३२७ तहको नतिजा सार्वजनिक, माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौं, असार २३ । दोस्रो चरणको स्थानीय तह अन्तर्गत निर्वाचन भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाम अनुसार नेकपा एमालेले १४८ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेर शीर्षस्थानमा रहेको छ । नेपाली कांग्रेसले ११८ स्थानीय तहमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र ३८ स्थानीय तहमा विजयी भएर तेस्रो स्थानमा रहन सफल भएको छ ।  संघीय समाजवादी फोरमले ८ स्थानीय तहमा जित हात पारेको छ भने नेपाल लोकतान्त्रिक फोरम ६ स्थानमा विजयी भएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीनजना स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुखरअध्यक्षमा विजयी भएका छन् ।

उदयपुरको बेलका नगरपालिकामा एमालेकाे जित

उदयपुर, असार २३ । उदयपुरको बेलका नगरपालिकामा एमालेले जित हात पारेको छ। नगर प्रमुखमा एमालेका दुर्गाकुमार थापा ५८१८ तथा उपप्रमुखमा सोही पार्टीकी राजकुमारी चौधरी ६१३४ मत प्राप्त गरी विजयी भएका हुन्।

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी

झापा, असार २३ । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेसका रमेशकुमार भुजेल ७९९६ तथा उपाध्यक्षमा एमालेकी मीरा भुर्तेल ७४५७ मतसहित विजयी भएका छन्।

विराटनगरमा कांग्रेसको अग्रता कायमै

मोरङ, असार २३ ।  मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले १० हजार ३३ मतका साथ पछ्याईरहेका छन्भ । संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ४ मत ल्याएका छन् ।  त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । विराटनगरमा एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

त्रियुगा नगरपालिकाको मेयरमा एमाले , उपमेयरमा कांग्रेस विजयी

उदयपुर, असार २३  । त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी र उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी भएका छन्  । बलदेव चौधरीले ११ हजार ३ सय ६८ मत प्राप्त गरे छ भने उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गरे  ।  त्यस्तै उपमेयरमा देवी चौधरीले ११ हजार ३ सय २२ मत प्राप्त गरि विजयी हुँदा उनकी प्रतिस्पर्धी गिता देवी रेग्मीले ११ हजार २ सय ७९ मत प्राप्त गरिन ।

भद्रपुरमा ६ हजार मत गन्न बाँकी 

भद्रपुर, असार २१ । झापाको भद्रपुर नगरपालिकामा अब  ६ हजार मत गन्न बाँकी रहेको छ । पछिल्लो मत परिणामम  : -एमालेका मेयर उपमेयर ८४०४/७९७० -काग्रेसका मेयर उपमेयर ५९३२/५२०८ -माकेका मेयर उपमेयर ३६२९/३४२३ -राप्रपाका मेयर उपमेयर २५५६/२९८३

इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम

इटहरी, असार २१ । सुनसरीको इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम : एमालेका द्वारिकलाल चौधरी – १३९९८ उपमेयर लक्ष्मी कुमारी गौतमले – १२९९८ कांग्रेसका रोहित प्रसाईंले – १२६१७ उपमेयर बिमला शिवाकोटी – ११६५९ माओवादी हरिमाया जिमिले – १९८१ उपमेयरले भिमप्रसाद सुवेदी – २६६१ राप्रपाका रोहित बहादुर कार्कीे – ११७५ उपमेयर माया रायमाझी – १६९४ -१,३,१७,१६र २० वडामा कांगे्रसकोे जित -२,१८ र १९ वडामा एमालले जित

घोडाघोडी र लम्किचुहामा एमाले विजयी

धनगढी, असार २१ ।  कैलालीको घोडाघोडी र लम्किचुहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका तपेन्द्र रावलले ८ हजार १६४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए ।बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । उपमेयरमा एमालेकी लक्ष्मी चौधरी ७ हजार २३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ममता चलाउनेले ७ हजार ६४ मत पाइन् । कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी भएको छ ।

