प्रकाश दाहालकाे प्रष्टिकरण -‘म समानुपातिकमा परेकाे छैन्’

काठमाडौं, कात्तिक १८ । नेकपा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहालले अाउँदाे प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकमा नपरेकाे प्रष्टिकरण दिएका छन् ।

केहि मिडियामा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्म जस्ता समाचार सम्प्रेषण गरेपछि शुक्रवार साँझ सामाजिक सञजालबाट अफवाह नफैलाउन अाग्रह गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन् ‘म संसद समानुपातिक वा प्रत्यक्ष कतैको उमेद्वार होईन र थिईन किनकी म भन्दा धेरै सिनियर र कृयाशिल कमरेडहरुको त्यहां भूमिका बढी छ तर केहि मिडियामा प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्मको कुरा ल्याईयो ।’

दाहालले अाफु भन्दा सिनियर र कृयाशिल नेताहरुले जिम्मेवारी पाउनुपर्छ र पार्टीले दिएकाे जिम्मेवारी पुरा गर्न लाग्ने बताएका छन् । उनी थप लेख्छन ‘मेरो सुरुदेखि (२०५६ साल) एउटै उद्धेश्य थियो पार्टी र नेतृत्वलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने  र म कहि कतै पद प्रतिष्ठाको आकांक्षी हैन र त्यो दौडमा छैन ।’

पार्टीले व्यक्तिकाे क्षमता अनुसार जिम्मेवारी दिनुपर्ने र दिनेमा उनी विश्वस्थ रहेकाे तर्क गर्छन । ‘पार्टीले मेरो क्षमता अनुसार जहां जिम्मा दिन्छ म त्यो बहन गर्न तयार छु र अहिले जहां छु पार्टीकै निर्देशनमा छु।’ भन्छन ‘कृपया अनर्गल प्रचारबाजीमा नलाग्न म सबैलाई अनुरोधपनि गर्दछु ।’

यसअघि पनि अाफु र अाफ्नाे परिवारका सदस्यलार्इ जाेडेर अनावश्यक अफवाह फैलार्इएकाे भन्दै दाहालले सच्चिन अाग्रह गर्दै अाएका छन् । केहि महिना अगाडी माओवादी नेता तथा प्रचण्डका छोरा प्रकाश दाहालले आफ्ना २७ महीने छोराका बारेमा प्रकाशित समाचारका बिषयमा  कडा टिप्पणी गरेका थिए  ।

प्रकाश दाहालका छोरा पजेरो चढेर राजधानिको एक बोर्डिंग स्कूल पढ़ने गरेको आशयको समाचार एक अनलाइनमा प्रकाशित भएपछि प्रकाशले अबोध बालकमाथि समेत आरोप लगाएको भनेर टिप्पणी गरेका हुन ।

स्थानीय तहको निर्वाचन अघि ४,५ महिना कंचनपुरको पुनर्वासमा आमा बिना मगरसँग नै छोरा समेत रहेको प्रकासले बताएका छन ।
अहिले पनि संगठन र चुनावका लागि आमाक बिना मगर कंचनपुरमा खटीएको र छोरा प्रणव समेत उतै रहेको भएपनि आरोप लागाउनु नाजायज़ भएको उनले जनाए ।

कंचनपुरको क्षेत्र न १ बाट गत संबिधानसभाको निर्वाचनमा झिनो मतले पराजित बिना मगर अधिकांश समय संगठनकै काममा ज़िल्लामा रहने र छोरा प्रणव समेत उनिसंग नै रहने प्रकाशले बताए ।

अहिले अखिल क्रान्तिकारीको सम्मेलन चलिरहेको संदर्भ पारेर नियोजितरूपमा आफ़नो र अबोध छोराको चरित्रहत्त्या गर्न खोजेको प्रकाशले टिप्पणी गरे ।

प्रकाश दाहालले फ़ेसबुकमा लेखेका थिए :

‘आफ्नो आमासंग सुदुरपश्चिमको संगठन सुदृढी गर्न र चुनाव मध्यनजर अहिले देखि उतै खटिएर बसेका आमा छोरालाई पजेरो चढेर स्कूल जाने भनेर न्युज लेख्नु कति जायज हो ? ए त्यो लेख्ने महाशय पहिला बच्चा कहां छ के छ सोध्नु कर्तव्य हैन र ? हामीलाई त आरोपको चांग लगाएर राखेका छौ हूंदा हूंदा यो अवोध बालकमाथीपनि आरोपको चांग लगाएयौं ???

