दोलखामा लोकतान्त्रिक भन्दा वाम गठबन्धन २७ हजार मतले बलियो

काठमाडौं, कात्तिक २६ । दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन २६ हजार ९ सय ९५ मतले अगाडि देखिएको छ । स्थानीय तह चुनावको नतिजा केलाउने हो भने कुल ९ वटा स्थानीय तह रहेको दोलखामा वाम गठबन्धनमा आबद्ध दल नेकपा एमालले मात्रै ७ वटा स्थानीय तह जितेको छ ।

दोलखाका बाँकी दुई स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको दोलखाका दुवै नगरपालिका एमालेले जितेको छ । नेपाली कांग्रेसले जितेका दुई गाउँपालिकामा पनि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालले जितेका सात तहमा तीनवटा तहमा माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ ।

स्थानीय चुनावको मतलाई हेर्दा दोलखामा एमालेको ३९ हजार ३ सय ३७ र माओवादीको १६ हजार ३ सय ५० गरि वाम गठबन्धनको कुल ५५ हजार ६ सय ८७ लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २७ हजार ५ सय ७८ र राप्रपाको १ हजार १ सय १४ गरि २८ हजार ६ सय ९२ मत रहेको छ ।

प्रतिनिधिसभा चुनावमा दोलखाबाट वाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङ र कांग्रेसका रुद्रबहादुर खडका चुनावी मैदानमा हुनुहुन्छ ।

प्रदेशसभा चुनावमा दोलखा ‘क’ बाट माओवादी केन्द्रका विशाल खडका र कांग्रेसका बर्मा लामा तथा ‘ख’ बाट एमालेका पशुपति चौलागाई र कांग्रेसबाट आङगेलु शेर्पा उम्मेदवार बनेका छन् ।

संविधानसभा चुनाव २०७० मा दुईवटा निर्वाचन क्षेत्र रहेको दोलखामा दुईवटै क्षेत्रमा नेकपा एमाले विजयी भएको थियो ।

