बच्चालाई पखाला लागे सामान्यरुपमा नलिनुस् (कारण, लक्षण र उपचारको जानकारी)

के हो पखाला ?

बच्चाले तारन्तार वा पातलो दिशा गरेमा पखाला लागेको मानिन्छ। २ वा २ भन्दा बढी पातलो वा पानी जस्तो दिसा गरेमा पखाला भन्न सकिन्छ

पखालाको  कारण :

  • भाइरस : बच्चामा हुने पखालाको प्रमुख कारणमा रोटा भाईरस पर्दछ।
  • ब्याक्टेरिया : कमै पखाला ब्याक्टेरियाले गर्दा हुन्छ, ब्याक्टेरियाले गर्दा दिसामा रगत देखिन सक्छ।
  • खानाको बिषाक्तता : खानामा बिषाक्तताले गर्दा  झाडा र बान्ता खाना खाएको १ घण्टा भित्र हुने गर्दछ।  यदि खानामा बाशी चिज परि ढुशी परेमा वा कुहिएको खाना भएमा शरीरमा बिष फैलिन सक्छ। यसको लक्षण २४ घन्टामा आफै जान्छ।
  • जियार्डिया परिजीबी (Giardia):  यो संक्रमण प्रायजसो बालगृहमा देखिन्छ।
  • पर्यटकीय पखाला : बाहिर घुम्न जादा यो पखालाले समात्ने गर्दछ।
  • एन्टीबायोटिक खादा पनि पाखाला लाग्न सक्छ।

आवर्तक(बारम्बार भईरहने ) कारण :

  •   गाइको दुधको एलर्जी 
  • Toddler’s Diarrhea. यो पखाला १ बर्षको उमेरबाट देखिन सक्छ।  बच्चाले प्राए ३-६ पटक  पातलो दिसा गर्दछ। यो लक्षण ३-४ बर्षमा शौचालय जाने बानि पारेपछि आफै हराएर जान्छ। यो हानिकारक हुदैन र यसले शारीरिक वृद्धिमा असर गर्दैन। फलफूलको जुसले यसलाई झन खराब बनाउदछ। यो पखाला लाग्ने कारणमा आमाशयबाट मलद्वारसम्म खानाको झर्ने तिब्र गतिलाई लिईन्छ। यस्तो पखाला भएको बच्चालाई पछि बयस्कमा गएर Irritable Bowel Syndrome (IBS) मा बिकशित हुने सम्भाबना रहन्छ।
  • Lactose Intolerance. दुधमा Lactose नामक चिनी पाईन्छ।  धेरै बच्चाहरुले दुधमा भएको Lactose लाई आन्द्रामा सोस्न सक्दैनन र आन्द्रामा भएको ब्याक्टेरियाले lactose लाइ बायुमा परिणत गरिदिन्छ। यसको लक्षणमा  पेटमा बायु भरिनु, पातलो दिसा आउनु, पेट फुल्नु  पर्दछ।  यो प्राय बंसानुगत रुपमा देखिन्छ।

पखालाको गम्भीरता :

  • हल्का : २-५ पातलो दिसा प्रतिदिन
  • मध्यम : ६-९ पातलो दिसा प्रतिदिन
  • गम्भीर वा कडा  : १० वा १० भन्दा बढी दिसा प्रति दिन

बारम्बार र पानी जस्तो पातलो दिसाले जलबियोजन गराउदछ

कडा प्रकारको पखालाको लक्षणहरु :

कडा प्रकारको पखालाले शरीरमा भएको पानी सुकाएर शरीरलाई निर्जलिकरण गरिदिन्छ। बच्चाको तुलनामा शिशुको शरीरबाट पानी चाडै सुक्दै जान्छ। जलबियोजनको लक्षणहरु:

  • मुख सुख्खा हुनु
  • रुदा आशु सुक्दै जानु
  • आखा गाद्दिनु
  • पिसाबको मात्रा घट्दै जानु
  • पिसाब पहेलो हुदै जानु
  • एक बर्ष भन्दा मुनिको बच्चाको तालु सुक्नु
  • कम हलचल गर्नु

उपचार 

भाइरल पखाला ५-१४ दिन सम्म लाग्न सक्दछ। पखाला लागेको समयमा बच्चालाई प्रशस्त झोलकुरा खुवाउनु पर्दछ ताकी जल बियोजन नहोस। 
स्तनपान गरिराखेको बच्चालाई हुने पखाला :