कुरा रहयो विधार्थी संगठनसंग जोडेर पजेरो चढेर स्कूल जाने म त्यतिनै चिन्तित कहां छु भने यिनको आमा जो चुनाव भन्दा ४ महिना अगाडीनै कार्यक्षेत्रमा होमिईन् ( जो कुनै नेता कार्यकर्ता खटिएको छैन र जाने रुचिपनि राखेका छैनन) उनले गर्दा यि बालकको पढाईपनि आफ्नै बाउ जस्तो हुने त हैन ??’

दाहालले थपे ‘यस्ता न्युज शेयर गरेर आनन्द लिनेहरु कुन कार्यक्षेत्रमा खटिनु भएको छ र तपाई आफ्नो सन्ततीको पढाई धरी नगराई संगै क्षेत्रमा लिएर हिड्नु भएको छ । लेख्न पत्रकार यि बालक डेढ वर्ष हैन २७ महिना भए । र तपाईले भनेको पजेरो देखाईदिन पर्यो ! नभए यि अबोध बालकलाई अन्याय गर्ने तपाई जस्ता भाडाका पत्रकारलाई कुनै अधिकार छैन । तपाईहरुको पेसा यहि हो ?? ‘

याे पनि पढाैँ

प्रकाश दाहालको चर्को आक्रोश: ‘भाडाका पत्रकार’लाई कसले दियो यस्तो अधिकार ?

‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’

सत्ताको दुरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न कांग्रेसलाई ओलीको चुनौती

झापा, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई चुनाबमा राज्यशक्तिको दूरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न चुनौती दिएका छन । एमाले अध्यक्ष ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहना अनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन । झापाको दमकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।” अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारी अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए । उनले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गरे ।

दोस्रो चरणको चुनाबमा यी क्षेत्र विशेष

काठमाडौं, कात्तिक १७ । चुनाब भन्ने वित्तिकै त्यो आफै विशेष हुने गर्छ । तर कहीले कहीँ उम्मेदवारको लोकप्रीयता,आचरण र व्यवहारले त्यो अझै विशेष हुने गर्छ । दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ क्षेत्रमा निर्वाचन हुँदैछ । यीमध्ये केही क्षेत्र धेरै चर्चामा छन् । शीर्ष र केही चर्चित नेताहरुको उम्मेदवारीका कारण । दोस्रो चरणका प्रतिनिधिसभा निर्वाचनमा चर्चामा रहेका क्षेत्र: चितवन ३ यति बेला नेपाली राजनीतिको चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । उनको उम्मेदवारीका कारण चितवन चर्चित छ । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन । उनीका प्रतिस्पर्धी कांग्रेसको समर्थनमा राप्रपाका विक्रम पाण्डे छन । झापा ३ यस क्षेत्रमा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिनुभएको छ । लिङदेनलाई वाम गठबन्धनको समर्थन छ । अरु ठाउँमा कांग्रेसले राप्रपासँग तालमेल गरेपनि यहाँ सिटौला र लिङदेनले छाड्न नमानेपछि राप्रपा र वाम गठबन्धनको तालमेल भएको हो । मोरङ ६ एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा शेखर कोइराला दुवैले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । धनुषा ३ यस क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले प्रतिस्पर्धा गर्दै छन । काठमाडौं १ यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार छन । यो क्षेत्रलाई कांग्रेसको प्रभाव भएको मानिन्छ । काठमाडौं २ यस क्षेत्रमा वाम गठबन्धनबाट एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसबाट दीपक कुईंकेल र विवेकशील साझा पार्टीबाट डा. सूर्यराज आचार्य उम्मेदवार छा । काठमाडौं ४ यस क्षेत्रबाट कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले उम्मेदवारी दिए छन । उनसँग वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धा गर्दै छन । काठमाडौं ५ यहाँ वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा‍ प्रकाशशरण महत र विवेकशील साझा पार्टीबाट उज्जवल थापा उम्मेदवार छन । सप्तरी २ यहाँ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादीका उमेश यादव प्रतिस्पर्धामा छन । झापा १ वाम गठबन्धनबाट माओवादीका राम कार्की र कांग्रेसबाट युवा नेता विश्वप्रकाश शर्माले  यो क्षेत्रबाट उम्मेदवारी दिएका छन । गुल्मी २ यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबिच प्रतिस्पर्धा हुँदैछ ।

देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न अव सक्दैन : रायमाझी

अर्घाखाँची, कात्तिक १७ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु अब धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुने बताएका छन । त्यसैकारणले अहिले वाम एकता शुरु भएको बताए । बिहीबार प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदवारहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीबाट उम्मेदवारी मनोनयन गरेका टोपबहादुर रायमाझीले राजनीतिक क्रान्ति सम्पन्न भई आर्थिक समृद्धीको लागी आफनो उम्मेद्धवारी दर्ता भएको बताएका छन् । जिल्लालाई नमुना जिल्ला बनाउनको लागि मैले उम्मेदवारी दिएको हुँ उनले भने, ‘निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो, हामी देशको मूल कानुन बनाएर स्थानीय तहको निर्वाचन गरि केन्द्र र प्रदेशको निर्वाचनमा जाँदै छौ । यो संविधान कार्यान्वयनको चरण हो । अब देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुन्छ । ’ नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डा। रामबहादुर बिसीले अर्घाखाँचीका जनताको स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि आफू लागि पर्ने बताए । जिल्लाको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । उनले पनि जिल्लालाई नमुना जिल्ला बनाउने अभियानमा लाग्ने आश्वासन दिए । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ति खोजेकोले मैले जिल्ने निश्चित छ उनले भने । राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बिसी राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बि।सीले देशलाई बैदेशिक हस्तक्षेपबाट बचाई राख्न र संघियताको खारेजीकालागी आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘संविधान संशोधन गर्ने र देशलाई टुक्राउन खोज्नेसंग हाम्रो चुनावी तालमेल हुँदैन’ उनले भने । ‘बाम गठबन्धनसंग चुनावी तालमेलबारे छलफल भैरहेको छ, कुरा मिलेमा आफूले उम्मेद्धवारी फिर्ता गर्नसक्ने सम्भावना छ’ उनले भने । नयाँ शक्तिका छन्द पन्थी नयाँ शक्ति नेपालका प्रतिनिधी सभाका उम्मेदवार छन्द पन्थीले आर्थिक सम्बृद्धिका लागि नयाँ बिकल्पको रुपमा नयाँ शक्तिले देश भरबाट विजयी हासिल गर्ने बताए । विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्र विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्रले नयाँ सोचका साथ आफूहरु अर्घाखाँचीको चुनावी मैदानमा उत्रिएको बताए । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक तरिकाबाट अगाडि बढ्ने भएकाले यस पटक आफूले जित्ने दाबी गरे ।

रुपन्देहीमा वामगठबन्धनबाट विश्वकर्मा, पौडेल, भुसाल, गुल्जारी र आचार्यको उम्मेदवारी दर्ता

बुटवल, कात्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ । पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं १ मा वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति रहनुभएका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमाले उपमहासचिव तथा पूर्वमन्त्री विष्णु पौडेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका महासमिति सदस्य युवराज गिरीले उम्मेदवारी दर्ता गराउनुभयो । क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका अर्का उपमहासचिव घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नं ४ मा राजपा नेपालबाट सोहि पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वाम गठबन्धनबाट ओमप्रकाश यादव गुल्जारी र लोकतान्त्रिक गठबन्धनबाट प्रमोद यादवले उम्मेदवारी दर्ता गराउनुभयो । क्षेत्र नं ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता डिलाराम आचार्य र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता भरतकुमार शाहले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल मतदाता पाँच लाख २२ हजार ६०२ रहेको रुपन्देहीमा २०८ मतदानस्थल र ५९८ मदतान केन्द्र तोकिएको छ ।

