एक रुपैयाँ उठाएर पाइलट अध्यायन (भिडियो सहित)
काठमाडौं । भरतपुर चितवनमा रिटर्नी सेन्टर नेपालको राष्ट्रिय सम्मेलन चल्दै गर्दा सम्मेलन स्थल बाहिर केहि युवा अकस्मात आए र आफुले ल्याएको ब्यानर भित्तामा टाँगे । व्यानरमा लेखिएको थियो, ‘पाइलट अध्ययनका लागि रु. १/– अभियान’ । सँगै अगाडि टेबुलमा एउटा खुत्रुके आकारको टोकरी राखियो । टोकरीमा लेखिएको थियो ‘1 Rupee campaign for Pilot study’
सेतो सर्ट र कालो पाइन्टमा सजिएका एक किशोर कुर्चीमा बसे । अर्को एक जनाले चाँही कापी र कलमले टिप्न थाले । वरपर रहेकाहरुले टोकरी पैसा राख्न थाले । १०, २०, ५०, १००, ५०० र १००० का नोठहरु मान्छेहरु राखिरहेका थिए ।
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ का दिपेन्द्र घिसिङलाई पाइलट पढ्न मन लाग्यो तर आर्थिक अवस्था कमजोर । परिवारबाट केही सहयोग होला भन्ने थिएन । दिपेन्द्रले भने, ‘बुवाले पनि अर्कैसँग विहे गर्नुभयो, आमाले पनि अर्कैसँग विहे गर्नुभयो ।’ पाइलट बन्नका लागि परिवारबाट सहयोग नपाउने भएपछि उनी सरकारको आशामा रहे । उनले थपे, ‘तिनै तहको सरकारमा मेरो लक्ष्य पुरा गराउनका लागि पहल गरें तर वर्ष वितेपनि कुनै रेस्पोन्स (प्रतिक्रिया) आएन ।’ पाइलटका लागि ८१ लाख रुपैयाँ खर्च हुने भएपछि उनलाई एउटा जुक्ति लगाए, एक रुपैयाँ उठाउने । पाँच महिना अगाडि उनले यो अभियान सुरु गरे । काठमाडौं, काठमाडौं आसपास, पोखरा र चितवनमा उनी यसरी नै एक रुपैयाँ अभियानमा निस्किए । ‘पाच महिनाको अवधिमा ७६ लाख रुपैयाँ जम्मा भयो । अब एक महिना भित्रमा पाँच लाख पु¥याउनुछ ।’, दिपेन्द्रले सुनाए । ‘एक रुपैयाँ अभियान हुँदै गर्दा एक रुपैयाँ नै कतिले दिएका छन् त ?’ प्रश्न सुनेपछि दिपेन्द्रले भने, ‘चार सय जना जतिले एक रुपैयाँ दिनुभएको छ ।’
कसले कति दिएको भनेर दिपेन्द्रले एक जना सहयोगी सहित नाम र फोन नम्बर टिप्ने गरेका छन् । उनका अनुसार फागुन मसान्तसम्ममा ६ हजार पाँच सय जनाबाट रकम उठेको छ । पाइलट अध्ययनका लागि धेरै दिनेले पाँच लाख सम्म आफुलाईसहयोग गरेको दिपेन्द्रले जानकारी दिए ।
काठमाडौंमा ग्राउण्ड क्लास पढिरहेका दिपेन्द्र आफु पाइलट बन्नेमा ढुक्क छन् ।
विद्यालय तहमा दिवा खाजा र सुधारका केही कुरामा बहस भएपनि उच्च शिक्षाका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको दिपेन्द्रको बुझाइ छ । उनी भन्छन्, ‘यो उच्च शिक्षामा सुधार गर्नका लागि विद्रोह पनि हो । भिडियो हेर्नुहाेस् ।
माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज (सूचीसहित)
काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले वागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ। जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ: १) रसुवा–कल्पना शर्मा २) धादिङ–पुष्पविक्रम मल्ल ३) चितवन–घनश्याम दाहाल ४) मकवानपुर–बिजय गौतम ५) सिन्धुली–बुद्धिमान माझी ६) रामेछाप–श्यामकुमार श्रेष्ठ ७) दोलखा–बिशाल खड्का ८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार ९) सिन्धुपाल्चोक–केशव नेपाल १०) नुवाकोट–हिरानाथ खतिवडा ११) काठमाडौँ–सूर्य सुवेदी पथिक १२) ललितपुर–हरि दाहाल १३) भक्तपुर–दिलिप प्रजापति १४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान १५) ललितपुर महानगर–राजकाजी महर्जन १६) हेटौडा उपमहानगर–प्रल्हाद लामिछाने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम द्रुत गतिमा निर्माण हुने बताएका छन् । बिहिबारदेखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने उल्लेख गरे। ‘फागुन १७ गते टेण्डर आह्वान भएको छ,उनले भनिन,‘रंगशाला निर्माण हुन्छ कि हुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ।’ यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उनको भनाई छ । रंगशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्त रुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले बताए। भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण गरे । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विगत ५ महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताए। अगामी चैत २६ गतेदेखि वागमती प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा जानकारी दिए। प्रतियोगितामान क्रिकेट, फुटबल, भलिबल, स्वीमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ।महानगरपालिकाले यस अघि विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता गरिसकेको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म चल्ने छ । सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
