अल्पमतमा परेपछि मध्यमार्गी बाटोमा विप्लव,फूट जोगाउन स्थानीय चुनावमा भाग नलिने

कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृतवको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समितिको १२ ओं पूर्ण बैठकले निर्वाचन बहिस्कारका पक्षमा उभिने दबाब दिएपछि पार्टीले मध्यमार्गी बाटो तय गरेको एक केन्द्रीय सदस्यले बताए ।

पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको निर्वाचन उपयोगसम्बन्धी प्रस्ताव बैठकले अस्वीकृत गरेको छ । तर निर्वाचनमा भाग लिने या नलिने विषयमा पार्टीभित्र विभाजन हुने अवस्था देखिएपछि नेतृत्वले मध्यमार्गी बाटो लिँदै चुनावमा भाग नलिने तर बहिस्कारका कार्यक्रम समेत सञ्चालन नगर्ने निर्णय गर्ने भएको हो ।

नेतृत्वको नीतिविरुद्ध बहुमत पार्टी देखिएपछि विप्लव नैतिक संकटमा परेका थिए ।

स्थानीय निकायको निर्वाचनलाई रणनीतिक उपयोग गर्ने विप्लवको प्रस्ताव विरुद्ध दुई तिहाई केन्द्रीय सदस्यहरुले असहमति जनाएको थियो ।

केन्द्रीय समितिको बैठक आज सकिने छ ।

बैठकले स्थानीय निकायको निर्वाचनमा पार्टीले भाग नलिने तर पार्टी समर्थकहरुले निर्वाचन लड्न चाहेमा स्वतन्त्रबाट लड्न सक्ने आसयको परिमार्जित प्रतिवेदन पारित गर्ने सम्भावना बलियो छ । यसको अर्थ स्थानीय सन्दर्भ हेरेर पार्टीले कुनै दललाई समर्थन गर्ने या स्वतन्त्र उम्मेदवारका नाममा समर्थन माग्न सक्ने अवस्था कायम रहनेछ ।

पार्टीको आधिकारिक धारणा भने केन्द्रीय समिति बैठकपछि जारी गरिनेछ ।

मोहन वैद्धय नेतृत्वको क्रान्तिकारी माओवादीले भने यसअघि नै बहिस्कारको निर्णय गरिसकेको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा निर्वाचन हुँदै, यस्ता छन् उमेदबार

पोखरा । माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी बैठक गण्डकी प्रदेशको राजधानी पोखरामा जारी छ । बैठकले प्रदेश कमिटीको पदाधिकारी टुंगो लगाउँने छ । मिति २०७८ मंसिर २५मा भएको सम्मेलनले गायित्री गुरुङ “कुसुम”को अध्यक्षतामा २९९ जनाको कमिटी घोषणा गरेको थियो । अध्यक्ष घोषणा भएपनि १० प्रतिशत मनोनित र पदाधिकारी टुंगो लगाउँन बाँकि थियो । हिजोदेखि बसेको मिटिङमा प्रदेश सदस्य मतदाता रहने गरि पदाधिकारीको निर्वाचन गर्न लागिएको माओवादी केन्द्र गण्डकी प्रदेश निर्वाचन आयोगले जनाएको छ । प्रदेश पदाधिकारीको निम्ति अध्यक्ष बाहेकका बाँकि आठ वटा पदमा १८ जनाको उमेदबारी परेको छ । पदाधिकारीको छनोट भैसकेपछि ९ पदाधिकारी सहित १० प्रतिशत मनोनयन पछि प्रदेश कमिटीले पुर्णता पाउने छ । मतदान केही क्षणमा शुरु हुँदैछ । उमेदबारको नामावली यसप्रकार छ : उपाध्यक्षहरु (३ सीटकालागि) १. मित्रशरण शर्मा (नवलपुर) २. गुणाखर बस्याल (पर्वत) ३.लोक प्रसाद बन्जरा (गोर्खा) ४. ज्ञामनाथ गैह्र (बाग्लुङ) ५. गङ्गा पोख्रेल (कास्की) ६.केशव पौडेल (कास्की) ७.गीता शाही (तनहुँ) सचिव (१ सीटकालागि) १. जगन्नाथ खनाल (गोर्खा) २. विष्णु भट्ट (गोर्खा) सह–सचिव (३ सीटकालागि) १. जीवन खाती (कास्की) २. मेख बहादुर भण्डारी (लमजुङ) ३.राज कुमार दुलाल (कास्की) ४.कल्पना अर्याल (स्याङ्जा) ५. अतिन्द्र केशरी न्यौपाने (तनहुँ) ६.टेक बहादुर विक (म्याग्दी) कोषाध्यक्ष (१ सीटकालागि) १. तारा भुसाल (स्याङ्जा) २. भिम ब. वि.क. (कास्की) २. मेख बहादुर वि.क. (कास्की)

हेलिकप्टर चडेर चन्द्रागिरि पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकप्टर चढेर चन्द्रागिरि पुगेका छन्। उनी बालुवाटारबाट हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए। दीगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि देउवा आज हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए। यो सम्मेलनमा विभिन्न मुलुक सहित नेपालका समेत प्रतिनिधि सहभागि छन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाले सम्मेलनको उद्घाटन र सम्मेलनमा सम्बोधन गर्न चन्द्रागिरि पुगेका हुन्।

ओली संविधान बाहिर गएकै कारण देउवाले सरकारको नेतृत्व लिएको हो : मन्त्री बडू

काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाबै बाहिरिनु परेको बताएका छन्। नेपालगंजमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बडूले ओली असफल नेता भएको बताएका हुन्। उनले ओली प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता संविधान भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले सत्ता बाट बाहिरिएको बताए । बडूले अहिलेको सरकार विशेष परिस्थिति र विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताएका छन्। संविधानको व्यवस्था र मर्म विपरित जान खोज्ने सबैको हालत ओलीको जस्तै हुने उनको भनाई छ ।

एमालेले अध्यक्षको रिपोर्टिङ – प्रदेशमा यसअघि जितेका १२ पालिका गुमाउदैछौं

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा १२ सिट संख्या गुम्न सक्ने बताएको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गम्ने प्रक्षेपण गरेका छन्। ०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो । अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा पेस गरेको रिपोर्टिङमा उल्लेख छ ।

संसद विघटनकाे पक्ष लिनु अस्थिरताको बाटो हिड्नु हो : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटन ठीक छ भन्नु अस्थिरताको बाटो हिड्नु भएको बताएका छन् । उनले संसद विघटन गलत थियो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनिसकेको उल्लेख गर्दै अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित घातक हुने बताए । कम्युनिस्ट पार्टीहरूमा २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनले समस्या ल्याएको भूसालको विश्लेषण थियो । उनले कम्युनिस्टहरू विभाजनको कारक रहेको पुस ५ विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले किनारा लगाइसकेकाले नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताए । ‘संसद् विघटन गर्नुहुन्थ्यो कि हुन्नथ्यो भन्ने संविधानअनुसार टुंगिइसकेको छ । त्यो निर्णय गलत छ (प्रतिनिधिसभा पुनःस्थापनाको) भनेर जाने हो भने यो संविधान भत्किन सुरु गर्छ । अब पनि यसखालका विघटन ठीक छन् भनेर जानु भनेको सोझो रूपमा अस्थिरताको बाटोमा हिँड्नु हुन्छ, यसमा एमाले जान्न,’ उनले भने । ‘सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु हुन्छ । ‘अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’ उनले भने, ‘जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौं ।’ कम्युनिस्ट पार्टीका नेताहरूबीच यसरी कृत्रिम खालको दूरी बनाइएको भूसालको भनाइ छ । उनले विगत १४ महिनामा कम्युनिस्ट पार्टीहरूमा भएका गतिविधिको जिम्मेवारी लिने वातावरण भएमा आगामी दिनमा सहकार्य र एकताको वातावरण बन्ने बताए । ‘जुन विभाजन, गालीगलौज छ त्यसमा एकैचोटी पार्टी एकतामा जान सकिन्न । तर, विगत १४ महिनामा जे भए त्यो विभाजनमा हामी सबै जिम्मेवार छौं भन्ने लागेमा हामी सबै जिम्मेवार छौं भन्ने भयो भने यो चुनावमा गठबन्धन बन्न सक्छ । हामीले गल्ती गरेका छौं, हामीले गल्ती नगरीकन अरुले आएर फोडिदिएको हो भन्ने बाहेक लाग्यो भने गठबन्धनको सम्भावना छ । राजनीतिक रूपले यो प्रसस्त छ,’ उनले भने ।

उम्मेदवार छान्न एमालेमा ६ मापदण्ड, वैशाख ९ गते घोषणपत्र जारी गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ । सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तय गरेको हो । ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासन लगायतका आधार छन् । त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरेको छ । त्यस्तै महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ । साथै एमालेले आगामी वैशाख नौ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ । अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।

एमसीसीको विरोधमा राप्रपा पनि सडकमा

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको राप्रपाले जनाएको छ । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ । तेस्तै आज ४ दल र १ मोर्चाले एमसिसीको विरोधमा नेपाल बन्दको आयोजना गरेको छ । भने सत्तारुढ दल नेकपा माओबादी केन्द्र र नेकपा ऐसका युवा विद्यार्थीले संसद घेराउको कार्यक्रम राखेका छन् ।

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

प्रदेश संचालन अस्थायी राजधानी बुटवलबाट स्थापना दिवस स्थायी राजधानी देउखुरीबाट दाङ। लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको छ । प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा एक कार्यक्रम गरेर प्रदेश स्थापना दिवस मनाउन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ । सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ । सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ । विसं २०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुई तिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो । राजधानी व्यवस्थापन र प्रदेशसभाको बैठक सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार मातहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ । प्रदेश सरकारले आज फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जनयुद्ध दिवस मनाउँदै मधेस प्रदेश अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

धनुषा । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने छ । यस कार्यले जनयद्ध र वलिदानको सहि मुल्याङ्कन हुने मधेस प्रदेशले जनाएको छ ।

अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए । कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो । जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उनको उच्च कदर गर्ने बताए । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए । कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो । कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए । उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताए । कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गरे । कार्यक्रममा पूर्वसांसद दिव्यमणि राजभण्डारी, कांग्रेस नेता लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र उपाध्यक्ष डा. विमला शाक्यले उपाध्यायको योगदानका बारेमा चर्चा गरेका थिए ।

हेर्नुस्, यस्तो थियो नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा र घोषणापत्र !

