सूर्यविनायकमा वडाध्यक्षमा एमाले, मध्यपुरमा र भक्तपुरमा नेमकिपा समूह नै विजयी
भक्तपुर, जेठ २ । सूर्यविनायक नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ ।
कायस्थले एक हजार ६४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली राप्रपाका भूपेन्द्र राउतले ८४७ मत ल्याउनु भएकोछ ।
त्यसैगरी महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी हुनुभएको छ । सूर्यविनायक नगरपालिकाको हालसम्मको मतगणनामा एमाले अग्रस्थानमा छ ।
यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको समूह तथा भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा छन् ।
चाँगुनारायण वडा नं ६ मतदान केन्द्रमा बुधबार पुनः मतदान भएपछि चाँगुनारायण नगरपालिकामा मतगणना सुरु हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीकोे समूह विजयी भएको छ ।
खत्रीले एक हजार ९०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ६५२ मत र एमालेका नारायणसुन्दर सिन्ताकलले ४९८ मत ल्याउनुभएको छ । त्यसैगरी महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु तथा खुला सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । यहाँ वडा नं २ को मतगणना सुरु भएको छ ।
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी
सल्यान, जेठ २ । सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निमबहादुर केसी ‘अरुण’ ३६९४ मतसहित अध्यक्षमा र टिका शर्मा वली ३६९५ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेस एमाले गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार कांग्रेसका रामचन्द्र केसीको २७७१ मत । उपाध्यक्ष पदका उम्मेदवार एमालेका दलबहादुर केसीको २६१९ मत रहेको छ ।
बेनी नगरपालिका– ३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
म्याग्दी, जेठ २ । बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित हुनुभएको छ । दुई हजार २६० जना मतदाता र तीन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो । त्यसैगरी बेनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेका प्रत्यासी प्रमोद श्रेष्ठले तीन वडाको मतगणना सकिँदासम्म एक हजार ९२६ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा राप्रपाका सञ्जु बरुवालले एक हजार ५४६ मतले अग्रता लिनुभएको छ भने नेकपा (माओवादी केन्द्र) का ज्योति लामिछानेले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ ।
चौरी देउरालीको दुई वडामा माओवादी केन्द्र विजयी
धुलिखेल, २ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा (माओवादी केन्द्र) दुवै वडामा विजयी भएको छ । सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी हुनुभएको छ । तामाङले ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रताव लामाले २७७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गर्नुभएको छ । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अग्र स्थानमा छ । सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ६५८, नेपाली काँग्रेसका रकमसिं घलानले ३६४ र नेकपा (एमाले)का राजकुमार कुँवरले १०६ मत प्राप्त गर्नुभएको छ । वडा नं १ र २ को मत गणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गर्नुभएको छ । सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् । त्यस्तै वडा नं २ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् । दुवै वडामा माओवादी केन्द्रको समूह नै विजयी भएको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।
धौलागिरि–१ मा माओवादी केन्द्र र २ मा एमाले विजयी
म्याग्दी, जेठ २ । म्याग्दीको धौलागिरि गाउँपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ । धौलागिरि १ गुर्जामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ । माओवादी केन्द्रकी सीताकुमारी छन्त्यालले महिला सदस्यमा (२९८), दलित महिला सदस्यमा ज्ञानदेवी विक (२५२), अन्य सदस्यमा तारामान विक (२२९) र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर विजयी हुनुभएको हो । गुर्जामा ६७२ जना मतदाता रहेकामा ४६४ जनाले मतदान गरेका थिए । यसैगरी धौलागिरि गाउँपालिका–२ लुलाङमा नेकपा (एमाले)का गमप्रसाद विकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघि नै एमालेकी सुवादेवी पुर्जा निर्विरोध हुनुभएको थियो । दलित महिला सदस्यमा एमालेका ललिसरा विक र सदस्यमा एमालेका मोतीप्रसाद पाइजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका जङ्गबहादुर विश्वकर्माले १३४ मत ल्याउनुभएको छ । नौ सय ३६ मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । वडा नं १ र २ को मतगणना हुँदा धौलागिरि गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेका थमसरा पुनले ३७४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गर्नुभएको छ ।
वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्र
हेटौँडा, जेठ २ । मकवानपुरको बाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी हुनुभयोभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बाबुलाल गोलेले २५५ मत प्राप्त गर्नुभएको छ । यस वडाबाट अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) ले ३१२, नेकपा (एमाले) ले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा (एमाले) ले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ ।
एमाले उम्मेदवार दुर्इ भोटले पराजित
डोल्पा, जेठ २ । डोल्पामा नेकपा एमालेका उम्मेदवार दुई मतको अन्तरले पराजित भएका छन् । डोल्पाको मुड्केचुला गाउँपालिका, डोल्पाको प्रमुखमा माओवादी केन्द्रका दत्तबहादुर शाहीले २ भोट अन्तरले विजय प्राप्त गरेका हुन । शाहीको ९३३ र उनको निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायको ९३१ रहेको थियो । यसैगरी जुम्लाको हिमा गाउँपालिका प्रमुखमा समेत माओवादी केन्द्रका राजबहादुर शाही ३ भोट अन्तरले विजयी भएका छन् । शाहीको १३१७ र उनको निकटतम प्रतिद्वन्द्वी एमालेकै भैरवबहादुर रोकायको १३१४ रहेको थियो ।
सल्यान अपडेटः माओवादीको बहुमत, एमाले तेश्रो हुने संकेत
सल्यान, जेठ २ । सल्यानमा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार, माओवादी केन्द्रले जिल्लाका तीनवटा नगरपालिका र ७ वटा गाउँपालिकामध्ये बहुमत निकायमा अग्रता लिएको हो । हालसम्मको मत परिणाम अनुसार, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, वागचौर गाउँपालिका, वनगाड कुपिन्डे गाउँपालिका, ढोरचौर गाउपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा माओवादी केन्द्र प्रतिष्पर्धि नेकपा एमाले भन्दा निकै अगाडि छ । नेपाली काँग्रेसले त्रिवेणी, शारदा नगरपालिकामा अग्रता लिएको छ । कुमाखमालिका गाउपालिकामा वडा नम्वर १ मा मतदान भैरहेको छ । केही दिन पहिले नेपाली काँग्र्ेसका वडा सदस्यका उम्मेदवारको निधन भए पश्चात आज निर्वाचन हुन लागेको हो । सल्यानमा नेपाली कांग्रेस र एमालेबीच तालमेल भएको थियाे । नेपाली कांग्रेसले दुई र एमालेले भने जिल्लाको एक गाउँपालिकामा जित्ने सम्भावना रहेको छ । यस्तो छ पछिल्लो मत परिणाम १ शारदा नगरपालिका नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ९२७ उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२ नेकपा एमाले, प्रमुख ः राम कुमार खड्की ८४० उपप्रमुख ः सरिता हमाल मल्ल ११२० नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रमोद कुमार श्रेष्ठ ५६१ उपाध्यक्ष ः झरणा वुढाथोकी ४०३ राप्रपा, अध्यक्ष ः मनोज कुमार प्रधान ९०३ २ वागचौर नगरपालिका नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १५५० उपप्रमुख –मेनका चन्द १२२२ नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी १३३८ उपप्रमुख ः ओका कुमारि खत्री ९६४ नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी १९९१ उपाध्यक्ष ः कल्पना पुन १४३४ ३ वनगाड कुपिन्डे नगरपालिका नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ८७८ नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन ९५६ उप प्रमुख ः तालमेल नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी ९२९ उपाध्यक्ष ः मञ्जु यरी ८४२ ४ ढोरचौर गाउपालिका नेपाली काँग्रेस अध्यक्ष ः नरबिर चलाउने १०१० उपाध्यक्ष ः बिमला रेउले ९९१ नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष ः पुष्पा वोहोरा १५४० नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने ११९९ उपाध्यक्ष ः भूमि वुढाथोकी १२५७ ५) दार्मा गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के.सी.१४४३ उपाध्यक्ष ः तालमेल नेकपा एमाले, अध्यक्ष ः तालमेल उपाध्यक्ष ः दल बहादुर केसी १३३२ नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी २७५० उपाध्यक्ष ः टिका शर्मा वली २७४५ ६) त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १८२४उपाध्यक्ष ः करुणा खड्का १४७८ नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का १२२४ उपाध्यक्ष ः पवित्रा केसी १२०२ नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ६०५ उपाध्यक्ष ः लिलावती वुढा ६८७ राप्रपा अध्यक्ष ः मंगलु पुन८४ ७) कपुरकोट गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी ५६६ उपाध्यक्ष ः ओकी महतरा ६०८ नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन १२७९ उपाध्यक्ष ः तिला बुढा मगर १२२० नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ८२२ उपाध्यक्ष ः एलिना राना ८३७ ८) कालिमाटी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ८२३ उपाध्यक्ष ः कमला अधिकारी ६५७ नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी ७०८ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी ७९५ नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १०१८ उपाअध्यक्ष ः प्रिती डिसी विसि १०६७ ९) छत्रेश्वरी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी. १११०उपाध्यक्ष ः सिता के.सी. ९३३ नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी १०६१उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी ६७१ नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ११४३उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति ९२८
