परिवार नियोजनका साधन/विधिको छनौट कसरी गर्ने ?

विभिन्न प्रकारका परिवार नियोजनका साधनहरु/विधिहरुका आ–आफ्नै किसिमका फाइदा र वेफाइदाहरु छन् । विभिन्न विधिहरुमध्ये आफूलाई उपयुक्त हुने विधिको बारेमा निर्णय लिनका लागि यौनसाथी वा स्वास्थ्य कार्यकर्तासँग छलफल गर्दा राम्रो हुन्छ ।

परिवार नियोजनका विधिहरु छनौट गर्दा बिचार गर्नुपर्ने केही कुराहरु यस्ता छन्ः

  • यसले गर्भाधान रोक्छ कि रोक्दैन ।
  • यौन प्रसारित संक्रमणहरु रोक्छ कि रोक्दैन ।
  • आफ्नो यौनसाथी वा लोग्नेलाई परिवार नियोजनको साधनको प्रयोग गरेको थाहा दिन नचाहने महिलाले कस्तो साधन प्रयोग गर्ने ।
  • त्यो विधि सजिलै पाइन्छ की पाईंदैन र कहिलेसम्म प्रयोग गर्नुपर्दछ ।
  • त्यो विधि कतिको महंगो छ ।
  • त्यसका प्रतिकुल प्रभावहरु छन् कि छैनन् ।
  • महिलाले स्तनपान गराउँदा कुन विधि प्रयोग गर्न राम्रो हुन्छ । आफूलाई बच्चाको रहर पुगिसकेको छकि छैन ।
परिवार नियोजनको साधन/विधि गर्भ रहनबाट सुरक्षा यौन प्रसारित संक्रमणहरुबाट सुरक्षा कति पटक/कति समयमा प्रयोग गर्ने अन्य महत्वपूर्ण जानकारी
कण्डम

FPChart-1.png
सुरक्षित अत्यन्त सुरक्षित प्रत्येक पटक शुक्रकीटनाशक र पानीजन्य लुब्रिक्यान्टसँगै प्रयोग गरिएमा अत्यन्तै प्रभावकारी हुने । प्रत्येक पटक यौन सम्पर्क राख्दा कण्डमको प्रयोग अनिवार्य ।
गर्भ निरोधक चक्की—एस्ट्रोजेन र प्रोजेस्टिन मिसाइएको चक्की

HAW Ch7 Page 191-6.png
धेरै सुरक्षित असुरक्षित प्रत्येक दिन प्रत्येक दिन एकै समयमा लिइएमा अत्यन्त प्रभावकारी हुन्छ । दिइएका केहि स्वास्थ्य समस्याहरु भएका महिलाहरुले यो विधिको प्रयोग गर्नुहुँदैन ।
गर्भ निरोधक चक्की—प्रोजेस्टिन मात्र भएको चक्की (मिनिपिल)

NWTND FP Page 11-3.png
धेरै सुरक्षित असुरक्षित प्रत्येक दिन प्रत्येक दिन एकै समयमा लिइएमा मात्र काम गर्छ । स्तनपानका समयमा पनि प्रयोग गर्न सकिन्छ (शिशुको उमेर छ हप्ताको भएपछि शुरु गर्नुपर्दछ) ।
इम्प्लाण्ट्स्

FPChart-6.png
अत्यन्त सुरक्षित असुरक्षित ५/७ बर्ष विशेष तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले राख्न वा हटाउन सकिन्छ । ५ बर्षमा फेर्नुपर्छ । नेपालमा यो ७ बर्षमा फेरिन्छ ।
गर्भ निरोधक सुईहरु

HAW Ch7 Page 191-5.png
धेरै सुरक्षित असुरक्षित ३ महिना नेपालमा डिप्रो सुई प्रत्येक ३ महिनामा लगाइन्छ ।
आई. यू. डी.

FPChart-7.png
अत्यन्त सुरक्षित असुरक्षित ५ वा १२ बर्ष ५ वा १२ बर्षसम्म (प्रकारको आधारमा) प्रभावकारी हुन्छ । विशेष तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले मात्र राख्न वा निकाल्न सकिन्छ ।
यौनीमा वीर्य स्खलन हुन नदिई लिङ्ग बाहिर निकाल्ने

FPChart-13.png
कम सुरक्षित असुरक्षित प्रत्येक पटक प्रत्येक पटक यौन सम्पर्क राख्दा पुरुषले लिङ्ग बाहिर निकाल्नुपर्छ । लिङ्ग बाहिर निकाल्दा समेत लिङ्गबाट केहि तरल पदार्थ (वीर्य) यौन सम्पर्कका बेला योनीमा प्रवेश गरि गर्भ रहन सक्छ वा यौन प्रसारित संक्रमण सर्न सक्छ ।
स्तनपान (पहिलो ६ महिनाको अवधिमा मात्र) धेरै सुरक्षित असुरक्षित दिन र रात धेरै पटक महिलाले शिशुलाई स्तनको दुध मात्रै खुवाएको छ र उनको महिनावारीको फेरी सुरुवात भएको छैन भने मात्रै यो विधि प्रभावकारी हुन्छ ।
प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना

FPChart-10.png
सुरक्षित असुरक्षित प्रत्येक पटक महिनावारी चक्र अनियमित भएका महिलालाई यो विधिले काम गर्दैन । यसमा भर पर्नुहुँदैन ।
योनीमा लिङ्ग प्रवेश नगराई गरिने यौनक्रिया अत्यन्त सुरक्षित भर पर्छ प्रत्येक पटक महिलाको प्रजनन अंगहरुमा लिङ्ग नछोइएमा गर्भ रहँदैन । तर पुरुषहरुले प्रायः यस्तो गर्न रुचाउँदैनन् ।
बन्ध्याकरण अत्यन्त सुरक्षित असुरक्षित एक पटक स्थायी बन्ध्याकरण गरिएमा महिलाको गर्भाधान हुँदैन । पुरुषले पनि गर्भाधान गराउन सक्दैन ।

 

आफ्नो परिवेश अनुसार मानिसहरुले विभिन्न विधिहरुको छनौट गर्दछन् ।

वोलिरहेकी एक महिला

प्रत्येक दिन केहि गर्नुपर्ने झन्जट म रुचाउँदिन ।
वोलिरहेकी एक महिला
‘म आफ्नो योनी वा पाठेघरमा कुनै पनि कुरा राख्न चाहन्न
तपाईं यो रोज्नुहोस्ः : इम्प्लाण्ट्स्, गर्भ निरोधक सुई, आई, यू. डी. तपाईं यो रोज्नुहोस्ः : खानेचक्की, इम्प्लाण्ट्स्, पुरुषको कण्डम, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना
तपाईं यो नरोज्नुहोस्ः खानेचक्की, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना तपाईं यो नरोज्नुहोस्ः महिलाको कण्डम, आई. यू. डी.
वोलिरहेकी एक महिला
मैले गर्भ निरोधक विधि प्रयोग गरिरहेको कुरा मेरा आमावावुले थाहा नपाउन् ।
वोलिरहेका एक महिला र एक पुरुष
मेरो सन्तानको रहर पुगिसक्यो ।
२ वटा बच्चाहरु हुर्काउनु काफी छ ।
तपाईं यो रोज्नुहोस्ः : गर्भ निरोधक सुईहरु, कण्डम तपाईं यो रोज्नुहोस्ः :इम्प्लाण्ट्स्, गर्भ निरोधक सुईहरु, आई. यू. डी., पुरुष वा महिलाको बन्ध्याकरण
तपाईं यो नरोज्नुहोस्ः खानेचक्की तपाईं यो नरोज्नुहोस्ः प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना

वोलिरहेकी एक महिला

म तुरुन्तै होइन, एक बर्षभित्र बच्चा पाउने इच्छा छ ।
बोलिरहेको एक पुरुष
धेरैसँग मैले यौनसम्पर्क राखेको छु र मेरी श्रीमतीलाई एच. आई. भी. बाट जोगाउन चाहन्छु ।
तपाईं यो रोज्नुहोस्ः : कण्डम, खानेचक्की, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना तपाईं यो रोज्नुहोस्ः : कण्डम
तपाईं यो नरोज्नुहोस्ः इम्प्लान्ट्स्, गर्भनिरोधक सुईहरु, आई. यू. डी., बन्ध्याकरण n तपाईं यो नरोज्नुहोस्ः कण्डमको प्रयोग विना यौनसम्पर्क राख्नु
कुनै ब्यक्तिले एक भन्दा वढी विधिको प्रयोग गर्न सक्छ ।

वोलिरहेकी एक महिला

हामी उर्वरा अवधि र कण्डमको प्रयोग गर्दछौं ।
NWTND FP Page 7-8.png
मेरी साथीले डिपो सूई लगाउँछिन् र यौन प्रसारित संक्रमण रोक्न हामी कण्डमको प्रयोग गर्दछौं ।

कण्डम

बोलिरहेको एक पुरुष

कण्डम भनेको यौनसम्पर्कका वेला पुरुषले आफ्नो लिङ्गमा लगाउने पातलो रवरको खोल हो । स्खलन भएको पुरुषको वीर्य कण्डम भित्र रहन्छ जसका कारण योनीभित्र शुक्रकीटको प्रवेश हुन पाउँदैन र गर्भ रहँदैन । कण्डम सुरक्षित हुन्छन् र तिनका कुनैपनि प्रतिकूल प्रभावहरु हुँदैनन् ।

एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरुको रोकथामका लागि कण्डम अत्यन्त प्रभावकारी उपाय हो ।जन्म नियन्त्रणका अन्य विधिहरुको प्रयोग गरिरहेको भएमा पनि आफूलाई र आफ्नो यौनसाथीलाई यौन प्रसारित संक्रमणहरुबाट जोगाउन कण्डमको प्रयोग गर्न सकिन्छ । जापानमा धेरै पुरुषहरुले यौन प्रसारित रोगबाट बचावट गर्न कन्डमको प्रयोग गर्दछन् ।

NWTND FP Page 8-2.png

कण्डमले गर्भाधान र यौन प्रसारित संक्रमण दुवै रोक्दछ । तर प्रत्येक पटक यौनसम्पर्क राख्दा कण्डमको प्रयोग गर्ने इच्छाशक्ति भने पुरुषमा हुनैपर्छ ।

NWTND FP Page 8-3.png

कण्डमको टुप्पो थिच्नुहोस् र यसलाई उत्तेजित एवं कडा लिङ्गको फेदसम्म नढाकेसम्म फुकाउनुहोस् । कण्डमको टुप्पोमा रहेको खालि भागमा पुरुषको वीर्य जम्मा हुन्छ । (कण्डम लगाउँदा टुप्पोमा केही भाग खालि नछोडिएमा कण्डम फुट्न सक्छ ।)

यौन सम्पर्कबाट वीर्य स्खलन भइसकेपछि लिङ्ग कडा नै रहेको अवस्थामा कण्डमको किनारामा समातेर योनीबाट लिङ्ग बाहिर निकाल्नुपर्छ । त्यसपछि वीर्य नखस्ने गरी लिङ्गबाट कण्डम विस्तारै निकाल्नुहोस् । कण्डमलाई गाँठो पारि अरुले देख्ने वा हिंड्ने ठाउँमा नफाली फोहरमा राखिदिनुहोस् । प्रत्येक पटक यौनसम्पर्क राख्दा नयाँ कण्डमको प्रयोग गर्नुहोस् ।

महिलाले प्रयोग गर्ने कण्डम

MW Ch17 Page 303-7.png
भित्री रिङ (गोलो घेरा) योनीको भित्र जान्छ ।
वाहिरी रिङ (गोलो घेरा) योनीको वाहिर रहन्छ ।

महिलाले प्रयोग गर्ने कण्डम योनीभित्र राम्रोसँग बस्छ र भगद्वारको बाहिरि ओठलाई ढाक्छ । पुरुष कण्डमभन्दा यो ठूलो हुन्छ र फुट्ने सम्भावना न्यून रहन्छ । महिलाले प्रयोग गर्ने कण्डमहरुले एच. आई. भी. र अन्य यौन प्रसारित संक्रमणहरुबाट जोगाउँछन् । महिलाले लगाउने र पुरुषले लगाउने कण्डमहरु एकसाथ भने प्रयोग गर्नुहुँदैन । नेपालमा यसको प्रयोग हुने गरेको छैन ।

