रिलेनसनशिपमा हुँदा यी ५ गल्ती कहिल्यै गर्नुहुँदैन
दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् ।
मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् ।
आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धित र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ?
व्यक्तिगत जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ ।
सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ?
झै–झगडाः सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ ।
महंगो उपहारः तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।
व्यक्तिगत फोटोः आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् ।
घुम्न जाने ठाउँको जानकारीः यदि तपाईं छुट्टीमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् ।
ब्रेकअपः यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ । एजेन्सी
रक्तदान गर्नु अघि जान्नैपर्ने कुरा
काठमाडौं, चैत १७ । १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन । मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।
धेरै नेपाली माझ्न जान्दैनन् दाँत, कसरी गर्ने ब्रस? जान्नुहोस्
काठमाडौं, चैत १७ । प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन्। यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ। एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ।हाम्रो मुखमा ६ सयभन्दा बढी प्रकारका ब्याक्टेरिया हुन्छन् । मुख अस्वस्थ हुँदा रगतलगायतका माध्यमबाट ती ब्याक्टेरिया विभिन्न अंगमा पुग्छन् । ‘अनुपयुक्त मुख स्वास्थ्यले अन्य रोगको जोखिमसमेत बढिरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकी भन्छन्, ‘सही तरिकाले कसरी दाँत माझ्ने, जिब्रो सफा गर्ने तथा मुखको ख्याल गर्नेमा अधिकांशमा निकै चेतना कम छ।’‘दाँतका ५ भाग भए पनि सबैजसो नेपालीले तीन भाग मात्र सफा गर्छन्,’ ओरल मैक्सिलोफेसियल सर्जन डा। सुवास घिमिरेले भने। उनका अनुसार मुख स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा नेपालीको मुख लगायत मुटु, पेट, फोक्सो, अर्थराइटिस लगायतका रोगमा वृद्धि भएको छ। दाँतका पाँचै भागलाई उपयुक्त ढंगले सफा गर्दा दाँत तथा गिजासम्बन्धी ९५ प्रतिशतभन्दा बढी रोग नलाग्ने उनको भनाइ छ। दाँत कीराले खाने अधिकांश नेपालीको साझा समस्या हो। ग्रामीण भेगका ५० देखि ५५ प्रतिशत तथा सहरी क्षेत्रका करिब ९० प्रतिशत बालबालिकाका दाँत कीराले खाने देखिएको छ। विसं २०६१ को सर्वेक्षण अनुसार ७५ प्रतिशत वयस्कमा दाँतकीराले खाने समस्या छ। डेढ दशक अघिको सर्वेक्षणलाई आधार मान्दा उक्त प्रतिशत अझै बढी रहेको विशेषज्ञहरूको भनाइ छ। ‘द ग्लोबल वर्डेन अफ डिजिज स्टडी-२०१६’ का अनुसार विश्वव्यापी रूपमा आधा जनसंख्या दाँत कीराले खाने समस्याले पीडित छन्। जिब्रो सफा गर्देनन् नेपाली जिब्रोमा विभिन्न जीवाणुको संक्रमण रोक्न नियमित सफा गर्नु आवश्यक छ । मुख स्वास्थ्यअन्तर्गत महत्त्वपूर्ण मानिने जिब्रोलाई सही तरिकाले सफा नगर्ने नेपालीको संख्या प्रशस्त रहेको डा। बुढाथोकी र घिमिरेको भनाइ छ । जिब्रोमा जम्ने सेतो फोहर दिनहुँ सफा गर्नुपर्छ । चिकित्सकद्वयका अनुसार जिब्रो उपयुक्त ढंगले सफा नगर्दा खानको स्वाद लिनमा समेत समस्या हुन्छ। जिब्रो दाँत माझ्ने ब्रसको ब्रिस्टनले सफा गर्नुपर्छ। डा। बुढाथोकी भन्छन्, यसले जिब्रोमा घाउ खटिरा आउँदैन, स्वाद पहिचान गर्ने बडसमेत लामो समयसम्म स्वस्थ रहन्छ ।’ उनका अनुसार जिब्रो सफा गर्न घातु वा प्लास्टिकको जिब्री प्रयोग गर्नुहुँदैन। कसरी ब्रस गर्ने? ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तल–माथि हरेक दाँतमा अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ। दाँत सफा गर्दा ब्रसलाई तलबाट माथि, तल्लो बंगारामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनुपर्छ । यस्तै प्रक्रिया भित्री दाँतमा समेत गर्नुपर्छ। एउटा दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यही प्रक्रिया सबै दाँतको लागि अपनाउनुस् । यस्तै हरेक दाँतको भित्र सतहलाई समेत विस्तारै विस्तारै सफा गर्नुस्। दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि पछाडि चलाउनुस् । तर अझै तपाईं दाँतको ५ भागमध्ये ३ भागलाई मात्र सफा गर्नुभयो । बाँकी दुई भाग अर्थात् दुई दाँत बीचको भागलाई सफा गर्न डेन्टल फल्सलगायतका प्रक्रिया अपनाउनुस्। दाँतको तालुतिरको र जिब्रोतिरको खण्डलाई सफा गर्नलाई ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हलुको मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ। ब्रस र पेस्ट कस्तो प्रयोग गर्ने सामान्यतः हामी टुथ ब्रसबारे खासै जानकारी राख्दैनौं । पसलेले दिने ब्रसको गुणस्तर नसोधी त्यसैले दाँत माझ्छौं । बजारमा कडा, मध्यम कडा, नरम, धेरै नरम लगायतका ब्रस पाइए पनि नरम टुथब्रस प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । ‘मध्यम, कडा आदि टुथब्रस उपयोग गर्नु हुँदैन,’ डा। बुढाथोकी भन्छन्, ‘भाँडा सफा गर्न कडा ब्रस चाहिएला, दाँतका लागि होइन ।’ अमेरिकन डेन्टल एसोसिएसनका अनुसार ब्रसको ब्रिसेल नाइलनको हुनुको साथै ‘राउन्ड इन्डेड’ हुनुपर्छ । टुथब्रस मुखको हरेक कुनामा घुमाएर दाँत सफा गर्न सकिने पनि हुनुपर्छ । त्यसका लागि ब्रसको टाउकोसानो हुनुपर्छ। ब्रसको स्याहार कसरी? मुखमा कैयौं किटाणु हुन्छन् । दाँतबाट प्लेक र अन्य नरम कणहरू निकाल्दा टुथब्रस ब्याक्टेरिया, रगत, र्याल आदिबाट दूषित हुन्छ । यसरी दूषित हुने ब्रसबाट दाँत सफा गरेपछि राम्ररी सफा गर्नुपर्छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार आँखाले हेर्दा सफा देखिए पनि ब्रसमा रोग उत्पन्न गर्न सक्ने जीवाणु, रहन्छन् । यसैले दाँत सफा गरेपछि टुथब्रसलाई राम्ररी सफा, संक्रमणमुत्त, वा स्टरलाइजेसन आदि गर्न सकिन्छ । दाँत सफा गरेपछि टुथ ब्रसलाई कडा घाममा सुकाउनुसमेत स्वच्छताको दृष्टिले उपयोगी मानिने गरिएको छ । टुथब्रसलाई सकेसम्म बाथरुमरटोइलेटमा राख्नु हुँदैन । प्लस गर्दा निस्किने पानीको ससाना कण र दिसाको टुक्रा ब्रससम्म पुग्न सक्ने भएकोले टोइलेटमा ब्रस राख्नु स्वास्थ्यको दृष्टिले सुरक्षित उपयुक्त नहुने डा।