नेपालको इतिहास – एक माक्र्सवादी दुष्ट्रीकोण पुस्तक विमोचनमा अध्यक्ष प्रचण्डको सम्बोधन, लाइभ भिडियो

काठमाडौं, फागुन ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास – एक माक्र्सवादी दुष्ट्रीकोण’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गरिरहनु भएको छ ।

हुनुहोस् अध्यक्ष प्रचण्डको लाइभ भिडियो :

सेक्स गर्न नमानेपछि प्रेमिकाको हत्या

मुम्बई । भारतको नालासोपारा पूर्वमा आइतबार प्रेमीसँग यौन सम्पर्क (सेक्स) गर्न नमानेपछि २० वर्षीया प्रेमिकाको हत्या गरिएको छ । आइतबार साँझ वाशी घर भएकी युवती अंकिता मोरे २१ वर्षीय प्रेमी हरिदास निर्गुणेलाई भेट्न नालासोपारा आएकी थिइन् । प्रेमी हरिदासले सेक्स गर्न राखेको प्रस्ताव नमानेपछि हत्या गरिएको प्रहरी अधिकारीले जनाएका छन् । प्रेमिकाले सेक्स गर्न नमानेपछि जुत्ताको तुना (लेस) घाँटीमा कसेर हत्या गरिएको जनाइएको छ । प्रेमिकाको हत्या गरेपछि शवलाई सिढीमा छाडेर भागेको तुलिन्ज प्रहरी चौकीका एसआई किशोर खैरनारले बताए । उनका अनुसार प्रहरीले अभियुक्तविरुद्ध आईपीसी धारा ३०२ अनुसार मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बताएको छ । एसआई खैरनारले भने, ‘सुरुवाती जाँच अनुसार युवतीले सेक्स गर्न नमानेपछि हत्या गरिएको बुझिएको छ । घटनाको छानविन भइरहेको छ ।’

प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट पाए ?

काठमाडौं । निर्वाचन आयोगले चुनाव सम्पन्न भएको ६५ दिनपछि प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले स्वीकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो । संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए । जस अनुसार एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ । आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए । संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेको पनि निर्वाचन आयोगले स्मरण गराएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ । सवैभन्दा बढी नेकपा एमालेले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामवली विवरण पेश गर्न पत्राचार पनि गरेको छ । सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामवली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगका सचिव बताए । मंसीर ३ गते पेश गरेको सूचीमा आधारित रहेर दलहरुले कम्तिमा एक तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवारको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन दुई दिनको समय पनि आयोगले दिएको छ । फागुन २ गते भित्र प्रतिनिधि सभा समानुपातिकतर्फको नामवली सार्वजनिक गर्ने र त्यसपछि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ । आयोगका सचिव पौडेलले आईतबार अपरान्हसम्म राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण मत परिणाम राष्ट्रपति समक्ष पेश गर्न लागिएको पनि जानकारी दिए । राष्ट्रियसभामा पनि २७ सिटमा विजयी भएर एमाले पहिलो दल बन्न सफल भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको सम्पूर्ण मत परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले यसको परिणाम सार्वजनिक गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ । प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठन प्रक्रिया सूरु हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहरुले बन्दसूची पेश गरेका थिए । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने पाँचवटा दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् ।  

३ नं प्रदेश को मुख्यमन्त्रीमा चर्चामा रहेका शाक्य, पाण्डे र स्थापिथलाई उछिन्दै अचानक डोरमणी पौडेल

काठमाडौं । जेष्ठ सदस्यका हैसियतले प्रदेशसभा चलाईरहेका हेटौंडा उपमहानगरपालिकालाई विकास र समृद्धिको नयाँ स्वरुप दिन सफल २०४८ साल र २०५४ का पूर्वमेयर एवंम् वर्तमान प्रदेश सांसद डोरमणी पौडेलले आफू मुख्यमन्त्री भए यस प्रदेशको विकासलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गरेका छन् । हेटौंडा नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाएर सफल कार्यकाल सकिसकेका पौडेल संघीय मामिला र स्थानीय विकास निकै नै पोख्त रहेको उनले गरेका उल्लेखनीय कार्यहरुले नै पुष्टि गरेको छ । जानकारहरु भन्छन्, एक हिसाबले पौडेल आफैँ यो बिषयमा विज्ञ हुन् तरपनि सधैं अन्य विज्ञहरुसँग सुझाव लिएर मात्र कुनै कामको योजना बनाउने र त्यसलाई तोकिएको समयसिमा भित्रै पुरा गर्ने गर्छन् । चुस्तदुरुस्त टिम बनाएर योजनालाई कार्यमा बदल्नु उनको बलियो पक्ष हो । यसअघि उनले गरेका कामको कारण उनको अगाडि पोलिटब्युरो तहका नेताहरु पनि छायामा परेको अनुमान गरिएको छ । हालै प्राप्त सुचनाहरु अनुसार एमाले अध्यक्ष केपी ओली अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेलाई नभई डोरमणी पौडेललाई नै मुख्यमन्त्री बनाउने तयारिमा लागेका छन् । एमालेमा रहेको दुई समूहमध्ये पाण्डे र शाक्य माधव नेपाल खेमाका नेताहरु रहेकोले पनि पौडेललाई मुख्यमन्त्रीको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सकारात्मक संकेत मिलेको हो । पाण्डे र शाक्यलाई कसरी व्यवस्थापन गर्ने विषयमा अहिले छलफल चल्न थालेको श्रोतको भनाई छ । मुख्यमन्त्री नहुँदा उनीहरुलाई शक्तिशाली मन्त्रालय या कुनै काम देखिने निकायमा राख्न सकिने विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ । पौडेल मुख्यमन्त्री भएको अवस्थामा एमाले नेता पशुपति चौलागाईले सभामुखको जिम्मेवारी पाउने तथा केशव स्थापितले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बढेको जनाईएको छ । को हुन् त डोरमणी पौडेल र? नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि विकास गरेको जानकारहरु बताउँछन् । राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् । काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि।सं। २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११, नवलपुर हो । मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक९बी।ए।०सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए । उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए । ३८ वर्षदेखि राजनीतिमा सक्रिय उनलाई प्रदेश ३ नम्बरको भावी मुख्यमन्त्री बनाउन ओली कस्सिएका छन् । न्यूज२४बाट साभार

प्रकाश दाहालको मृत्युमाथि सुनियोजित भ्रम छर्न खोजेकोमा आपत्ति, ‘प्रचण्डको बदनाम गर्न कुप्रचार’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि बिभिन्न कोणबाट भ्रम छर्ने काम भएको छ । पछिल्लो समयमा भारतीय जासुसी संस्था ‘र’ का प्रतिनिधिले प्रचण्डलाई धम्क्याएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित भएको थियो। प्रचण्ड सचिवालय श्रोतले भने उक्त समाचार अध्यक्ष प्रचण्डलाई बदनाम र तेजोबध गर्ने सुनियोजित उद्देश्यबाट सार्वजनिक भएको बताएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुअघि एमालेसँग एकता नगर्न भन्दै प्रचण्डलाई धम्की दिएको आशयको समाचार एकता विरोधीहरुको षडयन्त्र भएको श्रोतले बतायो । “समाचारमा कम्तीमा विश्वास लाग्ने कुरा त हुनुपर्छ ?’ श्रोतले भन्यो, “बदनाम गर्न जे पायो त्यही लेख्ने र’ प्रचण्ड प्रधानमन्त्री भएको बेला र उनले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरिरहेको बेला जहिले पनि यस्तै समाचार प्रकाशित हुने गरेका छन् । सोही क्रमको निरन्तरता नै अहिले प्रचण्डमाथि बिभिन्न कोणबाट हमला भइरहेको श्रोतको दावी छ । अचम्म त के छ भने हृदयघातबाट मृत्यु भएका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई समेत जोडेर समाचार सार्वजनिक भएपछि समाचार नियोजित भएको श्रोतले बतायो । “चर्चा पाउन, समाचार बिकाउन जे पनि लेखे हुने भो”, श्रोतले भन्यो, “र, का प्रतिनिधिसँग भेटेको या छलफल गरेको कुरा गोप्य श्रोत भन्दै मिडियाले लेख्छ, र, का प्रतिनिधिहरुलाई न हामीले भेट्छौं न भेटने आवश्यकता नै हुन्छ ।” प्रकाश दाहालसँग जोडिएको आम जनमानसको संवेदनालाई ‘क्यास’ गरेर समाचार बिकाउन र चर्चा बटुल्न अध्यक्ष प्रचण्डको बदनाम गरिएको माओवादीका एक शीर्ष नेताले बताए । “प्रकाश कमरेडको मृत्युका बारेमा चिकित्सकले नै आधिकारिक धारणा व्यक्त गरिसकेका छन् । षडयन्त्र भएको या नभएको विषयमा अध्यक्षले प्रष्ट पारिसकेका छन् ।’ उनले भने, “तर जबर्जस्ती षडयन्त्र भनेर त्यो पनि ‘र’ सँग जोडनु भ्रम छर्नुबाहेक अरु केही होइन ।” समाजवादी क्रान्तिको आधार तयार पार्ने सपना बोकेर नेकपा एमाले र अन्य शक्तिहरुसँग बृहत वाम एकताको अभियानको नेतृत्व लिइरहेकोमा अध्यक्ष प्रचण्डमाथि चौतर्फी हमला भइरहेको हो । एकताको प्रक्रियालाई देशी तथा विदेशी प्रतिक्रियावादी र देशभित्र पनि प्रचण्ड अगाडि बढेको भूमिका देख्न नचाहने तत्वहरुले बदनाम गर्न खोजेको ती नेताले बताए । ‘अध्यक्षको भूमिका कसैले अस्वीकार गर्न सक्दैन तर केहीलाई वहाँको सक्रियता पचाउन गारो परेको छ । केहीले एकता नै चाहँदैनन् । त्यसैले कसरी सकिन्छ बदनाम गर्ने कोशिस भइरहेको छ ।’ उनले भने, ‘हिजो १६ बुँदे सम्झौता हुँदा समेत यही प्रचार भयो, संविधान घोषणा हुने बेला पनि यसरी नै आलोचना गरियो, प्रधानमन्त्री भएपछि त पाइला पाइलामा कुप्रचार गरियो । यहाँ एउटा तत्व प्रचण्डले राम्रो गरेको देखि नसहने छन् ।’ भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको विषयलाई कतिपयले पार्टी एकतासँग पनि जोडेका छन् । यही क्रममा प्रचण्डलाई ‘र’का प्रतिनिधिले धम्की दिएको विषय सार्वजनिक भएको हो । कुटनीतिक तहमा चिया पसलमा गफ गरेजस्तो या झगडा गरेजस्तो भने हुँदैन । कतिपय अवस्थामा असहमतिहरु भएको खण्डमा पनि त्यसलाई प्रस्तुत गर्ने भाषा फरक हुन्छ । अन्तर्राष्ट्रिय राजनीतिका विद्यार्थी कमल प्रसाई भन्छन्, “हामीकहाँ मिडिया र अरुले कुटनीतिक भाषाको अर्थ नै बुझ्दैनन् त्यसैले जे पायो त्यही आफ्नोस्तरमा बुझेर लेख्छन् ।’ प्रचण्ड र ‘र’ का प्रतिनिधीसँग जोडिएको समाचार पनि त्यसकै कडी भएको उनको तर्क छ ।

पोलीग्राफ उपकरण प्रयोग गरी पाँच अभियुक्त पक्राउ

रसुवा, माघ २० । उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ । रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नपा–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्रपुन मगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन् । उनीहरुको समूहले गत पुस महिनाको २४ गते आफ्नै साथी कामदार प्यूठान जिल्ला बाजीकाकोट–२ बस्ने ४० वर्षीय उदयमहत क्षेत्रीलाई फलामको औजारले हिर्काइ मारेको अनुसन्धानबाट खुलेपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ती पाँचै जना अभियुक्तलाई जिल्ला अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापाक्षेत्रीले बताए । रसुवा जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेघावाट जलविद्युत् आयोजनाको एरियाभित्र भएको सो घटनाको अनुसन्धान पुष्टि गर्न केन्द्रबाट विशेषज्ञ झिकाइ पोलिग्राफ उपकरण प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