(१) विगत चालीस वर्षमा दुई विश्व युद्धहरू भए । पहिलोको फलस्वरूप विश्वको ६ खण्डको एक खण्ड भू-भग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऍतिहासिक यथार्थतामा फेरिएको छ । यो महान ऍतिहासिक यथार्थता पूँजीवादी तथा सामन्ती दासत्व-विरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो । अतः बेलायत, फ्रान्स र अमेरिकाका पूँजीवादी शासकवर्गहरूले सोवियत सङ्घको विरुद्ध हिटलरी फासिस्टवादलाई उठाए र प्रत्यक्ष रूपले दोस्रो विश्व युद्धलाई बाटो तयार पारे तथा खोले । तर दोस्रो विश्व युद्धको फलस्वरूप, सोवियत ध्वस्त नभएको मात्र होइन, बरू पूर्वी तथा दक्षिण-पूर्वी युरोपका कैयन मुलुकहरूले आफलाई पूँजीवादी-सम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारे । दोस्रो विश्व युद्धको फलस्वरूप, अन्तर्रष्ट्रिय मजदूर आन्दोलनले ठूलो फड्को मारेको छ र औपनिवेशिक जनताहरूले खुल्ला सशस्त्र विद्रोहको बाटो लिएका छन् । यसरी विश्व पूँजीवादका मोर्चा र पृष्ठभग गम्भिर खतरामा परेका छन् । दक्षिण पूर्वी एशियामा चलिरहेको क्रन्तिकारी छाल हाम्रो प्यरो मुलुक नेपालमा पनि पुगेको छ । एक युग-पुरानो सामन्ती अत्याचारलाई हाँक दिदै नेपालको मजदूरवर्गले पहिकोपल्ट मार्च १९४९ मा संग्राममा प्रवेश गयो । विराटनगर जूट तथा कपडा मिलहरूका मजदूरहरुले बाँच्न लायक ज्याला र काम गर्ने राम्रो अवस्थाका लागि हडताल गरे । गुप्त रूपमा का मनमोहन अधिकारीको द्नेतृत्वमा बनेको मजदूर युनियनले त्यसको नेतृत्व गर्‍यो । भारतको विश्वासवाती समाजवादी नेता र निश्कासित राणाहरूद्धारा समथित नेपाली रष्ट्रिय कांग्रेस नेताहरूले हडतालप्रति विश्वासघात गरे । हडतालको छाल राजधानीमा पनि फैलियो । काठमाडौंमा, बिजुली तथा टक्सार विभागका सरकारी कर्मचारी र बैंक तथा अस्पताल कर्मचारीहरूले त्यस्तै मागहरू राखेर हडताल गरे । हडतालीहरू कति दृढ थिए भने सरकार तलब बढाउन र राशन दिन बाध्य भयो । काठमाडौं उपत्यकाभित मात्र तलब-बद्धि र अन्न-खरीद सुविधाहरू सोमित भए पनि नेपालका सम्पूर्ण जनताले त्यसलाई आफ्नै विजयको रूप्मा लिए र आफ्ना अधिकारहरूको सुरक्षार्थ जनसङ्घर्षको खाँचालाई बुझे । (२) १३८५ देखिन् सामन्ती निरंकुशहरूले नेपालमा शासन गदौछन् । यी शतब्दीहरूको क्रममा भएका परिवर्तनहरूले राणाहरूको निरंकुशवादलाई मात्र बलियो पारेका छन् । नेपालको केही भागमा पूँजीवादी उत्पादन लागू भए पनि अझसम्म सामन्ती उत्पादन-प्रणाली र प्रशासनको निर्णायक प्रभाव रहेको छ । मुलुकमा अझसम्म आत्म निर्भर प्राकृतिक अर्थतन्त्रको प्रभुत्व छ, तर यो मर्दो रूपमा छ । किसानहरूले आफ्नो खाद्यान्न मात्र होइन आफ्नूले उपयोग गर्ने धेरैजसो चीज आफै पैदा गर्छन् । राणा, जमीन्दार, द्धारे, ठालु र मुखियाहरूले किसानहरूबाट उठाएको तिरो आफ्नै व्यक्तिगत मोजमज्जामा खर्च गर्छन् । पहिले सोतिरोलाई चीजहरूको साटासाटमा प्रयोग गरिन्थ्यो । अहिले सामन्ती परजीवीहरू यस्तो प्रणाली लागू गरेका छन् तापनि त्यसको अझसम्म निर्णायक प्रभाव छैन । धेरै जसो जमीन सामन्ती शासकवर्ग, अर्थात् राणा, सहेवज्यु, घरानियां, जमीन्दार र गुरूज्युहरूको मालिकत्वमा छ । किसानहरूको मालिकत्वमा ज्यादै थोरै जमीन छै, वा जमीन नै छैन । किसानहरूले आफ्नै ज्यावल प्रयोग गरेर आफ्ना मालिकहरूको जमीन जोत्छन् र ती मालिकहरूको लोभ पूरा गर्न आफ्नो बालीको तीनचौथाइ हिस्सा बुझाउँछन् । १६२४ मा दास प्रथाको उन्मूलन भए पनि अझसम्म घृणित खालको शारीरिक दण्ड दिने चलन छैदैछ । अझसम्म सामन्ती मालिकहरूले १५ दिनसम्म किसानहरूलाई थुन्न कानूनी असधिकार पाएका छन् । वास्तवमा किसानहरूको स्थिति भूदासको भन्दा राम्रो छैन । किसानहरूले सारा राणाहरू र सामन्ती मालिकहरूद्धारा गरिने शोषणको असह्य भार बोक्नु परेको छ र त्यसका साथै,नजराना, कर तथा बेगारी दिएर सम्पूर्ण सामन्ती नोकर-शाही र जन-विरोधी सरकारी सेनालाई पनि कायम राख्न्नु परेको छ । मल्ल वंशको शासनकालमा नेपालमा धेरै सामन्तहरूले शासन गथै । तर १७६९ देखिन् नेपाल राणाहरू र तिनका सामन्ती पिठ्ठुहरूद्धारा शसित एक केन्द्रीकृत सामन्ती निरकुश राज्य बनेको छ । नेपाली किसानहरूले कुनै पनि व्यक्तिगत, शारीरिक वा राजनैतिक स्वतन्त्रताको उपभोग न पहिले गरेका थिए न अहिले गरेका छन् । सामन्ती शासक गुटद्धारा गरिएको कठोरतम रूपको शोषण तथा उत्पीडनको गर्दा नेपालको सामाजिक व्यवस्था शतब्दीयौं देखिन् प्राय: गहिहीन रहेको छ । “कोत पर्व” को रूपमा परिचित बलप्रयोगद्धारा सत्ता अपहरणबाट राणाहरू सत्तामा आउने वित्तिकै, विदेशी साम्रज्यवादीहरूले नेपालमा छिटो छिटो आफ्नो प्रभाव बढाउन थाले । यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा विदेशी साम्रज्यवादीहरूको अर्ध-उपनिवेश रहेको छ । त्यसवेला देखिन् नेपाल बृटिश साम्रज्यवादीहरूका लागि भरौटेहरू भति गर्ने एक मुख्य स्थान बनेको छ र महाराणा त्यसको मुख्य एजेन्ट रहेको छ । आज पनि भारतको पूँजीवादी नेहरू सरकारले ब्रिटिश साम्रज्यवादीहरूलाई ब्रिटिश उपनिवेशहरूको मुक्ति सङ्घर्षलाई दबाउन भोका युवा किसानहरूमध्येबाट हजारौं सिपाही भति गर्न दिइरहेको छ । ब्रिटिश एकाधिकार पूँजीको नाफाको रक्षा गर्न अपधी महाराणाले गरीब नेपाली युवकहरूको जीवन र रगतको बिक्री गरिरहेको छ । यसका अतिरिक्त, बाल स्ट्रीटका एजेन्टहरूले नेपालमा प्रभुत्व जमाएका छन् र उनीहरू हाम्रो पवित्र भूमिमा सोवियत-विरोधी सैनिक अड्डाहरू बनाउने योजना गर्नमा व्यस्त छन् । भारतीय पूँजीवादी पनि नेपालमा आफ्नो शोषणका जालहरू फैलाउदै छन् । नेपालमा जनवादी आन्दोलनको उठ्दो लहरको भिरूद्ध आफ्नो स्थितिलाई बलियो पार्न महाराणाले उक्त सब विदेशी शोषकहरूलाई निम्त्याइरहेको छ । के कुरो स्पष्ट छ भने जो शासक अंग्रेज-अमेरिकी साम्रज्यवाद र भारतीय पिछलग्गूहरूको द्लाल मात्र बनेको छ उसले भोला जनताको एउटा पनि समस्या हल गर्न सक्दैन । उसले जनताका समस्याहरूलाई बढाउन र चर्काउन मात्र सक्छ र वास्तवमा अहिले उसले यस्तै गर्दैछ । यस्तो भयानक थिचोमिचिको विरुद्ध नेपाली जनता आन्दोलित भएका छन् । पूँजीवादी उत्पादन-प्रणालीको स्थापनाले गर्दा आधुनिक समाजको सबभन्दा क्रान्तिकारी वर्ग, मजदूरवर्गको जन्म हुँदैछ । घृणित महाराणाको विरुद्ध प्रजातान्त्रिक अधिकारहरूका खागि ऐतिहसिक हडताल संग्रामहरूमा नेपालको मजदूरवर्गले आफ्नो क्रान्तिकारी गुणको प्रदर्शन गरिसकेको छ । नेपालको इतिहासमा सर्वप्रथम जनताले राजनैतिक अधिकारहरूको माग ग‍रेर काठमाडौंका सडकमा प्रदर्शन गरे । फेरि, नेपालको जीवनमा पहिलोपल्ट विद्यार्थाहरूले शिक्षण संस्थाहरूभित्र राजनैतिक सभाहरू गरे र उनीहरू नागरिक अधिकारहरूको माग बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रे । उक्त आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो, तर पनि शासकवर्गले बाध्य भएर जनताले नागरिक अधिकारहरू दिन र राजबन्दीहरू छाड्न कबुल गर्नुपरेको थियो । लडाकू जनताले यसलाई ठीक रूपमा महाराणा र उनको गूटका कमजोरीको स्वीकारोक्ति र आफ्नो बढ्दो तागतको प्रमाण ठानेका छन् । (३) दोस्रो विश्वयुद्धको अन्तपछि सम्पूर्ण संसार दुई शिविरमा विभाजित भएको छ – अमेरिका तथा अंग्रेज एकाधिकारी पूँजीद्धारा नेतृत्व गरिएको साम्राज्यवाद, प्रतिकृयावाद तथा युद्धको शिविर र समाजवादी सोवियत संघद्धारा नेतृत्व गरिएको साम्राज्यवाद विरोधी, जनवाद तथा शान्तिको शिविर । अंग्रेज-अमेरिकी साम्राज्यवादी युद्धखोरहरूले संसारभर प्रत्येक मुलुकभित्र जनवादी शक्तिहरूको उठदो लहर विरुद्ध प्रतिक्रियावादीहरूलाई सक्रिय सहयोग गरिरहेका छन् र उपनिवेश तथा अर्ध उपनिवेशहरूका मुक्ति संघर्षहरूको विरुद्ध आक्रमणकारी युद्ध चलाइरहेका छन् । आसन्न पूँजीवादी संकटबाट उम्कने र अमानवीय शोषणको आफ्नो टाटपल्टेको पूँजीवादी व्यवस्थालाई जोगाउने उद्देश्यले तिनीहरूले सोभियत संघ र लोक जनवादी राज्यहरूको विरुद्ध तेस्रो विश्वयुद्ध भडकाउन हतारमा तयारी गर्दैछन् । नेपालको शासक गूटहरूले यस साम्राज्यवादी शिविरलाई खुल्ला रूपमा साथ दिएका छन् र आज प्रतिक्रियावादका इमान्दार चाकरको रूपमा काम गर्दैछन्। आफ्नो जालसाजी प्रचार-यन्त्रको व्यापक प्रयोह गरेर राणाहरूले जनतालाई के विश्वास दिलाउन खोज्दैछन् भने देलायत, अमेरिका र भारतसित भएको उनीहरूको विश्वासघाती गठबन्धनले हाम्रो जनताका लागि शान्तिखुब ल्याउने छ । स्वर्गीय प्रधानमन्त्री पद्म शम्शेर राणाले कतिसम्म पनि भने-नेपालमा प्रजातन्त्र स्थापना भइसकेको छ । बर्तमान प्रधानमन्त्री मोहन शम्शेर राणाले आधुनिक राज्यको रूपमा नेपालको निर्माण गर्न एक पञ्च वर्षीय योजनाको घोषणा समेत गरेका छन् । तर यी आँखामा धुलो फ्याक्ने कुरा मात्र हुन् । वास्तवमा राणाहरूको तरीका अमेरिकी युद्धखोरहरूको सेवामा नेपाललाई युद्ध-अखाडा बनाउन दिने तरीका हो बृटिश साम्राज्यवादको रक्षामा नेपालको मानव-शक्ति प्रदान गर्ने तरीका हो, र नेपालको व्यापारमा तथा वाणिज्यमा भारतीय पूँजीपतिवर्ग र् त्यसको नेहरू सरकारको सेवामा लगाउने तरीका हो ।महाराणासित सन्धि गरेर केही अमेरिकी व्यापारिक संस्थाहरूले आगामी तीस वर्षका लागि पश्चिम नेपालको केही भागहरूलाई आफ्नो नियन्त्रणमा लिइसकेका नै छन् । काठमाडौं स्थित अमेरिकी मिशनले मुलुकमाई आफ्नो उपनिवेशमा परिणत गर्न जोडतोडले कम गर्देछ । १८५७ देखिन् नेपालको मानव-शक्तिको उपयोग गरिआएका बृटिश साम्राज्यवादीहरू पनि यस निन्दनीय काममा त्यक्तिकै संलग्न छन् । बृटिश, भारतीय र नेपाल सरकारहरू बीच नवेम्बर ९, १९४७ काठमाडौंमा हस्ताक्षर गरिएको सन्धिको एउटा धारा यस प्रकारको छ:- “भारतीय सरकारले के कुरालाई सकारे छ भने भारत वा नेपालको कुनै ठाउँमा अर्को भति केन्द्र नबनेसम्म बृटिश सरकारले पहिले झै गोरखपुर र घुमका भति केन्द्रहरूको प्रयोग गर्नेछ ।” उपरोक्त एउटै धाराले नेहरू सरकार र महाराणा सरकारको “तटस्थता” तथा “स्वाधीनता” सम्बन्धी कथालाई धुजाधुजा पारिदिएको छ । फेरि सो धाराले के नांगो सत्यलाई प्रमाणित गरेको छ भने नेहरू सरकार र नेपाल सरकार दुवै प्रतिक्रियावाद तथा युद्धको साम्राज्यवादी शिविरका सक्रिय सहभागी तथा चाकर हुन् । नेपाली जनताको दुर्भाग्य यतिमा मात्र सीमित रहेको छैन । नयाँ दिल्लीमा आफ्नो सरकारको संरक्षण तथा निर्देशन पाएका भारतीय ठूलो बन्दव्यापारले एक ठूलो युद्धमा नेपालको ढोका “खोलिरहेको” छ । विडला, सिन्धारिया र चौधरियाले नेपालमा जूट, कपडा र चिनी मिलहरू खोलेका छ । नेहरू सरकार आफैले कोशी योजना लिएको छ । आज नेपाल्मा लगानी हिस्सा भारतीय पूँजीपतिहरूको छ । यी भारतीय पूँजीवादी लुटेराहरू नेपालका सस्तो श्रम र प्राकृतिक साधन स्रोतहरूको शोषणमा लागेका छन् र उनीहरूको उद्देश्य आफ्नै थैली भर्नु हो र नेपालको औद्योगिकीकरण गर्नु होइन, किनभने उनीहररू औद्योगिकीकरण गर्न अनिच्छुक मात्र होइन, असमर्थ पनि छन् । यसरी नेपाली जनता दोहिरो विश्व पूँजीवादी अर्थतन्त्रको पर्न गएको छ र आसन्न संकटको खतरनाक समाधातमा परेर काँपिरहेको र टुटिरहेको छ । यसबाट नेपाली जनताको मुक्ति होइन, विनाश हुनेछ । त्यसैले नेपाली जनताले एउटा भिन्न बाटो लिनुपर्छ । त्यो बाटो हो-विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवदी-पूँजीवादी आधिपत्यलाई पूरैसित खतम पर्नु र मजदूर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु, अर्थात यस्तो राज्य व्यवस्था स्थापना गर्नु जसमा जनता राष्ट्रको सम्पतिको मालिक हुनेछन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् । विजयी समाजवादको देश सोभियत संघको अनुभव र पूर्वी युरोपका लोक जनवादी राज्यहरू, नयाँ चीन, उत्तर कोरिया तथा अघि बढिरहेका औपनिवेशिक जनताका अनुभवहरूले नेपाली जनतालाई दिन प्रतिदिन यस गौरवपूर्ण संघर्षमा प्रेरणा दिदैछन् किनभने तिनले सर्वत्र उत्पिडित जनतालाई प्रेरणा दिन्छन् । सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी आधिपत्यलाई खतम पार्ने संगर्षमा मजदूरवर्गले अग्रणी भुमिका खेल्नु परेको छ र यो इतिहासले त्यसको काँधमा हालिदिएको अभिभारा हो । आज संख्यामा थोरै भए पनि, नेपालको मजदूरवर्ग पूँजीवादी शोषण तीब्र हुँदै गएको सिलसिलामा दिन प्रतिदिन संख्यात्मक र राजनैतिक दृष्टिले बलियो हुँदैछ । “सोवियत संघको कम्युनिष्ट पार्टी (बो.) को इतिहास” मा कामरेड स्टालिनले भन्नुभएको छ:- “त्यसैले हामीले आफ्नो कार्य-दिशाको आधार समाजका त्यस्ता अंगहरूलाई बनाउनु हुन्न, जो प्रमुख शक्ति रहेता पनि, विकसित भइरहेका छैनन् । बरू हामीले त्यस्ता अंगहरूलाई आफ्नो आधार् बनाउनु पर्छ, जो अहिले प्रमुख शक्ति नरहे तापनि, विकसित भइरहेका हुन्छन् र जसको सामु भविष्य छ ।” नेपालमा विकासशील वर्ग-संघर्षप्रति यस्तो द्धन्द्धात्मक-भौतिकवादी दृष्टिकोणको मदतबाट मात्र क्रान्तिकारीहरूले सही रणीतिको प्रतिपादन गर्न र त्यसलाई मार्क्स-एन्जेल्स-लेनिन-स्टालिनको अजेय झण्डामुनि विजयसम्म बढाउन मक्नेछन् (४) हामी नेपालका मजदूर, किसान सिपही, श्रमजीवी, मध्यम वर्गहरू र सारा प्रजातन्त्रप्रेमी जनतालाई के अपील गर्छौ भने उनीहरू सामन्ति एकतन्त्रवागदको विरूद आफ्ना सबै प्रिय आकांक्षाहरूको सिद्धिकरणका लागि एउटा साझा मोर्चामा एकगठ होउन् । हामीलाई के कुरामा पूर्ण विश्वास छ भने जनवादी शक्तिहरू तलको जनवादी कार्यक्रमको आधारमा ठोस रूपली एकग्ठ हुन सक्छन्:- १. सामन्ती एकतन्त्रवागद तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता । २. मजदूर श्रमजीवी किसान रउत्पीडित निम्न पूँजीपतिवर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार जसले अंग्रेज-अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरूसित सहयोगको विरोध गर्गछ र शान्ति तथा सबै जातोहरूको स्वतन्त्राका लागि कृयाशील