काठमाडौँ महानगरमा एमालेको अग्रता कायमै
काठमाडौँ, जेठ २ । अाइतबार वैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना भइसकेको छ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले) बाट नगर प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहेका छन्। बिहान ९ बजेसम्मको परिणामअनुसार वडा नं १ को ७११ मत गणना भएकोमा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले २०३ मत प्राप्त गरेका छन् । त्यस्तै, साझा पार्टीका तर्फबाट किशोर थापाले १३३ प्राप्त गरी दोश्रो स्थानमा छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले १२८ मत प्राप्त गरेका छन् । विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले १०२ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले ११ मत प्राप्त गरेका छन् ।
भक्तपुरमा नेमकिपाले खाता खोल्यो
भक्तपुर, जेठ २ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानल नै विजयी भई खाता खोलेको हो । खत्रीले एक हजार ३७६ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् । पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम राख्नुभएको छ भने नेपाली काँग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ । मध्यपुरथिमि–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् । उपप्रमुखमा काँग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गर्नुभएको छ ।
अपडेटः ललितपुर जिल्लाको समग्र मतपरिमाण
ललितपुर महानगरपालिका नेपाली काँग्रेस ३३३९ नेकपा एमाले २५५७ माओवादी केन्द्र ७१९ साझा पार्टी ५९९ महालक्ष्मी महानगरपालिका नेपाली काँग्रेस १००६ नेकपा एमाले १५४४ माओवादी केन्द्र ८०९ राप्रपा ५४४ गोदावरी नगरपालिका नेपाली काँग्रेस १४९७ नेकपा एमाले २२७० माओवादी केन्द्र ११०८ साझा पार्टी ४४४ महाँकाल गाउँपालिका नेपाली काँग्रेस १६०८ नेकपा एमाले १९२६ माओवादी केन्द्र ६०२ बागमती गाउँपालिका नेपाली काँग्रेस ५१६ नेकपा एमाले ४८४ माओवादी केन्द्र २२६ कोन्जोसोङ गाउँपालिका नेपाली काँग्रेस १०९८ नेकपा एमाले १०८० माओवादी केन्द्र ७०५
पोखरा लेखनाथ वडा नं १ मा एमाले विजयी
पोखरा, जेठ २ । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा (एमाले) को समूह विजयी भएको छ । कुल दुई हजार ४४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार ११३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले ६९७ मत प्राप्त गर्नुभयो । उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले ८३१ मत प्राप्त गर्नुभयो । प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले काँग्रेसलाई समर्थन गरेको भएपनि माओवादी केन्द्रको चुनाव चिह्नमा ५१ मत परेको छ । वडा नं १ को मतगणना सकिएलगत्तै वडा २ को मत गणना कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना ढिलाइ भएका कारण सर्वदलीय बैठक बसेर अन्य ठाउँबाट पनि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।
पार्वतीकुण्डको मतगणना कार्य स्थगन
रसुवा, जेठ २ । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा समेतका दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना कार्य सोमबार साँझ स्थगन गरिएको हो । पार्वतीकुण्ड गाउँपालिका–१ र २ को मतगणनाबाट नयाँ शक्ति नेपालले भारी मत ल्याएका कारण अन्य दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएको बताइएको छ । सोमबार साँझ ८ बजेदेखि बन्द भएको गणना कार्य वार्ताद्वारा गणना कार्यलाई निरन्तरता दिन प्रयास भइरहेको अधिकृत रेग्मीले बताउनुभयो र खसेको कुल २,९९९ मतमध्ये २,०५७ गणना गर्न बाँकी रहेको बताइएको छ ।
रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी
म्याग्दी, जेठ २ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा ९एमाले०का वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा ९एमाले०का नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ । एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।
सल्यानकाे १२ स्थानमा माओवादी विजयी,काँग्रेस ४ र एमाले ७ स्थानमा विजयी
सल्यान, जेठ २ । सल्यानका २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएको मतपरिणाममा नेकपा माओवादी केन्दले १२स्थानमा विजय हासिल गरेको छ । कपुरकोट गाउँपालिका वडान १ मा बालाराम खड्का , २ मा मानवहादुर राणा, दार्मा गाउपालिका वडान ३ मा सेतिराम रोकाय, ४ मा चन्द्रवहादुर रावत, ६मा दुर्गा मल्ल वडान ५ मा राम ब केसी विजयी भएक छन् । यस्तै ढोरचौर गाउँपालिका वडान १ बाट राम बहादुर बस्नेत, २ न वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न,११ मोहन खड्का, १२ मा दिपक वली, छत्रेश्वरी २ मा प्रेमवहादुर खड्का, रामपुर ६ टेकवहादुर थापा विजयी हुनु भएका छन् । नेकपा एमालेका तर्फवाट शारदा नगरपालिका १ मा नवराज वुढाथोकी, २ मा केशव श्रेष्ठ, ३ मा टोपवहादुर थापा, वन्गाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डाँगी, ढोडचौर ३ मा शालिकराम वुढाथोकी, वागचौर नगरपालिका २ घनश्याम शर्मा, त्रिवेणी १ मा छवी केसी, दार्मागाउँमा १ मा कविकुमार चन्दले विजयी प्राप्त गरे । त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न १ बाट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न ७ नैनसिहं राना, त्रिवेणी २ मेगराज रोका,छत्रेश्वरी १ नेववहादुर शाह विजयी भए । शारदा नगरपालिका नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२ नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ६९३ उपप्रमुख : सरिता हमाल मल्ल ११२० नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३ राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ७७३ वागचौर नगरपालिका नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२ नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४ नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४ वनगाड कुपिन्डे नगरपालिका नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३ नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ८२९ उप प्रमुख : तालमेल नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ८२९ उपाध्यक्ष : मञ्जु यरी ७७२ ढोरचौर गाउपालिका नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने १०१० उपाध्यक्ष : बिमला रेउले ९९१ नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष : पुष्पा वोहोरा १५४० नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष :भूमि वुढाथोकी १२५७ दार्मा गाउँपालिका अपडेट नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१६२६ उपाध्यक्ष ः तालमेल नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १५२३ नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २८३९ उपाध्यक्ष : टिका शर्मा वली २८३० वडा नम्वर २ मा मत गणणना सुरु नेपालीकाँग्रेस डिल्लीवहादुर चन्द १० नेकपा माओवादी केन्द्र डिल्ली केसी पासा∙ १७ त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १३२१ उपाध्यक्ष ः करुणा खड्का १३०६ नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्ष ः पवित्रा केसी ९७९ नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ५१७ उपाध्यक्ष ः लिलावती वुढा ५४४ राप्रपा अध्यक्ष ः मंगलु पुन८४ कपुरकोट गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी २२५ उपाध्यक्ष ः ओकी महतरा ७४ नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन ८८९ उपाध्यक्ष ः तिला बुढा मगर ४९६ नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ७६७ उपाध्यक्ष ः एलिना राना ५९४ कालिमाटी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ३३६ उपाध्यक्ष ः कमला अधिकारी २८१ नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १९१ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी २०८ नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्ष ः प्रिती डिसी विसि २१० छत्रेश्वरी गाउँपालिका नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी.८२९ उपाध्यक्ष ः सिता के.सी. १७४ नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी ४८०उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी १३४ नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ९२१ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १२४
पछिल्लो परिणाम : माओवादी केन्द्र ८, कांग्रेस ७, एमाले ६,
काठमाडौं, जेठ २ । पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लामा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म आएका अन्तिम परिणाम अनुसार माओवादी केन्द्र अघि देखिएको छ । प्रमुख पदमा माओवादी केन्द्र ८, कांग्रेस ७, एमाले–६ मा जितेका छन् माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी, डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया, हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल, डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही, जाजरकोटको शिवालय गाउँपालिकामा लाल बहादुर थापा, रुकुमको चौजहारी गाउँपालिकामा शिाल शर्मा, जुम्लाको हिमा गाउँपालकामा राजबहादुर शाही विजयी भएका छन् । नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले नेकपा एमाले प्रमुख जितेका ठाउँ डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)डोल्पाको काइके गाउँपालिका – अंगद रानामनाङको चामे गाउँपालिका – लोकेन्द्र घलेमनाङको नेस्याङ गाउँपालिका – कान्छा घले मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापास्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी

