स्थानीय निर्वाचनबारे तिमिल्सिनाका ३० टिप्स्
काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा निर्वाचन अभियानमा खटिएका युवा नेता मनहरि तिमिल्सिनाले स्थानीय निर्वाचनका अनुभव र शिक्षाहरू भन्दै सामाजिक संजालमा ३० बुँदा सार्वजनिक गरेका छन् ।
यस्ता छन् तिमिल्सिनाका ३० टिप्स्
१. निर्वाचन जित्न बलियो संगठन चाहिन्छ, आफ्नै तागतमा उभिएर मात्र निर्वाचन जित्न सकिन्छ।
२. मतदाता ठूला कुरा र उपलब्धीभन्दा आफ्नो जीवनमा प्रत्यक्ष लाभ मिल्ने मुद्दामा आकर्षित हुन्छन्।
३. गठबन्धनले संगठित कार्यकर्तालाई निर्देशित गर्न सक्छ। तर, नरम र तटस्थ मतदातालाई सक्दैन।
४. निर्वाचन समीकरणमा मतदाताले परिस्थितिजन्य एकताभन्दा मनोवैज्ञानिक एकता चाहन्छन्।
५. समीकरण सजातीय हुनुपर्छ। मतदाताले समीकरणको औचित्य अन्तर्मनदेखि वोध गर्न सक्नुपर्छ।
६. मतदाताले दलको घोषणापत्र कम हेर्छन्, दलको तागत र उम्मेदवारको छवि बढी हेर्छन्।
७. परम्परागत मुद्दा मतदाताले रूचाउँदैनन्। नयाँपन र विश्वासिलो आधार खोज्छन्।
८. निर्वाचनको बखत मात्र मतदाताबिच पुग्ने तरिकाले अपेक्षित परिणाम निकाल्न सकिँदैन।
९ मतदाताले पाँच वर्षको दौरानमा पार्टी र नेताहरूले आफूहरूप्रति गरेको स–साना व्यवहारको पनि हिसाब राख्छन्।
१०. दल र नेता चुनाव आएपछि गाउँ जाने र मतदाता पासो ढुकेर बस्ने प्रवृत्ति लोकतन्त्रका निम्ति घातक छ।
११. सिद्धान्त र निष्ठा कमजोर हुँदा अन्तर्घात प्रभावी रहन्छ। पार्टीहरूमा आत्मानुशासन कमजोर छ।
१२. उम्मेदवार छनोट गर्दा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्छ। त्यसले मात्र निर्वाचनमा एकीकृत तागत पैदा गर्छ।
१३. पार्टीले टिकट दिँदा अर्कोपटक टिकट नपाए पनि पार्टीको उम्मेदवार जिताउन लाग्नेछु भन्ने सहीछाप गराउन आवश्यक देखिन्छ।
१४. पार्टीभित्र सबै नेता–कार्यकर्ताले भविष्य देख्ने नीति–कार्यक्रम चाहिन्छ। आफूले टिकट नपाए ‘भर्सेला परोस्’ भन्ने प्रवृत्ति घातक छ।
१५. मतदाताले बलशाली होइन, आफ्नो सुखदुखमा साथ दिने जनप्रतिनिधि खोज्छन्, लाभको हिसाबकिताब गर्छन्।
१६. स्थानीय निर्वाचनमा भौगोलिक अवस्थिति, उम्मेदवारको सम्बन्धले पनि जीतहारमा विशेष अर्थ राख्दछ।
१७. स्थानीय तहमा निर्वाचन आचारसंहिता अनुगमन र कार्यान्वयन गर्ने शक्तिशाली संयन्त्र चाहिन्छ।
१८.हाम्रो मतदाता शिक्षा कमजोर छ। निर्वाचन प्रणाली र व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्छ।
१९. जेष्ठ नागरिक र अशक्त मतदातालाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था निर्वाचन आयोगले गर्नुपर्छ।
२०. मतदान केन्द्रको व्यवस्थापनबारे आयोगले नयाँ ढंगले सोच्नुपर्छ। घण्टौं उभिएर मतदान गर्ने प्रणाली फेर्नुपर्छ।
२१. आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारीको २४ घण्टामा उम्मेदवार रद्द हुने कानुनी व्यवस्था चाहिन्छ।
२२. उत्पीडित वर्ग र समुदायलाई आज होइन, भोलिका लागि आशातीत हुनसक्ने शिक्षा र योजना चाहिन्छ।
२३. दलहरूले पार्टी झण्डाभन्दा चुनावी चिन्हलाई नै स्थापित गराउन बढी जोड गर्नुपर्ने देखिन्छ।
२४. विभाजनले नेता–कार्यकर्ताभन्दा मतदाताको मनोविज्ञानमा बढी असर गर्छ। फुटमा संख्याको नभएर मनोविज्ञानको प्रभाव रहन्छ।
२५. उम्मेदवारमा स्थानीय तहको इतिहास, सभ्यता, विशेषता, मनोविज्ञान र सम्भावनाको राम्रो अध्ययन चाहिन्छ।
२६. पार्टीहरूले नेता–कार्यकर्ताको आवधिक कार्यसम्पादन मूल्यांकनको व्यवस्था गरेर नेता जनतातिर फर्काउनुपर्छ।
२७. अधिंकाश निर्वाचित जनप्रतिनिधिहरू आफ्नो कर्तव्य र अधिकारबारे सुसूचित छैनन्। पार्टीहरूले अभिमुखीकरण गर्नुपर्छ।
२८. जनताले सरल र वैज्ञानिक सेवा प्रवाह, सुशासन र जीवनमा आधारभूत परिवर्तन खोजेका छन्। दलहरूले त्यतातर्फ प्राथमिकता दिनुपर्छ।
२९. घोषणापत्रमा ठूलठूला कुरा लेख्ने तर जितेपछि कार्यान्वयन नगर्ने पार्टी र जनप्रतिनिधिलाई नियन्त्रण गर्ने कानुन चाहिन्छ।
३०. पराजित उम्मेदवारले आफूले प्राप्त जनमतको सम्मान गर्दै क्रियाशील भइरहे अर्को निर्वाचनमा जीत उसैको हुन्छ।
थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्। बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत प्राप्त भएको थियो। उपाध्यक्षमा माओवादी केन्द्रका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरे। थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए। सो गाउँपालिका–१, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाषा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन्।
भरतपुरमा रेणुको अग्रता कायमै, विजय पछ्याउदै
चितवन । भरतपुर महानगरपालिकमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ३१७ मत प्राप्त गरेकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीले २ हजार ३०३ मत प्राप्त गरेका छन्। दाहाल र सुबेदीबीच १४ मतको मात्र अन्तर देखिएको छ। उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो अग्रता फराकिलो पारेका छन्। गठवन्धनका उम्मेदवार चित्रसेन अधिकारीले २ हजार ५५२ र राप्रपाकी हिमला गुरुङले १८४९ मत प्राप्त गरेकी छन्। उनीहरुबीच ७०३ मतको फरक रहेको छ।
गोरखामा ९६ वटा वडामध्ये ३६ वडा माओवादीले जित्यो
गोरखा । गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा आइतबार सार्वजनिक भएको हो । जसअनुसार सवैभन्दा बढी नेकपा माओवादी केन्द्रले १७, नेपाली काँग्रेसले १२, नेकपा एमालेले ६ र जनता समाजवादी पार्टी जसपाले १ वडामा जित हासिल गरेका छन् ।
अहिलेसम्म ३४ वटा स्थानीय तहको मतपरिणाम, कहाँ कसको अग्रता ?
काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको मतपरिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म ३४ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार एमालेले १४ र कांग्रेसले १० पालिकामा जित हासिल गरेको छ । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो । त्यस्तै, माओवादी केन्द्रले ८ पालिकामा जित हात पारेको छ, भने नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ । समाजवादीले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो । यस्तै, देशभर नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसले २ सय ६५ स्थानमा अग्रता लिएको छ । भने नेकपा एमालले १ सय ९१ स्थानमा अग्रता बनाएको छ । नेकपा माओवादी केन्द्रले १ सय ०८ स्थानमा अग्रता लिँदा एकीकृत समाजवादीले १२ स्थानमा अग्रता कायम गरेको छ । यसैबीच, काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्वन्द्वीलाई पछि पार्दै दोब्बर अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार बालेनले ३ हजार ५ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ सय ६८ मतसहित पछ्याउनु भएको छ । सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरमा बालेनले हालसम्म सुरुवाती अग्रता कायम राख्नुभएको हो ।
कञ्चनपुर : वडा नं २ शुक्लाफाँटामा ७०० मतगणना हुँदा कस्को कति ?
कञ्चनपुर। वडा नं २ शुक्लाफाँटा (७०० मत गणना) हँसिया हथाैडा १८४ सूर्य ३१९ रूख १५४
सुनिता डंगोल तेब्बर बढी मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् । यसैगरी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएपनि शाक्यले उनले भन्दा तेब्बर बढी मत पाएकी हुन् । यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।
स्थानीय तह निर्वाचन : भरतपुर महानगरको मतगणनास्थलमा फलामको तारजाली लगाइयो
काठमाडौं । स्थानीय तह निर्वाचनको भोलि शुक्रबार ३० गते देशभर एकैसाथ हुँदैछ । भोलि हुने निर्वाचनको तयारी पुरा भइसकेको छ । मतदानमा आवश्यक सामग्रीसहित कर्मचारीहरु पनि मतदानस्थल पुगिसकेका छन् । निर्वाचनमा काठमाडौं पछि चासोको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ । मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए । ०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो । उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिने सूचना अधिकारी पौडेलले जानकारी दिए । मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ । मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए । ०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ । मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए । मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।
महालक्ष्मी नगरका मेयरका उम्मेदवार शिव कट्टेलका यस्ता छन् योजना
ज्ञानप्रसाद पौडेल लामो समय ललितपुर महालक्ष्मी क्षेत्रको विकास र परिवर्तनको लागि प्रत्यक्ष÷अप्रत्यक्ष महत्वपूर्ण भूमिका निभाउँदै आएका शिव कट्टेल आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सोही नगरपालिकाका उम्मेदवार बनेका छन् । तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यमा सरिक हुँदै आएका कट्टेल मेयरका प्रत्यासी बनेपछि लोभलाग्दा योजनासहित चुनावी प्रचार प्रसारमा लागेका हुन् । ग्वार्कोमा फ्लाइओभर निर्माणदेखि स्वास्थ्य, महिला र वृृद्धवृद्धा सम्बन्धी विशेष योजनासहितका प्रतिवद्धता बोकेर उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । अन्य समयमा पनि स्थानीयको घरदैलोमा पुगिरहने उनी चुनाव लागेपछि त्यसलाई झन् तीव्रता दिएका छन् । ‘मैले राजनीतिलाई समाजसेवाको रुपमा लिएको छु, तीन दशकदेखि महालक्ष्मीको विकासको लागि कुनै न कुनै पक्षबाट भूमिका निर्वाह गरेको छु,’ उनले भने, ‘त्यसकारण पनि यहाँका स्थानीयवासीले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास लिएको छु।’ उनीसँग लामो समय सामाजिक र स्थानीय स्तरका रहेर राजनीतिक नेतृत्व गरेको अनुभव छ । अनुभव, भूमिका र स्थानीयको मागअनुसार नै उनी महालक्ष्मीको मेयरको प्रत्यासी बनेका हुन्। ‘म महालक्ष्मीलाई व्यवस्थित पार्न चाहन्छु, यहाँको भित्री सहर, खानेपानी, सडक, संस्कृति, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना लिएर उम्मेदवार बनेको छु,’ उनले भने, ‘विगतमा हुन नसकेका काम र नयाँ थप योजना अनुसारका काममा म पाँच वर्ष अहोरात्र खटिने छु।’ ग्वार्कोको जाम अन्त्य गर्नेछु सहरीकरण र महालक्ष्मी क्षेत्रमा जनघनत्व बढिरहेको छ । रिङरोड बाहिर पर्ने यो क्षेत्रमा पछिल्लो एक दशकमा थुपै्र मानिस बसाइ सराइ गरेर आएका छन् । जसका कारण महालक्ष्मी क्षेत्रका सडकमा सवारी चाप बढेको छ । रिङरोड प्रवेशद्वार ग्वार्कोमा अत्यन्तै ट्राफिक जाम बढेको छ । महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार कट्टेलले आफू निर्वाचित भए पाँच वर्षमा ग्वार्कोमा फ्लाइओभर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । यो योजनालाई प्राथमिकतामा राखेर काम गर्ने वाचासहित उनले महत्वपूर्ण योजनाबारे जानकारी गराएका हुन् । त्यसबारे सोचेर र प्रतिवद्धता व्यक्त गरेको उनको भनाई छ । ‘यो ठाउँको जामको निकास नै फ्लाइओभर हो, ग्वार्कोमा फ्लाई ओभर बनाउने यो म निर्वाचित भएपनि दु्रत गतिमा अघि बढाउने छु,’ उनले भने । महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण उनी निर्वाचित भएपछि नगरपालिकाले नै महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने प्रतिवद्धता गरेका छन् । नगरपालिका आफैले कार्यालयबाट प्याड वितरण गर्र्नेछ । जसका कारण महिलाहरुलाई सहज हुनेछ । प्याड वितरणको लागि नगरपालिकाभित्र छुट्टै शाखा निर्माण गरिने छ । वडा तथा नगरपालिकाबाट प्याड उपलब्ध गराइने प्रबन्ध मिलाइने छ । अस्पताल निर्माण र दीर्घ रोगीलाई निःशुल्क औषधी वितरण नगरपालिकामा छुट्टै अस्पताल निर्माण गरिनेछ । पालिकाका स्वास्थ्य चौकीबाट उपचार सम्भव नभएका र अन्य विरामीले यस अस्पतालमा उपचार सेवा लिन सक्नेछन् । पालिकाले निर्माण गर्ने अस्पतालमा सहुलियतमा उपचार सेवा लिन पाइने छ । त्यस्तै पालिकाभरिका दीर्घरोगीलाई निःशुल्क औषधी वितरण गरिने छ । सुगर, प्रेसर, दमलगायत रोगका औैषधी नगरपालिकाबाट वितरण हुनेछन् । त्यस्तै वृद्ध भत्ता पनि घर–घरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाउने लगायतका योजना पनि कट्टेलले आफ्नो प्रतिवद्धता पत्रमा समेटेका छन् । नक्सापासलाई व्यवस्थित र नियमित गर्ने महालक्ष्मी नगरपालिकाको अर्को समस्या हो धेरैजसो घर तथा भवनको नक्सा पास नहुनु । नक्सा पासबिना नै बनेका र करको दायरामा नआएकालाई छुटसहित नक्सा पास र करको दायरामा ल्याउने कट्टेलको भनाई छ । उनी निर्वाचित भएपछि यो नियम लागू गर्नेछन् । कर तिर्न बाँकी र नक्सा पास नगर्नेलाई करको दायरामा ल्याउने उनको भनाइ छ । तर स्थानीयलाई ठूलो जरिवाना तथा अप्ठेरो नपारी छुटसहित सो काम गरिने छ। घर–घरमा खानपानी पुर्याइने महालक्ष्मी नगरपालिकामा खानेपानीको समस्या पनि उस्तै छ । यहाँका करिब ४० प्रतिशत मानिस ट्याङ्करको पानीमा निर्भर छन् । यस क्षेत्रमा मुल महानजस्ता पानीका स्रोत भएतापनि त्यसलाई प्रयोगमा नल्याउँदा स्थानीय स्तरमा पानीको हाहाकार भएको हो । कट्टेलले आफूू निर्वाचित भएपछि खानेपानीको समस्या हल गर्ने बताएका छन् । उनले यहाँ भएका मुल मुहान र खोलाको पानीलाई प्रशोधन गरेर भए पनि निर्वाचित भएको एक वर्षमा खानेपानीको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रशासनिक भवन ६ महिनाभित्रमा शिलान्यास गर्ने नगरपालिका हाल प्रशासनिक भवनविहीन छ । पाँच वर्षे कार्यकालमा पनि यसअघिका जनप्रतिनिधिले भवन निर्माण गरेनन् । नगरपालिकाको आफ्नै जग्गा भएता पनि त्यसमा जग हाल्ने कामसमेत भएन । आफू निर्वाचित भएको ६ महिनाभित्रमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने कट्टेलले प्रतिवद्धता गरेका छन् । उनले कार्यालयका काम र सेवा प्रवाहलाई सहज बनाउनको लागि आफ्नै भवन चाहिने भएकोले त्यसलाई आफूले प्राथमिकतामा राखिने बताए। हाल नगरपालिकाको कार्यालय भाडाका भवनमा छ । जसका कारण सेवा प्रवाहमा कठिन भइरहेको छ । प्राथमिकमतामा राखेका अन्य योजनाहरु उनी चुनावमा नयाँ एजेण्डा लिएका आएका छन् । यसअघिका जनप्रतिनिधिले पूरा गर्न नसकेका र नदेखेका विकासका योजना र एजेण्डालाई उनले आट्टनो प्रतिवद्धता पत्रमा समावेश गरेका छन् । महालक्ष्मी क्षेत्रमा पर्यटन विकास, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, सम्पदा संरक्षण र भित्री सहरको व्यवस्थापनलाई उनले पाँच वर्षमा आफूले गर्ने मुख्य कामभित्र समेटेका छन् । आफू उम्मेदवार भए नगरपालिकाको शिक्षा क्षेत्रलाई पनि सुधार गर्ने उनको योजना छ । त्यस्तै, रोजगार सिर्जना गर्ने, परम्परागत हस्तकलाका सामानलाई बजारीकरण गर्ने, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनेलगायत योजना पनि उनको घोषणा पत्रमा समावेश छन् । उनले आफू निर्वाचित भए नगरपालिकाभित्रको प्रशासनिक सुधार गर्ने, योजनालाई पनि अघि सारेका छन् । त्यस्तै भित्री सहरमा देखिएका खानेपानी, ढल र सडकको समस्या पनि समाधान गर्ने उनको योजना छ । त्यसबाहेक लाकुरीभञ्ज्याङलाई थप व्यवस्थित पारी पाटन क्षेत्रमा आएका पर्यटकलाई उक्त क्षेत्रमा पनि घुमाउने कार्यक्रम बनाइने छ ।
पालिकालाइ मिडियाकर्मीको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गरिन्छ : राजन पौडेल