जनवादी राज्यहरूसित सहयोग गर्दछ । ३. बालिग मताधिकारमअ आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारबूत ग्यारेण्टी गर्दछ । विशेषाधिकारहरू र जातपात, नस्ल र जातिको आधारमा गरिने भे दभाव कानूनद्धारा खतम पारिने छ र यसको उल्लंघनलाई कानूनद्धारा दण्डनीय पारिनेछ । ४. बिनामुआवजा जमीनदारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मूलन र जोताहाहरूलाई जमीनको वितरण गर्नु । ग्रामीण ऋण खतम गर्नु । कृषि मजदूरहरूलाई जीवनयोग्य ज्याला । ५. बैंक, औद्योगिक तथा यातायात व्यवसाय, वाटिका, खानी, आदिमा लगाइएको विदेशी पुंजी राज्यद्धारा जफत गर्नु र ती व्यवसायहरूको राष्ट्रियकरण गर्नु । ६. ठूल-ठूला उद्योगहरू, ठूला बैंकहरू र बीमा कम्पनीहरूको राष्ट्रियकरण, मजदूर नियन्त्रणको ग्यारेण्टी, न्युनतम जीवनयोग्य ज्याला, आठ घण्टा कामको दिन, आदि । ७. मुलुकका साधन् श्रोतहरूको विकास गर्न आर्थिक योजना र रणनतिक आर्थिक केन्द्रहरूबाट ठूलो व्यवसायलाई हटाउनु निजी उद्योगहहरूमा नाफामाथि नियन्त्रण । ८. सबै दमनकारी कानूनहरू खारेज गर्नु । ९. नोकरशाहीको उन्मूलन र निर्वाचित अधिकारीहरू सहितको र जन-समितिहरूद्धारा निर्देशित प्रशासन । १०. आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु । ११. स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्न अधिकार । १२. महिलाहरूलाई समान प्रजातान्त्रिक अधिकारहरू । जनवादी मोर्चा र यसको निर्माण गर्ने नेपाल कम्युनिष्ट पार्टीले नेपालको विश्वासघाती राजनैतिक पार्टी तथा नेताहरूको विरुद्ध दृढ रूपमा संघर्ष गर्नुपर्छ र जनताका झूठा मित्रहरूलाई निर्ममतापूर्वक उदांग र एक्लो पार्नु पर्छ । जुन हदसम्म बिगार्नेहरूको विरुद्ध् संघर्ष चलाई तिनलाई परास्त गरिन्छ त्यति हदसम्म नै नेपालमा जन-संघर्ष वास्तविक क्रान्तिकारी वर्ग प्राप्त गर्नेछ । नेपाली राष्ट्रिय कांग्रेस (रेग्मी गूट र कोइराला गूट) र तथाकथित प्रजातन्त्र कांग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरूप्रति विश्वास्अचात मात्र गरेका होइनन् तर नेपालको सामन्ती निरंकुशतावादसित, भारतको प्रतिक्रियावादी पूँजीवादी नेहरू सरकारसित र अंग्रेज-अमेरिकी युद्धखोरहरूसित सहयोग गर्ने निर्लज्ज नीतिको अनवरत रूपले अनुसरण गरिरहेका छन् । आफ्ना मुखपत्र र भाषणहरूमा उनी हरूले सोभियत संघ, गौरवशाली चीनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनियाँ जनताको वेगवान् विजय, मलाया, भियतनाम, शियाम तथा इण्डोनेशियाको विरुद्ध विषालु बदनामीहरू ओकलिरहेका छन् । उनीहरूको भनाइ अनुसार, महाराणाको घृणित सरकार नेपालको श्रमजीवी जनताको साझा शस्त्रु होइन । उनीहरूको भनाइ अनुसार, कम्युनिज्म र कम्युनिष्टहरू नेपालको लागि मुख्य खतरा हुन् र उनीहरू कम्युनिज्मको विरुद्ध आफ्नो “पवित्र अभियान” मा महाराणाको रक्तरंजित हातसित हात मिलाउन समेत इच्छुक छन् । कम्युनिज्मको विरुद्ध उनीहरूको पाखण्डी घृणामा मौलिक कुरो केही पनि छन् । यो त संसारभरका जन-शत्रुहरूको सुपरिचित तथा दिवालिया नीति हो । कम्युनिज्म-विरोधलाई आवरण बनाएर उनीहरू आफ्नो अपराधपूर्ण निहित स्वार्थको रक्षा गर्न शोषित जनताको विरुद्ध लड्छन् । उदयमान मध्यम वर्गको सानो तहको प्रतिनिधित्व गर्ने रेग्मी र खुद आफै सामन्ती मालिक रहेका असन्तुष्ट राणाहरू श्रमजीवी जनताको शोषणलाई खतम पार्नमा बिल्अकुल चसो राख्दैनन् उनीहरू विद्यमान सत्तासित संझौता गर्न चाहन्छन् र जनताको रगत चुस्नमा उचित हिस्सा प्राप्त गर्न मात्र उत्सुक छन् । आफ्नो खराब उद्देश्य सिद्ध गर्नका लागि उनीहरू जनताको वास्तविक असन्तोषसित खेलवाड गर्छन्, विरोधको टीपी लगाउँछन् । तर सदासर्वदा उनीहरू आमजनताको क्रान्तिकारी शक्ति र अग्रसरतालाई रोक्न भगीरथ कोशिश गर्दछन् । तर जब जन-असन्तोषले सारा छेकवारलाई भत्काउन लागेको हुन्छ, अनि यी वाग्बहुल वीरहरू अहानिकर सत्याग्रह संघर्ष चलाउछन् र संघर्षले आम क्रान्तिकारी चरित्र लिन थाल्ने बित्तिकै उनीहरू संघर्षरत जनताको पीठपछाडि संघर्षलाई फिर्ता लिन्छन् र महाराणासित गर्हित संझौता गर्छन् । उनीहरूले हालसालै मात्र यसो गरेका छन् । कम्युनिष्टहरू श्रमजीवी जनताको संघर्षका सबभन्दा संझौताहीन समर्थन हुन् । त्यसैले, स्वभावयः यी गद्दरहरू कम्युनिष्टहरूको विरुद्ध आफ्नो मुख्य हमलालाई केन्द्रित पार्छन् । शोषित जनताप्रतिको विश्वासघात र शोषकवर्गहरूप्रतिको अधीनस्थतालाई लुकाउन उनीहरूले “तेस्रो बाटो” को झूठो नारा उठाएका छन् । अंग्रेज-अमेरिकी एकाधिकारी पूँजीको नेतृअत्वमा रहेको पूँजीवादको शिविर र सोभियत संघ तथा अन्तर्राष्ट्रिय मजदूरवर्गको नेतृत्वमा रहेको समाजवादको शिविरका माझ स्पष्ट रूपले विभाजित संसारमा कुनै “तेस्रो बाटो”, कुनै “मध्यम मार्ग” को नीति हुन सक्दैन । उपर्युक्त दुई बाटोमा एउटा सबैले चुन्नै पर्छ । “तेस्रो बाटो” को नारा प्रतिक्रियावादसितको गठबन्धन र विस्वासघती अनुहारलाई लुकाउन प्रयोग गरिएको राजनतिक छद्मभेष हो । नेहरूको “तेस्रो बाटो” यसको एउटा घिनलाग्दो प्रमाण हो । नेहरूले “तेस्रो बाटो” बाट सुरु गरेर केही महिनाभित्रै उनी साम्राज्यवादी-पूँजीवादी-सामती गठबन्धनको शिविरमा सामेल भए । “तेस्रो बाटो” को अनिवार्य गन्तव्य स्थान यही हो । यो अन्तर्राष्ट्रिय सामाजिक जनवादको घृणित झण्डा हो, मजदूरवर्गप्रति विश्वासघातको झण्डा हो । हामी नेपालको प्रजातन्त्रवादी जनतालाई के आव्हान गर्छौ भने उनीहरू यी झूठा मित्रहरूबाट, यी नक्कली प्रजातन्त्रवादीहरूबाट सतर्क होउन् र उनीहरूले सोभियत संघद्धारा नेतृत्व गरिको विश्व साम्राज्यवादी-विरोधी शिविरको पक्षमा दरो अडान लेउन् र लोक जनवादको लागि संझौताहीन संघर्षलाई अघि बडाउन् । शोषित, पददलित जनताको पंक्तिमा रहेका दाजु-भाइ दिदी-बहिनीहरू हो ! संसारका संघर्षरत जनताको नेता समाजवादी सोभियत संघको विरुद्ध हाम्रो पावित्र मातृभूमिलाई युद्ध-अखडामा फेर्ने अपराधी योजनालाई विफल पार्न दृढ रूपमा संघर्ष गर्नुहोस् । नेपालका श्रमजीवी जनताले कहिले पनि सोभियत संघको विरुद्ध संघर्ष गर्न छैनन्, आफ्नो वर्गाय दाजुभाइहरूको विरुद्ध कहिले पनि हात उठाउने छैनन् । विदेशमा साम्राज्यवादी डकैतीको रक्षाथ रगत बगाउन इन्कार गर्नोस् । नेपालका गरीब जनताले अरू मुलुकहरूमा गरीब जनताको शोषण गर्नमा साम्राज्यवादी उपनिवेशवादीहरूलाई किन मदत गर्न ? नेपालका गरीब जनताले हाम्रो मुलुक र जनतामाथि आघिपत्य जमाइरहेको उही अंग्रेज-अमेरिकी साम्राज्यवादीहरूलाई बलियो पार्न आफ्ना जीवनको बलिदान किन गर्न ? बर्मा मलाया र अन्य दक्षिण-एशियाली मुलुकहरूको मुक्ति संघर्ष विरुद्ध लड्न इन्कार गर्नोस्, किनभने ती मुलुकहरूका जनताहरू पनि उही मगहरूका लागि र उही शोषकवर्गहरूको विरुद्ध लडिरहेका छन्, जुन मार्गका लागि र जुन शोषक वर्गको नेपाली जनता आफ्नो मुलुकमा लडिरहेका छन् । शोषितहरूको विरुद्ध लड्न कम्मर कस्नुहोस् । आफ्नै दाजु-भाइहरूतिर होइन, सर्व-साधारण जनताका शस्त्रुहरूतिर आफ्नो बन्दुक सोझ्याउनु होस् । आफ्ना दाजु-भाइहरूको विरुद्ध लड्नुको अर्थ आफ्नै दसत्वलाई बलियो पार्नु हो । घृणित हहाराणा र उनका अधिकृतहरूको आदेशमा आफ्नो मुलुकका आफ्नै जनतालाई दबाउन दृढतापूर्वक इन्कार गर्नुहोस् । हहाराणा र उनको साँगुरो शासक गुटले तपाईहरूलाई जग्गाको हकबाट वञ्चित पारेका छन्, तपाईहरू र तपाईहरूका नातेदारहरूलाई भोकको मुखमा हालेका छन् र अनि, तपाईहरूको अति गरिबबाट फाइदा उठाएर, आफ्नो लूट बचाउन आफ्नो सशस्त्र चाकरको रूपमा तपाईहरूलाई भति गरिरहेका छन् र विदेशी साम्राज्यवादीहरूलाई भरौटेको रूपमा तपाईहरूको बेचविखन गरिरहेका छन् । सेनामा पाईहरूको जीवन एक सतत् अपमान हो । आफ्नै भोका दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई गोली हान्न इन्कार गर्नुहोस्, थिचाहा, शोषकहरूतर्फ आफ्नो संगीन सोझ्याउनु होस् र आफ्नो संघर्षरत जनताको पक्ष लिनु होस् । यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जिवनको बाटो हो । नेपालका मजदूरहरू हो ! तपाईहरूले मार्च १९४७ का आफ्ना पहिला हडताल संग्रामहरूको बेलामा नै आफ्नो झण्डा, विश्व सर्वहारावर्गको अन्तर्राष्ट्रिय एकताको झण्डा उठाउनु भएको छ । निस्कासित राणाहरू र् भारतको समाजवादी नेताद्धारा समथित कांग्रेसी नेताहरूले तपाईहरूको वर्ग शस्त्रुसितको पहिलो मुभेदप्रति विश्वासघत गरे पनि त्यो मुलुकभर फैलियो । कांग्रेसी गद्दारहरूले औपचारिक रूपले हडताल बन्द गर्ने घोषणा गरिसकेपछि पनि राजधानीमा विभिन्न विभागका सरकारी कर्मचारीहरूले बाँच्न योग्य ज्याला र कामको राम्रो अवस्थाका लागि हडताल गरे । अब एकताबद्ध तागतद्धारा आफ्नो संघर्षलाई अगि बढाउनका लागि सबै जिल्लाहरूबाट प्रतिनिधिहरू राखी आफ्नो स्वतन्त्र मजदूर संघहरू गठन गर्नुहोस् र उपयुक्त महत्वपूर्ण मागहरूको तत्काल पूतिका लागि, बाच्नयोग्य ज्याला, आठघण्टा काम्को दिन, काम्को राम्रो अवस्था सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरूको निम्ति मुफ्त शिक्षा, पूर्णा मजदूर संघीय अधिकारहरूको कार्यान्वयनका लागि आफ्ना शक्तिहरूको परिचालन गर्नुहोस् । मजदूर साथीहरू हो ! एकता, संगठन र संघर्षमा हाम्रो तागत रहेको छ । नयाँ नेपाल र प्रजातान्त्रिक जीवन-पद्धतिको निर्माणका लागि लाल झण्डाको नेतृत्वमा नयाँ संग्रामहरूतर्फ अघि बढ्नुहोस् । नेपालका श्रमजीवी किसानहरू हो ! वर्तमान सामन्ती व्यवस्थाको विरुद्ध कठोर सम्झौताहीन संघर्षबाट नै तपाईहरूको मुक्ति हुनेछ । यस गौरवशाली संघर्षमा तपाईहरू न कमजोर हुनुहुन्छ, न एक्लो । तपाईहरू मुलुकमा अत्यधिक बहुसंख्यामा हुनुहुन्छ । वीरतापूर्ण मजदूरवर्ग यस संघर्षको अघिल्लो मोर्चामा उभेको छ र नेपाल, भारत, पाकिस्तान तथा समस्त विश्वका सबै प्रजातान्त्रिक शक्तिहरू तपाईहरूको साथमा छन् । लाल झण्डाको नेतृत्वमा मुलुकव्यापी स्तरमा आफ्नो स्वन्त्र जन संगठन बनाउनुहोस् र् तलका मागहरू पूरा गर्न दृढ संघर्ष चलाउनु होस्:- १. जमीन जोत्नेलाई देऊ । २. खेत मजदूरहरूमा पर्ती जग्गा वितरण गर । ३. गैर-कानूनी नजराना तथा बेठ बेगारी खारेज गर । ४. त्रिभाग् तत्काल लागू गर । ५. खेत मजदूरहरूका लागि बाँच्नयोग्य ज्याला । ६. पूर्ण नागरिक स्वतन्त्रता । नेपालका विद्यार्थी तथा जनवादी युवाहरू हो ! नेपालको पहिलो राष्ट्रिय संघर्षमा तपाईहरूले गौरवशाली भूमिका खेल्नुभएको छ र प्रशस्त रगत बगाउनु भएको छ । युवा गंगालालको अमर प्राणोत्सर्गले तपाईहरू धेरै जनालाई नयाँ संग्राम र नयाँ बलिदानको निम्ति अभिप्रेरित गरेको छ । १९३० एकजना वीर श्री खड्गमान अझसम्म आफ्नो आँगमा सिक्री र नेलसहित जेलमा सडिरहनु भएको छ । दैनिक परिपक्व संग्रामहरूद्धारा उक्त परंपरालाई अरू उच्चाइमा उठाउने समय र बोलाहट भएको छ । आजसम्म तपाईहरूले स्वतन्त्र लडाकू जन-संगठन नहुँदा विश्वासघाती र अवसरवादीहरूले तपाईहरूलाई मझधारमा अलपत्र छोड्ने मौका पाएका छन् । त्यसैले, तलका मागहरूको लागि लड्न आफ्नो स्वतन्त्र, लडाकू, प्रजातान्त्रिक, जन संगठन बनाउन अघि बढ्नुहोस्:- १. सर्वसाधारण जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरू । २. प्रजातान्त्रिक शिक्षा प्रणाली, मुक्ति अनिदर्या प्राथमिक शिक्षा, उच्चस्तरमा सस्तो शिक्षा । ३. पूर्ण शैक्षिक (Academic) अधिकारहरू । ४. सच्चा स्वाधीनता, प्रजातन्त्र र शान्तिका लागि । नेपालका श्रमजीवी महिलाहरू हो ! तपाईहरू बढ्दो संघर्ष र लडाकूपनाको स्वागत गर्दछौ । मार्च १९४७ मा विराटनगर जूट तथा कपडा मिलहरूका श्रमजीवी महिलाहरूले आफ्ना पुरुषहरूसित काँधसा काँध मिलाएर लडेका छन् । त्यही सालमा महिलाहरूले महाराणाको सशस्त्र आतंकलाई हाँक दिदै, काठमाडौंको सडकमा प्रदर्शन गरेका छन् । जन आक्रोसको बढ्दो डराएर, राणा सरकारले बाध्य भई नगरपालिकीय प्रशासन जनताको हातमा सुम्प्यो । तर निर्वाचनमा महिलाहरूलाई मतदान गर्ने अधिकारबाट विञ्चत पारियो । नेपालको श्रमजीवी महिलाहरूले चुपचाप सहेर बस्न इन्कार गरे । एउटा प्रतिनिधिमण्डल बनाएर उनीहरू प्रधानमन्त्रीको निवासस्थानतर्फ गए । यसबाट तपाईहरूको लड्ने तथा अधिकार प्रप्त गर्ने अठोट देखिएको छ । सामाजिक आर्थिक तथा राजनैतिक तेहोरो थिचोमिचोको विरुद्ध लड्न आफ्नो महिला संघ गठन गर्नुहोस् । तलका मागहरू उठाउनुहोस् र संझौताहीन संघर्षद्धारा त्यसलाई टेवा दिनुहोस्:- १. समान कामको लागि समान तलब । २. राष्ट्रिय जिवनका सबै शेत्रमा समान अधिकारहरू । ३. सुत्केरी सुविधा र केटाकेटीहरूका लागि सुरक्षित जीवन । ४. मुफ्त शिक्षा । ५. विदेशी साम्राज्यवादी सेनाहरूमा रहेका हाम्रो छोरा र लोग्नेहरू फिर्ता देऊ । ५. स्वतन्त्र, लोक जनवादी नेपाल । अतः नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षम भाग लिने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने काममा आफूलाई समपित गर्दछ । यसलाई सो बाटोबाट आतङ्क वा झूठो प्रचारले विचलित पार्न सक्ने छैन । अन्य पूँजीवादी तथा निम्न-पूँजीवादी पार्टीहरूले जनताप्रति विश्वासघात गरेका छन् र पछि पनि गर्दै रहनेछन् । नेपाल कम्युनिष्ट पार्टी, मजदूरवर्गको पार्टी, मार्क्सवाद-लेनिनवादको पार्टीले आँधीवेरीमा जनताको साथ दिनेछ, र यसले के प्रतिज्ञा गर्छ भने यसले सच्चा स्वतन्त्रा तथा लोक जनवादको लागि संघर्षको अघिल्लो पंक्तिमा उभी लड्दै रहने छ । नेपाल कम्युनिष्ट पार्टी शोषकहरूलाई ठोक्ने जनताको मुड्की हो । तसर्थ हामी मजदूरवर्ग, भूमिहीन तथा गरीब किसानहरूका सर्वोत्तम छोराछोरीहरूलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरूलाई नेपाल कम्युनिष्ट पार्टीका जुझारू पंक्तिहरूमा सामेल हुन आव्हान गर्दछौँ, किनभने एउटा बलियो, जन कम्युनिष्ट पार्टीले मात्र क्रान्तिका जनवादी शक्तिको नेतृत्व गर्न स्क्दछ ।