दुई तिहाई मत ल्याउने यस्तो छ वाम गठबन्धनको रणनीति

दोलखा, कात्तिक २४ । वाम गठबन्धन दोलखामा दुई तिहाई भन्दा बढी मत ल्याउने कसरतमा जुटेको छ । वाम गठबन्धन आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई तिहाई भन्दा बढी मत ल्याउने गरि चुनाव प्रचार अभियानमा जुटेको छ । एमालेको गढको रुपमा रहेको दोलखामा यस पटक एमाले–माओवादी केन्द्र गठबन्धनसहितका साझा उम्मेदवार बनाइएपछि यस्तो रणनीतिको कसरतमा नेताहरु जुटेका हुन् । वाम गठबन्धनले दोलखाका सबै सरोकारवाला पक्षलाई गोलबन्द गर्दै ८० प्रतिशत भन्दा बढि भोट खसाल्ने रणनीति बनाएको एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सांसद उम्मेदवार पशुपति चौलागाईले बताए । गठबन्धनले कांग्रेसका केही आधार इलाकालाई बढी केन्द्रित गरि चुनावी प्रचार अगाडि बढाउने र अन्य ठाउँमा आफनो बर्चस्व कायम राख्ने गरी चुनावी यात्रामा होमिएको छ । उसले कांग्रेस वाहेकका सबै शक्तिहरुलाई आफ्नो पक्षमा तान्दै दुई तिहाई भन्दा बढि मत प्राप्त गर्ने रणनीति अख्तियार गरेको हो । त्यसका लागि उम्मेदवारी दर्ता गराएका साना दलहरुसँग पार्टी एकता गर्ने र ती पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई साथमा लिई आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने बाम गठबन्धनको योजना छ । नयाँ शक्ति पार्टी, नेपाल र संघिय समाजवादी फोरम नेपाल गठबन्धनमा सामेल छ भने ती दलबाट प्रतिनिधिसभा र समानुपातिकतर्फ उम्मेदवारी दिएकाहरुले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन जनाएको घोषणा गरिसकेका छन् । निर्वाचनको अन्तिमसम्म जिल्लाका अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई पनि आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने संयुक्त वाम गठबन्धनले जनाएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्बत गुरुङले कांग्रेस बाहेकका साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई गठबन्धनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए । चुनावको अन्तिम समयसम्म दोलखामा कांग्रेस एक्लै हुने र गठबन्धनको पक्षमा दुई तिहाई मत खस्ने गुरुङको दावी छ । दोलखा वामपन्थीहरुको बर्चस्व रहेको जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि मुख्य वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेत भएपछि वाम गठबन्धन अत्याधिक मत ल्याउनुपर्ने दवावमा छ । त्यसका लागि दोस्रो विकल्पमा कांग्रेस सहित अन्य दलका पदाधिकारी सहित जिम्मेवार नेता कार्यकर्तालाई तान्ने कसरतमा गठबन्धनका उम्मेदवार तथा नेताहरु लागेका छन् । चुनावी अभियानका क्रममा राप्रपाका जिल्ला सचिव, काग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरुलाई गठबन्धनले प्रवेश गराईसकेको छ । वाम गठबन्धनले जिल्ला स्थित सबै पेशागत संघ संगठन र आफ्ना भातृ संस्थाहरुलाई चुनावको तयारीमा होमिईसकेको छ । दुवै पार्टीका युवा, विद्यार्थी संयुक्त भेलाले जिल्लाको ९४ वटै बुथहरुमा सुरक्षा कमाण्डरहरु खटाईसकेको छ । ती कमाण्डहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ खटाउने उनीहरुको दावी छ । यसैगरी करिव १५ सय शिक्षक र ५ सय बुद्धिजिवी वाम गठबन्धनको चुनावी प्रचारमा सक्रिय छन् भने कर्मचारीहरुलाई त्यही अनुसार परिचालन गरिँदैछ । जिल्ला स्थित उद्योगी व्यवसायीहरुले पनि वाम गठबन्धनलाई विजयी गराउन सक्दो सहयोग गर्ने घोषणा गरिसकेका छन् । शुक्रवार दुबै पार्टीका कर्मचारी संगठनको संयुक्त भेलाले एउटै संगठन बनाउने र निर्वाचनमा गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ । प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले गठबन्धनलाई जिताउन सिंगो जिल्लालाई एकढिक्का बन्दै गएको बताए । जिल्लामा ८० प्रतिशत भन्दा बढि मत गठबन्धनको पक्षमा खस्ने निश्चित भएको खड्काको भनाई छ । एमाले र माओवादी केन्द्रले जिल्लादेखि स्थानीय स्तरसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्लाको २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह र ७४ वटै वडामा संयुक्त निर्वाचन परिचालन समिति खडा गरेको छ । उक्त संयुक्त निर्वाचन परिचालन समिति मातहत अन्य सहायक संगठनहरुको छुट्टै चुनाव परिचालन समिति बनेको छ । वाम गठबन्धनका उम्मेदवारहरु फरक फरक निर्वाचन चिन्हमा लडेका कारण मत विग्रन सक्ने र विगतको तिक्तताका कारण एक दलको मतदाताले अर्को दलका उम्मेदवारलाई मत दिनेमा धेरै आशंका व्यक्त भैरहेका छन् । गठबन्धनका उम्मेदवार र नेताहरुले पनि उक्त समस्यालाई महसुस गरी मतदाताहरुलाई कन्भिन्स गर्नमा धेरै समय खर्चिरहेका छन् । चुनावी कार्यक्रमहरुमा उनीहरुले एउटै कम्युनिष्ट पार्टी बन्ने भएका कारण विगतको सवै तिक्तता विर्सि्दिन जोडतोडका साथ आग्रह गर्ने गर्छन् । स्थानीय निर्वाचनका क्रममा जुँगुमा भएको घट्नापछि एमाले र माओवादी केन्द्रबीचको दरार उत्कर्षमा पुगेको थियो । तर उक्त घट्नाले पैदा गरेको समस्या पनि करिव साम्य भैसकेको नेताहरुको दावी छ । दोलखामा १ लाख ४७ हजार ९ सय २३ जना मतदाता रहेका छन् । कुल मतदाताको ८० प्रतिशत १ लाख १८ हजार ३ सय ३८ हुन्छ । जिल्लामा ७० प्रतिशत अर्थात १ लाख ३ हजार ५ सय ४६ मत खसेको अवस्थामा पनि वाम गठबन्धनले १० हजार मत बदर भयो भनेपनि ७२ हजार भन्दा वढि मत ल्याउनुपर्ने हुन्छ । त्यसैगरि आज दोलखाको जिलुमा आयोजित चुनावी सभामा बोल्दै वाम गठबन्धनका नेताहरुले दोलखामा वाम बठबन्धनको जित नभई अत्यधिक बहुमतका साथ विजयी हुने बताएका थिए । कार्यक्रममा एमाले नेता तथा दोलखाबाट प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले दोलखामा वाम गठबन्धनको बहुमत आउने र दोलखाली जनताको सम्बृद्धिको लागि सदैव लागिरहने बताए ।

