रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै एमालेलाई

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी ५ हजार ५ सय ८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

यस्तै उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद अधिकारीले ४ हजार ५ सय ४२ मत पाउनुभएको छ। गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी राधादेवि श्रेष्ठ ५ हजार ७ सय १९ मतसहित पुनः दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा १ हजार ४६ र उपाध्यक्षमा ६ सय ७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६ हजार ५०० मतको अग्रतामा रेनु, विजयको कति ?

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायम गरेकी छन् । ७९ हजार ९१० मतको गणना गर्दा रेनुले ३१ हजार १२२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् । भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ भने एमाले र राप्रपाले पनि गठबन्धन बनाएका छन् ।

जुम्लामा कांग्रेस र माओवादीको नेतृत्व

जुम्ला । जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र) ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही दुई हजार ३४१ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो । त्यस्तै माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ । तातोपानी, पारारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो । नेकपा एकीकृत (समाजवादी) पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ । विसं २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो । एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । जिल्लामा अहिले एमालेले आफ्नो विरासत गुमाएको छ । यसैबीच जिल्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहणलगत्तै अध्यक्ष शाहीले गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको शाहीले बताउनुभयो ।

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

वीरगञ्ज । मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ । यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ भने उहाँका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ । महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ । महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।

३४ हजार १३० मतसहित बालेनको अग्रता कायमै, सिर्जना र स्थापितको कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह (बालेन)ले आकर्षक मतका साथ अग्रता कायम गरेका छन्। हालको ताजा अपडेट अनुसार उनी ३४१३० मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित १८५४७ मतका साथ दोस्रो स्थानमा छन्। साह र स्थापितबीच १५५८३ मतको अन्तर छ। त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८४२९ र राप्रपाका मदनदास श्रेष्ठले १७९६ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

मिथिला बिहारीको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपमेयरमा मा‌ओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेस उम्मेदवार यादव ४ हजार ३ सय ४ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार अनिलकुमार यादवले ४ हजार ९४ मत मात्र ल्याउन सके । उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी उम्मेदवार शोभादेवी साहले ३ हजार ३ सय ३० मत प्राप्त गरिन् । यो नगरपालिकामा राजनीतक दलहरू छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा थिए । धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपमेयरमा मा‌ओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका हुन् ।

भरतपुरमा ५५ सय को मतान्तरसँगै अगाडि रेनु दाहाल

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५ सय १८ मतले अगाडि देखिएकी छन् । मेयरकी उम्मेदवार रेनुले २८ हजार ८०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार २१८ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार कटाएका छन् । रेनु र विजयको मतान्तर ५५९० रहेको छ । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९ सय १ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९ सय २० मत ल्याएकी छिन् ।

फराकिलो मतान्तरले बालेन अगाडि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र ९बालेन० शाहको अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतको अग्रता लिइरहनुभएको छ । शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नौ सय ९५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहनुभएको छ । डंगोलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गर्नुभएको हो । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गर्नुभएको छ ।

रेनु दाहाल र विजय सुवेदीको मतान्तर ३ हजार २७९

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता थप बढाउदै लगेकी छन् । उनले १६ हजार ६८९ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १३४१० मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २७९ रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार पुर्याएका छैनन् ।

