सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो: आयोग
काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ ।
अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ ।
आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो ।
यस्तै, वाग्मती सहित र अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानी कार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पुर्याइने जनाएको छ ।
आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेको थियो ।
यस्तै, गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत माघ १३ गतेसम्म सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो ।
मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाडौँ । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहौल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ । राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि यस खालको प्रतियोगिता अगाडि बढाउन लागेको हो । निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेट बराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । यही फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ । आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ । आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ । टिकटक भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ । आफ्नो मौलिक, अडियो र अभिनय भएको भिडियोलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ । निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता, महत्त्व र मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्यका बारेमा जानकारी दिइएको हुनुपर्नेछ । यस्तै, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीजस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउनुपर्नेछ । कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन् । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सक्ने आयोगले जनाएको छ । त्यसरी प्राप्त भएका भिडियोमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न सक्नेछ । तोकिएको सर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिनेछ । उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुने सूचनामा उल्लेख छ ।
राष्ट्रिय संकटको घडीमा लोकतन्त्र, स्थायित्व र समृद्धिको नेतृत्व लिन नेकपा तयार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश जटिल, संवेदनशील र ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध भविष्य निर्माणका लागि आफ्नो पार्टी नै सक्षम, जिम्मेवार र विश्वसनीय शक्ति भएको स्पष्ट गरेको छ । पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान राष्ट्रिय परिस्थितिमा स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको मजबुतीका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले देशलाई संकटबाट बाहिर निकाल्दै स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा पनि निर्वाचनको पक्षमा दृढ अडान पत्रकार सम्मेलनमा जारी वक्तव्यमा देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै युवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन पार्टीले जिम्मेवार र इमानदार भूमिका खेलेको बताइएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि केही राजनीतिक शक्तिहरूले निर्वाचनको विरोध गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको अवस्थामा पनि आफ्नो पार्टीले संविधान र जनमतको सम्मान गर्दै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट र दृढ अडान लिएको वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीले अहिलेको अवस्था आफ्नो निर्णयको सही मूल्यांकन भएको प्रमाण भएको बताउँदै लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि आफ्नो भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको जनाएको छ । संघर्ष, स्पष्ट विचार र कार्ययोजनाले जनविश्वास सुदृढ पार्टीले विगतदेखि नै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै संघर्ष, विचार र स्पष्ट कार्यदिशासहित अघि बढेको उल्लेख गरेको छ । पार्टीले आफ्ना कमी–कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै सुधारका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेको र यही कारण देशभर पार्टीप्रति जनविश्वास तीव्र रूपमा बढिरहेको दाबी गरेको छ । पार्टीको नेतृत्वमा भएको बलिदानीपूर्ण संघर्ष र नेपाली जनताको ऐतिहासिक आन्दोलनहरूको परिणामस्वरूप संविधान जारी भएको स्मरण गराउँदै त्यसपछि शासकीय सुधार, निर्वाचन प्रणालीको सुदृढीकरण, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणका एजेन्डाहरूलाई निरन्तर अघि बढाइएको उल्लेख गरिएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक स्वावलम्बन र राष्ट्रिय समृद्धिको स्पष्ट दृष्टिकोणसहित पार्टीले अघि सारेका एजेन्डाहरू आज राष्ट्रिय सहमतिका साझा एजेन्डा बन्न सफल भएको पार्टीको दाबी छ । लोकतन्त्रविरोधी अतिवादको स्पष्ट र सशक्त विरोध पार्टीले वर्तमान अवस्थामा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय संस्थाको सम्मान अपरिहार्य रहेको बताएको छ । एकातर्फ सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ जनभावनाको दुरुपयोग गर्दै राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार तथा सर्वोच्च अदालत जस्ता राष्ट्रिय संस्थामाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्रका लागि गम्भीर खतरा भएको पार्टीको स्पष्ट धारणा रहेको छ । पार्टीले हिंसा, अराजकता र राजनीतिक स्वार्थका लागि गरिने कुनै पनि गतिविधिलाई अस्वीकार्य ठहर गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र राष्ट्रिय एकताको रक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ । सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको आग्रह पत्रकार सम्मेलनमा केही सीमित सञ्चारमाध्यमहरूले भ्रामक र तथ्यहीन सूचना प्रवाह गरी पार्टीको छवि कमजोर बनाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टीले पत्रकारिताको मूल्य, मर्यादा र नैतिकताको सम्मान गर्दै तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ । यस सन्दर्भमा नेपाल प्रेस काउन्सिललाई निर्वाचन आचारसंहिताको निष्पक्ष र प्रभावकारी अनुगमन गर्न तथा पत्रकारिताको मर्यादा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न अपील गरिएको छ । निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आयोगको भूमिकामा जोड पार्टीले वर्तमान संवेदनशील परिस्थितिमा निर्वाचन आयोगको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न आयोगले कडा निगरानी, स्पष्ट निर्णय र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । निर्वाचन प्रक्रियामाथि जनविश्वास कायम राख्न आयोगले कुनै पनि प्रकारको आचारसंहिता उल्लङ्घनलाई कडाइका साथ नियन्त्रण गर्दै सबै दलप्रति समान व्यवहार गर्नुपर्ने पार्टीको धारणा रहेको छ । पार्टीले आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दै लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । विवेकपूर्ण निर्णयका लागि जनतालाई भावनात्मक र ऐतिहासिक आह्वान पार्टीले आफ्नो प्रतिबद्धता, योजना र दृष्टिकोण सार्वजनिक गरिसकेको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा आगामी निर्वाचनलाई ग्रहण गर्न आग्रह गरेको छ । जनतालाई सबै राजनीतिक दलहरूको विगत, वर्तमान भूमिका, विचारधारा, कार्यशैली र भविष्यको स्पष्ट दृष्टिकोणको गहिरो मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ । इतिहासका उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिको पक्षमा उभिन पार्टीले सबै नागरिकलाई आह्वान गरेको छ ।