प्रमुख तीन दलबाट १० प्रतिशत मात्रै महिला उम्मेदवार

काठमाडौं, कात्तिक १६ । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली काँग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा९एमाले०बाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी ९डीना० उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ । यसैगरी नेकपा ९एमाले०ले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ । तीमध्ये कैलाली– १ मा महिला/महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको हो । यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गर्नुभएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो । समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् । संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ । निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क ललितपुर–३ बाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताउनुहन्छ । यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उहाँको भनाइ छ । आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उहाँले राससलाई बताउनुभयो । महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उहाँको भनाइ छ । कैलाली–१ बाट उम्मेदवार रहनुभएका एमालेका केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो । आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उहाँको भनाइ छ । रासस

भक्तपुरबाट नारायणमान उम्मेदवार बनेनन, प्रेम सुवालको उम्मेदवारी

भक्तपुर, कात्तिक १६ । लामो समयदेखि भक्तपुरबाट चुनाब जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे यसपटक उम्मेदवार नबन्ने भएका छन । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आउका विजुक्छेले यस वर्ष चुनावमा प्रतिस्पर्धा नगर्ने भएका हुन्। नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा नेता प्रेम सुवाल उम्मेदवार बनेका छन्। भक्तपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निरज लवजु र २ बाट सुरेन्द्र गोसाइ उम्मेदवार बनेका छन्। त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार बनेकी छन्। उनी यसअघिको संसदमा समानुपातिक पद्धतितर्फबाट संसद थिइन्। भक्तपुर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सरोज गोसाइ र २ मा प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन्।

रामचन्द्र पौडेलविरूद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी

तनहुँ, कात्तिक १६ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेलविरूद्ध बागी उम्मेद्वारी दिएका छन्। बिहीबार भव्य र्यालीसहित निर्वाचन आयोगमा गएर जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन । तनहुँ १ बाट नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउदैं छन । आफूलाई पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसको लसंसदीय बोर्ड नै बैधानिक नरहेको बताउँदै उनले उम्मेद्वारी दिएका हुन्। कांग्रेसको विधानअनुसार बोर्डमा जम्मा १४ जना हुनुपर्नेमा २४ जनाको जम्बो टोली बनाएर अवैधानिक तरिकाले टिकट वितरण गरिएको हुनाले आफूले कांग्रेसको जनमत अनुसार उम्मेद्वारी दिएको जोशीले बताए। यसअघिनै पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न जोशीले सल्लाह दिएका थिए। नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा पौडेल र २ मा केन्द्रीय सदस्य शंकर भण्डारीलाई आधिकारिक रूपमा टिकट दिएको थियो। आफूलाई पार्टीले टिकट नदिए पछि उनले तनहूँ क्षेत्र नम्बर १ का जनताले आफूलाई टिकट दिइसकेको भन्दै उनीहरुकै बलमा चुनाव जित्ने दावी गरेका छन्।

एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा बर्दिया १ बाट उम्मेदवारी दर्ता

बर्दिया, कात्तिक १६ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले बर्दिया १ र माओवादीका नेता सन्तकुमार थारुले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी, नेपाली कांगे्रसका तर्फबाट बर्दिया १ बाट सिंचाई मन्त्री सञ्जय गौतम र २ बाट गोपाल दहितले उम्मेदवारी दिने तय भएको छ ।

एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवार दर्ता गराएका छन । झापा ५ बाट ओलीे वाम गठबन्धनका साझा उम्मेदवार हुन । भने कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा खगेन्द्र अधिकारी उम्मेदवार बन्ने छन । अधिकारी चुनाब लड्नका लागि त्रिबिको अध्यापक पदबाट राजिनामा दिए गएका हुन ।

