निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुँने, के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । वैशाख ३० गत‍े हुने स्थानीय तहको निर्वाचनको लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको छ।

शुक्रबार अपराह्न ५ बजे आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमार्फत् आचारसंहिता लागू हुने बताएका हुन्।

आयोगले यसअघि चैत ३ गते नै आचारसंहिता प्रकाशित गरेको थियो। तर त्यसलाई लागू गरिसकेको थिएन।

आचारसंहिताका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केही विषयमा विरोध जनाउँदै आएको थियो। बिहीबार आयोग पुगेर महासचिव शंकर पोखरेलले केही बुँदामा असहमति जनाएका थिए ।

यस्तै, आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ। तर त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। त्यसलाई सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न भनेको छ।

आयोगले यस निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह ज्याकेट, कमिज, भेष्ट लगायतका कुनै किसिमको पहिरन, स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री–वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने जनाएको छ।

निर्वाचन आचारण संहिता,२०७८ को दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले पालना गर्नुपर्ने आचरणः

(क) सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने,

(ख) आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने,

(ग) कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,

(घ) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अडित ज्याकेट, कमिज, भेष्ट टि सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,

(ङ) घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने,

(च) ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाहता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने,

(छ) अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने,

(ज) प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने,

(झ) सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,

(ञ) सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने,

(ट) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने,

(ठ) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, टेषपूर्ण भाषण (पत्र) जस्ता भासक द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने,

(ड) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने,

(ढ) कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने,

(ण) उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार राजनीतिक दलको वा मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने,

(त) कोभिड( १९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकूल हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,

(थ) निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुयाएको मानिने छैन।

(द) सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी बाहेक कुनै पनि हातहतियार तथा प्रज्वलनशिल पदार्थ बोक्न नहुने,

(ध) कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने,

(न) मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग बादविवाद गर्न तथा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने।

विप्लव नेकपाको बैठक सुरु, निर्वाचनबारे दुई धार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान साढे ८ बजेदेखि बैठक बस्ने भनिएपनि ढिलागरी सुरु भएको हो । बैठकमा महासचिव चन्दले राजनीतिक दस्तावेज पेस गर्ने छन्। उनले पेस गरेको दस्तावेज सबै केन्द्रीय सदस्यले अध्ययन र छलफल पछि निर्णयार्थ पस्तुत हुने छ। बैठकमा आगामी स्थानीय निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा समेत निर्णय हुने नेकपा स्रोतले बतायो। नेकपाभित्र निर्वाचनमा भाग लिने वा नलिने विषयमा दुई धार देखिएको छ।   चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा स्थानीय चुनावमा जाने पक्षमा छन्। सचिवालय सदस्य धमेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढा मगर यसको विपक्षमा छन्।   चुनावमा जाने वा नजाने भन्ने विषयमा अहिले दुई धार देखिएपनि बैठक एउटै धारणा बनाउन सक्षम हुने नेताहरुको दावी छ ।

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । आयोगका अनुसार उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक हुनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेलाई समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने उम्मेवारलाई १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ । आयोगले निर्वाचन आचारसंहिता भने यस अगाडि नै प्रकाशन गरीसकेको छ ।

निर्वाचन आचारसंहितामा चुनाव प्रचारसम्बन्धी के छ व्यवस्था ? (हेर्नुस् पूर्ण पाठ)

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार सम्बन्धि विभिन्न व्यवस्था बनाएको छ । रातको समयमा चुनाव प्रचार गर्न पाईने छैन। बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी कार्यक्रम सञ्चालन गर्न पाइने गरी आयोगले आचारसंहिता जारी गरेको छ। आचारसंहिता राजपत्रमा बिहीबार प्रकाशित भएपछि मात्रै लागू हुने छ। स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा बैठक गर्न पाउने छन्। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न आचारसंहिताले बन्देज गरेको छ । घरधनीको स्वीकृति नलिई कसैको घरमा पनि राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न पनि बन्देज गरिएको छ । हेर्नुस् पूर्ण निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पाठ

शिक्षकले दलगत पक्षधरता लिन र मत माग्न नपाउँने, बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न निषेध

