दहीसँग यी खानेकुरा भुलेर पनि नखानुहोस, यदि खानुभयो भने त्यो विष हुनसक्छ !

काठमाडौं। गर्मीमा धेरै मानिसको पहिलो रोजाइमा नै पर्छ दही र दहीबाट बनेको परिकार । तर दहीसँग केही चीजहरु सँगै खानु स्वास्थ्यलाई निकै हानीकारक हुने चिकित्सकले बताएका छन् । दहीसँग केही चीजहरु खाँदा फाइदा भन्दा बढी नोक्सान हुने बताइएको छ ।

किनकी दहीसँग ती चीजहरु खाँदा शरीरमा टक्सिन पैदा हुन्छ । जसले पेटमा गडबडी, वान्ता हुने शरीर चिलाउने जस्ता परिणाम देखिन्छ ।

आयुर्वेधिक एक्सपर्ट गीताञ्जलि शर्माका अनुसार त्यसरी त दही एकदम राम्रो चीज हो । दहीलाई कैक्याल्शियमदेखि लिएर लेटिक एसिडको राम्रो स्रोत मानिन्छ । यदि सही तरिकाले खानु भयो भनी यसले तपाईलाई निकै फाइदा गर्छ । पाँचन क्रिया सुधार्नका लागि यो भन्दा राम्रो अर्को कुनै चीजै छैन । तर केही चीजका साथ दही खानु भयो भने त्यसको नकारात्मक असर पर्दछ । आउनुस् दहीसँग खान नमिल्ने ती चीजहरुका बारेमा यहाँ जानकारी गराउछौंः

आँपसँग दही
गर्मीयाममा यी दुई चीज बढी खाइन्छ । तर आँप र दही एकसाथ खानु हुँदैन । यदि आप र दही सँगै खानु भयो भने तपाईको शरीरमा टक्सिन बढी उत्पादन हुन्छ । किनकी यी दुईको असर उल्टो हुन्छ । दहीलाई चिसो र आँपलाई गर्मी मानिन्छ ।

चीजसँग दही
चीजसँग दही खानु हुँदैन । आयुर्वेदमा यी दुईलाई एकै साथ खान मानाही गरिएको छ । दही र चीजसँगै खानले शरीरमा नकारात्मक असर पर्दछ ।

डोसासँग दही
डा शर्माका अनुसार डोसा बनाउन दहीको प्रयोग हुन्छ तर डोसा र दही सँगै खानाले यसले शरीरमा फाइदाको सट्ट नोक्सान गर्दछ ।

केरासँग दही
केरासँग दही खाना पनि स्वास्थ्यको दृष्टिले नराम्रो मानिन्छ । वा मनाही छ । यदि केरा र दही सँगै खानु भयो भने त्यसले तपाईको शरीरमा नकरात्मक असर गर्दछ । यदि खानै पर्ने भयो भने पनि कम्तिमा दुई घण्टापछि खान सकिन्छ ।

मसुरोको दालसँग दही
मसुरोको दालसँग पनि दही खानु हुँदै । मसुरोको दालसँग दही खाएमा यो विष बन्दछ् । त्यसैले यसलाई भुलेर पनि सँगै खानु हुँदैन् ।

महिनावारीमा धेरै पेट दुख्ने केटीको बच्चा हुँदैन ?

म १८ वर्षीया युवती हुँ । महिनावारी हुँदा मेरो पेट निकै दुख्छ । गाउँघरका जेठाबाठाहरू भन्नुहुन्छ, महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन । के यो सत्य हो ? मेरो पनि शिशु हुँदैन त ? यसको समाधान के होला ? पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई  Premenstrual Tension Syndrome भनिन्छ । महिनावारी हुँदा किन पेट दुख्छ ? प्राय: सबैजसो किशोरीले महिनावारी हुँदा धेरथोर पीडाको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै पेट दुखेको गुनासो गर्छन् । महिनावारीको यस्तो पेट दुखाइलाई dysmenorrhea भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत सर्न सक्छ । महिनावारीमा तल्लो पेट दुख्दा सामान्य दैनिक जीवन नै खलबलिन सक्छ । महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले वयस्क अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा शिशु जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यति धेरै पीडा महसुस हुँदैन । महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्तप्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियाले पनि पीडा दिन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरङ्ग प्रक्रिया भएकाले यसलाई प्राकृतिक नै मानिन्छ । यस्तो स्थितिलाई Primary Dysmenorrhea भनिन्छ । तपार्इंले आफ्नो महिनावारी चक्रका बारेमा केही लेख्नुभएको छैन । स्वस्थ महिलामा यस्तै ३ देखि ५ दिनसम्म योनिबाट रगत आउने र २८–३० दिनको चक्रीय रूपमा अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै होला । यस्तो चक्र केही चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिन सम्म हुनुलाई सामान्य नै मानिन्छ । तपाईंले पनि अनुभव गर्नुभएकै होला, पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ । किशोरावस्थामा तल्लो पेटको पीडा कम गर्न के गर्ने ? पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ, त्यसैले थप आराम गर्ने अर्थात् सुत्ने प्रयास नै गर्नुभए हुन्छ, तर पेट नदुखेका बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा अध्ययनमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्‍याउनुपर्छ । नुनको सेवन कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ । पीडा कम गर्न तातो वस्तु जस्तै : hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत मिल्छ । कुनै तातो पेय पिउन सकिन्छ वा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम गर्न सकिन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न सकिन्छ । औषधीको सेवन गरेर पनि यस्तो पीडा कम गर्न सकिन्छ । अति नै दुखेको स्थितिमा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन  सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् । पाठेघरको मुखलाई ठूलो पारेर गरिने उपचार किशोरीहरूमा प्रयोग गरिंदैन । कतिपय महिलामा गर्भधारण गरेर सामान्य रुपमा (योनिमार्गबाट नै) सन्तान जन्माउँदा यो समस्या पूर्ण रुपमा समाधान भएको पाइएको छ । के शिशु जन्माउन सकिँदैन ? किशोरीहरूमा पेट दुख्ने प्रमुख कारण Primary Dysmenorhea हुन्छ । यस किसिमको स्थितिमा शिशु जन्माउन सक्ने अर्थात् भनौं प्रजनन क्षमतामा कुनै नकारात्मक असर पर्दैन । किशोरावस्थामा विरलै मात्र हुने भए पनि पाठेघर वा त्यसवरिपरिका अङ्गमा कुनै रोग वा विकार भएको अवस्थामा तल्लो पेट दुख्नुलाई Secondary Dysmenorrhea भनिन्छ । पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् । यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ । समाधानका लागि तपाईंको पीडाको प्रमुख कारण निक्र्यौल गर्नुपर्छ । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सहायता लिनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा विभिन्न किसिमको परीक्षण गराउनुपर्ने हुन सक्छ । कुनै खराबी नभए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । केही खराबी देखिएको स्थितिमा भने खराबीअनुसार उपचार गराउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई स्त्रीरोग विशेषज्ञले नै सहयोग गर्नुहुनेछ । साप्ताहिकबाट  