के के छन् जितपुर सिमरामा राजन पौडेलका जीतका आधारहरु ? नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरका लागि राजन पौडेल उम्मेदवार हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका– ३ सिमरा, वजिनीका स्थानीय वासिन्दा पौडेल जनयुद्धकालदेखि माओवादीमा सक्रिय हुनुहुन्छ । स्कुले जीवनबाट राजनीतिमा चासो राख्नुहुने उहाँ पहिला एमाले निकट विद्यार्थी संगठनमा आवद्ध भए पनि २०५५ सालदेखि काठमाडौंमा माओवादीनिकट विद्यार्थी संगठनमा आवद्ध हुनुभएको हो । २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य तथा सोही वर्ष काठमाडौं क्याम्पस स्ववियू सदस्यमा पनि निर्वाचित बन्नुभएको थियो । स्नातकसम्म अध्ययन गर्नुभएका उहाँ २०५८ सालमा संकटकालका बेला गिरफ्तार भई एक वर्षपछि छुट्नुभयो । त्यसको एक वर्षपछि पुनः पक्राउ परी २८ महिनासम्म विभिन्न हिरासतमा रहनुभएको थियो । दोस्रो जनआन्दोलनपश्चात् जेठ १० गते उहाँ रिहा हुनुभयो । त्यसपश्चात् पार्टीमा सक्रिय बारा जिल्लालाई कार्य क्षेत्र बनाएर निरन्तर क्रियाशील हुनुुहुन्छ । मधेस–प्रदेश कमिटी सदस्यसमेत रहनुभएका पौडेल २०७४ सालको स्थानीय निर्वाचनमा पनि सोही क्षेत्रमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिनुभएको थियो । कडा प्रतिष्पर्धाका बीच पराजित हुनुभएका उहाँ जीतपुरसिमरा क्षेत्रमा हारेको प्रतिनिधिका रुपमा नभईं जित हासिल गरेको प्रतिनिधिका रुपमा काम गर्दै आउनु भएको छ । जनताप्रति उहाँको लगनशील र उत्तरदायित्वका कारण यसपटक जीत सुनिश्चित भएको विश्वास व्यक्त गर्नुहुन्छ । जितपुरसिमराकोे विशेषता राष्ट्रिय जनगणना २०६८ अनुसार नवघोषित जितपुर–सिमरा उपमहानगरको जनसंख्या ११४,१८५ रहेको छ । त्यस्तै क्षेत्रफल ३०९.६७ वर्ग किमि रहेको छ । यो क्षेत्र औद्योगिक करिडोरको क्षेत्र हो । वीरगन्ज–पथलैया करिडोरका अधिकांक्ष क्षेत्र यस उपमहानगरपालिकाभित्र पर्छ । साना–ठूला उद्योगहरु, मुलुकको जेठो विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज लगायत यहाँ छन् । मुख्य पेशा कृषि भएकाले यो क्षेत्रका ठूलो भूभागहरु यो क्षेत्रमा रहेको छ । पछिल्लो एक दसकमा सिमराले विकासमा परिचय फेरेको छ । राजनीतिक, आर्थिक, सामाजिक र बहुआयामिक रूपमै सिमराको विकास तीव्रगतिमा अघि बढेको छ । निर्वाचनमा एजेण्डा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेले नेतृत्व गरेको यस उपमहानगरपालिका सुशासनमा पछाडिबाट दोस्रोमा र भ्रष्टाचारमा पहिलो नम्बरमा परेको चर्चा परिचर्चाहरु छन्। यसले गर्दा नगरवासीको मनोबल गिरेको छ । त्यो मनोबललाई उच्च मनोबलमा अगाडि बढाउने आफ्नो प्रमुख एजेण्डा भएको उहाँ बताउनु हुन्छ । जीतपुरसिमरा उपमहानगरपालिका ठूला १७ वटा संरचनाभित्र परे पनि यहाँ अहिलेसम्म गतिलो अस्पताल छैन । त्यसैले गतिलो अस्पताल निर्माणका लागि श्रम मन्त्रालयमार्फत् पक्रिया अघि बढाइएको उहाँले बताउनु भयो । त्यस्तै, स्वास्थ्य क्षेत्रको सुधार, सार्वजनिक शिक्षाको सुधार, कृषि क्षेत्रको सुधारका लागि किसानको गोठ र खेतमा पुग्ने कार्यक्रम बनाएर अघि बढ्ने बताउनु भयो । खास गरी पर्सा निकुञ्जलाई केन्द्रित गरेर पर्यटन क्षेत्रको विकासका लागि क्रियाशील हुने, भारतीय पर्यटकहरु यहाँ अत्यधिक आउने हुनाले महानगरवासीमा रोजगारीको सिर्जना गर्न सकिने हुनाले त्यस क्षेत्रमा पनि काम अघि बढाउने सोच रहेको बताउनु भयो । कलकारखाना सञ्चालनका कारण वातावरण प्रदुषणले स्थानीयहरुबीच द्वन्द्वको स्थिति सिर्जना भएकाले त्यसको नियन्त्रणका लागि वातावरणीय प्रदुषण नियन्त्रणका लागि उद्योगधन्दाहरुलाई सरकारले तोकेको मापदण्डभित्र ल्याएर औद्योगिक वातावरण सिर्जना गर्ने सोच रहेको छ । सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक काम गर्ने । शैक्षिक योजनाहरुसँगै तल्लो तहदेखि नै आधारभूत तथा माध्यमिक तहबाट नै मानवीय संवेदनाबारे सिकाउने, महिला हिंसामुक्त गर्ने, संस्कार र संस्कृतिको नाउमा गरिने रुढीवादी परम्परालाई निर्मूल पार्ने, वैज्ञानिक तथ्यसहितका कुराहरुलाई अनुसरण गर्ने हिसावको वातावरण निर्माण गर्नेलगायतका शिक्षा नियमहरु अघि सार्ने । वातावरणमैत्री विकासलाई अघि बढाउने । कृषि, औद्योगिक, घरेलु तथा साना उद्योगहरुसँग जोडिएर स्वरोजगारका विषयलाई अघि बढाउने । खेलकुद क्षेत्र नेकपा माओवादी केन्द्रकै पहलमा रंगशाला निर्माण कार्य अघि बढाइएको छ, थप काम गर्र्दै जाने । साथै, कला साहित्य संस्कृति तथा नाटकको क्षेत्रमा पनि विकास गरिन्छ । भाषिकको हिसावले भोजपुरी भाषालाई प्रोत्साहित गर्ने उद्देश्यले काम गर्दै जाने तयारी छ । जितको आधार अघिल्लो पटक पनि उम्मेदवार हुँदा प्रतिष्पर्धात्मक हिसावले पराजित हुनुभएका पौडेल यस पटक जीत सुनिश्चित भएको दावी गर्नुहुन्छ । अघिल्लो निर्वाचनमा हार व्यहोरेपनि त्यहाँका जनताबाट आफू कहिल्यै टाढा नभएको, जनताको