गोरखा–२ मा लेखनाथ न्यौपाने: ‘हरित र दिगो विकास’को स्पष्ट खाकासहित परिवर्तनको अभियान
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखाको समग्र विकासका लागि नयाँ दृष्टिकोणसहित चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका चर्चित व्यक्तित्वका रूपमा परिचित छन् । नेकपाको किल्लाका रूपमा रहेको गोरखामा उनी नयाँ उम्मेदवारका रूपमा उभिएका छन् । यसअघि कुनै राजकीय जिम्मेवारी नलिएका न्यौपाने बौद्धिक व्यक्तित्व, साधारण जीवनशैली र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकाका लागि परिचित छन् । उनले गोरखाको दीर्घकालीन महत्वका एजेन्डा र योजनासहित चुनावी अभियान अघि बढाएका छन् । ‘हरित र दिगो विकास’को स्पष्ट दृष्टिकोण न्यौपानेले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा ‘हरित र दिगो विकास’को बृहत् अवधारणा अघि सारेका छन् । वातावरण विनाश गरेर गरिने विकासको विरोध गर्दै उनले वातावरण, मानिस र विकासबीच सन्तुलित समन्वय हुनुपर्नेमा जोड दिएका छन् । पर्यावरणीय विनाश, जलवायु परिवर्तन र त्यसले निम्त्याएको सङ्कटबाट विपन्न तथा निम्न वर्गका मानिसहरू बढी प्रभावित हुने उल्लेख गर्दै उनले पर्यावरणीय मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । हिमाली जिल्ला गोरखा जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले विकास निर्माणका सबै काममा उच्च संवेदनशीलता अपनाउनुपर्ने उनको धारणा छ । प्राकृतिक स्रोतको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै समृद्धिको आधार भएको उनको विश्वास छ । वातावरणीय सङ्कटप्रति सचेत रहँदै भावी पुस्ताका लागि पृथ्वी सुरक्षित राख्नुपर्नेमा आफू दृढ रहेको उनले बताएका छन् । “गोरखाको भौगोलिक संवेदनशीलता र पर्यावरण संरक्षण मेरो प्रमुख एजेन्डा हो,” उनले भने, “वातावरण र विकासबीच सन्तुलन कायम गर्ने हरित विकासको स्पष्ट खाकासहित अन्धाधुन्ध डोजरे विकासको विकल्पमा वैज्ञानिक भौतिक पूर्वाधार निर्माणको पहल गर्नेछु ।” शिक्षा, स्वास्थ्य र युवा स्वरोजगार प्राथमिकतामा न्यौपानेले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय स्रोत र सीपको उपयोग बढाउँदै वैदेशिक निर्भरता घटाउने र आन्तरिक अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यका साथ प्राविधिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिने उनले बताएका छन् । यसले शैक्षिक सुधारसँगै गोरखाको समग्र सामाजिक–आर्थिक रूपान्तरणको आधार तयार गर्ने उनको विश्वास छ । युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्न स्थानीय सम्भावनाको विस्तृत अध्ययन गरी ठोस कार्यक्रम ल्याइने पनि उनले उल्लेख गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को उत्तरी भेगलाई पर्यटन केन्द्र, मध्य भेगलाई फलफूल तथा नगदे बाली उत्पादन केन्द्र र दक्षिणी भेगलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको उनले बताएका छन् । पारदर्शिता, सामाजिक न्याय र सुशासनमा प्रतिबद्धता न्यौपानेले राजनीतिलाई व्यापार नभई विशुद्ध समाजसेवाको माध्यम बनाउने सङ्कल्प गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, बोली र व्यवहारमा एकरूपता कायम गर्ने र पारदर्शी तथा जनमुखी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न डिजिटाइजेसनलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् । दलित, महिला, जनजाति, मुस्लिम तथा पछाडि पारिएका वर्गका अधिकारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफूलाई आधारभूत वर्गको साथीका रूपमा प्रस्तुत गरेका छन् । सीमान्तीकृत तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणका लागि भुइँ तहदेखि नै कार्यक्रम तर्जुमा गर्ने उनको अठोट छ । ‘हरित विकास’, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायलाई केन्द्रमा राख्दै न्यौपानेले गोरखाको दीर्घकालीन रूपान्तरणका लागि स्पष्ट नीति, योजना र प्रतिबद्धतासहित चुनावी मैदानमा आफ्नो अभियान तीव्र बनाएका छन् ।
कल्पना शर्माः स्थानीय विकास र पारदर्शितामा केन्द्रित उम्मेदवार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ५ कि उम्मेदवार कल्पना शर्माले स्थानीय आवश्यकतामा आधारित प्रतिवद्धता सार्वजनिक गरेसँगै उनीप्रतिको जनआकर्षण बढ्दै गइरहेको छ । यस क्षेत्रबाट पटक–पटक निर्वाचित सांसदहरु पार्टी र राज्यसत्ताको केन्द्रमा रहँदै आएपनि पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका काममा जनताले राखेका अपेक्षा पुरा हुन सकेको छैन । राजनीतिको अलावा कानुनी र सामाजिक आन्दोलनमा समेत स्थापित शर्मालाई युवा उम्मेदवारको रुपमा नेकपाले काठमाडौँ ५ मा उम्मेदवार बनाएसँगै तारा चुनाव चिन्हप्रतिको आकर्षण बढेको हो । शर्माले विधायकी भुमिकाका साथासाथै स्थानीय आवश्यकतामा आधारित विकास निर्माणको काम गर्ने प्रतिवद्धता जनाएकी छन् । सक्षम, योग्य र नयाँ युवा उम्मेदवारको रुपमा शर्मा उदाएसँगै काठमाडौँ ५ मा विजयको झण्डा फहराउने अपेक्षा नेकपाले गरेको छ । ४ असाढ २०३४ मा जन्मिएकी शर्मा कानुन व्यवसायमा समेत आवद्ध छिन् । उनले उनले एलएलएम÷एमपिए सम्मको शैक्षिक योग्यता हासिल गरेकी छन् । स्कुले जीवन देखि नै बामपन्थी आन्दोलनमा सक्रिय रहेकी उनी हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन् । २०७४ सालको स्थानीय तहको चुनावमा उनी टोखा नगरपालिकाको मेयर पदको प्रतिस्पर्धि समेत बनेकी थिइन् । काठमाडौँ क्षेत्र नं. ५ का विकास निर्माणको काममा विगत देखि नै उनले योगदान दिदैँ आएकी छिन् । सामाजिक अभियान, कानुन व्यवसायको क्षेत्रमा दर्जनौँ असहायहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएकी उनले भ्रष्टाचारको विरोध र सुशासनका लागि सशक्त आवाज उठाउँदै आएकी छिन् । यस्तो छ विधायिकी कार्यमा उनले देखेको प्राथमिकता शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचित सांसद मन्त्री बन्न नपाउने व्यवस्थासहित जनचाहना अनुसार वर्तमान संविधानमा समयसापेक्ष संशोधनको पक्षमा दृढतापूर्वक उभिने बताएकी छिन् । कानूनहरूको समय सापेक्ष संशोधन, नयाँ कानून निर्माण तथा चुस्त, पारदर्शी र प्रविधिमैत्री कानूनी कार्यविधि तर्जुमा र कार्यान्वयन उनको प्राथमिकतामा परेको छ । कृषि, ऊर्जा, पर्यटन र वन राष्ट्रिय अर्थतन्त्रको आधार भएको भन्दै उनले आधुनिक कृषि र कृषि उत्पादनको सहज बजारिकरण, ऊर्जा व्यापार, बन्द भएका उद्योगहरूको पुनः संचालन र नयाँ उद्योग स्थापनाको लागि सहजीकरण गर्ने उनको प्राथमिकता छ । स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन, विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण र प्रविधिमैत्री सेवा र जवाफदेही राष्ट्रसेवक आफ्नो प्रतिवद्धता रहेको उनले बताइन् । एउटै पदमा २ कार्यकालभन्दा बढी रहन नपाउने र कुनै पनि पदमा ३ पटकभन्दा बढी प्रतिस्पर्धा समेत गर्न नपाउने गरी पुस्तान्तरण सम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न जोड दिने उनको एजेन्डा छ । त्यस्तै, समुदायको सामूहिकतामा योजना चयन र समुदायकै अनुगमनमा कार्यान्वयन, प्रतिभा पलायनको न्यूनिकरण र युवा स्वदेश फिर्ती अभियान, जेनजी आन्दोलनले औंल्याएका मुद्दाहरूको दिर्घकालिन समाधान गरी विधि र प्रविधिमैत्री राज्य सञ्चालन आफ्नो एजेन्डा रहेको उनले बताइन् । स्थानीय मुद्दाहरुमा उनको प्रतिबद्धता शर्माले स्थानीय उत्पादनको प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरेकि छिन् । चुस्त, दुरुस्त र प्रविधिमैत्री सरकारी सेवा, सांस्कृतिक सम्पदा र ऐतिहासिक संस्कृतिको संरक्षण र विकास, क्षेत्र नं. ५ लाई लाई शिक्षा