के छ पूर्व माओवादीको एक्काईसौं शताब्दीको जनवादमा?

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशिल चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरे पछि, त्यसले अनिवार्यरुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः सम्बन्धित जनक्रान्तिका अगाडि नितान्त नयाँ चूनौती र नयाँ संभावनालाई खडा गरिरहेको हुन्छ । त्यसमा पनि आज विशेष गरि विश्वमा एउटा पनि वास्तविक समाजवादी सत्ता नरहेको तथा ‘भूमण्डलीकरण’ र ‘उदारीकरण’, ‘सभ्यताको विस्तार’ र ‘आतंक विरोधी युद्ध’का नाममा अत्यन्त उदण्डतापूर्वक अमेरिकी साम्राज्यवादले विश्वलाई नै आफ्नो मुठ्ठीमा राख्न अगाडि बढिरहेको वर्तमान संदर्भमा नेपाली जनयुद्धको यो चरण र यसको भावी विकास अझ विशेषरुपले जटील र अझ विशेषरुपले महान हुने कुरा निश्चित छ । पार्टीको दास्रो राष्ट्रिय सम्मेलनको वैचारिक संश्लेषण तथा त्यसको प्रयोगको प्रक्रियासँगै जनयुद्धको विकासमा गुणात्मक प्रगति देखा पर्यो । २१औँ शताब्दीको सँघारमा देखा परेको जनयुद्धको गुण र मात्राको ब्यापकता सँगसँगै विश्व साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी गतिविधिलाई तिव्रता दिन थाल्यो । दरवार हत्याकाण्ड मार्फत सर्वाधिक निरङ्कुश सामन्ती तत्वहरुलाई अगाडि बढाई महान जनयुद्धका विरुद्ध उनिहरुलाई सामाजिक, आर्थिक र राजनैतिक खुला सहयोगद्धारा साम्राज्यवादले नेपालमा आफ्नो दाह्रा, नंग्रा गाड्ने जमर्को गर्दै आएको छ । नेपालको भू—राजनैतिक स्थितिको रणनैतिक महत्व र जनयुद्धको विजयद्धारा पैदा हुने दुरगामी प्रभावलाई ठूलो चूनौतीकारुपमा बुझेर नै साम्राज्यवादीहरुले नेपालमा माओवादी आन्दोलनलाई सत्ता कब्जा गर्नबाट रोक्ने रणनीतिको घोषणा गरिरहेका छन् । ११ सेप्टेम्बरको घटनापछि तथाकथित आतंकवाद विरोधी युद्धका नाममा साम्राज्यवादको विरोध गर्ने उत्पीडित देश र जनताका विरुद्ध अत्यन्त क्रुर र जंगली युद्ध थोपर्दै आएको अमेरिकी साम्राज्यवादले अहिले नेपालमा भएको युद्धविराम र वार्ता प्रक्रियालाई समेत आफ्नो त्यहि रणनीतिको अंग र विजयकारुपमा प्रचार गर्नु तथा माओवादी आन्दोलनलाई समेत अन्तराष्ट्रिय आतंकवादको सूचीमा राख्नुले जनयुद्धको विकासको स्तर र यसका अगाडिका चूनौतीहरुलाई स्पष्ट गर्दछन् । आज विश्व जनमतको जर्बजस्त विरोधका बावजूद अत्याधुनिक सैन्य प्रविधिका बलमा इराक र इराकी जनतालाई तवाह पार्न ‘सफल’ भएको उदाहरण देखाएर अमेरिकी साम्राज्यवादले त्यो कथित सफलतालाई, विद्रोहको कुरा गर्ने विश्वका साना—ठूला सबै शक्तिहरुका लागि एउटा चेतावनी भएको अहंकारयुक्त घोषणा गरिरहेको छ । देशभित्र पुरानो सामन्ती सत्ता र प्रमुख संसदवादीहरुको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र एवं साम्राज्यवादको उपरोक्त धम्किका सन्दर्भमा हामीले अत्यन्त गंभीरतापूर्वक पार्टीका रणनीति र कार्यनीतिहरुको विकास गर्न जरुरी छ । विश्व परिस्थितिबारेशीतयुद्धको समाप्तीपछि साम्राज्यवादीहरुले गरेको ‘इतिहासको अन्त्य’ र ‘नयां विश्व व्यवस्थाको उदय’को दाबीलाई पूर्णतः झुट्टो बकवास साबित गर्दै आज विश्वका सबै आधारभूत अन्तरविरोधहरु तिव्र भएका छन् । साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनताका बीचको विश्वको प्रमुख अन्तरविरोध मात्र विष्फोटक भएको छैन अपितू अन्तरसाम्राज्यवादी अन्तरविरोध पनि झन चर्केर गएको छ । पूर्व सोभियत संघको पतनपछि सिंगो भूमण्डलमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्ने रणनीति अन्तर्गत अमेरिकी साम्राज्यवादको बढ्दो लूट, हस्तक्षेप र आतंक सँगै यो स्थितिको विकास भइरहेको छ । धर्तीको अत्याधिक मानवीय एवं प्राकृतिक संशाधनको शोषण, दोहन र लूटमा खडा भएको तथाकथित अमेरिकी सम्पन्नता र सभ्यातालाई आफैंले विश्वको आदर्श धरोहर घोषणा गर्दै साम्राज्यवादी धनकुबेरहरुको वुश मण्डलीले उसको विरोधमा आवाज उठाउने राष्ट्र, संगठन, आन्दोलन र जनसमुदाय जो कसैमाथि हमला गर्ने विशेष अधिकारको दाबी र प्रयोग गर्दै आएको छ । मानव जातीलाई नै ध्वंस गर्न सक्ने महाविनासकारी हतियारहरुको निर्माण गर्ने युद्ध उद्योगमा टिकेको अमेरिकी अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन यो वा त्यो बहानामा जनसमुदायमाथि युद्ध थोपर्नु साम्राज्यवादको एउटा मूल विशेषता बनिरहेकै छ । गत दशक देखिनै सामान्यतः समग्र साम्राज्यवादी अर्थतन्त्र एवं विशेषतः अमेरिकी अर्थतन्त्रमा गहिरो मन्दी छाएको छ । औद्योगिक पूँजीमाथि वित्तिय पूँजीको बर्चस्व कायम भएको र त्यस प्रकारको वित्तिय पूँजीमाथि ‘विश्व बैंक’, ‘अन्तराष्ट्रिय मुद्राकोष’ जस्ता संस्था मार्फत मुख्यतः अमेरिकी नियन्त्रण रहेको छ । वित्तिय पूँजीको दबदबा र त्यसको असीमित संकेन्द्रणले असमान आय वितरण, असमान विकास, वेरोजगारी एवं धनि र गरिबका बीचको खाडललाई पनि भयानकरुपले चर्काएर लग्यो । विज्ञान, प्रविधिको विकास र पूँजीको संकेन्द्रणले साम्राज्यवादी आर्थिक इकाईहरुको उत्पादन क्षमता त असिमितरुपले वृद्धि भइरहेको छ तर, विकास र वितरणको असमानताकाकारण माग र बजार त्यहि अनुपातमा नबढेको मात्र होइन झन सीमित हुँदै गएको छ । साम्राज्यवादी अर्थ व्यवस्थाको यो वंशाणुगत नीयतीका कारण बजारका निमित्त साम्राज्यवादी गुटहरुका बीचमा टकराव हुन अनिवार्य हुन्छ । आज विश्व परिस्थितिमा एउटा ठूलो मोड र परिवर्तनलाई व्यक्त गरिरहेको इराक युद्धको पृष्ठभूमीले उक्त कुरालाई स्पष्ट गर्दछ । अन्तर्राष्ट्रिय भुक्तानको माध्यम डलर भएको हुनाले पाँच खरब भन्दा बढिको व्यापार घाटालाई अमेरिकाले मनपरी डलर छापेर पूर्ति गरिरहेको भयता पनि यदि झण्डै आधा अमेरिकन मुद्रामा नियन्त्रण गर्ने युरोप लगायतका अन्य साम्राज्यवादी देशहरुले डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने वित्तिकै सस्तो ब्याजको ऋणमा टिकेको अमेरिकी घरेलु अर्थ व्यवस्था टाट पल्टिने निश्चित छ । वस्तूतः अमेरिकाका कैयौँ ठूल्ठूला कम्पनि र बैंकहरु टाट पल्टिंदै जानुका पछाडि यहि स्थितिले काम गरिरहेको छ । यता केहि समयदेखि विकास हुँदै गएको ‘यूरो’को अवस्थाले ‘डलर’को भविष्यलाई चूनौती दिँदै गएको छ । यसमा खास गरि सन् २००० देखि इराकले आफ्नो तेलको भुक्तान युरो मार्फत गर्न थालेको थियो । भेनेजुएलाले यो काम झन पहिलेदेखि गर्दै गएको थियो । अमेरिकन डलरको सट्टा कैयौँ सामाज्यवादी देशहरुले आफ्नो विदेशी मुद्रा भण्डारलाई विस्तारै युरोमा बदल्न थाले । कतिपय अमेरिकाकै नजिकका मानिने देशहरु समेत युरोलाई निश्चित हदसम्म भण्डार गर्न इच्छुक हुँदै गए । त्यसमा पनि गत सात वर्षदेखि तेल उत्पादक देशहरुले तेल सम्पदाको विकासकालागि कुनै पनि अमेरिकन कम्पनिलाई आमन्त्रित गर्न छोड्न थाले । यो समग्रस्थितिमा यदि तेलको विशाल विश्व व्यापारमा युरोको कब्जा भयो र डलर बाहिरीयो भने (जसको स्पष्ट संकेत देखा परि सकेको थियो) अमेरिकाको अर्थतन्त्र चौपट हुने र विश्वमा उसको एकछत्र दादागिरि नचल्ने निश्चित भयो । यसरि वस्तूतः ११ सेप्टेम्बरको घटना भन्दा पहिलै नै अमेरिकाको आर्थिक प्रभुत्वमा ठूलो खतरा उत्पन्न भइ सकेको थियो । त्यो अवस्थामा स्वंय नाटोका सदस्य देशहरु भित्रै अति उत्पादन र सिमित बजारको अन्तरविरोधको अनिवार्य अभिव्यक्तिकारुपमा आपसी टकराव देखा पर्नु स्वभाविक थियो । अमेरिकी साम्राज्यवादले अब आफ्नो आर्थिक प्रभुत्वकालागि एकमात्र अतिमहाशक्तिको दर्जा प्राप्त विशाल फौजी संयन्त्रसहित युद्ध छेड्नु बाहेक अर्को उपाय देख्न संभव थिएन । ठिक यहि पृष्ठभूमिमा ११ सेप्टेम्बरको घटना घट्यो । यो घटना वस्तूतः संकटग्रस्त बन्दै गएको अमेरिकी साम्राज्यवादी धनकुबेरको निमित्त युद्ध छेड्ने अत्यन्त ठूलो बहाना बन्न गयो । एक ध्रुवीय आर्थिक र सैनिक प्रभुत्वकालागि आफ्नो विशाल फौजी संयन्त्रसहित युद्धको बहाना खोज्न थालेका तेल व्यापारी बुश मण्डलीले तत्काल कथित आतंक विरोधी युद्धका नाममा दीर्घकालिन युद्धको घोषणा गर्यो । आफ्नो प्रमुख रणनैतिक लक्ष्य तेल कब्जा गरि आफ्ना प्रतिस्प्रधिहरुलाई पाखा लगाउनु र विश्व अर्थतन्त्रमाथिको पकड मजबुत पार्नु भएता पनि तत्काल त्यसलाई आतंकविरोधी युद्धको नाम दिएर अफगानिस्तानमाथि हमलाबाट शुरु गरियो । जब यो प्रक्रिया अगाडि बढेर विश्वको दोस्रो ठूलो तेल भण्डार रहेको सार्वभौम राष्ट्र इराकमाथि कथित सामुहिक विनासका रासायनिक तथा जैविक हतियार रहेको र त्यसलाई नष्ट गर्ने आधारहिन आरोपमा हमलाको तयारी अमेरिकी र ब्रिटिश फौजबाट हुन थाल्यो तब विश्व परिस्थितिमा ठूलो उथल-पूथल र परिवर्तन देखा प¥यो र परिरहेको छ । युद्धको तयारीकै क्रममा मुख्यतः युरोप, अमेरिका लगायत विश्वभरि नै साम्राज्यवादी युद्धको विरोधमा अभूतपूर्व जन-प्रदर्शनको लहर देखा पर्यो । साम्राज्यवादीहरुका गढमानै युद्धलाई ‘मानवता विरुद्धको अपराध’ र ‘वुश–ब्लेयरहरुलाई २१औँ शताब्दीका हिटलरसँग’ तूलना गरेर भएको युद्ध विरोधी विशाल र भव्य जनप्रदर्शनहरुले विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तुगतरुपले क्रान्तिकारी परिस्थितिलाईण् ठूलो मात्रामा तयार गरेको छ । यूरोप, अमेरिका र विश्वभरि विकास भएको जनसमुदायको युद्ध विरोधी एकता र पहलले तत्काल इराक युद्धलाई रोक्न सफल नभएता पनि यसले साम्राज्यवादका विरुद्ध जनशक्तिको विकल्प र भावी विद्रोहको सम्भावनाको बलियो आधार खडा गरेको छ । करौडौँ जनसमुदायको विश्वव्यापी विरोधका बावजूद छेडिएको युद्धले साम्राज्यवादीहरुको प्रजातन्त्रको नकाव च्यात्तिएर उनिहरुको असली सैन्य फासिवादी चरित्र एक पटक फेरी विश्वस्तरमा उदाउँदो भएको छ । इराक युद्धका सन्दर्भमा विकसित भएको विश्व परिस्थितिको यो एउटा अत्यन्त सकारात्मक पक्ष हो । इराक युद्धले अन्तर साम्राज्यवादी अन्तरविरोधलाई सतहमा मात्र ल्याएन काफिहदसम्म त्यसलाई चर्काएर लगेको छ । फ्रान्स, जर्मनी र रुस मुखरित भएर नै अमेरिका र ब्रिटेनको युद्ध नीतिका विरुद्ध देखा परे । फ्रान्सले राष्ट्र संघमा युद्धका विरुद्ध भीटो प्रयोग गर्न दिएको धम्की तथा अमेरिकाको ‘एक ध्रुवीय विश्व प्रभुत्व सैन्य नभएको’ घोषणाले अन्तर साम्राज्यवादी अन्तरविरोधको स्तरलाई व्यक्त गर्दछ । मुख्यतः आ-आफ्नो आर्थिक स्वार्थ र सहायकरुपमा सडकमा जनसमुदायको जवर्जस्त प्रदर्शनको दवाबका कारण यस किसिमको विरोध त्यो स्तरसम्म देखा परेको कुरा स्पष्ट नै छ । तर, आजको साम्राज्यवादी विश्व व्यवस्थालाई बचाइराख्न सक्ने एक मात्र तागत अमेरिका नै भएको तथ्यलाई राम्रोसँग बुझेका यी साम्राज्यवादीहरुको विरोधको स्वरमा अमेरिकासँग साँठगाँठ र दलालीको गन्ध पनि सजिलै महशुस गर्न सकिन्छ । यो कुरा राष्ट्रसंघको वकालत र युद्धको विरोध गर्दा गर्दै पनि यी देशहरुले त्यसलाई रोक्न कुनै ठोस कदम नचालेको मात्र होइन अप्रत्यक्ष रुपमा युद्धलाई सहयोग गर्ने तथा अमेरिकाले युद्ध हार्न भने हुँदैन भनेर गरेको प्रचारबाट स्पष्ट हुन्छ । जे भए पनि तेल र बजारका निमित्त साम्राज्यवादी प्रतिश्प्रधा बढ्दै गएको छ र इराक युद्धले त्यो अन्तरविरोधलाई झन तिब्र र गहिरो तुल्याएको छ । विश्व परिस्थितिमा विकास भएको यो अर्को महत्वपूर्ण परिवर्तन हो । शीत-युद्धको अन्तपछि अमेरिकाको एकछत्र प्रभुत्वलाई स्वीकार गरेर त्यसको आशिवार्द प्राप्त गर्न प्रतिस्प्रधा गरिरहेको तेस्रो विश्वका प्रतिक्रियावादी शासकहरु गत दशकको अनुभवबाट आफ्नो स्थिति झन कमजोर भइरहेको महशुस गरिरहेका थिए । अहिले तस्रो विश्वका सबै प्रतिकृयावादी शासकहरु एकातिर जनसमुदायको बढ्दो आक्रोश र विद्रोह तथा अर्कातिर विश्व साम्राज्यवादको दबाव, धम्कीको दोहोरो चेपमा रहेका छन् । राष्ट्र संघको अस्वीकृती, विश्व जनमतको व्यापक विरोध र तेस्रो विश्वका अधिकांश शासकहरुको अनुनय, विनयका वावजूद अमेरिका र ब्रिटिश साम्राज्यवादद्धारा एउटा सार्वभौम देश इराकमाथि गरिएको भीषण हमलाले झण्डै–झण्डै बिर्सिन लागेको असंलग्न आन्दोलनलाई स्मरण गर्न र सो आन्दोलन मार्फत युद्धको विरोध गर्न तेस्रो विश्वका शासकहरु बाध्य भएका छन् । तर, आफ्नो प्रतिकृयावादी चरित्रका कारण साम्राज्यवादका विरुद्ध उनिहरुले कुनै दृढ अडानलिन सकिरहेका छैनन् र लिन सक्ने कुरा पनि होइन । तेस्रो विश्वका कतिपय निरङ्कुश शासकहरु आफ्नो आयु र अस्तित्वका लागि नै साम्राज्यवादका दलाली गरिरहेका छन् भने, अन्य कतिपय आतंकित मानसिकता सहित सम्झौताको बाटो खोजिरहेका छन् । जे भए पनि अन्तर साम्राज्यवादी अन्तरविरोध चंर्कदै जानु र त्यहि अनुपातमा असंलग्न आन्दोलनले पूनर्जीवित हुने जमर्को गर्नुले विश्व स्थितिमा आइरहेको परिवर्तनलाई नै व्यक्त गर्दछ । इराक युद्धमा प्राप्त कथित फौजी सफलताबाट अमेरिकी साम्राज्यवादीहरुको विश्व प्रभुत्व कायम गर्ने अहंकार झन बढेर गएको छ । उनिहरुले त्यो ‘सफलता’लाई अमेरिकाका विरुद्ध आवाज उठाउने विश्वका साना ठूला सबै शक्तिका विरुद्ध एउटा चेतावनी भएको दम्मपूर्ण घोषणा गरेका छन् । पुरै अरब देशहरुमा आफ्ना अगाडि घुँडा टेक्न कठपूतली सरकार कायम गरि तेल मार्फत विश्व कब्जा गर्ने रणनीति अहिले सिरिया, इरान लगायतका देशहरुमाथि धम्किमा केन्द्रित गरिरहेका छन् । अफगानिस्तान र पाकिस्तानमा आफ्नो सैन्य संयन्त्रलाई बलियो तूल्यादै लगेको अमेरिकी साम्राज्यवादले दक्षिण एशियामा आफ्नो प्रभुत्व कस्दै लैजाने रणनीति अपनाएको छ । यस क्षेत्रका देशहरुमा विद्यमान प्रतिक्रियावादी सरकारहरुको आत्मसमर्पणवादी चरित्रका कारण त्यो रणनीतिमा उनिहरु सफल पनि हुँदै गएका छन् । कश्मीर विवादलाई हतियारकारुपमा प्रयोग गरि भारत र पाकिस्तानका शासकहरुलाई विरालोले मुसा खेलाएझैं खेलाउँदै आएको अमेरिकी साम्राज्यवादको अहिलेको ध्यान जनयुद्धको माध्यमबाट तिब्र गतिमा एकपछि अर्को सफलता हाशिल गर्दै गएको नेपाली जनताको महान जनवादी आन्दोलनलाई निस्तेज पार्ने प्रश्नमा केन्द्रीत भइरहेको छ । वैचारिक दृष्टिले २१औँ शताब्दिको अग्रगामी आन्दोलन भएको तथा नेपालको भ-रणनैतिक अवस्थिति (विशाल चिन र भारतका बीचमा हुनु) का कारण माओवादी आन्दोलनको सफलता विश्व साम्राज्यवादका विरुद्ध नयाँ विश्व क्रान्तिको झिल्को हुने तथा त्यसबाट विश्व साम्राज्यवादमा डढेलो लाग्ने कुरालाई बुझेर नै उनिहरुले नेपालमा विगत करिब ३ वर्षदेखि आफ्नो हस्तक्षेपकारी गतिविधिलाई बढाँउदै लगेका छन् । घोर प्रतिगामी सामन्ती निरङ्कुशवादी तत्वहरुलाई टिकाइराख्न जनयुद्धका विरुद्ध सामरिक, आर्थिक, भौतिक सहयोग बढाइरहेका छन् । युद्धविराम भएर औपचारिक वार्ताको संघारमा आइ पुग्दा अमेरिकी साम्राज्यवाद र नेपाली पुरानो सत्ताका बीचमा भएको कथित आतंकवादका विरुद्धको ५ वर्षे समझदारी (सन्धिले) र हालै नेपालको माओवादी आन्दोलनलाई समेत आतंकवादको सूचीमा राख्ने घोषणाले स्थितिको गम्भीरतालाई स्पष्ट गर्दछ । अहिलेको विश्व परिस्थितिको यो संक्षिप्त अवलोकनबाट मात्र पनि के कुरा स्पष्ट हुन्छ भने इतिहासका तमाम उतार–चढावका बावजूद साम्राज्यवादका आधारभूत विशेषता र बुसका लागि युद्धको अनिवार्यताबाट कमरेड लेनिनले गरेको विश्लेषण आज पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक रहेको छ । क्रान्तिद्धारा युद्धको विरोध बाहेक विश्व जनसमुदायका अगाडि अर्को विकल्प छँदै छैन् । इराक युद्धसम्मको स्थितिले २१ औँ शताब्दिमा विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तूगत परिस्थितिलाई परिपक्क बनाउदै लगेको छ । मालेमाका आधारभूत सिद्धान्तका आधारमा साहसपूर्वक त्यो विश्व क्रान्तिको नेतृत्वका लागि आफैलाई तयार पार्ने महान ऐतिहासिक कार्यभार अन्तर्राष्ट्रिय सर्वहारा वर्गको काधमा आएको छ । जनयुद्ध वाहेक साम्राज्यवादलाई परास्त गर्ने अर्को कुनै फौजी रणनीति हुन सक्तैन । विश्व परिस्थिति र नेपाली क्रान्तिबारे सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले आजको विश्वलाई आश्चर्य जनकरुपमा साँघुरो पारि दिएको छ । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासले कुनै निश्चित देशमा जनक्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलता वा प्रतिकूलताले रणनैतिक महत्वको भूमिका खेलिरहेको हुन्छ । त्यसमाथि २१औँ शताब्दिको विज्ञान र प्रविधिको विकासले एउटा देशमा क्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको महत्व झन गुणात्मकरुपले बढ्न गएको छ । आजको स्थितिमा कुनै निश्चित देशको क्रान्तिका उतार-चढावहरु विश्व परिस्थितिमा आउने उतार-चढावसँग निरन्तर र अभिन्नरुपले गाँसिएका हुन्छन् । नेपाली क्रान्तिको विकासका ७ वर्षहरुले उपरोक्त वास्तविकतालाई राम्रोसँग अभिव्यक्त गर्दै आएको छ । विश्व साम्राज्यवाद, आजको अवस्थामा मुख्यतः अमेरिकी साम्राज्यवाद यदि पुरानो सामन्ती सत्ताको सहयोगमा प्रत्यक्ष अगाडि नआएको भए पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्धारा संश्लेषित विचार, रणनीति र कार्यनीतिको प्रयोगद्धारा नेपाली क्रान्ति अहिलेको भन्दा केहि भिन्न र सापेक्षित सहजतापूर्वक अगाडि बढ्न संभव थियो । कुख्यात दरबार हत्याकाण्ड मार्फत सर्वाधिक क्रुर र निरङ्कुश सामन्ती तत्वहरुलाई नेपाली जनयुद्धका विरुद्ध खडा गराउनेदेखि ११ सेप्टेम्बर पछि कथित आतंकवादका विरुद्ध युद्धको घोषणासागै नेपालमा आफ्नो हस्तक्षेप बढाउनेसम्मका अमेरिकी साम्राज्यवादका क्रियाकलापले नेपाली क्रान्ति प्रभावित भएको छ । हामी यो कुरा स्पष्टसँग र पुरै अनुभवकासाथ भन्न सक्दछौँ कि विगत ‘संकटकाल’मा यदि पुरानो सामन्ती सत्ता र उसको शाही सेनालाई अमेरिकी सैन्य विशेषज्ञहरुको योजना, निर्माण, तालिम र निर्देशनमा प्रत्यक्ष सहभागिता नभएको भए तथा अमेरिका लगायत वैदेशिक प्रतिकृयावादी शक्तिहरुको आर्थिक र फौजी सहयोग प्राप्त नगरेको भए नेपालमा सडेगलेको सामन्ती सत्ता जनयुद्धका अगाडि आजसम्म टिक्न सम्भव थिएन । साम्राज्यवादको प्रत्यक्ष सहयोग र निर्देशनमा सामन्ती सत्ताले संकटकालका नाममा चलाएको भीषण सैनिक अत्याचार र आतंकका विरुद्ध विभिन्न मोर्चामा उसलाई पराजित गरेर वास्तविक अर्थको रणनैतिक सन्तूलनसम्म जनयुद्धको विकास हुनुले पार्टीको राजनैतिक एवं फौजी कार्यदिशाको महान विजयलाई नै प्रमाणित गर्दछ । ‘शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै’ र ‘असाधारण जटील स्थितिको सिर्जना गर्दै’ अगाडि बढ्नु माक्र्सवाद-लेनिनवाद-माओवादका अनुसार कुनै पनि क्रान्तिको नियम हो । नेपाली क्रान्तिको विकासको नियम त्यो भन्दा बाहिर हुन सक्तैन । आज नेपाली जनयुद्ध रणनैतिक सन्तूलनबाट प्रत्याक्रमणको तयारीको चरणमा रहेकाले साम्राज्यवादी शक्ति पनि यसका विरुद्ध अझ भीषण हमलाको तयारीमा रहेको कुरामा कुनै शंका छैन । नेपाली क्रान्तिका सम्पूर्ण जटीलता, संभावना र चूनौती यहि वस्तुगत स्थितिका अभिव्यक्तिहरु हुन् । सैद्धान्तिक र रणनैतिक दृष्टिले साम्राज्यवाद कमरेड माओले भने झैं कागजी बाघ नै हो । तर, तात्कालिन र कार्यनैतिक दृष्टिले उ मान्छे खांदै हिंड्ने साच्चैको बाघ पनि हो । इराक युद्धसम्म आइपुग्दा साम्राज्यवाद कागजको बाघ र सांच्चैको बाघ दुबै प्रमाणित भइरहेको छ । रणनैतिक दृष्टिले इराक युद्धमा साम्राज्यवाद विश्वभरिका जनसमुदायको विरोध, घृणा र आक्रोशको केन्द्र बनेकोले उ बागजी साबित भएको छ । तर, तात्कालिकरुपबाट उसले अफगानिस्तान र इराकका जनताको रगत पिइरहेको छ र विश्वभरिका जनतातिर आफ्नो रगत लतपत्तिएको मुख देखाएर गर्जिरहेको छ, त्यसरि उ साँच्चैको बाघ बनेको छ । इराक युद्धले विश्वभरिनै क्रान्तिकारी परिस्थितिलाई अझ परिपक्व अवश्य बनाएको छ, तै पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको लहर भने चालिरहेको छैन । तर, नेपालमा भने क्रान्तिको विकास प्रत्याक्रमणको तयारीको चरण जस्तो अत्यन्त संवेदनशिल चरणसम्म भइसकेको छ । विश्व परिस्थितिको यहि रणनैतिक अनुकूलता एवं तात्कालिक प्रतिकूलता र देश भित्रको रणनैतिक सन्तूलनको स्थितिमा नै पार्टीका आजका युद्धविराम, वार्ता, राजनैतिक विकासलगायतका कार्यनैतिक श्रृंखलाहरु आधारित रहेको यथार्थलाई बुझ्न जरुरी छ । चीनमा पूँजीवादको पूनस्थापनासँगै विश्वमा एउटा पनि समाजवादी सत्ता नरहेको, वस्तूगत परिस्थिति अनुकूल बन्दै गएको भएता पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा कुनै शक्तिशाली क्रान्तिकारी आन्दोलनको विकास भइनसकेको, विश्व साम्राज्यवाद घाइते बाघझैं उदण्ड भएर जताततै जनतामाथि झंम्टदैं हिंडेको आजको परिस्थितिमा नेपाल जस्तो सानो र विशिष्ट भू-राजनैतिक अवस्थाको देशमा क्रान्तिलाई केन्द्रीय सत्ता कब्जा गर्ने स्तरसम्म विजयी बनाउन संभव छ रु आज पार्टीका अगाडि उपस्थित भएको यो सर्वाधिक महतवपूर्ण प्रश्न हो । यो प्रश्नको समूचित माक्र्सवादी-लेनिनवादी-माओवादी उत्तरमा नै नेपाली क्रान्तिको भविष्य निर्धारित हुने छ । विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । हिजो शितयुद्धको अन्तपछि पश्चिममा साम्राज्यवादले वैचारिक र भौतिक दुबै अर्थमा ‘विजयउत्सव’ मनाइरहेको तथा पेरुको जनयुद्धले समेत गम्भीर धक्का खाएको अत्यन्त प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीले जनयुद्धको ऐतिहासिक पहल गरेको तथ्य यहाँ स्मरणीय छ । देश भित्र र बाहिरका तमाम प्रतिकृयावादी एवं दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्धको यो पहललाई वस्तुगत परिस्थिति बिनाको ‘उग्रपन्थी भड्काव’ भन्दै केही महिना भित्रै सखाप हुने भविष्यवाणी गरेका थिए । तर, ती तमाम आरोप र भविष्यवाणीका विपरीत ७ वर्षमा जनयुद्ध आजको चूनौतीपूर्ण अवस्थासम्म विकास भएको छ । यो अद्धीतिय विकासका पछाडी पार्टीको सही विचार, नीति, योजना र कार्यक्रम रहेको कुरा स्वतः स्पष्ट छ । आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डो¥याउने जुन चूनौती खडा भएको छ । अन्ततः यो पनि सहि विचारधारात्मक र राजनैतिक कार्यदिशाको विकास गर्ने चुनौती नै हो । ठोस वस्तूको ठोस विश्लेषणका आधारमा यदि पार्टीले नयाँ परिस्थितिका लागि वैचारिक र राजनैतिक कार्यदिशाको विकास गर्न असफल भएर, जडसुत्रवाद वा अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसम्म डोर्याउन असंभव हुनेछ । अहिलेको विश्व परिस्थितिबाट क्रान्तिकारी आन्दोलनमा देखा पर्न सक्ने तीन प्रकारका विचलनकाबारे यहाँ चर्चा गर्न आवश्यक छ । दुश्मनको शक्तिलाई अधिमूल्याङ्कन र जनताको शक्तिलाई अवमूल्यन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनभित्र देखा पर्न सक्ने पहिलो र मुख्य खतरा रहेको कुरामा पार्टी स्पष्ट हुन आवश्यक छ । यस प्रकारको विचलनले युद्धविरामलाई निरपेक्ष शान्तिको अर्थमा ग्रहण गर्ने, वार्ता प्रक्रियालाई दुश्मनका विरुद्ध संघर्षको अर्को मोर्चाकारुपमा नलिएर जसरी पनि सम्झौता गर्ने अर्थमा ग्रहण गर्ने, जनसेनाको सुदृढीकरण र जनसमुदायलाई गोलबन्द गर्ने प्रमुख र कष्टसाध्य काम प्रति अरुची र दुश्मनका विभिन्न गुटहरुसँगको कुटनैतिक सहकार्य र त्यसको परिणामप्रति अनावश्यक आशावादीता प्रकट गर्ने, विश्व परिस्थिति र त्यसको दबावलाई देखाएर पार्टीका रणनैतिक लक्ष्यलाई कार्यनैतिक सिर्जनशिलताका नाममा परित्याग गर्न उद्धत रहने, विचार र नेतृत्वको विकासमा भन्दा यथास्थितिमा चक्कर काट्न रमाउने, युद्धविराम भंग गरेर क्रान्तिलाई अगाडि बढाउनुलाई आत्मघात सम्झने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ । उपरोक्त विचलनको ठीक विपरित अर्को विचलन दुश्मनको शक्तिलाई अवमूल्यन र जनताको शक्तिलाई अधिमूल्याङ्कन गर्ने ‘वामपंथी‘ दुश्साहसवादी विचलनकारुपमा देखा पर्न सक्दछ । यस प्रकारको विचलनले युद्धविराम र वार्ता प्रक्रियालाई अनावश्यक र औचित्यहिन कसरत देख्ने, रणनैतिक लक्ष्यप्रति दृढताका नाममा क्रान्तिको विकासले पैदा गरेका जटीलताहरुको सामना गर्न आवश्यक कार्यनैतिक धुमधुमाउलाई अस्वीकार गर्ने, दुश्मनका बीचको अन्तरविरोधको पहिचान र परिचालनलाई अवसरवाद देख्ने तथा सिधै अगाडि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एकोहोरो सोच राख्ने, पार्टीका विचार, नीति, योजना र कार्यक्रमलाई निरन्तर विकास गर्नु पर्ने कष्ट साध्य कामकारुपमा भन्दा पूर्व संश्लेषित विचार, नीति, योजना र कार्यक्रमलाई पूर्णताको जड अर्थमा ग्रहण गर्ने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ । पार्टीले उपरोक्त दुई परस्पर विपरित देखिने विचलनका साथै अर्को विचलन अकर्मण्यतावाद र पदलायनवादका रुपमा पनि देखा पर्न सक्दछ । यो प्रकारको विचलनले दक्षिणपन्थी, वामपन्थी र क्रान्तिकारी कुनै पनि दिशामा आफूलाई दृढतापूर्वकमा उब्याउन सक्तैन । अन्ततः पलायनवाद यसको गन्तव्य हुन पुग्दछ । पार्टी यस प्रकारका विचलनका विरुद्ध मालेमा र प्रचण्ड—पथका आधारमा निरन्तर विचारधारात्मक संघर्ष अगाडि बढाउन जोड दिन्छ । रणनैतिक, दृढता र कार्यनैतिक लचकताको पार्टीको स्थापित विचारलाई नयाँ परिस्थितिको मांग अनुसार अर्को नयाँ उचाईमा उठाउन आवश्यक ठान्दछ । नेपाली जनयुद्धको विजय न दक्षिणपन्थी आत्मसमर्पणहरुले सोच्ने जस्तो असम्भव छ, न वामपन्थी दुश्साहसवादीहरु सोचे जस्तो सिधा र सरल नै हुनेछ । अफगानिस्तान र मुख्यतः इराक युद्धपछि निश्चितरुपले विश्व साम्राज्यवादका साथै युद्ध विरोधि विश्व जनमत ९कम्युनिष्ट क्रान्तिकारीहरु समेत०को आँखा नेपालमा विशेषरुपले केन्द्रीत हुँदै गएको छ र भावी दिनमा अझ केन्द्रीत हुँदै जानेछ । तेस्रो विश्वका कुनै पनि धार्मिक कट्टरतावादी शासक वा गुट वा प्रतिकृयावादी तानाशाहहरुले साम्राज्यावादी सैन्य हस्तक्षेपका विरुद्ध वास्तविक प्रतिरोध गर्न नसक्ने तथ्य इराक युद्धसम्म आउँदा अझ स्पष्ट भइ सकेको छ । यसका पछाडि तीन प्रमुख कारण रहेको कुरामा हामी स्पष्ट हुनु पर्दछ । पहिलो, त्यस प्रकारका प्रतिकृयावादी शासकहरु आफ्नै जनसमुदायबाट अलग—थलग रहेका हुन्छन् र प्रतिरोध युद्धमा जनसमुदायको सक्रिय पहलकदमीको असीमित उर्जालाई संगठीत गर्न असफल हुन्छन् । दोस्रो, त्यस प्रकारका शासकहरुले प्रयोग गर्ने युद्धशैली साम्राज्यवादी युद्धशैली नै हुने गर्दछ जुन शैलीमा अतिमहाशक्ति साम्राज्यवाद हजारौं गुणा बलियो हुने भएकोले तेस्रो विश्वका शासक वा धार्मिक कट्टरवादी गुटहरु युद्धमा लामो समय टिक्न सम्भव नै हुँदैन । तेस्रो, साम्राज्यवादी युद्धको विरोधमा रहँदा रहँदै पनि त्यस प्रकारका प्रतिकृयावादी शासक वा धार्मिक कट्टरतावादी गुटका पक्षमा विश्व जनमत पुरै शक्तिकासाथ र निरन्तर आन्दोलित हुन असम्भव हुन्छ । निश्चित छ कि नेपाली जनयुद्धका सन्दर्भमा त्यस प्रकारकोस्थिति आधारभूतरुपले नै फरक हुनेछ । मालेमाका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवद्धारा अकाट्यरुपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्धारा मात्र सफलता हाशिल गर्न सम्भव छ । आज विश्व जनमत साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भइरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्ने विश्व ऐतिहासिक महत्वको भूमिका खेल्न सक्ने सम्भावना प्रवल बन्दै गइरहेको छ । यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्मसमर्पणवाद वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रुपमा धक्का खान पुगेमा त्यसले विश्व क्रान्तिको विकासमा नै ठूलो नकारात्मक भूमिका खेल्नेछ । ७ वर्षको जवरर्जस्त विजय अभियान र रणनैतिक सन्तूलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मन जनयुद्धका विरुद्ध नयाँ–नयाँ रणनीति अपनाउन वाध्य भइरहेका छन् । इन्डोनेशिया, चीली, भीयतनाम, निकारागुआ र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरि साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेको छ । ती मध्ये सबै भन्दा प्रभावकारी उपायकारुपमा आतंकवादको आरोप स्थापित गरि भीषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ । यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुने छैन । तर, सही रणनीति र कार्यनीतिका आधारमा अगाडि बढ्दै जाँदा यसले विश्व जनमतलाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थकाउँदै क्रान्तिलाई विजयसम्म डो¥याउन पुरै सम्भव छ । यसका लागि निश्चय नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतार चढावहरु पार गर्नु पर्नेछ । यहाँ मुख्य प्रश्न २१ औँ शताब्दिको क्रान्तिको झण्डालाई झुक्न नदिने रणनैतिक प्रतिबद्धतामा दृढ रहने हो । अमेरिकी साम्राज्यवादीको विपरित र वैकल्पिक ध्रुवको रुपमा जनयुद्धको रणनीतिलाई स्थापित गर्नु र त्यसका लागि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आवश्यकता अनुसार अघि, पछि र दायाँ–बायाँ हुँदै अगाडि बढ्न जरुरी पर्दछ, यस सन्दर्भमा पार्टीले निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ । सर्वहारा अन्तर्राष्ट्रियतावादको महान सिद्धान्त प्रति दृढ रहँदै विश्व सर्वहारा वर्गसँग पार्टीको सम्बन्धलाई अझ ठोस र व्यापक बनाउन जोड गर्न आवश्यक छ । साम्राज्यवादका विरुद्धको लडाईमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक प्रयत्न बिना कुनै खास देशको क्रान्तिको विजय विशेषरुपले असम्भव भएको आजको विश्वमा पार्टीले त्यसका लागि रिम मार्फत विश्वभरिका सर्वहारावादी क्रान्तिकारीसँगको सम्बन्धलाई सजीब र आन्दोलनयुक्त तूल्याउन अझ पहल बढाउन आवश्यक छ । अन्तर्राष्ट्रिय सर्वहारावर्गसँगको सम्बन्ध र उसको सामूहिक प्रयत्नमा संगठित र आन्दोलितरुप दिने कुरालाई पार्टीले पहिलो प्राथमिकता दिन आवश्यक छ । साम्राज्यवादका विरुद्ध विश्वव्यापिरुपमा विकसित हुँदै गएको जनमतसँग नेपाली क्रान्तिलाई जोड्ने प्रश्न पार्टीका अगाडि उपस्थित महत्वपूर्ण प्रश्न हो । पार्टीको अहिलेसम्मको गतिविधिले साम्राज्यवाद विरोधि विश्व जनमतसँग नेपाली क्रान्तिलाई जोड्नकालागि राम्रो वैचारिक र राजनैतिक आधार अवश्य तयार भएको छ । पार्टी र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक र योजनाबद्ध पहल सहित त्यो सम्बन्धलाई सजीब, संगठित र आन्दोलनयुक्त तूल्याउन जोड दिनु आवश्यक छ । उपरोक्त दुई मुलभूत सम्बन्धलाई विकसित गर्ने प्रयाससँगै अमेरिकी साम्राज्यवादसँग अन्तरविरोध राख्ने अन्य विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरुलाई उपयोग गर्ने प्रयत्न बढाउनु पर्दछ । यहाँ स्पष्ट हुनु सर्वहारा वर्ग र साम्राज्यवाद विरोधि विश्व जनमतसँगको सम्बन्धलाई प्राथमिकतासहित मजबूत तूल्याउने प्रयत्नको विकासको सापेक्षेतामा नै अन्तर साम्राज्यवादी र अन्तर प्रतिकृयावादी अन्तरविरोधलाई उपयोग गर्ने पार्टीको क्षमतामा वृद्धि हुनेछ । यसरी मात्र हामीले विश्व क्रान्तिलाई सेवा गर्ने तथा नेपाली क्रान्तिलाई डो¥याउने आफ्नो ऐतिहासिक दायित्वलाई पुरा गर्न सक्नेछौँ । वर्तमान घरेलु परिस्थितिबारेदेशको वर्तमान राजनैतिकस्थिति संक्रमणकालिन संकटको अवस्थाबाट गुज्रिरहेको छ । गृहयुद्धमा रणनैतिक सन्तुलनको विशेष अवस्था, जनसमुदायको शान्तिको आकांक्षा र वैदेशिक शक्तिकेन्द्रहरुको बढ्दो चलखेल र हस्तक्षेपसमेतलाई विचार गरि हाम्रो पार्टीले अत्यन्त गम्भीरता, जिम्मेवारी र लचकतापूर्वक युद्धविराम र वार्ता प्रक्रियामा समावेश भई शान्तिपूर्ण ढंगले अग्रगामी राजनैतिक निकासका लागि प्रयत्न गर्दै आएको छ । जनता र जनयुद्धको व्यापक दबावका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्र एवं उनका नेपाली दलालहरुले औपचारिकरुपमा युद्धविराम र वार्ता प्रक्रियालाई स्वागत गरेको देखाए पनि वास्तविक अर्थमा युद्धविरामको घोषणासँगै यसका विरुद्ध षडयन्त्रको पनि शुरुवात गरियो । युद्धविरामको घोषणा देखिनै शाही सेना समेत पुरानो सत्तापक्षद्धारा गरिएका दमन, धरपकड र हत्या प्रक्रियालाई जारी राख्दै अगाडि बढाइरहेको सैन्य सुदृढीकरणको अभियान तथा विभिन्न प्रतिकृयावादी संसदीय गुटहरुद्धारा गरिएको तथा कथित माओवादी र दरवारका बीचको गोप्य सांठगांठको सूनियोजित प्रचारवाजीले त्यसप्रकारको षडयन्त्रलाई स्पष्ट संकेत गरिरहेको थियो । हाम्रो पार्टीले प्रारम्भ देखिनै सबै प्रकारका षडयन्त्रहरुको भण्डाफोर गर्दै देश र जनताको आवश्यकता र आकंक्षा अनुसार युद्धविराम र वार्तालाई सफल पार्न जोड दिँदै आएको छ । यस सन्दर्भमा हाम्रो इमान्दारी, गम्भीरता र जिम्मेवारीवोध वार्ताटोलीको गठनदेखि साहसपूर्वक र सार्वजनिकरुपले गरिएका विभिन्न राजनैतिक शक्ति, वौद्धिक व्यक्तित्व, पत्रकार एवं जनसमुदायसँगको गहन छलफल, अन्तरक्रियाद्धारा मात्र होइन सत्तापक्षसँगका औपचारिक वार्तामा हामीले प्रस्तुत गरेका कार्यसूची र अडानहरुले समेत राम्रोसँग प्रमाणित गरेका छन् । तर, हाम्रो राजनैतिक आचरण र शान्तिपूर्ण राजनैतिक निकास प्रतिको हाम्रो प्रतिबद्धता प्रति ग्रामिण मात्र होइन सहरीया मध्यमवर्गिय जनसमुदाय समेत जति व्यापकरुपले स्पष्ट र आकर्षित हुँदै गएकोस्थिति देखा पर्न थाल्यो, त्यत्तिनै मात्रामा वैदेशिक प्रतिक्रियावाद र उनका नेपाली दलालहरुको षडयन्त्रको मात्रा पनि बढ्दै गएको तथ्य स्पष्ट देख्न सकिन्छ । औपचारिक वार्ताकै मुखमा आएर अमेरिकी साम्राज्यवाद र पुरानो सत्ताका बीचमा भएको तथाकथित आतंकवादका विरुद्धको पाँच वर्षे समझदारी, भारतीय स्थल सेनाध्यक्षद्धारा ‘आतंकवादक विरुद्ध’ लड्न पुरानो सत्तालाई दिइएको र दिइने ३०० करोड मूल्य बराबरको युद्धसामग्रीको सार्वजनिक घोषणा तथा पछिल्लो चरणमा अमेरिकी विदेश मन्त्रालयद्धारा माओवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय आतंकवादको सूचीमा राख्ने सार्वजनिक घोषणा, नेपालस्थित अमेरिकी राजदूतद्धारा खुलेआम दिइने गरेको धम्की, शाही सेनाका क्रियाकलाप र सार्वजनिक अभिव्यक्तिहरु तथा प्रमुख संसदवादी दलहरुका भ्रामक प्रचारवाजीहरुले त्यो कुरालाई पुरै स्पष्ट गर्दछन् । युद्धविरामदेखि अहिलेसम्मको राजनैतिक विकासक्रमले स्पष्ट गरेको छ कि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा मार्फत अग्रगामी राजनैतिक निकास खोज्ने हाम्रो न्यूनतम र सर्वमान्य हुनुपर्ने प्रस्तावलाई निरंकुश राजतन्त्रको सपना देख्ने दरवारीया तत्वहरुलेमात्र होइन संसदीय प्रजातन्त्रको राग अलाप्ने प्रमुख संसदवादी गुटहरुले समेत अस्वीकार गरिरहेका छन् । वस्तूतः यो अस्वीकृतिले उनिहरु देशमा न वास्तविक अर्थको शान्ति, न वास्तविक राजनैतिक निकास नै चाहान्छन् भन्ने कुरामात्र प्रमाणित भइरहेको छ । रुपपक्षमा हेर्दा निरंकुश राजतन्त्रवादी, संसदवादी र क्रान्तिकारी शक्तिका बीचमा त्रिकोणात्मक संघर्ष चलेको देखिने राजनैतिक परिदृश्यको वर्गिय सारतत्वमा गएर हेर्दा दुई पक्ष (प्रतिकृयावादी र जनवादी वा प्रजातान्त्रिक शक्ति) का बीचको संघर्षमात्र देखा पर्दछ । निरंकुश राजतन्त्रवादी एंव संसदवादी गुटका बीचको अन्तर प्रतिकृयावादी पुरानो सत्तामा अंशवण्डाको झगडा बाहेक अरु केहि नभएको कुरा व्यवहारतः प्रमाणित भइरहेको छ । दरवारीयाहरु राष्ट्रियता (नक्कली) र संसदवादीहरु प्रजातन्त्र (नक्कली) को नाममा सत्तामा बसेर देश र जनतामाथि एउटै वर्गिय प्रकृतिको घात गर्न चाहान्छन् भन्ने कुरा नेपालमा पटक पटक प्रमाणित भइरहेको छ । देशको वर्तमान संकटपूर्णस्थिति र हाम्रो गम्भीर पहलका बावजूद संविधानसभा जस्तो वुर्जुवा प्रजातान्त्रिक विधिमा आउन इन्कार गर्नुले उनिहरुको राष्ट्रियता र प्रजातन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुरा एक पटक फेरी व्यापकरुपमा प्रमाणित भएको छ । यसबाट राष्ट्रियता र प्रजातन्त्र बुर्जुवा जनवादी क्रान्तिका एक अर्काबाट अलग गर्ने नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता झन स्पष्ट भएको छ । वर्गिय र सैद्धान्तिकरुपले हामीले भन्दै आएको तथा अहिलेको युद्धविराम र वार्ता प्रक्रियाका सन्दर्भमा विशेषरुपले कुन कुरा उदाउँदो भएको छ भने यथार्थमा नेपालका विभिन्न प्रतिकृयावादी गुटहरुका बीचको आपसी खिचातानी, कचिल र अन्तरविरोधका पछाडि विभिन्न अन्तर्राष्ट्रिय प्रतिकृयावादी शक्ति केन्द्रहरुको आपसी स्वार्थको टक्करले काम गरिरहेको छ । शाही सेना र दरवारीया तत्वहरुलाई पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवाद र प्रमुख संसदवादी गुटहरुलाई दक्षिण एशियामा आफ्नो विशेष प्रभुत्व खोज्ने भारतीय शासकहरुले सञ्चालन र संरक्षण गरिरहेकाले उनिहरुका बीचमा निरन्तर खिचातानी चलिरहने गरेको छ । अतः सिंगो पार्टी अझ स्पष्ट हुन जरुरी छ कि दरवारीया र नेपालका संसदवादीहरु कसैलाई पनि एक अर्काका तूलनामा प्रजातान्त्रिक वा राष्ट्रवादी देख्ने सोच दरवार हत्याकाण्ड पछिको राजनैतिक विकासका सन्दर्भमा अझ विशेषरुपले गलत र हानिकारक हुन पुगेको छ । कुन खास स्थितिमा अन्तरविरोधलाई कुन किसिमले सञ्चालन गर्ने भन्ने बाहेक दरवारीया र संसदवादी गुटहरुका सन्दर्भमा हाम्रो कुनै सैद्धान्तिक र राजनैतिक सम्बन्ध हुन नसक्ने कुरा आजको नेपालमा झन स्पष्ट भइरहेको छ । घटनाक्रमले स्पष्ट गरिरहेको छ कि दरवारीयाहरु शान्तिवार्ताका नाममा हामीलाई उपयोग गरि आफ्नो सत्ता सुदृढ गर्ने र अमेरिकी साम्राज्यवादको आडमा हाम्रो आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत नै अगाडि बढिरहेका छन् भने प्रमुख संसदवादी गुटहरु प्रतिगमनका विरुद्ध संघर्षका नाममा हामीलाई उपयोग गरि पुरानै सत्ताको कुर्सिमा पुगेर वैदेशिक प्रतिकृयावादकै आडमा हाम्रै आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत अगाडि बढिरहेका छन् । यो स्थितिमा उनिहरुको रणनैतिक षडयन्त्रको झण्डाफोर गर्दै जनसमुदायलाई व्यापकरुपमा गोलबन्द गर्नु तथा प्रतिकृयावादीहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्दै जनक्रान्तिलाई नयाँ उचाईमा उठाउन जोड गर्नु बाहेक क्रान्तिकारीहरुको अर्को रणनीति हुनै सक्तैन । के अन्तर्राष्ट्रिय शक्ति एवं देशका प्रतिकृयावादी तत्वहरुको यस प्रकारको षडयन्त्रपूर्ण रवैयाले युद्धविराम, वार्ता र शान्तिपूर्ण राजनैतिक निकासप्रतिको हाम्रो गम्भीर र जिम्मेवारीपूर्ण पहलकदमीको औचित्यलाई समाप्त गर्दछ रु कतिपय मानिसहरुलाई त्यस्तो लाग्न पनि सक्दछ । तर, वास्तविक र वैज्ञानिक अर्थमा दुश्मनका यी षडयन्त्रहरुले हाम्रो यो पहलको औचित्यलाई झन व्यापकरुपले प्रमाणित गर्दछन् । सर्वप्रथमः हाम्रो यो पहलले ग्रामीणमात्र, शहरीया जनसमुदाय र देशभित्रमात्र होइन उल्लेखनिय हदसम्म विश्वभरिका जनसमुदायसम्म हाम्रो आन्दोलनको राजनैतिक श्रेष्ठता स्थापित गर्न साम्राज्यवाद एवं उसका दलालहरुको सैन्य फाशिवादी निकृष्टतालाई न¨याउन महत्वपूर्ण भूमिका खेलेको छ । अझ ठोस रुपमा भन्नुु पर्दा वार्ता र राजनैतिक निकासको गंभीर पहल भईरहेको बेला अमेरिकी साम्राज्यवादद्धारा गरिएको युद्ध उन्मादि र अन्यायपूर्ण हस्तक्षेपले शहरिया बौद्धिक समुदायदेखि आम जनतासम्म र विश्व भरिका प्रगतिशिल जनसमुदायको नजरबाट समेत एकै चोटी अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरु नराम्रो संग गिर्न पुगेका छन । यसले भावि प्रत्याक्रमणका लागि ठूलो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक तयारीको भुमिका खेल्ने कुरालाई हामीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । दोस्रो कुरा, हाम्रो यो पहल र अमेरिकी साम्राज्यवाद को नां¨ो हस्तक्षेपले पार्टीका अगाडि अन्तरसाम्राज्यवादी एवं विभिन्न देशका प्रतिक्रियावादी शासकहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्ने संभावनालाई धेरै हदसम्म बढाइदिएको छ । तेस्रो कुरा, हाम्रो पहल र दुश्मनको नां¨ो षडयन्त्रले देशका विभिन्न प्रतिक्रियावादी एवं संसोधनवादी गुटहरु भित्र आपसी अन्तरविरोधलाई व्यापक रुपले चर्काएर सतहमा ल्याउने काम गरेको छ । यस बाट प्रतिक्रियावादी एवं संशोेधनवादी गुटहरुको भ्रममा रहेका कार्यकर्ता र जनताको तप्कालाई स्पष्ट पार्न राम्रो अवसर प्राप्त भईरहेको छ । वार्ता पनि एउटा संर्घषको मोर्चा हो भन्ने पार्टीको मुल सैद्धान्तिक मान्यता अनुसार हामीले यसलाई अन्तसम्म र एउटा तार्किक निष्कर्षसम्म पु¥याउन जोड गर्नु पर्दछ । तर, यो कार्यनीति प्रत्याक्रमणको राजनैतिक तयारीको रणनीतिक सँग अभिन्न रुपले गासिएको यथार्थलाई हामीले दह्रोसँग पक्डनै पर्दछ । अन्तमा रणनैतिक र वर्गिय दृष्टिले दरवारिया एवं प्रमुख संसदवादी नेतृत्वगुटहरुका बारेमा उपरोक्त विश्लेषणमा स्पष्ट हुँदै तात्कालिक र कार्यनैतिक दृष्टिले अमेरिकी साम्राज्यवाद र उसको नेपाली दलाल बनेको दरवारका विरुद्ध जहाँसम्म अगाडि जान तयार हुन्छन् त्यहाँसम्म अन्य साम्राज्यवादी, वैदेशिक प्रतिकृयावादी एवं देश भित्रका प्रमुख संसदवादीहरुसँग आवश्यक तालमेल, समझदारी र कार्यगत एकता गर्न ध्यान दिनु पर्दछ । यसरि नै हामीले मुख्य दुश्मनका विरुद्ध आक्रमणलाई प्रभावकारीढंगले अगाडि बढाउन सक्ने छौं । इतिहासका अनुभव र २१औँ शताब्दिमा जनवादको विकासबारे “Marxism is not a lifeless dogma, not a completed, readymade immutable doctrine, but a living guide to action” -Lenin क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्धारा सम्वृद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक संस्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मूलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसुत्रका रुपमा होइन ‘कामको सजीव मार्ग दर्शक’ कारुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिँदै आएको छ । नेपाली क्रान्तिको ठोस परिस्थिति अनुसार मा‍.