घर दैलोमा जाने, उहाँहरुको दुःख सुखमा सहभागी हुने, जनताको समस्याहरु समाधानतर्फ निरन्तर लाग्ने गरेका कारण पछिल्लो ३ वर्षयता उहाँलाई हारेको राजन पौडेल नभई जनताले मेयरकै रुपमा स्वीकार गरिसकेका छन् । जनताप्रतिको उत्तरदायी र इमान्दारिताले अबको मेयर उहाँलाई नै पक्का छ । त्यस्तै पहिलेको तुलनामा माओवादी संगठन पनि सुदृढीकरणतर्फ लागेको छ । पार्टीको भेला, सम्मेलन महाधिवेशनसम्म हुँदा माओवादीको संगठन मजबुत भएको देख्न सकिन्छ । यसले पनि जित सुनिश्चिततातर्फ बढेको हो । त्यस्तै नेपाली कांग्रेससँगको गठबन्धनका कारण पनि भारी मतान्तरले विजयी हुने निश्चित छ । कांग्रेसले पनि नेवि संघको अध्यक्षको दावेदार मिरा शाहीलाई उपाध्यक्षका लागि प्रस्तावित गरेको छ । यसले गर्दा गठबन्धनले भारी मतान्तरले चुनाव जित्ने निश्चित छ । भ्रष्टाचार निवारण माओवादी केन्द्रले जित हासिल गरेमा भ्रष्टाचारलाई निर्मुल पार्न सकिन्छ । भ्रष्टाचार देशकै पहिलो स्थानमा परेको यस क्षेत्रको चौतर्फी आलोचना भइरहेकामा हामी त्यसलाई सुधार गर्न सक्छौं । सुशासन कायम गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक काममा लाग्नेछौं । सामुहिक हिसावले नगरपालिकाको हित, आम जनसमुदायको हितमा केन्द्रित रहेर कार्ययोजनाहरु निर्माण गर्नेछौं । अघिल्लो कार्यकालमा नगरसभा पंगु तरिकाले संचालित भएको देख्न सकिन्छ । हामी त्यसलाई अत्यन्त शक्तिशाली र नगरसभाको भाव मर्म अनुसार संचालन गर्नेछौं, र सोही अनुसार कार्ययोजनाहरु बनाएर कार्यपालिकाबाट अन्तिम निर्णय गराएर हामी अगाडि बढ्छौं । मिडियाकर्मी सामु सम्पूर्ण सूचनाहरु पारदर्शी तरिकाले राख्नेछौं, नगरपालिकालाई मिडियाकर्मीहरुको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गर्न सक्छौं।
स्थानीय तह निर्वाचनः यस्तो छ रोल्पाकाे चुनावी अंकगणित
रोल्पा । रोल्पामा आगामी बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा माहोल विस्तारै निर्वाचनमय बन्दै छ । रोल्पा जिल्लामा सबै राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक एजेण्डासहित जनताको माझमा गइरहेका छन् । रोल्पा जिल्लामा निर्वाचनका लागि सबै राजनीतिक दलहरुले तयारी गरिरहेका छन् । गाउँ गाउँमा जनताको बीचमा जान थालेका छन् । रोल्पा जिल्लामा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र एमालेको त्रिपक्षीय भिडन्तझै देखिन्छ । रोल्पा जिल्लामा प्रतिगमनकारी विरुद्धको मोर्चाले पनि सार्थक पाउन सकेन । रोल्पा जिल्लामा कांग्रेसले ५ वटा गाउँपालिका अनिवार्य दावी र माओवादीले अधिकतमसम्म ३ वटा गाउँपालिका दिन सक्ने भन्ने विषयमा नमिलेपछि अब स्वच्छ तरिकाले निर्वाचनमा भाग दिने भएका छन् । रोल्पा जिल्लाको १० वटा स्थानीय तहमा अब चुनावी मोर्चामा होमिएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी माहोल बन्दै गएको छ । सबै राजनीतिक दलहरुले आफ्नो चुनावी कार्यक्रमलाई स्थानीयत स्तरसम्म केन्द्रीत गर्नुले पनि अब रोल्पामा चुनावमय बन्दै गएको छ । जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व चयनका लागि राजनीतिक दलहरुले आफ्नो तर्फबाट न्वारानदेखिको बल लगाइरहेका छन् । रोल्पा जिल्लाका १० वटा स्थानीय तह र ७२ वडामा को विजय हुन सक्न भन्ने कुरा अझै भन्न सक्ने अवस्थामा नभएमा पनि विभिन्न अड्कल बाजी गर्ने र राजनीतिक सभादेखि चिया गफ अनि सामाजिक सञ्जालहरुमा छाउन थालेको छ । यस बारेमा रोल्पा जिल्लाको विगतको मतभारका आधारमा राजनीतिक दलहरुका प्रमुखहरुले के भन्छन् त ? रोल्पा जिल्लामा रोल्पा नगरपालिका लगायत ९ वटा स्थानीय पालिका रहेका छन् । २०७४ सालको स्थानीय तहमा नेकपा (माओवादी) केन्द्रले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कार्यपालिमामा बहुमत रहेको छ । यसगरी नेकपा (एमाले) ले त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले लुंग्री गाउँपालिकामा प्रमुख र उपप्रमुख विजय भएको थियो । पालिकाको विजयको अवस्था यसैलाई विश्लेषण गर्ने हो भने नेकपा माओवादी केन्द्र ७० प्रतिशत, नेकपा एमाले २० प्रतिशत र नेपाली कांग्रेस १० प्रतिशत हो । अब कसले कुन पालिका वाजी मार्ला भन्ने कुराको चर्चा परिचर्चा हुन थालेको छ । २०७४ सालको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने रोल्पा नगरपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै जित्न सक्ने भएको माओवादी केन्द्रका रोल्पा जिल्लाका संयोजक सुरेन्द्र थापाले बताउनु भयो । रोल्पा नगर माओवादी केन्द्रकै पोल्टामा रोल्पाको एक मात्र नगरपालिकामा यसपटक पनि माओवादी केन्द्र नै विजय हुन सक्ने अनुमान गर्न थालिएको छ । बलियो संगठन भएकै कारणले जित्न सक्ने आधार सृजना हुँदै गएको छ । २०७४ मा पनि नेकपा (माओवादी केन्द्र) का पूर्ण केसीले ५६३४ मत