एसइईको परिक्षाफल अाज घाेषणा हुँदै, यस्ताे छ हेर्ने तरिका

भक्तपुर, असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए  ।

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ। संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका थिए ।

 यस्ताे छ हेर्ने तरिका

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो  सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms  पठाउने  । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms  पठाउने ।  यस्तै उज्यालोको sms सेवा see टाइप गरेर  सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com,  याक पव्लीकेशन www.khullapati.com,  लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।

जाजरकोट, जुनीचाँदे गापा– ११ मा माअाेवादी केन्द्र विजयी

  जुजाजरकोटको चुनिजाँदे गाविसमा माओवादी केन्द्र विजयी भएको छ । यस्तो छ मत परिणाम अध्यक्ष– माओवादी केन्द्र–कृष्ण केसी–५६९ नेका–सर्वराज राउत– ५५० एमाले–वेदबहादुर शाही– ३६६ उपाध्यक्ष– माओवादी केन्द्र–शिवा आचार्य बस्नेत–६०७ नेका–तुलसीदेवी बस्नेत– ५२० एमाले–अम्बा शाह– ३७५

बिभिन्न स्थानमा नयाँ शक्तिका ५ वडा अध्यक्ष विजयी

काठमाडौं, जेठ १ । पछिल्लो मत परिणाम अनुसार, नयाँ शक्ति नेपालका पाँच जना वडा अध्यक्ष विजयी भएका छन् । विजयी वडा अध्यक्षहरु मनाङको नेस्याङ गाउँपालिका ५ र ८ मा हयानचेंन गुरुङ र कुङ्ग्याल गुरुङ गोरखाको पालुङटार नगरपालिका वडा नं. १ मा वडा अध्यक्ष कृष्ण परियार सहित नयाँ शक्तिको पूरै प्यानल रसुवाको उत्तरगया गाउँपालिका–१ मा बमबहादुर तामाङ र पार्वतीकुण्ड गाउँपालिका–१ मा निमा दीनडप तामाङ

रुकुम चौरजहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी

रुकुम, जेठ १ । रुकुमको चौरजहारी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर भण्डारी विजयी भएका छन् । हालसम्म प्राप्त नतिजा अनुसार, मेयरमा माओवादी केन्द्रले मेयरमा जितेको यो पहिलो नगरपालिका हो । यसअघि रुकुमका ६ वटा वडाको घोषित परिणाम अनुसार ५ वटामा माओवादी केन्द्र र एकमा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् ।

प्ले अफ राउण्डमा आइपिएल–१०, चार वटा टीमको घोषणा

काठमाडौं, भारतको लोकप्रिय क्रिकेट प्रतियोगित इण्डियन प्रिमियर लिगको प्ले अफ राउण्डमा पुग्ने ४ वटा टीमको घोषण गरिएको छ । राइजिंग पुणे सुपरजाइंट्स प्लेअफ राउण्डमा अन्तिममा पुग्न सफल भएको छ । हिजो आइतबार भएको खेलमा किंग्स इलेभन पञ्जाबलाई ९ विकेटले हराएर पुणे प्लेअफमा पुगेको हो । यो सँगै पुणे प्लेअफ राउण्डको दोश्रो स्थानमा पुगेको छ । मुम्बई इण्डियन यसअघि नै पहिलो स्थानमा थियो । यस्तो छ प्वाइन्टसको अवस्था मुम्बईले १४ खेलमा १० खेल जितेर २० प्वाइन्ट्स बटुलेको छ । पुणेले १४ खेलमा ९ खेल जितेको छ । अंकतालिकामा १८ अंकसहित पुणे दोश्रो स्थानमा छ । सनराइजर्स हैदराबादले ८ खेल जितेर १७ अंक बटुलेको छ । कोलकत्ता नाइटराइडर्सले भने ८ खेल जितेको थियो । उसको १६ अंक रहेको छ अबको खेल तालिका क्वालिफायर 1 (पहिलो नंबर को टीम vs दोश्रो नंबर को टीम) 16 मई मुंबई एलिमिनेटर (तेश्रो नंबर को टीम vs चौथो नंबर को टीम) 17 मई बेंगलुरु क्वालिफायर-2 (क्वालिफायर-1 मा हारने टीम vs एलिमिनेटर मैच को विनर टीम) 19 मई बेंगलुरु

