तोलामा फेरि कतिले बढ्यो सुनको भाऊ ?
काठमाडौं, चैत ८ । साताको पहिलो दिन आइतबार सुनको कारोबारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आज बढेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आइतबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
खुशीको खबरः बजारमा ह्वात्तै घट्यो सुनको भाऊ
काठमाडौं, चैत ३ । आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुन तोलामा ६० हजार ५०० रुपैयाँले कारोबार भएको थियो भने आज घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुन ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । शुक्रबार चाँदी तोलामा ७४५ मा कारोबार भएको छ भने आज घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ
काठमाडौं, फागुन १६ । सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
बजारमा सुनको भाउ जस्तातस्तै
काठमाडौं, माघ २७ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार बजारमा सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आइतबार सुन तोलामा ६२ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन तोलामा ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६१ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७७५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।
सुनको मूल्य पाँच वर्षयताकै उच्च
काठमाडौं, पुष २६ । नेपाली बजारमा सुनको मूल्य पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी मुद्रा डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानु लगायत कारणले सुनको मूल्य उच्च भएको हो । बिहीबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एकै दिन तोलामा ६ सय रुपैयाँ वृद्धि भएर आज छापावाल सुनको मूल्य पाँच वर्षयताकै उच्च भएको हो । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले तोलामा एकै दिन ६ सय बढेर ६० हजार ७ सय रुपैयाँ पुगेको बिहीबारको भाउ पाँच वर्षपछिकै सबैभन्दा उच्च भएको बताए । अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार विवादमा फस्दै गएका कारण पनि सुनको भाउ उकालो लागेको उनको भनाइ छ । चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ७ सय ६५ कायम भएको छ । हिजो बुधबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार ७ सय ५५ रहेको चाँदी सोमबार ७ सय ६० पुगेको थियो । गत आइतबार १० रुपैयाँले घटेर तोलाको ७ सय ५५ रुपैयाँ कायम भएको चाँदी त्यसअघि लगातार पाँच दिन तोलाको ७ सय ४५ रुपैयाँमा स्थिर रहेको थियो ।
फेरि तोलामा कतिले बढ्यो सुनको मूल्य ?
काठमाडौं, पुस २५ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार नेपाली बजारमा चाँदीको ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ६० रुपैयाँमा कारोबारमा भइरहेको छ ।
आज फेरि तोलामा कतिले घट्यो सूनको मूल्य ?
काठमाडौं, पुस २० । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । शुक्रबार बजारमा छापावाल सुनको मूल्य तोलामा ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर ५९ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार नेपाली बजारमा चाँदीको १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७ सय ५५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।
बजारमा सुनचाँदीको भाउ महँगियो !
काठमाडौं, पुस १९ । साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार नेपाली बजारमा चाँदीको २१ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ७३९ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय ६० रुपैयाँमा कारोबारमा भइरहेको छ ।
बजारमा सुनचाँदीको मूल्य घट्यो !
काठमाडौं, पुस १८ । केही सातादेखि लगातार स्थिर रहेको आज बुधबार भने बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार नेपाली बजारमा चाँदीको ६ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७ सय ३९ रुपैयाँमा कारोबारमा भइरहेको छ ।
सुनचाँदीको बजार मूल्य अवस्था कस्तो छ ?
काठमाडौं, पुस १३ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबा तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय ४५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।
शुक्रबार फेरि तोलामा कतिले बढ्यो सुनचाँदीको मूल्य ?
काठमाडौं, पुस १३ । साताको अन्तिम दिन अर्थात शक्रबारको दिन नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार बजारमा चाँदीको मूल्यमा दश रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ४५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।
तोलामा कतिले बढ्यो सुनचाँदीको भाउ ?
काठमाडौं, पुस १० । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार बजारमा चाँदीको मूल्यमा दश रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ३५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।
ताेलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?
काठमाडौं, पुस १० । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । बुधबार बजारमा चाँदीको मूल्यमा पाँच रुपैयाँले बढेको छ । मगलबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय २५ रुपैयाँमै कारोबारमा भइरहेको छ ।
यस्तो छ बजारमा सुनचाँदीको मूल्य अवस्था !
काठमाडौं, पुस १० । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । सोमबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ । सोमबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय २० रुपैयाँमै कारोवारमै भइरहेको छ ।
आइतबार बजारमा कतिमा कारोबार भइरहेको छ ?
काठमाडौं, पुस १ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य अझै यथावत नै रहेको छ । शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो आजपनि ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने आज भने घटेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
लगातार बढ्दै सुनको मूल्य, आज कतिले बढ्यो ? हेर्नुस्
काठमाडौं, मंसिर २३ । आज (सोमबार) सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज, तेजावी सुनको भाउ पनि बढेको छ । सोमबार ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५९ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा पाँच रुपैयाँले बढेर ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

