भीम रावल ५ मतले पछाडि

अछाम, मंसिर २३ । पछिल्लो मत परिणाम अनुसार अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा एमाले उपाध्यक्ष भीम रावल कांग्रेस उम्मेद्वार भरत कुमार स्वार भन्दा ५ मतले पछाडि पर्नुभएको छ ।

६३२८ मत गणना हुँदा स्वारले ३०७३ र रावलले ३०६८ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा ‘क’ मा कांग्रेसका मेघराज खड्का एमालेका गोविन्द कुँवर भन्दा १४१ मतले अगाडि हुनुहुन्छ । खड्काले १६६१ र कुँवरले १५२० मत प्राप्त गर्नुभएको छ ।

कर्मचारी थाकिएपछि केही समयका लागि मतगणना स्थगित गरिएको छ । प्रदेशसभा ‘ख’ मा भने बिहान ८ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

लालबाबु पण्डितसँग कांग्रेस नेता शेखर कोइराला पराजित

विराटनगर, मंसिर २३ । मोरङमा वाम गठबन्धनले प्रभाव बढाएको छ । मोरङमा प्रतिनिधिसभाका ६ मध्ये तीन निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मोरङ–६ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ‘हेभिवेट’ प्रतिश्पर्धा थियो । नेकपा एमालेका लालबाबु पण्डित र नेपाली कांग्रेसका डा. शेखर कोइरालाबीच मुख्य प्रतिश्पर्धा रहेको यो क्षेत्रमा अन्ततः एमाले उम्मेदवार पण्डितले बाजी मारेका हुन् । पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरे । त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरे । त्यस्तै मोरङ १ मा पनि वाम गठबन्धनकै घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ३७५२४ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी कांग्रेसका डिकबहादुर लिम्बुले ३१४३६ मत पाए ।

राजधानीबाट खाता खोल्यो कांग्रेसले, प्रकाशमान र गगन विजयी

काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले विजयको सुरुवात राजधानीबाट गरेको छ । वाम गठबन्धनले अघिल्लै दिन खाता खोलिसकेको अवस्थामा कांग्रेसले भने बल्ल जितको स्वाद पाएको हो । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापा विजयी भएका छन् । क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार सिंहले निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत ल्याए भने मिश्रले १० हजार १ सय १८ मत ल्याए । क्षेत्र नम्बर ४ मा कांग्रेसका थापाले २१५५८ मत पाउँदा वाम गठबन्धनतर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका राजन भट्टराईले १८१४० मत पाए ।  

ललितपुर २ मा बामगठबन्धनका उम्मेदवार विजयी

ललितपुर मंसिर २३ । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए । यसअर्थमा उनले यसपटक कांग्रेस र चन्द्रसँग बदलासमेत लिएका छन् । ललितपुरका अन्य दुई क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नवराज सिलवाल र क्षेत्र नं. ३ का माओवादी केन्द्रका उम्मेदवार पम्फा भुसालले अग्रता लिइरहेका छन् । क्षेत्र नं. १ बामगठबन्धनका उम्मेदवारः नवराज सिलवाल ८९८६ नेपाली कांग्रेसका उम्मेदवारः उदय शम्सेर राणा ७१६४  

पम्फा भुसाल बिजयी

ललितपुर, मंसिर २३ । उपत्यकामा माओबादी केन्द्रले खाता खोलेको  छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं.३ का बाम गठबन्धनका साझा उम्मेदवार पम्फा भुसाल बिजयी भएकी छिन । क्षेत्र नं.३ मा १७०७ मन अन्तर सहित भुसालले जित हासिल गरेकी हुन् । भुसालले २४ हजार ३६ मत ल्याउदा कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका छन् ।