जन्मेको केहि महिनासम्म दिसा पातलो हुनु सामान्य मानिन्छ। दिसाको मात्रा बढेको खण्डमा पखाला लागेको बुझ्न सकिन्छ। पखालाको अरु लक्षणमा दिसामा चिप्लो पदार्थ वा रगत मिसिएको हुन सक्दछ। पखाला लागेको दिसा धेरै गन्हाउन सक्दछ। यदि बच्चालाई पखाला लागेको छ भने स्तनपान गराईराख्नु पर्दछ, पहिलेको भन्दा झन् बेसी खुवाउनु पर्दछ। पखाला बढ्दै गएको छ र जिउको पानि सुक्दै गएको छ भने जीवन जल खुवाउन शुरु गर्नु पर्दछ। जीवन जल खुवाउदा स्तनपान गर्न छोड्नु हुदैन। यदि बच्चाले दुध चुसेको छैन भने, दुध दोयर ड्रपरले खुवाउन सकिन्छ। ५ मि लि दुध वा जिबन जल प्रत्येक ३ मिनेटमा खुवाउन पर्दछ। स्तनपान गराउन केहि समस्या भयो भन्दैमा घरमा पाईने अरु तरल पदार्थ जुस, चौलानी पानि, चिया, कफी खुवाउन हुदैन। स्तनपान संगै अरु ठोस खाना खाने बच्चामा पखाला लाग्दा साबिककै खाना खुवाउनु पर्दछ। पखाला संगै बान्ता भएको छ भने जिबन जल दिन सकिन्छ, बान्ता रोकिएको ४ घण्टा पछि साधारण खाना खुवाउन सकिन्छ। साधारण खानामा चिनी कम भएको पचाउन सक्ने अनाजहरु, मिचिएको केरा पर्दछन।

बट्टाको दुध खाने बच्चालाई हुने पखाला :

बट्टाको दुध खाने बच्चालाई पखाला लागेको खण्डमा दुध खुवाउन छुटाउन हुदैन। बट्टाको दुध पहिले झैँ निरन्तर खुवाउनु पर्दछ बच्चाले बान्ता नगरेको खण्डमा बच्चाले मागेजति वा निरन्तर खुवाउने प्रयास जारी राख्नु पर्दछ। बच्चाले बान्ता गरेको खण्डमा जिबन जल खुवाउनु पर्दछ। ५ मि लि जिबनजल प्रत्येक २-३ मिनेटमा खुवाई राख्नु पर्दछ। यो खुवाउने प्रक्रिया बढाउदै लैजानु पर्दछ जब सम्म बान्ता हुदैन। प्रत्येक घण्टा २० मि लि/के जी का दरले जिबन जल खुवाउन पर्दछ। जिबन जल खुवाउदा २ घण्टा सम्म बान्ता रोकिएमा दुध खुवाउन सकिन्छ। जिबन जल र दुध बाहेक घरमा पाईने अरु तरल पदार्थ नखुवाउदा राम्रो हुन्छ।

ठोस आहार खाने बच्चामा हुने पखाला :

ठोस खाना खाने बच्चामा पखाला लागेमा खाईराखेको खाना नै दिनु पर्दछ। बान्ता भएमा माथि उल्लेखित बिधिद्वारा जिबन जल खुवाउनु पर्दछ। बान्ता भएको ४ घण्टा बितेमा साधारण ठोस खाना खुवाउन सकिन्छ।

१ बर्षको भन्दा माथिको बच्चामा हुने पखाला :