रोटी चिसो भएर हैरान हुनुहुन्छ, यसरी राख्नुहाेस् तातै

काठमाडौं, चैत्र ७ । गहुँको सुक्खा रोटीको सौखिन धेरै हुन्छन् । अधिकांश नेपालीको भान्सामा यस्तो रोटी तयार हुन्छ । उसो त डाइबिटिजजस्ता रोगका लागि पनि रोटी निकै उपयुक्त हुन्छ । तर, यस्तो रोटी चाँडै सेलाउने र दह्रो हुने भएकाले धेरैलाई चिन्तित बनाएको हुन्छ । यस्तो चिन्ताबाट मुक्त हुन सानो आइडिया पनि पर्याप्त बन्न सक्छ ? लामो समयसम्म रोटी नरम बनाइराख्न पिठो मुछ्ने र बनाउने तरिकाले निर्भर गर्छ । पिठोमा आवश्यकताअनुसार तातो पानी, एक–एक चम्चा नुन र तेल राख्नुहोस् र आधा घन्टा छाडिदिनुहोस् । अब, राम्रोसँग २० मिनेटजति मोल्नुहोस् । वेला–वेलामा पानी थप्नुहोस् । पिठो मुलायम भएपछि बेलेर रोटी बनाउनुहोस् । तयारी रोटीलाई नरम र तातो बनाइराख्न घरमा कुलिङ ¥याकको व्यवस्था गर्दा उपयुक्त हुन्छ । कुलिङ ¥याक छैन भने घरकै भाँडो पनि प्रयोग सक्नुहुन्छ । पकाएको रोटी यस्तै भाँडोमा राख्नुस् । त्यसपछि क्यासरोलमा कटन बिछ्याउनुहोस् र त्यहीमाथि रोटी मिलाएर राख्नुहोस् । रोटी राखिसकेपछि कटन कपडाले छोपिदिनुहोस् र क्यासरोलको ढक्कन लगाइदिनुहोस् । यसरी राख्दा रोटी कम्तीमा दुई घन्टासम्म तातै रहन्छ । रोटी चाँडै चिसो र कडा हुनुको कारण रोटीबाट बाफ उड्नु हो । रोटीबाट निस्किएको बाफ भित्रै रह“दा त्यही बाफले केही बेर रोटी तातै रहन मद्दत पुग्छ । क्यासरोलमा रहेको पातलो कटनले बाफ सोस्छ र रोटीलाई तातो पनि राखिराख्छ । नयाँ पत्रिकाबाट

के खाने, कहिले खाने र कसरी खाने ?

