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको हो । ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, बैङ्किङको शून्य दशमलव ६७ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५४ प्रतिशत घटेको छ । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३ प्रतिशत, विकास बैङ्क र बीमाको शून्य दशमलव १६ र वित्त कम्पनीको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको हो । आर्थिकअभियानबाट

वित्तीय क्षेत्रका नियमनकारी निकायलाई नियमन क्षमता बढाउन पुनः निर्देशन : अर्थमन्त्री युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति लगायत वित्तीय क्षेत्रका नियमनकारी निकायहरुलाई नियमन क्षमता बढाउन पुनः निर्देशन दिएका छन् । बीमा समितिको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दे अर्थमन्त्री खतिवडाले उक्त निर्देशन दिएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष तथा बीमा समितिका अध्यक्ष एउटै मञ्चमा रहेका बेला अर्थमन्त्री खतिवडाले नियमन क्षमता अभिवृद्धि गर्न निर्देशन दिए । वित्तीय स्थायित्व र सेवा विस्तारमा अर्थमन्त्रालय जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले नियमनकारी निकायलाई कानूनी रुपमा बलियो बनाउने सरकारको उदेश्य रहेको प्रष्ट पारे । ‘आवश्यक पर्दा बजारमा हस्तक्षेप गर्न तयार भएर बसेको सरकार हो, रमिता हेरर बस्दैन’, उनले भने । हामी स्वतन्त्र रुपमा काम गर्न दिन्छौं, काम गर्न प्रोत्साहित गर्छौं तर दायरा भन्दा बाहिर गए कारर्बाही गर्छोु, अर्थमन्त्रीले सचेत गराउँदै भने । बीमाको पहुँच विस्तार गर्न निर्देशन अर्थमन्त्री डा. खतिवडाले बीमाको पहुँच विस्तार गर्न बीमा समितिलाई निर्देशन समेत दिएका छन् । उनले हाल दश प्रतिशतमा रहेको बीमाको पहुँचलाई आगामी चार बर्षभित्र २५ प्रतिशत पुर्याउन निर्देशन दिए । जसमध्ये १० प्रतिशत लघु तथा कृषि बीमा हुनुपर्ने उनको भनाई छ । गैह्र कानुनी बीमा कारोबार एक वर्षभित्र अन्त्य गर्नुपर्ने त्यस्तै अर्थमन्त्री खतिवडाले नेपाल र भारत सीमानामा भारतीय कम्पनीलेहरुले गरिरहेको बीमा कारोबार एक बर्षभित्र अन्त्य गर्न पनि बीमा समितिलाई निर्देशन दिएका छन् । उनले गैह्र कानूनी नेटवर्कको माध्यमबाट बीमा गराउनेलाई कारबाहीको दायरमा ल्याउन पनि बीमा समितिको ध्यानकर्षण गराएका छन् । पुनर्बीमा कम्पनीलाई बलियो बनाई बीमा निर्यातमा जोड अर्थमन्त्री खतिवडाले नेपालबाट पुनर्बीमाको नाममा ठुलो रकम विदेशिने गरेको भन्दै यसलाई रोक्न स्वदेशी पुनर्बीमा कम्पनी सक्षम बनाउनुपर्नेमा जोड दिए । बीमा सेवाको व्यापार हो, अहिले बीमाको सेवा आयात भइरहेको बताउँदै उनले बीमाको निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए । वस्तु व्यापारका अतिरिक्त पर्यटन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको व्यापारमा नेपाल घाटामा रहेको जानकारी दिँदै खतिवडाले बीमा सेवा निकासी गरेर वित्तीय सेवा नाफामा लग्नुपर्ने बताए । बीमा ऐन चालु अधिवेशनबाट पारित गराउने साथै उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रस्तावित बीमा ऐन संघीय संसदको चालु अधिवेशनबाट पारित गराउने प्रतिवद्धता जनाए । ऐनको मस्यौदा अहिले कानून मन्त्रालयमा पुगेको जानकारी दिँदै निश्चित नियमन संस्थालाई कानूनी रुपमा बलियो बनाउन लागेका छौं । उनले भने । बैंकको जस्तो अवस्था नआओस् नयाँ बीमा कम्पनीहरुलाई बीमा समितिले लाइसेन्स दिएको तर्फ इंगित गर्दै अर्थमन्त्रीले भने धेरै संस्था आउँदा प्रतिस्पर्धा बढ्छ, सेवा विस्तार हुन्छ, भन्ने भ्रममा नपरौं । कम्पनीहरुको सेवा विकेन्द्रित नभए बैकिंग प्रणालीमा देखिएको समस्या बीमा क्षेत्रमा पनि आउन सक्ने उनको भनाई थियो । ‘बैकिङ्ग प्रणालीको इतिहास दोहोर्याउने बीमा क्षेत्र नबोनस्, पछि मर्जमा जानुपर्ने अवस्था नआओस्,’अर्थमन्त्रीले भने । मेरोलगानीबाट साभार

