घट्यो सुनको भाउ

काठमाडौं, फागुन ८ । सुनको भाउ आइतबार घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पन्ध्र सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, माघ १४ । विवाहको लगनकै बेला सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ । बिहीबार फाइन गोल्ड तोलाको ५५ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो । हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५५ हजार ४ सय रुपैयाँमा रस्ट्याण्डर्ड गोल्ड ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आइतबार तोलाको ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

केरुङबाट ल्याउँदै गरेको अबैध सुनसहित रसुवागढीमा एकजना पक्राउ

काठमाडौं, माघ ११ । चिनको केरुङबाट बा ७८ प २१३१ नम्बरको मोटरसाइकमा नेपाल आउदै गरेका चक्र बहादुर धमला  अबैध सुनको  चक्कि ढिक्कासहित रसुवामा पक्राउ परेका छन् । टिमुरे १ रसुवागढी प्रहरी चेकपोष्टमा चेकजाचँ गर्ने क्रममा  धमलाको साथमा रहेको मनि पर्समा  ११७.३२ ग्राम  अबैध सुन फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले बताए । ४६ वर्षीय  धमला  जिल्ला सि.पा सिम्पाल काभ्रे ६ घर भई हाल रसुवा यार्सा  ९ मा बस्छन् । पक्राउ परेका धमला, मोटरसाइकल र बरामद सुन भन्सार कार्यालय टिमुरेमा बुझाईएको  प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिए । रसुवागढी नाकाबाट चीनले एक महिनाका लागि सामान अायात निर्यात बन्द गरेको छ । एक सातादेखि चीनको केरुङबाट नेपाल अाउने र जाने सामान बन्द  छ । भन्सार बन्द हुदाँ सयाौ कन्टेनर भन्सार यार्डमा बसेका छन् । तर सुन तस्करको सक्रियता भने बढेको छ । यस अघि चीनकै केरुङबाट ल्याइएको १५ केजी सुन बालाजु बृतले बरामद गरेको थियो ।

पन्ध्र किलो सुनसहित एक पक्राउ

काठमाडौँ, माघ १। प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट उक्त परिमाणको सुन बरामद गरेको हो । उक्त गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीको इन्जिन रहेको भागमा ब्याट्रीको फलामको ‘फल्स बटम’ जस्तो बनाइलुकाइ छिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो । घटनाको थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

सुन तस्करीमा संलग्न थप २ जना काभ्रेबाट पक्राउ

काठमाडौं, पुस २७ । त्रिभुवन विमानस्थलमा सुन तस्करीको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत साता करिब ३३ किलो सुन प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका हुन । मंगलबार राती काभ्रेको पनौतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भरियामार्फत ल्याएको सुन बुझ्ने व्यक्ति हुन । सुन तस्करीको यो घटनामा संलग्न कसैलाई पनि नछाडिने प्रहरीले जनाएको छ । यद्यपी सुन तस्करीका मुख्य नाइकेहरु पनि अझै सार्वजनिक भएका छैनन् ।  

सुनको भाउ बढ्यो, तोलामा साढे त्रिपन्न हजारमा कारोबार

काठमाडौं, पुस २१ । बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन मूल्य ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । महासंघका अनुसार अहिले दैनिक सुनको माग ३० किलोभन्दा धेरै छ । माघ महिनामा लगन पर्ने भएकाले सुनको गरगहनाको माग बढेको हो । बिहीबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

ओरालोतिर सुनको भाउ

काठमाडौं, पुस १ । बिहीबार तोलामा ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार घटेर तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार भने ५१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक सय रुपैयाँ घटेको थियो भने त्यसमा बिहीबार ५ सय रुपैयाँले घटेको थियो । त्यस्तै शुक्रबार फेरि तोलामा ४ सय रुपैयाँले घटेर आज तोलाको ५१ हजार ७ सयमा कारोवार भएको हो । चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हप्तामा चाँदीमा भने यो हप्ता २० रुपैयाँ मात्रै घटेको छ ।

अझै घट्छ सुनको मूल्य, पचार हजारमा झर्ने !

काठमाडौं, मंसिर २८ । लगातार घटिरहेको सुनको मूल्यमा अझै गिरावट आउने बताइएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।’ स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। विश्लेषकका अनुसार डलर मजबुद बन्दै जानु, सेयरबजारमा लगानीकर्ता आकर्षित हुनु, अमेरिकी फेडर बैंकले व्याजदरमा बृद्धि गर्नुसँग रोजगारीमा आएको वृद्धिजस्ता कारणले सुनको मूल्य क्रमशः ओरालो लाग्दै गएको हो अाजकाे काराेबार दैनिकले विश्लेषण गरेकाे छ।

सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने

काठमाडौँ, मङ्सिर २८ ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।’ विश्लेषकका अनुसार डलर मजबुद बन्दै जानु, सेयरबजारमा लगानीकर्ता आकर्षित हुनु, अमेरिकी फेडर बैंकले व्याजदरमा बृद्धि गर्नुसँग रोजगारीमा आएको वृद्धिजस्ता कारणले सुनको मूल्य क्रमशः ओरालो लाग्दै गएको हो। यो खबर  आजको कारोबार दैनिकमा छ ।

सुनको भाउ घट्यो, तोलाको ५४ हजार

काठमाडौँ, मंसिर १६ । सुनको भाउ फेरि घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले घटेको छ । आज तोलाको ७ सय ८० रुपैयाँमा चाँदी किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।