पखालाको गम्भीरता हेरी बच्चालाई चिनी युक्त तरल पदार्थ सिमित गर्नु पर्दछ। चिनीको मात्रा बढी भएको खानेकुरा खुवाउदा पखाला झन् गम्भीर बन्न सक्दछ। पखालाको गति तिब्र र धेरै पातलो छ भने बच्चालाई तरल पदार्थ बढी खुवाउनु पर्दछ। जल बियोजनको लक्षण देखिएमा जिबन जल खुवाउन शुरु गर्नु पर्दछ। धेरै बच्चाहरु जिबन जलमा भएको नुनिलोपनको कारण खान मन पराउदैनन। यस्तो भएमा जिबनजलमा फलफूलको जुसको स्वाद मिसाउन सकिन्छ। जुस मिसाउदा ३ भागमा २ भाग जिबन जल र १ भाग जुस हुनु जरुरि छ। बच्चालाई बान्ता भईराखेको छ भने ठोस खानेकुरा नखुवाउदा राम्रो हुन्छ। झोलिय पदार्थ सकेजति बढी खुवाउनु पर्दछ। बान्ता रोकिएको ४ घण्टा पछि साधारण स्टार्च भएको ठोस कुरा खुवाउन सकिन्छ।अनाज, पाउरोटी, बिस्कुट, भात, चाउमिन, आलु, केरा जस्ता चाडै पचाउन सक्ने खाना खुवाउन सकिन्छ। पखाला लाग्दैमा खाना छुटाउनु हुदैन। १ बर्ष भन्दा माथिको बच्चालाई ६०-१८० मि लि दहि दिनको २ पटक खुवाउन पर्दछ। दहीले आन्द्रामा भएको बिशाख्त ब्याक्टेरियालाई  प्रतिस्थापन गर्दछ।

डाइपरले आउने डाबर (diaper rash) को उपचार :

पखाला लागेको बेला डाइपर लगाएको क्षेत्रमा रातो डाबर आउन सक्दछ। यस्तो भएमा मल्हम लगाउनु पर्दछ। पेट्रोलियम जेल्ली र जिंक भएको मल्हम फाइदाजनक हुन्छ। बच्चाले दिसा गरेपछि सफा पानीले सो भाग सफा गरेर सुक्खा भएपछि उक्त मल्हम बाक्लो तह बनाएर लगाउनु पर्दछ।

चिकित्सकको सिफारिस बिना जथाभाबी औषधि बच्चालाई नदिउ :

हाम्रो जस्तो अबिकशित मुलुकमा बिरामी हुने बित्तिकै कुनै पनि जाच नगरिकन औषधि बिक्रेता संग औषधि किनेर खाने गरिन्छ। पसल बाट औषधि खादा ‘मेट्रोनिडाजोल’ भन्ने औषधिको ब्यापक दुरुपयोग भएको पाईन्छ। पखाला भाइरसले बढी लाग्ने भएकोले, औषधि जथाभाबी चलाउन हुदैन। आण्टिबायोटिकले पखाला झन कडा बनाइदिञ्छ। आन्द्रामा हुने स्वस्थ ब्याक्टेरियालाई यसरी दिईने आण्टिबायोटिकले झन् हानि गर्दछ। तसर्थ दिसा जांच नगरिकन गरिने उपचार त्यति लाभदायक हुदैन। जिबन जल बाहेक अरु उपचार चिकित्सकको जाच पछि मात्र गर्नु पर्दछ।

चिकित्सक लाई कहिले देखाउने ?

यदि तल दिईएको अवस्था भएमा समय मिलाएर चिकित्सकलाइ देखाउनु पर्दछ  :

  • बच्चामा जल बियोजन देखिएको छ तर दुध / जिबन जल पिईराखेको छ ।
  • बच्चाले ४८ घण्टा भन्दा बढी बान्ता गरिरहेमा।
  • बच्चा ३ महिना भन्दा कमको उमेर भएमा।
  • पखाला संगै ज्वरो भएमा।
  • दिसामा रगत वा सिगान जस्तो देखिएमा।
  • पखालाको मात्रा नघटेमा।
  • २ हप्ता भित्र पखाला निको नभएमा।

यदि तल दिईएको अवस्था भएमा तुरुन्तै अस्पताल लैजानु पर्दछ 

  • बच्चामा जल बियोजन देखिए संगै तरल पदार्थ खान असमर्थ भएमा ।
  • दिसामा रगत देखिएको छ र तारन्तार बान्ता भएमा ।
  • बच्चा सिकिस्त देखिएमा।
  • ३ महिनाको भन्दा कम उमेरको बच्चालाइ पखाला र ज्वरो भएमा।
  • २ घण्टा भन्दा बढी लगातार पेट दुखेमा।

बच्चालाई कहिले बिद्यालय पठाउन सकिन्छ ?

  • बच्चाको दिसा कडा हुना थालेमा।
  • ज्वरो आउन छोडेमा।
  • बच्चाले आफै खाना खान थालेमा।
  • हल्का खालको पखाला छ भने ठुला बच्चालाई पठाउन मिल्दछ।

पखाला बाट बच्न के गर्ने ?