रसुवामा भूकम्पको धक्का महसुस
काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भुकम्पको धक्का महसुस रसुवा र आसपासमा सामान्य गरिएको थियो ।
आकासे पुलमा १५ करोडको हरियो रङ पोत्दै बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्य क्षेत्रभित्रका आकासे पुलमा हरियो रङ पोत्ने भएका छन् । महानगरलाई ‘ब्युटिफिकेसन’ गर्न भन्दै ती आकासे पुलमा हरियो रङ पोत्न थालिएको हो ।आकासे पुलमा हरियो रङ पोत्नुका साथै गमला राखेर फूलैफूलको सहर बनाउन लागेको जनाएको छ । ‘महानगरमा प्रवेश गर्नेबित्तिकै हरियाली, आनन्द महसुस गराउन आकासे पुलमा हरियो रङ लगाएका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘चालू आर्थिक वर्षभित्रै महानगरभित्रका आकासे पुलमा हरियो रङ पोत्ने, फलामको छडमा विभिन्न किसिमका फूल रोप्ने काम सक्छौँ ।’ बालाजुको आकासे पुलबाट काम थालेको महानगरले अहिले रत्नपार्कको आकासे पुलमा काम गरिरहेको छ । आकासे पुलसँगै सार्वजनिक स्थानका पर्खालमा समेत हरियो रङ पोत्ने महानगरले जनाएको छ । यसले महानगरलाई ब्युटिफिकेसन गर्ने महानगरको भनाई छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम गरिरहेको महानगरले यसका लागि १५ करोड खर्च गर्ने भएको छ । महानगरले गौरवका योजनाअन्तर्गत मेरो रहर, सुन्दर र हरित सहर शीर्षकमा हरियाली प्रवद्र्धनका लागि, पुलहरूमा हरियाली तथा सजावट कार्यका लागि बजेट छुट्याएको थियो । सर्वसाधारणले महानगरभित्र पसेको अनुभव गर्न सकून भनेर यो काम थालेको प्रवक्ता मानन्धरको भनाइ छ ।
कान्तिराजपथ डेढ महिना बन्द हुने
ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।
गठबन्धनमा कुनै समस्या छैनः सिंह
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र कुनै समस्या नदेखिएको बताएका छन् । चितवनको रत्ननगरमा आइतबार भएको कार्यक्रममा सिंहले तत्काल गठबन्धनमा कुनै समस्या नभएको बताए । उनले गठबन्धनको राजनीतिमा इमान्दारिताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर बनाउन नहुने पनि बताए । पार्टीभित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानुपर्नेमा उनले बताए। ‘अरूलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकोले कांग्रेस सचेत हुनुपर्छ,’ सिंहले भने, ‘कांग्रेस ठूलो पार्टी भएकोले आन्तरिक जीवनलाई पनि व्यवस्थापन गर्नुपर्छ।’ उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनीबाट धेरै कुरा सिक्न सकिने पनि बताए । सिंहले नेतालाई मात्र गाली गरेर नहुने पनि बताए। उनले पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्ने बताए।
भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पुर्याउनेलाई धन्यवाद व्यक्त
चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै धन्यवाद व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै महानगरले भरतपुर महानगपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घघाटन फाल्गुन १८ गते नारायणी नदी किनारमा भव्य एवम् उल्लासमय समारोहका बीच सम्पन्न भएको बताएको छ । महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हिजो देखिएको अभूतपूर्व जनसागरको उपस्थितिले भरतपुर भ्रमण वर्षको औचित्य थप पुष्टी गरेको हामी सबैलाई महशुस गराएको छ । बिहानीले दिनको संकेत गर्छ भने झै “भरतपुर भ्रमण वर्ष २०२४” को सानदार सुरूवात जस्तै सम्पन्न हुने अपेक्षा भरतपुर महानगरले लिएको छ।यो अभियानले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने आशा जगाएको छ।यस गरिमामय समारोहमा महत्वपूर्ण समय उपलब्ध गराउनुहुने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, प्रदेश प्रमुखज्यूहरू, मुख्यमन्त्रीज्यूहरु, संघीय तथा प्रदेश सांसदज्यूहरू, नेपाल पर्यटन बोर्ड परिवार, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिज्यूहरु, साझेदारको रुपमा रहेको निजी क्षेत्र, पर्यटन व्यवसायीहरू, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्पूर्ण सञ्चार गृहहरू, राष्ट्रसेवक कर्मचारीहरू, कलाकार मित्रहरू, संचारकर्मीहरू, सुरक्षा निकाय, नागरिक समाज, महानगरका जनप्रतिनिधिहरू, भ्रमण वर्ष सफल पार्न गठित सल्लाहकार समिति, निर्देशक एवम् विभिन्न उपसमितिका सदस्यहरू, गैर आवासीय नेपाली मित्रहरू, शिक्षक तथा विद्यार्थीहरू, आ–आफ्नो