NWTND FP Page 8-4.png
NWTND FP Page 8-5.png
NWTND FP Page 8-6.png

शुक्रकीटनाशक

शुक्रकीटनाशकहरु फींज (फोम), ट्याबलेटहरु, क्रिम, जेली वा flat strips को रुपमा हुन्छन् जुन योनीमा घोलीई शुक्रकीटलाई नाश गर्दछन् र जसले गर्दा डिम्वलाई तिनले प्रजनन गराउन सक्दैनन् ।

लगाउन प्रयोग गरिने (एप्लीकेटर) Ne NWTND FP Page 9-1.png
Ne NWTND FP Page 9-2.png
NWTND FP Page 9-3.png

शुक्रकीटनाशक औषधीलाई यौन सम्पर्क राख्नुभन्दा ठीक अघि योनीभित्र राख्नुपर्छ । यदि यसको मात्रै प्रयोग गरिएमा यो कम प्रभावकारी हुन सक्छ, तर कण्डमसँगै यसको समेत प्रयोग गरिएमा गर्भनिरोधमा थप सुरक्षा दिन्छ । शुक्रकीटनाशक औषधीले यौन प्रसारित संक्रमण वा एच. आई. भी.का बिरुद्धको रक्षा गर्दैन ।

गर्भ निरोधक चक्कीहरु

गर्भ निरोधक चक्कीहरुमा हर्मोनहरु हुन्छन् जुन महिलाहरुको शरिरमा पाइने प्राकृतिक हर्मोनहरु जस्तै हुन्छन् । महिलाहरुको डिम्वासयबाट डिम्व निश्कासन हुन नदिई तिनले गर्भनिरोधकको काम गर्दछन् । २ मुख्य प्रकारका गर्भनिरोधक चक्कीहरु छन्ः एस्ट्रोजेन र प्रोजेस्टिन नामक दुई हर्मोनहरु भएका मिश्रित चक्कीहरु र प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु । केही प्रचलित ब्यापारिक नामहरु को मुखबाट लिइने गर्भ निरोधक औषधीहरुमा दिइएका छन् । गर्भ निरोधक चक्कीहरुले एच. आई. भी. वा अन्य यौन प्रसारित संक्रमणहरुका बिरुद्ध रक्षा गर्दैनन् । तिनबाट जोगाउन कण्डमको प्रयोग गर्नुपर्छ ।

केहि महिलाहरुले खाने चक्कीको प्रयोग गर्न रुचाउँदछन् किनकी यसले तिनको महिनावारी चक्रलाई झनै नियमित बनाउँदछ । जसले गर्दा कहिले तिनको महिनावारी शुरु हुन्छ भनी ठ्याक्कै थाहा पाउँछन् । खानेचक्कीको प्रयोगले महिनावारीबाट निस्कने रगतमा समेत कमी आउँछ र ऐंठन एवं दुखाई कम हुन्छ ।

जन्म निरोधक चक्कीहरुले क्यान्सर गराउँदैनन् ।

मिश्रीत खाने चक्कीहरु (एस्ट्रोजेन र प्रोजेस्टिन भएका खाने चक्कीहरु)

NWTND FP Page 10-1.png

Different brands of मिश्रीत गर्भ निरोधक खाने चक्कीहरुका विभिन्न ब्यापारिक नामहरुमा यि दुई हर्मोनहरुका फरक मात्राहरु हुन्छन् । खाने चक्कीको मापदण्डयुक्त मात्राको लागि प्रचलित मिश्रणहरु छन्, जस्तोकी प्रोजेस्टिनको १ मिलि ग्राम (मि. ग्रा.) वा त्यसभन्दा कम र ethinyl estradiol भनिने एष्ट्रोजेनको ३० वा ३५ माइक्रोग्राम वा मेस्ट्रानल भनिने एष्ट्रोजेनको ५० माइक्रोग्राम ।

मिनिपिल मिश्रीत खाने चक्की होइन । यसमा प्रोजेस्टिन मात्र हुन्छ ।

प्रत्येक दिन एकै समयमा लिइएमा खाने चक्की धेरै प्रभावकारी हुन्छ । धेरैजसो महिलाहरुले यो सजिलै प्रयोग गर्छन् ।

मिश्रीत खाने चक्की सेवन गर्ने तरिका

गर्भ निरोधक खाने चक्की खाइरहेकी एक महिला ।

गर्भ नरहेको कुरा निश्चित भएपछि महिलाले चक्की लिन सक्छिन् । तर तपाईंले एक हप्ता देखि खानेचक्की लिइरहनुभएको छैन भने त्यसले गर्भ निरोध गर्न सक्दैन । त्यसकारण गर्भ निरोधक खाने चक्की शुरु गरेको पहिलो ७ दिनको अवधिमा कण्डमको प्रयोग गर्नुहोस् वा यौनसम्पर्क नराख्नुहोस् ।

कुनै दिनमा यौन सम्पर्क नराखेमा समेत गर्भाधारण रोक्न प्रत्येक दिन १ खानेचक्की लिनैपर्छ । यसलाई प्रत्येक दिन एकै समयमा लिने गर्नुहोस् । यदि तपाईंले सुत्ने ठाउँमा खानेचक्की राखेमा प्रत्येक रात सुत्नु अघि एउटा खानका लागि सम्झिन सहयोग गर्छ । धेरैजसो मिश्रीत खानेचक्कीहरु २८ वा २१ चक्की भएको पुरीयामा उपलब्ध हुन्छन् ।

मिश्रीत खानेचक्कीका प्रतीकूल प्रभावहरु

प्रतीकूल प्रभावहरुको बारेमा थाहा पाएपछि तिनलाई कसरी कम गर्ने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । करिव ३ महिनापछि तिनिहरु प्रायः कम हुन्छन् ।

दुःखी हुनु वा छिट्टै रिस उठ्नु NWTND FP Page 10-3.png टाउको दुख्नु’ NWTND FP Page 10-4.png महिनावारी गडवडी हुनु
NWTND FP Page 10-7.png
स्तन गह्रुङ्गो हुनु NWTND FP Page 10-5.png वाकवाकी लाग्नु NWTND FP Page 10-6.png

मिश्रीत खाने चक्की सेवन गर्ने ३ वटा तरिकाहरु

२८ दिने सेवनः हर्मोनयुक्त खानेचक्की २१ दिनसम्म खाएपछि ७ दिनसम्म पुरियामा रहेका हर्मोन नभएका अतिरिक्त खानेचक्कीहरु (reminder pills) खानुपर्छ । त्यस ७ दिनको अवधिमा सामान्य अवधि जस्तै प्रत्येक महिना रक्तश्राव हुन्छ ।

गर्भ निरोधक खाने चक्की खाइरहेकी एक महिला ।
NWTND FP Page 11-2.png
२८ चक्कीहरु भएको पुरिया भएमा प्रत्येक दिन एउटा चक्की खानुपर्छ । अन्तिम ७ वटा चक्कीहरु हर्मोन नभएका र ति प्रत्येक दिन चक्की लिने वानीलाई सम्झाउनका लागि राखिएका हुन्छन् । पुरियामा रहेका अन्तिम ७ चक्कीहरुको रङ अरुभन्दा फरक हुन्छ ।
NWTND FP Page 11-3.png
२१ चक्कीहरु भएको पुरिया भएमा २१ दिनसम्म प्रत्येक दिन एउटा चक्की खानुपर्छ । त्यो सकिएको ७ दिनसम्म चक्की खाइन्न । त्यसपछि नयाँ पुरियाको सुरुवात गर्नुपर्छ ।

विस्तारित अवधिको सेवनः हर्मोनयुक्त खानेचक्की ८४ दिनसम्म लहरै सेवन गर्नुहोस् र त्यसपछि ७ दिनसम्म नखानुहोस् । कहिलेकाहिं चक्कीहरु ९१ चक्कीहरु (८४ वटा हर्मोनयुक्त र हर्मोन नभएका ७ वटा सम्झिनका लागि रहेका चक्कीहरु) भएको पुरियामा पाइन्छन् । ति ७ दिनको अवधिमा महिनावारी चक्रमा भएजस्तै तपाईंलाई सामान्य रक्तश्राव हुनेछ तर ३ महिनाको अवधिमा एकपटक मात्र । धब्बा (धेरै कम रक्तश्राव) देखिन सक्छ, तर केही महिनापछि हराएर जान्छ । यो नेपालमा प्रयोग गरिन्न ।

निरन्तरको प्रयोगः प्रत्येक दिन हर्मोनयुक्त चक्की खानुपर्छ । अनियमित रक्तश्राव भएमा केही दिनको नियमित रक्तश्रावका लागि ३–४ दिन चक्की खान छोडौं र त्यसपछि फेरी प्रत्येक दिन चक्की खान शुरु गर्नुहोस् ।

मिश्रित खाने चक्की सेवन गर्ने यि सबै तरिकाहरु सुरक्षित छन् । मिश्रीत चक्कीको सेवन गर्ने सबैले १ वा वढी चक्की खान बिर्सेमा के गर्ने भनी जान्न जरुरी छः

यदि १ वा २ चक्की खान बिर्सेमा, थाहा पाएको जतिसक्दो चाँडो १ चक्की खानुपर्छ । त्यसपछि अर्को चक्की नियमित समयमै खानुपर्छ । यसको मतलव एक दिनमा २ वटा चक्की लिनुपर्छ ।

यदि ३ चक्की खान बिर्सेमा, क्रमिक रुपमा ३ दिन, १ चक्की तुरुन्तै खानुपर्छ । त्यसपछि नियमित समयमै प्रत्येक दिन १ चक्की खानुपर्छ । तपाईंको महिनावारी चक्र शुरु नहोउन्जेल श्रीमानलाई कण्डमको प्रयोग गर्न लगाउनुपर्छ वा लहरै ७ दिनसम्म चक्की नखाउन्जेल यौनसम्पर्क राख्नुहुँदैन ।

समयमै महिनावारी नभएमा र केही चक्कीहरु खान छुटाएमा चक्की निरन्तर रुपमा खानुपर्छ, तर गर्भाधारण परिक्षण (pregnancy test) गर्नुपर्छ । यदि तपाईं गर्भवती रहेको थाहा भएमा चक्की खान छोड्नुपर्छ ।

मिश्रीत चक्की खान छोड्ने

जुनसुकै बेला खानेचक्की खान छोड्न सकिन्छ । तर त्यसपछि तुरुन्तै गर्भ रहन सक्छ । त्यसकारण गर्भाधारण गर्न नचाहेमा कण्डम वा अन्य विधिको प्रयोग गर्नुपर्छ ।

मिश्रीत चक्कीको प्रयोग कसले गर्नुहुँदैन

केही महिलाहरुमा स्वास्थ्य समस्याहरु हुन्छन् जसले मिश्रीत चक्कीको उपयोग गर्नुहुँदैन । मिश्रीत चक्कीको उपयोग गर्नुहुँदैन यदिः

  • उच्च रक्तचाप (१६०/११० वा वढी) भएमा । उच्च रक्तचापबारे थप जानकारीका लागि मुटुसम्बन्धि रोगहरु (तयारीको क्रममा) हेर्नुहोस् ।
  • मधुमेह भएको २० वर्षभन्दा वढी भएमा ।
  • ३५ बर्षभन्दा वढी उमेरको महिलाले र धुम्रपान गर्ने महिलाले ।
  • माइग्रेन (वाकवाकी सहितको गम्भिर टाउको दुखाई) सँगसँगै दृष्टी सम्वन्धि गम्भिर समस्याहरु भएमा ।
  • स्तन क्यान्सर, कलेजोको क्यान्सर वा गर्भाशयको क्यान्सर ।
  • पित्तथैली सम्वन्धि रोग ।
  • स्ट्रोकको इतिहास (पक्षघात गराउने आक्रमण) भएमा ।
  • रक्तवाहिनी नशामा रगत जम्नु (यसले प्रायः एउटा खुट्टा सुन्निने र दुख्ने हुन्छ) ।
  • कलेजोको रोग वा हेपाटाइटिस।

यि मध्येका कुनै पनि स्वास्थ्य समस्याहरु भएका धेरैजसो महिलाहरुले मिश्रीत चक्कीको सट्टामा सुरक्षित तवरले प्रोजेस्टिन मात्र भएका मिनिपिल वा प्रोजेस्टिन मात्र भएका गर्भ निरोधक नरप्लान्ट वा सुईहरु प्रयोग गर्न सक्छन् । स्तन क्यान्सर वा गर्भाशयको क्यान्सर भएका महिलाहरुले हर्मोनयुक्त परिवार नियोजनका विधिहरुको उपयोग नगरी त्यसको सट्टामा अर्को विधिको प्रयोग गर्नुपर्छ ।

मिश्रीत चक्कीलाई प्रभाव पार्ने औषधीहरु

Rifampicin (क्षयरोगको एउटा औषधी), ritonavir (एच. आई. भी. को एउटा औषधी) र केही कम्प हुने रोगका औषधीहरु (epilepsy medicines) ले जन्म निरोधक खाने चक्कीलाई कम प्रभावकारी बनाउँदछन् । यदि यस्ता औषधीहरु लिइरहेको भएमा परिवार नियोजनका अन्य विधिहरुको उपयोग गर्नुपर्छ । मधुमेहको लागि इन्सुलिन लिइरहेका महिलाले जन्म निरोधक चक्की खान शुरु गरेपछि चिकित्सकसँग सल्लाह गरेर इन्सुलिनको मात्रा मिलाउनुपर्छ ।

कसले अन्य विधिहरुबारे बिचार गर्नुपर्ने

केही अन्य स्वास्थ्य समस्याहरु पनि छन् जसले मिश्रीत चक्की प्रयोग गर्नुभन्दा अघि सोच्नुपर्छ । यि स्वास्थ्य समस्याहरु भएका महिलाहरुले अर्को परिवार नियोजनको विधि अपनाउनु सुरक्षित हुन्छः

  • उच्च रक्तचाप (१४०/९० भन्दा माथि) । उच्च रक्तचाप बारे थप सामग्रीका लागि मुटुसम्वन्धि रोगहरु (तयारीको क्रममा) हेर्नुहोस् ।
  • ३५ बर्षभन्दा वढी उमेर भएमा र माइग्रेन टाउको दुखाई (वाकवाकी सहितको गम्भीर प्रकृतिको टाउको दुखाई) भएमा ।

यस्ता स्वास्थ्य समस्याहरु भएकी महिलाले मिश्रीत चक्कीहरु लिइरहेको भएमा समस्याहरु झन् नबढोस् भनेर विचार गर्नुपर्छ । यदि कुनै परिवर्तन नभएमा उनलाई मिश्रीत चक्कीको प्रयोगलाई निरन्तरता दिनु ठीकै छ । यदि समस्याहरु झनै खराब भएमा उनले तुरुन्तै खानेचक्की लिन छोड्नुपर्छ ।

प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु (मिनिपिल)

यस जन्म निरोधक चक्कीमा एष्ट्रोजेन नभई प्रोजेस्टिन मात्र रहेको हुन्छ । मिश्रीत गर्भनिरोधक चक्कीहरु प्रयोग गर्न नसक्ने धेरैजसो महिलाहरुलाई यो सुरक्षित छ र मिश्रीत चक्कीहरु भन्दा केही कम प्रतिकूल प्रभावहरु हुन्छन् । सानो चक्कीले स्तनपान गराउने आमाहरुको दुध आपूर्तीमा कमी ल्याउँदैन । सानो चक्की सेवन गरीरहेका महिलाहरुलाई अनियमित महिनावारी, महिनावारीको समयमा छिटपुट रक्तश्राव वा महिनावारी नै नहुने हुनसक्छ ।

NWTND FP Page 14-1.png
सानो चक्कीको पुरियामा रहेका सबै चक्कीहरुमा उस्तै मात्रामा हर्मोन रहेको हुन्छ । प्रत्येक दिन एक चक्की सेवन गर्नुपर्छ ।

साना चक्कीहरु कसरी खाने]

मासिक रक्तश्राव शुरु भएको पहिलो दिनदेखि पहिलो चक्की खानुपर्छ । यौनसम्पर्क नराखेपनि प्रत्येक दिन एकै समयमा १ चक्की खानुपर्छ । मासिक रक्तश्राव नभएपनि एउटा पुरियाका चक्की सक्किने बित्तिकै अर्को दिनदेखि नयाँ पुरियाबाट चक्की खान शुरु गर्नुपर्छ । कुनै पनि दिन चक्की खान छुटाउनुहुँदैन । पुरियाको प्रत्येक चक्कीमा समान मात्रामा प्रोजेस्टिन रहेको हुन्छ ।

सानो चक्की खान केही घण्टा पनि ढिलो गर्नुभएमा वा एक दिन खान विर्सनुभएमा पनि यौन सम्पर्कको कारणबाट गर्भ रहन सक्छ । यदि सानो चक्की खान बिर्सिएमा सम्झिने बित्तिकै जतिसक्दो चाँडो खाइहाल्नुपर्छ । त्यसपछि अर्को चक्की नियमित समयमै खानुपर्छ एकै दिनमा २ चक्की खाएको जस्तो भएपनि । ७ दिनसम्म यौनसम्पर्क नराख्ने वा कण्डमको प्रयोग गर्नुपर्छ । नियमित समयभन्दा ढिलो गरी चक्की खाएमा वा खान बिर्सिएमा थोरै रक्तश्राव हुन्छ ।

सानो चक्कीका सम्भावित प्रतिकूल प्रभावहरु

प्रोजेस्टिन मात्र भएका सानो चक्कीहरुका धेरैजसो देखिने प्रतिकूल प्रभाव भनेको मासिक रक्तश्रावमा गडवडी हुनु हो । महिनावारी नै पूर्ण रुपमा रोकिन सक्छ । यो खतरापूर्ण हुँदैन । अन्य असरहरुमा तौलमा बृद्धि, टाउको दुखाई र डण्डिफोर आउनु हुनसक्छन् वा महिनाको बिचमा पनि रक्तश्राव हुनसक्छ ।

सानो चक्कीलाई प्रभाव पार्ने औषधीहरु

Rifampicin (क्षयरोगको एउटा औषधी), ritonavir (एच. आई. भी. को एउटा औषधी) र केही कम्पन हुने रोग (epilepsy) का औषधीहरुले जन्म निरोधक चक्कीहरुको प्रभाव कम गर्छन् । यस्ता औषधीहरु लिइरहेको खण्डमा परिवार नियोजनका अन्य विधिहरुको उपयोग गर्नुपर्छ । मधुमेहका लागि इन्सुलिन लिइरहेका महिलाहरुले जन्म निरोधक चक्की लिन शुरु गरेपछि इन्सुलिनको मात्रा मिलान गर्नुपर्ने हुनसक्छ ।

