माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी

काठमाडौं, असार २० । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार अपरान्ह्रसम्म नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी भएको छ ।

जसअनुसार माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ९ स्थानीय तह जितेर ३६ सिटसहित तेस्रो स्थानमा रहेको छ ।
माओवादी केन्द्रले जितेका स्थानीय तह यसप्रकार छनः

प्रदेश नम्बर १ (८)

– मिक्लाजुङ गाउँपालिका, पाँचथर
– आमचोक गाउँपालिका, भोजपुर
– साकेला गाउँपालिका, खोटाङ
– लिखुपिके गाउँपालिका, सोलुखुम्बु
– महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
– दूधकौशिका गाउँपालिका, सोलुखुम्बु
– सुनकोशी गाउँपालिका, उदयपुर
– चिसंखुगढी गाउँपालिका, ओखलढुंगा

प्रदेश नम्बर ५ (१९)

– पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
– धुर्कोट गाउँपालिका, गुल्मी
– भूमिकास्थान नगरपालिका, अर्घाखाँची
– भूमे गाउँपालिका, रुकुम
– सिस्ने गाउँपालिका, रुकुम
– पुथा उत्तरगंगा गाउँपालिका, रुकुम
– थवाङ गाउँपालिका, रोल्पा
– सुनछहरी गाउँपालिका, रोल्पा
– सुकीदह गाउँपालिका, रोल्पा
– रोल्पा नगरपालिका, रोल्पा
– दुर्इखोली गाउँपालिका, रोल्पा
– माडी गाउँपालिका, रोल्पा
– सुवर्णावती गाउँपालिका, रोल्पा
– बंगलाचुली गाउँपालिका, दाङ
– बार बर्दिया नगरपालिका, बर्दिया
– मधुवन नगरपालिका, बर्दिया
– राजापुर गाउँपालिका, बर्दिया
– ओमसतिया गाउँपालिका, रूपन्देही
– प्युठान नगरपालिका, प्युठान

प्रदेश नम्बर ७ (९)

– मेल्लेख गाउँपालिका, अछाम
– अजयमेरु गाउँपालिका, डडेल्धुरा
– बोगटान गाउँपालिका, डोटी
– पुरचौडी नगरपालिका, बैतडी
– मार्मा गाउँपालिका, दार्चुला
– रामारोशन गाउँपालिका, अछाम
– भजनी नगरपालिका, कैलाली
– कैलारी गाउँपालिका, कैलाली
– लालझाडी गाउँपालिका, कञ्चनपुर

कैलालीको भजनी नगरपालिकामा माओवादी विजयी

कैलाली, असार २० । कैलालीको भजनी नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ । माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ मत प्राप्त गरे । यस्तै मेयरमा माओवादी केन्द्रकी छायाँदेवी देवकोटाले ५ हजार ८ मत ल्याएर विजयी भइन । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी धनवासी डगौरा ९चौधरी० ले ४ हजार ३७८ मत प्राप्त गरिन् । फोटो अनलाइन खबरबाट

२४ जिल्लाका २७७ स्थानीय तहको मतगणना सकियो

काठमाडौँ, असार २० । प्रदेश नं १, ५ र ७ मा असार १४ गते भएको निर्वाचनको हालसम्म २४ जिल्लामा २७७ स्थानीय तहको मतगणना सकिएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार २७८ स्थानीयतहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भइसकेको औपचारिक रुपमा जानकारी आएको हो । निर्वाचन आयोगका अनुसार अब ११ जिल्लाका ५६ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।मुलुकका ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन यही असार १४ गते भएको थियो । पछिल्लो पटक कञ्चनपुर, उदयपुर, सुनसरी, मोरङ र झापाका एक÷एक स्थानीय तहमा मतगणनाको क्रममा मत सङ्ख्या फरक परेका कारण मतगणना कार्य स्थगन रहेको केन्द्रले जनाएको छ । अरु स्थानीय तहमा भने धमाधम मतगणना भइरहेको छ । पछिल्लो चरणमा जस्तै दोस्रो चरणको निर्वाचनमा अधिकांश स्थानमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म एमालेले १२१, काँग्रेसले १०५ माओवादी केन्द्रले ३५, सङ्घीय समाजवादी फोरमले छ, नेपाल लोकतान्त्रिक फोरमले पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्रले एक स्थानमा विजय हासिल गरी स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् ।