बुढाथोकी बताउँछन् । राम्ररी सफा गरे पनि कीटाणु सार्न सक्ने भएकोले टुथ ब्रस साझा गर्नु हुँदैन । ब्रस गरेपछि हावामा सुक्न दिनुपर्छ । एकभन्दा बढी ब्रस एकै स्थानमा राखिए एकले अर्कोलाई छुन दिनु हुँदैन । ब्रस हरेक ३ देखि ४ महिनामा फेर्नुपर्छ । दाँतबीचको भाग सफा गर्नुस् दाँतको सफाइसँगै जिब्रोको समेत सफाइ नियमित रूपले गर्नुपर्छ । दिनहुँ मात्र दाँतको सफाइ गर्नु मुख स्वास्थ्यका लागि अधुरो मानिन्छ । दाँत सफा गर्दा, पेस्ट वा मन्जन उपयोग गर्नुहुन्छ भने यसको गुणस्तर सुनिश्चित गर्न आवश्यक छ । दैनिक बिहान र राती सुत्ने बेलाफ्लोराइडयुक्त पेस्टले दाँत सफा गर्नुपर्छ । त्यसैगरी, दाँतको बीचमा हुने प्लक हटाउन नियमित रूपले डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । ब्रस आदि गर्दा दाँतबीचको भाग सफा नहुने भएकाले डेन्टल फलस ९बेक्स मिसिएको धागो० प्रयोग गर्नुपर्छ । फ्लस गर्दा गिजा र हाड नछुने गरी दाँतको सतहबाट गर्नुपर्ने डा।बुढाथोकी सुझाव छ । त्यसैगरी, खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ । हाम्रो मुखमा हुने ब्याक्टेरिया म्युकस र अन्य तत्त्वसँग मिलेर प्लाक नामक रंगहीन पदार्थ बन्छ । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । सामान्य ब्रसले सफा नहुने टार्टरलाई दन्तरोग विशेषज्ञको सहयोगले हटाउन सकिन्छ । लामो समय सम्म टार्टर जम्मा भएको खण्डमा गिजाको समस्या देखिन्छ । औंलाले सफा नगर्नुस् कतिपय मानिसले तत्काल ब्रस नभएको खण्डमा औंलामा पेस्ट राखेर दाँत सफा गर्छन् । डा। घिमिरे भन्छन्, ‘औंलाले दाँत सफा गर्नु हुँदैन ।’ कत्तिलेगिजाबाट रगत आउँदा वा दुख्दा औंलाले ब्रस गर्ने गरेको जनाउँदै त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्ने घिमिरेको भनाइ छ । याे सामग्री आजको कान्तिपुर दैनिकमा छािपएकाे छ ।
होसियार ! राति पेन्टी लगाएर सुत्दा हुन सक्छ यस्तो समस्या
धेरै मानिसहरुको बानी राती सबै कपडा खोलेर सुत्ने हुन्छ । त्यसमा कोही कोही कपडा नै नखुली सुत्छन् भने केही माथिको कपडा मात्र खोलेर टाउजार लगाएर सुत्छन् । तर कोही सबै लुगा खोलेपछि पेन्टीचाहि लगाएरै सुत्छन् । विज्ञहरुको अनुसार पेन्टी लगाएर सुत्ने व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने बताउँछन् । के रातति पेन्टी लगाएर सुत्नु हानिकारक हो ? विज्ञहरुको भनाई अनुसार पेन्टी लगाएर सुत्नु स्वास्थ्यको लागी खराब बानी हो । यदि राती पेन्टी लगाएर सुतेमा शरिरमा पसिना आएर ब्याक्टेरिया छिर्ने बढी सम्भावना हुन्छ । त्यसपछि उक्त ब्याक्टेरिया बचेर तपाईको शरिरमा छाला चिलाउने र सक्रमण हुने समस्या देखा पर्दछ । त्यसैले राती नांगै सुत्नुपर्छ । तर विचार गर्नुस्, पुरुषहरुले भन्दा महिलाहरुले यो कुरामा विशेष ध्यान दिनुपर्छ । किनभने महिलाहरुलाई महिनावारीको समयमा यो समस्याले सताउँछ । त्यसका लागी राति सुत्ने बेलामा सुतीको कपडा पहिरेर सुत्नु राम्रो हुन्छ ।
जान्नुहोस, केहो डिहाइड्रेसन?
काठमाडौं, चैत १३ । नियमित पिएको पानीले थुप्रै रोगबाट बचाउँछ । त्यसैले हाम्रो शरीरका लागि पानी अत्यावश्यक छ । शरीरमा पानी बढी वा कमी हुन सक्छ । यी दुबै अबस्था स्वास्थ्यका दृष्टिकोणले ठीक होइन । यद्यपी, शरीरमा पानीको कमी भएमा अझ धेरै समस्या निम्तिन्छ । जसलाई चिकित्सकीय भाषामा डिहाइड्रेसन भएको भनिन्छ । डिहाइड्रेसनका असर दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा त्यो पानी अभावको संकेत हुन सक्छ । शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा उर्जा मिल्दैन । यस्तो अबस्थामा काम गर्दा मस्तिष्कलाई वढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकान महसुस गराउँछ । आँखामा सुख्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुनसक्छ । पानी अभावकै कारण आँखा सुन्निने, जलन हुनेलगायत समस्या देखापर्छ । शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ । पानीको अभावले शरीरको छाला फुश्रो हुने समस्या हुन्छ । यदि पिसाबको रङ पहेँलो, गाडा पहेँलो वा फिका भएमा पनि शरीरलाई पानी नपुगेको बुझ्नुपर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
हेर्नुस्, स्वास्थ्यका लागि रङ कति हानिकारक?
काठमाडौं, चैत ६ । बुधबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। मीठा खाने कुराहरू पनि खाइन्छ। रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट गरिन्छ। जसले गर्दा जुनसुकै उमेर समूहका मानिसहरु पनि होलीमा रंग लगाएर रमाउने गर्छ। तर खुसी र उमंगका लागि लगाइने रंगहरुले हाम्रो स्वास्थ्यलाई गर्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ। यस पर्वमा पछिल्लो समय शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ। हामीले रगाइने रंगमा हुने विभिन्न किसिमका केमिकलहरुले हाम्रो छालालाई मात्र हैन भित्री अंगहरुलाई समेत गम्भीर असर गर्ने गर्छ। खराब रंगले कस्तो असर गर्छ? विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा रातो, नीलो, कालो, हरियोलगायतका रङले शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ। हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ। यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादनजस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिकाजस्ता तत्त्व पनि हुन्छन्। यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकीजस्ता रोगलाई जन्म दिन्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट हुन्छ। यस्तै, हरियो रङमा कपर सल्फेट, नीलोतुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजोलगायत अंगहरूलाई पनि हानी पुर्याउँछ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पुर्याउने तत्त्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ। यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्सजस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ। रातो रङमा धेरै मर्करी सल्फेट तत्त्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखा पर्छन्। यो तत्त्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्त्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन्। रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पुर्याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ। पछिल्लो समय होली खेल्न प्रयोग गरिने चाँदीजस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्त्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ। बजारमा पाइने रङहरू बनाउन प्रयोग गरिने विभिन्न खालका रसायनहरूले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन असरहरू पुर्याउँछ। यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले छाला चिल्लो हुने भएकाले रङले छालामा त्यति असर गर्न पाउँदैनन्। साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नु हुँदैन। रङ लगाएको दश पन्ध्र मिनेटपछि पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। सकेसम्म होलीमा रंग लगाउनुअघि शरीरमा राम्रोसँग मोस्चाइजर लगाउनाले रंगमा हुने केमिकलहरुले हाम्रो शरीरका कम असर गर्छ। यो सामग्री थाहखबरबाट साभार गरिएको हो ।
राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने चिकित्सको दाबी
काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने । मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
जानिराखौं यस्तो हुनुपर्छ बिहानको समयमा खाने खाना
शारीरिक तथा मानसिकरूपमा हृष्टपुष्ट र स्वस्थ रहन विशेषगरी हामीले बिहानको खानामा ध्यान पुर्याउन जरुरी छ । यो सन्तुलित भोजनयुक्त हुन आवश्यक छ । किनकि, दिनभर हामीले गर्ने कामका लागि बिहानको खानाले ऊर्जा प्रदान गर्नुपर्ने हुन्छ । यद्यपि, हामीमध्ये अधिकांश नेपाली खाली अघाउनका लागि खाना खाइरहेका हुन्छौं । बिहान ब्रेकफास्ट गर्दैनौँ । अनि, खाना खाने बेलासम्म धेरै भोक लागेको हुन्छ । र, एकैपटक धेरै भात खान्छौं । त्यसैले, बिहानको खाना कस्तो खाने भन्ने जान्न आवश्यक छ । ० १२ देखि १ बजेको समयमा बिहानको खाना खानु उपयुक्त हुन्छ । कोदो तथा फापरको ढिँडो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, ब्राउन राइस, ब्ल्याक राइस खानाको रूपमा खानुपर्छ । खानासँग तरकारी खाइन्छ । खानासँग मौसमअनुसारका सलाद पनि खान सकिन्छ । ० खानासँगै खाने तरकारी उसिनेर पकाएको राम्रो हुन्छ । उसिनेको तरकारी सय डिग्री फरेनहाइड तापक्रममा पकाइने भएकाले ब्याक्टेरिया मर्छन् । उसिनेको तरकारी तथा परिकारमा ब्याक्टेरिया मर्छन्, तर पोषण तत्व भने नाश हुँदैन । ० फ्राई गरेको वा भुटेको तरकारी तथा परिकार सकभर नखाएकै राम्रो । तरकारी तथा परिकार तेलमा तार्दा वा फ्राई गर्दा परिकारको पोषणको रूप नै परिवर्तन हुन्छ । तरकारी तथा परिकार भुट्दा वा तार्दा परिकारको पोषक तत्व नष्ट हुने सम्भावना धेरै हुन्छ । त्यसैले खाँदा जिब्रोका लागि स्वादिलो भए पनि तारेका तथा भुटेका परिकार खानु पोषणका हिसाबले गलत हो । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । ० खानासँग दाल पनि खान सकिन्छ । दाल खाँदा भने भातसँग मुछेर नखाँदा नै राम्रो । दाल छुट्टै पिउनु उपयुक्त हुन्छ । दाल–भात एकै ठाउँ मुछेर खाँदा खाना राम्रोसँग चपिँदैन । खाना राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियाले काम गर्न सक्दैन । दाँतको कामसमेत हुँदैन । पाचन प्रणालीमा प्रत्यक्षरूपमा नकारात्मक असर गर्छ, जसले ग्यास्ट्रिकको जोखिम बढ्छ । खाना चपाउँदा पाचन ग्रन्थीबाट र्याल निस्किन्छ । तर, नचपाई खाँदा सो र्याल ननिस्किने भएकाले ग्यास्ट्रिकको जोखिम हुन्छ । त्यसैले चपाएर खाँदा पचाउन सजिलो हुन्छ । ० खानासँगै पानी पिउँदा पाचन ग्रन्थीबाट निस्किने इन्जाइम पानीले पखाल्ने भएकाले खाना पच्दैन । त्यसैले खानासँग पानी पिउनु त्यति उपयुक्त हुँदैन । खाना खाएको आधा घन्टापछि पानी पिउनु राम्रो हो । राम्रोसँग चपाएर ¥याल निकालेर खाना खाँदा खाना अड्किने सम्भावना पनि कम हुन्छ । सामान्यतयाः दिउँसो शरीर सक्रिय हुने भएकाले अघाउन्जेल खाना खान सकिन्छ । खाना पच्छ पनि । खानासँगै दूध, दही, मही पनि खाएमा लाभदायी हुन्छ । स्वास्थ्यबाट
आलुका फाइदा के–के? जान्नुहोस्