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन आचार संहिता २०७८ जारी गरेको छ । आचार संहिता अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न पाउँने छैनन् । तेस्तै १८ वर्ष मुनिका बालबालिकालाई कुनैपनि राजनीतिक दलले निर्वाचन अभियानमा परिचान वा प्रयोग गर्न आचार संहिताले निषेध गरेको छ । यस्ता छन् बालबालिकासँग सम्बन्धित निर्वाचन आचार संहिता १. परिच्छेद २ को (ग) अनुसार कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धि भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुँने । २. परिच्छेद २ को (छ) अनुसार १८ वर्ष पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुँने । ३. परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न नपाउँने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुँने ।   ४. शिक्षकहरुले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन नपाइँने, मत माग्न नपाउँने । ५. परिच्छेद ३ को ११ अनुसार गैरसरकारी संस्थाका पदाधिकारी, कार्यरत कर्मचारीहरुले दलगत पक्षधरता लिन नपाइँने, सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न, दलगत पक्षधरता लिन नपाउँने । ६. परिच्छेद ४ को (ट)अनुसार राजनीतिक दल, उम्मेदवार, वा दलका भातृसंगठनले १८ वर्ष पुरा नभएका बालबालिकालाई चुनावी प्रचार प्रसार धर्ना जुलुस आम सभामा प्रयोग गर्न नपाउँने ।  

राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ अन्तर्गत दाङमा १५ मत बदर

दाङः राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ अन्तर्गत दाङमा भएको मतदानमा १५ मत बदर भएको छ। निर्वाचनमा खसेको कुल ३०३ मतमध्ये १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। कुल ३०५ मतदातामध्ये ३०३ जनाले मात्रै मतदान गरेका थिए। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने प्रावधान छ। प्रदेशसभा सदस्यतर्फ ८७ जना र प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहका २१८ जना जनप्रतिनिधिहरु मतदाता भए पनि प्रदेश ५ का नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। उनीबाहेक सबै प्रदेश सांसदको मत खसेको छ। स्थानीय तहअन्तर्गत २१८ मध्ये २१७ मत खसेको छ। बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तवले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।

राष्ट्रिय सभा निर्वाचनः कहाँ को निर्वाचित? (सूचीसहित)

काठमाडौंः  राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश– २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश– २ मा नेकपा र राजपाले तालमेल गरेका थिए। निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। राजपाले अन्य दलसँग चुनावी तालमेले गरेको भए नेकपाले त्यहाँ कुनैपनि सिट हात पार्न सक्ने थिएन। राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए। प्रदेश १ बाट महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपी बहादुर सार्की आछामी र अन्य तर्फ देबेन्द्र दाहाल विजयी भएका छन्। उनीहरु तीनै जना सत्तारुढ नेकपाका उम्मेद्वार हुन्। प्रदेश २ मा महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी भएका छन्। उनीहरु नेकपाका उम्मेद्वार हुन्। अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फ शेखर कुमार सिंह र अन्य तर्फ मृगेन्द्र कुमार सिंह यादव राजपाबाट विजयी भएका छन्। बागमती प्रदेशबाट महिला तर्फ गंगा कुमारी वेलवासे, अन्य तर्फ बेदुराम भुसााल विजयी भएका छन्। गण्डकी प्रदेशबाट महिला तर्फ भगवती न्यौपाने, अन्यतर्फ नारायण काजी श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता हुन्। प्रदेश ५ बाट महिलातर्फ बिमला घिमिरे, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फबाट जग प्रसाद शर्मा, अन्यबाट गोपाल भटृराईले जित हात पारेका छन्। सबै नेकपाका उम्मेद्वार हुन्। कर्णाली प्रदेशबाट महिला तर्फ सुमित्रा वि.सी. र अन्य तर्फ माया प्रसाद शर्मा विजयी भएका छन्। कर्णालीमा पनि जित्ने दुवै नेकपाका उम्मेद्वार हुन्। त्यसैगरि सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ शारदा देवी भटृ र अन्य तर्फ तारामान स्वांर विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसदहरु तर्फबाट ९९. १५ र स्थानीय तहका प्रमुख र उपप्रमुखका तर्फबाट ९९.१९ प्रतिशत मतदान भएको थियो। राष्ट्रिय सभामा निर्वाचित भएपनि सांसदहरुको कार्यकाल फागुन २१ गतेबाट मात्र सुरु हुनेछ। फागुन २१ गते राष्ट्रिय सभाको १९ सिट रिक्त हुदैँछ। रिक्त हुने १ सिटमा भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन्।  