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रद्वारा काठमाडौं १ बाट उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज ४५ जिल्लामा उम्मेदवारको मनोनय पत्र दर्ता शुरु भएको छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा प्राय सबै जसो दलका शीर्ष नेताहरुले आज उम्मेदवार दर्ता गर्दै छन । काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले मनोनयपत्र दर्ता गराएका छन । मनोनय पत्र दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै मिश्रले भने, ‘सम्बृ मुलक निर्माणका लागि आफ्नो पेसा परिबर्तन गरी राजनीतिमा आएको छु जित निश्चित छ । जनता उत्साहित छन ।’ लामो समय बिबिसी नेपाली सेवामा प्रमुखका रुपमा काम गरेका मिश्र केही समय अघि राजिनामा दिएर राजनीति यात्रा शुरु गरेका हुन ।

गुल्मीमा उम्मेदवारको टुङ्गो लाग्याे, कुन दलबाट को परे ?

गुल्मी, कात्तिक १५ । ५ नम्वर प्रदेश अन्तर्गत दोश्रो चरणमा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि गुल्मीमा बाम गठबन्धन सहिचत सवै दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको गुल्मीमा वाम गठबन्धनबाट नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् । उनीहरुका प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसले १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसीलाई उम्मेदवार बनाउदैं छ । गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधी सभाको उम्मेदवार र २ वटा प्रदेश सभा एमाले पाउने भएको छ । माओवादीले २ वटा प्रदेश सभा पाउने गरी गठबन्धनबाट उम्मेदवार बनेका छन् । क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ‘ख’ प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । प्रदेश सभामा सिफारिस भएका यी दुवै जना पूर्वसंसद र प्रभावशाली नेता हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ । काँग्रेसबाट प्रदेशका उमेदवार क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा नेपाली कांग्रेसले पृथ्वीबहादुर फौदार र ‘ख’ प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काँग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर २ बाट ‘क’ प्रदेश सभा उमेदवार शालिक पन्थी र ‘ख’ प्रदेशमा छन्दबहादुर पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए । जनमोर्चाबाट गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ । नयाँ शक्तिबाट नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए । प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए । गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकार्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।

कांग्रेसको गठबन्धन धरापमा, फोरम र राजपाद्वारा सिट वाँडफाँड(सूचीसहित)

काठमाडौं, कात्तिक १४ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश नम्बर २ का लागि उम्मेदवारको क्षेत्र टुंगो लगाएका छन । प्रदेश नम्बर २ मा अगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ। फोरम र राजपाबीच यसअघि नै चुनावमा तालमेल गर्नै सहमति भएको थियो । शीर्ष नेता बसेर आजै टुंगो लगाए अनुसार प्रतिनिधिसभाका लागि प्रदेश २ का कुल ३२ निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १७ सिटमा प्रतिस्पर्धा गर्ने छ। त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले १५ सिटका लागि प्रतिस्पर्धा गर्ने छ। प्रदेशसभाका लागि भने संघीय समाजवादी फोरमले ३३ र राष्ट्रिय जनता पार्टीकाले ३१ ठाउँबाट प्रतिस्पर्धा गर्ने छ। कांग्रेस नेतृत्वका लोकतान्त्रिक गठबन्धनसँग पनि चुनाबी तालमेल गर्ने बताएका थिए । तर सिट वाँडफाँडमा कुरा नमिलेपछि मंगलबार यी दुई पार्टीले २ नम्बर प्रदेशमा सिट बाँडफाँड गरेका हुन ।