साना चक्की खान छोड्ने

गर्भवती हुन चाहेमा वा परिवार नियोजनको अन्य विधि उपयोग गर्न चाहेमा जुनसुकै समयमा साना चक्की खान छोड्न सकिन्छ । यो चक्की खान छोड्ने बित्तिकै महिलाले गर्भाधारण गर्न सक्छिन् । त्यसकारण गर्भवती हुन नचाहनेले भने तुरुन्तै अर्को विधिको सुरुवात गर्नुपर्छ ।

शिक्षक खुर्शिद हत्या छानविन गर्न समिति गठन

काठमाडौं, असोज ५ । गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।   मन्त्रालयले दाहालको संयोजकत्वमा प्रहरी उपरीक्षक रेशमकुमार थन्सु, उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, १ नं प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य र सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य सचिव रहनेगरी समिति गठन गरेको हो ।   मन्त्रालयले समितिलाई १५ दिनभित्र घटनाको विस्तृत छानविन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।मन्त्रालयले घटनाको अध्ययन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई छुट्टै अनुसन्धान टोली बनाएर अध्ययन गर्न निर्देशन दिएको छ ।   यसअघि बिहीबार नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले खुर्शिदको हत्याबारे छानविन गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो । -रासस

बजार व्यवस्थापनबारे भ्रम सिर्जना गरिएकोमा भरतपुर महानगरको ध्यानाकर्षण (विज्ञप्ति सहित)

भरतपुर, भदौ २९ । भरतपुर महानगरपालिकाले महानगरको बजार व्यवस्थापन कार्यप्रति भ्रम सिर्जना गरिएकोमा त्यस्तो कार्यप्रति खेद प्रकट गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विज्ञप्ति जारी भरतपुर महानगरपालिकाले तोकेको स्थानमा गई आ–आफ्नो व्यवसाय गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आउँदा दिनमा व्यवस्थापनमा खटिएका प्रहरी, ट्राफिक प्रहरी तथा नगर प्रहरीहरुको मनोबल घटाउने खालका कुनै पनि गतिविधि नगर्न र त्यसो गरिएको पाइएमा कडा कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’ विज्ञप्तिमा जनाइए अनुसार बजार व्यवस्थित गर्न समस्याको रुपमा रहेका फुटपाथ व्यवस्थापन र सवारी पार्किङको लागि उपयुक्त स्थान समेत तोकी कामकारबाहीसमेत अगाडि बढिरहेको छ । विज्ञप्तिमा यसरी फुटपाथ व्यवस्थापन गर्ने क्रममा जथाभावी रुपमा सडकपेटीमा व्यवसाय गर्ने एक समूहले भाद्र २७ गते व्यवस्थापनमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय र भरतपुर महानगरपालिकाका नगर प्रहरीहरुलाई समेत हतोत्साहित गराउने उद्देश्यले सामाजिक सञ्जालमा नियोजित ढंगबाट अमर्यादित भिडियोहरु अपलोड गरी भरतपुर महानगरको बजार व्यवस्थापन कार्यप्रति भ्रम सिर्जना गरिएकोमा आपत्ति जनाइएको छ । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र बजार एवम् पार्किङ व्यवस्थापन र सडक पेटीमा व्यवसाय गर्ने परिपाटीको अन्त्य गरी सुरक्षित सडक, हराभरा र व्यवस्थित महानगर निर्माण गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइरहेको बताएको छ । यसको व्यवस्थापनको लागि भरतपुर महानगरपालिकाले महानगरभित्रका सम्बन्धित सरोकारबाला निकायहरुसँग समन्वय र आवश्यक निर्देशन दिइरहेको जनाएको छ ।  