केपी ओलीको गृहजिल्ला झापामा राप्रापाको ३ सिट

झापा, असार २१ । झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ ३७४० मत सहित विजयी भएका छन् ।  उपाध्यक्षमा कांग्रेसका दीपेन्द्र थापा ३४१४ मतसहित विजयी भएका छन् । यो सँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित निकालेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।  

बर्दियाका ३३ वडा अध्यक्षमा माओवादी विजयी

बर्दिया, असार २१ ।  बदिर्यको ७५ वडामध्ये ३३ वडाको अध्यक्षमा माओवादी विजयी भएको छ । यस्तै, एमाले २२ वडामा, कांग्रेसले १९ वडामा र राप्रपाले एक वडाको अध्यक्षमा जित हासिल गरेको छ । जितेको अधिकांश वडामा माओवादीको प्यानल नै आएको छ । स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भने माओवादी र एमालेले बराबर स्थानमा विजय हासिल गरेका छन् । माओवादीले तीन नगरपालिकामा विजय हासिल गरेको छ भने एमाले दुई नगरपालिका र एक गाउँपालिकामा विजयी भएको छ । कांग्रेस भने गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा विजयी भएको छ ।, नयाँ पत्रिकामा खबर छ ।

४२ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ काे अगाडी (सूचिसहित)

काठमाडौं, असार २१ । ३३४ स्थानीय तहमा भएको स्थानीय  निर्वाचनमध्ये २९२ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । ४२ स्थानीय तहको मतगणना जारी रहेकाले परिणाम आउने क्रममा  छ । नतिजा आउन बाँकी रहेको ४२ स्थानमध्ये एमालेले २६ स्थानमा अग्रता कायम राखेको छ भने नेपाली काँग्रेसले ९ तथा नेकपा माओवादी केन्द्रको दुई स्थानमा अग्रता छ । यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता लिएका छन् भने संघीय समाजवादी फोरम र राप्रपाको एक एक स्थानमा अग्रता छ । मतगणना जारी रहेको स्थानमा को अगाडि ? कञ्चनपुर१.कृष्णपुर नगरपालिकामा एमालेका कर्णबहादुर थापाको अग्रता २.पुनर्वास नगरपालिकामा एमालेका जीवनराम थापाको अग्रता ३.बेलौरी नगरपालिकामा एमालेका पल्लवराज भट्टको अग्रता ४.भीमदत्तनगर नगरपालिका काँग्रेसका पदम बोगटीको अग्रता कैलाली ५.घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रका लक्ष्मण चौधरीको अग्रता ६.धनगढी उपमहानगरपालिकामा स्वतन्त्र गोपाल हमालको अग्रता ७.लुम्की चुहा नगरपालिका एमालेका महादेव बजगाईँको अग्रता कपिलवस्तु  ८.कपिलवस्तु नगरपालिकामा काँग्रेसका किरण सिंहको अग्रता ९. वाणगंगा नगरपालिकामा काँग्रेसका मंगलप्रसाद थारुको अग्रता १०. बुद्धभूमिनगरपालिकामा एमालेका रुपेशकुमार श्रेष्ठको अग्रता ११. महाराजगञ्ज नगरपालिकामा काँग्रेसका अब्दुल कलाम खाँको अग्रता दाङ  १२. तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डेको अग्रता बाँके   १३. कोहलपुर नगरपालिकामा एमालेका लुटबहादुर रावतको अग्रता १४. खजुरा गाउँपालिकामा एमालेका किस्मत कक्षपतिको अग्रता रुपन्देही  १५. बुटवल उपमहानगरपालिकामा एमालेका शिवप्रसाद सुवेदीको अग्रता १६. लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र मनमोहन चौधरीको अग्रता १७. सिद्धार्थ नगरपालिकामा एमालेका हरि अधिकारीको अग्रता १८.कोटहीमाई गाउँपालिकामा स्वतन्त्र बालकृष्ण तिवारीको अग्रता १९.सियारी गाउँपालिकामा एमालेका सियारी चौधरीको अग्रता झापा  २०. विर्तामोड नगरपालिकामा एमालेका ध्रुव शिवाकोटीको अग्रता २१. मेची नगरपालिकामा एमालेका विष्णु प्रसाईँको अग्रता २२. अर्जुनधारा नगरपालिकामा एमालेका हरि रानाको अग्रता २३.भद्रपुर नगरपालिकामा एमालका जीवन श्रेष्ठको अग्रता २४. दमक नगरपालिकामा एमालेका रोमनाथ ओलीको अग्रता २५.शिबसताक्षी नगरपालिकामा एमालेका चन्द्रकुमार शेर्माको अग्रता २६. गौरादह नगरपालिकामा एमालेका मदन अधिकारीको अग्रता २७. गौरीगञ्ज गाउँपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठको अग्रता २८. बुद्धशान्ति गाउँपालिकामा एमालेका चिन्तन पाठकको अग्रता मोरङ २९. विराटनगर महानगरपालिका काँग्रेसका भीम पराजुलीको अग्रता ३०. पथरी शनिश्चरे नगरपालिकामा एमालेका दीलिपकुमार राईको अग्रता ३१. रंगेली नगरपालिकामा माओवादी केन्द्रका दीलिपकुमार अग्रवालको अग्रता ३२. बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदीको अग्रता ३३. सोनवर्षी नगरपालिकामामा काँग्रेसका कालीप्रसाद दासको अग्रता ३४. उर्लाबारी नगरपालिकामा काँग्रेसका खंगबहादुर फागोको अग्रता ३५. धनपालथान गाउँपालिकामा एमालेका मुसहरु मण्डलको अग्रता ३६. जहदा गाउँपलिकामा संघीय समाजवादी फोरमका कैलाशप्रसाद मण्डलको अग्रता सुनसरी  ३७ इटहरी उपमहानगरपालिकामा एमालेका द्वरिकालाल चौधरीको अग्रता ३८. धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बाको अग्रता ३९. बराह नगरपालिकामा एमालेका निलम खनालको अग्रता ४०. कोशी गाउँपालिकामा काँग्रेसका ऐयुब अन्सारीको अग्रता उदयपुर  ४१. त्रियुगा नगरपालिकामा एमालेका बलदेव चौधरीको अग्रता ४२. बेलका नगरपालिकामा कांग्रेसका अशोक कार्कीको अग्रता