ले.मा का शिक्षाहरुको प्रयोग र विकास गर्ने योे महान प्रक्रियामा हामीले दक्षिणपन्थी संसोधनवादका साथै जडसुत्रीय संसोधनवादका विरुद्ध समेत निरन्तर संघर्ष गर्दै आएका छौँ । वर्ग संघर्षको आवश्यकतासँग अभिन्नरुपले गासिएको विचारधारात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एकपछि अर्को छाल हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पुर्याएको छ । वर्ग संघर्ष र विचारधारात्मक संघर्षको यहि विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंङखलाकारुपमा ‘प्रचण्ड–पथ’को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ । यहाँ कुन कुरा विशेषरुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक संघर्षको प्रस्थान बिन्दु, सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणकारुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउंदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारकारुपमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित्त ‘तीन गर र तीन नगर’को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो । यी मूलभुत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन, सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर, यसको अर्थ २१औं शताब्दिको क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा विपरित हुने कुरा स्वतः स्पष्ट छ । महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारा वर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ । तर, क. माओको मृत्यु पछि चीनमा पूँजीवादको पूनस्थापना भयो र दुनियामा एउटा पनि समाजवादी सत्ता बांकी रहेन । यसबाट विश्व सर्वहारा आन्दोलनले व्योहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगतरुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्तिनै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठूलो आत्मगत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन । आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारा वर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नकारुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ । त्यसै गरि २१औँ शताब्दिमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मूख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अभूतपूर्व तिव्रताकासाथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविधरुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्यरुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको मांग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने कुनै सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापिरुपमा हुने आजको जस्तो तिव्र, घनिभूत एवं प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातीको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन । यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानव समाजको युगिन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तूगत परिस्थितिमा आएका उपरोक्त महत्वपूर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार र रणनीतिहरुलाई विकास र परिमार्जन गर्नु पर्ने आवश्यकता उपस्थिति भएको छ । १. पार्टी २०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो । २०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे रु निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो । अनुभवले साबित गरेको छ कि राज्यसत्ता कब्जा गरि सके पछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्तासंचालनमा मात्र सम्लग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलूप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तिव्र र प्रबल बनेर जान्छ । यस प्रकारको खतराको तिव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्दै जान्छ । यो प्रक्रिया आफ्नो विकाशको एउटा निश्चित बिन्दुमा पुगि सकेपछि त्यो अनिवार्यरुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नकालागि दूई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ । यसका लागि पार्टी भित्र चल्ने दुई लाईन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरि सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भ देखिनै पार्टीले र उसको नेतृत्व अन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुखकष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्धेश्यका निमित्त सम्पूर्णरुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शकारुपमा प्रस्तूत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगि एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक संघर्षका साथै जनसमुदायमा न¨याउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ । यस सन्दर्भमा पार्टी भित्र चल्ने दुई लाइन संघर्षमा राज्यको बल प्रयोग गर्ने प्रवुत्तिलाई निरुत्साहित गर्ने तथा सहि र गलतको फैशला वैचारिक संघर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्धारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टी भित्र र बाहिर निश्चित विद्रोह न्यायसंगत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ । २‍. सेना २०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रर्दशित ग¥यो भने सर्वहारा वर्गिय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब सु्न्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशालि सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दो रहेछ, तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के साबित गरेको छ भने क्रान्ति पूर्वको कमजोर र कठिन घडिमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजय साबित हुने जनसेना राज्यसत्ता कब्जा भई सकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्था अन्तर्गत रहने वुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारा वर्गिय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झांगिदै गएर एउटा निश्चित बिन्दुमा पुगे पछि सेना स्वभाविकरुपले प्रतिक्रान्तिको सेवागर्ने हतियारमा परिणत हुन पुग्दछ । उपरोक्त स्थितिको पुनारावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखिनै जनसेनामा वैचारिक र राजनैतिककामलाई सर्वाधिक महत्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्यपंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ । यसकासाथै २१ औँ शताब्दिको जनसेना भनेको राज्यसत्ता कब्जा गरि सकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन आम जनसमुदायलाईनै सैनिकीकरण गर्ने तथा जनसमुदायकै सेवागर्ने क्रान्तिकारी संवाहक बनि राख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ । वैचारिक र भौतिक दुबै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिकृयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनु पर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१औँ शताब्दिको जनसेनाको प्रमुख कार्यभार हुनु पर्दछ । ३‍. राज्यसत्ताबारे सर्वहारा वर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिंजो र आज पनि महान र कष्टसाथ प्रश्न अवश्य रहेको छ । तर, २० औँ शताब्दिका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डोर्याउने प्रश्न अझ हजारौं गुना कठिन र जटील हुने गर्दछ । एकै शताब्दिमा विश्व थर्काउदैं रुस, चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशालि विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यर्थाथले विषयको महत्व र गम्भीरतालाई दर्शाउछन् । आखिर पूंजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारतत्वका बावजूद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बावजूद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्ग दुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तूलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के हुन् रु जनताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तूतः औपचारिक, यान्त्रिक र संकीर्ण किन हुन पुग्यो रु यहां हाम्रो प्रश्न विश्वका तमामरुपरंगका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनताको जनवादी अभिनायकत्व वा सर्वहारा वर्गको अधिज्नायकत्वको विरोध गरेर वुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फंस्ने गद्धारीसंग कुनै सम्बन्ध छैन । हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह संगठित गर्ने संस्थाकारुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रीत छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामानै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुनै सक्तैन । राज्यसत्ता कब्जा गर्नु पूर्वसम्म जनवादी केन्द्रीयताको सहि अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको शिकार हुन पुगे रु पार्टी भित्र संशोधनवाद हावी भएकोले भन्ने तर्क मात्रले यसको पुरा उत्तर दिंदैन । आखिर द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजारी पनि यसमा जिम्मेवार छन् । एउटा नस्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नु पर्दछ भने महान सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठांउमा पुरै सहि रहेको कुरा स्पष्ट नै छ । तर, एक पटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधै सर्वहारावादी भइराख्छ भने झै त्यसका विरुद्ध राजनैतिकरुपले जनसमुदायद्धारा स्वतन्त्ररुपमा जनवादी वा समाजवादी प्रतिश्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर, सत्ताशिन पार्टीले जनसमुदायका बीचमा कसैसँग राजनैतिक प्रतिश्पर्धा गर्नु नपर्ने हुँदा त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्वको राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कातिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सिर्जनशिलता र गतिशिलताको उर्जा कुण्ठीत हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढंगले संगठित गर्ने आवश्यकतामा जोड दिइनु पर्दछ । यहाँ फेरी पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारीता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारीतामा निरर्भर रहने वैज्ञानिक तत्थलाई द्धन्दात्मक ढंगले संगठित गर्र्ने प्रश्न नै हो । यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधि जनवादी राज्यसत्ताको सवैधानिक सिमा भित्र राजैतिक प्रतिश्पर्धा सगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनु पर्दछ । यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढंगले रोक्न सकिने छ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघ, संस्था जसले जनवादी राज्यसत्ताको सवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनिहरुका बीचमा कम्युनिष्ट पार्टीलाई सहयोगमात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्धन्दात्मक सम्बन्धमा जोड दिइनु पर्दछ । स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिकरुपले निर्धारित सिमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ । एक पटक राज्यसत्ता कब्जा गरि सकेपछि पार्टीले नेतृत्वको हैशियत साबित गर्न आफ्नो विचारको सहि पना, जनसमुदायका हितहरुसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवं वर्ग र जनता प्रतिको निष्ठा साबित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखिनै अन्त गर्न जोड दिइनु पर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्व—निर्णयको अधिकार कटौती गर्नेस्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनु पर्दछ । नेपालको जनवादी क्रान्तिका सन्र्दभमा हामीले वर्गिय, जातिय, क्षेत्रिय एवं लि‌गिय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेको छौ । आत्मनिर्णयको अधिकार सहित जातिय र क्षेत्रिय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरि रहेका छौँ । त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीवरुपले संगठीत गर्ने कुरामा जोड दिनु पर्दछ । यसरि पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समूचित विकासमा नै २१औँ शताब्दिको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ । तत्कालिन नेकपा (माओवादी) को २०६० जेठमा सम्पन्न केन्द्रीय समितिको वैठकमा पारित प्रस्ताव