डा ललितकुमार मिश्र/ राम्रो स्वास्थ्यको लागि सधैं सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफूल, हरियो सागपात, गेडागुडी, दूध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नु पर्दछ । चिकित्सकहरूले पनि आफ्ना बिरामीलाई रोगअनुसारको खानेकुराको सल्लाह दिन्छन् नै । घरका ठूलाबडाले पनि यस प्रकारको शिक्षा आफ्ना छोराछोरी तथा नातिनातिनीलाई दिने गर्दछन् । कुरो ठीकै हो । अवस्था फरक छ, उहिले फलफूल, हरियो सागसब्जीलगायतका सबै चीजहरू मौसमअनुसार फल्ने फुल्ने गर्दथ्यो । मानिसहरू सिजनअनुसारको फलफूल, सागसब्जी खान्थे र हृष्टपुष्ट, स्वास्थ्य र दीर्घजीवी हुन्थे । तर, अचेल त वर्षैभरि सबै किसिमका फलफूलहरू हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाटबजारदेखि लिएर ठूलाठूला सहरका मल (सपिङ सेन्टर)हरूमा आकर्षक प्याकेजिङमा उपलब्ध हुन्छन् । मानिसहरू यिनै किनेर खाइरहेका छन् । यसका बाबजुद पनि मानिसमा धेरैजसो स्वास्थ्यसम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भइसकेको छ । यहाँ प्रश्न उठ्छ, के यी फलफूलहरू, हरियो सागसब्जी, दूध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त ? के यी चिजहरू वास्तवमा तपाईंको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ ? अचेल बढी उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरूले बढी मात्रामा रासायनिक मल, पेस्टिसाइडस् (कीटनाशक) एवं हार्मोन्सको इन्जेक्सनको प्रयोग गर्दछन् । मानिसमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू पनि सोही रफ्तारमा बढिरहेको छ । भारतको चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले हालसालै गरेको एक अध्ययन रिपोर्टमा भनिएको छ, प्रायः गरी सागसब्जीहरूमा प्रयोग गरिने इन्सेक्टिसाइट र पेस्टिसाइड्सको अंश यी बजारमा बिक्री गर्न ल्याइने हरियो तरकारीहरूमा रहिरहन्छ । यसको सेवनले तमाम दूरगामी खालका रक्तविकार, नसासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग एवं महिलामा प्रजननसम्बन्धी रोग हुने सम्भावना बढी हुन्छ । जस्तै, थकान महसुस हुनु, पसिना बढी आउनु, टाउको दुख्नु, रिंंगटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मांसपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निद्रामा कमी आउनु तथा महिलामा गर्भपतन हुनु आदिजस्ता यस रोगका लक्षणहरू हुन् । यसै प्रकार कोलकाता विश्वविद्यालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरूमा लिड, निकिल, केडमियमजस्ता तत्वहरू बढी भएकोले अनेक प्रकारको पाचनसम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ ९रगतमासी० हुनु आदि । यस प्रकार पेस्टिसाइड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकाससम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ । व्यापारको दृष्टिले फर्म हाउसमा सागसब्जी वा फलफूलहरूको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौती अथवा बचत गर्नको लागि बोटबिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाँडै बढ्नको लागि दिइने इन्जेक्सन) को प्रयोग बढेको छ । जस्तै, भान्टा, लौका तथा गाईभैंसीलाई दूध बढी दिने सुई, कुखुराको मासुको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याइने हार्मोन्स प्रयोगबाट यसरी अस्वाभाविक रूपमा उत्पादन भएका सागसब्जी, फलफूल, तरकारीहरूलाई बढी समयसम्म ताजा बनाइराख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा ¥यापगरी राख्ने गर्नाले ९खाद्यपदार्थ० अझ संक्रमिक हुन सक्छ । यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ । यस प्रकार समयभन्दा पूर्व काँचो फलफूलहरू केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आँप कार्बाइडनामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बाइडको मात्रा कम हुन गयो भने फलको बोक्राको रङ बदलिन्छ । तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुन गयो भने फल त पाक्दछ तर बेस्वाद र विषाक्त हुन्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरूको सेवनले इससिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला, लिस्टेरियानामक कीटाणुहरूको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ । यस्ता खानेकुराबाट छालासम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द, पेट बट्टारिनु, बान्ता हुनु, पखाला लाग्नु, रिंगटा लाग्नु, छालासम्बन्धी रोग र क्यान्सर आदिजस्ता रोगका लक्षणहरू उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटैमात्र उपाय भनेको, सिजनअनुसारको सागसब्जी, फलफूल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफूलको सेवन गर्ने बानी बसालौं । हाटबजारबाट किनेर ल्याएको फलफूल या सागसब्जीलाई हल्का तातोपानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खानुपर्छ । खाना खानु अगाडि र खाना खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । खाद्य पदार्थको विषाक्तता (फुडपोइजन) बाट हुने रोगहरूमा रोगीको अवस्था र लक्षणहरूको आधारमा निम्नलिखित केही होमियोप्याथिक औषधिहरू प्रयोग गर्न सकिन्छ । आर्सेनिकएलबम, पोडोफाइलम, चाइना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यी औषधिहरू आफ्नो नजिकको योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नाले लाभदायक हुन्छ । अन्त्यमा खान सबैले जानेको हुन्छ, तर के खाने ? कहिले खाने र कसरी खाने ? भन्ने कुरा धेरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भर छ ।

धुवाँ–धुलोबाट बच्नका लागि कस्तो चस्मा उपयुक्त हुन्छ ?

चैतको हावाहुरीले राजधानीका सडक धुलाम्मे भएृका छन् । सडकमा हिंड्ने जो कोहिलाई यसले समस्या पारेको छ। धुलोबाट संबेदनशील अंग आँखालाई बचाउन चस्माको प्रयोग गर्नु अत्यावश्यक भएको छ। धुलो मात्रै नभई घामको विकीरणबाट पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। आँखाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै भुमिका खेल्छ। गर्मी तथा धुवाँ­धुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकीरणबाट समेत सुरक्षा दिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउन मद्दत पुग्दछ। बढि घाम हुने भएकै कारण तराईमा मोतिबिन्दु हुनकोे औसत उमेर ४० वर्ष र पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा। अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन् । त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ। नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छ। तर माथि उल्लेखित ब्राण्ड मध्ये नेपाली माझ रेबन बढी चर्चित छ। जसको ओर्जिनल चस्माको बजार मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ। अन्य ब्राण्डका चस्मा केही आधिकारीक पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहन्छ। तर नेपालमा रेबन लेखेका चस्मा फुटपाथ देखि महँगा पसलहरुसम्म पाइने गर्छ। जसमा नक्कली र सक्कली छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्। दरबारमार्ग स्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रिने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ। चीनबाट आयात हुने चस्मामा ब्राण्डेड नाम राखेर बनाइन्छ र ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर बेचिन्छ। उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा चस्मा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन्।’ विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ। कसरी चिन्ने ओर्जिनल चस्मा ? व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ड युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो हुनुपर्र्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्ने र ‘ब्राण्ड कन्सेप्ट’ तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ। चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हून्छ। यस्तोमा कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारोपन बढ्न जान्छ र त्यसले नानी वरपरको व्यास ठूलो बनाउँछ। कमसल तथा नबुझी किनेका चस्मा लगाउँदा आँखाको नानी र पर्दासम्म बढी प्रकाश पुग्ने र त्यसले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर गर्न नसक्ने हुन्छ। यसको कारण हानिकारक प्रकाश भित्र छिरेर आँखालाई झन् नराम्रो असर पु‍र्याउने गर्छ। कसरी छान्ने आफूलाई सुहाउने चस्मा ? चस्माले मानिसको व्यक्तित्वको पहिचानमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्माको बनोट र अनुहारको आकार अनुसार चस्मा छान्नु पर्छ। दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई ‘रेक्टेन्गुलर’ तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सुहाउँछ। उनका अनुसार लाम्चो ९ओभल० आकारको अनुहार भएका व्यक्तिलाई भने प्राय सबै खाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई नाकको शिरानमै अडिने खालको चस्मा सुहाउने गर्छ। चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौं समानान्तर नभएमा चस्माले आखीँभौं नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्क कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको चस्मा प्रयोग गर्दा सुहाउने उनी बताउँछन्। एजेन्सीको सहयोगबाट

थाहा पाइराखौं यस्तो अवस्थामा दही भुलेर नखानुहोस् !

दही स्वादिलो पेय हो र गुणकारी पनि। दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। गर्मीमा दहीले तिर्खा पनि मेट्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन र यसको आफ्नै आयुर्वेदिक महत्व पनि छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। दहीले जति फाइदाजनक काम गर्छ त्यति नै हानी पनि गर्छ ।  कस्ता व्यक्तिले दही खानुहुँदैन  ? राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ। यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ। धेरै मानिसहरू राति खाएपछि सुतिहाल्छन्। यसले झन् समस्या हुन्छ। राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ। यसले रुघा र खोकी लाग्न सक्छ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ। वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ । घडा वा जोर्नीको दुखाईबाट पीडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन। अन्यथा यसले दुखाईलाई झनै बढाउँछ । हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा। तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ। दही कहिले, किन र कसरी खाने र ? दही खाने उपयुक्त समय बिहान हो। हातगोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरू बिहान दही सेवन गर्दा ठीक हुन्छ। नास्तामा एक कचौरा दहीमा सक्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ। यसमा यस्ता रासायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि। अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ। दही खाँदाका फाइदा राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं । दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ। यसबाट पाचनमा मद्दत मिल्छ। भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ। दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ। अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ। दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ। पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ। एजेन्सीको सहयोगबाट

सावधान ! म:म: खान मन पराउनेहरुलार्इ यस्तो खतरनाक हुनसक्छ

हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं । खाजाको रुपमा मःमः धेरै खानु पनि खतरनाक हुने गर्दछ । तर, मानिसहरु खाजाको रुपमा मःम नै विशेषगरी खान मन पराएको देखिन्छ । होटल, रेष्टुरेन्टहरुमा मःमः खानेहरुको भीड अत्यन्तै लागेको देखिन्छ । तर, हामीलाई मःमः धेरै खाएमा के हुन्छ भन्ने कुरा थाहा छैन होला । हामी मःमः बनाउन मैदा बढी प्रयोग गरिन्छ । मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःमः होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । थाहा पाइराखौं, मैदाबाट बनेको खानेकुरा खाँदा कस्तो नकारात्मक असरहरु पर्दछन्– १. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ । २. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । ४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । ५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् । एजेन्सीको सहयोगबाट  

किन सुक्छ स्वर ? बचाउन के गर्ने ?

जिवीत प्राणीसंग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सन्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं। डा ढुण्डीराज पौडेल मानिसको आवाज विभिन्न थरिका हुन्छन् । तर यसमा पनि समस्या आउन सक्छन् । धोद्रो, सुकेको, ठूलो, चर्को, मधुरोजस्ता आवाजहरु सबै स्वरका समस्या हुन सक्छन् । स्वर सुक्ने समस्यालाई ‘हर्सनेस’ भनिन्छ । घोडाको जस्तै आवाज भएकाले यसो भनिएको हो । मेडिकल भाषामा यसलाई ‘डिसफोनिया’ भनिन्छ। कहाँ बन्छ आवाज ? घाँटीमा एउटा स्वरयन्त्र हुन्छ । त्यहाँ दुईवटा भोकल कर्ड हुन्छन् । दुईटा स्वर यन्त्रको बीचबाट हावा बाहिर निस्कने क्रममा बोली अर्थात् आवाज निस्कन्छ। बोली उत्पादन भोकल कर्डमा हुन्छ । तर आवाज निस्केर मात्र हुँदैंन, त्यसलाई सुमधुरता दिन माथिल्लो अंगहरु जस्तै नाक, घाँटी, अनुहारका हड्डीजस्ता विभिन्न अंगले स्वर मिठो बनाउन भूमिका खेल्छन् । भोकल कर्डलाई हामी रुद्रघण्टी भन्छौं। किन हुन्छ बोली धोद्रो ? भोकल कर्डबाट नाकको भागसम्म अथवा टाउकाको तल्लो भागसम्म कुनै पनि प्रकारको खराबी भयो भने खराब आवाज निस्कन्छ । अर्थात् स्वरको समस्या हुन्छ । जसलाई हामी डिस्फोनिया भन्छौँ । यसैले भोकल कर्डमा समस्या भयो भने आवाज धोद्रो निस्कन्छ । यसका अतिरिक्त नाक तथा घाँटीको समस्या र पिनासका कारणले पनि बोली धोद्रो हुन सक्छ । यस्तै, भाइरसको समस्याले पनि स्वरमा परिवर्तन हुन्छ । धुलो, धुँवा, प्रदूषण, क्यान्सर, लामो समयसम्म चुरोट खानेहरुमा पनि क्यान्सर भएर मासु पलाउन सक्छ । बोलीको अत्याधिक प्रयोग अथवा ‘एब्युज अफ भ्वाइस’ कारण पनि बोली धोद्रो हुन्छ । बोलेको बोल्यै गर्नुपर्ने मानिसहरु जस्तै, शिक्षक, नेता, कर्मचारी, व्यापारीहरुको भोकल कर्डमा असर गरेर मासु पलाउन सक्छ र आवाज बिग्रन्छ। कहिलेकाही स्वरको दुरुपयोग पनि हुन्छ । कुनै घटनामा प्रतिक्रिया जनाँउदा, कुनै खेलमा आफ्नो मनपर्ने टिमले जित्दा, भिडभाडमा आफूले चिनेको व्यक्ति देखिँदा हामी ठूलो स्वरले चिच्याउँछौं । यसरी चिच्याउनु अनावश्यक हो, नचिच्याए पनि हुन्छ । त्यसैले यो स्वरको दुरुपयोग (एब्युज अफ भ्वाइस) हो। यस्तै, मसालेदार खानेकुरा, चिया–कफीको बढी प्रयोग, पानीको कम प्रयोग र ग्यास्ट्रिक भएका मानिसमा पनि स्वरको समस्या हुन्छ । फोक्सोमा क्यान्सर हुँदा मासु पलायो भने त्यसले स्वरयन्त्र चलाउने नशा च्यापिएर पनि स्वरमा समस्या हुनसक्छ वा बोली भाषिन सक्छ । मुटुमा रोग लाग्यो भने पनि त्यसले नशा च्यापिएर पनि स्वरयन्त्र प्यारालाइज हुँदा बोलीमा समस्या आउन सक्छ। मानिस वृद्ध अवस्थामा पुग्दा शरीरका नशा सक्दै जान्छन् । त्यसले पनि स्वर सानो हुँदैं जान्छ । त्यस्तै फोक्सोका रोगीमा पनि स्वरमा समस्या हुन्छ । किनभने बोली निस्कन हावा निस्कनुपर्छ । हावा निकाल्न फोक्सोमा कम हावा भयो भने यस्तो समस्या आउछ । त्यसैले निमोनिया, दम भएको मानिसमा स्वरमा समस्या आउँछ। कुनै मानिसको घाँटी बजाइराख्ने बानी हुन्छ, ठूलो स्वर निकालेर घाँटी सफा गर्ने बानी हुन्छ, त्यस्ता व्यक्तिमा पनि स्वरमा समस्या हुन सक्छ । अनावश्यक खोकीराख्नेहरुमा पनि बोलीमा समस्या हुन सक्छ । स्वर बचाउन के गर्ने ? धाराप्रवाह रुपमा छिटा–छिटो बोल्नु हुँदैन । अनावश्यक र चर्को स्वरमा नबोल्ने । बिस्तारै बोल्नुपर्छ । बोल्दा बीच–बीचमा रोकिएर थुक निल्दै बोल्नुपर्छ । आधा घण्टा बोले १० मिनेट आराम गर्नुपर्ने हुन्छ । धेरै बोल्नुपर्ने शिक्षकले स्वरमा ध्यान दिनुपर्छ । बिद्यालयमा पढाइसकेपछि बाहिरा निस्किएर गफ गरेर बस्नुभन्दा एकछिन चुप लागेर बस्नुपर्छ । यसको साटो बरु किताब पढेर बस्न सकिन्छ । (डा पौडेल वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ हुन्। स्वास्थ्य खबरबाट)