कैलालीमा माओवादीले खाता खोल्यो, कैलारीकाे अध्यक्षमा पूर्व लडाकु लाजुराम चौधरी

कैलाली, असार २० । कैलालीको कैलारी गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले जित हासिल गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै लक्ष्मी छत्गौवा विजयी भएकी छन् । उनले ६०६४ मत पाइन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५४०७ मत पाइन् । ६२०४ मत ल्याएर जित हासिल गरेका चौधरी पूर्व माओवादी लडाकु हुन् । उनले नेपाली कांग्रेसका रामसमत चौधरीलाई हराए । रामसमतले ५८८७ मत पाए । उनी शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

बुटवल उपमहानगरपालिकाकाे ताजा मतपरिणाम

रूपन्देही, असार २० ।  बुटवल उपमहानगरपालिकाकाे  ताजा मतपरिणाम :  मेयर एमाले –१७१७७ कांग्रेस  –१४५८२ उपमेयर एमाले –१८८०३ नेपाली कांग्रेस – १०२४४

नेपालगञ्ज उपमहागरपालिकाकाे मेयरमा राप्रपाका धवल समशेर 

नेपालगञ्ज, असार २० ।  बाँकेको नेपालगञ्ज उपमहागरपालिकाकाे मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धवल समशेर राणा विजयी भएका छन् । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।  राणाले १२५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएर पराजित भए । १०७३१ मत ल्याएर उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् ।

२७४ स्थानीय तहमा नतिजा सार्वजनिक, कुन पार्टीको कति ? (सूचीसहित)

