उम्मेदवारको वाँडफाँड टुंग्याउन एमालेको स्थायी कमिटी बैठक

काठमाडौं, कात्तिक १२ । वाम गठबन्धनको टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचीमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक जारी छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैंसीपाटीमा बैठक जारी छ । शनिबार राती अवेरसम्म बसेको पार्टी एकता संयोजन समिति र कार्यदल वैठकले एमाले, माओवादी र अन्य दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो ।

कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको प्रतिवेदनलाइई एमाले र माओवादी केन्द्रबाट अनुमोदन भएपछि मात्रैसार्वजनिक गरिने एक नेताले बताए ।

गएको असोज २८ गते निर्वाचन आयोगमा दलहरुले पेश गरेको समानुपातिकको उम्मेद्वारको सूचीमा नाम सच्चाउने आज अन्तिम दिन भएकाले यस विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रचण्डलाई जिताउन चितवनमा चुनाबी अभियान सुरु

चितवन, कार्तिक १ । नेकपा माओवादी केन्द्र चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउनका लागि चुनावी अभियान सुरु गरेको छ । गएको भदौ २३ नै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उठ्ने घोषणा थिए । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय नेता अमिक शेरचन रहेका छन् । तीनवटै क्षेत्रमा पनि समिति गठन भएको छ । पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तिव्रता दिएको नेताहरुको भनाइ छ । कार्तिक ७ मा आमसभा माओवादीले कात्तिक ७ गते आमसभाको आयोजना गरेको पार्टीका जिल्ला संयोजक नेता यमबहादुर परियारले जानकारी दिए । सो सभालाई सम्बोधन गर्न माओवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा ‘वादल’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ आउने परियारको भनाइ छ । आमसभाको पनि भव्य तयारी भएको नेता परियारले बताए ।

वाम एकताले देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग : मन्त्री शाही

काठमाडौं, कार्तिक १ । बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कार्तिक ५ गते सरकारबाट बाहिरिने बताएका छन । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मंगलबार मात्रै जिम्मेवारी हेरफेर गरी विनाविभागीय बनाएका थिए । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको भन्दै कार्त्तिक ५ गते सरकारबाट हट्ने स्पष्ट बताएका हुन । ‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौंमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्’ उनले भने, ‘हामी यही कार्तिक ५ गतेसम्म सरकारमा बस्छौं त्यसपछि सरकार छोड्छौं ।’ मन्त्री शाहीले प्रधानन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयनको मितिसम्म सरकारमा बिनाविभागीएकै रुपमा भए पनि बस्ने स्पष्ट पारे । चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसिरहेको मन्त्री शाहीको दाबी छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले म‌ंगलबार नै राजीनामा दिने तयारी गरेका थिए । तर, दिउँसो एक्कासी सरकारले चुनाव सार्न लागेको निर्वाचन आयोगबाट गोप्य सूचना पाएको भन्दै सरकारबाट बाहिरिने निर्णयबाट माओवादी पछि हटेको थियो । तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने उनले चेतावनी दिए । मन्त्री शाहीले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत दाबी गरे । वाम एकताको कुराबाट देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको टिप्पणी गर्दै उनले भने,‘वाम एकताको नाममा देशलाई स्थिरता र समृद्धितर्फ लैजान नदिने देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको छ, उहाँ सुते पनि नसुते पनि हाम्रो एकता मुलुकको लागि हो, लोकतन्त्रको लागि हो, कुनै छलकपट लुकाएर गर्न खोजिएको एकता होइन।’

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, चुनाब सर्ने प्रपञ्च असफल

काठमाडौं, कार्तिक १ । सर्वोच्च अदालतले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र हुनुपर्ने माग गर्दै दायर भएको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

मुमाबहामहारानी रत्नका कारण पूर्वराजपरिवारको तिहार खल्लो हुने

काठमाडौं । यसपटकको तिहार पूर्वराजपरिवारका लागि खल्लो हुने भएको छ । देश शोकमा परेको नाममा दशैंको टीका कार्यक्रम गरिएन । तिहारका लागि पूर्वमुमाबडामहारानी रत्नले कुनै कार्यक्रम नगर्न भनेकी छन । ज्ञानेन्द्रका तीन चेलीमध्ये शोभामात्र जीवित छन् । बैंककबाट आइतबार स्वदेश फर्किएका पूर्वराजा सोही दिन आमालाई भेटन नारायणहिटीस्थित महेन्द्र मञ्जिल पुगेका थिए । रत्नको बोली पनि उति प्रष्ट छैन । उनको अवस्थाबारे ज्ञानेन्द्रले सोधे । डाक्टरले हिँडडुल गर्न र भेटघाट घटाउन सुझाव दिएको धाइआमाहरुले सुनाए । रत्नको निजी सहयोगी शम्भु अधिकारीले स्वास्थ्यकै गडबडीका कारण रत्नले तिहार नमान्ने भएको सुनाए । ‘सरकारबाट मर्जी भएअनुसार सुशील राजालाई बिन्ती गरिसकेँ’, शम्भुले ज्ञानेन्द्रलाई बताए । सुशील शमशेर रत्नका एकमात्र भाइ हुन् । उनी २०१७ देखि २०२४ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव थिए । रत्न ८९ वर्षकी भइन् । उनलाई अन्तिम पटक गत असार २ मा नर्भिकमा भर्ना गरिएको थियो । जनआस्था साप्ताहिकबाट

