घट्यो हवाइ इन्धनको मूल्य
काठमाडौँ, मङ्सिर २१। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
निगमका प्रवक्ता भानु खनालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मूल्य समायोजन गरी आन्तरिक उडानका लागि प्रतिलिटर रु ९४ बाट रु ८६ बनाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटाएर ७५० अमेरिकी डलर बनाएको प्रवक्ता खनालले बताए ।
पेट्रोल, डिजल र मटितेलकोसमेत मूल्य घटाउने भनिए पनि निगमले त्यसमा भने कुनै निर्णय गरेन । रासस