गलकोटको संयुक्त चुनावी सभालाई ओली, प्रचण्ड र केसीले सम्बोधन गर्ने

बागलुङ, कात्तिक २३ । आगामी कात्तिक ३० गते वागलुङको गलकोटमा हुने वाम गठबन्धनको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्न एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका अध्यक्ष यहाँ आउने भएका छन । आगामी मंसिर २१ गते पहिलो चरणमा चुनाब हुने ३२ जिल्लाको निर्वाचनलाई लक्षित गर्दै कात्तिक ३० गते गलकोटमा हुने संयुक्त वाम गठबन्धनका चुनाबी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गलकोटमा आउने भएका हुन । संयुक्त बामको चुनावी सभालाई सम्बोधन गर्ने स्याङ्जा र बागलुङको गलकोटका लागि कात्तिक ३० गतेका लागि कार्यक्रम तह भएको माआवादीका एक नेताले बताए । यस अघि बाम गठबन्धनको लाल किल्ला बनाउने नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेले ‘सुनिल’ उद्घोष गरेका थिए ।

वाम गठबन्धन चुनावपछि बिलाएर जान्छ : कांग्रेस

दार्चुला, कात्तिक २३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताए । नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गरे । “वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,” उनले भने। देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेको उनको भनाइ थियो । संविधानको पूर्ण रुपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताए । “लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक छ,” उनले भने । कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको उनले आरोप लगाए । संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो । “कांग्रेस हार्दा जिल्लाको विकासमा बाधा पुग्छ, त्यसैले अबको चुनावमा कांग्रेस जित्छ,” उनले भने । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले महाकाली र चौलानी नदीलाई राष्ट्रिय तीर्थस्थल बनाइने बताए । प्रदेश सभा ‘क’ का उम्मेदवार मदन गिरीले वाम गठबन्धनप्रति जनताको विश्वास गुमेकाले आफूलगायत काँग्रेसका सम्पूर्ण उम्मेदवारले जित्ने बताए ।

बामगठबन्धनका उम्मेदवार भुसालको घरदैलो कार्यक्रम, यस्तो छ तस्बिरमा

ललितपुर, कात्तिक २३ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि ललितपुर क्षेत्र नं. ३ का वाम गठबन्धनका साझा उम्मेदवारहरु बुधबार घरदैलो कार्यक्रममा व्यस्त छन । प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको नेतृत्वमा ललितपुर महानगरपालिकाको वडा नं. १ हनुमानस्थान, कुपण्डोलबाट वाम गठबन्धनले क्षेत्र नं. ३ मा आफ्नो पहिलो घरदैलो कार्यक्रम शुरु गरेको छ । घरदैलो कार्यक्रममा ललितपुर क्षेत्र नं ३ माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार पम्फा भुसाल र एमालेको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार जीवन खड्का स्थानीय मतदाताका घरदैलोमा पुगेर नागरिकका गुनासा, समस्या सुन्नेर मतदानका लागि आग्रह गरिरहेका छन । तस्विरमा हेर्नुहोसः  

निर्वाचन लोकतन्त्र र कम्युनिष्ट शासनबीचको जनमत संग्रह : खाँड

काठमाडौं, कात्तिक २२ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ । आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको अवगत गराउँदै पार्टीका नेता खाँडले भने, “तसर्थ काँग्रेसले प्रत्यक्षतर्फको निर्वाचनमा ५५ प्रतिशत र समानुपातिक निर्वाचनतर्फ ४५ प्रतिशत मत ल्याउने निश्चित छ ।” पार्टी केन्द्रीय सदस्य एवं काँग्रेस प्रचारप्रसार समन्वय उपसमितिका संयोजक समेत रहेका नेता खाँडले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ६०÷४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउछु भन्नु हास्यास्पद भएको बताए । निर्वाचन लोकतन्त्रलाई स्थायित्व गर्ने र कम्युनिष्ट शासन स्थापना गर्नेबीचको जनमत संग्रह भएको धारणा व्यक्त गर्दै नेता खाँले भने, “स्वतन्त्र पत्रकारिताका लागि पनि मुलकमा लोकतन्त्र अपरिहार्य छ ।” पार्टीले निर्वाचनको तयारीका लागि केन्द्रमा बुधबार आधुनिक मिडिया सेन्टर स्थापना गरेको छ । साथै एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र विरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा स्थापना गर्ने जनाएको छ । कार्यक्रममा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डेले संविधानले व्यवस्था गरेको बहुलवाद र लोकतान्त्रिक व्यवस्था उल्ट्याउन आसन्न निर्वाचनमा कम्युनिष्ट दलहरुले गठबन्धन गरेको टिप्पणी गर्दै काँग्रेसले ढृढताका साथ संविधानको रक्षा गर्ने बताए । निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि काँग्रेसले ताप्लेजुङ, पाँचथर र सोलुखुम्बुबाट चुनावी आमसभा यही कात्तिक २५ गतेदेखि थालनी गर्ने र आमसभामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । कार्यक्रममा पार्टी नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा नेताहरु सुरेन्द्र पाण्डे, मानबहादुुर विश्वकर्मा, डा डिला संग्रौलालगायत उपस्थित थिए । रासस