सीपी मैनाली नेतृत्वको मालेबाट पोलिटव्यूरो सदस्यसहित चारजना निष्काशित

काठमाडौं, कार्तिक ३१ । नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीनजना पोलिटब्युरो सदस्यसहित चारजनालाई निष्कासन गरेको छ । निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् । उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षमा मंगलबार बसेको बैठकले उनस्हरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यबाटसमेत निष्कासित गरेको हो । ‘पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान गर्दछ’–सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए ।

देउवाले सर्वोच्च अदालतमार्फत चुनाव सार्न खोजे : महासचिव पोखरेल

काठमाडौं, कार्तिक १ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरवहादुर देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको बताएका छन । चुनाव सार्न देउवाले संवैधानिक अंगलाई प्रभावित पार्ने खोजेको आरोप लगाएका छन् । महासचिव पोखरेलले बुधवार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव सार्ने खेलमा राज्यका अंगहरुलाई प्रभावित पार्न खोजिएको बताए । ‘देउवाको विगत चुनाव नगराउने खलनायकका रुपमा चित्रित छ । अहिले पनि उनी यही खेलमा लागेका छन् ।, महासचिव पोखरेलले भने, ‘सर्वोच्च अदालतमा सन्दर्भहीन विषय छलफलमा लैजानुले आशंका जन्माएको छ ।’ निर्धारित मितिमा चुनाव नभए देउवाको दुर्गति हुने भन्दै उनले चुनावबाट कांग्रेस भाग्न खोजिरहेको बताए । उनले राज्यका सबै अंगहरुले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भन्दै कतैबाट प्रभावित भए दुर्भाग्य हुने बताए । एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमार्फत चुनाव सार्न खोजेको आरोप लगाउँदै सारिए दुर्भाग्य हुने बताएका छन् राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभाको लागि अलग–अलग मतपत्र हुनुपर्ने भन्दै दायर गरेको रिटमाथि आज सर्वोच्चमा सुुनुवाई हुँदैछ । महासचिव पोखरेलले सर्वोच्चमा आज हुने सुनुवाइप्रति लक्षित गर्दै चलखेलको आरोप लगाएका हुन् ।

गृहमन्त्री शर्माले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असोज ३१ । गृहमन्त्री जनार्दन शर्माले मंगलबार दिउँसो २ बजेका आगि विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन । देउवा सरकारबाट मन्त्री फिर्ता बोलाउने पार्टीले निणर्य गरे लगत्तै गृहमन्त्री शर्माले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । पत्रकार सम्मेलन गरी आजसम्म आफूले गृहमन्त्रालयमा गरेका कामबार जानकारी गराउदै सरकारबाट बाहिरिएको औपचारिक रुपमा घोषणा गर्ने बताइएको छ ।

१५ सिटमा तालमेलकाे प्रस्ताव लिएर बाबुराम पुगे प्रधानमन्त्री निवास बालुवाटार

काठमाडौं, असोज ३१ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका छन् । डा. भट्टराई सोमबार तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ शक्ति पार्टीले एमाले-माओवादी गठवन्धनसँग प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३० सिट दावी गरेको थियो । तर, वाम गठवन्धनले नयाँशक्तिको प्रस्ताव अस्वीकार गरेपछि डा. भट्टराई कांग्रेससँग तालमेलको प्रयासमा जुटेका हुन् । तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका भट्टराईलाई कांग्रेस नेताहरुले सकारात्मक जवाफ दिएको नयाँ शक्तिको दाबी छ । कांग्रेस नयाँ शक्तिसँग तालमेलका लागि तयार रहेको भन्दै जित्ने निश्चित भएका निर्वाचन क्षेत्र प्रस्ताव गर्न कांग्रेस नेताहरुले डा. भट्टराईलाई सुझाएका छन् । गोरखा क्षेत्र नम्बर २ डा. भट्टराईलाई छाड्न कांग्रेस नेताहरु सहमत भइसकेका छन् । त्यस वापत एक नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाउने छ । गोरखा २ मा डा. भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठलाई एमालेको साथ रहने छ भने भट्टराईले कांग्रेसको साथ पाउने छन् । नयाँ शक्तिले प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना उम्मेदवारको मात्र नाम सार्वजनिक गरेको छ । ती क्षेत्रमा कांग्रेसले आफूलाई सघाउनुपर्ने नयाँ शक्तिको माग छ । स्रोतका अनुसार मंगलबार कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेलबारे ठोस छलफल गर्ने सहमति बालुवाटारमा भएको छ ।