काठमाडौं, असार २० । दोस्रो चरणको स्थानीय चुनाव भएका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ७४ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ । एमालेले प्रदेश नम्बर १ मा ५३, प्रदेश ५ मा ३३ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २० स्थान सुरक्षित गरिसकेको छ । कांग्रेस १०२ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ३८, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३४ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा २ र ७ मा एक स्थानीय तह जितेर ५ सिटसहित पाँचौं स्थानमा रहेको छ । राप्रपाले तीन र राष्ट्रिय जनमोर्चा दुर्इ स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् । कुन पार्टीको कति ? एमालेले जितेका स्थानीय तह १२० : प्रदेश नम्बर १ (५३) – मैवाखोला गाउँपालिका, ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ – फुङलिङ नगरपालिका, ताप्लेजुङ – याङवरक गाउँपालिका, ताप्लेजुङ – फत्ताङलुङ गाउँपालिका, ताप्लेजुङ – हिलिहाङ गाउँपालिका, पाँचथर – कुम्मायक गाउँपालिका, पाँचथर – याङवरक गाउँपालिका, पाँचथर – इलाम नगरपालिका, इलाम – देउमार्इ नगरपालिका, इलाम – सन्दकपुर गाउँपालिका, इलाम – चुलाचुली गाउँपालिका, इलाम – मार्इ नगरपालिका, इलाम – मार्इ(जोगमार्इ गाउँपालिका, इलाम – चैनपुर नगरपालिका, संखुवासभा – मादी नगरपालिका, संखुवासभा – सभापोखरी गाउँपालिका, संखुवासभा – खाँदबारी नगरपालिका, संखुवासभा – मकालु गाउँपालिका, संखुवासभा – मेन्छेयाम गाउँपालिका, तेह्रथुम – छथर गाउँपालिका, तेह्रथुम – आठरार्इ गाउँपालिका, तेह्रथुम – फेदाप गाउँपालिका, तेह्रथुम – म्याङलुङ नगरपालिका, तेह्रथुम – हतुवागढी गाउँपालिका, भोजपुर – पौवादुम्बा गाउँपालिका, भोजपुर – रामप्रसाद राई गाउँपालिका, भोजपुर – टेम्के मैयुम गाउँपालिका, भोजपुर – लामीडाँडा गाउँपालिका, खोटाङ – जन्तेढुंगा गाउँपालिका, खोटाङ – केपिलासगढी गाउँपालिका, खोटाङ – रूपाकोट मझुवागढी गाउँपालिका, खोटाङ – खोटेहाङ गाउँपालिका, खोटाङ – पाख्रिबास नगरपालिका, धनकुटा – खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा – छथर जोरपाटी गाउँपालिका, धनकुटा – चौबीसे गाउँपालिका, धनकुटा – धनकुटा नगरपालिका, धनकुटा – साँगुरीगढी गाउँपालिका, धनकुटा – महालक्ष्मी नगरपालिका, धनकुटा – सोताङ गाउँपालिका, सोलुखुम्बु – दूधकोशी गाउँपालिका, सोलुखुम्बु – खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु – नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु – ताप्ली गाउँपालिका, उदयपुर – उदयपुरगढी गाउँपालिका, उदयपुर – रौतामार्इ गाउँपालिका, उदयपुर – सिद्धिचरण नगरपालिका, ओखलढुंगा – लिखु गाउँपालिका, ओखलढुंगा – मोलुङ गाउँपालिका,ओखलढुंगा – मिक्लाजुङ गाउँपालिका, मोरङ – कानेपोखरी गाउँपालिका, मोरङ – कन्कार्इ नगरपालिका, झापा प्रदेश नम्बर ५ (३३) – त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी – बर्दघाट नगरपालिका, नवलपरासी – सैनामैना नगरपालिका, रूपन्देही – कञ्चन गाउँपालिका, रूपन्देही – शुद्धोदन गाउँपालिका, रूपन्देही – विजयनगर गाउँपालिका, कपिलवस्तु – तानसेन नगरपालिका, पाल्पा – तिनाउ गाउँपालिका, पाल्पा – निस्दी गाउँपालिका, पाल्पा – पूर्वखोला गाउँपालिका, पाल्पा – रिब्दीकोट गाउँपालिका, पाल्पा – रम्भा गाउँपालिका, पाल्पा – मुसीकोट नगरपालिका, गुल्मी – रेसुङ्गा नगरपालिका, गुल्मी – मालिका गाउँपालिका, गुल्मी – इस्मा गाउँपालिका, गुल्मी – मदाने गाउँपालिका, गुल्मी – रुरु गाउँपालिका, गुल्मी – छत्रकोट गाउँपालिका, गुल्मी – मालारानी गाउँपालिका, अर्घाखाँची – माण्डवी गाउँपालिका, प्यूठान – सरूमारानी गाउँपालिका, प्यूठान – स्वर्गद्वारी नगरपालिका, प्यूठान – त्रिवेणी गाउँपालिका, रोल्पा – रून्टीगढी गाउँपालिका, रोल्पा – घोराही