  • हातको सफाई प्रमुख प्राथमिकतामा राख्ने।
  • खाना खानु अघि र बच्चालाई चलाउनु अघि हात धुनु अति आवश्यक  छ।
  • बच्चाको फोहोर चलाएपछि हात धुन पर्दछ।
  • खाना खानु अघि र दिशा गरिसकेपछि बच्चाको हात धोइदिनु पर्दछ।
  • मासु राम्ररी पाके पछि मात्र खाने, आधा पाकेको मासु वा काचो मासु नखाने।
  • प्रशोधित/उमालेको पानी मात्र पिउने, बाहिर जहितहिको पानि नपिउने।
  • तातो खाना मात्र खाने, बासी खाना नखाने।
  • भोजभतेरमा सलाद नखाने।
  • बजारमा पाईने, बोक्रा तास्नु नपर्ने फलफुल नपखालिकन नखाने।
  • बच्चाको पाउडर दुध बनाउदा बोतल ऊमालेर मात्र बनाउने।
  • बच्चालाई सडकमा वा फोहोर भएको ठाउमा खेल्न नदिने

चाइल्डकेयरनेपालबाट साभार

उपत्यकाको धुलो सफा गर्न ‘ब्रुमर’

काठमाडौँ, माघ १७ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न यो यन्त्र प्रयोग गर्न लागिएको हो । पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । “सडक विभागमा उपयोग नभई बसेका तीनवटा ब्रुमर रहेछन्, ती ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको छ, केही दिनमै ब्रुमरले सडक सफाइ सुरु गर्नेछ” – उनले भने । पानी वितरणका लागि उपत्यकामा ७६० किमी पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ । दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताउनुभयो ।

निर्वाचनमा जुट्ने कर्मचारीलाई निर्देशन दिए मन्त्री पाण्डेले

धादिङ, माघ १४। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । धादिङबेँसीस्थित जिल्ला विकास समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब निर्वाचनको बिकल्प छैन, तपाईँहरु स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुहोस् ।” विकास निर्माणको काममा ढिलाई भइरहेकामा चासो व्यक्त गर्दै मन्त्री पाण्डेले जनताले चाँडो प्रतिफल पाउने गरी विकासका काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी आवास निर्माण र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो । यसैबीच, प्रेस सेन्टर धादिङ शाखाले आजै आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचना गर्न गठित आयोगले दिएको प्रतिवेदनलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बारेमा छलफल भइरहेको बताउनुभयो । प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफलका लागि लैजान आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा प्रस्ताव दर्ता गराएको उहाँको भनाइ थियो । सर्वस्वीकार्यता बढाउँदै संविधानको कार्यान्वयन र स्थानीय तहको निर्वाचन गर्न नै वर्तमान सरकार गठन भएको बताउँदै मन्त्री पाण्डेले संविधानमा सबैको अपनत्व बढाउन गराउन सरकाले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको बताउनुभयो । सरकारले दर्ता गराएको संशोधन प्रस्ताव पारित हुने उहाँको दाबी थियो । स्थानीय तहको निर्वाचन कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पाण्डेले अब केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।

पूर्ण भयो निर्वाचन आयोग, रिक्त पदमा तीनैजना नियुक्त

काठमाडौं, निर्वाचन आयोगमा रिक्त रहेका ३ जना आयुक्त नियुक्त भएका छन् । न्यायपरिषदको आज बसेको बैठकले आयोगमा रिक्त रहेका ३ पदमा नरेन्द्र दाहाल, इश्वरी पौडेल र सुधिर शाहलाई नियुक्त गरेको छ । यो सँगै आयोगले पूर्णता पाएको छ ।