माओवादी सहमतिबाट पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : रायमाझी

काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेससँग भएको सहमतिबाट आफ्नो पार्टी पछि नह्ने बताएका छन । सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने पनि स्पष्ट पारेका छन । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका हौं । ‘हामी र कांग्रेसबीच भएको प्रतिबद्धताअनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ ।’ नेता रायमाझीले भने, ‘अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।’ प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराउनुको उद्देश्य स्पष्ट नभएको भन्दै नेता रायमाझीले भने, ‘प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो त्यो चाहीँ बुझिएन । उहाँले राख्न खोज्नु भएको हो कि, हटाउन खोज्नुभएको हो कि, विनाविभागीय बनाउन खोज्नुभएको हो कि, त्यो बुझ्न सकिएन, यदि उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यहीअनुसार निर्णय लिन्छौं ।’ माओवादी नेता रायमाझीले भने, ‘हामी त सहमतिबाट एक इन्चपनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो, उहाँले गलत गर्नुभयो ।’ उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । राष्ट्रको अबको लक्ष्य आर्थिक समृद्धि हाँसिल गर्नु भएकाले मुलुकमा धेरै पार्टीको आवश्यकता नरहेको उनको तर्क छ । नेता रायमाझीले भने, ‘वामपन्थी विचारधारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन । न त जनताले नै धान्न सक्छन् ।’

वाम एकतापछि अस्थित्व संकटमा पर्ने डरले केही दल रन्थनिए : ओली

भक्तपुर, असोज २९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम एकतापछि अस्थित्व संकटमा पर्ने डरले केही शक्ति रन्थनिएको बताएका छन । एमालेका अध्यक्ष ओलीले चुनावको मुखमै मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रकै खिल्ली उडाएको बताएका छन् । आइतबार आफ्नै निवास भक्तपुरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको टिप्पणी गरे । चुनावको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदासमेत कतैबाट बिरोध नभएको देख्दा आश्चर्य लागेको उनको भनाइ थियो । अध्यक्ष ओलीले सरकारले जस्तोसुकै हथकन्डा अपनाए पनि आगामी निर्वाचनमा वामपन्थी शक्ति पहिलो हुने दाबी गरे । कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने निर्वतमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतलाई स्वागत गरेका थिए ।

‘विकास र सम्वृद्धीका लागि प्रचण्डले जित्नुपर्छ’

चितवन, असोज २९ । देश र चितवनको विकासका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाब जित्नु पर्ने बताइएको छ । चितवनको समग्र विकास र संबृद्दीका लागि अध्यक्ष प्रचण्डले चुनाब जित्नैपर्ने बताइन् ।दाहालले सम्पुर्ण जनसमुदायलाइ एकाकार गर्दै निर्वाचनमा केन्द्रीत हुन आग्रह गरिन् । आफ्ना हक अधिकार स्थापित गर्ने लडाइ अझै जारीराख्न अनेम संध क्रान्तिकारीकि महासचिब तथा भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले आग्रह गरेकी छन् । अधिकारको लडाइ अझै जारीराख्दै हक अधिकारहरू मागेर होइन खोसेर लिनुपर्ने बताइन् ।महिलाहरूलाइ आर्थिक सामाजिक राजनितिक र सॉस्कृतिक अधिकार दिलाउन अनेमसंध क्रान्तिकारीको बलिदानिपूर्ण भूमिका रहेक भन्दै अधिकारको लडाइ अझै जारी राख्न आग्रह गरिन् । अखिल नेपाल महिला संध क्रान्तिकारी माडी नगरसमितिको बसन्तपुरमा नगर भेलालाइ सम्बोधन गर्दै महासचिब दाहालले ०६४ साल निर्वाचन बर्ष भयको भन्दै सबै नेता कार्यकर्ता मंसिर २१को निर्वाचनमा केन्द्रित हुन आग्रह गरिन् । भरतपुर महानगरपालिकाकी प्रमुख समेत रहेकी दाहालले पार्टी अध्यक्ष पुस्पकमल दाहाल ९प्रचन्ड० चितवन क्षेत्र न ३ बाट चुनाब लड्नेबताउदै चितवनबासीकालागी अवसर र चुनौती खडा भयको बताइन् । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तथा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य ठाकुर ढकालले भेलाको सफलताको शूभकामना ब्याक्तगर्दै आगामी निर्वाचनमा पार्टी अध्यक्ष प्रचन्डलाइ बिजयी गराउने काममा अभियानको रूपमा सक्रिय हुन सम्पुर्ण नेता कार्यकर्तालाइ आग्रह गरे । ढकालले माडीमा भ्रमको खेतीगरेर जनता ढॉट्ने हरूको कमिनरहेको भन्दै त्यस्ताहरूलार्इ खबरदारी गरिरहन आग्रह गरे । माडी नगरपालिका स्तरिय भेलामा अनेमसंध क्रान्तिकारीकी चितवन अध्यक्ष संगिता भट्टराइ माओवादी रेन्द्र माडी नगर इन्चाज सुमन बराल ,महिला नेत्री अंबिका लामिछाने लगायतका बक्ताहरूले आ आफ्नो धारणा ब्याक्त गरेका थिए । भेलाले साबित्री पान्डेको अध्यक्षतामा ३० सदस्यीय माडीनगरपालिका स्तरिय नया कार्यसमिती चयन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले चुनाब बहिष्कार