र स्वास्थ्य उपचारको हबको रूपमा विकास गर्ने र समदाय लक्षित खेलकुुद व्यायाम र योग समेतका कार्यक्रमहरूको सञ्चालन गर्ने प्रतिवद्धता गरेकी छिन् । त्यस्तै, पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका कार्यलाई पूर्णता दिई दूरसंचार र इन्टरनेट सेवामा सर्वसुलभता गराउने घोषणा उनको छ । स्थानीय मठमन्दिर, पाटीपौवा, धाराहरूको संरक्षण, जिर्णोद्वार र नयाँ निर्माण, सरकारी जग्गाहरूको संरक्षण र सार्वजनिक उपयोग, आदिवासी, जनजाति, दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र व्यवसायिक र प्राविधिक शिक्षा लगायतमा जोड दिइएको छ । शर्माले राज्यका सबै निकायमा आर्थिक पारदर्शिता र जवाफदेहिता, न्यायमा सहज पहुँच र सबैखाले हिंसाको अन्त्य, सुकुम्बासी, नदी किनार तथा सडक मापदण्ड पीडितका समस्याको दीर्घकालिन समाधान, श्रमको सम्मान र व्यवसायको संरक्षण, स्थानीय रोजगारीको सृजना र स्थानीय श्रमलाई प्राथमिकता, क्षेत्र नं. ५ भित्रका अस्पताल, विद्यालय लगायतका संस्थाहरूमा स्थानीय बासिन्दाहरूलाई सहुलियतको व्यवस्था गर्ने प्रतिबद्धता गरेकी छिन् । त्यसैगरी, स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन र विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण बनाउने कुरामा पनि उनले जोड दिएकी छिन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार: गोपाल शर्माको प्रतिबद्धता
काठमाडाैं । रुकुम पश्चिम–१ को राजनीतिक परिदृश्यमा यस चुनावी सत्रमा एउटा विशेष नामले ध्यान तानिरहेको छ- गोपाल शर्मा । तीन दशकभन्दा लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता, र सरकारी जिम्मेवारीको अनुभव बोकेको यो नेता पहिलोपटक संघीय संसदमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रुकुम पश्चिममा जन्मिएका गोपाल शर्मा स्थानीय राजनीति र विकाससँग गहिरो रूपमा सम्बन्धित नेता हुन्, जसले विगतमा पार्टीको विश्वासपात्र र निर्वाचन नेतृत्वकर्ता भएर जनताको सेवा गर्दै आएका छन् । गोपाल शर्मा १२ पुस २०३४ मा चौरजहारी नगरपालिका–५, रुकुम पश्चिम मा जन्मिएका थिए । बाल्यकालदेखि नै उनी राजनीति र सामाजिक गतिविधिमा रुचि राख्थे । यसैले उनी ‘अनल’ उमेरमै विद्यार्थी राजनीतिमा लागे । २०४६ सालमा चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयको सह–इकाइ कमिटीको सह–सचिव बने । विद्यार्थी जीवनमै उनी नेतृत्व क्षमता देखाउने गरे । त्यसको दुई वर्षपछि, २०४८ मा सोही विद्यालयको अनेरास्ववियुको इकाइ अध्यक्ष बने । २०५१ मा उनले अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । विद्यार्थी संगठनमा सक्रियताबाटै गोपालले नेतृत्वमा आफ्नो स्थान बनाएका थिए । २०५३ सालमा उनले अनेरास्ववियु रुकुम जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि २०५४ मा अखिल (क्रान्तिकारी) को राप्ती अञ्चल इन्चार्ज बने भने, २०५६ मा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तथा पश्चिम उपकेन्द्र इञ्चार्ज पद सम्हाले । २०५३ सालमै गोपाल शर्मा नेकपा (माओवादी) का सदस्य बने । पार्टीमा उनी चाँडै नै सक्रिय भए । २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य तथा एरिया कमिटी इन्चार्ज, २०५७ मा विशेष उप–क्षेत्रीय ब्युरो सदस्य, २०५८ मा भेरी–कर्णाली उप–क्षेत्रीय ब्युरोमा स्थानान्तरण, २०६०–०६२ मा बाँके र बर्दिया जिल्ला इन्चार्ज, र २०६४ सम्म रुकुम जिल्ला सेक्रेटरी बने । २०६५ मा एकीकृत नेकपा (माओवादी) रुकुम जिल्ला इन्चार्ज, र २०६६–०६९ सम्म मगरात राज्य कार्यालय सचिवका रूपमा काम गरे । २०७१ मा गोपाल रुकुम जिल्ला अध्यक्ष बने र त्यही वर्ष माओवादीको केन्द्रीय सदस्यमा चयन भए । २०७३ मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, २०७५ मा एमालेसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा रुकुम पश्चिम जिल्ला अध्यक्ष बने । २०७७ मा पार्टी विभाजनपछि पुनर्गठन हुँदा २०७८ सम्म केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजकका रूपमा काम गरे । २०७९ देखि हालसम्म पनि उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । गोपाल शर्मा निर्वाचन व्यवस्थापन र संगठन निर्माणमा दक्ष छन् । उनी २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा जिल्ला निर्वाचन परिचालन समिति संयोजक भएर काम गरेका थिए । यी चारवटै निर्वाचनमा उनले तत्कालीन माओवादी नेता जनार्दन शर्मालाई विजयी गराउने जिम्मेवारी सफलतापूर्वक निभाएका थिए । यस अर्थमा उनी विगतमा पार्टीका लागि सधैं “ब्याक बोन” बनेका नेता हुन् । तर यसपटक राजनीतिक परिदृश्यमा एउटा नयाँ मोड आएको छ । गोपाल शर्मा अब आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । विगतमा विश्वासपात्रका रूपमा जनार्दन शर्मालाई निर्वाचन जिताउन भूमिका खेलेका उनी अहिले आफैं चुनावी मैदानमा छन् । जनार्दन यसपटक प्रलोपाबाट उम्मेदवार छन् । यसले स्थानीय निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ । गोपाल शर्मा संसदीय अनुभव पनि बोकेका छन् । २०७४ मा उनी कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भए । २०७८ मा कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनले नीति निर्माण, बजेट व्यवस्थापन र विकास परियोजनाहरूमा अनुभव हासिल गरेका छन् । यी सबै अनुभवले उनलाई प्रतिनिधिसभामा विश्वसनीय, अनुभवी र जनमुखी नेता बनाउँछ । राजनीतिक विश्लेषकहरूका अनुसार, गोपालको संगठनात्मक क्षमता र स्थानीय नेतृत्वमा स्थापित सञ्जालले उनलाई ठूलो सहयोग पुर्याउनेछ । शर्माका निर्वाचन एजेन्डा: रुकुम पश्चिमको समृद्धि १. पूर्वाधार विकास सडक र पुल: पालिका केन्द्रदेखि वडा–वडा र बस्ती–बस्ती सम्म सडक विस्तार र स्तरोन्नति । चौरजहारी विमानस्थल विस्तार, पर्यटन प्रवर्द्धन र आर्थिक गतिशीलता जलविद्युत: स्यार्पू हाइड्रोपावर निर्माण र सेयर वितरण मार्फत आम्दानी सुनिश्चित खानेपानी र सिंचाई: “एक घर, एक धारा” अभियान पूरा गर्दै कृषि योग्य जमिनमा सिंचाई सुविधा २. सामाजिक विकास शिक्षा: गुणस्तरीय शैक्षिक केन्द्र, प्राविधिक तथा व्यवसायिक तालिम स्वास्थ्य: जिल्ला अस्पताल स्तरोन्नति, मोबाइल अस्पताल, टेलिमेडिसिन सेवा सामाजिक न्याय: जातीय, लैङ्गिक समानता; सहिद परिवार, जेष्ठ नागरिक, दलित र विपन्न वर्गको संरक्षण संस्कृति संरक्षण: मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन युवा तथा खेलकुद: खेलमैदान र रंगशालाको निर्माण ३. आर्थिक विकास पर्यटन: स्यार्पुताल, मेरी नदी, डिग्रेशाईकुमारी मन्दिर, गुरिल्ला ट्रेल, वारास्थित जनयुद्ध संग्रहालय कृषि उत्पादन र पशुपालन: आधुनिक प्रविधि, व्यवसायिक पशुपालन, कृषि उद्योग विस्तार रोजगारी: साना उद्योग स्थापना, युवालाई व्यवसायिक सीप विकास ४. संस्थागत विकास र सुशासन कानून सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता संघ–प्रदेश–स्थानीय तहबीच समन्वय ५. वातावरण र विपद व्यवस्थापन वन, जलस्रोत र जैविक विविधता संरक्षण भूकम्प र प्राकृतिक प्रकोपबाट जोखिम व्यवस्थापन गोपाल शर्माको स्थानीय प्रभाव रुकुम पश्चिममा गोपाल शर्मा तीव्र रूपमा परिचित अनुहार हुन्। उनी पार्टीमा मात्र होइन, स्थानीय जनसमुदायमा पनि विश्वास र सम्मानका पात्र हुन्। उनी विगतमा जनताको सेवा र पार्टीका काममा सक्रिय रहेर योगदान पुर्याएका छन्। विगतका चुनावमा जनार्दन शर्माको सफलतामा उनको नेतृत्व निर्णायक साबित भएको थियो। उनको नारा “शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार – आत्मनिर्भर रुकुम पश्चिमको आधार” स्थानीय जनताको आकांक्षा र विकास दृष्टिकोणसँग मेल खान्छ। उनले विगतका अनुभव र आगामी योजनाहरूलाई व्यवहारिक र लक्षित तरिकाले अघि सारेका छन्। निष्कर्ष गोपाल शर्माको यात्रा स्पष्ट रूपमा देखाउँछ कि उनी विश्वसनीयता, अनुभव र विकासशील सोच बोकेको नेता हुन्। विद्यार्थी राजनीति देखि पार्टी नेतृत्व, निर्वाचन व्यवस्थापन, र सरकारी जिम्मेवारीसम्म उनको यात्रा उनलाई संघीय संसद् सदस्यको लागि योग्य उम्मेदवार बनाउँछ। रुकुम पश्चिम–१ का जनताले अब निर्णायक क्षणमा आफ्नो भोटमार्फत अनुभवी, प्रतिबद्ध र विकासमुखी नेतृत्व छान्ने मौका पाउँछन्। गोपाल शर्मा आफ्नो तीन दशकको अनुभव, संगठनात्मक दक्षता र विकास योजनाहरू लिएर चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनावी एजेन्डा स्पष्ट छ — शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासन। यदि जनताले उनलाई समर्थन गरे, रुकुम पश्चिमले आगामी दशकमा आत्मनिर्भर, समृद्ध र सामाजिक न्याययुक्त जिल्ला बन्ने मार्ग तय गर्न सक्छ। गोपाल शर्माको कथा केवल राजनीतिक करियरको कथा मात्र होइन, यो रुकुम पश्चिमका लागि विकास र नेतृत्वको सम्भावनाको कथा हो।