विद्युत् चोरीमा काँग्रेस–एमालेका कर्मचारी नेता नै संलग्न

काठमाडौं, माघ १४ । विद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी संगठनका नेताहरुको हात रहेको पाइएको छ । महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएका कर्मचारीहरुको सुक्षम अध्ययन गर्दा उनीहरु राजनीतिक संगठनको आडमा विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । वितरण केन्द्रका प्रमुख तथा केही इन्जिनियर समेत त्यसमा संलग्न रहेको पाइएको छ । प्रहरीले सिंगल फेजको लाइन चोरीको मात्रै उजागर गरको हो । डबल र त्रिपल फेजको विद्युत् चोरीका बारेमा पनि सुक्षम अध्ययन भइरहेको प्रहरीले जनाएको छ । त्रिपल फेजको विद्युत् चोरीमा त प्राधिकरणका एक दर्जन बढी इन्जिनियर नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने तयारी गरिएको छ । वितरण शाखाका प्रमुखसँगकै मिलमतोमा विद्युत् चोरी हुने गरेको पाइएको छ । अधिकाशं स्थानमा वितरण केन्द्रका प्रमुख , मिटर रिडर तथा उद्योगी तथा व्यावसायीको मिलोमतामा नै विद्युत् चोरी हुने गरेको अध्ययनबाट फेला परेको छ । ऊर्जा मन्त्रालयमा नेकपा(माओवादी केन्द्र)का इमान्दार एवम् स्वच्छ छवी भएका नेता जनार्दन शर्मा मन्त्री बनेर आएपछि प्राधिकरण सुधारको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । प्राधिकरण सुधारका लागि पहिलो शर्त भनेकै आन्तरिक सुधार हो । त्यसका लागि प्राधिकरण भित्रका चोरीमा संलग्न कर्मचारीलाई कारवाही गराउनु वा गर्नु नै पहिलो शर्त हो । प्राधिकरणको सुधार कार्यमा नेपाल प्रहरीले समेत साथ दिएको छ । चोर जोगाउन आन्दोलनको नाटक करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् । प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै आज प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् । विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो । कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए । उनीहरुले ऊर्जा मन्त्री शर्मालाई समेत अहिले सरुवा नगर्न भन्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए । प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दाोलनको बाहाना निकालेका छन । आन्दोलनको बाहाना उनीहरुले त्यो निकालेका छन् कि जसमा प्राधिकरणले पछिल्लो पटक सरुवा गरेका कर्मचारीको प्रसंगलाई लिएर निकालेका छन् । विद्युत् चोरीमा संलग्नलाई कारवाही हुने र त्यसमा आफूहरुको समेत संलग्नता रहेको पुष्टि हुने भएपछि कर्मचारी संघ र युनियनका पदाधिकारी नै आन्दोलनको नाटक रच्न लागेका हुन् । प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसिरहन मिल्दैन । तर चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् । चोरीमा संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ । ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने, चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् । उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोपमा पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो । यस्तै व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन् । पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन ्। त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ । ‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं ।’ उनीहरुलाई चोरी र ठगी मुद्दा चलाइएको छ । दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए । उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ । विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा(एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् । यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् । अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन् । विद्युत् चोरीमा संलग्नलाई तत्काल छाड्न कर्मचारी संघ र युनियनका पदाधिकारीले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईलाई समेत घेर्न पुगेका थिए । आजको जनआहवान साप्ताहिकमा खवर छ ।

प्रधानमन्त्री प्रचण्ड पोखरामा, पर्वतमा जिल्ला प्रमुखहरूसँग छलफलको कार्यक्रम

पोखरा, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आइपुगेका छन् । सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षांत समारोहमा सहभागी हुन प्रधानमन्त्री पोखरा आएका हुन् । दीक्षांत समारोहको कार्यक्रमपछि प्रचण्ड पर्वत जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई सशस्त्र प्रहरीले सलामीसहित स्वागत गरेका थिए । पर्वतमा प्रधानमन्त्री पर्वत महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । पर्वतमा नै प्रधानमन्त्रीले बिभिन्न ज़िल्लाका प्रमुखहरूसँग स्थानीय अवस्था, जन सरोकार सुशासन लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

