कोइराला र त्रिपाटी अगाडि
नवलपरासी, मंसिर २३ । प्रतिनिधिसभा सदस्यको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा रहेका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीले ३७७३ मत प्राप्त गर्नुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीले ३९९४ मत प्राप्त गरी अग्रस्थान छन् । त्यसैगरी वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका तिलक महतले ३५०३ मत प्राप्त गरेकी छन् ।
नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ मा वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी ८०१२८ मतका साथ अग्रस्थानमा छन् ।यहाँ नेपाली काँग्रेसका देवकरण कलवारले ७३४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ मा नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले ५२१६ मतका साथ अग्रस्थानमा रहेका छन् । यहाँ वाम गठबन्धनका उम्मेदवार धनश्याम यादवले तीन हजार ५४८ मत प्राप्त गरेका छन् ।
वर्षमान पुन १० हजार मतले अगाडि
रोल्पा, मङ्सिर २३ । रोल्पामा मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो नतीजा अनुसार माओवादी नेता वर्षमान पुन १० हजार बढ़िले अगाडि छन । प्रतिनिधि सभा तर्फ ताजा मत परिणाम जम्मा गणनामतः ३३८७७ बदर २६८३ १) नेकपा माओवादी केन्द्रका उम्मेद्वार वर्षमान पुनमगर ‘अनन्त : १९७०७ नेपाली कांग्रेसका उम्मेद्वार अमरसिंह पुनमगरः ९९९७ प्रदेश सभा ‘क’ तर्फ रोल्पा १ जम्मा गणनामतः २०३३१ बदर १५०० २) नेकपा माओवादी केन्द्रका उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ः १११६९ १) नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः ६३९६ प्रदेश सभा ‘ख’ तर्फ रोल्पा २ जम्मा गणनामतः २२०७६ बदरमत ११३५ २) नेकपा माओवादी केन्द्रका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ः १४१५४ १) नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः ६१२४
दार्चुलामा बढारियो कांग्रेस
दार्चुला, कांग्रेस २३ । यसअघि नेपाली कांग्रेसको बलियो पकड मानिने दार्चुलाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार भारी मतले विजयी भएका छन् । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। उनले २८ हजार ९९८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गरे। त्यस्तै, प्रदेशसभा सदस्यका दुवै सिटमा वाम गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार गेल्बुसिंह बोहरा १६ हजार ५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदन गिरीले १२५९८ मत प्राप्त गरे। त्यस्तै, प्रदेशसभा (ख) बाट माओवादीका मानबहादुर धामी ‘सन्तोष’ विजयी भएका छन् । उनले १२९५६ मत प्राप्त गरि विजयी हुँदा कांग्रेसका उम्मेदवार जगदीशबहादुर पालले ९५७५ मत प्राप्त गरे।
प्यूठानमा कांग्रेसका डा पोखरेल २ हजार मतले पछि
प्यूठान, मंसिर २३ । प्यूठानका सबै क्षेत्रमा वाम गठबन्धनले फराकिलो मत अन्तरले अग्रता लिइरहेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार फराकिला मतले अगाडि छन् । प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका राष्ट्रिय जनमोर्चाका नेतृ दुर्गा पौडेल ६५५६ मत प्राप्त गरि अगाडि छन् भने उनलाई नेपाली कांग्रेसका डा गोविन्दराज पोख्रेलले ४४७७ ल्याएर पछ्याई रहेका छन् । त्यस्तै प्रदेश सभा (क) मा एमालेका हरिप्रसाद रिजालले ६२६८ सहित अगाडि रहेका छन् भने उनलाई कांग्रेसका टेकप्रसाद भण्डारीले ३५३२ ल्याएर पछ्याई रहेका छन् । प्रदेश सभा (ख) मा माओवादीका कृष्णध्वज खड्काले ४७६२ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन । उनलाई कांग्रेसका अमरप्रसाद भण्डारी २८९३ ल्याएर पछ्याई रहेका छन् । प्युठानमा वामगठवन्धन अग्रता यसप्रकार छ दुर्गा पौडेल, राजमो २०७९ हरिप्रसाद रिजाल, एमाले २७३६ कृष्णध्वज खड्का, माओवादी केन्द्र १८६९