लिनुभएको थियो भने नेपाली कांग्रेसका उम्मेद्वार पूर्व सांंसदले ३८२७ मत लिनुभएको थियो भने एमालेका मिना शर्माले ४७८ मत लिनुभएको थियो। त्यसैले यसपटक पनि माओवादीको पोल्टामै पर्ने अड्कल गर्न थालिएको छ । आगामी निर्वाचनमा पनि गठबन्धन नेपाली कांग्रेसका शेरबहादुर थापा र माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीबीचमा प्रतिष्प्रर्धा हुने भए पनि अन्तिममा (माओवादी केन्द्र) नै विजय हुन सक्ने सम्भावना देखिएको छ । सुनछहरी गाउँपालिका रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र नै विजय हुने सम्भावना छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार आसबहादुर पुनमगरले २५५१ मत लिएर विजयी हुनु भएको थियो भने नेपाली कांग्रेसका उम्मेद्वार दुर्गे बुढामगरले ११३६ मत र एमालेका रिमा सुवेदीले ९४७ मत लिनुभएको थियो । हाल नेपाली कांग्रेस एमाले र नेकपा माओवादीका साझा उम्मेद्वार नै एमालेको सूर्य चिन्हबाट नेकपाका पुस्तमन घर्तीले उम्मेद्वार दिएपछि प्रतिष्प्रर्धा हुने देखिएको छ । २०७४ मा निर्वाचनमा बहिस्कार र बम पड्काउँदै गरेको पार्टी र पुस्तमन घर्ती नै एमालेको सुर्य चिन्हबाट निर्वाचन लड्ने भएपछि माओवादी केन्द्रका नेता धनबहादुर पुनमगरलाई अलि सहज हुने अवस्था देखिएको स्थानीय बताउँछन् । २०४७ सालको निर्वाचनबाट निर्वाचित गा.पा. अध्यक्ष आसबहादुर पुनमगरले जनताको सेवा अत्याधिक गरेको कारणले गर्दा पनि मत थपिएको बताइएको छ । थबाङ माओवादी केन्द्रकै आधारइलाका जनयुद्धको आधारइलाका थबाङमा माओवादी केन्द्रले नै बाजी मार्ने अवस्था देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार वीरबहादुर घर्तीमगरले १९९० लिएर विजयी हुनुभएको थियो भने कांग्रेस र विप्लवको समर्थनमा स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले १०५७ मत प्राप्त गर्नु भएको थियो । हाल स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले पनि फिर्ता लिएपछि र थबाङबाटै थबाङमा माओवादी केन्द्रका उम्मेद्वार ऋषिकेशव बुढामगरलाई झनै सहज हुने देखिएको छ । परिवर्तन गाउँपालिका परिवर्तन गाउँपालिकामा २०७४ मा माओवादी केन्द्रका उमेद्वार निमकान्त डाँगीले ४६०८ मतले विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका उमेद्वार झक्कुप्रसाद घर्तीमगरले १९८९ मत लिनुभएको थियो । यसपटक पनि माओवादी केन्द्रका नेता सुकबहादुर बुढामगर र यसभन्दा अगाडि कांग्रेसबाटै राजनीनामा दिई स्वतन्त्र घोषणा गर्नुभएका हाल फेरि कांग्रेसबाटै उम्मेद्वार दिनुभएका विश्वकुमार चन्दबीचमा प्रतिष्प्रर्धा हुने देखिएको छ । यस गाउँपालिकामा भर्खरै उद्योग वाणिज्य संघको अध्यक्षबाट विदाइ चन्द फेरि कांग्रेसबाट दिनुभएकोले उनलाई अबसरवादीका रुपमा चिन्न थालेका छन् । तर चन्द र बुढाबीचमा प्रतिषप्रर्धा भए पनि बुढा नै विजयी हुने आकलन गरिएको छ । माडी गाउँपालिका माडी गाँपालिकामा यसअघि नेपाली कांग्रेस र एमालेका साझा उम्मेद्वारका रुपमा गोपाल घर्तीले २६२१ मात्रै लिनुभएको थियो भने माओवादी केन्द्रका नन्दबहादुर पुनमगरले ३१८२ प्राप्त गरी विजयी बन्नुभएको थियो । यसपटक पनि (माओवादी केन्द्र) र एकीकृत (समाजवादी) साझा अध्यक्षका उमेद्वार अमरसिंह घर्तीमगर र नेपाली कांग्रेस, एमाले र स्वतन्त्रका साझा उम्मेद्वार विजयी घर्तीमगरको बीचमा कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । माओवादी केन्द्रका नेता विजय घर्तीमगर एमालेमा जानु र समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको लगायतको टिम समाजवादीमा रहँदा त्यसले पनि माओवादी केन्द्रलाई बलियो अधार भएको अनुमान राजनीतिक वृत्तमा हुन थालेको छ । सुनिलस्मृति गाउँपालिका २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट सबैभन्दा बढी आकांक्षीहरुको भएर पनि एक मत गराएर विजय गुणेन्द्र घर्तीमगरले ४१५५ मत लिनुभएको थियो भने नेपाली काँग्रेसका शेरचन महराले ३०६० र एमालेका खिमचन्द्रले १०१९ लिनुभएको थियो । त्यसमा अहिले पनि माओवादी केन्द्रको साझा मनोविज्ञानमा लिन सक्यो भने विजय भन्ने सम्भावना बढेको छ । होइन भने नेपाली कांग्रेस पनि बलियो प्रतिष्पर्धी भएकाले गर्दा यो निर्वाचन निकै रोचक हुने देखिन्छ । त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका २०७४ मा नेकपा एमालेका उम्मेद्वार शान्तकुमार वलीले ३ हजार ३३३ मत प्राप्त गर्नुभएको थियो भने माओवादी केन्द्रको गंगाप्रसाद बुढामगर ३ हजार ११२ मत लिई निकटतम प्रतिद्वन्दी बन्नुभएको थियो । नेपाली काँग्रेसको मत ९८४ मात्रै रहेको छ । यसमा माओवादी केन्द्रका नेता कुलानन्द गिरीले उम्मेद्वार दिई ७५८ मत लिनुभएको थियो । यसर्थ हाल माओवादी केन्द्रबाट साझा उम्मेद्वार र दुरदर्शी नेता युवा नेता रेशम पुनमगर र कर्णबहादुर