भ्रष्टाचार हुने मुलुकको १३१ औँ सूचीमा नेपाल, दक्षिण एसियाको तेस्रो स्थानमा

काठमाडौँ, माघ १२। भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ भने दक्षिण एसियाको तेस्रो स्थानमा परेकाे छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिन्छ । सूचकाङ्कमा समावेश गरिएका १७६ देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ । सर्वेक्षणबाट भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रुपमा रहेको देखिएको संस्थाका अध्यक्ष श्रीहरि अर्यालले जानकारी दिए । प्रतिवेदनले भ्रष्टाचार र सामाजिक असमानता एक अर्काका परिपूरक हुन् र यसले राजनीतिप्रति निराशा पैदा गर्छ भनी उल्लेख गरेको छ । भुटान ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा, भारत ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा, मालदिभ्स र श्रीलङ्का ३६ अङ्क प्राप्त गरी ९५ औँ स्थानमा, पाकिस्तान ३२ अङ्कले ११६ औँ स्थानमा, नेपाल २९ औँ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४५ औँ स्थानमा र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १६९ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा रहेको छ । सो संस्थाले सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको र नेपाललाई २००४ देखि समावेश गरिएको हो । “प्रतिवेदनले नेपालको भ्रष्टाचार बारेको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिए पनि नेपालले पाएको अङ्कमा धेरै कम अङ्कको फेरबदलले अवस्थामा परिवर्तन भएको भन्न नमिल्ने देखिन्छ” अध्यक्ष अर्यालले भने । प्रतिवेदन विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो । सरकारद्वारा सार्वजनिक क्षेत्र/पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, सरकारी प्रतिनिधिद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्थालगायत विषय समेटी प्रतिवेदन तयार पारिएको संस्थाका महासचिव पदमिनी प्रधानाङ्गले जानकारी दिए ।

सुन तस्करलाई कडाइ गर्दै नेपाल प्रहरी

रसुवा, माघ १२ । उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो । फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ । अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गर्र्दै सूचना दिनेको नाम अति गोप्य रहने प्रहरी प्रमुख प्रसाईंले बताउनुभयो । यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । रासस

बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या

रोल्पा, माघ १२ । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन्। हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पानी ल्याउने गरेको मिझिङ–५ की यामकुमारी ओलीले बताउनुभयो । गाईभैँसीलाई खुवाउने, शौचालयमा प्रयोग गर्ने र घरायसी प्रयोजनका लागि आवश्यक पानीको बस्दोबस्त गर्न निकै कठिन हुने गरेको ओलीले दुखेसो गर्नुभयो । खानेपानीको मर्मतसम्भार हुन नसक्दा पानी आपूर्तिमा निकै कठिनाइ भएको मिझिङ–५ कै मनप्रसाद रानामगरले बताउनुभयो । आठ–दश घरका लागि एउटा सार्वजनिक धाराको व्यवस्था गरिएका कारण एक गाग्री पानी भर्न घन्टाँै लाग्ने गरेको रानाले बताउनुभयो । विसं २०४२ सम्मका पुराना योजना जिल्लामा रहे पनि बजेट अभावले ती योजना मर्मत गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले बताएको छ । मर्मतका लागि उपभोक्ताबाट थुप्रै माग आए पनि बजेट अभावले माग पूरा गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो ।

लोकसेवाः लिच्छवी कालसम्बन्धी यी तथ्यहरु थाहा छ ?

सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौंमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । १. लिच्छवी कालमा राजकिय भाषा के थियो ? – संस्कृत २. लिच्छवी कालमा व्यापारिक केन्द्रलाइ के भनिन्थ्यो ? –द्रङ ३. लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाइ कुलको गौरव दशाउने राजा को हुन् ? –शिव देव प्रथम ४. लिच्छवी कालमा ब्यापारिक समुहलाइ के भनिन्थ्यो ? –सार्थ ५.मानदेवको छोराको नाम के हो ? – महिदेव ६.लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ? –४१ वर्ष ७.शकं शवंतमा कति जोड्दा विक्रम शम्वत बन्दछ ? – १३५ वर्ष ८.पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुने ? – नरेन्द्रदेव ९. नेपाली इतिहासको स्वर्णकाल कुन काललाइ मानिन्छ ? – लिच्छवी काललाइ १०. नेपालीमा सर्वप्रथम अभिलेख राजा को हुने ? –मानदेव ११. नेपालीमा अंशुवर्माले कति वर्ष शाशन गरे ? – १६ वर्ष १२. कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ? – अंशुवर्माले १३. अंशुवर्माले चलाएको मुद्रामा के को चित्र अंकित थियो ? – कामधेनु गाइको