आम जनताको माया र समर्थनले उत्साहित छु: रेनु दाहाल
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले चुनावी घरदैलो अभियानमा जुटेपछि आम जनसमुदायको माया, विश्वास र समर्थन पाउँदा अत्यन्त उत्साहित भएको बताएकी छन्। रेनु दाहालले फेसबुकमा लेखेकी छन्, “यतिबेला म चितवन क्षेत्र नं. ३ मा उम्मेदवारको हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ। यसले मेरो आत्मविश्वास र जिम्मेवारी दुवै थप मजबुत बनाएको छ।” भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पद सम्हालेकी दाहालले आफ्नो कार्यकालमा जनहितलाई प्राथमिकता दिएको बताउँदै, त्यसकै कारण नागरिकबाट स्नेह र भरोसा प्राप्त भएको अनुभव साझा गरिन्। उनले चुनावमा जित हार दुवै स्विकार गर्न तयार रहेको स्पष्ट पारेकी छन्। उहाँले थपिन्, “निर्वाचनमा लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष, पारदर्शी र स्वच्छ मतदान प्रक्रिया सुनिश्चित गर्न म सबै राजनीतिक दल र आम नागरिकको साथ र सहयोगको अपेक्षा गर्दछु। जनताको मत र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” विशेषज्ञहरूले पनि रेनु दाहालको नेतृत्व क्षमताको प्रशंसा गर्दै भन्नुभएको छ कि उनी आफ्नो अनुभव र जनसहभागितालाई प्रभावकारी रूपमा चुनावी अभियानमा रूपान्तरण गर्न सफल हुने सम्भावना राख्छिन्। रेनु दाहालको घरदैलो अभियानले स्थानीय वासिन्दा र समुदायसँग प्रत्यक्ष संवाद बढाएको छ, जसले उम्मेदवार र मतदाताबीचको विश्वास र समझलाई अझ सुदृढ बनाएको विश्लेषकहरूको भनाइ छ।
मोरङ–१ मा नेकपाले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धतापत्र: विकास र समावेशीतामा केन्द्रित
मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मोरङ क्षेत्र नम्बर–१ को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सो अवसरमा नेकपाले प्रत्यक्षतर्फ कुलप्रसाद लिम्बु (कुशल) र समानुपातिकतर्फ आदिवासी तथा सीमान्तकृत समुदायबाट ममता राजवंशी लाई उम्मेदवार बनाएको जानकारी दिइएको छ। पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वर्तमान राजनीतिक अवस्था संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएको भन्दै यसको सन्तुलन फर्काउन आफ्नो जित अनिवार्य रहेको दाबी गरिएको छ। यस निर्वाचनलाई पार्टीले व्यवस्था पक्षधर र विरोधी शक्तिहरू बीचको निर्णायक प्रतिस्पर्धा का रूपमा चित्रण गरेको छ। नेकपाले आफ्नो घोषणापत्रमा लोकतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत उपलब्धिहरू संरक्षण गर्दै थप सशक्त बनाउन निरन्तर संघर्ष गरिरहेको जनाएको छ। मतदातालाई ‘तारा’ चिन्हमा मतदान गर्न अपिल गर्दै पार्टीले सामाजिक न्याय, समावेशी विकास र स्थानीय नेतृत्वमा विश्वास व्यक्त गरेको छ। विकास र आर्थिक समृद्धि केन्द्रबिन्दु उम्मेदवार कुशल लिम्बुसहितको टोली ले प्रस्तुत प्रतिबद्धतापत्रमा मोरङ–१ लाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने र ५० लाख मानिसलाई बसोबास गर्न सहज हुने आधुनिक सहर निर्माण गर्ने योजना अघि सारिएको छ। त्यसैगरी, सुपारी खेती लगायत अन्य नगदे बालीलाई ‘राष्ट्रबाली’को रूपमा सूचीकृत गरी कृषकलाई स्थायी लाभ दिलाउने, उर्लाबारीलाई आर्थिक र प्रशासनिक केन्द्रको रूपमा विकास गर्ने र शिक्षा तथा स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टीले शासन व्यवस्था सुधार मा पनि जोड दिएको छ। घोषणापत्रमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप परिवर्तन गर्न, भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्न र सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने योजना उल्लेख गरिएको छ। रोजगारी र आपत्कालीन व्यवस्थापन ‘हाम्रो लगानी, हाम्रो आम्दानी’ भन्ने नारासहित नेकपा स्थानीयस्तरमै व्यावसायिक कार्यक्रम सञ्चालन गरी रोजगारी सृजना गर्ने र विपद् व्यवस्थापनका लागि प्रत्येक पालिकामा सेफ हाउस स्थापना गर्ने योजना अघि सारेको छ। समग्रमा, पार्टीले आफ्ना उम्मेदवारलाई जनताको घरदैलोमा पुगेर समस्याहरू सुन्ने र स्पष्ट विकास एजेन्डा अघि बढाउने नेतृत्व को रूपमा प्रस्तुत गरेको छ। साथै सञ्चारकर्मीहरूलाई स्वच्छ, सन्तुलित र तथ्यमै आधारित प्रचार–प्रसार गर्न अनुरोध समेत गरिएको छ। निर्वाचन रणनीति र स्थानीय प्रतिक्रिया मोरङ–१ क्षेत्रका विभिन्न वडा तथा टोलमा नेकपाको प्रचार टोली सक्रिय देखिएको छ। पार्टीका कार्यकर्ता र स्थानीय मतदाता भेटघाट कार्यक्रममार्फत स्थानीय विकास, रोजगारी, स्वास्थ्य र शिक्षा सम्बन्धी प्राथमिकताहरूमा मतदातालाई प्रत्यक्ष जानकारी दिइरहेका छन्। स्थानीय नेताहरूको भनाइ अनुसार, प्रत्यक्ष संवाद र घरदैलो अभियान ले मतदातासँगको विश्वास बढाउने रणनीति तयार गरिएको छ। यसैबीच, पार्टीले समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै आदिवासी तथा सीमान्तकृत समुदायको सहभागिता लाई बलियो बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।
चितवन-२ मा 'प्रताप'को राप: घरदैलोमा उर्लियो जनसागर, मतदाताले किन रोज्दैछन् 'प्रताप'नै ?
चितवन । चितवनकाे प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को चुनावी राप यतिबेला उत्कर्षमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूका झण्डा र नाराले बस्तीहरू रंगिएका छन्। तर, यो भीडमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङको घरदैलो अभियानले भने एउटा फरक र शक्तिशाली मानक स्थापित गरिरहेको छ। परम्परागत दलहरूको पुरानै आश्वासनबाट थकित बनेका चितवनका मतदाता यतिबेला प्रताप गुरुङको 'वर्गीय एजेन्डा' र उनको स्पष्ट क्रान्तिकारी छवप्रति आकर्षित देखिन्छन् । चितवन २ का सुगम सहरी क्षेत्रदेखि इच्छाकामनाका विकट पहाडी वस्तीहरूसम्म प्रताप गुरुङको टोली पुग्दा दृश्य निकै उत्साहजनक देखियाे। घरदैलोका क्रममा मतदाताले उनलाई फूलमाला र खादाले मात्र स्वागत गरेका छैनन्, आफ्ना वर्षौंदेखिका पीडा र राज्यले गरेको उपेक्षाका फेहरिस्त पनि सुनाइरहेका छन्। भोट माग्ने शैलीमा भन्दा पनि जनसंवादको शैलीमा प्रस्तुत भइरहेका गुरुङले मतदातासँग भनिरहेका छन्-"हामी केवल सत्ता परिवर्तनका लागि मात्र आएका होइनौँ, हामी त व्यवस्था बदल्न र जनताको आफ्नै वास्तविक सत्ता स्थापना गर्न आएका हौँ। दलाल पुँजीवादी संसदीय व्यवस्थाले जनताको ढाड सेक्ने काम मात्र गर्यो, अब यसको विकल्प खोज्ने बेला आएको छ।" को हुन् प्रताप गुरुङ ? ४२ वर्षीय प्रताप गुरुङको परिचय केवल एउटा उम्मेदवारमा मात्र सीमित छैन। इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा गुरुङ एक 'कमिटीड' क्रान्तिकारी नेता हुन्। उनको राजनीतिक यात्राका केही महत्वपूर्ण पाटाहरू छन् । जनयुद्धको जग: २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएर सानै उमेरमा सामन्ती राज्यसत्ता विरुद्धको संघर्षमा होमिएका गुरुङले वर्गसंघर्षको कठीन मोर्चा सम्हालेका थिए । अविचलित आस्था: शान्ति प्रक्रियापछि धेरै नेताहरू विलासी जीवन र सत्ताको मोहमा फस्दा पनि गुरुङले आफ्नो वर्गीय धरातल र क्रान्तिकारी निष्ठालाई डगमगाउन दिएनन्। युवा र 'जेन–जी'को आवाज: उनको एउटा मुख्य विशेषता भनेको नयाँ पुस्तासँगको सामीप्यता हो। डिजिटल युगका युवा (जेन–जी) मा रहेको विद्रोही चेतना र परिवर्तनको भोकलाई सही राजनीतिक दिशा दिने सामर्थ्य उनीमा देखिन्छ। निर्वाचनका एजेन्डा: सुशासन र वास्तविक विकास चितवन २ मा विगतमा भएका विकासका कामहरू अधुरा र केवल 'देखावटी' भएको स्थानीयको गुनासो छ। प्रताप गुरुङले यी कमजोरीलाई केलाउँदै दीर्घकालीन योजना अघि सारेका छन्। गुरुङकाे चुनावी घोषणापत्रका मुख्य बुँदाहरू उत्पादनमा आधारित अर्थतन्त्र: चितवनलाई दलालहरूको अखडा होइन, उत्पादनको केन्द्र बनाउने। वर्गीय समानता: विपन्न, मजदुर र किसानका छोराछोरीको शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण लगानी। भ्रष्टाचार मुक्त सुशासन: संसदीय राजनीतिमा मौलाएको कमिसनतन्त्र र भ्रष्टाचारको जरैदेखि अन्त्य। नयाँ सम्भावनाको खोजी: चितवनको पर्यटन र कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी युवा स्वरोजगारी सिर्जना गर्ने। मतदाताको आशीर्वादनै जितको आधार इच्छाकामनाका एक वृद्ध मतदाता भन्छन्, "हामीले धेरैलाई जिताएर पठायौँ, कोही काठमाडौँ छिरेर फर्केनन्, कोहीले आफ्नै खल्ती भरे। तर प्रताप आफ्नै माटोको छोरो हो, उसले दुःख बुझेको छ।" घरदैलोमा देखिएको यो जनलहरले चितवन २ मा ठुला भनिएका दलहरूलाई चुनौती दिइरहेको छ। स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिताले गुरुङको चुनावी माहोललाई थप बलियो बनाएको छ। उनले स्थानीय मतदातासँग संवाद गर्दै विगतका अधुरा आयोजनाहरूलाई पूर्णता दिने र नयाँ ढंगले चितवनको विकासको गुरुयोजना बनाउने संकल्प गरेका छन्। अन्त्यमा.. प्रताप गुरुङको उम्मेदवारी केवल एक सिटका लागि मात्र नभई, नेपाली राजनीतिमा हुर्किएको विकृति विरुद्धको विद्रोहको रूपमा देखिएको छ। फागुन २१ को फैसलाले के भन्छ, त्यो त समयले नै बताउनेछ, तर हाललाई चितवन २ को घरदैलोमा देखिएको प्रतापको प्रभावले यति कुरा निश्चित गरेको छ— अब चितवन-२ ले परिवर्तन खोजेको छ।
जाजरकोटको विकासका याेजनाकारशक्ति बस्नेत : सडक, जलविद्युत, स्वास्थ्यदेखि शिक्षा र रोजगारीसम्म ऐतिहासिक फड्को
जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले आफूले मन्त्री रहँदा जाजरकोटमा गरेका ऐतिहासिक विकास कार्यहरूको विस्तृत विवरण सार्वजनिक गर्दै जिल्लालाई विकासको मूलधारमा जोड्ने बलियो आधार तयार भएको बताएका छन्। उनले सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, खानेपानी, सिंचाइदेखि युवा तथा खेलकुद क्षेत्रसम्म व्यापक सुधार गर्दै जाजरकोटको समग्र विकासको जग बसालिएको उल्लेख गरेका छन् । बस्नेतका अनुसार अब ती योजनाहरूको प्रतिफल देखिन सुरु भइसकेको छ र आगामी दिनमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, जनशक्ति विकास तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा थप गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे। सडक पूर्वाधारमा ऐतिहासिक विस्तार बस्नेतको पहलमा जाजरकोटमा रणनीतिक महत्वका ठूला सडक परियोजनाहरू अघि बढेका छन्। भेरी करिडोर, मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माण तथा कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। रारा राजमार्गको जाजरकोट खण्डमा कालोपत्रे सुरु भइसकेको छ भने भेरी करिडोर र मध्यपहाडी लोकमार्गको कालोपत्रे अन्तिम चरणमा पुगेको छ। छेडा–मोर्क–चाँदे–जुम्ला सडक, मनाघाट–बाटुल्ले–हानेसल्ला–बारेकोट सडक, कालिमाटी–लिम्सा–मुल्साम सडक, पाँचकटिया–किटेनी–भारगाउँ–लिम्सा सडक, बोहरा–पुन्मा सडक, भुरचौर–स्याउली–पुन्मा सडक, लामीतरा–शिवपुरी–गर्खाकोट सडक लगायत दर्जनौं सडक निर्माणाधीन छन्। साथै भेरी पुल र राकम पुलसहित दर्जनौं मोटरेबल पुल तथा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिएको छ। सञ्चार क्षेत्रमा क्रान्तिकारी सुधार जिल्लाभर सञ्चार सेवा विस्तारका लागि २० भन्दा बढी टेलिकम टावर स्थापना गरिएको छ भने थप नयाँ टावरहरू निर्माण भइरहेका छन्। भेरी र नलगाड नगरपालिकामा अप्टिकल फाइबर जडान गरिएको छ। मोर्क बजारदेखि चंखीला सम्म अप्टिकल फाइबर विस्तारको सर्वे तथा डिजाइन सम्पन्न भएको छ, जसले डिजिटल पहुँचमा ठूलो परिवर्तन ल्याएको छ। कृषि र वन क्षेत्रमा व्यवसायीकरण कृषिलाई व्यवसायिक बनाउने लक्ष्यसहित सुन्तला, ओखर, टिमुर र मौरीपालन जोन स्थापना गरिएको छ। विभिन्न कृषि ब्लक तथा पकेट क्षेत्र स्थापना गरी कृषकलाई अनुदान तथा प्रविधि उपलब्ध गराइएको छ। जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको छ भने नलगाड नगरपालिकामा खाद्य संस्थानसँग सम्झौता गरी स्थानीय उत्पादनको बजार सुनिश्चित गरिएको छ। पर्यटन पूर्वाधारको तीव्र विकास चाखुरे–कुशेमुसे पर्यटन पदमार्ग, मालिका मन्दिर, शिवालय मन्दिर, मष्टा मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गरिएको छ। यसले जाजरकोटलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ। जलविद्युत र विद्युतीकरणमा ऐतिहासिक उपलब्धि जिल्लाभर विद्युतीकरणका लागि ठेक्का सम्झौता गरिएको छ। बडाबन, कुदु, चौखा, समाइला लगायत क्षेत्रमा सबस्टेशन निर्माण भएको छ भने वडावन र समाइलामा निर्माणाधीन छन्। नलगाड जलविद्युत आयोजना प्रस्तावदेखि DPR तयार, मुआब्जा वितरण र पूर्वाधार निर्माणसम्मको काम अघि बढेको छ। जग्गदुल्ला ‘ए’ जलविद्युत आयोजना निर्माणको तयारीमा छ भने तासुगाड जलविद्युत आयोजना सुरु हुने चरणमा पुगेको छ। डाँडागाउँ भेरी, भेरी–२ र भेरी–३ आयोजना निर्माण तयारीमा छन्। साथै कुशे र बारेकोटमा सोलार मिनिग्रिड सञ्चालनमा ल्याइएको छ। सिंचाइ र खानेपानीमा व्यापक सुधार कुदु, रिम्ना, रग्दा, रोली, बडावन, लिर्ता लगायत क्षेत्रमा लिफ्ट सिंचाइ योजना सञ्चालनमा आएको छ। नौफेरी, रोली लगायत दर्जनौं सिंचाइ योजना सम्पन्न भएका छन्। भेरी नदी र अन्य खोलाहरूमा नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ। रोकायगाउँ, कार्कीगाउँ, टालेगाउँ, जगतिपुर, कुदु लगायत क्षेत्रमा ठूला खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा आएका छन्, जसले हजारौं नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराएको छ। स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जाजरकोट अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको छ र आधुनिक भवन निर्माण गरिएको छ। नलगाड, बारेकोट, छेडागाड, भेरी नगरपालिकामा अस्पताल निर्माणको पहल गरिएको छ। आँखा अस्पताल स्थापना, प्राथमिक स्वास्थ्य केन्द्र निर्माण तथा कोरोना महामारीमा उपचार सामग्री उपलब्ध गराउने काम गरिएको छ। शिक्षा क्षेत्रमा ऐतिहासिक फड्को भेरी ज्ञानोदय क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाइ मास्टर डिग्री कक्षा सुरु गरिएको छ। जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना गरी कृषि, वन, इन्जिनियरिङ र फार्मेसी शिक्षा सञ्चालन गरिएको छ। दर्जनौं विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको छ भने नयाँ क्याम्पस स्थापना, विद्यालय भवन निर्माण तथा शिक्षकलाई दुर्गम भत्ता उपलब्ध गराउने पहल गरिएको छ। भूकम्पमा उद्धार र पुनर्निर्माणमा नेतृत्वदायी भूमिका जाजरकोट भूकम्पपछि प्रभावित प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा बस्नेतले महत्वपूर्ण भूमिका खेले। साथै कच्ची घर विस्थापन गरी भूकम्प प्रतिरोधी घर निर्माण अभियान अघि बढाइएको छ। बैंक, प्रशासन र सेवा