सदनमा सत्तारुढ दलका सांसद नै उत्रिए सरकारको बिरोधमा

काठमाडौँ, ३१ जेठ । सत्तारूढ दलकै सांसदले सरकारले विनियोजन गरेको बजेट विभेदकारी रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रभावशाली नेताको प्रभावमा बजेट निर्धारण गरिएको, आर्थिक विकासका लागि भनिएका योजनाको समेत छनोट प्रक्रिया गलत रहेको, कुनै जिल्लामा दर्जनौं कार्यक्रम हुँदा कुनै जिल्लामा एउटा पनि कार्यक्रम नपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर आलेले सरकारले डोटीको अर्थिक विकास, पर्यटनलगायतका क्षेत्रमा कुनै पनि कार्यक्रम नराखिएको भनी गुनासो गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि रारालाई विशेष प्राथमिकतामा राखिएको बताइएपनि बजेट विनियोजन नगरिएकामा उहाँको आपत्ति थियो । सोही पार्टीका सांसद गजेन्द्र महतले बजेट निर्माण प्रक्रिया परम्परागत रहेको, प्रभाव र दबाबका आधारमा बजेट विनियोजन गरिएको, जनताको माग र धारणाभन्दा पनि आफूखुशी निर्णय गर्ने परिपाटी हाबी भएको गुनासो गर्नुभयो । पर्यटन प्रवद्र्धन गर्ने नाममा कर्णालीलाई विशेष प्राथमिकतामा राखिएको भनिए पनि एकाध जिल्लालाई मात्रै प्राथमिकतामा राखेर अन्याय गरिएकामा आपत्ति प्रकट गर्नुभयो । सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको बजेटलार्ई नेपाली उखान ‘नखाऊ भने दिनभरिको शिकार खाऊँ भने मान्छा बाबुको अनुहार’ जस्तै भएको टिप्पणी गर्नुभयो । वस्तुगत आधारमा बजेट विनियोजन गर्नेभन्दा पनि प्रभाव र दबाबका आधारमा आगामी आर्थिक वर्षको बजेट तय भएको उहाँको गुनासो थियो । सांसद सुजिता शाक्यले बैंकिङ र वित्तीय प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाइनुपर्ने, भूकम्प पीडितलाई सहुलियत कर्जा दिने भनिए पनि हालसम्म प्राप्त नभएकामा गुनासो गर्नुभयो । सांसद राजेन्द्रकुमार राईले नेकपाको सरकारले जनताको माग र चाहनालाई सम्बोधन गर्न नसकेकामा आपत्ति जनाउनुभयो । सांसद मेटमणि चौधरीले खेल क्षेत्रमा ‘म्याच फिक्सिङ’ खेलाडीलाई जेल पठाइने गरिए जस्तै बजेट फिक्सिङ गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्न गर्नुभयो । सांसदहरु रामबहादुर विष्ट, मोहन बाँनिया, तेजुलाल चौधरी, चन्द्रकान्त चौधरी, लालबहादुर थापा, सरिता गिरि, सुजिता शाक्य, राजेन्द्रकुमार राई, झपटबहादुर रावल, पुष्पाकुमारी कर्ण शाक्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूदको क्षेत्रमा वस्तुगत बजेट विनियोजन नभएकोमा सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद अमनलाल मोदीले मन्त्री र सांसदबीच अन्तरक्रियात्मक व्यवहारबाट मात्रै आर्थिक समृद्धिको कार्ययोजना आउने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । श्रीलंकाको नदीमा खसेका खेलाडीको शव स्वदेश ल्याउन माग सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय माउन्टेन बाइकर नारायणगोपाल महर्जनको श्रीलंकाको नदीमा खसेर निधन भएको भन्दै शव नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । महर्जनको श्रीलंकाको एक नदीमा खसेर बुधबार मृत्यु भएको भन्दै सांसद श्रेष्ठले मृतकको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले सरकारले त्यसतर्फ विशेष पहल गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । माउन्टेन बाइकर महर्जनको श्रीलंकाको राजधानी कोलम्बोदेखि २३० किलोमिटर टाढा रहेको एक नदीमा खसेर निधन भएको बताइएको छ । यस्तै सांसदहरु नवराज रावत, नारायणप्रसाद खतिवडा, कृष्णप्रसाद दाहाल, शान्तिमाया तामाङ, जीवनराम श्रेष्ठ, सरिताकुमारी गिरीले प्राथमिकता दिनुपर्ने विषयमा यथेष्ट बजेट व्यवस्थापन नगरिएको भन्दै आपत्ति जनाउनुभयो । बैठकमा प्रमिला राईले युवा तथा खेलकूद मन्त्रालय, प्रकाश रसाइलीले अर्थ मन्त्रालय, डा मीनेन्द्र रिजाल र दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सांसद प्रेम सुवालले तीन वटै मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ३ गते बजे ११ः०० बस्नेछ । रासस

नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

काठमाडौं, जेठ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७ नं प्रदेशसभा संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन हुनुभएको छ । उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह चयन हुनु भएको छ । त्यसैगरी प्रमुख सचेतकमा प्रदेशसभा सदस्य तारा लामा तामाङ र सचेतकमा अक्कल रावल चयन भएका छन् । नेकपा ७ नं प्रदेश संसदीय दलको मंगलबार बसेको पहिलो बैठकले भट्टलाई संसदीय दलको नेता, शाहलाई उपनेता, तामाङलाई प्रमुख सचेतक र रावललाई सचेतकमा चयन गरेको हो । यसअघि मुख्यमन्त्री भट्ट नेकपा (माओबादी केन्द्र) र शाह एमालेको तर्फबाट संसदीय दलको नेता हुनुहुन्थ्यो । भने तामाङ एमाले र रावल माओबादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक चयन हुनुहुन्थ्यो । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको संसदीय दलको नेता उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरिएको हो ।

अध्यक्ष ओलीको अनुपस्थितिमा एमाले स्थायी समिति बैठक, के के भए निर्णय ?

अध्यक्ष केपी ओलीको अनुपस्थितिमा बुधबार एमाले स्थायी समिति बैठक बसेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन निर्धारित मितिमै गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै कर्मचारी सरुवा, बढुवा, नियुक्त र राज्यकोष दोहन गरेको औल्याउदै आपत्ती जनाएको छ । कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा आफूसँग सल्लाह नगरेको जनाउदै नयाँ सरकार बनेपछि निरन्तरता दिने विषयमा सोचिने जनाएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि विविन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।