काठमाडौं, असोज २८ । नेपाल कम्युनष्टि पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको छ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागि नहुने भएको छ । पार्टी अध्यक्ष ऋषिराम कट्टेलले आइतबार एक विज्ञप्ति निकाल्दै निर्वाचन गराउने संविधानले नै बैधानिकता गुमाइसकेकाले त्यस्तो संविधान अनुसार हुने निर्वाचनमा सहभागि नहुने जनाएका हुन । कट्टेलले तीन दलीय सिण्डिकेटको रक्षा गर्न बनाइएको संविधान अन्तर्गत हुने निर्वाचनले किसान, मजदुर लगायत आम उत्पीडित वर्ग र समुदायको पहुँच र प्रतिनिधित्व गराउन नसक्ने जिकिर गरिएको छ । त्यस्तै निर्वाचन आयोगको निरिहता ,सत्तासिन दलहरुका गतिविधि ,स्थानीय तह देखिनै दलहरुलाई प्रतिवन्ध लगाउने, त्यतिले नपुगेर थ्रेसहोल्ड लगाउने, सत्ता शक्ति र पैसाको व्यापक प्रयोग जस्ता कुराहरुले यो निर्वाचन पनि धाँधलीयुक्त हुनेकुरा पनि स्वतः प्रष्ट भएको अध्यक्ष कट्टेलको दावी छ ।

कांग्रेस बैठकमा चर्काचर्की दिउसो ४ बजे फेरि बस्ने

काठमाडौं, असोज २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । शुक्रबार विहान बसेको बैठक फेरि दिउसो ४ बजे बस्ने गरी स्थगित भएको बताइएको छ । नेताहरुबीच बैठकमा उम्मेदवार छनाैटका  विषयमा  विवाद भएकाे बताक्इएकाे ५ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वाम गठबन्धनबाट पर्ने प्रभाव तथा लोकतान्त्रिक गठबन्धन निर्माणमा रहेका चुनौतीबारे केन्दित रहेर छलफल भएको एक नेताले बताए । यसैगरी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका मापदण्ड र विधिबारे समेत छलफल भएको बताइएको छ । स्थानीय तहमा उम्मेदवार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । बैठकले बामपन्थी ध्रुवीकरणका विरुद्दको रणनीति तय गर्ने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रियलाई उम्मेदवार बनाउनुपर्नेमा विषेश जोड दिएका थिए ।

ओलीले वाम एकताका नाममा प्रचण्ड र बाबुरामलाई फसाए : डा महत

भक्तपुर, असोज १९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको आरोप लगाएका छन । नेपाली काँग्रेस सूर्यविनायक नगर कमिटीले बिहीबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “राजनीतिमा एमाले सबैतिरबाट एक्लिंदै गयो, अनि बाध्य भएर एमाले अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरामलाई फसाए ।” वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट काँग्रेस विचलित नहुने उनको भनाइ थियो । उनले वर्तमान सरकारले नै मंसिरको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिने बताए ।

उपेन्द्रलाई ठूलो झड्का, फोरम नेपालका उपमहासचिव साहद्वारा पार्टी परित्याग

कपिलवस्तु, असोज १७ । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेकप्रताप साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन । उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको बताइएको छ । मंगलबार नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा फोरम नेता साहले मधेस र मधेसी नागरिकको हितमा पार्टी नेतृत्वले काम नगरेको आरोप लगाउदै पार्टी परित्याग गर्नु परेको बताएका छन । २ नम्बर प्रदेशमा मात्रै पार्टी नेतृत्व सीमित रहेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा ठूलो रकम लिने गरेको, मधेस आन्दोलनबाट पार्टी नेतृत्वमा रहेका मधेसी नेताले अकुत सम्पत्ति कमाएको आरोप साहले लगाएका छन ।