काठमाडौं, चैत ४ । आलु एक सर्वसुलभ र सस्तो तरकारी तथा खाजा हो । नेपालीको भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि यही हो । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान पाइन्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ । –आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । –आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ । –रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी तरकारी मानिन्छ । –आलुमा धरै स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणगरी ब्लड सुगरको जोखिम घटाउँछ । –नियमित आलु खाने गर्नाले मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ । –एक अध्ययनका अनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन पनि सकिन्छ ।
आगो पोलेमा के गर्ने ? यस्तो छ उपचार विधि
० आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटना स्थलबाट बाहिर निस्कने–निकाल्ने र बाक्लो कपडाले छोप्ने । ० घटना भएलगत्तै पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने । ० पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ । ० पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ । ० बिरामी खान सक्ने अवस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने । ० जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्याउने । ० जलेपछि उठेको फोकालाई कहिल्यै पनि फुटाउने प्रयास गर्नुहुँदैन । ० रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ । र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ । ० त्यस्तै, रसायनले जलेको अवस्थामा सोडियम बाइकार्बोनेटले धुन पनि सकिन्छ । एजेन्सी
डिप्रेसनबाट बच्नको लागि यस्तो छ उपाय
– अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । – दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ । – लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ । – फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ । – निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । – मनोरोगलाई भयानक रूपमालिनुहँदैन । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
यस्तो छ कब्जियतबाट छुटकारा पाउनको लागि सबैभन्दा राम्रो उपाय
कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधि प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिको कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । ० एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ । ० कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ । मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ । त्यस्तै किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ । ० अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाँजर, मुला, गोलभेंडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । त्यसैगरी, दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ । नयाँपत्रिकाबाट
कस–कसलाई मनपर्छ पानीपुरी र चटपटे ? यस्तो अखाद्य खानेकुराबाट सावधान हुनुहोस् !
स्ट्रिट फुडको नाम लिने बित्तिकै धेरैजसोले पानीपुरी र चटपटे सम्झिन्छन् । अमिलो–पिरो खान मन पराउनेका लागि यी खाद्यपदार्थ रोजाइमा पर्छन् । विशेषगरी, युवतीमाझ पानीपुरी र चटपटे लोकप्रिय छ । कतिपयले खाजाका लागि खान्छन् भने कतिले स्वादका लागि मात्र । पानीपुरी र चटपटे संस्कृति भारतबाट सुरु भएको हो । पछिल्लो समयमा यो नेपालमा समेत व्यावसायिकरूपमै अघि बढेको छ । साथै, यी पदार्थ एसियाका अन्य केही देशमा समेत खाने गरिन्छ । कस्तो नखाने ? स्वस्थकर खाद्यपदार्थ समावेश गरेर सफा गरी बनाइएको पानीपुरी–चटपटे स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर, बाटोमा जताततै पाइने यी चिज स्वास्थ्यका लागि उपयोगी हुन् भन्न सकिने अवस्था भने छैन । अब जानौँ, कस्तो पानीपुरी र चटपटे अखाद्य हो ? यस्ता छन् स्वास्थ्यमा पर्ने केही असरहरु असुरक्षित तरिकाले बनाइएका यी खाद्यपदार्थले अस्थायी र स्थायी दुई किसिमका असर गर्छ । बासी खानेकुरा हालेर बनाइएको पानीपुरी र चटपटेले पेट दुख्ने, फुड