बैतडीमा भण्डारी १० हजार मतले अगाडि

बैतडीमा वाम उम्मेदवार पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले १० हजार बढ़ीको अग्रता लिएका छन ।   आज बिहान ४ बजेसम्मको मत परिणाम अनुसार भण्डारी नेपाली कांग्रेसका नर बहादुर चन्दभंदा १०२६६ मतले अगाडि छन ।   बैतडीको पछिल्लो ताजा अपडेट : प्रतिनिधि सभा जम्मा खसेको मत:- ७६३४३ सुर्य:- 30188 रूख:- 19922 ताराजु:- 205 चारकुना हलो:- 185 गिलास:- 100 बदर मत:- २३७९

धादिङ–१ को प्रदेशसभा ‘क’मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी

धादिङ, मंसिर २३। धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मत प्राप्त गरी विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६८५ मतान्तरले पराजित गरेका हुन् । पाण्डेका निकटतम् प्रतिद्वन्द्वी मधुकुमार श्रेष्ठले १३ हजार ६४७ मत ल्याए । यहाँ कुल ४३ हजार ५६४ मत खसेको थियो ।

प्रचण्डको फराकिलो अग्रता, ९ वटै वाम उम्मेदवार अगाडि

भरतपुर, चितवनका तीन वटै निर्वाचन क्षेत्रमा वाम उम्मेदवारले अग्रता लिएका छन । अहिले बिहानसम्मको सार्वजनिक नतीजा अनुसार क्षेत्र नम्बर ३ बाट प्रचण्डले हजार बढ़ीले आगाड़ी छन । पछिल्लो नतीजा १ #प्रदेश क बाम -३८५० रुख -३८३१ २ #प्रतिनिधिसभा तर्फ सुर्य २६२६ रुख १२३० #प्रदेश क बाम ४६२६ रुख २८७५ ३ #प्रतिनिधिसभा प्रचण्ड ३०५७ (११३०) अग्रता पाण्डे १९२७ #प्रदेश ख, बाम ३५९६ (९११) रुख २६८५ क्षेत्र नम्बर तीनमा राती अरुणोदय ख र साझापुर को मतगणना भएको हो ।  यसपछि गंगानगर ख र कृष्णनगरको मतगणना हुनेछ। गंगानगर प्रचण्डको बलियो मत भएको क्षेत्र हो ।  

रोल्पा जिल्लाको मत परिणाम सार्वजनिक

रोल्पा, मंसिर २२ । प्रतिनिधि सभातर्फ जम्मा गणनामतः १९३१० १ नेकपा माओवादी केन्द्रका उमेद्वार वर्षमान पुन मगर‘ ‘अनन्त’ः ११४०५ २ नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुन मगरः ५६३६ प्रदेश सभा ‘क’ तर्फ रोल्पा १ जम्मा गणनामतः २ नेकपा माओवादी केन्द्रका उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ः ४७८४ १ नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः ३२९९ प्रदेश सभा ‘ख’ तर्फ रोल्पा २ जम्मा गणनामतः २ नेकपा माओवादी केन्द्रका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ : ७१०४ १ नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः २३३५

जुम्ला प्रदेशसभा (क) मा नरेश भण्डारी विजयी

जुम्ला, मंसिर २२ । जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारी विजयी भएका छन्। उनले ४०३९ मतान्तरले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुसिंह कठायतलाई पराजित गरेका हुन । भण्डारीले १२५७४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कठायतले ८५३४ मत प्राप्त गरे । भण्डारी माओवादी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत हुन । कुल ३१ हजार ७१४ मत रहेको प्रदेशसभा ‘क’मा २३ हजार ६२९ मत खसेको थियो।

सिरहा ३ र ४ मा वाम गठबन्धनको अग्रता

लहान, मंसिर २२ । प्रारम्भिक मतगणनाअनुसार सिरहामा प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं ३ र ४ मा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले १२५३ मत ल्याएर अग्रता लिएका छन् । भने नेपाली काँग्रेसका अमर रेग्मीले १४०० मत ल्याएर पछ्याई रहेका छन् । त्यस्तै क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायकले ९४३ मतसहित अगाडि रहेका छन् । उनलाई राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ४९९ सहित पछ्याई रहेका छन् ।

एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि

झापा, मंसिर २२ । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई दोब्बर पारेका छन् । पछिल्लो पटक प्राप्त ताजा मतपरिणाम अनुसार ओलीले ४१४९ मत गरेर अगाडि छन् । भने ओलीका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०८४ मत ल्याएर धेरै पछाडि परेका छन् ।

बलदेवले पछारे दीपकुमारलाई

कपिलवस्तु, मंसिर २२ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणी खनाल ‘बलदेव’ कपिलबस्तु क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा ७३६ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा वाम गठबन्धनका चक्रपाणि खनालले २२१९ मत प्राप्त गरेर अगाडि छन् भने उनलाई नेपाली कांग्रेसका दीपकुमार उपाध्यायले १४८३ ल्याएर पछ्याइ रहेका छन् । त्यस्तै क्षेत्र नं २ मा ६७३४ मतगणना हुँदा एमालेका वृजेशकुमार गुप्ताले ३४५० मत प्राप्त गरी अगाडि छन् भने उनलाई काँग्रेसका सुरेन्द्रराज आचार्यले २२२३ ल्याएर पछ्याइ रहेका छन् ।

बैतडीमा वाम गठबन्धनका भण्डारी ५ हजारले अगाडि

बैतडी, मंसिर २२ । सुदूरपश्चिमको जिल्ला बैतडीमा नेपाली कांग्रेस निकै पछि परेको छ । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र दुई प्रदेश सभामा वाम उम्मेदवार निकै अगाडि छन् । वाम–सुर्यः दामोदर भण्डारी १६४९९ लोकतन्त्रिक–रुख : नरबहादुर चन्द ११५१८ देशसभा (क) बाम–हसिया हतौडा : आदित्य भट्ट १५३८९ लोकतन्त्रिक–रुख : हरिमोहन भण्डारी १२३६२ (ख) बाम–सुर्य : लिलाधर भट्ट १७४४९ लोकतन्त्रिक–गाई : गणेश चन्द १२९६५

चितवन १ को पछिल्लो परिणाम सार्वजनिक

भरतपुर, मंसिर २२ । चितवन जिल्लाको क्षेत्र नम्बर १ को पछिल्लो परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार, प्रतिनिधि सभा र प्रदेश सभामा वाम उम्मेदवारहरुको अग्रता छ । चितवन–१ मा १२४६ गन्दा एमाले : सुरेन्द्र पाण्डे– ७३६ नेका : राजेन्द्र बुर्लाकोटी– ४७१ प्रदेश सभा १ (क) मा १२७१ गन्दा एमालेः दावा दोर्जे लामा – ६४५ नेकाः धनबहादुर गुरुङ – ५७२ प्रदेश सभा १ (ख) मा १४५२ गन्दा एमालेः कृष्ण खनाल– ७०६ नेकाः उत्तम आचार्य– ६९१

मोरङमा पनि नेपाली कांग्रेस पछाडि, वाम उम्मेदवारको फराकिलो अन्तर

बिराटनगर, पूर्वको मोरङमा वाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मत परिणाम यसप्रकार छ । क्षेत्र नं. १ प्रतिनिधि सभा घनश्याम खतिवडा (वाम गठबन्धन) १३४४२ डिग बहादुर लिम्बु (नेपाली काङ्ग्रेस) १२००२   क्षेत्र नं २ प्रतिनिधि सभा रिशिकेस पोख्रेल (वाम गठबन्धन) ९४५५ मिलेन्द्र रिजाल (नेपाली काङ्ग्रेस) ८७३३   क्षेत्र नं ३ प्रतिनिधि सभा भानुभक्त ढकाल (वाम गठबन्धन) १७२२४ सुनिल शर्मा (नेपाली काङ्ग्रेस) १५८१६