वीरता जेसीजको साधारणसभा सम्पन्न

बिर्तामोड, भदौ १५ । झापाको बिर्तामोडस्थित वीरता जेसीजले संस्थाका पूर्व अध्यक्ष स्व.मदन ढकाल र स्व.दिलकुमार शर्मा घिमिरेको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । वीरता जेसीज सन् २०१८ को प्रथम साधारणसभाले उक्त निर्णय गरेको हो । शुक्रबार बिर्तामोडमा सम्पन्न साधारणसभाले ‘स्व.मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार र ‘स्व‍‍.दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार स्थापनाको निर्णय गरेको छ । पुरस्कार स्थापनाका लागि ढकाल र शर्माका परिवारसँग समन्वय गरी अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट हरेक वर्ष पुरस्कार वितरण गरिने बताइएको छ । शुरुमा कम्तीमा १-१ लाखको अक्षयकोष राखी ११-११ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने र सो पुरस्कार यसवर्षको मंसीरबाट वितरण शुरु गरिने जनाइएको छ । साधारणसभाले पुरस्कार स्थापनासहित विभिन्न पाँचवटा प्रस्तावहरु पारित गरेको छ । अध्यक्ष एकराज गिरी र महासचिव कमलप्रसाद पाण्डे विनोदले प्रस्तुत गरेको हालसम्मका कार्यक्रमको अनुमोदन र अबको कार्ययोजना समेत साधारणसभाले पारित गरेको छ । फेबु्रअरी १२ मा पदभार ग्रहण गरेपछि वीरता जेसीजको वर्तमान नेतृत्वले विभिन्न ४६ वटा कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै कोषाध्यक्ष जीवनकुमार खड्काले प्रस्तुत गरेको वार्षिक अनुमानित बजेट समेत पारित भएको छ । त्यसैगरी तीनवर्षे कार्यवधि रहेको वीरता जेसीज दीर्घकालीन योजना समितिलाई समेत सभाले अनुमोदन गरेको छ । समितिको सभापतिमा राजकुमार पोखरेल, सदस्यहरुमा शिवकुमार अग्रवाल, विनोद बस्नेत, प्रमेश राजकर्णिकार र एकराज गिरी रहेका छन् । त्यस्तै नयाँ सदस्यता प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ । कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, रामलोचन न्यौपाने, शिवकुमार अग्रवाल, राजेन्द्र चम्लागाई, निवर्तमान अध्यक्ष सञ्जु भारतीले विधान बमोजिम साधारणसभाको शुरुवात गरेकोमा धन्यवाद ज्ञापन गरे । जेसीजले वर्षमा तीनवटा साधारणसभा गर्नुृपर्ने व्यवस्था छ । उनीहरुले व्यक्तित्व र नेतृत्व विकास गरी समाजमा स्थापित हुने जेसीज अवसर र उपयुक्त थलो भएको बताए । कार्यक्रममा सहकोषाध्यक्ष घनश्याम चौधरीले आस्था वाचन, उपाध्यक्ष सञ्जिव घिमिरेले जेसीआई मिसन र भिजन वाचन र प्रकरण निर्देशक विशाल थापाले नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए । सभामा महासचिव पाण्डेले प्रस्तावहरु प्रस्तुत गरेका थिए । कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले विधान बमोजिम सभाको गणपुरक संख्या पूर्ण भएको उद्घोष गरेपछि साधारणसभा शुरु भएको थियो । १७ जनालाई नयाँ सदस्यता वीरता जेसीजले सदस्यताका लागि आवेदन गर्ने मध्ये जेसीज अभियानमा सक्रिय १७ जनालाई सदस्यता प्रदान गरेको छ । सो सम्बन्धी प्रस्ताव साधारणसभाले पारित गरेको हो । नयाँ सदस्यहरुलाई वीरता जेसीजका अध्यक्ष गिरीले शपथ ग्रहण गराएका थिए भने जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । अन्य पूर्व अध्यक्षहरुले अविर लगाएर बधाई शुभकामना ज्ञापन गरेका थिए । साधारणसभाले अमित अग्रवाल, सागर निरौला, एमडी सर्फराज शेख, एजाज अहमद अन्सारी, पंकज खरेल, निराज चुडाल, अबरार अफजल अन्सारी, मो। साहननाज अन्सारी, जनक खड्का, मोहनबहादुर खड्का, कृष्णबहादुर कार्की, सञ्जय बराल, सुरेश खतिवडा, घनेन्द्र खनाल, सेराज अन्सारी, साहबुद्दिन शेख, कृष्ण अग्रवाल झापालीलाई सदस्यता प्रदान गरेको हो । ७ जनालाई जेसी अफ द वीकको अवार्ड वीरता जेसीजले जेसीज सप्ताहमा विभिन्न कार्यक्रमको संयोजक रहेर उत्कृष्ट भूमिका निर्वाह गर्ने सात जनालाई ‘जेसी अफ द वीक’को अवार्ड प्रदान गरेको छ । गत साउन ११ गतेदेखि १३ गतेसम्म विभिन्न सातवटा कार्यक्रमका साथ जेसीज सप्ताह सम्पन्न भएको थियो । संयोजकले सातै वटा कार्यक्रमलाई उत्कृष्ट बनाउन खेलेको भूमिकाको वीरता जेसीजले कदर र प्रशंसा गर्दै उक्त अवार्ड प्रदान गरेको हो । ‘जेसी अफ द वीक’को अवार्ड प्राप्त गर्नेहरुमा कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेल, मिक्की कार्की, जनसम्पर्क अधिकारी कुशल खतिवडा, स्वयम्सेवक संयोजक दिपेन चौधरी, युवा संयोजक टहरदास ओली, महिला तथा बालबालिका संयोजक पुकार बराल र स्वागत संयोजक रमेश चौधरी रहेका छन् । वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सातैजनालाई अवार्ड प्रदान गरेको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

काम नलाग्ने हुनसक्छ आइफोन भारतमा

नयाँ दिल्ली । आइफोन समाजमा स्टेटस सिम्बलको रूपमा स्थापित भइसक्यो । हातमा एप्पलको आइफोन हुनु प्रतिष्ठाको विषय मानिन्छ । तर भारतमा भने आइफोन प्रयोगकर्ताहरूमाथि एउटा समस्या आइलागेको छ । आइफोन निर्माता कम्पनी एप्पल र भारतीय दूरसंचार विनियामक प्राधिकरण (ट्राइ) बीच जारी द्वन्द्वको असर प्रयोगकर्ताहरूमा पर्न सक्ने बताइएको छ । एप्पल र ट्राइबीचको यो द्वन्द्व डु-नट-डिस्टर्ब (डीएनडी) भन्ने एपका कारण सुरु भएको हो । ट्राइले एप्पलका लागि यस एपको डीएनडी-२.० भन्ने नयाँ भर्सन डिजाइन गरेको थियो जसलाई एप्पलले आफ्नो एप-स्टोरमा ठाउँ दिएन । ट्राइ एप्पलले यस एपलाई एप्पलले स्थान देओस भने चाहन्छ ताकि प्रयोगकर्ताहरूसम्म आउने स्प्याम कल तथा म्यासेजलाई रोक्न सकियोस् । तर एप्पलले भने यस एपले प्रयोगकर्ताका कल तथा म्यासेजलाई रेकर्ड गर्ने अनुमति माग्दछ जसले गर्दा उनीहरूको गोप्यता भङ्ग हुन सक्छ । दूरसंचार प्राधिकरणले हालै जाली कल तथा स्प्याम म्यासेज रोक्न टेलिकम सेवा प्रदाता कम्पनीहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ । उसले मोबाइलफोन अपरेटिङ सिस्टममा यस्ता प्रकारका कल तथा संदेशहरू आउनबात रोक्न आफ्नो निधारित मापदण्डमा रहेका एप डाउनलोड गर्न मिल्ने बनाउनु पर्ने नियम बनाएको छ । यदि एप्पलले यसो नगरेको खण्डमा भारतका टेलिकम सेवा प्रदायक कम्पनीहरूले एप्पलका फोनहरूमा आफ्नो सेवा बन्द गर्न सक्नेछन् । भारतीय दूरसंचार प्राधिकरणले जारी गरेको नया नियम अनुसार सबै प्रयोगकर्ताहरूले अनिवार्य रूपमा डीएनडी एप डाउनलोड र इन्स्टल गर्नु पर्नेछ र हाल यो एप एण्ड्रोइड प्लेटफर्ममा मात्र उपलब्ध रहेको छ र छ महिनाभित्र आइफोनमा यो उपलब्ध नभएको खण्डमा ती फोनहरूको दर्ता खारेज गरिने छ । र त्यस्तो अवस्थामा ती फोनहरूमा भारतीय सिम राखेर थ्री-जी या फोर-जी चलाउन मिल्ने छैन ।