माथिल्लो त्रिशूली १ सँग विद्युत् खरिद सम्झौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सिउक यीले हस्ताक्षर गर्नुभएको हो । सो आयोजना नै अमेरिकी डलरमा पिपिए गरिएको हालसम्मकै सबैभन्दा ठूलो परियोजना हो । राजधानीबाट सबैभन्दा नजिक रहेको सो परियोजना सुक्खायाममा समेत ‘फम पावर’ प्रदान गर्नेछ । कूल २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरिएको हो । अधिकतम् १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरु हुने दिनदेखि ऋण चुक्ता अवधि जुन समय पहिले हुन्छ सोही अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पिपिए गरिएको प्राधिकरणले जनाएको छ । सो अवधि सकिएपछि सबै भुक्तानी नेपाली मुद्रामा नै हुने तथा डलर सटही मूल्यलाई स्थिर राखिने स्पष्ट पार्दै उहाँले प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा प्रतियुनिटमा खरिद गर्ने र कुनै पनि थप आर्थिक दायित्व नपर्ने बताउनुभयो । प्राधिकरण सञ्चालक समितिको गत बुधबारको बैठकले विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको थियो । विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा निश्चित गरिएको र त्यस्ता आयोजनामा स्वपूँजीको अंश २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली १ लाई पनि वार्षिक तीन प्रतिशतका दरले आठपटक साधारण मूल्यवृद्धि पाउने व्यवस्थासहितको निर्णय गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले त्यसो हुँदासमेत स्वदेशी आयोजनालाई भन्दा बढी भुक्तानी गर्नु नपर्ने उल्लेख गर्नुभयो । सो आयोजनासँग अमेरिकी डलरमा सम्झौता गर्दा विदेशी विनिमय जोखिम व्यहोर्न एक कोष स्थापना गर्ने सहमति भएको छ । नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार कम गर्न नेपाल राष्ट्र बैंकले विशेष कोष ‘हेजिङ फण्ड’ स्थापना गर्नेछ । उक्त कोष सञ्चालन, स्थापना तथा नियमनको ढाँचा बैंकले तयार गर्ने तथा सरकार प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा हिस्सा रहने व्यवस्था गरिने सहमति भएको छ । माथिल्लो त्रिशूली १ मा कोरियाली लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्त संस्था (आइएफसी) र नेपाली लगानीकर्ताको रु ५५ अर्ब लगानी रहेको छ । कार्यकारी निर्देशक घिसिङले विगतमा प्राधिकरणले केही आयोजनासँग गरेको सम्झौताका कारण आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भए पनि पछिल्ला दिनमा भएका सम्झौतामा ती विषयलाई सम्बोधन गरिने यस अघि नै बताइसक्नुभएको छ । प्राधिकरणले यसअघि खिम्ती ६० मेगावाट, माथिल्लो भोटेकोशी ४५ मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो मस्र्याङ्दी ए ५० मेगावाट, काबेली ए ३७ दशमलव ६ मेगावाट, रसुवा भोटेकोशी १२० मेगावाट क्षमताका आयोजनासँग अमेरिकी डलरमा सम्झौता गरेको छ । ती आयोजनामध्ये सञ्चालनमा आइसकेका खिम्ती, माथिल्लो भोटेकोशी र माथिल्लो मस्र्याङ्दी ए को खरिद दर प्रतियुनिट क्रमशः १० रुपैयाँ ९५ पैसा, ११ रुपैयाँ १६ पैसा र सात रुपैयाँ ३५ पैसा रहेको छ । खिम्तीको हकमा सरकारलाई तिर्ने सलामी दस्तुरसमेत प्राधिकरणले नै तिर्नुपर्छ ।