परिबर्तन विरोधीलाई मतदान नगर्न कांग्रेस नेता सिटौलाको आग्रह

झापा, कात्तिक २२ । लामो समयसम्म पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्ने र शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्न नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आग्रह गरेका छन् । एकतन्त्रीय अधिनायकवाद लाद्न खोज्नेहरुलाई मतदान नगर्न नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले आग्रह गरेका हुन । झापाको क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका नेता सिटौलाले बुधबार झापाको बाह्रदशी गाउँपालिका ४ मा चुनावी सभालाई सम्वोधन गर्दै परिवर्तन चाहनेहरु पुरातनवादी सोचभएकाहरुको पछाडि नलाग्न समेत अनुरोध गरेका छन् । झापा क्षेत्र नम्वर ३ मा कांग्रेसबाट सिटौला र राप्रपाका राजेन्द्र लिङदेन चुनाबी प्रतिस्पर्धामा छन । लिङदेनलाई वाम गठवन्धनको समर्थन रहेको छ ।

जर्नादन शर्मा भन्छन् :अब वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण (फोटो फिचर)

काठमाडौं, कात्तिक २२ ।  माओवादी केन्द्रका जर्नादन शर्मा  नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका छन्। अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै उनले निर्वाचन जित्नु ठुलो कुरा नभएको बरु मुलुकको विकास र जनताको जिवनस्तरमा परिवर्तन ल्याउनु आफनो प्रमुख प्राथमिकता भएको बताए । एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले कम्युनिष्टले भन्ने समाजवाद र काँग्रेसले भन्ने समाजवाद एउटै नभएको वताए । आफुहरुले क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम भएको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको वताए । काँग्रेसले समाजवादको नाममा हुने, खाने र सक्नेहरुको हाली मुहाली हुने शासनसत्ताको वकालत गरिरहेको प्रष्ट पारे । जिल्ला समन्वय समिति रुकुमका प्रमुख समेत रहेका शर्माले सामाजिक न्याय सहितको समाजवाद स्थापना वामगठवन्धनको वटमलाईन भएको वताए। कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले प्रतिक्रियावादी शक्तिहरुको वामएकता भाड्न गरेको षडयन्त्र असफल भएको वताए । पार्टी एकताका लागि समायोजन समितिहरु वडा तहमा समेत कृयाशिल भैसकेको भन्दै उनले दुनियाँको कुनै शक्तिले एकता प्रक्रियालाई भाँडन नसक्ने वताए । गठवन्धनका उम्मेद्धारहरु आफनो पार्टीका पनि उम्मेद्धार भएको वताउँदै एमाले केन्द्रीय सदस्य केसीले पार्टीमा आवद्ध सवैले माओवादी) केन्द्रका उम्मेद्धारलाई मतदान गर्नुपर्ने वताए । ‘प्रत्यक्ष तर्फ रुकुममा माओवादी केन्द्रका उम्मेद्धारलाई विजयी गराउने पार्टीको निर्देशन हो यसमा कोही पनि एमाले हिच्किचाउनु पर्दैन’ नेता केसीले भने, ‘हिजोको तिक्तता राष्ट्रिय आवश्यकताको अगाडि ठुलो हुदैन’ । कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओली लगायतले सम्वोधन गरेका  थिए । कार्यक्रममा ३ दर्जन वढी काँग्रेसआवद्ध नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् । त्रिवेणी गाँउपालिकाको पेउघा ज्यूलामा भएको कार्यक्रमको अध्यक्षता पार्टी एकता संयोजन समिति त्रिवेणी गाँउपालिकाका प्रमुख नेता गणेश खड्का र संचालन माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका सचिव सुन्दर ओलीले गरे । कार्यक्रममा त्रिवेणी गाँउपालिकाका ७, ८, ९ र १० नं. वडाका स्थानियको सहभागिता रहेको थियो । पश्चिम रुकुममा वामगठवन्धनको यो तेश्रो चुनावीसभा हो । निर्वाचन प्रचारमा निश्कििएको वाम गठवन्धप्रति पश्चिम रुकुममा स्थानियको अचम्मको आशा र आकर्षण देखिन्थ्यो । जिन्दगीभर