उपमहानगरपालिका, दाङ – गढवा गाउँपालिका, दाङ – दंगीशरण गाउँपालिका, दाङ – बबर्इ गाउँपालिका, दाङ – बैजनाथ गाउँपालिका, बाँके – ठाकुरबाबा नगरपालिका, बर्दिया – बढैया ताल गाउँपालिका, बर्दिया – बाँसगढी नगरपालिका, बर्दिया प्रदेश नम्बर ७ (३४) – मंगलसेन नगरपालिका, अछाम – साँफेबगर नगरपालिका, अछाम – चौरपाटी गाउँपालिका, अछाम – जयपृथ्वी नगरपालिका, बझाङ – थलारा गाउँपालिका, बझाङ – बित्थडचिर गाउँपालिका, बझाङ – तलकोट गाउँपालिका, बझाङ – दुर्गाथली गाउँपालिका, बझाङ – केदारस्युँ गाउँपालिका, बझाङ – मस्टा गाउँपालिका, बझाङ – छबीसपाथिभेरा गाउँपालिका, बझाङ – गौमुल गाउँपालिका, बाजुरा – पाण्डवगुफा गाउँपालिका, बाजुरा – स्वामीकार्तिक गाउँपालिका, बाजुरा – अमरगढी नगरपालिका, डडेल्धुरा – नवदुर्गा गाउँपालिका, डडेल्धुरा – दिपायल सिलगढी नगरपालिका, डोटी – सायल गाउँपालिका, डोटी – पूर्वीचौकी गाउँपालिका, डोटी – आदर्श गाउँपालिका, डोटी – जोरायल गाउँपालिका, डोटी – पञ्चेश्वर गाउँपालिका, बैतडी – डिलासैनी गाउँपालिका, बैतडी – दोगाडा केदार गाउँपालिका, बैतडी – नौगाड गाउँपालिका, दार्चुला – अपिहिमाल गाउँपालिका, दार्चुला – लेकम गाउँपालिका, दार्चुला – गौरीगंगा नगरपालिका, कैलाली – गोदावरी नगरपालिका, कैलाली – टिकापुर नगरपालिका, कैलाली – चुरे गाउँपालिका, कैलाली – मोहन्याल गाउँपालिका, कैलाली – वेदकोट नगरपालिका, कञ्चनपुर – बेलडाँडी गाउँपालिका, कञ्चनपुर कांग्रेसले जितेका स्थानीय तह (१०३) प्रदेश नम्बर १ (३८) – झापा गाउँपालिका, झापा – मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – त्रिवेणी आठरार्इ गाउँपालिका, ताप्लेजुङ – सिरिजंघा गाउँपालिका, ताप्लेजुङ – सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ – तुम्वेवा गाउँपालिका, पाँचथर – फाल्गुनन्द गाउँपालिका, पाँचथर – फिदिम नगरपालिका, पाँचथर – फालेलुङ गाउँपालिका, पाँचथर – रोङ गाउँपालिका, इलाम – माक्सेबुङ गाउँपालिका, इलाम – फाकफोकथुम गाउँपालिका, इलाम – चिचिला गाउँपालिका, संखुवासभा – भोटखोला गाउँपालिका, संखुवासभा – सिलिचोङ गाउँपालिका, संखुवासभा – धर्मदेवी गाउँपालिका, संखुवासभा – पाँचखपन गाउँपालिका, संखुवासभा – लालीगुँरास नगरपालिका, तेह्रथुम – भोजपुर नगरपालिका, भोजपुर – अरुण गाउँपालिका, भोजपुर – साल्पासिलिछो गाउँपालिका, भोजपुर – षडानन्द नगरपालिका, भोजपुर – हलेसी तुवाचुङ नगरपालिका, खोटाङ – दिप्रुङ गाउँपालिका, खोटाङ – ऐंसेलुखर्क गाउँपालिका, खोटाङ – बराहपोखरी गाउँपालिका, खोटाङ – सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्बु – चौदण्डीगढी नगरपालिका, उदयपुर – चम्पादेवी गाउँपालिका, ओखलढुंगा – सुनकोशी गाउँपालिका, ओखलढुंगा – खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगा – रतुवामार्इ नगरपालिका, मोरङ – लेटाङ नगरपालिका, मोरङ – सुन्दरहरैचा नगरपालिका, मोरङ – कटहरी गाउँपालिका, मोरङ – केराबारी गाउँपालिका, मोरङ – गढी गाउँपालिका, सुनसरी प्रदेश नम्बर ५ (२९) – प्रतापपुर गाउँपालिका, नवलपरासी – सुनवल नगरपालिका, नवलपरासी – रामग्राम नगरपालिका, नवलपरासी – मायादेवी गाउँपालिका, रूपन्देही – देवदह नगरपालिका, रूपन्देही – यशोधरा गाउँपालिका, कपिलवस्तु – रामपुर नगरपालिका, पाल्पा – माथागढी गाउँपालिका, पाल्पा – रैनादेवी छहरा गाउँपालिका, पाल्पा – बगनाशकाली गाउँपालिका, पाल्पा – गुल्मी दरबार गाउँपालिका, गुल्मी – चन्द्रकोट गाउँपालिका, गुल्मी – सत्यवती गाउँपालिका, गुल्मी – कालीगण्डकी गाउँपालिका, गुल्मी – सन्धिखर्क नगरपालिका, अर्घाखाँची – छत्रदेव गाउँपालिका, अर्घाखाँची – शीतगंगा नगरपालिका, अर्घाखाँची – पाणिनी गाउँपालिका, अर्घाखाँची – ऐरावती गाउँपालिका, प्यूठान – नौबहिनी गाउँपालिका, प्यूठान – गौमुखी गाउँपालिका, प्यूठान – लुंग्री गाउँपालिका, रोल्पा – शान्तिनगर गाउँपालिका, दाङ – राजपुर गाउँपालिका, दाङ – राप्ती गाउँपालिका, दाङ – डुडुवा गाउँपालिका, बाँके – राप्तीसोनारी गाउँपालिका, बाँके – गेरूवा गाउँपालिका, बर्दिया – गुलरिया नगरपालिका, बर्दिया प्रदेश नम्बर ७ (३६) – कमलबजार नगरपालिका, अछाम – तुर्माखाँद गाउँपालिका, अछाम – ढकारी गाउँपालिका, अछाम – पञ्चदेवल विनायक गाउँपालिका, अछाम – बन्नीगढी जयगढ गाउँपालिका, अछाम – काँडा गाउँपालिका, बझाङ – बुंगल नगरपालिका, बझाङ – सुर्मा गाउँपालिका, बझाङ – खप्तडछान्ना गाउँपालिका, बझाङ – त्रिवेणी नगरपालिका, बाजुरा – छेडेदह गाउँपालिका, बाजुरा – बडिमालिका गाउँपालिका, बाजुरा – हिमाली गाउँपालिका, बाजुरा – बूढीगंगा नगरपालिका, बाजुरा – बूढीनन्दा नगरपालिका, बाजुरा – परशुराम नगरपालिका, डडेल्धुरा – आलिताल गाउँपालिका, डडेल्धुरा – गन्यापधुरा गाउँपालिका, डडेल्धुरा – भागेश्वर गाउँपालिका, डडेल्धुरा – शिखर नगरपालिका, डोटी – केआर्इ सिंह गाउँपालिका, डोटी – बडिकेदार गाउँपालिका, डोटी – दशरथ चन्द नगरपालिका, बैतडी – मेलौली नगरपालिका, बैतडी – पाटन नगरपालिका, बैतडी – सुर्नया गाउँपालिका, बैतडी – शिवनाथ गाउँपालिका, बैतडी – सिगास गाउँपालिका, बैतडी – शैल्यशिखर नगरपालिका, दार्चुला – महाकाली नगरपालिका, दार्चुला – मालिकार्जुन गाउँपालिका, दार्चुला – दुहुँ गाउँपालिका, दार्चुला – व्यास गाउँपालिका, दार्चुला – जोशीपुर गाउँपालिका, कैलाली – महाकाली नगरपालिका, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर माओवादीले जितेका स्थानीय तह ९३४० स् प्रदेश नम्बर १ (८) – मिक्लाजुङ गाउँपालिका, पाँचथर – आमचोक गाउँपालिका, भोजपुर – साकेला गाउँपालिका, खोटाङ – लिखुपिके गाउँपालिका, सोलुखुम्बु – महाकुलुङ गाउँपालिका, सोलुखुम्बु – दूधकौशिका गाउँपालिका, सोलुखुम्बु – सुनकोशी गाउँपालिका, उदयपुर – चिसंखुगढी गाउँपालिका, ओखलढुंगा प्रदेश नम्बर ५ (१९) – पाल्हीनन्दन गाउँपालिका, नवलपरासी – धुर्कोट गाउँपालिका, गुल्मी – भूमिकास्थान नगरपालिका, अर्घाखाँची – भूमे गाउँपालिका, रुकुम – सिस्ने गाउँपालिका, रुकुम – पुथा उत्तरगंगा गाउँपालिका, रुकुम – थवाङ गाउँपालिका, रोल्पा – सुनछहरी गाउँपालिका, रोल्पा – सुकीदह गाउँपालिका, रोल्पा – रोल्पा नगरपालिका, रोल्पा – दुर्इखोली गाउँपालिका, रोल्पा – माडी गाउँपालिका, रोल्पा – सुवर्णावती गाउँपालिका, रोल्पा – बंगलाचुली गाउँपालिका, दाङ – बार बर्दिया नगरपालिका, बर्दिया – मधुवन नगरपालिका, बर्दिया – राजापुर गाउँपालिका, बर्दिया – ओमसतिया गाउँपालिका, रूपन्देही – प्युठान नगरपालिका, प्युठान प्रदेश नम्बर ७ (७०) – मेल्लेख गाउँपालिका, अछाम – अजयमेरु गाउँपालिका, डडेल्धुरा – बोगटान गाउँपालिका, डोटी – पुरचौडी नगरपालिका, बैतडी – मार्मा गाउँपालिका, दार्चुला – लालझाडी गाउँपालिका, कञ्चनपुर – रामारोशन गाउँपालिका, अछाम संघीय समाजवादी फोरमले जितेका स्थानीय तह (६) प्रदेश नम्बर १ – भोक्राहा गाउँपालिका, सुनसरी प्रदेश नम्बर ५ – गैडहवा गाउँपालिका, रूपन्देही – रोहिणी गाउँपालिका, रुपन्देही – मर्चवारी गाउँपालिका, रूपन्देही – मायादेवी गाउँपालिका, कपिलवस्तु – नैनापुर गाउँपालिका, बाँके फोरम लोकतान्त्रिकले जितेका स्थानीय तह (५) प्रदेश नम्बर १ – दुहवी नगरपालिका, सुनसरी – बर्जु गाउँपालिका, सुनसरी प्रदेश नम्बर ५ – सरावल गाउँपालिका, नवलपरासी – सम्मरीमाई गाउँपालिका, रूपन्देही प्रदेश नम्बर ७ – जानकी गाउँपालिका, कैलाली राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह ९२० स् प्रदेश नम्बर ५ – मल्लरानी गाउँपालिका, प्यूठान – झिमरूक गाउँपालिका, प्यूठान राप्रपाले जितेका स्थानीय तह ९३० स् प्रदेश नम्बर १ – कचनकवल गाउँपालिका, झापा – हल्दीबारी गाउँपालिका, झापा प्रदेश नम्बर ५ – नेपालगञ्ज उपमहानगरपालिका, बाँके स्वतन्त्र (राजपा) प्रदेश नम्बर ५ – शुद्धोदन गाउँपालिका, कपिलवस्तु