सङ्क्रान्ति बजार आगलागि पीडीतलाई बेलायतबाट सहयोग

तेह्रथुम, ७ माघ । तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो । बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट राहतस्वरुप सहयोग रकम सङ्कलन गरेर प्रदान गरिएको अध्यक्ष इङनामले बताउनुभयो । अग्निपीडितका लागि कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ । गत पुस १ गते भएको आगलागीमा सङ्क्रान्ति बजारका २९ घर र तीनवटा टहरा जलेका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो । रासस ––––––––––––

एउटाको मुद्दामा अर्कै पक्राउ परेपछि

खोटाङ, ९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो । डिकुवा–२ का नरबहादुर मगरलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले सोही नामथर भएका डिकुवा–६ का नरबहादुरलाई पक्राउ गरेर कारबाही सुरु गरेको थियो । डिकुवा–२ का नरबहादुरविरुद्ध परेको मुद्दामा अदालतले २०५९ असोज १ गते उनलाई एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । डिकुवा–२ का नरबहादुरले कैद र जरिवाना भुक्तानी गर्न बाँकी भएकाले पक्राउ गरी हाजिर गराउन प्रहरीलाई भनिएका निर्दोष व्यक्ति परेकाले तत्काल छाड्न निर्देशन दिइएको अदालतका तहसिलदार डोरनारायण श्रेष्ठले बताउनुभयो । “एउटा व्यक्तिलाई पक्राउ गर्न भनिएकामा अर्कैलाई पक्राउ गरिएको रहेछ ।” उहाँले भन्नुभयो – “निर्दोष व्यक्तिलाई कारबाही भइरहेको थाहा पाएपछि तत्काल छाड्न निर्देशन दिइएको हो ।” अदालतको निर्देशनपछि कारबाही भोगिरहेका निर्दोष मगरलाई शनिबार साँझ नै छाडिएको जिल्ला कारागार, खोटाङका नायब सुब्बा सुवास राईले जानकारी दिनुभयो । प्रहरी चौकी च्यास्मिटारको टोलीले पुस २४ गते पक्राउ गरेको मगरलाई तीन दिनपछि पुस २९ गते कारागार चलान गरिएको थियो । बिना कारण कारबाही भोगेका निर्दोष मगरले कारबाही भोगेबापतको क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभएको छ । “बिना गल्ती पक्राउ गरेर मेरो बेइज्जत गरिएको छ ।” उहाँले भन्नुभयो – “मलाई बेइज्जत गर्नेविरुद्ध कारबाही हुनुुपर्छ ।” स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने, डिकुवा–६ का नरबहादुर गर्बुजामगर हुन् । प्रहरीको यो लापर्बाहीले प्रहरीमाथि जनताले गरेको विश्वास गिरेको स्थानीयवासी तथा नेपाल विद्यार्थी सङ्घ खोटाङका सभापति राजकुमार राईले बताउनुभयो । रासस

शनिबारदेखि सुविसु गल्फ प्रतियोगिता सुरु

काठमाडौं, माघ ७ । नेपालको अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले भोलीदेखि (२१ जनवरी, २०१७)बाट ‘सुविसु इन्भाइटेशनल गल्फ प्रतियोगिता–२०१७’ आयोजना गर्दैछ । शनिबारदेखि रोयल नेपाल गल्फ क्लब काठमाडौंमा उक्त प्रतियोगिता शुरु हुने सुविसुले जनाएको छ । पहिलो पटक आयोजित प्रतिगोगितामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्पोरेट तथा व्यपारीक पृष्ठभुमिका लगभग ६० गल्फ खेलाडीहरु भाग लिदै छन । ‘प्रतियोगिता आयोजना गर्नुको प्रमुख उद्देश्य भनेको नेपालमा कर्पोरेट क्षेत्रमा गल्फको प्रचार र विकास गर्नु हो’, सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले प्रतियोगिता सम्बन्धी जानकारी दिंदै भने । ‘स्टेबल फोर्ड फर्मेट’मा हुने प्रतियोगितालाई महिला र पुरुष गरी दुई विधामा विभाजन गरिएको छ । अतिथि तथा गल्फमा र्यकिङ् नभएका अर्थात नन् गल्फरका लागि छुट्टै प्रतियोगिताको समेत आयोजना गरिएको छ । गल्फरहरुका लागि मात्रै नभई विभिन्न क्षेत्रका कर्पोरेटका प्रतिनिधि, अतिथिहरुसँग अन्र्तक्रियासँगै मनोरञ्जनका लागि समेत आयोजना गरिएको सुविसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विजयी गल्फरहरुलाई ट्रफी सहित पुरस्कार प्रदान गरिने छ । सुबिसु केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएल एस भि पिएन एस, व्यानएथर्नेट, होलसेल आइपि ट्रान्जिट, एम भि पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्ने अग्रणी कर्पोरेटको रुपमा स्थापित छ ।