पहिचानसहित ¥याली तथा समारोहमा सहभागी हुनुहुने विभिन्न टोल विकास समिति, सामाजिक संघ संस्था तथा विभिन्न जातजाति, समुदायबाट यसलाई उत्सवका रुपमा मनाउन उपस्थित सम्पूर्ण आमाबुबा दाजुभाइ, दिदीबहिनी तथा आम जनसमुदायप्रति भरतपुर महानगरपालिकाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। भरतपुर भ्रमण वर्ष २०२४ ले राखेको लक्ष्य पुरा गर्न महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी, सेमिनार जस्ता गतिविधिहरु सञ्चालन गर्न आह्ववान गरिने छ । साथै यस अभियानमा सक्रियताका साथ निरन्तर सहयोगको लागि सामाजिक संघ संस्था, निजी क्षेत्र, व्यवसायीक संस्थालाई सहकार्यका लागि आग्रह गर्दछौं।यसबाट महानरपालिकाको पर्यटकीय एवम् आर्थिक गतिविधिमा संख्यात्मक तथा गुणात्मक बढोत्तरी हुने आशा लिएका छौं । अन्तमा, भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन समारोहमा जनस्तरबाट देखिएको ऐक्बद्धता वर्षभरि नै कायम राख्दै यस अभियानलाई सफल बनाउन सबै पक्षहरूबाट साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा राखेको विज्ञप्तीमा भनिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा गरे : प्रमुख रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा गरेको बताएकी छिन् ।विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उनले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको बताएकी हुन् । प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गरिन् । ‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उहाँ भन्नुभयो,‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’ उनले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताइन् ।महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाई थियो ।प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता गरिने प्रतिबद्धता व्यक्त गरिन् । सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् । यसैबीच, प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो । भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए । रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९।१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो । अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको उपाधिमात्र जितेन विधागत पुरस्कारतर्फ पनि एकलौटी कब्जा ग¥यो । फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन लिएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए । उनै मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका कारण बेस्ट बलर पनि भए । त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए । खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए । उनको नाममा १४ विकेट पनि रहयो ।
हत्या अभियोगमा दम्पत्ती पक्राउ
नुवाकोट, १९ फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका ३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रसुवाको कालिका गाउँपालिका २ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छन्। किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा टेकप्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार भुषाल दम्पत्ती काठमाडौं महानगरपालिका १६ बालाजु, बाइपासमा भएकाले उनीहरूलाई त्यहिँबाट पक्राउ गरेर नुवाकोट ल्याइएको हो। उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा लगेर दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरू माथि जिल्ला अदालत नुवाकोटबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवन र भरतपुर भ्रमण गर्न केपी ओलीको आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरलाई रमाइलो जिन्दगी बिताउने ठाउँ भएको उल्लेख गर्दै चितवन र भरतपुर भ्रमण गर्न आह्वान गरेका छन् ।शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफुले भरतपुर महानगर लगायत चितवनको एक वर्षभित्र व्यापक रुपमा भ्रमण गर्ने सोच बनाएको बताउँदै अरुलाई पनि चितवन भ्रमण गर्न आह्वान गरेका हुन् । ‘अरुलाई पनि म आह्वान गर्न चाहन्छु, भरतपूर आउनुस्, भरतपुरको आनन्द लिनुस्,’ । ‘यहाँ त रमाइलोसँग जीन्दगी बिताउने ठाउँ हो,’ ओलीले भने। उनले कार्यव्यस्तता हुँदाहुँदै पनि निम्तो अस्वीकार गर्न नसकेर भरतपुर पुगेको बताए।भरतपुरमा शुभकामना दिन पाउँदा आफुलाई खुसी लागेको उनले बताए। सम्बोधनको क्रममा अध्यक्ष ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहालको सक्रियता र कामको खुलेर प्रशंसा गरेका थिए ।