विस्तार छेडागाडमा इलाका प्रशासन कार्यालय, नलगाडमा राष्ट्रिय वाणिज्य बैंक शाखा स्थापना गरिएको छ। विभिन्न पालिकामा बैंक शाखा विस्तार, प्रहरी चौकी स्थापना र सरकारी कार्यालय स्थापना गरिएको छ। युवा, खेलकुद र सामाजिक पूर्वाधारमा उल्लेखनीय प्रगति खलंगा कभर्डहल, मन्मै रंगशाला, कुदु रंगशाला, दशेरा रंगशाला निर्माण गरिएको छ। युवा लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ। जनता आवास कार्यक्रममार्फत सयौं परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको छ। विकासको जग तयार, अब समृद्धिको चरण बस्नेतले जाजरकोटमा भएको पूर्वाधार विकासले जिल्लालाई आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गराउने बताए। “अब पूर्वाधारको जग तयार भइसकेको छ। उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको नयाँ युग सुरु भएको छ,” उनले भने। उनले आगामी दिनमा अधुरा योजनाहरू पूरा गर्दै जाजरकोटलाई कर्णालीकै समृद्ध जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शक्ति बहादुर बस्नेतले गरेका कामहरु १ ) सडक पुर्वाधार निर्माण , - भेरीकरीडोर ,मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माणको लागि पहल । -भेरी कोरिडोर र मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सम्पन्न हुदै। -रारा राजमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सुरु भएको । - छेडा -मोर्क - साना खोला चांदे जुम्ला सडक योजना निर्माणाधिन र (कालो पत्रे सहित ) । - छेडा कचाली सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भई रहेको । - मनाघाट - बाटुल्ले - हानेसल्ला - बारेकोट सडक निर्माणाधिन - कालिमाटी - लिम्सा - मुल्साम सडक निर्माणाधिन - पांचकाटिया - किटेनी - भारगाउँ - गर्चिना - सिल्पाचौर लिम्सा सडक निर्माणाधिन - पांचकटिया - कयाल्दापाखा - बारेकोट जुम्ला सडक निर्माणाधिन - बोहरा - इवर - पुन्मा - पोखरा सडक निर्माणाधिन - भुरचौर - स्याउली - पुन्मा सडक निर्माणाधिन - ढुंगिल - झाप्रा - मछाइना सडक निर्माणाधिन - मोर्क - स्यापी - खनेटा - मटेला सडक - लिर्ता -कार्कीगाउ सडक - मध्यपहाडी सडक देखि - मनाघाट - खारा सुयाडा सडक निर्माणाधिन - थलह - पजारु - झिंग्रा - टिकाचौर सडक - लामीतरा - शिवपूरी - गर्खाकोट सडक निर्माणाधिन लगायत अन्य दर्जनौं ग्रामीण सडकहरु ( ट्रयाक खुला गर्ने काम भएको ) - भेरी पूल राकम लगायत दर्जनौं मोटरेवल पूलहरु निर्माणको लागि पहल । - दर्जनौं झोलुङ्गे पूलहरु निर्माणको लागि पहल २ ) संचार (टेलीफोन सेवा विस्तार ), - टेलिकम टावर थप २० वटा - अप्टिकल फाइबर भेरी, नलगाड नगरपालिका दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको ३ ) - कृषि ,बन क्षेत्र, - -कृषि बन उद्यमको लागि अनुदानको ब्यवस्था - कृषिको व्यवसायिकरणका लागि - सुन्तला , ओखर , टिमुर ,मौरी जोनहरुको स्थापना -अन्य विभिन्न ब्लक तथा पकेटहरुको स्थापना - जडिवुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना -- नलगाड नगरपालिकामा कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता ४ )पर्यटन पूर्वाधार निर्माण , - चाखुरे कुशेमुसे पर्यटन पर्वाधार निर्माण पदमार्ग लगायत - मालिका मन्दीर सुयाडा लगायत दर्जनौ मन्दिरहरुको भवन तथा अन्य पूर्वाधार निर्माण ५ ) जलविद्यूत र विद्युतीकरण, - जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता - बडाबन, कुदु , चौखा , मा सवस्टेशन निर्माण - वडावन र समाइलामा सवस्टेशन निर्माणाधिन . - गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव - नलगाड हाइड्रो पावरको . मुआब्जा वितरण अन्य सडक कार्यालय भवन लगायत अन्य पूर्वाधार निर्माण र DPR Report तयार - जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माणको लागि टेण्डरको तयारी भईरहेको) - तासुगाड हाइड्रो पावर निर्माण सुरु गरिने (यसै आर्थिक बर्ष ) - डाँडागाउँ भेरी हाइड्रो, भेरी २ , भेरी ३ जलविद्यूत आयोजनाहरु निर्माणको लागि तयारी भईरहेको । - कुशे ८ र बारेकोट ४ मा सोलार मिनिग्रिड सञ्चालनमा आएको । ' - नलगाड दानी पिपलमा ४०० केभी को लागि सवस्टेशन निर्माणको तयारी काम पुरा भएको । - दानीपिपल देखी सुर्खेत मैनतडा हुदै लम्की जोड्ने ४०० केभि प्रशारण लाइनको तयारी काम पुरा भएको । ६ )सिचाई आयोजनाहरु, - कुदु , रिम्ना रग्दा रोली तल्लु ठुला बगर लिफ्ट सिंचाई संचालनमा आएको । - बडावन , लिर्ता लिफ्ट सिंचाई योजना निर्माणाधिन - भुरचौर लिफ्ट सिंचाई योजनाको तयारी भईरहेको -जेवा लिफ्ट सिंचाइ प्रस्तावित - नौफेरी , रोली , लगायतका दर्जनौं मझौला सिंचाई आयोजनाहरु सम्पन्न - संचालनमा आएको - जिल्लामा (SIP)साना सिंचाई आयोजना मार्फत दर्जनौं सिंचाई योजनाहरु कार्यान्वन भएको । -भेरी नदि , सरुगाड ,झुप्रे खोला, नियन्त्रण कार्यक्रम अन्य दर्जनौं मझौला सिचाई योजना ७ ) खानेपानी आयोजना, - रोकायगाउ वृहत खानेपानी आयोजना, कार्कीगाउ वृहत खानेपानी आयोजना, टालेगाउ वृहत खानेपानी , जगतिपुर वृहत खानेपानी आयोजना, कुदु खानेपानी आयोजना लगायत जिल्लाभर अन्य संयौं ठुला साना खानेपानी योजनाहरुको निर्माण तथा मर्मत सम्भार । ८ ) स्वास्थ्य क्षेत्र सुधार, - जाजरकोट अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको ' । - जाजरकोट अस्पातलको आधुनिक भवन निर्माण। - नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल निर्माणको लागि पहल । - आंखा अस्पताल भवन -कोरोनाको समयमा क्वारेन्टाइन सहित उपचारको लागि सामाग्री प्रदान - एकीकृत जनस्वास्थ्य कार्यक्रम सुरु - नलगाड दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना - ९) शिक्षा क्षेत्र सुधार, - भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस - भेरी ज्ञानोदय क्यापसमा Master Degree कक्षा सुरु - भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा लिइएको । -- जनज्ञानकुञ्ज बहुमुखी क्याम्पस दशेरा, नलगाड बहुमुखी क्याम्पस दल्ली, र मालिक क्याम्पस पैंक स्थापना - जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना ( कृषि, बन विज्ञान , इन्जिनियरिङ्ग (ओभर सियर )र फार्मेसी कक्षा संचालन) - मावि लिम्सा, मावि कार्कीगाउ , मावि तल्लु , मावि देउसुले सिर्प प्राविधिक शिक्षा - मावि कालेगाउ लगायतमा प्राविधिक विषय को अध्ययनको ब्यवस्था - जाजरकोट लगायतका जिल्लाका शिक्षकहरुलाई दुर्गम भत्ताको ब्यवस्थाका लागि पहल - दर्जनौं विद्यालयहरुको भवन पुर्वाधार निर्माणको लागि बजेटको व्यवस्था । १०) जाजरकोट भुकम्पमा उद्धार र राहत वितरण मा सक्रिय भुमिका, - जिल्लाभरका सबै प्रभावित परिवारहरुको लागि अस्थायी आवास निर्माण गर्न रु ५० हजार प्रदान गर्न विशेष भुमिका - जिल्लाभरीका सबै माटो ढुंगाले बनेका कच्चि घरहरु विस्थापित गरी भुकम्प प्रतिरोधी पक्कि घरहरुनिर्माण गर्न नवनिर्माण अभियान संचालनको लागि विशेष पहल । ११) अन्य सेवा प्रवाह, - छेडागाड नपा ५ चंखिलामा इलाका प्रशासन कार्यालय स्थापना - नलगाड दल्लिमा राष्ट्रिय बानिज्य बैंकको शाखा कार्यालय स्थापना - जुनिचाँदे लगायतका पालिकाहरुमा वैंकहरुका शाखा कार्यालय स्थापनाको लागि पहल । - सुयाडा लगायत स्थानहरुमा प्रहरी चौकी स्थापनाको लागि पहल । - भेनपा १ मा सभागृह निर्माण १२) युवा - खेलकुद क्षेत्र , - युवा समुदाय लक्षित सिपमुलक कार्यक्रमहरु - खलङ्गा कर्भडहल निर्माण - मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट - कुदु रंगशाला निमार्ण भेरी नगरपालिका - दशेरा रंगशाला निमार्ण छेडागाड १३ ) अन्य भौतिक पूर्वाधार निर्माण, जनता आवास कार्यक्रम र सुरक्षित आवास कार्यक्रम मार्फत संयौं गरिव परिवाररुको घर र सुरक्षित छाना निर्माण । - सदरमुकाम खलंगा संरक्षणको लागि तटबन्धन र भुक्षय