एमाले–माओवादीबीच पद वाँडफाँड टुंगियो, २ मुख्यमन्त्री र २ सभामुख माओवादीलाई

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेश अन्तर्गतका प्रमुख पदमा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ । स्रोतका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् । मुख्यमन्त्री र सभामुखलगायत पदका लागि व्यक्तिमा पनि सहमति भइसकेको बताइए पनि अहिलेसम्म औपचारिक रुपमा नाम भने सार्वजनिक गरिएको छैन । तर मुख्यमन्त्रीका रुपमा प्रदेश नं १ बाट एमालेका शेरधन राई र भीम आचार्य, प्रदेश ३ तीनबाट एमालेका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित, प्रदेश ४ बाट किरण र पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ बाट एमालेका शंकर पोखरेल, प्रदेश ६ बाट माओवादीका नेरश भण्डारी र महेन्द्रबहादुर शाही र प्रदेश ७ बाट माओवादीका विरमान चौधरी र झपट रावलको नाम चर्चामा छ । उच्चस्रोतका अनुसार अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र वीरमान चौधरीको नाममा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ ।

विस्फोटक व्याट्सम्यान क्रिस गेल किंग्स ११ पंजाबमा अनुबन्ध

काठमाडौं । वेष्टइन्डिजका विस्फोटक व्याट्सम्यान क्रिस गेल अागामी अाइपीएल स‌ंस्करणका लागि किंग्स ११ पंजाबमा अनुबन्ध भएका छन् । आइपीएल अक्सनको शनिबार भएको पहिलो सेसनमा नबिकेका वे क्रिस गेल आइतबार भएको दोस्रो सेसनको अक्सनमा बिकेका छन । वेस्टन्डिजका खेलाडी गेललाई किंग्स ११ पंजाबले आइबार दोस्रो सेसनको अक्सनमा प्रारम्भिक मूल्य दुई करोड रुपैयाँमा अनुबन्ध गरेको हो । आइपिएलको अघिल्ला संस्करणमा भने गेल विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने गरेका थिए ।

प्रचण्ड र ओलीबीचको निर्णायक वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौं । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको निर्णायक भनिएको छलफल सकियो। आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ । आजको अध्यक्षद्वयबीचको छलफल निकै सकारात्मक भएका बताइएको छ । धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने समहति भएको छलफलपछि एक नेताले जानकारी दिए । शुक्रबार साँझ ओली निवास बालकोटमा भएको गोप्य वार्तामा छ वटा प्रदेशको मुख्यमन्त्रीमा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ । प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको उच्च स्रोतले बताएको छ । आज कुन–कुन विषयमा सहमति भयो भन्ने कुरा नखुलाइए पनि यसअधिका बार्तामा सबै विषयमा समझदारी भइसकेको र त्यसलाई दुबै पार्टीमा आन्तरिक छलफल गर्ने तयारी रहेको बताइएको छ । दबै पार्टीमा आन्तरिक छलफल पछि संयुक्त कार्यदलमा समझदारी भएका विषयलाई विस्तृत कार्ययोजना सहित खाका तयार पार्ने र पार्टी एकता संयोजन समितिबाट अन्तिम निर्णय गरिने जनाइएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दुवै ओली बन्नुहुन्छ : राई

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछिपनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन् । बुधबार रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले पार्टी पहिले सरकार गठन अनि पार्टी एकता हुने बताए । राईले पार्टी एकतापूर्व नै सरकार गठन भए कसैले आश्चर्य मान्न नहुने बताए । उनले भने, ‘एमाले र माओवादीवीच एकता छिट्टै हुन्छ, यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, केही नीतिगत, सैद्धान्तिक र सांगाठनिक कुराहरु जो छन्, यी विषयमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्नसक्छ।’ राईले पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति भएपनि आश्चर्य नमान्न दावी गरे । उनले भने, ‘ओली र प्रचण्डवीचको समझदारीमा सबै कुरा टुँगोमा पुग्छ, सरकार र पार्टी दुवैको नेतृत्व ओली गर्न सक्नुहुन्छ।’ नेता राईले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचनले पूर्णता पाउने उल्लेख गर्दै भने, ‘यतिवेला हामी राष्ट्रिय सभाको निर्वाचनको तयारीमा छौं, यो निर्वाचन सम्पन्न भएपछि निर्वाचनको चक्र पूराह हुन्छ । यतिवेला नयाँ सरकार गठन भैसक्नुपर्दथ्यो, तर वर्तमान सरकारले अलिक बढि समय नै बस्ने रुचि देखाएकोले केही विलम्ब भएको हो । अहिले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त भैसक्यो।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने कुरामा कुनै द्धिविधा नभएको स्पष्ट पारे । राईले भने, ‘फागुणको दोस्रो साताभित्रै वाम गठबन्धनको त्यसमा पनि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ, यसमा कुनै द्धिविधा छैन, उहाँ सर्वसम्मतीले संसदीय दलको नेता बन्नुहुन्छ।’ उनले यही माघभित्रै प्रदेश सरकारहरु गठन भैसक्ने र फागुनको दोस्रो साताभित्र केन्द्र सरकार पनि बनिसक्ने उनको दावी छ । अब बन्ने सरकारले मुलुकमा स्थायित्व र आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले जनताको चाहना अनुसार नै नयाँ सरकारले काम गर्ने विश्वास दिलाए । उनले भने,‘अब बन्ने सरकारले मुलुकमा स्थायित्व, सुशासन, अमनचैन, शान्ति र विकास गर्ने प्रमुख लक्ष्य लिनेछ, जनताको चाहना अनुसार काम गर्नेछ, यो सपना पूरा गर्नको लागि वाम गठबन्धनले चुनावमा गरेका प्रतिबद्धताहरुलाई अब पूरा गर्छ, हामी पूर्ण प्रतिबद्ध छौं।’ प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर आफूहरु अघि बढ्ने उनको भनाई थियो । उनले भने,‘आर्थिक समृद्धि हाँसिल गर्नको लागि हामी विपक्षी दललाई पनि सम्मानका साथ सँगै लिएर जान चाहन्छौं, विकास र समृद्धिको यात्रामा उहाँहरुलाई पनि गोलबन्द गर्नेछौं।’ राईले आफू मुख्यमन्त्रीको दाबेदार भएकोले प्रदेश संसदीय दलको नेताको निर्वाचनमा आफलाई विजयी गराउने विश्वास दिलाए । उनले भने,‘म मुख्यमन्त्रीको दाबेदार हुँ, संसदीय दलको नेतामा उम्मेद्धवार दिन्छु, म पराजित भएँ भने पनि बन्ने प्रदेश सरकारलाई पूर्ण सहयोग र साथ दिनेछु।’ यद्धपी उनले प्रदेश सांसदहरुले आफूलाई नै संसदीय दलको नेतामा विजयी गराउने कुरामा पूर्ण विश्वास रहेको सुनाए । उनले आफू प्रदेश नम्बर १ को मुख्यमन्त्री बने उक्त प्रदेशको विकासको लागि दत्तचित्त भएर काम गर्ने विश्वास दिलाए । उनले भने,‘प्रदेश नम्बर १ विकास र समृद्धिको हिसावले अत्यन्तै धेरै ठूलो संभावना बोकेको प्रदेश हो, हामी मुख्यगरि कृषि, पर्यटन र जलस्रोतको विकासमा केन्द्रित हुन्छौं, हाम्रो विकासको मुख्य आधारहरु नै यीनै हुन् ।’ त्यस्तै उनले अहिले तोकिएको प्रदेशको अस्थायी राजधानीको विवादबारे टिप्पणी गर्दै भने,‘प्रदेशको स्थायी राजधानी प्रदेश सभाका दुई तिहाई सांसदहरुले निर्णय गर्ने कुरा हो, हामी उचित र आवश्यकत्ता अनुसार उचित निर्णय लिन्छौं।’