काँग्रेसमा आस्थावान नेता कार्यकर्ता हुल वाँधेर वामगठवन्धनमा प्रवेश गरे । त्रिवेणी गाँउपालिकाको पेउघामा आज भएको वामगठवन्धनको चुनावीसभामा गठवन्धनका प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरलाई नवप्रवेशीहरुको स्वागतका लागि भ्याई नभ्याई भयो । स्थानिय निर्वाचनमा सिंगै वडापालिकामा जित हाँशिल गरेर आफनो गढ सावित गरेको काँग्रेसले यसपटक ठुलो मुल्य चुकाउनुपर्ने आशका गरिएको छ । नेपाली काँग्रेसवाट वाडापालिकामा जितेका जनप्रतिनिधि सहित आज ३ दर्जन वढी स्थानिय नेता कार्यकर्ताहरु हुल वाँधेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य तथा वडाका निर्वाचित सदस्य पदमप्रकाश खत्री,  वडापालिकाका निर्वाचित सदस्य टे कवहादुर खड्का, वडापालिकाका निर्वाचित सदस्य रिखमी नेपाली, शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य खम्ववहादुर केसी, यज्ञवहादुर परियार, जंगवहादुर खड्का, टेकवहादुर पुुन, रत्ना खत्री रहेका छन् ।त्यसैगरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सचिव तप्तवहादुर ओली, कमानसिं ओली, मेगलाल खड्का, भिमवहादुर पुन, यकमाया ओली, विकाश ओली, तिलक खड्का, भक्तवहादुर डाँगी, लिलवहादुर खत्री, शेरवहादुर केसी, माया खड्का, कौमति खड्का, दुर्गा केसी, तपेन्द्र केसी, रामवहादुर खड्का, भिमवहादुर परियार, घमण्ड वुढा लगायतका दर्जनौं नेता कार्यकर्ता छन् । प्रवेश गर्नेहरु त्रिवेणी गाँउपालिकाका विभिन्न वडामा नेपाली काँग्रेस र उसका विभिन्न भगिनि संगठनहरुमा क्रियाशिल नेता कार्यकर्ताहरु हुन् । नेपाली काँग्रेसले लिएको विचारले परिवर्तित परिस्थितिको नेतृत्व गर्न नसक्ने भएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । उनिहरुले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम गठवन्धन एकमात्र विकल्प भएकोले आफुहरुले गठवन्धनलाई रोजेको वताएका छन् । नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा वामगठवन्धनका प्रतिनिधिसभा उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अविर माला लगाएर स्वागत गरेका थिए । स्वागत गर्दै विना विभागिय मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले नवप्रवेशीहरुलाई क्षमता अनुसार न्यायोजित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

सत्ताको दवाव र प्रभावमा उम्मेदवारी खारेज : जोशी

तनहुँ, कात्तिक १९ । नेपाली र्काग्रेसका नेता एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले निर्वाचन आयोगले सत्ताको प्रभाव र दबाबमा परेर आफ्नो उम्मेदवारी खारेज गरेको आरोप लगाएका छन । आयोगले शनिबार आफ्नो उम्मेदवारी खारेज गरेपछि आइतबार पत्रकार सम्मेलन तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेस नेता जोशीले आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । नेता जोशीले आयोगको निर्णय अप्रजातान्त्रिक र असंवैधानिक भएको जिकीर गरे । साथ उनले आयोग स्वतन्त्र र निष्पक्ष नभई साथको दवाव र प्रभाव परी उम्मेदवारी खारेजीको निर्णय गरेको दावी गरे । आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी उनको छ । उम्मेदवारी रद्द गरेको बारेमा सन्चारमाध्यमबाट सुनेपनि आयोगले जानकारी नगराएको उनको भनाइ छ । आयोगको निर्णयविरुद्धमा के गर्ने भन्नेमा कानुनविदहरुसँग छलफल भइरहेको उनको भनाइ छ । आफूले टिकट नपाएपछि जोशीले सोही क्षेत्रमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । जोशीको उम्मेदवारीविरुद्ध पौडेलले दिएको उजुरीमा शनिबार ९हिजो० आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो

अस्तित्व रक्षाकाे संकटमा कांग्रेस नेता सिटाैला

झापा, कात्तिक १९ । पार्टीले समानुपातिकको सूचीमा राखेकोमा असन्तुष्टी जनाउँदै प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अहिले संकटमा परेका छन । ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजय बेहोरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यसको एक दशकपछि पुनः संकटमा परेका छन् । मंसिर २१ गते हुने निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सिटौलालाई जित हात पार्न त्यति सजिलो छैन । एमाले, माओवादी केन्द्र र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि संकट चुलिएको हो । ०४८ सालदेखि झापाबाट निर्वाचित हुँदै आएका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । यद्यपि, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने सिटौला झापा–३ बाटै विजयी भएका थिए । तर, यसपटक स्थिति सहज छैन । दोस्रो संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन यसपटक पनि सिटौलासँगै भिड्दैछन् । लिङ्देनले यसपटक एमाले र माओेवादी केन्द्रको समेत समर्थन पाएपछि सिटौला झस्किएका हुन् । नेपाली कांग्रेसभित्र तेस्रो धारको रुपमा आफूलाई स्थापित गराउँदै लगेका सिटौलालाई पार्टीले समानुपातिकको सूचीमा राखे पनि उनले त्यसलाई अस्वीकार गर्दै प्रत्यक्ष चुनावमा होमिने निर्णय लिए । सिटौला भन्छन्, ‘जित–हारको फैसला जनताले गर्नेछन् तर, मैले जनताकै चाहनाको प्रतिनिधित्व खोजेको हुँ ।’ यसपटकको निर्वाचन सिटौलाका लागि चुनौती र अवसर दुबै एकसाथ आएको छ । किनभने उनकै कारण राप्रपासँग पार्टीको सम्बन्ध बिग्रन पुग्यो भने तिनै राप्रपाका महामन्त्री लिङ्देनसँग उनको प्रतिष्पर्धा हुँदैछ । पार्टीभित्र तेस्रो धारको प्रतिनिधित्वको विषयलाई टिकाइ राख्न सिटौलालाई यसपटक चुनाव जित्नैपर्ने बाध्यता पनि छ ।

कोमल र कुबेर वलीको उम्मेदवारी फिर्ता

दाङ, कात्तिक १९ । एमालेबाट टिकट नपाएपछि वागी मनोनय दर्ता गराएकी कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । केही समयअघि मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी वलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी थिइन् । घोराहीमा आइतबार पत्रकार सम्मेलन गरी वलीले एमाले उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उम्मेदवारी दर्ता गर्दा उनले एमालेले धोका दिएको बताएकी थिइन् । ‘मलाई एमालेले धोको दियो । कुनै पनि सूचीमा नाम राखेन,’ उम्मेदवारी दिँदा उनले भनेकी थिइन्, ‘जनतामाझ परीक्षण हुने उपयुक्त मौका आएको छ । निर्वाचनको तयारी गरिसकेकाले रोकिन सक्दैन।’ यसैगरी प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ३ क मा उम्मेदवारी दिएका माओवादी पोलिटव्युरो सदस्य एवं पूर्वसभासद् कुबेर वली र ३ ख बाट उम्मेदवारी दिएका गेदलाल भण्डारीले पनि फिर्ता लिएका छन् । एमाले अनुशासन समितिले शनिबार विज्ञप्ती जारी गर्दै पार्टीको निर्णय विरुद्ध गई बागी उम्मेदवारी दिएकालाई आफ्नो उम्मेदवारी फिर्ता लिन भनेको थियो । यदि त्यसो नगरे पार्टीका विधान बमोजिम कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएको थियो ।