३ मत ल्याएपछि मेयरका उम्मेदवारले गरे आफ्नै श्राद्ध

मकवानपुर, असार २० । स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएपछि एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । गएको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएर तीन मत मात्रै प्राप्त गरी पराजित भएका ४७ वर्षीय राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका छन् । यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका शर्माले अहिले अहिले आफ्नै गरेका हुन । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।

३ मत ल्याएपछि मेयरका उम्मेदवारले गरे आफ्नै श्राद्ध

मकवानपुर, असार २० । स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएपछि एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । गएको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएर तीन मत मात्रै प्राप्त गरी पराजित भएका ४७ वर्षीय राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका छन् । यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका शर्माले अहिले अहिले आफ्नै गरेका हुन । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।

शबनम बनिन मुस्लिम समुदायबाट पहिलो महिला उपमेयर

कपिलबस्तु, असार २० । कपिलबवस्तुको कृष्णनगर नगरपालिका को उप मेयरमा शबनम खातुन बिजयी भएकी छन् । ऊनी इस्लाम धर्म मान्ने समुदाय बाट उपमेयरमा निर्वाचित हुने पहिलो महिला हुन । खातुनले ३२६९ मत प्राप्त गरी विजयी भएकी हुन । त्यसैगरी उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी आरतिदेवी चौधरीले २९९९ मत पाइन । मेयर स्वतन्त्र उम्मेदवार रजत प्रताप शाह ७१६८ मत प्रात्त गरि अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रका शिव कलवारले ३०८० ल्याई पछ्याइरहेका छन् ।