यी खानेकुरा दूधसँग किन खानुहुँदैन ?

आजभोलि मानिसहरु आफ्नो स्वास्थ्य स्वस्थ र फिट राख्नका लागि बिहान–बेलुकी दूध पिउने गर्दछन् । तर, दूध पिउँदा यी कुराहरुमा ध्यान दिनुहोस् । दूधसँग यी खानेकुराहरु भुलेर पनि नखानुहोस् । जसको कारणले शरीरमा विभिन्न समस्याहरु आउन सक्छ । दूध र दही वा कफी नखाने, यदि खाएमा एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ । ० मासको दाल र दूध खाँदा अपच हुन्छ । ० दूधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन । ० जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् । ० दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ । ० दूधका साथ तारेको–भुटेको खाना पचाउन गाह्रो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ । ० दूध र नुन अथवा नुन हालिएको परिकारविरुद्ध आहार हो । एजेन्सीको सहयोगबाट

किन हुन्छ बच्चामा औंला चुस्ने बानी ?

काठमाडौंका रोशन तिवारीलाई सानोमा औंला चुसेर निदाउने, खेल्ने बानी थियो । उनको औँला चुस्ने बानीले ठूलो रुप निम्त्याउला भनेर बाबुआमाले पनि सोचेका थिएनन् । स्कुल जान थालेपछि बानी हट्ला भनेर परिवारका सदस्यले त्यति महत्व दिएनन् । तर, स्कुल जान थालेपछि पनि बानी हटेन । बरु उनका औंला बिस्तारै सुक्दै जान थालेपछि बाबुआमा चिन्तित हुन थाले। सुरु–सुरुमा शिक्षकहरुले पनि उनको बानीलाई वास्ता गरेनन् । नयाँ ठाउँ भएर चुसेको होला, स्कुलको वातावरणमा घुलमिल भएपछि औंला चुस्ने बानी हट्दै जान्छ भन्ने सोचे । तर भर्ना भएको दुई वर्षसम्म पनि औंला चुस्ने बानी नगएपछि शिक्षकले रोशनको आमाबुबालाई बोलाएर कुराकानी गरे । त्यसपछि मात्र रोशनका आमाबुबालाई औंला चुस्ने बानी ठूलै समस्या रहेछ भन्ने थाहा भयो । रोशनलाई अस्पताल लैजाँदासम्म एउटा औंला सुकेर सानो भैसकेको थियो। सामान्यतः बालबालिकाहरु भर्खर स्कुल भर्ना भएको बेला वातावरण फरक पाएर औँला चुस्ने गर्छन् । तर परिवारमा सोधपुध गदै जाँदा रोशनकी आमाको दुध नआएर उनको सानै उमेरदेखि औंला चुस्ने बानी भएको रहेछ । यो बानी जति उपाय अपनाउँदा पनि हटेको थिएन । परिवारले रोशनको औँलामा टेप लगाइदिँदा पनि अर्को औँला चुस्न थाले । तर पनि बानी छुटेन । किन चुस्छन् बालबालिकाले औंला ? यो व्यवहारिक रुपमा आउने समस्या हो । खासगरी, सानो उमेरमा आमाको दूध खान नपाएका बच्चाहरुमा आैंला चुस्ने बानी हुन्छ । रोशनको जस्तै सानो उमेरमा औंला चुस्ने बानीलाई बाबुआमाले समस्याको रुपमा लिँदैंनन् । औंला चुस्ने बच्चाले धेरै झगडा गर्दैन भन्ने मान्यता छ हाम्रो समाजमा । बच्चाको व्यवहार कस्तो हुने भन्ने कुरा परिवारका सदस्यसंग प्रत्यक्ष सम्बन्ध राख्छ । धेरैजसो अवस्थामा बाबुआमाको लापरवाहीले गर्दा यस्तो समस्या निम्तिएको हुन्छ । त्यसैले बच्चाको व्यवहार परिवर्तन गर्न निम्न कुरामा ध्यान दिनुपर्छ: सकेसम्म त समस्या निम्तन नदिनु नै बुद्धिमानी मानिन्छ । ठुलो भइसकेको बच्चालाई आमाको दुध चुसाएर बानी हटाउने कुरा आउँदैन । त्यसैले सानो बेलामा राम्रोसँग आमको दूध चुसायो भने यो समस्या आउँदैंन। चुस्ने औंलामा टेप लगाउने एक उपाय भएपनि यो समस्याको समाधान भने होइन । साथीहरुसँग घुलमिल गराएर शारीरिक अभ्यास हुने खालका खेल खेल्न लगाएर सम्झाउँदैं बिस्तारै छुटाउन सकिन्छ । फुर्सदमा चित्र बनाउन लगाउने या कुनै न कुनै काम गर्न लगाउने हो भने पनि बानी छुटाउन सकिन्छ । यस्तो बानी भएका बच्चालाई जिस्क्याउनु हुन्न । आमाबुबा, शिक्षकहरुले उनीहरुको व्यवहार परिवर्तन गर्न सहयोग गर्नुपर्छ । व्यवहार परिवर्तन गर्न समय लाग्छ । औषधि खाएर एकैछिनमा निको हुनेजस्तो समस्या होइन यो । सम्झाएर या उसलाई विभिन्न क्रियाकलापमा संलग्न गराएर बिस्तारै हटाउन सकिन्छ । बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चामा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा ठूलो भएपछि यो समस्या हटेको हुन्न । त्यसैले बच्चालाई आमाको दूध खान दिई औंला चुस्ने अवस्था आउन नदिन परिवार र बाबुआमाले ख्याल गर्नु जरुरी छ । स्वास्थ्यखबरबाट

स्वस्थ स्वास्थ्यको लागि कस्तो चिया पिउनु राम्रो मानिन्छ ?

हामी दैनिक सुरुवात चियाबाट सुरु गर्छाै । त्यसमा पनि दूधको चिया पिउनेको संख्या अझ बढी देखिन्छन् । हरेक घर, होटल र रेष्टुरेन्टहरुमा चिया पिउनेको भीड निकै देखिने गर्छन् । तर, धेरै दूधको चिया पिउनु हानिकारक रहेको छ । दुध चिया बढी मात्रामा पिउने गर्नाले शरीरको मोटोपना बढाउँछ । चियाले मधुमेहका बिरामीमा चिनीको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढी प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनुहुँदैन । चिया पिउनै परे सबैभन्दा राम्रो छनौट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसमा एन्टि–अक्सिडेन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । सिधै चियापत्ती राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषक तत्व नष्ट हुन्छ । दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा क्लट हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एसिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनी अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउँदा फाइदा गर्छ । त्यसैले दुध चियाभन्दा कालो चियाले फाइदा गर्छ। एजेन्सीको सहयोगबाट

थाहा पाइराखौं रातो मासुको खानुका बेफाइदा

अल्जाइमर्स रोगको खतरा वैज्ञानिकहरुका अनुसार रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ । मासु खानेलाई अल्जाइमर्स रोगको बढी सम्भावना हुन्छ । त्यस्तै, आइरनको मात्रा अत्यधिक भयो भने पनि यो रोगको खतरा हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनमा अल्जाइमर्सका बिरामीको दिमागमा अत्यधिक मात्रामा आइरनको मात्रा संग्रह भएको थियो । प्रारम्भिकरूपमा स्नायुकोष नष्ट हुने भागमा यो आइरन बढी भएको पाइएको थियो । यी सबै रातो मासुका नकारात्मक असर हुन् । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन् । मुटु रोगको खतरा वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन । बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ । गुदद्वारको क्यान्सर रातो मासुले गुदद्वारको क्यान्सर हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अमेरिकामा पछिल्लो पटक गरिएको एक अध्ययनमा यो पुष्टि भएको हो । ५० वर्षदेखि ७४ वर्षमाथिका साढे १ लाख मानिसमा गरिएको सो अध्ययनमा रातो मासु खाने धेरै मानिसमा गुदद्वारको क्यान्सर भएको पाइएको थियो । सम्भावित क्यान्सरबाट बच्न स्वास्थ्य विज्ञहरुले रातो मासुको सट्टा माछा खानुपर्ने सुझाएका छन् । चिनी रोगको कारक रातो मासु चिनी रोगसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रूपमा रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत रहने विज्ञहरु बताउँछन् । युरिक एसिडको खानी रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । (खसि, बोका, रांगा, बोका, भेंडा आदि जनावरको मासुलाई रातो मासु भनिन्छ ।) एजेन्सीको सहयोगबाट

किन जाडोमा बदाम खानु उपयुक्त मानिन्छ ? यी हुन् यसका फाइदा

हामी दैनिकजसो स्वास्थ्य स्वस्थ राख्नका लागि विभिन्न पौष्टिक तत्व भएका खानेकुराहरु खानेसँगै अर्काे फाइदाजनक रहेको खानेकुरा बदाम पनि एक हो । बदाममा पौष्टिक तत्वको मात्रा बढी हुने भएकाले विशेषगरी जाडोमा खानु उपयुक्त मानिन्छ । यस्ता छन् बदाम खानुको फाइदा– तौल नियन्त्रण गर्छ बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् । क्यान्सर हुनबाट जोगाउँछ बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ । डायबिटिजबाट जोगाउँछ म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ । स्ट्रोकको खतराबाट जोगाउँछ बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ । डिप्रेसनबाट जोगाउँछ बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस शिशुलाई स्वस्थ बनाउँछ बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ । छालामा चमक ल्याउँछ बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ । बदाममा पाइने पोषणयुक्त फाइबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन । कपाल सुन्दर बनाउँछ बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ । एजेन्सीको सहयोगबाट

सेक्सको लत के हो ? कसरी थाहा पाउने ?

काठमाडौं। २३ वर्षीया अमियाडा मिकलकलिन सधैँ आफूमा यौन उत्तेजना महसुस गर्छिन् । सन् २०१३ मा के थाहा पाइन् भने उनलाई पर्सिस्टेन्स जेनिटल अराउजल डिसअर्डर (पिजिएडी) नामक रोगबाट पीडित रहिछन् । कैयौँ वर्षसम्म अमियाडा र उनकी आमाले आखिर यस्तो किन हुन्छ भनेर बुझ्न सकेनन् किनभने कुनै पनि व्यक्ति हरबखत यौन उत्तेजनाबाट ग्रसित हुनु सजिलो कुरा पक्कै होइन । अमियाडाले भनिन्, ‘१३–१४ वर्षको उमेरमा नै मैले सेक्स उत्तेजनाबाट ग्रसित हुन थालेकी थिएँ । कुनै कुनै बेला उत्तेजना हुनु त बरु राम्रै कुरा हो, हरबखत यही रोग हावि हुँदा भने मलाई बडो तनाव हुन्थ्यो । ठाउँ न कुठाउँमा यस्तो अनुभव गर्नु पक्कै पनि रमाइलो कुरा होइन ।’ ‘मलाई सधैँ सेक्सको आवश्यकता महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘मलाई अग्र्याजम चाहिन्थ्यो । १८वर्षको उमेरसम्म त आफूलाई अति असामान्य टिनएजरका रुपमा छु भन्ने थाहा पाइसकेकी थिएँ ।’ अमियाडाकी आमा भिक्टोरिया भन्छिन्, ‘छोरी यौनिक रुपमा अति सक्रिय रहेको निकै पहिले थाहा भइसकेको थियो । ऊ जतिबेला पनि सेक्स र सेक्ससम्बन्धी कुराप्रति उत्सुक हुने गर्थी ।’ अमियाडा भन्छिन्, ‘मानिसहरुलाई म सेक्सको लतको शिकार छु भन्ने लाग्थ्यो । हरेक दिन म आफैँसँग संघर्ष गरिरहेकी हुन्थेँ । मलाई सबै कुरा अनौठो लाग्थ्यो । म सोसल मिडियाबाट टाढै बस्थेँ र केही गर्न मन लाग्दैनथ्यो । हरबखत सेक्सका बारेमा मात्र सोच्थेँ ।’ यतिबेला भने अमियाडा र उनका ब्वाइफ्रेन्ड जोजो यस रोगबाट उम्कने बाटो खोजिरहेका छन् । दुवैको एक वर्षअघि भेट भएको थियो ।? त्यसबेलादेखि उनीहरुबीच सामीप्य मात्र बढेन, धेरैथोक पनि अघि बढ्यो । दुवै बिहे गर्ने सोचम पुगे भने मगनी पनि गरिहाले । आफ्नो समस्या उनले आफ्नो ब्वाइफ्रेन्ड जोजोलाई बताइन् । जोजोले पनि सहयोग गरे । ‘जोजोलाई मेरो समस्याबारे थाहा पाएपछि खासै दुःखी भएका छैनन्, उनले समस्याबाट निस्कनका लागि सहयोग गरिरहेका छन्,’ अमियाडा भन्छिन् ।   जोजोले उनलाई अस्पताल लैजान, सुई लगाउन र चाहिएका सबै किसिमको सहयोग गरिरहेका हुन्छन् । अमियाडाको उपचारमा संलग्न मिसिगन विश्वविद्यालयकी प्राध्यापक प्रियंका गुप्ताले उनको उपचारका लागि ३० वटा भिन्दाभिन्दै तरिका अपनाइरहेकी छन् ताकि अमियाडाको अवस्थामा सुधार आओस् । यस्तो रोग कसरी लाग्छ ? प्रियंका भन्छिन्, ‘यसको खास कारण कसैलाई पनि थाहा छैन । बरु अमियाडालाई उपचार गर्न कैयौँ थेरापीहरु दिइरहेकी छु । अवस्था सुधारोन्मुख छ ।’ यस रोगलाई छोटकरीमा पिजिएडी भनिन्छ । यसले मानिसलाई तनाव दिइरहन्छ । सुरुमा यसलाई बुझ्न निकै गाह्रो हुन्छ । कैयौँ पटक त सेक्सको अति चाहका कारण लज्जाबोध पनि झेल्नुपर्ने हुन्छ । कुनै निश्चित उमेरसमूहका व्यक्ति यसबाट पीडित हुन्छन् भनेर ठोकुवा गर्न सकिँदैन । जवान वा बूढा जोसुकै पनि यसको चपेटामा पर्न सक्छन् । कसरी थाहा पाउने -यौन उत्तेजनाको अवधि निकै लामो हुन्छ । यो घण्टामा मात्र सीमित हुँदैन, हप्तौँ र महिनौँसम्म उत्तेजना महसुस भइरहन्छ । -यौन उत्तेजना एक या दुई पटकको सेक्सबाट पूरा हुँदैन । -यसमा यौन उत्तेजना बिल्कुल अनियन्त्रित, अनुचित हुन्छ । -पिजिएडीले यौन गतिविधिलाई सक्रिय मात्र बनाउने होइन कि अन्य किसिमका चिजले पनि उत्तेजनाको महसुस गराउँछ । -यसबाट पीडित व्यक्तिले बढी नै तनाव महसुस गर्छन् । -यस रोगका मानिसहरु अवसादग्रस्त हुन्छन् । -त्यो डिप्रेसन यति बढ्छ कि कसैले त आत्महत्या गर्नेबारे पनि सोच्छन् । बीबीसी