एमालेले बागी उम्मेदवारलाई दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै पार्टी निर्दैशन नमान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अनुशासन आयोगले एक विज्ञप्ति जारी गर्दै आ–आफ्ना असन्तुष्टि र गुनासो पार्टीमा राख्न पाउने व्यवस्था विधानमा उल्लेख रहेको भन्दै पार्टी विधानको पालना र सम्मान नगरे आयोग अन्तिम निर्णयमा जान बाध्य हुने बताएको छ । ‘पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएकोउको छ, ‘अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं ।’ विज्ञप्ति मार्फत एमालेले बागी उम्मेदवारीले विपक्षीहरूलाई फाइदा पुग्ने भन्दै पार्टी हितलाई मनन गर्न आम नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेको छ । प्रेस वक्तव्य यतिखेर मुलुक आम निर्वाचनको ऐतिहासिक प्रक्रियामा छ । आम मतदाता, पार्टीका नेता, कार्यकर्ताहरू निर्वाचनको विभिन्न कार्यमा उत्साहका साथ सहभागी भइरहेका छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक क्षण हो । यसलाई सफल बनाउन पार्टीका सम्पूर्ण शक्ति एकताबद्ध भई लाग्न पार्टीको अनुशासन आयोग सबैसँग हार्दिक आग्रह गर्दछ । हामी अहिले देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा छौं । एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौं । समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारहरूको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको सबैलाई विदितै छ । पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमा भित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको छ । यसो गर्दा कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन सकेन । यो पार्टीलाई पनि महसुस भएकै कुरा हो । यस सन्दर्भमा विभिन्न कमरेडहरुको आ–आफ्ना असहमति हुनसक्छन् । चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्षीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ । तसर्थ निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा एमाले संघर्षको लामो गौरवपूर्ण इतिहास भएको अनुशासित पार्टी हो । सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई आफू सम्बन्धित पार्टीमा राख्न पाउने हाम्रो विधानको व्यवस्था छ । पार्टीले पनि सबैको कुरालाई धैर्यताका साथ सुनिदिनुपर्दछ । पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ । अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं । हाम्रो पार्टी चौतर्फी चुनौतीको दृढतापूर्वक सामना गर्दै निर्वाचनमा अघि बढेको छ । यस्तो स्थितिमा निर्वाचनमा विजयको निमित्त सबैको एकताको खाँचो आवश्यक हुन्छ । त्यसैले संविधानको मर्म र भावना अनुसार समृद्ध समाजवादी समाज निर्माण गर्ने ऐतिहासिक अभिभारा पुरा गर्ने कार्यमा उत्साह र गतिका साथ एकताबद्ध भई निर्भयताका साथ संयुक्त वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा निर्वाचन कार्यमा सहभागी बनौं । हाम्रो केन्द्रीय अनुशासन आयोग सबैसँग यही अनुरोध गर्दछ । अमृतकुमार बोहरा अध्यक्ष, केन्द्रीय अनुशासन अायाेग २०७४।०७।१८

टोपबहादुर र प्रदिपले गरेका काम मैले गरेको भन्दै भण्डारीले भोट मागेपछि…

गुल्मी, कात्तिक १८ । नेकपा एमालेका सचिव एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीले कांग्रेस नेता तथा क्षेत्र १ कै उम्मेदवार चन्द्र भण्डारीले अरुले गरेको कामलाई आफूले गरेको भनि झुटो प्रचार गरेको बताएका छन । माओवादी नेता टोपबहादुर रायमाझी, पुर्व मूख्यसचिव लीलामणि पौडेल र आफ्नो पहलमा ल्याएको सालझण्डी पटौती फास्ट्रयाक परियोेजना आफुले ल्याएको भनी भण्डारीले मतदातामा भ्रम सृजना गरेको आरोप लगाएका छन । नेता ज्ञवालीले भने, ‘म उहाँ जस्तो धेरै तल झरेर सस्तो प्रचार गर्न चाहन्न तर सालझण्डीबाट खोलिएको फास्ट्रयाक उहाँ सभासद हुनु अघि नै खोलिएको हो । ’ यस सम्वन्धमा तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालसंग सम्पर्क राख्दा उनले पनि उक्त सडकको सर्वे गर्न टोपबहादुर रायमाझी, प्रदिपकुमार ज्ञवाली र आफु आएको बताएका छन् । चन्द्र भण्डारीले भने आफ्नो भिजन मै उक्त योजना आएको दावी गर्दै आएका छन् । एमाले नेता ज्ञवालीले आफ्नो भन्दा अझ बढि भुमिका टोपबहादुर रायमाझीको भएको र गुल्मीका सवै दलका नेताहरुको पहलमा उक्त योजना आएको र सवैको श्रेय जाने बताउँ छन् । शुक्रबार तम्घासमा पत्रकारहरु सम्मेलन गरेर भण्डारीले जिल्लामा विकास निर्माणको थुप्रै कार्य गरेको दावी गरेको थिए । भण्डारीले यति धेरै विकास निर्माणका काम गरेको मान्छे यहाँ चुनाब जित्ने कुरा मात्रै नभएर बेलायतमा भए प्रधानमन्त्री पो हुनु पर्ने मान्छे भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । नेता ज्ञवालीले भने–‘हिजो मैले एउटा न्युज हेरेको थिएँ, चन्द्र भण्डारीजी बेलायतको प्रधानमन्त्री बन्ने दावी गर्नु हुँदो रहेछ अव उहाँलाई नेपालमा भोट माग्दै हिड्न पो किन प¥यो र ? बरु म उहाँलाई वेलायतको प्रधानमन्त्री बन्न शुभकामना दिन्छु ।’