नियन्त्रणको काम - भुकम्प प्रभावित सरकारी कार्यालय र विद्यालयहरुको भवन निर्माणको लागि पहल । पुनश्चः पुर्वाधारमा भएको उल्लेख्य सुधारहरुको जगमा बांकि कामहरुलाई पुर्णता दिदै उत्पादनमा बृद्धि, रोजगारीका अवसरहरुको सिर्जना , जनशक्तिको विकास , शिक्षा स्वास्थामा सुधार १ )संञ्चार - टेलिकम टावर २२ (वटा ) पुराना र थप नयाँ ४ वटा १ )कोर्ताङ २ ) नलगाड १० ध्यारगाउँ ३) भेरी नपा ४ बोहरा / आर्मि व्यारेक ४ )बारेकोट ७ सुवाकोट निर्माण - अण्टीकल फाइबर भेरी, नलगाड नगरपालिक दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको २ )जडिबुटि संकल्न भवन निर्माण ३ ) कृषि - सुन्तला , ओखर , टिमुर ,मौरीपालन जोन - नलगाड पालिकामा उत्पादन कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता ४ )पर्यटन - मलिका मन्दीर निर्माण छेडागाड - चाखुरे कुशेमुसे पर्यटन मार्ग - शिवालय मन्दिर जाजरकोट - मष्टमन्दिर कुशे ५ )विद्युत - जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता - बडाबन, कुदु , चौखा , समाइला जाजरकोट विद्युत स्टेशन . गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव - नलगाड हाइड्रो पावरको DPR Report सम्मपन्न - नलगाड हाइड्रो पावरको भवन निर्माण र जग्गाको मुअब्जाको काम सम्पन्न - जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माण ) - तासुगाड हाइड्रो पावर - डाँडागाउँ भेरी हाइड्रो सम्भाव्यता अध्यन - कुशे ८ र बारेकोट ४ मिनिग्रेड ६ )सिचाई - कुदु , भुरचौर, नौफेरी सिचाई - जेवा लिफ्ट सिंचाइ प्रस्तावित ७ )स्वास्थ्य - जिल्ला अस्पताल जाजरकोट - नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल - अंखा अस्पतालको भवन ८ )बैङ्क - संघियताको मर्म अनुसार सबै स्थानिय तहमा बैङ्क स्थापना - कृषकलाई ऋण प्रवाहका लागि थप बारेकोट र जुनिचाँदे कृषि विकास बैंक र नलगाड र भेरीमा बानिज्य बैक स्थापना ९ )शिक्षा - भेरी ज्ञानोदय क्यापसमा Master सुरु - भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा दिने मन्त्रीपरिषद बैठकले निर्णय १०)खलकुद - खलङ्ग कर्भडहल निर्माण - मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट - कुदु रंगशाला निमार्ण भेरी नगरपालिका - दशेरा रंगशाला निमार्ण छेडागाड - कालेगाउँ सभागृह ११)शिक्षा - नलगाड क्यामपस, मालिक क्याम्पस कुशे बनाउन पहल गरेको, ज्ञानकुञ्ज क्यामपस दशेरा छेडगाड - बिरेन्द्र ऐश्वय उ.मावि मा प्राविधिक शिक्षा - कालेगाउँ( भेरी ), कार्किगाउँ (छेडागाडा ) , सिर्पा (जुनियाँदे ) तल्लु (नलगाड ) प्राविधाक शिक्षा - शिक्षकहरुलाई दुर्गम भत्ता १२)सडक - भेरीकरीडोर - मध्यपहाडी लोकमार्ग ( जग्तीपूर मनघाट बडावन चँखिला दैलेख ) - लुम्बिनी रारा राजमार्ग (सल्यान, खलङ्ग, पैक बेउली ढुंग जुम्ला सडक ) - खारा मनघाट सडक - पालिका जोड्ने सडकहरू - १३ ) भुकम्पमा अस्थाई टहरा प्रतिघर ५० (पचास हजार) का दरले निर्णय गरियको । . भकम्प जाँदा प्रधानमत्री साहित जनताको घरदैलोमा पुगेर तत्काल उद्दार तथा राहत वितरण प्रभावकारी बनाएको १४ )खरको छाना मुक्त घर बारेकोट २ . जनता आवास कार्यक्रम . सुरक्षित आवास कार्यक्रम १५ ) कार्यलय स्थापना .एपिएफ स्थापना गरिएको .बृहत जलाधार कार्यलय जाजरकोटको . सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय . भुकम्प पुन निर्माण कार्यलय रिम्न . भेरी करिडोर कार्यलय स्थापना . इलका प्रशासन कार्यालय चंखीला छेडागाड न.पा. जाजरकोट
झापा–४ मा नेकपाका उम्मेदवार चुडालको स्पष्ट प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमार्फत समृद्ध क्षेत्र निर्माण गर्ने संकल्प
झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले समग्र क्षेत्रको दिगो विकास, जनताको आधारभूत अधिकारको सुनिश्चितता र समृद्ध भविष्य निर्माण गर्ने स्पष्ट मार्गचित्रसहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । उनले श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्ने ऐन कानुन निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग, पर्यटन, सूचना प्रविधि र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना अघि सार्दै आफू निर्वाचित भए क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता उम्मेदवार चुडालले झापा गाउँपालिकामा स्नातक तह अध्ययनका लागि बहुमुखी क्याम्पस स्थापना गर्ने, कन्काई, सतासी र शिवगञ्जका बहुमुखी क्याम्पसहरूको स्तर उन्नति गर्ने तथा कन्काई बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । झिलझिलेस्थित गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्दै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गरिनेछ । साथै, क्षेत्रका नगर अस्पतालहरूको स्तर उन्नति, सामुदायिक विद्यालयहरूको भौतिक तथा प्राविधिक सुधार, अंग्रेजी र नेपाली दुवै माध्यमबाट गुणस्तरीय शिक्षा र ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रममार्फत डिजिटल शिक्षालाई विस्तार गरिनेछ । सडक, पुल र पूर्वाधारमा व्यापक विस्तार क्षेत्रका सबै सडक सञ्जालको स्तरोन्नति गर्दै उत्तर–दक्षिण जोड्ने सडकहरू कालोपत्रे गरिनेछ । २८ वटै वडाका बजारलाई व्यवस्थित, स्वच्छ र आधुनिक बनाइनेछ भने कन्काई र कुञ्जीबारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ । कन्काई नदी, विरिङ्ग नदी लगायतका स्थानमा आवश्यक पुल निर्माण गरिनेछ भने सुरुङ्गा बजारस्थित एसियन हाईवेमा आकाशे पुल निर्माणका लागि पहल गरिनेछ । जीर्ण विद्यालय भवनहरू हटाई आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ । कृषि आधुनिकीकरण र किसानलाई प्रत्यक्ष सहयोग कृषिलाई आधुनिक, यान्त्रिक र व्यवसायिक बनाउने लक्ष्यसहित कन्काई सिंचाई आयोजनाको स्तरोन्नति, डिप बोरिङ्ग र ट्युबवेल अनुदान, कृषि क्याम्पस सञ्चालन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । किसानलाई गुणस्तरीय बीउ, मलखाद, कृषि यन्त्र, तालिम र अनुदान उपलब्ध गराउनुका साथै पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ । सुकुम्वासी समस्या समाधान र सामाजिक न्याय भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउन अधिकार सम्पन्न आयोग गठन गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक वडामा सामुदायिक भवन, स्वास्थ्य सेवा, कानुनी परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । युवा, उद्योग र रोजगारी सिर्जनामा जोड प्रत्येक वडामा खेलमैदान र व्यायामशाला निर्माण, क्षेत्रीय खेलकुद कार्यक्रम आयोजना र युवालाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने योजना अघि सारिएको छ । कम्तिमा एक पालिका एक ठूलो उद्योग स्थापना गर्ने, लगानीकर्तालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने र उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाइनेछ । विद्युतीय सवारी साधनको पहुँच विस्तार गरी वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गरिनेछ । पर्यटन, संस्कृति र प्रविधिमैत्री समाज निर्माण धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, धार्मिक महोत्सव आयोजना र चुरे क्षेत्र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनेछ । सार्वजनिक स्थल, विद्यालय र बजारमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउँदै प्रविधिमैत्री समाज निर्माण गरिनेछ भने ई–पेमेंट प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाइनेछ । ऊर्जा, वातावरण र विपद् व्यवस्थापनमा विशेष योजना बिजुली नपुगेका बस्तीमा विद्युत विस्तार, ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने पहल, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक वन संरक्षण, जडीबुटी उत्पादन तथा निर्यात प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि वैज्ञानिक योजना लागू गरिनेछ । श्रमिक र बौद्धिक सम्पत्तिको संरक्षण श्रमजीवी मजदुरहरूको दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विदेशबाट फर्किएका युवाको ज्ञान र सीपलाई विकासमा उपयोग गर्ने विशेष योजना लागू गरिनेछ । उम्मेदवार चुडाल ले आफ्नो प्रतिबद्धता–पत्रमार्फत झापा क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारका क्षेत्रमा नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय स्रोत, जनशक्ति र आधुनिक प्रविधिको उपयोगमार्फत समृद्ध, आत्मनिर्भर र आधुनिक झापा निर्माण गर्ने उनको प्रतिबद्धता यतिबेला मतदातामाझ आशाको केन्द्र बन्न पुगेको छ ।