रोशी गाउँपालिकाको वडा नं १२ मा माओवादी केन्द्रकाे प्यानल विजयी

रोशी गाउँपालिकाको वडा नं १२ मा पुरै टिम नेकपा (माओवादी केन्द्र) ले जितेको छ । वडा अध्यक्षमा रामबहादुर मोक्तान विजयी भएका छन् । महिला सदस्यमा मुना घिमिरे मैनाली, दलित महिला सदस्यमा शोभा विक र सदस्यहरुमा विनोदकुमार सिंजाली र सुकुलाल तामाङ विजयी भएका हुन् । वडाअध्यक्ष पदका उम्मेदवार रामबहादुर मोक्तानले ३ सय ४४, नेपाली कांग्रेसका विलाम मोक्तानले २०१ र नेकपा एमालेका लिलाराज मोक्तानले १ सय १३ मत प्राप्त गरेका थिए । रोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमले चुनावी तालमेल गरेका थिए । गाउँपालिकको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मिमबहादुर तामाङले २९०, कांग्रेसका दलबहादुर तामाङ (डि.बी)ले २ सय ५४ र नेकपा एमालेका बृषध्वज वाइवाले १ सय ३५ मत प्राप्त गरेका छन् ।

यातायात अवरुद्ध गर्न सडकमा बम

धनगढी, वैशाख ३० ।  निर्वाचनको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनगढीका दुई वटा सडकमा प्रेसर कुकर बम राखेर यातायात अवरोध गरेको छ । सो पार्टीले धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा आज बिहान बम राखेर यातायात अवरुद्ध पारेको हो । चौराहा नजिक राखेको बम इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले अहिले बिहान ७ बजे निस्कृय पारेको छ भने मनहेरामा राखेको बम केही बेर अघि निस्कृय पारेको छ । आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आव्हान गरेको छ । बन्द सफल बनाउन सडकमा बम राखेको सो पार्टीका एकजना जिल्लास्तरीय नेताले बताए । धनगढीको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको हो । मनेहरामा भने बोराभित्र प्रेसर कुकर बम भेटिएको प्रहरी जनाएको छ । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्कृय पारेपछि अहिले सडकमा सवारी साधन गुड्न थालेका छन् ।

चितवनमा माओवादीको घरदैलो (हेर्नुस् भिडियो)

चितवन, वैशाख २२ । स्थानिय तहको निर्वाचनको मिति नजिकिएसँगै माओवादी केन्द्र रत्ननगरका तर्फबाट प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोध र उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराई भोट माग्न जनताको घरघरमा पुगेका छन । रत्ननगरका वडा नं ९,१०,११ र १२ मा घरदैलो ,कोणसभा तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका हुन । माओवादी केन्द्रबाट रत्ननगरको प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोधले कोणसभालाई सम्वोधन गदै सामाजिक न्याय सहितको आर्थिक समृद्धिको लागी माओवादी केन्द्रलाई जिताउनु पर्ने बताउनुभयो । नगरका विभिन्न वडामा सम्वोधन गदै सुवोधले विकास र सुसासनलाई प्राथमिकताका साथ अगाडी लैजान आफुले नगरको प्रमखको पदमा उम्मेदवारी दिएको दावी गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराईले निर्वाचनमा केन्द्रलाई विजयी गराउन आग्रह गदै जनचाहानालाई कदर गर्दैै रत्ननगरलाई नमुना नगर बनाउने प्रतिबद्धता जनाउनुभयो । माओवादी केन्द्रको विजय पश्चात यस नगरको समुन्नत भविष्य रहेको भन्दै माओवादी केन्द्रलाई जिताउन आग्रह गर्नुभयो । https://everestdainik.com/wp-content/uploads/2017/05/Mahobadai-Ratanagar-Chunap-Parchara-voice-.mp4 उपप्रमुख पदकी उम्मेदवार भट्टराईले जनताको समस्या बुझन र विकास निमार्णका विषयहरुमा माओवादी केन्द्र अगाडी रहेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु कन्चन खनाल,विजय हमाल,हुतराज पाण्डे लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै युगान्तकारी परिवर्तलाई संस्थागत गर्नको लागी माओवादी केन्द्रलाई विजयी गराउनु पर्नेमा जोड दिएका थिए । यस्तै माओवादी केन्द्रले रत्ननगर वडा नं ९मा वडा अध्यक्षका उम्मेदवार मेघनाथ पौडेलको नेतृत्वमा कपर खोरीया,लाल पर्सा,मोहना,बेलटाँडीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा सदस्यहका उम्मेदवार,सयौ कार्यकर्ताको सहभागितामा घरदैलो कार्यक्रम गरिएको हो । यता रत्ननगर वडा नं १० बैरियामा माओवादी केन्द्र रत्ननगरले घरदैलो अभियान तथा मोटरसाईकल ¥याली निकालेको छ । स्था नीय तहको निर्वाचनको प्रचार प्रसारको लागि माओवादी केन्द्र रत्ननगर १० मा आज मोटर साईकलन ¥याली निकालिएको हो । वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रराज पाण्डेको नेतृत्वमा कृष्ण मन्दिर चोक,भानु चोक,प्रसौनि,शाान्ति टोल,वकुलहर चोक,दूर संचार रोड,वैरिया चोकमा घरदैलो तथा मोटर साईकलन ¥याली निकालीएको थियो । ¥यालीमा वाईसीएलका प्रकास पराजुली,नगर र वडा स्तरका नेता, तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । https://everestdainik.com/wp-content/uploads/2017/05/Mahobadai-Ratanagar-Chunap-Parchara-22.mp4 त्यस्तै रत्ननगर नगरपालिका वडा १२ जिरौना सालघारीमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्षका उम्मेदवार श्याम बरालको नेतृत्वमा जमुनापुर,जयमंगला चोक लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्यहरु तथा वडा सदस्यका उम्मेदवारहरु सहित सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस्तै वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार कुल प्रसाद देवकोटाको नेतृत्वमा जिरौना, मंगलपुर चोक, प्रगति टोल, सुनगाभा टोल, सगुन टोल, विश्वास टोल, सयपत्री टोल लगायतको क्षेत्रमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । यसैविच वडा नं. ११ मा वडा कार्यालय उद्घाटन गरिएको छ ।स्थानिय तहको चुनावको प्रयोजनको लागी कार्यालय उद्घाटन गरिएको हो । माओवादी केन्द्र रत्ननगरका नगर ईन्चार्ज कञ्चन खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार संगिता भट्टराई, केन्द्रीय सदस्य विजय हमाल, वाईसिएलका प्रकाश पराजुली लगायतको सहभागिता रहेको थियो ।

झापाका सीडीओ समक्ष सुन व्यवसायीका ३ माग, पूरा नभए देशभर आन्दोलन

भद्रपुर, वैशाख १९ । सुनचाँदी व्यवसायी संघ झापाले तीनबूँदे माग सहितको ज्ञापनपत्र मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ । आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र एकता गरी देशव्यापीरुपमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ । गत वैशाख गते झिलझिलेमा १ किलो सुनसहित प्रहरीद्वारा नियन्त्रणमा लिई राजश्व अनुसन्धान विभाग इटहरीको जिम्मा लगाइएका बिर्तामोडस्थित पूर्णिमा ज्वेलर्सका सञ्चालक बैजनाथ साह, व्यवसायी कृष्ण सराफ र सवारी चालक अरुण क्षेत्रीलाई तत्काल स–सम्मान रिहाई सहितको माग संघले अघि बढाएको हो । कानुनी प्रक्रिया प्ररा गरेर सुन ल्याउदा पनि प्रहरीले पक्रेको भन्दै सुन व्यवसायी आक्रोशितसँगै आन्दोलित भएका छन् । मंगलबार पूर्वका सबै सुन पसल घटनाको विरोधमा बन्द भएका छन् । संघका अध्यक्ष रुपदल (राजु) विश्वकर्मा र महासचिव उदय शाक्यद्धारा हस्ताक्षरित ज्ञापन झापाका सुनचाँदी व्यवसायी तथा व्यवसायीका नेताहरुको उपस्थितिमा प्रजिअ खत्रीलाई हस्तान्तरण गरिएको थियो । संघले गत वैशाख १४ गते काठमाडौंबाट कार्गो भई बुद्ध एयरमा सबै प्रक्रियामा सुरक्षा जाँच पूरा गरी बिर्तामोडस्थित नवदुर्गा ट्रेडिङ कन्सर्न शाखा कार्यालयका लागि पठाइएको १०० किलो चाँदी भद्रपुर विमानस्थलमा लिन जाँदा व्यवसायीहरु मनोज गोयल र पुण्यप्रसाद अधिकारीलाई चाँदीसहित नियन्त्रण लिई एकदिन हिरासतमा राखी ६८ लाख ९ हजार ४ सय रुपैयाँ धरौटीमा मात्र रिहा गरेको हुँदा उक्त विषयमा यथार्थ तत्काल सत्यतथ्य सार्वजनिक गरी व्यवसायीलाई न्याय दिलाउन पनि माग गरेको छ । त्यस्तै लामो कानूनी प्रक्रिया र चेकजाँच पूरा गरी खरिद गरिएको सुनचाँदी एउटै मुलुकभित्र हवाई र स्थल यातायातबाट ओसारपसार गर्दा पुनः सुरक्षा चेकजाँचका नाममा नियन्त्रणमा लिई राजश्वको जिम्मा लगाउने घटना अबका दिनमा नदोहो¥याउन समेत संघले प्रशासन समक्ष माग गरेको छ । पूर्वघोषित कार्यक्रम अनुसार ज्ञापन बुझाउने कार्यक्रममा उद्योगी व्यवसायीका नेताहरु नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, वर्तमान उपाध्यक्ष वुद्धि घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, पूर्व अध्यक्ष बेदप्रकाश अग्रवाल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, डिलर एसोसिएसनका अध्यक्ष डम्वर थापा लगायतले व्यवसायीलाई न्याय दिलाउन माग गरे । सुन र चाँदीसहित व्यवसायी पक्राउको दुवै घटनाप्रति संघले आपत्ति जनाएको छ । सुन खरिदको सिफारिस, बील बिजक, कुमारी बैंकले सुन झापासम्म लैजानका लागि दिएको सिफारिसको प्रमाण साथमै लिएर आउँदै गर्दा सुन र खरिदकर्ता व्यवसायीलाई नियन्त्रणमा लिनु अत्यन्त दुःखद् भएको संले जनाएको छ । ‘प्रहरी प्रशासनले व्यवसायीलाई नियत राखेर दुःख दिएको तथा बैधानिक तवरले व्यवसाय गर्ने व्यवसायीलाई हतोत्साही बनाएको हाम्रो ठहर छ’ संघका अध्यक्ष राजुले भने–‘घटना लगत्तै हामीले प्रजिअ र एसपीलाई भेटेर मौखिक जानकारी समेत गराएको तर, उचित निर्णय नहुँदा हामी पीडामा परेका छौं । व्यवसायीमाथि चरम अन्याय भएको छ । ’ थोरै मुनाफाका लागि धेरै जोखिम मोलेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दोहोरो मारमा परेको र कानूनी प्रक्रिया पूरा गरेर सुन खरिद गर्दा यस्तै धरपकडको शिकार र खरिद नगर्दा कालोसूचीमा परेसरह कोटा कटौती गरिँदा अत्यावश्यक परेका बेला उपभोक्ताले सुन नपाउने अवस्था विद्यमान रहेको बताइएको छ । २०६६ सालबाट नेपाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरुमार्फत ‘कोटा प्रणाली’ अन्तर्गत सुनको विक्री वितरण हुँदै आएको तथा सोही बर्षदेखि एलसी खोलेर चाँदीको खरिद विक्री गर्न पाउने व्यवस्था छ । सुनचाँदी व्यवसायी संघ झापामा (दमक बाहेक) २४८ व्यवसायी फर्म आवद्ध भई कारोबार गर्दै आएका छन् । कोटा प्रणालीअनुसार झापाका लागि मासिक आठ केजी, साताको दुई केजीका दरले संघले महासंघका केन्द्रीय समितिमा सिफारिस गरेपछि महासंघको सिफारिसमा कोटा पाएको वाणिज्य बैंकमार्फत सुन आपूर्ति हुँदै आएको छ । उक्त व्यवस्था बमोजिम काठमाडौंबाट सुन खरिद गरी जिल्लामा ल्याएर व्यवसायीले आम सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।

दोलखामा मिले कांग्रेस र माओवादी केन्द्र, एमालेमुक्त जिल्ला बनाउने घोषणा

चरिकोट, वैशाख १८ । स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवार दर्ताको अघिल्लो दिन दोलखामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गबठन्धन हुने निश्चित भएको छ । दुबै दलले जिल्लालाई एमाले मुक्त बनाउने घोषणा समेत गरेका छन् । दोलखाबाट हाम्रा संवाददाताले दिएको जानकारी अनुसार, दोलखाका नौ वटा तहमध्ये सबै पदमा दुबै दलबीच सहमति भएको हो । दुबै दलले साझा प्रतिबद्धतापत्रका समेत सार्वजनिक गरेका छन् । दुबै दलले जिल्लाका सबै स्थानीय तहमा सहमति कायम गरी आधा आधा भागबण्डा गरेका हुन । पार्टीको प्रभाव भएको आधारमा दुईमध्ये एक दलले मात्रै उम्मेदवार उठाउने सहमति भएको छ । दुबै पार्टीका नेताले एमालेले चर्का कुरा मात्रै गर्ने तर विकासका लागि सिन्को नभाँच्ने भएकोले एमालेलाई सबै तहमा हराउन समेत चुनावी तालमेल गरेको बताएका छन् । नेपाली कांग्रेस र एमालेको चुनावी एकताले एमालेभित्र भने ठूलो आशंका जन्मिएको छ । एमालेभित्र त्यसैपनि उम्मेदवार छनौटमा चरम विवाद देखिएको छ ।

बजारमा आए दुई नयाँ नेपाली बियर

काठमाडौं, चैत २९ । बियरप्रेमीहरुका लागि दुई नयाँ बियरको स्वाद लिने अवसर पाइने भएको छ । यति ब्रुअरीले यसै सातादेखि बजारमा नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियर ल्याएको हो । अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुने कम्पनीले जनाएको छ । बियरमा क्यालोरी बढी हुने भएकोले मोटाइन्छ या भूँडी बढ्छ भन्ने मान्यता रहेपनि अर्ना लाइट बियर भने नेपालको पहिलो र एकमात्र कम कम क्यालोरी भएको बियर भएको कम्पनीले दावी गरेको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५% सम्म बढि समयको लागि “ब्रिउ” गरिएको यति बु्रअरीले जनाएको छ । अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको कप्मनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण के.सी. ले बताए । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने उनले जनाए । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो र यी बियरहरुमा ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल रहेको छ ।

कहिले बन्छ नयाँ धरहरा ?

 काठमाडौँ, चैत १८ । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुनेछ । घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिने भएको छ । विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको थियो । गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग गरी पुरानै शैलीमा विकास गरिने निस्कर्ष निकालिएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सो अध्ययन प्रतिवेदन एक साताभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिनेछ, सोही प्रतिवेदनका आधारमा उक्त सम्पदा सो संस्थाले निर्माण गरिदिनेछ । टेलिकमले धरहरा पुनःनिर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो । टेलिकमले सोही रकमको परिधिभित्र रही निर्माण तथा खर्च गर्नुपर्ने हुन्छ । सोही भूकम्पमा काठमाडौँ उपत्यकाका अन्य विभिन्न महत्वपूर्ण सम्पदामा समेत क्षति भएको थियो । रासस

आइसक्रिममा अखाद्य पदार्थ, खुलेआम बिक्रि वितरण

झापा, चैत १४ ।  मानव स्वास्थ्यलाई प्रतक्ष्य असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादित आइसक्रिम खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ । आइसक्रिम, कुल्फी, बरफ लगायतमा अनुगमन नगर्दा झापाका विभिन्न बजारमा अखाद्य बस्तु मिसाइएका आइसक्रिम, कुल्फी, बरफ खुलेआम विक्रि-वितरण भइरहेको पाइएको छ  । आइसक्रिम बनााउन प्रयोग हुने ‘आइसिङ सुगर’ (एक प्रकारको केमिकल) रहेको र त्यो केमिकल बढी भए मानव स्वास्थ्यमा प्रतक्ष्य असर पर्ने डाक्टरहरुले बताएका छन् । त्यस्तै ‘स्किन मिल्क पाउडर’, ‘काष्टम पिठो’, ‘आरारोट’को मात्रा नमिलाउँदा त्यसले पनि स्वास्थ्यमा प्रतक्ष्य असर पार्ने खाद्य विशेषज्ञ पशुपति मिश्र बताउँछन् । यो खबर आजको कारोबारमा छ ।

ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

ताप्लेजुङ, चैत १२ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठवटा मतदान केन्द्र थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँचवटा केन्द्र थप गरिएका छन् । थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्ड हल रहेका छन् । त्यस्तै गङ्गा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुङ्गेसाँघुमा पनि मतदानस्थल रहनेगरी सिफारिस गरिएको अधिकारीले जानकारी दिनुभयो । समितिले तीनवटा केन्द्र भने परिवर्तन गरेको छ । नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुङ्गेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईवटा केन्द्र राख्न सकिने प्रावधान छ । त्यस्तै मतदातालाई पाँच किमीभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताउनुभयो । “तर भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसङ्ख्या भए पनि केन्द्र राख्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।”