पूर्व ऊर्जामन्त्री शाहीसहित वामगठबन्धन विजयी
कालिकोट, मंसिर २३ । कालिकोट जिल्लाको प्रदेश सभामा वाम गठबन्धनले भारी मत विजयी भएको छ । प्रदेशसभा (क) कुर्मराज शाही (एमाले)ः ११९३५ (विजयी) टेकराज शाही (कांग्रेस)ः ४४८९ प्रदेशसभा (ख) महेन्द्रबहादुर शाही (माओवादी)ः १२३५३ (विजयी) कालीबहादुर सहकारी (कांग्रेस)ः ९३४२
बारा जिल्ला को पछिल्लो परिणाम
बारा, मंसिर २३ । बिभिन्न जल्लाकाे मत परिणाममा वाम गठबन्धनले अग्रता लिइरहँदा बारामा जिल्लामा भने त्यस्ताे देखिएन । हेराैँ पछिल्लाे परिणाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा अच्युत मैनाली (एमाले) ३९७० उमाकान्त चौधरी (कांग्रेस) ४१६४ रामकिशोर प्रसाद यादव (राजपा) १०६३ क्षेत्र नम्बर २ प्रतिनिधि सभा रामसहाय यादव (ससफो) ४३४३ राधेचन्द्र यादव (कांग्रेस) २२४० शिवचन्द्र कुशवाहा (माओवादी केन्द्र) १७३४ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा अध्यानन्द पाण्डे (एमाले) २६२६ फरमुल्लाह मंसुर (कांग्रेस) २७७५ रामबाबु कुमार यादव (ससफो) १८८२ क्षेत्र नम्बर ४ प्रतिनिधि सभा देवनारायण चौधरी (एमाले) ४६२६ लालबाबु सिंह (कांग्रेस) ४०६८ एकवाल मिया (राजपा) ४४४२ बारा क्षेत्र नम्बर २ (क) प्रदेश सभा मसाल : २३२४ कांग्रेस : ११७३ बाम : ७४५ बारा क्षेत्र नम्बर ३ (क) प्रदेश सभा कांग्रेस : ३१९८ बाम : २९७२ फोरम : १२१६ बारा क्षेत्र नम्बर ४ (क) प्रदेश सभा बाम : १६०९ नेका : १४८० राजपा : १४३८
गुल्मीका सबै क्षेत्रमा वामगठबन्धन फराकिलो मतले अगाडि
गुल्मी, मंसिर २३ । गुल्मीका सबै क्षेत्रमा वाम गठबन्धन निकै अगाडि देखिएका छन् । दुई प्रतिनिधि र चार प्रदेशसभामा वामगठबन्धका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधिसभा गुल्मी क्षेत्र नं १ प्रदिप ज्ञवाली, एमाले –११९२७ चन्द्र भण्डारी, कांग्रेस –८९३५ प्रतिनिधिसभा गुल्मी क्षेत्र २ गोकर्ण बिष्ट, एमाले १३५५३ चन्द्र केसी, कांग्रेस ६८४७ क्षेत्र नं १ प्रदेशसभा (क) सुर्दशन बराल, माओवादी ८०६१ पृथबहादुर फौजदार, कांग्रेस ६७५३ प्रदेशसभा (ख) कमल श्रेष्ठ, एमाले ८३५५ धनेन्द्र कार्की, कांग्रेस ५३५९ गुल्मी क्षेत्र नं क खडक केसी, एमाले १२५६३ शालिक पन्थी, कांग्रेस ९१९२ गुल्मी क्षेत्र नं २ (ख) दिनेश पन्थी, माओवादी ११३२३ छन्दबहादुर पहराई, कांग्रेस ६२४८ वाम गठबन्धनको अग्रता यसप्रकार छस: प्रदिप ज्ञवाली २९९२ सुदर्शन बराल १३०८ कमल श्रेष्ठ २९९६ गोकर्ण विष्ट ६७०६ खड्ग केसी ३३७१ दिनेश पन्थी ५०७५
रामेछापमा श्याम श्रेष्ठ तीन हजार मतले अगाडि
रामेछाप, मंसिर २३ । नेकपा माओवादी केन्द्रका नेता वाम गठबन्धनका उम्मेदवारश्यामकुमार श्रेष्ठ तीन हजार भन्दा बढी मतले अगाडि रहेका छ । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार श्रेष्ठ १८,७०२ मत प्राप्त गरि अगाडि रहेका छन् । उनलाई नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले १५,३२५ मत ल्याएर पछ्याई रहेका छन् ।