दाङमा चार दिनदेखि जारी आमहड्ताल र बन्द स्थगित

दाङमा चार दिनदेखि जारी आमहड्ताल र बन्द शनिबार रातिदेखि फिर्ता हुने भएको छ । पाँच नम्बर प्रदेशको अस्थाई मुकामको मॉग राखेर बिगत केही दिनदेखी आन्दोलन चर्केको थियो । संयुक्त सर्वदलीय संघर्ष समितिको शनिबार बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । आंदोलनका कारण सबैभनदा ठूलो समस्या ज़िल्ला भएर आऊने सवारी साधन र यात्रहरूलाइ परेको थियो । निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिंदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ । बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन् । संघर्ष समितिले आन्दोलनका क्रममा जनमानसमा पर्न गएको असुबिधाप्रति क्षमायाचना गरेको छ । बैठकले आन्दोलनका रुवरुप परिवर्तन गरी नयाँ कार्यक्रम तय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले जानकारी दिए । अब कालोझण्डा प्रदर्शन, डेलिगेशन, बिरोधसभा, रिले अनशन, धर्ना, कानूनी उपचार जस्ता कार्यक्रम गरिने उनले बताए । आइतबार सबै दाङबासीलाई आफ्नो निवासमा कालो झण्डा राख्न अनुरोध गर्ने, सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने, दिउँसो १ बजे जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही र भालुबाङमा कालोपट्टीसहित बिरोध जुलुश गर्ने निर्णय भएको आचार्यले बताए । बाँकी कार्यक्रम आइतबार बस्ने बैठकले तय गर्ने समितिका संयोजक एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।   बैठकमा एमाले अध्यक्ष खड्काका साथै जिल्ला ईञ्चार्ज मेटमणी चौधरी, जिल्ला उपसचिव सुरामणी बेल्बासे, काँग्रेस सभापति किर्तीबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतम, सहईञ्चार्ज आचार्य लगाएतको सहभागिता थियो ।

राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार ब्याननलाई जुरीसमक्ष वयान दिन निर्देशन

काठमाडौं, माघ ३ । न्यूयोर्क टाइम्स पत्रिकाले भनेको छ, राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारेको अनुसन्धान अन्तर्गत एउटा बृहत् जुरीसमक्ष बयान दिन आदेश दिइएको छ। अनुसन्धानको नेतृत्व गरिरहेका रोबर्ट मलरका प्रवक्ताले त्यसबारे कुनै प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन्। यदी उक्त विषय पुष्टि भए मलरले ट्रम्पका निकटवर्तीबाट जानकारी हासिल गर्न बृहत जुरी प्रयोग गरेको यो पहिलो घटना हुनेछ। मलरलाई गत वर्षको मे महिनामा अमेरिकी न्याय मन्त्रालयले राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारे अनुसन्धान गर्न नियुक्त गरिएको थियो। संकेत संवाददाताहरुले यसलाई मलरको जाँचबुझ तीव्र रुपमा अघि बढ्ने संकेतका रुपमा अर्थ्याएका छन्। ह्वाइट हाउसबारेको एउटा पुस्तकमा ब्याननको अन्तर्वार्ता आएपछि ट्रम्प र ब्याननबीचको तिक्तता यो महिनाको शुरुमा सार्वजनिक भएको थियो। मंगलबार ब्यानन एउटा संसदीय समिति सामु उपस्थित भएका थिए। आरोप संसदको गुप्तचरसम्बन्धी समितिले पनि सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने आरोपमाथि अनुसन्धान गर्दैछ। तर मंगलबार भएको अनुसन्धानसम्बन्धी प्रक्रिया भने सार्वजनिक गरिएको थिएन। संसदले उक्त आरोपबारे गरेका चार अनुसन्धान मध्ये यो एक हो। यो बाहेक सिनेटको गुप्तचरसम्बन्धी समिति, सिनेटकै न्यायिक समिति र निगरानीसम्बन्धी समितिले पनि रूसबाट भएका भनिएका हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्। बीबीसी

मन्त्रिपरिषद् बैठक स्थगित, दिउँसो ३ बजे फेरि बस्ने

काठमाडौ‌, माघ ३ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन । बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली काँग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नुभएको थियो ।

राजधानी दाङ बनाउन माग राख्दै अनिश्चितकालीन बन्द घोषणा

दाङ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै बुधबारदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् । त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले राजधानी बनाउन षडयन्त्र गरिरहेको भन्ने जानकारी पाएलगत्तै आफूहरुले अनिश्चितकालीन जिल्ला बन्द गर्नुपरेको समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनुभयो ।

समायोजनमा नजानेलाई स्वेच्छिक अवकाश

काठमाडौं, पौष २८। सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो । अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिए । निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ । मन्त्रालयले समायोजन नियमावली पारित भइसकेपछि कर्मचारी समायोजन गर्ने तयारी गरेको हो । अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी छन् । रासस