निर्वाचनमा कम्युनिष्ट गठबन्धन कांग्रेसको चुनौती : कोइराला

काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसले आगामी चुनाबमा वाम गठबन्धन आफ्नो पार्टीका लागि प्रमुख चुनौती रहेको बताएको छ । मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चुनाबी घोषणापत्र सार्वजनिक कार्यक्रममा कांगे्रसका नेताहरुले यस्तो बताएका हुन । कांग्रेसले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि घोषणापत्र कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ। घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका नेताहरूले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि प्राप्तिका लागि घोषणापत्र कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘निर्वाचनमा कम्युनिष्ट गठबन्धन कांग्रेसको चुनौती हो,’ महामन्त्री शशांक कोइरालाले भने, ‘यसको सामना गर्न एकताबद्ध भएर घोषणापत्र लिएर जनतासामु जानुपर्छ।’ देशमा राजनीतिक व्यवस्था सुदृढ गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै उनले घोषणापत्रले मुलुकको आर्थिक समृद्धिको मार्गचित्र कोरेको दाबी गरे। अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताले सर्वसत्तावाद ल्याउने घोषणा गरेका बेला त्यसको सामना गर्ने बेला आएको बताए। ‘त्यसका लागि दरिलो दस्तावेज हो घोषणापत्र,’ उनले भने, ‘समावेशी लोकतन्त्र कायम गर्ने संकल्प घोषणापत्रले व्यक्त गरेको छ।’

प्रकाशमानलाई ठूलो चुनौती, काठमाडौं १ मा कांग्रेस वीपीका भट्टराई लड्ने

काठमाडौं, कात्तिक १३ । काठमाडौं क्षेत्र नं. १ वाट नेपाली कांग्रेस वीपीका अध्यक्ष हरिबोल भट्टराई उम्मेदवार बन्ने भएका छन । उनको उम्मेदवारी काठमाडौ १ को चुनाब थप रोचक हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले अधिबक्ता शम्भु थापा, विवेकशील साझा पार्टी नेपालबाट रवीन्द्र मिश्र उम्मेदवार बन्ने तयारीमा छन । भट्टराई केन्द्रीय अध्यक्ष रहेको काँग्रेस वीपी अघिल्लो महिना मात्रै गठन भएको हो । पार्टीले आगामी निर्वाचनमा २६ जिल्लामा उम्मेदवार उठाउने तयारी गरेको अध्यक्ष भट्टराईले बताए । काँग्रेस पार्टी र सभापति शेरबहादुर देउवामा वीपीको विचारमा विचलन भएको भन्दै त्यसलाई सहिबाटोमा लगाउन पाटी खोलिएको भट्टराईले बताएका थिए ।

अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन : यादव

विराटनगर, कार्तिक १२ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न नमिल्ने बताएका छन । यदि त्यसो भएमा त्यो महाअपराध हुने उनको भनाई छ । विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले कुनैपनि बहानामा चुनव रोक्न नम्लिने बताएका हुन् । ‘सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन,’ उनले भने, ‘अदालतले मतपत्र छपाईको कुरो मात्रै गरेको र त्यो अहिलेका अफसेट प्रेसको युगमा चार दिनमा सम्भव रहेकोले चुनाव सार्नु हँदैन । चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो ।’ चुनाव सारे निष्पक्ष र स्वतन्त्र निर्वाचन आयोगमाथि प्रश्न उठ्ने बारे उनले ध्यानाकर्षण गराए । निर्वाचन अयोगले कुनै दलको हितमा चुनाव सारे त्यसको जवाफ जनतालाई दिनुपर्ने उनको भनाई थियो । उनले आफूहरुको कांग्रेससँग चुनावी तालमेलको लागि छलफल भइरहेको र आफू कहाँबाट लड्ने अहिलेसम्म टुंगो नलागेको बताए । कांग्रेससँग सहकार्य गरेरै चुनावमा जाने उनले बताए । आफूहरुको सहकार्य कसैलाई हराउन नभई आफूहरु जित्नको लागि गरेको उनको भनाई थियो । उनले आफूहरुबाट राजपाका अध्यक्ष महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव नभएको पनि प्रष्ट पारे । उनले आफूहरुले अहिले मुख्यमन्त्रीको उम्मेदवारको घोषणा नगरेको सुनाए ।