देउवा फराकिलो मतले अगाडि
डडेल्धुरा, मंसिर २३ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टसँगको दुरी बढाउदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार देउवा भट्ट भन्दा तीन हजार बढी मतान्तरले अगाडि रहेका छन् । प्रधानमन्त्री देउवाले ८९२२ मत प्राप्त गरी अगाडि रहेका छन् भने उनलाई माओवादीका भट्टले ५८२७ मत प्राप्त गरी पछ्याई रहेका छन् । प्रदेशसभा ‘क’ पठानसिंह बोहोरा, एमाले ६८४२ रघुवर भट्ट, कांग्रेस ४८७५ प्रदेशसभा ‘ख’ कर्णबहादुर मल्ल, कांग्रेस ५४१७ डा ताराप्रसाद जोशी, एमाले ४२९७
हितमान तामाङ फराकिलो मतान्तरले महत भन्दा अगाडि
नुवाकोट क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितमान तामाङ २५ सय मतले नेपाली कांग्रेसका नेता रामशरण महत भन्दा अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार तामाङले १३९८० मत प्राप्त गरी महत भन्दा निकै अगाडि रहेका छन् । भने ११५०० महत प्राप्त गरी तामाङलाई पछ्याई रहेका छन् । महत यसअघि धेरै पटक उक्त क्षेत्रबाट विजयी भएका थिए ।
जाजरकोट ’क’ मा माओवादीका खगेन्द्रसेन विजयी
जाजरकोट, मंसिर २३ । जाजरकोट प्रदेश क मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह खगेन्द्र सेन विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत ल्याएका छन् । जाजरकोटको प्रदेश ख मा यसअघि नै वाम गठबन्धनबाट एमालेका करबीर शाही विजयी भएका छन् । १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेका थिए ।
यी हुन कांग्रेसको लज्जाष्पद हारका मुख्य कारणहरु
मंसिर २३, २०७४-प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेसको हविगत किन यस्तो भयो ? ‘०४८ सालदेखि नै कम्युनिस्ट मत बढ्दै थियो, ०५६ मा एमाले नफुटेको भए त्यतिबेलै बहुमत ल्याउँथ्यो,’ प्राध्यापक कृष्ण खनालले भने, ‘अहिले एमाले र माओवादीबीच गठबन्धनको कुरा मात्रै भएन, एकता नै हुने भनियो, जसले कम्युनिस्ट जनमतमा निकै उत्साह ल्यायो । मत क्रस भएन ।’ वाम गठबन्धनलाई चुनौती दिने कार्यक्रम र रणनीतिमा कांग्रेस असफल भएको उनको बुझाइ छ । ‘कांग्रेसले कहिल्यै वैचारिक फाइदा लिन सकेन । कम्युनिस्टहरूको विभाजन र कलहको मात्रै फाइदा लिँदै आएको हो, त्यो अवस्था अहिले भएन,’ खनालको विश्लेषण छ, ‘जसरी विचार र आस्थाका आधारमा कम्युनिस्ट गठबन्धन बन्यो, त्यसरी नै कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउनुपथ्र्यो । एउटा राप्रपालाई लिएर लोकतन्त्रवादी भइन्छ ?’ कांग्रेस नेतृत्वमा सरकार बने पनि आम जनताको भावनाअनुसारको प्रतिष्ठा बनाउन नसक्नुलाई महतले अर्को मुख्य कारण मानेका छन् प्रारम्भिक नतिजालाई लिएर कांग्रेसभित्रै नेतृत्वको आलोचना भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चिन्ता व्यक्त गरेका छन् । ‘पार्टी यो स्थितिमा कसरी पुग्यो ?’ उनले कान्तिपुरसँग भने, ‘यसको गम्भीर समीक्षा हुनुपर्छ ।’ तर पार्टी सभापति देउवा र उनी निकट नेताहरू एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई मुख्य आधार ठान्दै अन्य कारण खोल्न चाहँदैनन् । पौडेल समूह र देउवाइतरका अन्य नेताहरूले भने चुनावी परिणामलाई नेतृत्वको असफलतासँग जोडेर हेर्न थालेका छन् । नेता रामशरण महत कांग्रेस यो स्थितिमा आइपुग्नुमा मुख्य तीन कारण देख्छन् । वाम गठबन्धन पहिलो कारण भए पनि पार्टी नेतृत्वको तदर्थवादी कार्यशैली र सरकारको नकारात्मक प्रतिष्ठाले कांग्रेसप्रतिको आकर्षण घटेको उनको मूल्यांकन छ । ‘वाम गठबन्धन बन्दैमा भोटमा असर पर्दैन भन्ने हामीलाई लागेको थियो, तर त्यसो भएन । मनोवैज्ञानिक असर प्रमुख रूपमा परेको देखियो,’ उनले भने, ‘तर यो नतिजा पार्टी नेतृत्वको असफलता पनि हो ।’ कांग्रेस नेतृत्वमा सरकार बने पनि आम जनताको भावनाअनुसारको प्रतिष्ठा बनाउन नसक्नुलाई महतले अर्को मुख्य कारण मानेका छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, प्रहरी नायब महानिरीक्षक प्रकरणजस्ता अलोकप्रिय निर्णयलगायतले जनमानसमा सरकारको छवि राम्रो बनेको थिएन । ‘यस्तो नतिजा आउनुको नैतिक जिम्मेवार हामी केन्द्रीय नेताहरू सबै होऔंला, तर पार्टी र सत्ताको नेतृत्वमा बसेका नेताले नै प्रमुख जिम्मेवारी लिनुपर्छ ।’ राजनीतिक विश्लेषक नीलाम्बर आचार्यको विश्लेषण पनि महतको जस्तै छ । ‘कांग्रेस यो निर्वाचनमा खस्कन्छ भन्ने त थियो नै, तर यति तल आउँला भन्ने चिताएको थिइनँ,’ आचार्यले भने, ‘कांग्रेसले नीति र संगठनबारे गम्भीर समीक्षा गर्नुपर्छ ।’ उनी पनि कांग्रेस नेतृत्वको सरकारले जनभावनाअनुसारको निर्णय गर्न नसक्नुलाई कमजोरी ठान्छन् । भारतले लगाएको नाकाबन्दीमा कांग्रेस रक्षात्मक स्थितिमा बस्नुले पनि भोट घटाएको उनको तर्क छ । ‘संविधान संशोधन, नाकाबन्दी, तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोगलगायत कारणले पनि कांग्रेसलाई कमजोर बनायो,’ उनले भने, ‘यसका साथै कांग्रेसको निर्वाचनमा जाने एजेन्डा पनि केही भएन ।’ कम्युनिस्ट सरकार बनेमा ‘अधिनायकवाद’ आउने भन्दै जनतालाई आफूतिर तान्न खोजे पनि त्यसलाई आम मतदाताले पत्याएनन् । कांग्रेसले वाम गठबन्धनविरुद्ध ‘अधिनायकवाद’ को मनोवैज्ञानिक प्रभाव प्रयासबाहेक केही एजेन्डा जनमानसमा लैजान सकेन । कम्युनिस्ट सरकार बनेमा ‘अधिनायकवाद’ आउने भन्दै जनतालाई आफूतिर तान्न खोजे पनि त्यसलाई आम मतदाताले पत्याएनन् । अर्का विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘अधिनाकवाद भन्नेबाहेक कांग्रेसले अरू एजेन्डा ल्याउनै सकेन, जसलाई आम जनताले पत्याएनन्, नेपालका कम्युनिस्ट पार्टीहरू लोकतान्त्रिक अभ्यास गरेर आएका थिए ।’ कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँड चुनावी परिणामबारे प्रतिक्रिया दिन नै हच्किए । समानुपातिक सूचीमा बसेर निर्वाचन परिचालनको जिम्मेवारी लिएका खाँडले कांग्रेसले प्रत्यक्षतर्फ ८० सिट ल्याउने दाबी गर्दै आएका थिए । आफू राजधानीबाहिर रहेको भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए । उम्मेदवार चयनमा पनि कांग्रेसले अधिकांश पुरानै अनुहार छनोट गरेको थियो, जसले जनतामा आकर्षण बढाउन सकेन । सरकारसँगै पार्टी सञ्चालनमा सभापति देउवाको ‘तदर्थवादी’ शैलीले पनि ‘काम गरेको’ कांग्रेस नेताहरू बताउँछन् । देउवाले पार्टी सभापतिमा निर्वाचित भएको दुई वर्ष बित्दा पनि पदाधिकारी मनोनयन गर्न सकेका छैनन् । ४२ वटा विभागहरू अहिलेसम्म गठन भएका छैनन् । पार्टीका संरचनाहरूले मात्रै पूर्णता पाएको भए झन्डै एक हजार जनाले जिम्मेवारी पाउँथे । ‘पार्टीलाई देउवाले आफ्नो सम्पत्तिजस्तो ठाने, आफ्नो अनुकूलताअनुसार मात्रै निर्णय लिने परम्पराले नै पार्टी कमजोर भयो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘संगठन नै कमजोर बनेपछि निर्वाचनमा कमजोर हुनु स्वाभाविक हो ।’ कांग्रेस नेता महतले पनि संकटका बेला पार्टी नेतृत्वले आम जनताको मनोविज्ञान बुझ्न नसक्दाकै परिणाम अहिले देखिएको बताए । निर्वाचनपछि को प्रधानमन्त्री बन्ने होड पार्टीमा देखिनुलाई उनले दु:खद ठाने । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतले प्रधानमन्त्रीको दाबी गर्दै मत मागेका थिए । एमाले अध्यक्ष केपी ओलीले देउवालाई अन्तिम प्रधानमन्त्रीका रूपमा चित्रण गरिरहेका बेला स्वयं देउवाले फेरि आफैं प्रधानमन्त्री बन्ने उद्घोष गरेका थिए । ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुन्छ भनेको उल्लेख गर्दै देउवाले आफू नै प्रधानमन्त्री बन्ने बताउँदै आएका थिए, जसलाई कांग्रेस कार्यकर्ताले अस्वाभाविक रूपमा लिएका थिए । पार्टी एकताको सन्देश दिन पौडेललाई भावी प्रधानमन्त्री घोषणा गर्नुपर्ने दबाब पौडेल पक्षीय नेताहरूले गरेका थिए, तर देउवाले मानेनन् । प्राध्यापक खनालकै शब्दमा कांग्रेस जति पराजित भए पनि नेताहरूले त्यसको पीडा महसुस गर्ने छैनन् । ‘कांग्रेस हारेकोमा होइन, आफूहरू कति समयसम्म सत्ताबाहिर बस्नुपर्ने हो भन्ने चिन्ता नेताहरूमा छ,’ खनालले भने, ‘गैरकम्युनिस्ट मत एकत्रित गर्न सकेको भए र मधेसको आधार जोगाउन सकेको भए कांग्रेस अहिले पनि बलियो हुन्थ्यो । त्यसलाई कांग्रेसले गुमायो ।’ कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेको रिपोर्ट साभार गरिएको
बाँके १ मा माओवादीका गहतराज फराकिलो मतले अगाडि
वाँकें, मंसिर २३ । वाँकेको क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका वाम उम्मेदवारले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो ताजा मतपरिणाम अनुसार माओवादीका नेता महश्वरजंग गहराज‘अथक’ १२६३ मतले प्रतिस्पर्धी नेपाली कांग्रेसका मधव खत्री भन्दा अगाडि रहेका छन् । गहराजले ६०१७ मत ल्याएर अगाडि छन् भने ४७५४ मत प्राप्त गरी खत्री उनलाई पछ्याई रहका छन् ।
रोल्पा अपडेट: वर्षमान पुनकाे दाेब्बर मतान्तर कायमै
रोल्पा,मंसिर २३ । रोल्पामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनकाे दाेब्बर मतान्तर कायमै रहेकाे छ । प्रतिनिधिसभाकाे २८१७९ गणना हुँदा सदर मत २६०१० अमरसिंह पुन (रुख) ७९६२ वर्षमान पुन (हसियाहथौडा) १६७५७ प्रदेशसभा रोल्पा ‘क’ मा १६५५० गणना हुँदा सदर मत १५२९६ शेरबहादुर महरा (रुख) ५४१२ कुलप्रसाद केसी (हसियाहथौडा) ८८३७ प्रदेशसभा रोल्पा ‘ख’ मा १६७६५ गणना हुँदा सदर मत १५९१० खगेन्द्र प्रकाश हमाल (रुख) ४५८३ दिपेन्द्र कुमार पुन (हसियाहथौडा) १०७९६
प्यूठान जिल्लाको पछिल्लो मत परिणाम
प्यूठान जिल्लाको पछिल्लो मत परिणाम प्रतिनिधि सभा (मतगणना ९९३४) दुर्गा पौडेल (गिलास) : ५४६१ डा.गोविन्दराज पोख्रेल (रुख) : ३४१५, बदर : ६५५ प्रदेश सभा क्षेत्र नं. १ (मतगणना ७८६४) हरिप्रसाद रिजाल (सुर्य) : ४६७७, टेकप्रसाद भण्डारी (रुख) : २४५२, बदर : ४५४ । प्रदेश सभा क्षेत्र नं. २ (मतगणना ७०१४) कृष्णध्वज खड्का (गोलाकार भित्रको हसिँया हथौडा) : ३६५५, अमरप्रसाद भण्डारी (रुख) : २५६७, बदर : ४३२ ।
बिनाले कन्चनपुरमा अग्रता लिदै, ६४६ मतले अगाडी
काठमाडौं, मंसिर २३ । कन्चनपुरमा बिना मगरले अग्रता लिएकी छिन। विना मगर १०२३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार दिवान बिष्टले ३७७ मत ल्याएका छन्। ६४६ मतले बिना अगाडी छिन।