क्रान्तिको मैदानदेखि विकासको अभियानमा प्रचण्ड: रुकुमपूर्वकाे हुकामबाट समाजवाद निर्माणको संकल्प
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको क्रान्तिकारी यात्राबाट अब विकास, समृद्धि र समाजवाद निर्माणको ऐतिहासिक अभियानमा आफूहरू प्रवेश गरेको बताउनुभएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाकाे हुकाममा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिदेखि विकाससम्मको यात्रालाई नयाँ चरणमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विगत सम्झँदै भन्नुभयो, “हिजो हामी हातमा बन्दुक बोकेर जनयुद्ध र क्रान्तिको मैदानमा उत्रिएका थियौँ, आज विकास र समृद्धिका औजार बोकेर समाजवाद निर्माणको यात्रामा आएका छौँ।” रुकुमले क्रान्तिको आधारभूमि बनेर देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अब यही भूमिबाट विकास र आर्थिक समृद्धिको नयाँ अध्याय सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेनाका कमाण्डर तथा माओवादी नेता कालीबहादुर खाम ‘विविध’को योगदानको विशेष स्मरण गर्नुभयो। विविधकै गृहगाउँ हुकाममा पुगेर उहाँले विविधसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै केही दिनअघि कारागारमै पुगेर भेट गरेको र उहाँको स्वास्थ्योपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। “उहाँको शीघ्र रिहाइका लागि मैले पहल गरिरहेको छु, आवश्यक कुराकानी भइरहेको छ,” भन्दै उहाँले स्थानीय जनतालाई आश्वस्त पार्नुभयो। प्रचण्डले जनआन्दोलनपछिका दिनहरूमा भेट भएका ओमप्रकाश घर्ती लगायतका स्थानीय नेताहरूसँगको पुरानो सम्बन्धलाई पनि स्मरण गर्दै रुकुमसँग आफ्नो भावनात्मक सम्बन्ध गहिरो रहेको बताउनुभयो। जनताको बलिदान र संघर्षकै कारण नेपालमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम र मधेसी समुदायले आत्मसम्मान र अधिकार प्राप्त गरेको दाबी गर्दै उहाँले ती उपलब्धिलाई थप मजबुत बनाउन आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो। “रुकुमले क्रान्तिको ढोका खोलेको थियो, अब यही भूमिले विकास र समृद्धिको ढोका खोल्नेछ,” उहाँले भन्नुभयो, “हामीले सुरु गरेको संघर्षको अन्तिम लक्ष्य समाजवाद निर्माण हो, र त्यसका लागि जनताको साथ र विश्वास सबैभन्दा ठूलो शक्ति हो।” हुकाममा आयोजित कार्यक्रममा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत प्रचण्डले रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी केवल निर्वाचन जित्नका लागि नभई क्रान्तिले स्थापित गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै विकास र समाजवादको दिशामा अघि बढाउन भएको स्पष्ट पार्नुभयो।
चुनबाङबाट प्रचण्डको उद्घोष ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताउनुभएको छ। रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गर्नुभयो। “सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,” उहाँले भन्नुभयो, “गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।” उहाँले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।” संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताउनुभयो। “तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन्,” उहाँले भन्नुभयो। उहाँले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौँ,” संयोजक प्रचण्डले भन्नुभयो।
आजदेखि छपाइ भएका मतपत्र छपाइ वितरण हुँदै
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिएका छन् । उनले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक पौडेलले भने, “प्रतक्ष्यतर्फको मतपत्र छपाइ कार्य तिव्रगतिमा भइरहेको छ, ५० लाख मतपत्र छपाइ बाँकी छ, शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिबारसम्म मतपत्र छपाइ सकिन्छ ।” उम्मेदवार धेरै भएको जिल्लामा ठूलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरि प्याकिङ सम्पन्न गरी केन्द्रले प्रतक्ष्यतर्फको मतपत्र छपाइ सुरु गरेको थियो । उनले आज बिहीबारदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने भएको छ । केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले दुर्गम क्षेत्रमा मतपत्र वितरण गरिने जानकारी दिँदै उनले फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने बताए ।
निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । सोही सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा तोकेको थियो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ । आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागेको हो ।
समानुपातिकमा महिलाको संख्य बढी, खर्च नियन्त्रणमा आयोगको कडाइ
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत महिला उम्मेदवारको सङ्ख्या पुरुषभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ । निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको बन्दसूचीको अन्तिम नामावली अनुसार कुल ११० सिटका लागि कायम तीन हजार १३५ उम्मेदवारमध्ये एक हजार ७७२ महिला छन् भने पुरुष उम्मेदवार एक हजार ३६३ मात्र रहेका छन् । यसले समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद्मा महिला सहभागिता विस्तार हुने संकेत गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएपछि आयोगले अन्तिम नामावली सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै प्रक्रिया पूरा भएपछि उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिएको जानकारी दिए । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् भने एकल तथा संयुक्त गरी ५७ चुनाव चिह्न कायम भएका छन् । यद्यपि मतपत्रमा भने ५८ चिह्न समावेश छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता भएपछि सूची संशोधन गरिएकाले चिह्नको सङ्ख्या घटाइएको आयोगले जनाएको छ । उम्मेदवार सङ्ख्याका हिसाबले नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले) बाट ११०–११० जना उम्मेदवार कायम छन् । नेकपा (एमाले) का १०९, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका १०८–१०८ तथा जनमत पार्टीका १०६ उम्मेदवार सूचीमा समावेश छन् । यसैबीच निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले आर्थिक सहयोगसम्बन्धी कडा व्यवस्था लागू गरेको छ । अब प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार वा राजनीतिक दलले स्वैच्छिक सहयोगस्वरूप पाउने २५ हजार रुपैयाँभन्दा बढी रकम अनिवार्य रूपमा बैङ्क खातामार्फत मात्रै लिनुपर्नेछ । निर्वाचन आयोगले पहिलो पटक तयार पारेको ‘प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२’ मङ्गलबार सार्वजनिक गर्दै तुरुन्त लागू गरेको हो । आयोगका अनुसार यस व्यवस्थाले चुनावी खर्चको निगरानी, पारदर्शिता र सुशासन कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । लैङ्गिक समावेशिता विस्तार र आर्थिक अनुशासन सुदृढ गर्ने यी दुई कदमलाई आगामी निर्वाचनको महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ ।