मन्त्री नहुँदा सङ्घीय संरचनाको समितिको बैठक बस्न सकेन

काठमाडौँ, २० असार । छुट्टै सामान्य प्रशासनमन्त्री नियुक्त नहुँदा मुलुकलाई सङ्घीय संरचनामा लैजानका लागि गठित ‘अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति’को बैठक बस्न सकेको छैन । बैठक नबस्दा सङ्घ, प्रदेशको प्रशासनिक र सङ्गठनात्मक संरचना तयार पार्ने काम ठप्प भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्त शिवराम न्यौपानेले जानकारी गराउनुभयो । उहाँका अनुसार पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन भएपछि मन्त्रालयले मन्त्री नपाएपछि अहिलेसम्म बैठक बस्न नसकेको हो । “मन्त्री नहुँदा समितिको कुनै बैठक बस्न सकेको छैन”, उहाँले भन्नुभयो, “जसले गर्दा समितिको कुनै प्रगति विवरण बाहिर आउन सकेको छैन ।” वैशाख २१ गते गठित उक्त समितिको अहिलेसम्म छ पटक मात्र बैठक बसेको छ । समिति सदस्य राजेन्द्रप्रसाद पाण्डेले धेरै काम भइसके पनि मन्त्री नहुँदा कुनै निर्णय गर्न नसकिएको बताउनुभयो । “हामीले आन्तरिक रुपमा काम गरिरहेका छौँ तर मन्त्री नहुँदा छलफल गर्न नपाएपछि ती कामले मूर्त रुप लिन सकेको छैन”, उहाँले भन्नुभयो, “सामान्य प्रशासन मन्त्रालयसमेत सम्हाल्नुभएका प्रधानमन्त्रीलाई कामका बारेमा जानकारी गराउने काम भने गरिरहेका छौँ ।” उहाँ संविधान र सङ्घीयता कार्यान्वयन गर्न महत्वपूर्ण जिम्मेवारी पाएको समितिलाई चाँडै सरकारले मन्त्री नियुक्त गर्नुपर्नेमा जोड दिनुहुन्छ । तीन महिनामा मुलुकको सङ्घीय संरचनाको खाकासहितको प्रधानमन्त्रीलाई बुझाउने जिम्मा पाएको समितिको बैठक बस्न नसक्दा तोकिएको समयमा प्रतिवेदन बुझाउन नसक्ने देखिन्छ । समितिका सदस्यमा पाण्डे, रेखा शर्मा, आरजु देउवा, भुवन पाठक र सदस्य सचिवमा मन्त्रालयका सचिव रहनुभएको छ । समितिले सङ्घ प्रदेशमा आवश्यक मन्त्रालय, कर्मचारी सङ्घ, प्रदेश र स्थानीय तहमा कति चाहिने जस्ता कुराको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ । सामान्य प्रशासनमन्त्री अध्यक्ष रहेको समितिले मन्त्रालयका सचिवको संयोजकत्वमा गठित सङ्घ, प्रदेश, प्रशासनिक, कर्मचारीको दरबन्दीसम्बन्धी खाका तयार पारी सुझाव दिने समितिले बुझाएको प्रतिवेदनको पनि अध्ययन गरेर अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने छ । सुझाव समितिले सङ्घमा १८ मन्त्रालय राख्ने प्रतिवेदन अधिकारसम्पन्न समितिलाई बुझाएको थियो । रासस

बराबर मत आएपछि पुन : मतदानको माग

असार २०- अध्यक्षमा बराबर मत आएपछि दुबै उम्मेदवारले फेरी मतदानको व्यवस्था गर्न माग गरेका छन । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस–एमालेको बराबर मत आएको हो । कांग्रेसका हुकुमरसिंह राई र एमालेका मेनुका काफ्लेको बराबर ८ हजार २ सय ७५मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका बेणु सिवाकोटी निर्वाचित भएका छन् । उनले ९ हजार ४ सय १६ मत पाए भने कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत पाएकी छन् ।