माओवादीका समानुपातिकमा को-को छन, सूचीसहित

काठमाडौं, कात्तिक १८ । निर्वाचन आयोगले दलहरुले गएको असोज २९ गते बुझाएको समानुपातिकको बन्दसूचीको प्रारम्भिक सूची शुक्रबार सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्दले प्रतिनिधि र प्रदेशसभामा को कोलाई उम्मेदवार बनाएको छ । माआवादी केन्द्रको समानुपातिकको सूची यस्तो छ:

हत्यारा भन्दै प्रधानमन्त्री देउवा र रुकमाङ्गत कटुवालविरुद्ध मुद्दा दर्ता

काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालविरुद्ध ज्यान मारेको भन्दै मुद्दा दर्ता भएको छ ।  कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङ जोगिमाराका मजदुरहरुका आफन्तले देउवा र कटुवालविरुद्ध मुद्दा दर्ता गरेका हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री तथा रुक्माङ्गत कटुवाल त्यहाँ कार्यरत सेनाको गुल्म प्रमुख भएका बेला २०५८ फागुन ११ गते सेनाको कारबाहीमा ३५ जनाको मृत्यु भएको थियो । उक्त कारबाहीमा मृत्यु हुने मजदुरमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमाराबाट काम गर्न गएका मजदुर थिए । घटनामा मारिएका मजदुरका आफन्तले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते नै सर्वोच्च अदालतमा उजुरी दिए पनि हालसम्म फैसला नभएको भन्दै अदालतमा पुनः ध्यानाकर्षण गराइएको जनाएका छन् ।

‘चितवनकाे विकासका लागि माअाेवादी केन्द्रमा अाएँ’ : कांग्रेस नेता पाैडेल

भरतपुर, कार्तिक १८ । नेपाली कांग्रेसका युवा नेता नारायण पाैडेलले चितवनकाे विकासका लागि माअाेवादी केन्द्रमा प्रवेश गरेकाे बताएका छन् । नेपाली कांग्रेस परित्याग गर्दै युवा नेता पाैडेलले भने “सानैदेखि बुवाले रुखमा भाेट हाल्नुहुन्थ्याे, मैले त्याे देखें। बुवाले रुखमा भाेट हालेकाे देखेर म कांग्रेस भएँ। कांग्रेसले केही पनि सिकाएन, रुखमा भाेट हाल्न मात्र सिकायाे। अाज मेराे अाँखा खुलेकाे छ, देशकाे विकास, समृद्धि र जनताकाे हितका लागि लड्ने बाम शक्तिमा अाएकाे छु।” “अब कुनै पनि रुख सिधा रहने छैनन्, सबै ढल्ने छन्, नेता पाैडेलले भने, “कमरेड प्रचण्ड चितवन अाउनु भएकाे छ, उहाँ देशकाे मात्रै नभएर अन्तरास्ट्रिय नेता हुनुहुन्छ, उहाँलाई अत्याधिक मतले जिताउँछौं। कहिले सूर्य, कहिले हसिया हथौडा र कहिले हलाेमा भाेट हाल्ने कांग्रेस अब चितवनमा रहँदैन। हामी प्रचण्डलाई यसरी जिताउने छौ कि अर्काेपटक प्रचण्डसँग काेही पनि चुनाव लड्ने अाँट नगरुन्।” भरतपुर १४ शिबनगरमा अायाेजित कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरु गुमान बहादुर खड्का, लालबहादुर घिसिङ लगायतका ८९ जना कार्यकर्ता बाम गठबन्धनमा सहभागी भएका छन्। हिजाे मात्रै नयाँशक्ति पार्टी नेपालको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  नयाँशक्तिका केन्द्रीय परिषद सदस्य गोपाल परियार, हिमकला गैंरे र अमृत थिङ तामाङको नेतृत्वमा दुई सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन कमजोर हुँदा किसान, मजदुर, दलित, महिला, उत्पीडित समुदायका मुद्दा कमजोर हुने भएकाले एकतामा आउन सबैलाई आग्रह गरे । हिजो हामी कमजोर हुँदा संविधानमा समेत सबै मुद्दालाई संस्थागत गर्न नसकिएको बताउर्दै प्रचण्डले अब समाजवादको आधार निर्माण र क्रान्तिको तयारीका लागि सबै एक हुन पर्नेमा जोड दिए । कार्यक्रममा नयाँ शक्तिका नेताहरुले राष्ट्रिय पार्टीबाट मात्र समृद्धि र समाजवाद सम्भव भएको र चितवनबाट प्रचण्डलाई जिताएर देशको नेतृत्व लिन आफूहरु माओवादी केन्द्रमा आएको बताए ।