प्रदेश ३ को नाम–राजधानी तोक्न मतदान प्रक्रिया सुरु

हेटौँडाः प्रदेश ३ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान सुरु भएको हो । पहिलो चरणमा प्रदेशको स्थायी राजधानी र त्यसपछि प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको छ ।  

उपनिर्वाचनका लागि २१ दल दर्ता

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए । वि.सं. २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन । आयोगमा राजनीतिक दल हेर्नुहुने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि दल दर्ताको निवेदन दिएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच २०७५ जेठ २३ मा औपचारिक रूपमा एकीकरण भई नयाँ दल बनेकाले आयोगमा पुनः दर्ता गर्नु परेको हो । यसैगरी अर्को सत्तारुढ ‘समाजवादी पार्टी’ पनि उपनिर्वाचनका लागि दर्ता भएको छ । तत्कालीन सङ्घीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच २०७६ साउन १७ गते एकीकरण भई नयाँ दल बनेको हो । यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बी.पी., ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी छन् । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

राष्ट्रियसभाका मतदातालार्इ २२ गतेसम्म मतदान केन्द्र पुग्न कांग्रेसको निर्देशन

काठमाडौं, माघ २०। राष्ट्रियसभा निर्वाचनमा अनिवार्य सहभागिताको लागि नेपाली कांग्रेसले मतदातानामावलीमा नाम भएका नेताहरुलाई निर्देशन दिएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै निर्देशन दिएको हो । यही माघ २४ गते देशका सात वटै प्रदेशहरुमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुदैछ । त्यसका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुलाई माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु पनि निर्देशन दिएको छ । विज्ञप्तीा पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहन र २०७४ माघ २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न पनि निर्देशन दिएको उल्लेख छ ।

यसरी भयो एमाले र माओवादीबीच राष्ट्रियसभाका सिटको भागभाण्डा

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच राष्ट्रिय सभा सिटको भागबण्डा भएको छ । बुधबार बसेको एमाले(माओवादी संयुक्त कार्यदलको वैठकले भागबण्डा गरेको हो । जसअनुसार, ४३ सीटमा एमाले र माओवादीले उम्मेदवारी दिनेछन् । एमालेको भागमा २९ र माओवादीको भागमा १४ सिट परेको छ । एमाले र माओवादीले जित्नसक्ने ४३ सिटमा भागबण्डा गरिएको र यसलाई एकता संयोजन समितिमा बुझाइने कार्यदलका सदस्इ सुवासचन्द्र नेम्वाङले बताए । राष्ट्रिय सभाका ५६ मध्ये १३ सिटमा अन्य दलसँग पनि तालमेल गर्न सकिने नेम्वाङले जनाए । एकल संक्रमणिय मतका आधारमा निर्वाचन हुने भएकोले एमाले र माओवादीले जित्नसक्ने सिटमा मात्रै भागबण्डा गरेका हुन । माघ २४ गते राष्ट्रिय सभा निर्वाचन हुदैछ ।

बीना मगरको क्षेत्रमा समानुपातिकमा सबैभन्दा बढी मत माओवादीलाई

कञ्चनपुर, मंसिर २९ । गएको मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभा चुनावको समानुपातिक तर्फ कञ्चनपुर क्षेत्र नं १ मा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रले पाएकाे छ । उक्त क्षेत्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मोओवादी नेतृ बीना मगर प्रतिस्पर्धी भन्दा दोब्बर मतले विजयी भएकी थिइन । उक्त क्षेत्रमा जम्मा ६३ हजार ४१६ मत खसेकोमा प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले १९ हजार ०१३ मत प्राप्त गरेर पहिलो भएको छ । भने नेपाली कांग्रेसले १६ हजार ७५३ मत ल्याई दोस्रो भएको छ । १५ हजार ८४५ मत प्राप्त गरी नेकपा एमाले तेस्रो भएको छ । त्यसैगरी प्रदेशसभातर्फ माओवादी केन्द्रले १७ हजार ०१७, एमालेले १५ हजार ८३१ र कांग्रेसले १५ हजार २४९ पाएका छन् ।