बाँठामगर बीचमा हुने भएको छ । गाउँपालिकामा एमालेको सबैभन्दा बलियो वडा नुवागाउँमा एमालेका स्थापित नेता शान्तराज बोहरा माओवादी केन्द्रबाटै वडा अध्यक्ष लड्ने भएपछि एमालेलाई सकस बनेको छ । समाजवादीको पनि सबैभन्दा राम्रो त्रिवेणी गाउँपालिका भएकाले भएको दावी गर्दै गाउँपालिका अध्यक्ष लालबहादुर खत्रीले उम्मेद्वारी दिएपछि एमाललाई सकस परेको छ । किनकि समाजवादीले एमालेकै मत काट्ने देखिन्छ । सो अनुसार हालसम्मको अवस्थाका आधारमा जसरी पनि माओवादी केन्द्रलाई सहज हुने अवस्था देखिन्छ । रुन्टीगढी गाउँपालिका सबैको गणनामा रोल्पाका १० वटा स्थानीय तहहरुमध्ये सबैको नजर रुन्टीगढीमा लागेको छ । २०७४ को निर्वाचनमा सबैभन्दा प्रतिष्पर्धा भएको गाउँपालिका हो । जसमा एमालेका उम्मेद्वार बालाराम बुढामगरले ३४०२ मत लिनुभएको थियो भने नेपाली कांग्रेसको टेकहादुर बस्नेतले ३२७९ र नेकपा (माओवादी केन्द्र) गोविन्द पुनमगरले ३१०८ लिनुभएको थियो । यस गाउँपालिकामा भने पहिला एमाले नै अग्रस्थानमा थियो । यसपटक नेपाली कांगे्रस, माओवादी केन्द्र, एमालेबीचमा नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । कतिपयको अनुमान बालाराम बुढा नै आउने भनिए पनि हार हुन सक्ने भन्दै यामबहादुर दशौदीलाई एमालेबाट उम्मेद्वार बनाइएको छ । त्यस्तै, नेपाली कांग्रेसबाट जनक पुनमगर, माओवादी केन्द्रका गोविन्द पुनमगर बीचमा त्रिपक्षीय भिडन्तमा छ । सबैले आफ्नो विजयको गणनामा राखेका छ । गंगादेव गाउँपालिका रोल्पाको गंगादेवमा पनि सबैको नजरमा परेको छ । २०७४ सालमा माओवादी केन्द्रका बीरबहादुर खत्रीले २४१४ मत प्राप्त गरी विजय हुनुभएको थियो भने एमालेका रोशन कुमार वलीले २२९० र नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले २२६१ मत लिनुभएको थियो । यस गाउँपालिमा झ्वाट्ट हेर्दा यसै भन्न नसकिने अवस्था रहेको गाउँपालिका राजनीतिज्ञहरु बताउँछन् । तर यसमा सत्ता साझेदारी गठबन्धन भयो भने र एमाले पार्टीको विभाजनले एउटा टिम समाजवादीमै रहेको कारणले गर्दा यसमा माओवादी केन्द्र नै बलियो देखिन्छ । तर त्यसमा स्वतन्त्र उम्मेद्वार एवं विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीले माओवादीकै भोट काट्ने भएको गर्दा त्यहाँ यसै हुन्छ भन्न सकिने बताइन्छ। लुंग्रीमा कांग्रेस र माओवादी केन्द्रको प्रतिष्पर्धा लुंग्री गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको रस्साकसी हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस दुर्गाबहादुर खड्काले ३१२५ मत लिएर विजय हुनुभएको थियो भने माओवादी केन्द्रका तुलाराम खड्काले २९१० प्राप्त गरेको निर्वाचन आयोग रोल्पाको अभिलेखमा छ । यसर्थ आफ्ना संगठनहरु बलियो बनाउँदै गएको दुवै पक्षको भनाइ छ । यसमा लुंग्री–१ पाङ लुंग्री २ सीर्पको मतले निर्भर गर्ने अनुमान गरिन थालेको छ । यस पटक नेपाली कांग्रेसका नेता जनक खड्का र माओवादी केन्द्रका भरत थापा बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । तर नेपाली कांग्रेसको तीव्र मतभेदमा माओवादी केन्द्रलाई जितको सुनिश्चतता हुन सक्ने अनुमान गरिएको छ । रोल्पाको निर्वाचनमा अबको अवस्थाका आधारमा माओवादी केन्द्रले विगतको ७ पालिकाभन्दा त्रिवेणी र लुंग्री थप गर्न सक्ने अवस्था देखिएको छ । रोल्पा जिल्लाका राजनीतिक दलहरु सबै निर्वाचन प्रचार प्रसारमा लागेका छन् । तर आगामी बैशाख ३० गते जनताले दिने मतको आधारमा सत्य नतिजा आउने कुराले नै कसको अवस्था कस्तो भन्ने कुराको निधो गर्नेछ ।
महानगरपालिकाको मतपत्रमा उम्मेदवार नभएको पदमा पनि चुनाव चिह्न रहने
काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा उम्मेदवार नभएको पदमा पनि चुनाव चिह्न रहने भएको छ । निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवार नरहेको दलको चुनाव चिह्न नराख्ने निर्णय गरेको थियो । तर कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने आयोगले जनाएको हो । मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ । यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिह्न रहने आयोगको भनाई छ । महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ पनि सुरु भइसकेको आयोगले जनाएको छ ।
स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने उल्लेख आयोगले गरेको छ । यस्तै उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउनेछन् । यस्तै नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ४ लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले २ लाखसम्म खर्च गर्न पाउनेछन् । आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले भने बढीमा ३ लाख ५० हजार र वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । उम्मेदवारले मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा उम्मेदवारले तोकेको खर्च गर्न पाउनेछन् । यस्तै जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ ।
मनोनयन दर्ताका लागि पत्रकार सम्मेलन गर्दै आयोग
काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ। सो सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएको छ। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाकारी दिएको छ । निर्वाचनका विषयमा सबै तयारीको सन्दर्भमा जानकारी दिनका लागि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने जनाएको छ।
स्थानीय निर्वाचन विशेष : यस्तो छ कर्णाली प्रदेशको चुनावी चित्र
खस राजा नागराज र उनका सन्तानले करिब तीन सय वर्ष शासन गरेको खसान क्षेत्र यतिखेर आउँदा कर्णाली भइसकेको छ। यसको ऐतिहासकि पहिचान समग्रमा खसान–जडान हो। पछिल्लो समयमा भौगोलिक कर्णाली नदीको नामबाट परिचय पाएको छ। कर्णाली सिंजा सभ्यताको उद्गम पनि हो। यसै क्षेत्रलाई पछिल्लो पटक राज्यको संघीय पुनर्संरचना गर्दा कर्णाली नाम दिइएको छ। खसानको ऐतिहासिक पहिचान यहाँ पछाडि परेको छ। निकट विगतको बाइसी पहिचान त यसै पनि हराउने नै भयो। कर्णाली प्रदेशको चौहद्धि साविक ८ जिल्ला र साविक राप्तीमा रहेका सल्यान र रुकुम पश्चिमको क्षेत्र थपिएको हो। यो प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिकाहरु गरी ७९ स्थानीय तह छन्। नेकपा एमालेको चैत पहिलो साता सकिएको केन्द्रीय कमिटीको बैठकमा एमालेका प्रदेश अध्यक्षहरुले ७५३ स्थानीय तहमध्ये ३४४ तहमा जित्ने दावी गरेका थिए। त्यही बैठकमा एमालेका कर्णार्ली प्रदेश अध्यक्ष विनोद शाहले ७९ मध्ये २९ स्थानीय तह जितेर पहिलो हुने दावी पेश गरे। कर्णाली प्रदेशमा गत २०७४ को निर्वाचनमा स्थानीय तहमा कसले कति जितेका थिए विवरण चार्टमा गत निर्वाचनमा कर्णाली प्रदेशका २५ नगरपालिकामध्ये एमालेले १० नगरपालिका र ५४ गाउँपालिकामध्ये १७ गाउँपालिका गरी २७ स्थानीय तह जितेर प्रथम स्थान प्राप्त गरेको थियो। नेपाली कांग्रेसले ८ नगरपालिका र १७ गाउँपालिकासहीत २५ तह जितेको थियो। माओवादी केन्द्रले ७ नगरपालिका र १८ गाउँपालिकासहीत २५ स्थानीय तह जितेको थियो। स्वतन्त्रले २ स्थानीय तह जितेका थिए। यस बाहेक कुनै पनि दलले कर्णालीमा खाता खोल्न सकेका थिएनन् । एमाले टाँइटाँइ फिस्स गत स्थानीय निर्वाचनको परिणामभन्दा पनि बढी जित्ने यस पटकको दावी एमालेको यसै पनि नपुग्ने देखिन्छ। पहिलो त सग्लो एमाले र विभाजनपछिको एमालेले गरेको यो दावी आफैमा हास्यास्पद छ। गत निर्वाचनभन्दा ४ वटा स्थानीय तह बढी जित्ने दावी आफैमा मनोगत पनि छ। गत निर्वाचनको हाराहारीमा जित्ने दावी गरेको भए भ्रमपूर्ण हुने थियो। तर, बढी नै दावी गरिएकोले एमाले कर्णालीबाट हदैसम्म बढारिन सक्ने देखिन्छ। यसै पनि एमालेले जितेका स्थानीय तहको कुनै उल्लेख्य मूल्याङ्कनमा छँदै छैन। त्यसमाथि पनि एमालेले नेतृत्व गरेका स्थानीय तहको बेरुजु र भ्रष्टाचारको कुहिगन्धले जनमानसमा नकारात्मक छाप परेको छ । अर्को सत्तारुढ दलको गठबन्धनसँगै एमालेको हर्कत न्यूनीकरण हुने सम्भावना बढेर जाने नै छ। विगतमा जस्तो ढोंगी राष्ट्रवादी मुद्धा पनि यतिखेर एमालेसँग छैन। एमालेसँग भएको कुल पुँजी भनेको अहिलेको परिवर्तन विरोधी कार्यसूचीमात्र हो। स्थानीय सरकार सञ्चालन गर्ने सुशासनको मुद्धा पनि उसको हातबाट फुत्किसकेको छ। भ्रष्टाचार, सुशासनजस्ता मुद्धा एमालेले बोकेर गए त्यो अर्को प्रहसन मात्र हुनेछ। विगतमा जस्तो चरणबद्ध निर्वाचन हुने भएको भए एमालेले शक्ति केन्द्रीकरण गर्ने मौका पाउने थियो। तर, यो चुनावमा त्यो मौका पनि एमालेले गुमाउने छ । अर्को पक्ष भनेको एमाले फुटको असर कर्णालीमा धेरै देखिन्छ। एमालेकै चार जना प्रदेश सभा सदस्यहरुले फ्लोर क्रस गर्दा माओवादी नेतृत्वको प्रदेश सरकार ढल्नबाट जोगिएको थियो। एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपाकालमा पार्टीभित्र विभाजनको बीउ रोपिएकै कर्णालीबाट हो। माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकार ढालेर आफू मुख्यमन्त्री बन्न मुख मिठ्याएर कस्सिएका एमाले नेता यामलाल कँडेलको सपना उनकै पार्टीका प्रदेश सांसदहरु प्रकाश ज्वालालगायतले चक्नाचुर पारिदिएका थिए। पछिल्लो समय एमाले फूटपछि कर्णालीमा प्रकाश ज्वालासहितका थुप्रै जनस्तरमा प्रभाव पार्ने नेताहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रहेका छन्। त्यसले गर्दा पनि कर्णालीमा एमालेको हविगत विजोग नै हुने देखिन्छ ।
शशांकसंँग निर्वाचन आयोगले माग्यो ७ दिने स्पष्टीकरण : चुनावमा ६ करोड खर्च कसरी भयो ?
काठमाडौं । संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ। बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।