गफ होइन, काम गरेर देखाउनुपर्छ भन्ने मान्यता स्थापित गरेका छौं : मेयर दाहाल
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गफ होइन काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेर देखाएको दाबी गरेकी छिन्। ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहमा आज उनले सो कुरा बताएकी हुन् । ‘बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ । भरतपुरले आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनुपर्छ । यही मान्यताका साथ भरतपुर अगाडि बढेको छ’, उलने भनिन् । भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिका जति प्रशंसा गरेपनि नपुग्ने बताइन् ।त्यस्तै महानगरपालिकाको समृद्धिका लागि पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, सरोकार तथा नगरबासीलाई धन्यवाद दिइन् । उनले भरतपुर भ्रमण वर्षले आर्थिक, सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विश्वका पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको बताइन् । महानगरपाका बासीले दुईपटकसम्म विजयी गराएर आर्थिक समृद्धिको उवाहर ल्याएको उनले बताइन् । सो अवसरमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनेपर्ने धारणा समेत व्यक्त गरिन ।
समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री
“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।”- प्रधानमन्त्री प्रचण्ड
पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास
चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार भरतपुरमा गरिएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए । विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, “यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।” पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए । प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए । “विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचिमा अग्रसर महानगरपालिका हो,” प्रधानमन्त्री प्रचण्डले भने, “कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेका छन् ।’ चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।” अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृङ्खलाको दृश्यावलोकन एवम् समथर तराईको भू–भागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक स्थलहरू, गढी, दरबार, सङ्ग्राहलय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू रहेको बताए । पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे ।
भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री
भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए । कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।” प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु । भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ । यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो । विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु । नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ । मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु । अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।
भरतपुर भ्रमण वर्ष आजदेखि, उद्घाटनमा प्रधानमन्त्रीसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने
चितवन । आजदेखि भरतपुर भ्रमण वर्ष २०२४ सुरु हुँदैछ । नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न हिजो नै चितवन पुगेका छन् । उद्घाटनकार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने आयोजकले जनाएको छ । सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रमा सहभागी हुने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरुसहित ६ जना सांसद, प्रदेशका मुख्य मन्त्री तथा प्रमुखहरु पनि सहभागी हुने पक्का भएको अधिकारीले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा राष्ट्रिय स्तरका गायक गायीकाहरुको कला पनि प्रस्तुत गरिने जनाइएको छ । भने भरतपुर महानगरका ५० हजारबढी मानिस भ्रमणवर्ष उद्घाटनमा सहभागी गराउने महानगरले तयारी गरेको छ । उद्घाटन अघि बिहान ११ बजे भरतपुरका विभिन्न स्थानबाट र्यालीसहित मानिसहरुको सहभागिता रहने तालिका महानगरले सार्वजनिक गरेकोे छ ।