गर्भनिरोधक चक्की सेवन गर्न छुटे यस्तो छ सजिलो उपाय

काठमाडौं। जतिसुकै होसियारी अपनाए पनि दैनिक कार्य बोझ वा तनावका कारण मानिसहरु नियमित लिने गरेका औषधि सेवन गर्न भुल्छन् वा छुटाउछन् । जसका कारण पछि उनीहरु तनावमा आउँछन् । यो समस्या सबैभन्दा बढी माहिलाहरुलाई आइपर्दछ । श्रीमान श्रीमति सँगै भए यौन सम्पर्क नियमित प्रक्रिया हो तर सन्तानको आवश्यकता नरहेको बेला गर्भनिरोधक चक्की सेवन गर्न भुलेमा समस्या उत्पन्न हुन्छ । जबकी यो चक्की नियमित रुपमा सेवन गर्नुपर्छ भनिन्छ र मासिक धर्मको चक्र अनुरुप यसको मात्रा पनि निश्चित हुन्छ । यदि कुनै दिन गर्भनिरोधक चक्की सेवन गर्न भुलियो भने ? के गर्ने त ? सजिलो उपाय यस्तो छ : कम्बिनेशन चक्की लिन भुलिएमा कम्बिनेसन पिल एस्ट्रोजन र प्रोजेस्ट्रानले बनेको हुन्छ, जसले हर्मोन्समा मासिक अस्थिरतालाई रोक्छ । जसले गर्दा गर्भ रहँदैन । अहिले यो औषधी त्यसरी बनाइएको हुन्छ कि, जसले केवल २४ घण्टासम्म मात्र असर गर्छ । यदि एक दिन कम्बिनेसन पिल लिन भुलिएमा सामान्य अवस्थाबाट हार्मोन तल र्झछ । र, यस्तो अवस्थामा यौन सम्पर्क गरेपछि गर्भधारणको संभावना बढ्छ । सामान्य हर्मोनल परिवर्तनको कारण टाउको दुख्ने, रक्तश्राव हुने जस्ता समस्या हुनसक्छ। के गर्ने त ? आफुले कम्बिनेसन पिल लिन भुलिएको थाहा हुनसाथ कतिपनि ढिला नगरी पिल सेवन गरौ । यदि अर्को पिल लिने समय भएको छ भने दुबै एकसाथ सेवन गर्दा पनि हुन्छ । यदि एक दिनभन्दा बढी पिल लिन भुलियो भने अर्को गर्भनिरोधको तरिका अपनाउनु पर्दैन । दुई दिनको पिल्स लिन भुलियो भने बाँकी दुई दिनसम्म दुई वटा पिल्स खानुपर्छ । र, अघिल्लो सात दिनसम् मगर्भनिरोधक प्रयोग गर्नुपर्छ। प्रोजेस्ट्रन गर्भनिरोधक चक्की लिनुहुन्छ भने के गर्ने ? प्रोजेस्ट्रन ओनली पिल केवल १२ घण्टासम्म काम गर्छ । र, हरेक दिन १२ घण्टाको अन्तरलामा पिल दुई पटक लिनुपर्छ । यदि प्रोजेस्ट्रन ओनली पिल लिन भुलेमा जति चाडो पिल लिनुपर्छ । नयाँ प्याक सुरु गर्नमा पनि ढिलो गर्नु हुँदैन । गर्भनिरोधक चक्कीको साइट इफेक्ट अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुले गर्भनिरोधक चक्की सेवन गर्छन् । तर, यसले स्वास्थ्यमा केहि समस्या पनि निम्त्याउँछ। गर्भनिरोधक चक्कीको सेवनले टाउको दुख्ने, यौन रुचीमा परिवर्तन, तौल बढ्ने, चक्कर आउने, स्तन सुन्निने जस्ता समस्या हुन्छ । गर्भनिरोधक चक्कीले शरीरमा हर्मोन नियन्त्रण गर्छ, त्यसैले यसको बेफाइदा पनि छ । शरीरमा हर्मोनको उतार-चढावको कारण टाउको दुख्ने वा माइग्रेन हुन्छ। कतिपय चक्कीले एस्ट्रोजनको मात्रा घटाइदिन्छ, जसले टाउको दुख्ने समस्या हुन्छ। पिलको सेवनले असामान्य रक्तश्राव समेत हुनसक्छ। यौनीमा जलन हुने । यीस्ट इन्फेक्सन हुने संभावना पनि रहन्छ।

प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ यी सौन्दर्य सामग्रीबाट

अचेल बजारमा सौन्दर्य सामग्रीहरूको भरमार रहेको छ । त्यस्ता सामग्रीहरू विशेष गरी महिलाहरूलाई लक्षित गरेर बजारमा ल्याइएका हुन्छन् । यदि विशेषज्ञहरूको कुरा पत्याउने हो भने बजारमा उपलब्ध फेयरनेस साबुन, फेयरनेस क्रीम, स्याम्पु , नङ पालिस जस्ता उत्पादनले महिलाहरूमा प्रजनन सम्बन्धी समस्याहरू देखिन सक्छन् । यस्ता सौन्दर्य सामग्रीहरूमा राखिने केमिकलहरूको कारण हार्मोनहरूमा असन्तुलन आउने भएकाले प्रजनन स्वास्थ्य प्रभावित हुने जनाइएको छ । साबुनबाट हुनसक्छ बाँझोपन शोधकर्ताहरूका अनुसार कस्मेटिक सामानहरूमा महिलाको इंडोक्राइन प्रणालीमा प्रत्यक्ष असर गर्ने रसायन भेटिएका छन् । भारतको दिल्ली स्थित इंदिरा आईभीएफ अस्पतालकी डाक्टर नितासा गुप्ताका अनुसार अचेल नङ पालिस, फेयरनेस क्रीम, साबुन, स्याम्पु, पर्फ्यूम आदिमा खतरनाक रसायन रहेका हुन्छन् । यस्ता रसायनहरूले अंडाशयमा समस्या गर्नसक्ने भएकाले, अण्डाणु नबन्ने या गर्भपातको खतरा रहन्छ । डाक्टर गुप्ताकै शब्दमा, “कीटाणुहरू मार्ने भनिएका साबुनमा ‘ट्रिक्लोसन’ नामक रसायन हुन्छ । जसले इंडोक्राइन प्रणालीलाई समस्या ग्रस्त बनाइदिन्छ ।” त्यस्तै स्याम्पु र कंडिसनरहरूमा ‘पाराबोन्स’ नामक एउटा प्रिजरभेटिभ हुन्छ । यसले शरीरलाई ब्याक्टेरियाबाट त बचाउँछ तर यसको अत्यधिक प्रयोगले महिलाहरुलाई गर्भधारण गर्न समस्या आउन सक्छ । कम खतरनाक छैन नङ पालिस पनि शोधहरू अनुसार नङ पालिसमा पनि ‘फर्मल्डिहाइड’, ‘डाइब्युटाइल पीएचथालेट’ र ‘टोल्युन’ जस्ता रसायनहरू हुन्छन । यिनीहरूले बाँझोपन, गर्भपात र नवजात बच्चामा कमजोरी जस्ता समस्या देखा पर्न सक्छन् । ‘पीएचथालेट’ जस्ता यौगिक युक्त रसायन प्रजनन क्षमताको कोणबाट महिला, पुरुष दुबैका लागि घातक हुन्छन् । डाक्टरहरूले नेल पालिस रिमुभरमा पाइने ‘टोल्युइन’ले केंद्रीय स्नायु प्रणाली (सीएनएस)लाई प्रभावित गरेर प्रजनन प्रणालीमा असर पार्दछन् ।