बिहीबार बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँले कारोबार भएकोमा बिहीबार सुनको मूल्य घटेर ५७ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बुधबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार चाँदी मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार सुनको मूल्य घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार घटेर ७ सय ४० रुपैयाँमै कारोबार भएको छ।

बिहीबार पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्यमा पाँच सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ५६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने बिहीबार ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्यमा छ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने मंगलबार ७ सय ५० रुपैयाँमै कारोबार भएको छ ।

सुनचाँदीको मूल्यमा स्थिर

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर नै रहेको छ । आइतबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि यही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने आज सोमबार यही ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।

अाइतबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार सुनको मूल्यमा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्यमा १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ७ सय ६० रुपैयाँ कारोबार भएको थियो भने आइतबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।  

दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सयले बढेर ५७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि माघ २ गते पनि यही मूल्यमा कारोबार भएको थियो। यो मूल्य विगत ४ महिनायताकै उच्च हो। चाँदीको मूल्य भने स्थिर छ। प्रतितोला ७५० मा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य आकाशियो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको मूल्य महंगो हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको तथा तेलको भाउ बढेको र आर्थिक गतिविधि सुस्त भएपछि सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आर्थिक गतिविधि बढ्दै जाँदा सुनमा लगानी बढ्छ । लगानी बढ्पछि भाउ पनि बढ्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । गएको हप्ता सुनको मूल्य बढेर तोलाको ५७ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, मंसिर २६ । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५४ हजार ३ सय र तेजावी सुन ५४ हजारमा विक्री भएको थियो ।

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, मंसिर २१ । सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

सुनको भाउ फेरि बढ्यो

काठमाडौं, कात्तिक २१ । आज मंगलबार बजारमा फेरि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

ह्वात्तै बढ्यो सुनचाँदी भाउ

काठमाडौं, कात्तिक १२ । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । आइतबार सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँ र चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । उज्यालो अनलाइनबाट

एकैदिन सुनको भाउ तोलामा ६ सय मूल्य बढ्याे

काठमाडौं, भदौ २३ । नेपाली बजारमा हिजो सुनको भाउ एकैदिन तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि आज ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय र तेजावी ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ छ ।

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, साउन ६ – सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुनको भाउ तोलामा ३ सयले वृद्धि भई तोलाको ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको सुरुदेखि नै उकालो लागेको सुनको भाउ समग्रमा यो हप्ता तोलामा ५ सय रुपैयाँ बढेको छ । पहिलो दिन आइतबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार स्थिर रह्यो । मंगलबार तोलामा २ सय रुपैयाँ बढेर ५३ हजार ७ सय रुपैयाँ पुगेको भाउ बुधबार एक सय रुपैयाँ बढेर ५३ हजार ८ सयमा कारोबार भयो । बिहीबार एक सय रुपैयाँ घटेर ५३ हजार ७ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । आइतबार तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ यो हप्ता समग्रमा तोलामा १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको भाउ घट्यो

वैशाख १९ । केही दिन यता सुनचाँदीको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएकाले नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिएर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलामा ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । विवाहको लगन भएकाले सुनचाँदीको कारोबार बढ्न थालेको पनि महासंघले जनाएको छ । अहिले दैनिक २५ किलोको हाराहारीमा सुनको माग रहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं, चैत ३ । सुनको भाउ हवात्तै बढेको छ । सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलामा ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।