पोइजन हुने, बान्ता हुने, झाडापखाला लाग्ने आदि जस्ता समस्या देखिन्छन् । त्यस्तै, रासायनिक वस्तुको प्रयोगले आन्द्रा, पेटसँगै समग्र पाचन प्रणालीमा दीर्घकालीन असर पु(याउने सम्भावना रहन्छ । (अमिलो बनाउने नाममा यदाकदा पानीपुरीमा एसिड र अन्य रसायनजन्य अखाद्यपदार्थसमेत मिसाइएको पाइन्छ । (पानीपुरी र चटपटे खुला रूपमा बाटोमै बेचिने हुँदा धुलो–धुवाँजस्ता बाहिरी प्रदूषणयुक्त पदार्थसमेत खानेकुरामा परिरहेको हुन्छ । (कुन पानीपुरी वा चटपटे खानयोग्य छरछैन भन्ने बनाउने मान्छेको स्वास्थ्य र सरसफाइमा समेत भर पर्ने गर्छ । बनाउन प्रयोग गर्ने रुमाल, कागज, पानी, भाँडा आदि सफा हुनु अनिवार्य छ । साथै, हात नधोईकन वा अन्य बाहिरी वस्तुको सम्पर्कमा आएर सीधै पानीपुरी वा चटपटे बनाएको हुनुहुँदैन । (बनाउँदा सधैँ पन्जा प्रयोग गरेको हुनुपर्छ । यसले केही हदसम्म सफा बनाउन मद्दत गर्छ । बनाउन प्रयोग गरिने चिजहरू जस्तै– पानी, पुरी, उसिनेको आलु आदि बासी हुनुहुँदैन । एजेन्सीको सहयोगबाट
महिलाले ध्यान दिनुपर्ने परिवार नियाजनका ४ चक्की
काठमाडौं । महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । परिवार नियोजनका लागि श्रीमान–श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए सुखी परिवार बनाउन सकिन्छ । आज महिलाले प्रयोग गर्ने परिवार नियोजनका ४ खाने चक्कीको बारेमा हामी तपाईँलाई जानकारी गराउन गइरहेका छौंः १) सुनौलो गुलाफ पहिला सुनौलो गुलाफको कुरा गरौँ । यो चक्की धेरै महिलाले प्रयोग गर्ने गरेको पाइन्छ । सुनौलो गुलाफ तपाईँको परिवारको योजना गर्ने सुरक्षित र आधुनिक उपाय हो । प्रत्येक दिन सुनौलो गुलाब खाएमा प्रभावकारी हुन्छ । सुनौलो गुलाफ पहिलो सन्तान ढिलो जन्माउन र सन्तान बीच जन्मान्तर कायम गर्न प्रयोग गर्न सकिन्छ । – सुनौलो गुलाफ प्याकेटमा देखाएको ९⇨० भएको विन्दूबाट पहिलो चक्की खानुहोस । – दिनहुँ एउटै समयमा प्याकेट ९⇨० चिन्हको संकेत गरे अनुसार एउटा चक्की खानुहोस् जब तपाईँले पहेंलो रंगका चक्कीहरु खाइसक्नु हुन्छ, तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् । – खैरो रंगका चक्कीहरु सकिएपछि तुरुन्तै अर्को दिनदेखि तपाईँले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानुपर्छ । २) निलोकल निलोकन ह्वाइट सुनौलो गुलाफ जस्तै निलोकन ह्वाइट खाने तरिका पनि एउटै रहेको छ । – प्याकेटमा देखाएको चिन्ह ९⇨० भएको बिन्दुबाट पहिलो चक्की खानुहोस । – दिनहुँ एउटै समयमा ,प्याकेटमा ९⇨० चिन्हले संकेत गरे अनुसार एउटा चक्की खानुहोस् । जब तपाईले सेतो रंगका चक्कीहरु खाइसक्नुहुन्छ तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् । – खैरो रंगका चक्कीहरु सकिएपछि अर्को दिनदेखि तपाईले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानु पर्दछ । ३) पिल्स – पिल्स महिलाहरुको भरपर्दो परिवार नियोजनको अस्थायी साधन हो । बच्चा जन्माएका वा नजन्माएका कुनै पनि महिलाहरुले यसको प्रयोग गर्न सक्छन् । – गर्भधारणबाट पूर्णरुपमा सुरक्षित रहनका लागि महिलाले प्रत्येक दिन नबिराई खाने चक्की ९पिल्स०को सेवन गर्नुपर्छ । – खाने चक्कीले डिम्वासयबाट डिम्व निष्काशन हुन नदिई तथा यौन रसलाई बाक्लो बनाएर शुक्रकीटलाई महिलाको डिम्वासयमा पुग्न दिँदैन र गर्भधारण हुनबाट रोक्छ । – पिल्स २१ वटा सेतो र ७ वटा खैरो चक्की मिलेर बनेको हुन्छ जसलाई महिनावारी भएको दिन अथवा ४ दिन भित्र प्रत्येक दिन नविराई खानु पर्छ । – पिल्स चक्की हरेक दिन एकैसमयमा खानु पर्छ । – ७ दिनपछि मात्र प्रभावकारी हुने हुनाले सो अवधि भित्र कण्डमको प्रयोग गर्नुपर्छ। शुरुका २÷३ महिना कसैँकसैमा साधारण टाउको दुख्ने वाकवाकी लाग्ने हुनसक्छ । यसलाई सामान्यरुपमा लिनुपर्छ । ४) आकस्मिक गर्भ निरोधक खाने चक्की –आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भ धारण हुन नदिन महिलाले खाने चक्कीको मार्फत गर्भ रहन नदिने विधि हो । – सुरक्षित यौन सम्पर्क भएपछि महिलाले जतिसक्दो चाँडो १२० घण्टा भित्रै आकस्मिक गर्भ निरोधक विधि अपनाउनुपर्छ । – आकस्मिक गर्भ निरोधक विधि सधै प्रयोग गर्ने विधि भने होइन । यो आकस्मिक उपाय मात्र हो । – यसको प्रयोग पटकपटक गरेमा गर्भ निरोधक साधनले काम नगर्ने हुनसक्छ । – आकस्मिक गर्भ निरोधक चक्की एक पटक सेवन गरेपछि अर्को पटकको असुरक्षित यौन सम्पर्कबाट सुरक्षा दिदैन । यस्ता चक्की खानाले केही दिन सम्म वाकवाक लाग्ने, बान्ता हुने र रक्तश्राव हुन सक्छ । आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु आकस्मिक गर्भ निरोधक साधन आपलकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिन्छ । आकस्मिक गर्भनिरोधक साधनलाई नियमित साधनको रुपमा हेर्नु हुँदैन । आकस्मिक गर्भ निरोधक साधन आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि प्रयोग गरिने साधनको विकल्पको रुपमा प्रयोग गर्नुहुँदैन । परिवार नियोजनबाट हुने फाइदाहरु परिवार नियोजनको साधन प्रयोग गरेमा धेरै फाइदा हुन्छ । नचाहेको गर्भ नबस्ने हुँदा समस्या हुँदैन । जसले गर्दा श्रीमानश्रीमतीले भविष्य सुन्दर बनाउन सक्छन् । यतिमात्रै होइन आमा स्वस्थ्य भएपछि जन्मने सन्तान पनि स्वस्थ्य हुन्छ । बाबुआमाले सन्तान जन्माएपछि उसको स्याहार, खानेकुरा, लत्ताकपडा, शिक्षादीक्षा र सुन्दर भविष्यको बारेमा ध्यान पु¥याउँन पाउँछन् । सन्तानले पनि आमाबुबाको आवश्यक हेरचाह, सुरक्षा, माया र स्याहारसुसार पाउँछन् । यी कुरामा ध्यान दिन जरुरी परिवार नियोजनका साधन प्रयोगले तपाईँको जीवनमा फाइदा त हुन्छ नै तर प्रयोग गर्ने व्यक्तिले अन्य कुरामा पनि ध्यान दिन जरुरी हुन्छ । परिवार नियोजनका चक्कीहरुले एचआईभी÷एड्स वा अन्य यौनजन्य रोग जस्तै धातरोग वा भिरङ्गीबाट सुरक्षा प्रदान गर्दैन । यदि कसैमा एचआईभी-एड्स वा यौनजन्य संक्रमणको जोखिममा छ भने कण्डमको प्रयोग गरी सुरक्षित रहन सकिन्छ । परिवार नियोजनको साधनहरुको बारेमा नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिएर मात्रै प्रयोग गर्दा राम्रो हुन्छ। एजेन्सीको सहयोगबाट
रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?
नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ। तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ। मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन? ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ। तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि। रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ। यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन। किन हुन्छ त ह्याङ्गओभर विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन। त्यसो भए ह्याङ्गओभर किन हुन्छ? रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ। केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ। थकाइलागेको अनुभव किन हुन्छ वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्। नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।” इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्। कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ। अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।
स्वस्थ स्वास्थ्यका लागि योगाका अपत्यारिला फाइदाहरु यस्ता छन्
मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । तीमध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो– नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त–दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थमात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ ।