सञ्चार जगतको महत्पुर्ण भुमीका: काँग्रेस नेता कण्डेल

नवलपरासी, असोज ८ । नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपालमा सञ्चार जगतको महत्पूर्ण भुमीका रहेको बताएका छन्।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका  कण्डेलले हरेक ऐतिहासीक परिवर्तनको अवस्थामा नेपाली पत्रकार र नेपाली पत्रकारीताको महत्वपुर्ण योगदान गरेको चर्चा गरे ।

नवलपरासीको भुजहवामा त्रिबेणी सञ्चार मञ्च , न्युज एट नेपाल डट कम अनलाईन , अनलाईन जनता र चर्चा अनलाईनले संयुक्त रुपमा आयोजना गरेका बडा दशै शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै नेता कण्डेलले यस्तो बिचार राखे ।

सो अवसरमा बोल्दै नेता कण्डेलले जनआन्दोलन देखी अहिले स्थानीय तहको निर्वाचनमा नेपाली मिडीयाले खेलेको भुमीकाको प्रशन्शा ब्यक्त गर्दै  आगामी दिनमा आउदै गरेको प्रदेश र प्रतिनिधी सभाका निर्वाचनमा पनि नेपाली पत्रकारीताको महत्वपुर्ण भुमीका हुनुपर्ने बताए ।

सोही अवसरमा पत्रकार पुरुषोत्तम सुबेदीलाई सम्मान गरिएको थियो । समाजीक रुपान्तरणकालागी पत्रकारीता मार्फत पु¥याएको योगदानको उच्च मुल्याकंन गर्दै त्रिबेणी सञ्चार मञ्च र अनलाईन जनताले सम्मान गरेका थियो ।

प्रचण्डको पहलमा भरतपुर जाने भो स्मार्ट सिटीका लागि २ अर्ब 

काठमाडौं,भदौ २७। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा भरतपुर महानगरमा स्मार्ट सिटीका लागि २ अर्ब रुपयाँ जाने भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी तथा भवन निर्माण विकास समितिले भरतपुर महानगरलाई पाँचवटा सिटीको सहर बनाउने योजनासहित दुई अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । ‘भरतपुरलाई मेघा सिटी, स्मार्ट सिटी, एक सहर एक सिटी, अर्वन इकोनोमी कोरीडोर र मल्टी सिटी बनाउने योजना अघि बढेको छ’ सहरी तथा भवन निर्माण विकास समितिका महानिर्देशक शिवहरि शर्माले भने । उनले भरतपुरलाई यी पाँचवटा सिटीको रुपमा विकास गर्नको लागि दुई अर्ब लगानी हुने बताए । महानिर्देशक शर्माका अनुसार यही वर्ष भरतपुर महानगरलाई पाँच सिटीको सहर बनाउन २० करोडको बजेट परेको छ । महानिर्देशक शर्माले भने, ‘चार वर्षभित्रमा भरतपुरलाई पाँच सिटीको सहर बनाउने योजना छ ।’ त्यसको लागि आवश्यक परे थप बजेट पारिने उनले बताए । भरतपुर महानगरपालिकाले भरतपुरलाई कसरी पाँच सिटीको सहर बनाउन सकिन्छ भन्ने विषयमा एकीकृत सहरी विकास कार्यक्रमसम्बन्धी शुक्रबार छलफल चलाएको छ । छलफलको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए । छलफलमा सहरी तथा भवन निर्माण विकास समितिका उपमहानिर्देशक पदम मैनालीले पाँच सहर बनाउने प्लानिङ प्रस्तुत गरेका थिए । छलफलमा उपमहानिर्देशक मैनालीले भने, ‘देशभरमा भरतपुरलाई चौथो सहरको रुपमा फोकस गरिएको छ ।’ मैनालीले पनि पाँचवटा सिटीको सहर बनाउन मोटामोटी दुई अर्ब रुपैयाँ लाग्ने योजना प्रस्तुत गरेका थिए । उनले यो काम सम्पन्न गर्न महानगरवासी सबैको समन्वयको आवश्यक पर्ने बताए । छलफल कार्यक्रममा भरतपुर महानगरका विभिन्न वडाध्यक्षहरुले आफ्नो वडाहरुको समस्या प्रस्तुत गरेका थिए । भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सडक निर्माणमा भ्रष्टाचार बढेको भन्दै डल्लबदेखि मान्द्रोसम्मको उदाहरण दिएका थिए । उनले भने, ‘बजेट डल्लबको पर्छ, सडक बन्ने बेलामा मान्द्रो बन्छ ।’ भरतपुर १४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले शिवनगर हेल्थपोष्टलाई ५१ शैयाको हस्पिटल बनाउन माग गरेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले असोजमा गर्ने काम असारे झरीमा भइरहेको बताए । वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले जग्गाको नापी हुनुपर्ने बताए । वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले गोन्द्राङमा ढलको समस्या भएको बताए । ७ नम्बरका वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्वास्थ्यचौकीको समस्या देखाएका थिए । कार्यक्रममा पत्रकार सूर्य बरालले ढलको समस्या प्रस्तुत गरे । चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले महानगरपालिकाले स्वेतपत्र जारी गर्नुपर्ने बताए । महानगरको गुरूयोजना बनाउन जोड कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई बहुआयामिक महानगरपालिका बनाउन एक सयदेखि दुईसय वर्षसम्मलाई हेरेर एउटा वृहत गुरूयोजना बनाउनपर्ने बताए । अध्यक्ष दाहालले भने, ‘दुईसय वर्षको विश्लेषण गरेर भरतपुरलाई एउटा बहुआयामिक सहर बनाउन गुरूयोजना बनाउन आवश्यक छ ।’ उनले संसारले हेर्न लायक महानगर बनाउन आफू सदैव लागिपर्ने बताए । अध्यक्ष दाहालले भरतपुरलाई पाँच सिटीको सहर बनाउनभन्दा पहिला व्यवस्थित रिङ रोड बनाउन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, ‘सुकुम्बासीलाई एकीकृत बस्तीको रुपमा विकास गर्नुपर्छ, सधैँ जग्गा दिएर सकिँदैन ।’ कार्यक्रममा सहरी विकास मन्त्री प्रभु शाहले भरतपुरलाई स्मार्ट सिटीको लागि आवश्यक पर्ने बजेट पार्न सकिने बताए । उनले भने, ‘हाम्रो पार्टी अध्यक्षले भरतपुरलाई विशेष रुपमा हेर्न भन्नुभएको छ, मैले विशेष रुपमा भरतपुरलाई हेरिरहेको छु ।’ उनले भरतपुरलाई बनाउन मन्त्रालयबाट सक्दो सहयोग हुने बताए । सांसद कृष्णभक्त पोख्रेलले चितवनमा कुनै योजना निर्माणको लागि सबैभन्दा पहिला गुरूयोजना बन्न आवश्यक परेको बताए । उनले भने, ‘अब हाम्रो एउटै मुद्दा समृद्ध महानगर हो ।’ मेघौली, पटिहानीलाई पर्यटकीय क्षेत्र बनाउनपर्ने, भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने उनले बताए । महानगरको जग्गा कुन टुक्र्याउने कुन नटुक्र्याउने भनेर छुट्याउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर महानगर सम्भावना बोकेको सहर भएको हुनाले यसलाई पाँच सिटीको सहर बनाउन आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘पाँच सिटीको सहरको लागि दुई अर्ब बजेट आउने भएको छ, यसमा ठोस योजना बनाउन जरुरी छ । सबैको सहकार्य आवश्यक छ ।’

उत्साहपूर्ण वातावरणमा मनोनय दर्ता

काठमाडौं, भदौ २१ । आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रियाअन्तर्गत प्रदेश नं. २ मा बुधबार उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । केही स्थानमा छिटफुट घटनाबाहेक २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मनोनयन दर्ता गराउने समय तोकिएको थियो । तर धेरैपदका लागि धेरै जनाको मनोनयन दर्ता गर्नुपर्ने भएकाले निर्वाचन कार्यालयको हातभित्र ५ बजेअघि प्रवेश गरेको मनोनय दर्ता कार्य जारी रहेको पनि आयोगले जनाएको छ ।

गौरा पर्बमा देउडामय बन्यो यूएई

यूएई, भदौ २० । सुदूरपश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको अवसर पारेर आयोजना गरेको ‘गौरा पर्ब २०१७’ कार्यक्रम गत १ सेप्टेम्बर २०१७ शुक्रबारका दिन  Abu Dhabi Folklore Theatre मा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अगाडि शुरु भएको कार्यक्रममा बिशेष अथितिमा नेपालबाट आएका बरिष्ठ देउडा गायक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद नरेन्द्रराज रेग्मी, चर्चित लोकदेउडा गायक महेशकुमार औजी, चर्चित लोकदेउडा गायिका पुष्पा बोहोरा र अन्तराष्ट्रिय नेपाली सुदूरपश्चेमेली समाजका सह–संयोजक लोकेन्द्रबहादुर बम सहभागी थिए । दर्शकहरूको भिडले खचाखच भरिएको हलभित्र औपचारिक कार्यक्रम दिप प्रज्वलन गरी समुद्घाटन गरे पश्चात राष्ट्र र राष्ट्रियतालाई सम्मान गर्दै राष्ट्रिय गानबाट शुरुवात गरिएको र सांस्कृतिक कार्यक्रम गौरादेबीको पूजा अर्चना गर्दै शुरुवात गरिएको सो कार्यक्रममा यूएईमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरू, बुद्धिजीवी, ब्याबसायी, कलाकार, पत्रकारको उल्लेखनिय उपस्थिती रहेको थियो । दुई चरणमा सम्पन्न भएको औपचारिक कार्यक्रम देउडा गीतका टुक्काहरु सुनाउदै लक्ष्मण अधिकारी र सांस्कृतिक कार्यक्रम लोकेन्द्र बहादुर बमले संचालन गरेका थिए, भने कार्यक्रममा संस्थाका उपाध्यक्ष देब कुँवरले उपस्थित अथिति तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य राखेका थिए । ब्याबस्थापनमा केहि तालमेल नमिलेर निर्धारित समय भन्दा लगभग २ घण्टा ढिलो शुरु भएर मन्द गतिमा अघाडि बढेको कार्यक्रमले नेपालबाट आउनु भएका राष्ट्रिय कलाकारहरु स्टेजमा आउन थालेपछि आफ्नो स्वरुप परिवर्तन गरेको थियो । कार्यक्रममा नेपालबाट आउनु भएका चित–परिचित बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले स्टेजमा आफ्नै अन्दाजमा प्रबेश गर्दै साउको ऋण बुझाउनु होइजाउ पैचोलाई तिर्‍री जाउ ठाडीभाका गाएर गाउकै बनपाखाको झलक्क याद दिलाएका थिए भने दसैं तिहार फर्केर आउने प्रदेशीको केई खबर नपाउने, चैर मुसी चैर, ओ तेरी मोबाईलकी घण्टी न्यारी जस्ता गीत गाएर उपस्थित दर्शकलाई छमछमी नचाउनुका साथै पुष्पा बोहोरालाई स्टेजमा बोलाएर लाईहाल कालो टिको देउडा दोहोरी गीत गाएर स्टेजबाट तल झर्दै सबैलाई देउडामा पैतल मिलाउन वाध्य बनाएका थिए । ्त्यस्तै चर्चित लोकदेउडा गायक महेश कुमार औजीले घुम बादल ओपीका रोल ठाडीभाका र जय जय जन्म भुमी, सुदूर पश्चिम स्वर्ग सरी, कलेजी कटाउन्या, काफल पाकन्ना न्याउली बासन्ना जस्ता मौलिक गीत गाएर दर्शकको ध्यान आफु तिर खिच्नुका साथै छम छम नाची देउ दादा मिलाउदेउ पैतली जस्ता एक से एक छलिया गीत गाएर पुरै हलको माहोल तताउदै सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए, महेश कुमार औजी कै गीतमा सुरज शाह र मनोज भट्ट ुसानुकाजीुले स्टेजमा नै गएर ढाल तरबार नचाएर नृत्य गरेको देखेर दर्शकहरु चकित भएका थिए । उक्त कार्यक्रममा युवाहरुको मुख्य आकर्षण रहेकी चर्चित लोकदेउडा गायिका पुष्पा बोहोराको नाम लिने बित्तिकै पुरै हल सिटीले गुन्जिएको थियो, पुष्पा बोहोराले बरातैका दिन आँखाकि चालमारी मेरा ब्याउलाले, मुई डोली चढ्न्या बेला, सोल्टी ज्यू, दुना टपरी जस्ता गीत गाउदै स्टेजबाट तल झर्दा उपस्थित युवाहरु त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोहि कम्मर मर्काएर छमछमी नाच्दै थिए भने कोहि सिटि बजाउदै आ(आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए । यूएईमा कार्यरत कलाकारहरुमा मोहन सिंह ठकुराठी, शारा देवी ठकुराठीबाट प्रस्तुत गरेको मार्मिक प्रस्तुती देखेर उपस्थित दर्शकका आँखा रसाएका थिए भने सुरज शाह र मनोज भट्ट ‘सानुकाजी’को टीमले गरेका नृत्यहरु देखेर कम्मर मर्काउदै छमछमी नाचेका थिए । आफ्नै भेष–भुषाहरु मखमली गुन्यु चोली, गलामा नौगेडी र तिलहरी, कपालमा डोरी र कम्मरमा पटुकी बाधेर सजिएका महिलाहरु र दौरासुरुवाल, शीरमा टोपी लगाएर हातमा ढाल तरबार बोकेर सजिएका पुरुषहरु देख्दा यूएईमा नभएर सुदूर पश्चिम कै कुनै एक गाउ(ठाउमा गौरा पर्ब हेरी रहेको जस्तो आभाश हुन्थ्यो । सात समुन्द्र पारी प्रबाशमा गौरा पर्बको अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्न पाउँदा उपस्थित सबै निकै उत्साहित देखिएका थिए भने बिरुडाको प्रशाद ग्रहण गर्दै सो कार्यक्रममा भएका घमाशान देउडा दोहोरी र मन छुने देउडा ठाडिभाका सँगै एक से एक नृत्य देखेर त्यसै चुप लागेर बस्न नसकि कोहि देउडामा पैतल मिलाउदै थिए, कोहि नाच्दै रमाउदै थिए, कोहि ताली बजाउदै थिए, कोहि सिटि बजाउदै आ–आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु बनाउनुमा नै मक्ख देखिन्थे । सोहि कार्यक्रममा नेपालबाट आउनु भएका बिशेष अथिति कलाकारहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाई बिशेष सम्मान गरिएको थियो भने राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरु पनि सम्मानपत्र सहित सम्मानित भएका थिए ।

एनआरएनए बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित

बेल्जियम, भदौ २०। गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई वर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धि श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन । बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन , उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठुला संगठनका साझा उमेदवार हुन । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समुहको नेतृत्व गरेका थिए । दाहाल जन प्रगतिशिल मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, बिप्लव (माओवादी)का तर्फबाट साझा उम्मेदवार बनाइएको थियो । कमजोर संगठनका बाबजुद निर्वाचनमा होमिएका दाहाललाई उनको काम गर्ने शैलीलाई देखिर लोकप्रिय मत पाएर बिजयी भएका हुन । सामजिक क्रियाकलापमा दृढ दाहालले नेपालका बिभिन्न ठाँउमा सामाजिक काम गरेका छन । उनले निर्वाचित भएसंगै नेपाली दाजुभाइ दिदीबहिनीलाई एनआरएनएको जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गरे । उनले सबैलाई मिलाएर यो सामाजिक अभियानमा लग्ने बिश्वास ब्यक्त गरे । छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजय भएका छन, प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजय भएका छन । महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिइन । महासचिवमा कोषाध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा निर्वाचित भएकी छन । कोषध्यक्षमा रोशन गुरुङ निर्वाचित भए, सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा निर्वाचित भएका छन । छैटौ अधिबेशनले महिला सचिवमा मुना ताम्राकारलाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीजकुमार श्रेष्ठ (सिलु सबै भन्दा बढी मत ल्याई बिजय भएका छन । त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ । निर्वाचित घोषण सभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियम सस्थापक अध्यक्ष रबिन्द्रमा श्रेष्ठ, महिला सह–संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आर्चाय, सह–संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पुर्व अध्यक्षहरु त्था बिभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । एनआरएनए बेल्जियमको नवनिर्वाचित अध्यक्ष लोक दाहालले कार्यक्रममा भने, ‘बेल्ज्यिमको छैटौं अधिवेशन अन्तर्गतको निर्वाचनमा अध्यक्षको उम्मेदवार म, लोक दाहाललाई सम्पूर्ण बेल्जियमवासी प्रिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अपार माया, विश्वास र भरोसा राखी अध्यक्ष जस्तो गरिमामय पदमा निवार्चित गराउनु भएकोले म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

प्रदेश न. २ मा कांग्रेस र माओबादीले थाले तालमेल

काठमाडौं, भदौ १९ । प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ । दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य भइरहेको छ । विशेष गरी एमालेले जित्ने सम्भावना भएका नगरपालिका र गाउँपालिकालाई तालमेलको प्राथमिकतामा राखिएको छ । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए । ‘केन्द्रमा त्यस्तो प्रयास भएको छैन, स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल गर्न अधिकार दिइएको छ,’ उनले भने । माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहले तालमेलबारे वार्ता चलिरहेको जानकारी दिए । ‘दुई पार्टीबीच वार्ता भइरहेको छ, तालमेल गर्ने सैद्धान्तिक कुरा भइसकेको छ, कुन–कुन स्थानमा गर्ने भन्नेबारे अन्तिम टुंगो लगाउँदै छौं ।’ दुवै दलमा उम्मेदवारका आकांक्षीको संख्या धेरै भएकाले त्यसलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । कांग्रेसले आइतबारसम्म १ सय १६ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टी संस्थापन उम्मेदवार छनोटमा एकलौटी बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । प्रदेश २ को उम्मेदवारको टुंगो लगाउन पार्टीले महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री विमलेन्द्र निधिसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मा लगाएको थियो । झन्डै २० दिनदेखि उम्मेदवार चयनका लागि कांग्रेसले निरन्तर बैठक राख्दै आएको छ । बैठकमा सहमति भएका स्थानमा समेत पार्टी संस्थापन पक्षले निर्णय परिवर्तन गरी आफ्ना निकटलाई उम्मेदवार बनाएको भन्दै महामन्त्री कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरू शनिबार बैठक छाडेर निस्केका थिए । आइतबार महामन्त्री कोइराला पोखरा गएकाले बैठक बसेन । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार महामन्त्री फर्केलगत्तै बाँकी स्थानको टुंगो लगाइनेछ । उनले सभापति देउवाको निर्देशनअनुसार टुंगिएका १ सय १६ स्थानीय तहका उम्मेदवारको टिकट सम्बन्धित जिल्लाका पार्टी सभापतिमार्फत पठाइएको बताए । पौडेल पक्षले सप्तरी, सिरहालगायत स्थानमा पूर्वसहमति उल्टाउन खोजिएको आरोप लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट उम्मेदवार चयनमा निर्णय लिन पूर्वमहामन्त्री निधिलाई जिम्मा दिएका छन् । धनुषा निवासी निधिले प्रदेश २ मा आफ्नो राजनीतिक प्रभाव बढाउन आफू निकटलाई उम्मेदवार बनाउने काम भएको भन्दै पौडेल पक्षीय नेता चिढिएका हुन् । ‘यसरी गयो भने चुनावलाई नराम्रो असर गर्छ,’ पौडेल निकट एक नेताले भने, ‘१ सय ३६ स्थानमा केही सिट छाडेर सबै आफ्नै पक्षकालाई दिने प्रयास भएको छ ।’ यसैबीच, राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारसम्म ६ वटा जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाएको छ । उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा ८ वटै जिल्लामा उच्चस्तरीय समितिले काम गरिरहेका छन् । राजपा महासचिव केशव झाका अनुसार ८० प्रतिशतजतिमा सहमति भइसकेको दाबी गर्दै बाँकी मंगलबारसम्म टुंगो लाग्ने बताए । आइतबार धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साबाट उम्मेदवारको सिफारिस केन्द्रमा आएको छ । सिरहा र रौतहटको सूची सोमबारसम्म आइपुग्ने झाले बताए । कतिपय ठाउँमा तीन जना र त्यसभन्दा बढी नाम केन्द्रमा आएको छ । स्थानीय संयन्त्रबाट आएका नाममध्ये अध्यक्षमण्डलको बैठकबाट टुंगो लगाउने गरी छलफल भइरहेको झाले बताए । वीरगन्ज महानगरपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने विवाद राजपामा अझै छ । स्थानीय संयन्त्रले राजेशमान सिंह, विमल श्रीवास्तव र सुरेन्द्रप्रसाद कुर्मीको नाम पठाइसकेको छ । -कान्तिपुरबाट

बिरगञ्जबाट पनि लखेटिए माधव नेपाल

बिरगंज, भदौ १६। एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री मधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन । एमाले तर्फबाट बिरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन अन्सारी र सोफिया आचार्यलाई साथमा लिएर चुनावी प्रचार प्रसारको क्रममा मुर्लिमा घरदैलो गर्न पुगेका नेपाल सहितको नेता र कार्यकर्ताहरुलाई स्थानीयले लखेटेका हुन । एमाले मधेस विरोधी पार्टी रहेको र मधेसी जनतालाई अधिकार सम्पन्न गराउन नमानेकोले उसलाई मधेसबाट नै बहिष्कार गर्नुपर्ने नारा लगाउदै स्थानीयले लखेटेका हुन । मधेसीले अधिकार माग गर्दा एमालेले सम्पुर्ण मधेसीलाइ अपमानित गर्दै बिहारी भन्ने र अहिले चुनाव आउदा हामी सबै नेपाली हो भन्ने दोहोरो चरीत्र देखाएकाले उसलाई मधेसी जनताले कुनै पनि हालतमा आफ्नो मत नदिने स्थानीयले बताएका छ्न । यसअघि गएको मंगलबार पनि नेता नेपाललाई जनकपुरमा मधेसी जनताले दूरव्यवहार गरेका थिए ।

बसमा २० किलोभन्दा बढी सामान बोक्न प्रतिबन्ध

काठमाडौं, भदौं १६ । दशैंमा बसबाट घर जाने यात्रुले २० किलोग्राम भन्दा बढी तौल भएका झोला(व्याग) तथा सामान लान नपाउने भएका छन । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रवार यस्तो निर्णय गरेको हो । विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । तर २० किलोभन्दा बढी तौलको वस्तु बसमा राखेर यात्रुले लैजान पाउने छैनन । त्यो भन्दा बढी सामान लानु पर्ने भए कुरियर वा मालबहाक सवारीमा लैजान विभाग भनेको छ । त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ ।व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ । तर, व्यवसायीले भने यस्तो व्यवस्थाले उपभोक्तालाई नै असर गर्ने जनाएका छन्

जनकपुर र दाङमा प्रदेश प्रहरीको कार्यालय

काठमाडौं, भदौ १४ । बुधबारदेखि सबै प्रदेशमा एआइजीहरूले कमान्ड सम्हाल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा खटाइएका एआइजीलाई रमाना दिएको छ । प्रदेश नं. २ र ५ मा कहाँ कार्यालय राख्ने टुंगो नलाग्दा एआइजीहरू कार्यक्षेत्रमा गएका थिएनन् । सोमबार गृहले प्रदेश नं. २ को जनकपुर तथा ५ को दाङमा प्रदेश प्रहरीको कार्यालय राख्ने निर्णय गरेपछि एआइजीहरू खटिन लागेका हुन् । गृहले प्रदेश प्रहरीको कार्यालय राख्ने स्थानको बारेमा निर्णय गरी जानकारी पठाएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले बताए । कार्यालय टुंगो छैन ५ नम्बर प्रदेशमा तुलसीपुरस्थित संघीय प्रहरी इकाईको कार्यालय(पहलिाको अंचल प्रहरी कार्यालय)मा प्रदेश प्रहरीको कार्यालय राख्ने तय भएको छ । सोही अनुसार तयारी गरिएको छ । तर २ नम्बर प्रदेशमा एआईजीको कार्यालय र निवास दुवै तय गरिएको छ । एआईजीको गाडि मंगलबार ने पठाइएको छ, तर एआईजी बस्ने ठाउँ भने तय भएको छैन । आफुहरुले प्रदेश प्रहरीको कार्यालयका लागि भाडाको घर खोजेपछि नमिलेको एसएसपी सुभाषचन्द्र चौधरीले बताए । अन्य ५ वटा प्रदेशमा भने पहिला क्षेत्रीय प्रहरी कार्यालय रहेकै ठाउँमा प्रदेश प्रहरीको कार्यालय रहन्छन् । एक नम्बरको विराटनगर, तीन नम्बरको हेटोंडा, चार नम्बरको पोखरा, ६ नम्बरको सुर्खेत तथा सात नम्बरको धनगढीमा प्रहरी प्रहरीको कार्यालय रहनेछन् । संघीय प्रहरी ऐन नबन्दै एआईजीलाई प्रदेश इन्चार्जमा खटाइएको भन्दै आलोचना भइरहेको छ । सरकारले एक नम्बरमा पशुपती उपाध्यय, दुई नम्बरमा बिजयलाल कायस्थ, तीन नम्बरमा केशरीराज घिमिरे, चार नम्बरमा कमलसिंह बम, पा“च नम्बरमा मिङमार लामा, ६ नम्बरमा रण बहादुर चन्द तथा सात नम्बर प्रदेशमा बिजय भट्टलाई खटाएको छ । प्रस्तावित संघीय संरचनामा प्रहरीको असन्तुष्टि गृह मन्त्रालयले प्रस्ताव गरेको प्रहरीको संघीय संरचनाको प्रस्तावप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ । संघीय प्रहरीको प्रमुखमा महानिरीक्षक तथा प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक राख्ने प्रस्ताव अघि बढाएकामा प्रहरीले असन्तुष्टि जनाएको हो । प्रहरीले संघीय प्रहरीको प्रमुखमा महानिर्देशक तथा प्रदेश प्रहरीको प्रमुखमा महानिरीक्षक राख्न सुझाब दिएको थियो । तर, गृहले बनाएको मस्यौदामा महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको प्रस्ताव छ । जसले प्रहरीलाई कमजोर बनाउने प्रहरी अधिकारीको चिन्ता छ । संघीय प्रहरी ऐनलाई टुंगो लगाउन गृहले प्रहरीसँग फेरि राय मागेको छ । जसक्रममा बिहीबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एआइजी, डिआइजी र एसएसपीहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा सबैजसोले केन्द्रमा महानिरीक्षक र प्रदेशमा अतिरिक्त महानिरीक्षक राख्दा संघीयतामा प्रहरी कमजोर हुने बताएका थिए । पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना अध्यक्षताको कार्यदलले पनि गत वर्ष केन्द्रमा महानिर्देशक र प्रादेशिक प्रहरी प्रमुखमा महानिरीक्षक नै राख्न सिफारिस गरेको थियो । कार्यदलको प्रतिवेदन तथा प्रहरीको सुझाबविपरीत संघीय प्रहरी ऐनको मस्यौदा बनेको भन्दै प्रहरी अधिकारीहरूले गृहमन्त्रीसँग गुनासो गरेका छन् । सिनियर अधिकारीको सरुवा केन्द्रबाटै गर्न सुझाब छलफलमा इन्सपेक्टर वा त्यसभन्दा माथिका प्रहरी अधिकारीको सरुवाको अधिकार केन्द्रलाई नै दिनुपर्ने सुझाब दिएका छन् । प्रदेश सरकारलाई जुनियर प्रहरी सरुवाको अधिकार मात्र दिनुपर्ने प्रहरी अधिकारीहरूको जोड छ । त्यस्तै, सबै प्रदेशका प्रहरीको एउटै पोसाक र बराबर सेवा सुविधा हुनुपर्ने सुझाब वरिष्ठ प्रहरी अधिकारीहरूको छ । संघीय प्रहरी ऐनको मस्यौदाबारे प्रहरी मुख्यालयमा छलफल जारी नै रहेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए । ‘सुझाब लिने काम भइरहेको छ,’ उनले भने । गृहका कर्मचारीहरूले आफ्नो स्वार्थका लागि केन्द्रमा महानिरीक्षक मात्र राख्ने प्रस्ताव राखेको स्रोत बताउँछ । महानिर्देशक राख्दा मर्यादाक्रममा गृहसचिवभन्दा एक तहमाथि हुने भएकाले उनीहरूले केन्द्रीय प्रहरीको प्रमुखमा महानिर्देशक राख्नुपर्ने प्रस्ताव राखेका हुन् । त्यस्तै, ३० वर्षे सेवा हदको विषयमा भने प्रहरी अधिकारीहरूको मत बा“झिएको छ । एआइजीहरूले ३० वर्षे सेवा हद हटाउनुपर्नेमा जोड दिएकोमा डिआइजी र एसएसपीहरूले भने वृत्ति विकास योजना नबनाई ३० वर्षे सेवा हद हटाउन नहुने बताएका छन् । एआइजीहरू आगामी चैतदेखि नै अवकाश पाउने भएकाले उनीहरूले भने हटाउन लबिङ गर्दै आएका छन् । संघीय प्रहरी ऐनमा नै उमेर हदसम्बन्धी प्रावधान राख्न लागिएको छ । गृहमन्त्री जनार्दन शर्माले पनि संघीय प्रहरी ऐनबारे वरिष्ठ प्रहरी अधिकारीलाई गृहमा बोलाएर दुई चरण छलफल गरिसकेका छन् । उक्त छलफलमा पनि केन्द्रीय प्रहरीको प्रमुखमा महानिर्देशक राख्नुपर्ने सुझाब दिएका थिए । संघीय प्रहरी ऐन नआउँदै सरकारले नेपाल प्रहरीका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइसकेको छ । तर, काम र कार्यालयको विषयमा अन्योल हुँदा एआइजीहरू प्रदेश गएका छैनन् । सशस्त्र पनि संघीय संरचनाको गृहकार्यमा नेपाल प्रहरीका एआइजीलाई प्रदेश प्रहरीको इन्चार्ज बनाएर पठाएपछि सशस्त्र प्रहरी बलले पनि संगठनलाई प्रदेश संरचनामा लैजान गृहकार्य सुरु गरेको छ । जसका लागि एआइजीको ६ वटा दरबन्दी थप्ने प्रक्रिया अघि बढाइएको छ । सशस्त्रले प्रदेशमा ७ वटा र केन्द्रमा चारवटा एआइजी आवश्यक हुने संरचना बनाएको छ । अर्धसैन्य संरचनाको सशस्त्र संघीयतामा पनि केन्द्रीय संरचनामै रहने भएको छ । प्रदेशमा एआइजीको कमान्डमा बाहिनीहरू स्थापना गर्न लागिएको छ । सशस्त्रको पनि हाल उपत्यका र पाँच क्षेत्रमा बाहिनी छ । संघीय संरचनाका लागि आफूहरूले आन्तरिक तयारी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजु अर्यालले बताए । सशस्त्रले पनि संघीयता दरबन्दी थपको प्रस्ताव अघि सारेको छ । नेपाल प्रहरीले संघीय संरचना जाँदा १९ हजार दरबन्दी थप हुनुपर्ने प्रस्ताव राखेको छ । -नयाँ पत्रिकाबाट

प्रधानन्यायाधीश र न्यायाधीशको तलब–भत्ता कति तोकिँदै छ?

काठमाडौं, भदौ १४ ।  सरकारले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको तलब–भत्ता ऐनमार्फत व्यवस्था गर्न लागेको छ । संसद्को विधायन समितिको उपसमितिले यसमाथि छलफल गरिरहेको छ । विधायन समिति सभापति गंगा चौधरी सत्गौवाले छलफल अन्तिम चरणमा रहेको बताइन् । समितिले पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धमा सरकारले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिन पूर्वकानुनमन्त्री अग्नि खरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति बनाएको छ । ‘विधेयकमा व्यवस्था गरिएको न्यायाधीशहरूको सेवा–सुविधासँग गाँसिएका विषयमा केही संशोधन गर्नुपर्ने देखिन्छ । यसबारे उपसमितिले सर्वोच्च अदालत, कानुन मन्त्रालय र अर्थ मन्त्रालयलाई छलफल गर्न भनेअनुसार छिटै निष्कर्ष आउनेछ,’ खरेलले भने । सेवा–सुविधा संघीय ऐनबमोजिम हुने व्यवस्था संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको पारिश्रमिक तथा सेवा–सुविधा संघीय ऐनबमोजिम हुने व्यवस्था छ । तर, संविधान जारी भएको २३ महिना पुगिसक्दासमेत यससम्बन्धी ऐन बन्न सकेको छैन । अहिले पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा न्यायाधीशहरूले मन्त्रिपरिषद्ले तोकेअनुसार तलब–भत्ता पाउँदै आएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको तलब–भत्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएर कानुन बन्ने अन्तिम तयारीमा छ । तर, प्रधानन्यायाधीश तथा न्यायाधीशको सेवा–सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अझै संसद्मा पुग्न सकेको छैन । सरकारले सर्वोच्च अदालतको परामर्शमा प्रत्येक तीन वर्षमा प्रधानन्यायाधीश र न्यायाधीशको पारिश्रमिकमा पुनरावलोकन गर्न सक्ने कानुनको मस्यौदामा उल्लेख छ । सरकारले विधेयक ल्याउन ढिलो गरिरहेको छ : संयोजक, अग्नि खरेल संसदीय उपसमिति संयोजक अग्नि खरेलले ७ माघमा वर्तमान संसद्को समयसीमा सकिने भएकाले त्यसअघि टुंगो लगाउनुपर्ने कानुन सरकारले ल्याउन ढिलो गरिरहेको बताए । संविधान जारी भएको दुई वर्ष पुग्न लाग्दा तीन वर्षभित्र बनाइसक्नुपर्ने कानुन बनाउन अझै सुरसार नभएको उनको भनाइ छ । ‘कार्यविभाजनको हिसाबमा विभिन्न मन्त्रालयले विधेयक ल्याउने भए पनि कानुन मन्त्रालयले नेतृत्व गर्ने हो । कानुन मन्त्रालयले के–कस्तो नेतृत्व लिइरहेको छ र अन्य मन्त्रालयलाई विधेयक सम्बन्धमा कत्तिको परामर्श गरिरहेको छ भन्ने महत्वपूर्ण कुरा हो । आगामी ७ माघमा संसद्को समयसीमा सकिँदै गर्दा बन्नुपर्ने जे–जति कानुन हुन्, त्यसप्रति समेत सरकार गम्भीर बनेको देखिँदैन,’ पूर्वकानुनमन्त्रीसमेत रहेका विधायन उपसमिति संयोजक खरेलले भने । -नयाँपत्रिकाबाट

ज्यान दिने भेटिएपछि मोडेल सम्पदा मख्ख, भिडियोसहित

काठमाडौं, भदौं १० । ‘तिम्रा लागि यो ठाउँ छोडी, सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म।।’ बोलको गजलको म्युजिक भिडियो युट्युवमार्फत् सार्वजनिक भएको हो। गजलको रचनाकार सञ्चारकर्मी गोपीकृष्ण ढुंगाना हुन । ‘द डिभाइन म्युजिक’ ले तयार पारेको भिडियोको एरेन्ज र संगीत अर्जुन पोखरेल रहेको छ भने भुवन रावत ‘क्षितिज’ को स्वर रहेको छ । म्युजिक भिडियोमा गायक रावत स्वयमले लगानी गरेका छन। भिडियोमा हट मोडल सम्पदा बाँनियाले अभिनय गरेकी छन्। मोडल सम्पदाको प्रेमिको रुपमा मोडल प्रमोदले अभिनय गरेका छन्। विभोर पोखरेलको निर्देशनमा बनेको भिडियोको छायांकन बलराम बुढाथोकीले गरेका हुन्। https://youtu.be/d3jL8uOPXtU

पढाैँ नेपाल र भारतको ४६ बुँदे संयुक्त वक्तव्य

 प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ४६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । दुई देशका प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा भेट भएको साँझ नै संयुक्त वक्तव्य आएको हो । संयुक्त वक्तव्यको पूर्णपाठ   India-Nepal Joint Statement during the State Visit of Prime Minister of Nepal to India.pdf – Google Drive

लागुऔषध बेचेर लाखौंको लगानी शेयर बजारमा

भाद्र ८, पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्ष भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो । विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालका नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो । गत वर्ष असार २ देखि असोज २७ सम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको थप सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लिखित उक्त सेयर श्रुति अग्रवालका नाममा किनिएको देखिन्छ ।  स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुछिएको औषधि कम्पनीको नाम भेटियो । प्रिमो सेक्युरिटिजबाटै एसआर ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ । *** प्रिमोबाटै सुधा अग्रवालका नाममा विभिन्न मितिमा ४ करोड ६४ लाख रुपैयाँको सेयर बिक्री भएको छ । शंकाको घेरामा रहेको सनग्लो इन्भेस्टमेन्ट नामको अर्को कम्पनीबाट ५४ लाख ४६ हजार रुपैयाँ सेयर बिक्री भएको देखिन्छ । त्यसैगरी अर्का ‘शंकास्पद व्यक्ति’ भिवान अग्रवालका नाममा २ करोड ५८ लाख रुपैयाँको सेयर खरिद भएको छ ।  *** कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, जनकराज सापकोटाले लेखेको समाचारमा अगाडि उल्लेख छ– गत वर्ष प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोले काठमाडौंको एसआर ल्याबरोटरी, ललितपुरको आर्या फर्मास्युटिकल्स र धादिङको टौरस फर्मास्युटिकल कम्पनीमा एकसाथ छापा मार्‍यो । ती कम्पनीले औषधि बनाउन आयात गरेको लागूऔषधको कच्चा पदार्थ अन्यत्र बिक्री गरेको पत्ता लाग्यो । ब्युरोका अनुसार औषधि बनाउने भन्दै नेपाल भित्र्याइएको ‘प्रिक्रसर केमिकल्स’ लागूऔषध कारोबारीलाई बेचेर कम्पनीहरूले ४ अर्बभन्दा धेरै आर्जन गरेको देखिन्छ । यति गम्भीर मुद्दामा ब्युरोले उनीहरूको खातामाथि सतही अनुसन्धान गरेर औपचारिक प्रक्रिया त पूरा गर्‍यो तर उजुरीमै समावेश ठूलो कारोबारको विवरण नष्ट गरियो । मुद्दा कमजोर बनाएको आरोपमा सरकारी वकिलहरू कारबाहीमा परे । मिलेमतोमै प्रहरी अनुसन्धान फितलो पारिएको खुल्दै गएको छ । कारोबार नै हेरिएन  एउटै सेयर ब्रोकर कम्पनीबाट बारम्बार कारोबार गरेका व्यक्तिमध्ये केहीको नाम गत वर्ष लागूऔषध विवादमा मुछिएको कम्पनी र सञ्चालकका नामसँग हुबहु मिल्छ । औषधि उत्पादक एसआर ड्रग आफैं सेयर कारोबारमा संलग्न देखिन्छ । श्रुति अग्रवाल त्यसकी सञ्चालक हुन् । ब्युरो स्रोतका अनुसार पुष्पा, सुधालगायत एसआर सञ्चालकका नातेदार हुन् । सेयर कारोबारमा नाम जोडिएकी पुष्पा सञ्जय अग्रवालकी र सुधा मधुसूदन अग्रवालकी श्रीमती हुन् । अर्का कारोबारी भिवान श्रुति र अमित अग्रवालका छोरा हुन् । ठूलो संख्यामा सेयरलगायत लगानी र कारोबार हुँदासमेत मिलेमतोमा यो तथ्य लुकाएको भेटिएको छ । यीबाहेक आयाम, आशिष तथा स्वातीका नाममा समेत सेयर रहेको प्रहरीस्रोतले जनायो । लागूऔषध विवादमा मुछिएपछि यी सञ्चालकले आफ्नो र कम्पनीका नाममा रहेको सबै सेयर बेचिसकेका छन् । औषधि उत्पादक कम्पनीले आफ्नो आम्दानी सेयरमा लगानी गरेको सूचना ब्युरोलाई नभएको होइन । स्रोतका अनुसार ब्युरोले सूचना लुकाएकै कारण मुद्दा कमजोर हुन पुग्यो । ‘लागूऔषधमा भएको अनियमितता, तिनका सञ्चालकको नामावली र उनीहरूले गरेको लगानीको विवरणसमेत हामीकहाँ उजुरीका रूपमा आएको रहेछ,’ उच्च प्रहरी अधिकारीले कान्तिपुरसित भने, ‘तर ब्युरोका तत्कालीन उच्च अधिकारीको आदेशमा लागूऔषध अनुसन्धान ब्युरोमा आएको सम्पत्ति र लगानीको विवरण नष्ट गरियो । अन्यत्र उनीहरूको सम्पत्ति र कारोबार खोजेजस्तो गरेर केही नभेटिएको भनी आरोपपत्र तयार गरियो ।’ एसआर, आर्या र टौरस कम्पनीका सञ्चालकमध्ये केही साझेदार छन् भने अरू नजिकका नातेदार हुन् । तीमध्ये एसआर र टौरस सञ्चालकको ठूलो कारोबार प्रहरीकै मिलेमतोमा लुकाइएको हो । केही सरकारी वकिलकै मिलेमतोमा मुद्दासमेत कमजोर बनाइयो । सञ्चालक तथा कम्पनीको खाता विवरण हेर्दा कारोबार अत्यन्त अपत्यारिलो देखिन्छ । अर्बौंको परिमाणमा कच्चा पदार्थ खरिद गरेको एसआरको खातामा २ लाख ८१ हजार रुपैयाँ मात्रै मौज्दात देखिएको थियो । जब कि उसले करोडौंमा गरेको सेयर कारोबार ब्युरोले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छैन । सञ्चालकहरूको विभिन्न बैंक खातामा रहेको एकमुष्ट रकमसमेत अपत्यारिलो छ । अमितका पाँचवटा खातामा जम्मा ६२ हजार रुपैयाँ मौज्दात छ । मधुसूदनको खातामा करिब ४ लाख तथा सञ्जयकुमार गुप्ताको खातामा एक लाख रुपैयाँ फेला परेको छ । आशिष अग्रवालका खातामा १८ लाख १४ हजार ९ सय ७८ मात्रै छ । प्रहरीले उनीहरूको सम्पर्क र सञ्जालमा रहेकाहरूको कारोबार र अन्य प्रमाण संकलन नै नगरी केवल सञ्चालकको खाता विवरण मात्रै उल्लेख गरेको हो । सरकारी वकिल पनि मुद्दा कमजोर बनाएको आरोपमा महान्यायाधिवक्ता कार्यालयले तीन सरकारी वकिलमाथि प्रक्रिया अघि बढाए पनि एक जना मात्रै कारबाहीमा परे । काठमाडौंका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई मन्त्रिपरिषद्ले गरेको निलम्बन सर्वोच्च अदालतले यथास्थितिमा राखेको छ । उनलाई महान्यायाधिवक्ता कार्यालयले डोटी सरुवा गरेको छ । उस्तै आरोपमा मुछिएका अरू दुई जना भने कारबाहीमा परेनन् । ललितपुरका सरकारी वकिल ईश्वरीप्रसाद बञ्जाडे पनि विवादमा तानिएका थिए । स्पष्ट नाम, ठेगाना खुलेका व्यक्तिलाई समेत उनले ‘नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको’ उल्लेख गरी उन्मुक्ति दिएको भेटिएको थियो । रतनलाल संघाई र मोहित हलानसहित आठ जनालाई प्रतिवादी बनाइएको आर्या फर्मा ल्याबको लागूऔषध मुद्दामा शंकरलाल हलानबारे उनले द्वैध अर्थ लाग्ने विवरण उल्लेख गरेका छन् । ‘शंकर हलानको प्रस्ट नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको हुँदा पछि यकिन खुलेका बखत पूरक अभियोगपत्र पेस गरिने’ आरोपपत्रमा भनिएको छ । तर, आरोपपत्रकै अभियुक्तहरूका नाममा भने ‘दुगरमल हलानको नाति, शंकरलाल हलानको छोरा, पर्सा वीरगन्ज उपमहानगरपालिका १३ आदर्शनगर ठेगाना भएको आर्य फर्मा ल्याब प्रालिका डाइरेक्टर भनी नागरिकता नम्बरसहित मोहित हलान’ को विवरण उल्लेख थियो । धादिङको धार्केमा पनि यिनै सञ्चालकहरूको टोरस नामक औषधि उत्पादक कम्पनीको मुद्दा कमजोर बनाएको आरोपमा धादिङका सरकारी वकिल कार्यालय प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारी विवादमा परे । ब्युरोले धादिङ प्रहरीमार्फत मधुसूदनबाहेकका चार जनाले नै टोरस कम्पनीमार्फत रासायनिक पदार्थ लागूऔषधका रूपमा दुरुपयोग गरेको भन्दै सोही आरोपमा मुद्दा चलाउन राय दिएकामा अधिकारीले तीन जनालाई मात्रै मुद्दा चलाएका थिए । ‘गत वर्षको लागूऔषध रसायन दुरुपयोग घटनामा प्रहरीदेखि सरकारी वकिलसम्म कसैले पनि आफ्नो जिम्मेवारी सही रूपमा निर्वाह नगरेको देखिन्छ,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘प्रहरीको व्यवहारमाथि अनुसन्धान भएको छैन भने सरकारी वकिलमाथि अरू अनुसन्धानसमेत बीचैमा रोकिएका छन् ।’ भिडियो पनि गायब  ब्युरोले ‘स्युडोइफ्रिडन’ को अवैध कारोबारमाथिको अनुसन्धान बारा, सिमरामा फ्याक्ट्री रहेको आर्या फर्माबाट सुरु गरेको थियो । दोस्रो चरणको अनुसन्धानमा मात्रै ब्युरोले एसआर र टौरसमा छापा मारेको थियो । यसबीच प्रहरीले सुराकीका आधारमा कमलपोखरी सिटी सेन्टर नजिकै आर्या फर्मा ल्याब प्रालिका सञ्चालक दिलीप पण्डितलाई पनि पक्राउ गर्‍यो । पण्डितकै सूचनाका आधारमा पवन सांघाईले ललितपुरमा सञ्चालन गरेको प्लास्टिक फ्याक्ट्रीबाट ४ सय ७१ किलो ८८ ग्राम लागूऔषध बरामद भयो । अन्य कम्पनीमा छापा मार्दा पनि प्रहरीले पण्डितले दिएको सूचना उपयोग गरेको थियो । पण्डितले बयान फेर्न सक्ने आशंकामा ब्युरोले भिडियोमा समेत रेकर्ड गरेको थियो । स्रोतका अनुसार बयानमा पण्डितले औषधि व्यवस्था विभागका केही उच्च अधिकारी साथै अन्य केही सरकारी अधिकारी अवैध कारोबारबारे जानकार रहेको बताएका थिए । उनले ती अधिकारीसँगकै मिलेमतोमा ठूलो परिमाणमा कच्चा पदार्थ भित्र्याउन सफल भएको तथ्यसहितको बयान दिएका थिए । ब्युरोले सुरुमा सोही बयानलाई अनुसन्धान प्रतिवेदनमा राख्ने र त्यसका आधारमा थप अध्ययन गर्ने योजना बनाएको थियो । पछि एकाएक भिडियो रेकर्ड गायब बनाइयो । प्रहरी प्रतिवेदनमा त्यसबारे कुनै उल्लेख भएन । ब्युरोकै उपल्ला अधिकारी उक्त भिडियो कहाँ छ भन्नेबारे अनभिज्ञता दर्साउँछन् । घटना छानबिन गरिरहेका महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी आवश्यक परे प्रहरी अनुसन्धानकै विषय पनि छानबिन हुने बताउँछन् । ‘पक्कै केही गडबडी देखिन्छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘अहिले हाम्रो छानबिन सरकारी वकिलको भूमिकामा केन्द्रित छ तर घटनाको प्रकृति हेर्दा प्रहरी अनुसन्धानसम्म पुगेर छानबिन हुनुपर्ने देखिन्छ ।’ यो गम्भीर मुद्दामाथि उच्च प्रहरी अधिकारीहरूको पनि स्वार्थ बाझिएको छ । स्रोत भन्छ, ‘ब्युरोमा जिम्मेवारी बदली भएलगत्तै यो मुद्दा फेरि ब्यँ‘ताउने प्रयास भएको थियो । सादा पोसाकका केही प्रहरी अधिकारी परिचालन गरी औषधि उत्पादक कम्पनी सम्बद्ध मान्छेमाथि निगरानी पनि बढाइएको थियो । तर, केही समयमै प्रहरी अनुसन्धानबाट फेरि पछाडि हट्यो ।’ कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, जनकराज सापकोटाले लेखेको समाचार

के-के छन प्रधानमन्त्रीका भारत भ्रमणका तीन एजेण्डामा ?

काठमाडौं, भदौं ६ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको एजेण्डा तय भएको छ। भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाले तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। सरकारले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणमा सहयोगसहित भारतले गरेको प्रतिबद्धता, पुराना सन्धिसम्झौता, लक्ष्मणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गरिने कार्यसूची तय गरिसकेको छ। प्रधानमन्त्री देउवाका साथमा उहाँकी पत्नी डा आरजु राणा, उपप्रधानमन्त्री महरा, मन्त्री, सांसद, सचिव तथा उच्चसरकारी अधिकारी रहनेछन्। भ्रमणका बेला प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुका साथै आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्ने पराष्ट्र मन्त्रालयले जनाएको छ। ुभूकम्पपछिको पुनःनिर्माणमा सहयोग प्याकेज, घर टहरा निर्माण, तराईमा सडक निर्माण सञ्जाल विस्तार, मेची पुलको स्तरोन्नति तथा निर्माण, लागुऔषध कारोवार नियन्त्रण र व्यापारिक वस्तुको गुणस्तर मापनसम्बन्धी विषयमा सम्झौता हुनेछ,ु परराष्ट्रमन्त्री महराले भने। केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरी बाढीपहिराबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै भारु २५ करोड अनुदान सहयोगको घोषणा गरेका थिए। भ्रमणका क्रममा अनुदान सहयोग अन्तर्गत १० करोड भारतीय रुपैयाँ र घरटहरा निर्माणका लागि ५ करोड पुरातात्विक सम्पदा निर्माण, ५ करोड शिक्षा स्वास्थ्यमा सहयोग पुग्ने गरी ५ करोड रुपैयाँ बराबरको सम्झौता हुने मन्त्रालयले जनाएको छ। ुअरुण तेस्रो जलविद्युत् परियोजनाका सम्बन्धमा भने दुई पक्षबीच छलफल टुंगिएपछि मात्र त्यसमा सम्झौता हुन सक्छ,ु उनले भने। दुवै मुलुकका पुराना सन्धिसम्झौता कार्यान्वयनको विषय छलफलका रुपमा मात्र उठ्ने बताउँदै उपप्रधानमन्त्री महराले त्यसबाहेक सिमानामा रहेका बाँध तथा चुरे संरक्षणसँग सम्बन्धित विषयमा पनि छलफल हुने बताए। दोक्लम विवादका विषयमा भने भारतमा कुनै पनि छलफल नहुने परराष्ट्रमन्त्री महराले बताए। उपप्रधानमन्त्री महराले द्विपक्षीय समस्या शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समाधान हुनुपर्छ भन्ने नेपालको स्पष्ट धारणा रहेको बताए उपप्रधानमन्त्री महराले भने,’द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्नुपर्छ भन्ने नेपालको स्पष्ट धारणा छ, जुन कुराको दुवै देशले सम्मान गरेका छन् र यो कुरा दुवै देशले बुझेका पनि छन्।’ बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि केही प्राविधिक पक्षका बारेमा दुवै मुलुकबीच काम भइरहेको उहाँको भनाइ थियो। फरक प्रसंगमा उहाँले नेपाल भारतबीच विगतमा भएका सन्धिसम्झौताको पुनरवलोकनका सम्बन्धमा दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको र उक्त काम सकारात्मक रुपमा अघि बढिरहेको बताए। गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो। उनले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसक्नुभएको छ । रासस

ह्वीप उल्लंघन गर्ने १८ सांसदलाई राप्रपाद्वारा कारबाही

काठमाडौं, भदौं ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको व्हिप उलंघन गर्ने १८ जना साँसदलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी संसदीय दलको सिंहदरवारस्थित कार्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति, संसदीय दल, कार्यसम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले ह्वीप उल्लंघन गर्ने १८ सांसदलाई प्रमुख सचेतकको प्रतिवेदनको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सोमबार व्यवस्थापिका संसदमा भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा राप्रपाका सांसदहरु दिपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, रेशम लामा, वविना मोक्तान लावती, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पाशवान, रामकुमार सुव्वा, आनन्दीदेवी पन्त, इश्तियाक अहमद खान,गिता सिंह, सरोज शर्मा, सिता लुइटेल (ज्ञवाली), कमलादेवी शर्मा, विराज विष्ट, धानोदेवी महरा र सइन्द्र बान्तवा अनुपस्थित भएका थिए । उनीहरु राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठनको प्रक्रिया सुरु गरेका पशुपति शमशेर राणाको पक्षमा लागेकाले ह्वीप उलंघन गरेका हुन ।

शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउनुस् : आयोग

काठमाडौं भदौ २। निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन अवधिमा शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले निर्वाचनका समयमा कुनै विष्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । अनुमति प्राप्त व्यक्तिका नाममा रहेको बन्दूक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउन तथा निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरण कार्यमा पूर्ण बन्देज गर्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई भनेको छ । आयोगले निर्वाचन बिथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिलाई केही सार्वजनिक (अपराध र सजाय) ऐनबमोजिम प्रहरी निगरानीमा राखी आवश्यकतानुसार नियन्त्रण गर्न पनि सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।