दश अंकले घट्यो शेयरबजार

काठमाडौँ । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो । आज कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरीद बिक्री भएको छ । तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ । त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह ८.६६ बिन्दुले बढेका छन् । यस्तै, बैंकिङ १०.०४, व्यापार २.६२, विकास बैंक २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बीमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले ओरालो लागेको छ । रासस

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ६४ लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा रू.११ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा दोस्रो त्रैमासको भन्दा ४३ प्रतिशतले बढी हो । दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड १० लाख नाफा कमाएको थियो । यस कम्पनीले २०७४ असोज ६ गतेदेखि कारोबार शुरु गरेको हो । कम्पनीले १२ करोड ३० लाख आम्दानी गरेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ भने रिजर्भ कोषमा रू.१२ करोड २२ लाख छुट्याएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ करोड १३ लाख बीमा शुल्क आर्जन गरेको छ भने बीमा लेखको सङ्ख्या ५ हजार ५ सय ५१ रहेको छ ।

सामुदायिक लघुवित्तको नाफा २ गुणा बढ्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको तेस्रो त्रैमासमा खुद नाफा २ गुणा बढेको छ । गत आवको तेस्रो त्रैमासमा रू‍. ५८ लाख ७० हजार खुद नाफा रहेको चालू आवमा बढेर रू। १ करोड ३७ लाख पुगेको छ । त्यस्तै, यस कम्पनीको सञ्चालन मुनाफा २ गुणा बढेर रू। २ करोड १५ लाख पुगेको छ भने खुद ब्याज आम्दानी ७ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको चुक्तापूँजी २७ दशमलव २७ प्रतिशत बढेर रू। ७ करोड पुगेको छ । कम्पनीको कर्जा तथा सापटी ३९ दशमलव ४० प्रतिशत बढेर रू। ७१ अर्ब ६५ करोड पुगेको छ । साथै, कुल सम्पत्ति ४५ दशमलव ७२ प्रतिशत बढेर रू। ८४ करोड ३६ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम २ गुणा बढेको छ । निष्क्रिय कर्जा १ दशमलव ७८ रहेको छ ।

१२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामा १२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेप्से कारोबार भएको पहिलो एकघण्टाको अवधिमा १२ दशमलव शून्य ४ अङ्कले बढेर १ हजार ३ सय ७२ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । कारोबार भएका १ सय २२ कम्पनीको रू. १३ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ८ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । राष्ट्रिय बीमा कम्पनीको संस्थापक तर्फको शेयर प्रतिकित्ता रू। १२ हजार ४ सय ५० मा रू। १ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ ।

१२ बजेको अपडेटः नेप्से परिसूचक ०.४९ प्रतिशतले घट्यो

काठमाडौं । साताको चौथो बुधबारका दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव ४९ पतिशत घटेको छ । कारोबार भएको आधा घण्टासम्म ३ अङ्कले बढेको बजार एक घण्टामा ६ दशमलव ६२ अङ्कले घटेर १ हजार ३ सय ४२ दशमलव ३९ विन्दुमा पुगेको छ । कारोबार भएका ८ समूहको परिसूचकमा वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । कारोबार भएका ९४ कम्पनीको रू. ४ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । स्वदेशी लघुवित्तको प्रतिकित्ता रू. १ हजार ६ सय ५७ मा रू. १ करोड बराबरको शेयर कारोबार भएको छ ।

आइतबार आइपीको आवेदन भर्ने म्याद अन्तिम

काठमाडौं । वैशाख १२ देखि बिक्रीमा आएको नेपाल सेवा लघुवित्तको आईपीओ भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख ८० हजार कित्तामध्ये ३ हजार ६ कित्ता कम्पनीका कर्मचारी र ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो । विक्री प्रवन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार हालसम्म १ लाख ४३ हजार ७ सय ९० जनाबाट ९४ लाख ७ हजार ३ सय ४० कित्ताका लागि आवेदन परेको छ । यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा सि—आस्वा अनिवार्य भएकाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि—आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।