अब १ सय ६८ स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं । देशभर भएको स्थानीय तह निर्वाचनमध्ये ५ सय ८३ स्थानको मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७ सय ५१ स्थानीय तहको निर्वाचनमध्ये अब १ सय ६८ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी २ सय ५८ प्रमुख तथा अध्यक्ष र २ सय ४२ उप प्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । काँग्रेस अझै ६४ प्रमुख तथा अध्यक्ष अनि ६४ उपप्रमुख तथा उपाध्यक्ष पदमा अगाडी रहेको छ । यस्तै नेकपा एमालेले १ सय ६६ प्रमुख तथा अध्यक्ष अनि १ सय ७९ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ भने ३२ प्रमुख तथा अध्यक्ष अनि ५४ उपप्रमुख तथा उपाध्यक्ष पदमा अग्रता बनाइराखेको छ । नेकपा माओवादी केन्द्रले हालसम्म १ सय ६ प्रमुख तथा अध्यक्ष अनि १ सय १४ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । जबकी १३ प्रमुख तथा अध्यक्ष अनि उपप्रमुख तथा उपाध्यक्षमा १२ स्थानमा अगाडी रहेको छ । जनता समाजवादी पार्टीले १६ प्रमुख तथा अध्यक्ष अनि १५ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । जसपाले हालसम्म १९ प्रमुख तथा अध्यक्ष अनि १५ उपप्रमुख तथा उपाध्यक्षमा अग्रता बनाएको छ । एकीकृत समाजवादीले १४ प्रमुख तथा अध्यक्ष अनि १५ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । एकीकृत समाजवादी ५ प्रमुख तथा अध्यक्ष अनि ४ उपप्रमुख तथा उपाध्यक्षमा अगाडी रहेको छ । लोकतान्त्रिक समाजवादीले ३ अध्यक्ष तथा प्रमुख अनि ४ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । लोसपा अझै ९ प्रमुख तथा अध्यक्ष अनि ६ उपप्रमुख तथा उपाध्यक्षमा अगाडी रहेको छ । अन्य तर्फका २० जनाले प्रमुख तथा अध्यक्षमा जित हात पारेका छन् भने १३ जनाले उपप्रमुख तथा उपाध्यक्षमा जित हात पारेका छन् । अन्य तर्फका अझै १३ जना प्रमुख तथा अध्यक्षका लागि अग्रता बनाएका छन् भने उपप्रमुख तथा उपाध्यक्ष तर्फ ४ जनाले अग्रता बनाएका छन् ।

निर्वाचनमा कानुन विपरित कार्य गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको क्रममा कानुन विपरितका गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको क्रममा देशका विभिन्न मतदान केन्द्रहरूमा भएका कानुन विपरीत गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो । आयोगले त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने निर्णय गरेको छ । आयोगले वैशाख ३० गते देशभरका ७ सय ५३ पालिकाहरुमध्ये दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ र कपिलवस्तु जिल्ला महाराजगञ्ज नगरपालिका बाहेक देशभरका सम्पूर्ण मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको पनि बताएको छ । आयोगले गत वैशाख ३० मा स्थगन भएका स्थानमध्ये ५ स्थानमा २०७९ जेठ १ गते, ७ स्थानमा जेठ २ गते, ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भइसकेको जनाएको छ । अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको छ ।

गोकुल बाँस्कोटाको गृहपालिकाको मेयर एकीकृत समाजवादीलाई

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले जित हात पारेका छन् । तमाङले ९ हजार ४ सय ६ मत ल्याएर विजयी भए भने उनका मूख्य प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएर पराजित भए । मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली काँग्रेसबीच गठबन्धन भएको थियो ।

कामपा ४ मा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी हुनुभएको छ । महिला सदस्यमा सन्ध्यदेवी खनाल र दलित महिला सदस्यमा कलपना सार्की (वयल्कोटी) विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् । त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ८३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार २९८ मत पाउनुभएको छ । त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत पाउनुभएको छ । कामपामा हालसम्म ५५ हजार १४६ मत गणना भइसकेको बताइएको छ ।

धनगढीमा स्वतन्त्र गोपाल हमाल ८ हजार धेरै मतले अगाडि

कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिनुभएकाे छ । अहिलेसम्म ३३ हजार ६ सय ५२ मत गन्दा हमालले आठ हजार एक सय ३२ मतकाे अग्रता लिइरहनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहनुभएकाे छ । वडले सात हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले तीन हजार पाँच सय १३ मत प्राप्त गर्नुभएकाे छ । यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिइरहनुभएकाे छ । उहाँलाई एमालेकी कन्दकला रानाले पछ्याइरहनुभएकाे छ ।

काठमाडौं ८ मा १ सय मत गन्दा केशव स्थापितलाई एक मत

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन्। जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन्। गणना गरिएका मतमध्ये नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७ मत ल्याएकी छन्। मतगणनाको सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २२ मत पाएका छन्। वडा नम्बर ८ मा गणना भएका सय मतमध्ये कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६८ मत पाएका छन्। एमालेका उम्मेदवारले कुनै मत पाएका छैनन्।

भरतपुरमा विजयभन्दा ३ हजार बढीको फराकिलो मतान्तरमा रेनुको अग्रता कायमै

भरतपुर – भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार १२६ मतले अगाडि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले १५५१३ मत ल्याएकी छन् । एमालेका विजयी सुवेदीले १२३८७ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाएका छन् ।