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रको विजय

बर्दिया, असार १९ । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रले विजय हासिल  गरेको छ। माओवादी केन्द्रका उम्मेदवार शिव थारु ‘प्रतिक’ ले मेयरमा जित हासिल गरेका हुन्। उनले ९ हजार ४ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले ८ हजार ६ सय ६ मत प्राप्त गरेका कछन् । यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै विजय भएको छ । उपमेयरमा मनकला कुमारी चौधरी निर्वाचित भएकी छिन् । उनले ९ हजार २ सय २९ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा चौधरीले ८ हजार ५ सय ७० मत प्राप्त पाएकी छिन् ।

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा माओवादी केन्द्रको अग्रता

झापा, असार १९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको गौरीगञ्ज गाउँपालिकामा नेकपा माओवादी केन्द्रले करिब चारसय मतअन्तरले अग्रता लिइरहेको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विद्यानन्द राजबंशीले २८ सय मत ल्याई अग्रस्थानमा छन भने नेपाली कांग्रेसका फुलमति राजबंशीले २४ सय मत ल्याई उनलाई पछ्याइरहेकी छन् ।

माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी, ८ अग्रता

काठमाडौं, असार १९ । असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ । माओवादी केन्द्र प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १६ र प्रदेश ७ मा ८ स्थानीय तह जित्न सफल भएको हो । मतगणना हुन बाँकी रहेका मध्ये ८ स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

अछामको साँफेबगरमा एमाले बिजयी

अछाम, असार १९ । अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ । सोमवार दिउँसो सार्वजनिक साँफेबगर नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय ३८ मत सहित बिजयी बनेका हुन । उपप्रमुखमा पनि एमालेकै बिरमला बुडथापा ५ हजार ९ सय ८४ मत ल्यायर बिजयी बनेकी छन । निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेद्धार ध्वज बहादुर कुवरले ५ हजार ४ सय १२ तथा उपमेयरका उम्मेद्धार रुपा आउजीले ५ हजार २ सय ६२ मत ल्याएकी छीन । एमालेका उम्मेद्धारले मेयरमा ४ सय २६ र उपमेयरमा ७ सय २२ मतले काँग्रेसका उम्मेद्धार भन्दा बढी ल्यायर बाजी मारहेका हुन । यस्तै माओवादी केन्द्रका् तर्फवाट उम्मेद्धार बनेका खगेन्द्र वडले ५ सय ६३ मत प्राप्त गरेका छन भने उपमेयरका उम्मेद्धार बैजन्ती कुवरले ५ सय ४९ मत प्राप्त गरेकी छन ।

अध्यक्ष अाेलीकाे गृह जिल्लामा एमालेकाे हार, राप्रपा विजयी

दमक, असार १९ । स्थानीय तह दाेस्राे चरणकाे निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिकामा एमालेले हार व्यहाेर्नु परेकाे छ । उक्त गाउँपालिकामा अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षमा भने एमालेका डम्बर गिरी निर्वाचित भएका छन् । लिङ्देनले ३९४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु साप्कोटाले ३५४३ मत प्राप्त गरिन्। यस्तै, उपाध्यक्षमा निर्वाचित गिरीले ४३८६ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रकला राईले २७४७ मत प्राप्त गरिन्। ५ वटा वडा रहेको यस गाउँपालिकाको वडामा भने मिश्रित परिणाम आएको छ। वडा नम्बर १ को अध्यक्षमा एमालेका त्रिलोचन सापकोटाको प्यानलनै विजयी भएको छ। २ नम्बर वडामा माओवादी केन्द्रका राजेन्द्र योङ्हाङको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ३ मा एमालेकी रोशनी सिवाकोटीको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका होम चुडाल विजयी भए भने सदस्यमा भने चारैजना एमालेका विजयी भएका हुन्। वडा नम्बर ५ मा भने राप्रपाका शेरबहादुर थापाको प्यानलनै विजयी भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए।

राष्ट्रपति र मदन भण्डारीको गाउँमा एमाले पराजित

विराटनगर, असार १९ । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीको गृहनगर मोरङ जिल्लाको रतुवा माई नगरपालिकामा एमाले पराजित भएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एवं स्व. मदन भण्डारीको घर रहेको मोरङको रतुवा माई नगरपालिकामा एमालेलाई पराजित गर्दै नेपाली कांग्रेसका मेयर रविन राईले ९ हजार ८ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रत्यासी एमालेका उम्मदेवारले १ हजार ७ सय ९५ मत प्राप्त गरेका छन् । कुल १० वटा वडा रहेको रतुवा माई नगरपालिकामा कांग्रेसले सात वडामा जितेको छ भने एमालेले ३ वटा वडामै सिमित रहन पुग्यो

२४६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति ?

काठमाडौं, असार १९ । स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते भएको ३३४ स्थानीय तह मध्ये अहिलेसम्म्म २४६ तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेले १०४ स्थानीय तहमा विजयी भएको छ । भने नेपाली कांग्रेस ९६ स्थानीय तहमा विजयी भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ । भने संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमले ४, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ र स्वतन्त्रले १ स्थानीय तहमा जित हात पारेका छन् ।

सन्धिखर्कको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

 अर्घाखाँची, असार  १९ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमलप्रसाद भुसाल विजयी भएका छन् । उनले ८३०३ मत ल्याएका ५न्उ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७ हजार १ सय २७ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा माओवादी केन्द्रका ठाकुर विक विजयी भएका छन् । उनले ७१२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोख्रेलले ६४०४ मत ल्याइन् ।

मोरङको दुइवटा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

विराटनगर, असार १९ । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गरे । उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले छ हजार ८०९ मत प्राप्त गरी विजयी भए । सोहीअनुरुप, वडा नं ४, ६, ७ र ८ मा काँग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेको छ भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा काँग्रेसले जित हात पारेको छ । यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा काँग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गरे । उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गरे । मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।