प्रहरीको हराएको पेस्तोल र म्यागजिन फेला

भीमदत्तनगर, चैत ९ । चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ । कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले हराएको पेस्तोल र म्यागजिन केही दिन भेटिएको राससलाई जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पेस्तोल खोज्न छानबिन टोली गठन गरी खटाइएको थियो । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो । कल्भर्ट निर्माणका विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमले सहादत प्राप्त गर्नुभएको थियो । सरकारले गौतमलाई सहिद घोषणा गर्नाका साथै रु १० लाख उहाँको परिवारलाई दिने घोषणा गरिसकेको छ । घटनामा स्थानीयवासी टीकाराम चापागाईँ गम्भीर घाइते भएका थिए । उहाँको उपचार जारी छ । आनन्द बजार भएर नेपाल–भारत आवागमन अझै सहज हुन सकेको छैन । घटनापछि नेपालीले भारतीय सीमावर्ती बसही बजारमा किनमेलमा जान समेत छाडेका छन् । आनन्द बजारमा सशस्त्र प्रहरीको अस्थायी चौकी खडा गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।

चुनावअघि स्थानीय तहका केन्द्र परिवर्तन नहुने

काठमाडौं, चैत ७ । जिल्ला, जिल्लामा स्थानीय तहका तोकिएका केन्द्रहरु चुनावअघि परिवर्तन गर्न नसकिने स्थानीय विकास मन्त्रालयले जनाएको छ। कतिपय जिल्लामा तोकिएका केन्द्रबारे असन्तुष्टि जनाउँदै विवाद भइरहँदा निर्वाचनलाई लक्षित गरेर भौतिक संरचना भएका ठाँउहरुमा केन्द्र राख्नु आफ्नो वाध्यता भएको मन्त्रालयका अधिकारीहरुले बताएका हुन्। स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले नै पछि ती केन्द्र परिवर्तन गर्न सक्ने उनीहरु बताउँछन्। विवाद रोल्पा, रुकुम, पर्वत, बाँके लगायतका देशका विभिन्न जिल्लामा हालै घोषणा गरिएका स्थानीय तहका केन्द्रलाई लिएर चर्को विवाद भैरहेको छ। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै शुरुवात भएका यस्ता विवाद सरकारले प्रतिवेदनमा गरेको संशोधनपछि पनि हल हुन सकेका छैनन्। जसका कारण तोकिएका स्थानमा स्थानीय तहको कार्यालय स्थापना गर्ने काम हुन नसकेको बताइएको छ। आन्दोलन मार्फत केन्द्र परिवर्तनको माग गरिएको भए पनि तत्काल तोकिएको केन्द्र परिवर्तन हुन नसक्ने स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए। केही समयका लागि गरिएको व्यवस्थाका निम्ति धेरै विवाद गरिरहन आवश्यक छैन। त्यसैले यसै अनुसार स्थानीय स्तरमा विवाद मिलाउनुहोस् भनेर जिल्लाका अधिकारीहरुलाई भनेका छौं,’ उनले भने। चुनाव लक्षित स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहका कार्यालयहरु भौतिक पुर्वाधार भएको स्थानमै राख्नु आफ्नो वाध्यता रहेको सचिव अधिकारीको भनाइ छ। उनले भने’चुनाव गर्नु छ र त्यसका लागि पहिलेको गाँउ विकास समितिको कार्यालय बनाएको ठाउँ भए सजिलो हुन्छ भन्ने भयो। तर तोकिएको केन्द्र त्यही गाविसमा भए पनि दुरी फरक परेकाले विवाद भएको हो  । ‘ बैशाख ३१ गते तोकिएको स्थानीय चुनावबाट निर्वाचित हुने जनप्रतिनिधिलाई एक पटकका लागि स्थानिय तहको केन्द्र परिवर्तन गर्न पाउने र वडाको केन्द्र पनि हेरफेर गर्न पाउने जस्ता अधिकार दिइएकाले हालको व्यवस्था अन्तरिम रहेको मन्त्रालयको भनाइ छ। नयाँ स्थानका निम्ति आवश्यक भौतिक पूर्वाधार निर्माण जस्ता काम पनि निर्वाचित स्थानीय सरकारले गर्न सक्ने भन्दै करिब दुई महिना पर्खन मन्त्रालयले आग्रह गरेको छ। बीबीसी नेपालीबाट