दुईपूर्व सांसदसहित एक सय ९८ जनाको जमानत जफत

रौतहट । रौतहटमा १ सय ९८ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । नेपाली जनता दलका अध्यक्ष एंव पूर्वसांसद रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हरिचरण साहसहित १ सय ९८ जनाको जमानात जफत भएको छ । २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका साहले यसपटकको निर्वाचनमा ३ सय ३८ मत प्राप्त गरेपछि जमानत जफत भएको छ । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनपछि सभासद् बनेका बबन सिंहको समेत यसपटकको निर्वाचनमा जमानत जफत भएको छ । उनले १६ सय ६९ मत पाएका छन् । रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार बबन सिंह २०६४ सालको निर्वाचनमा विजयी भएका थिए । साह र सिंहसहित १ सय ९८ जना उम्मेदवारको जमानात जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । चार प्रतिनिधि र ८ प्रदेशसभा सदस्यका लागि रौतहटमा २ सय ३५ जनाको उम्मेदवार मैदानमा थिए । प्रतिनिधि सभाका सदस्यका लागि चारवटा निर्वाचन क्षेत्रमा गरी ९२ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा ८० जनाको जमानात जफत भएको छ भने प्रदेश सभाको ८ निर्वाचन क्षेत्रका लागि १ सय ४२ जनाको उम्मेदवारी रहेको १ सय १८ उम्मेदवारको जमानत जफत भएको हो । रौतहटमा नेपाली कांग्रेस, वाम गठबन्धनका एमाले र माओवादी केन्द्र, मधेसवादी दलको गठबन्धनका राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएमा जमानत जफत हुने प्रावधान छ ।

समानुपातिकतर्फ ७० लाख मतगणना सम्पन्न, कुन दलले कति ल्याए ?

काठमाडौं, मंसिर २७ । प्रतिनिधि र प्रदेशसभाको गत मंसिर १० र २१ गते भएको निर्वाचन अन्तगर्त समानुपातिकतर्फको मतगणना जारी छ । प्रतिनिधिसभा तर्फ करीब ७० लाख मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मात्र थ्रेसहोल्ड कटाएका छन् । निर्वाचन आयोगका अनुसार एमालेले २२ लाख ८१ हजार २ सय १८, कांग्रेसले २१ लाख ९२ हजार १ सय ५०, माओवादी केन्द्रले ९ लाख ३ हजार ५ सय ४० मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रको समानुपातिकतर्फ समाजवादी जनता पार्टी र जनजागरण पार्टीको पनि मत जोडिएको हो । ती दुबै पार्टीले माओवादी केन्द्रको चिह्न लिएर चुनाव लडेका थिए । त्यसैगरी, फोरम नेपालले ३ लाख ९ सय ८६, राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ३९ हजार ३ सय ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ५० हजार ९ सय ३१ मत पाएका छन् । विवेकशील साझाको १ लाख ४८ हजार ३ सय ५१, नयाँ शक्तिको ६३ हजार १ सय ५०, राप्रपा प्रजातान्त्रिकको ५२ हजार ६ सय ५७, राष्ट्रिय जनमोर्चाको ३८ हजार २ सय ८३ र अन्य दलको २ लाख २५ हजार २ सय ८६ मत छ ।

स्याङ्जा २ मा गोपालमानलाई सकस, अर्याल मतान्तर बढाउँदै

स्याङ्जा, मंसिर २६ । स्याङ्जा क्षेत्र २ मा वाम गठबन्धनका एमाले उम्मेदवार पद्माकुमारी अर्यालको अग्रता कायमै छ । अर्याल नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ भन्दा ४२ सय ४२ मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार अर्याल २४ हजार ५७१ प्राप्त गरि अग्रस्थानमा छन् भने २० हजार ३२९ मत प्राप्त श्रेष्ठले पछ्याई रहेका छन् ।

स्याङ्जा २ (क) मा मोहन रेग्मी विजयी

स्याङ्जा, मंसिर २६ । स्याङ्जाको क्षेत्र नम्बर २ (क) मा बाम गठबन्धनका एमाले उम्मेदवार मोहन रेग्मी विजयी भएका छन् । उनीे प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णु पौडेललाई ३ हजार ४७३ मतले पछाडि पार्दै विजयी भएका हुन् । रेग्मीले १६ हजार ६ सय १३ मत प्राप्त गरे भने पौडेलले १३ हजार १ सय ४० मत पाए ।