नेपालको शान्ति र संविधान विश्वकै लागि मौलिक र शिक्षाप्रद–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताएका छन् । बुधबार दिउँसो न्यूयोर्क यूनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । ‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ ।’ उनले भने–‘हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’ नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलूकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति प्रक्रिया नेपालजस्तो विकासशील मुलूकमा सफल भएको बताए । उनले नेपालको जस्तो शान्ति र संविधान निर्माणको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउने दावी गरे । प्रधानमन्त्रीले माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध राजनीतिक उद्धेश्यद्वारा प्रेरित भएको स्पष्ट पारे । प्रधानमन्त्रीले भने—‘माओवादीको नेतृत्व चलेको जनयुद्ध कुनै आतङ्ककारी गतिविधि थिएन । यो निश्चित राजनीतिक र दार्शनिक मान्यता बोकेर अघि सारिएको राजनीतिक सङ्घर्ष थियो ।’ उनले राज्यसत्ताको मूल प्रवाहबाट बिमूख रहेका वर्ग, जाति, लिङ्ग, समुदायको अधिकार, राष्ट्रको स्वाभिमान र प्रगतिका लागि गरिएको राजनीतिक लडाई भएको बताए । उनले भने–‘राजनीतिक उद्धेश्यद्वारा प्रेरित हुदैनथ्यो भने हामी आफैले पहल लिएर शान्ति प्रक्रियाको आरम्भ हुने थिएन । लोकतान्त्रिक सङ्क्रमण र राजनीतिक अग्रगमनको परिस्थिति निर्माण हुने थिएन ।’

सेक्सका लागि मन नहुने या छिटो स्खलन त हुँदैन ? यस्तो छ उपाय

नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् । यौन दुर्बलता  समान्यतया, पुरुषहरुको लिङ्गमा कडापन नहुनु, यौन सम्पर्कमा समस्या आउनु तथा यौनइच्छामा नै कमी आउनुलाई यौन दुर्वलता भनिन्छ । यौन दुर्बलता देखिनुको प्रमुख कारण मनोबिज्ञान, तनाब, हार्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु आदि हो । डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट त्यसबाहेक व्यक्तिको खानपीन रहनसहन र जीवनशैलीले पनि यौन दुर्वलता गराउन मद्धत गर्छ । मुख्य कारण यौन दुर्वलताको शिकार हुनुमा धूमपान प्रमुख रुपमा रहन्छ । त्यस्तै मध्यपान, उच्चरक्तचाप, छारेरोगको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ¥हास भई यौन दुर्वलताको समस्या हुने गर्छ । पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामशक्तिमा समेत असर पुरयाउछ । लाजका कारण पालिएको रोग यौन दुर्वलता हुनु सामान्य स्वास्थ्य समस्या हो यदि समयमै उपचार गरियो भने । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र त्यहि समाजमा हुर्केका आम सर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो । कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर भय लाज र प्रतिष्ठाको विषयमा जकडीरहेका हुन्छन् । अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ । यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात महसुस गर्ने खालका हुन्छन् । सहबासमा  भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् । दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ । यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक समस्या समेत देखिन्छ । त्यति माात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् ।रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् । यौन दुर्बलताका बढाउन सहयोग पुरयाउने तत्वहरु व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तैस् मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ । यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ । यौन दुर्वलता हुन नदिन के गर्ने ? यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो । यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ । मोटो तौललाई घटाउने , औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने , ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने, । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर , लुकाएर केहि हुनेवाला छैन । बरु समाधानतिर लाग्नुपर्छ । नेपाली हेल्थबाट

आठ केजी चरेससहित एक जना पक्राउ

काठमाडौँ, माघ ४ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आठ केजी चरेससहित बागलुङका ५० वर्षीय जुद्ध वनलाई आज पक्राउ गरेको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रुबाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए । फाइल तस्वीर