मन्त्री खनाल र राजदुत भेटघाट

काठमाडौं, असार २८ । कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी समझदारीका विषयमा छलफल भएको छ । जापानी राजदुतसँगको छलफलमा मन्त्री खनालले नेपालका लागि रााजदुतमा नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्नका लागि शुभकामना दिनुभयो । भेटमा मन्त्री खनालले नेपाललाई आर्थिक रुपान्तरणमा लैजाने महान अभियाना रहेको भन्दै त्यसका लागि कृषि एवं आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खनालमा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा जापान सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । जवाफमा राजदुत मासामिचिले नेपालसँग अर्गानिक खेती र प्रविधिको ज्ञान र शिप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताउनुभयो । त्यस्तै जर्मन राजदुतसँगको भेटमा मन्त्री खनालले निक्कै लामो समयदेखि जर्मन सरकारसँग मित्रतापूर्ण सम्बन्ध रहेको भन्दै भविष्यमा पनि त्यो सम्बन्ध थप मजवुत हुने बताउनुभयो । पोष्ट हार्भेष्टिङ एवं कृषि प्रशोधन र भण्डारण तथा कृषि सडक सञ्चालमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा राखिएको मन्त्री खनालको भनाई छ । राजदुत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने एक सम्मेलनमा सहभागिताका लागि मन्त्रीलाई निमन्त्रण दिनुभएको छ ।

नारायणगढ–मुग्लिन सडक भाँस्सिएपछि यातायातमा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताउनुभयो । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उहाँले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताउनुभयो । नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ । अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ । सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भाँसिएर रक स्वायल एङ्करिङ गरिएको बताउनुभयो । भित्तोमा ड्रिल गरी १०÷१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ । सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ । हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन् । रासस

नेइमार: नौटंकी र फुटबल दुबैमा अव्वल

यस विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घर फर्किसकेपछि प्रतियोगिता सुरु हुनुअघि खुबै चर्चामा रहेका तीन सुपरस्टारहरूमध्ये नेइमारको टीम मात्र प्रतियोगिताको अगिल्लो खेल खेल्न रुसमा बसिराखेको छ। प्रतियोगिता सुरु हुनुभन्दा अगाडि विश्वकै सर्वाधिक महँगा फुटबलर नेइमार निकै चर्चित थिए।  तर लीग चरणमा स्फूर्तिका पर्याय मानिने नेइमार केहि सुस्त देखिए। नकआउट चरणमा पुग्दापुग्दा नेइमार लयमा फर्किए र उनले मेक्सिको विरुद्ध एक गोल गरे र अर्को गोल गर्न सघाए। नेमारको जीवनः स्टार्डम, सम्पत्ति र सेक्स रसिया विश्व : ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै, आज जम्लान नेमार ? काे हुन् सुपरस्टार मेस्सीलाई घर फर्काउने १९ वर्षीय अम्बापे ? तर अहिले नेइमार यस जीतका साथसाथै एउटा अर्को कारणले पनि चर्चित रहेका छन्। ब्राजिलको दैनिक समाचारपत्र ‘ग्लोबो’ले लेखेको छ’ “नेइमारले ब्राजिललाई खुसी पारे तर सारा संसारलाई रुष्ट पारिदिए।” नेइमार, अर्थात यस्तो फुटबलर जसले एउटै खेलमा उत्कृष्ट फुटबल प्रतिभारा वाहियात नौटंकी सँगसँगै प्रस्तुत गरे। प्रसंशा पनि आलोचना पनि सँगसँगै सोमवार राउण्ड-सिक्सटीनमा मेक्सिको विरुद्ध खेल्ने क्रममा नेइमार साँच्चिकै नेइमार अवतारमा प्रकट भए। ब्राजिलको बेल्जियम विरुद्ध २-० को जीतमा उनको निर्णायक भूमिका रह्यो। नेइमार आलोचित हुनुका कारण यस्ता छन् मेक्सिकोमाथिको जितसँगै ब्राजिलले बनायो यस्ता रेकर्ड, नेइमारले पछि पारे मेसी र रोनाल्डोलाई तर उनी मैदानमा गोल गर्नु भन्दा अन्य कारणले पनि चर्चामा रहे। उनी खेल अवधिभरि कुनै न कुनै रूपमा दर्शकहरूको ध्यान आकर्षणका केन्द्र बनिरहे। उनी घरि कुनै खेलाडीसँग भिड्ने गर्थे भने कहिले गम्भीर चोट लागेको नाटक गरेर लड्थे। यसले बेलाबेला मैदानमा ठुलै दुर्घटना भएको जस्तै लाग्थ्यो। मैदानमा चटक उनका तटस्थ समर्थकहरूले उनको खेलको प्रसंशा त गर्दछन् साथै उनको यस बानीको आलोचना समेत हुने गर्दछ। ब्राजिल र मेक्सिकोबीचको खेलमा पनि खेल समाप्त हुनुभन्दा २० मिनेट पहिले नेइमारकै कारण केही मिनेट खेल रोक्नुपर्ने स्थिति आयो। भएको के थियो भने मेक्सिकन खेलाडी मिगुअल लायुनको गोडा नेइमारको गोलीगाँठामा पऱ्यो। नेइमार असह्य पीडा भएजस्तै जोरजोरले कराउन थाले। अाज नेइमारको अग्नि परीक्षा, उत्तीर्ण होलान् कि अनुत्तीर्ण ? नेइमारको बहिनी राफेला दाइकाे खुसीयाली मनाउँदा मनाउँदै घाइते ! यो देखेर मेक्सिकोका खेलाडी, रेफ्री र अन्य अधिकारीहरू तुरन्त त्यहाँ पुगे। एकछिन् मैदानमा विवाद नै होला जस्तो लाग्यो। म्याच सिद्धिएपछि लायुनसँग सम्बन्धित प्रश्नमा उनका म्यानेजर टाइटेले भने, “लायुनले नेइमारमाथि नराम्ररी टेकेका थिए, मैले आफैँ स्क्रीनमा देखेको।” त्यसमा नेइमारले गजबको प्रतिक्रिया दिए, “हेर्नुस् मलाई लाग्छ यो सब मलाई होच्याउन गरिएको थियो।” “मलाई प्रसंशा या आलोचनाको कुनै पर्वाह छैन, किन भने यस्ता कुराले तपाईंको प्रवृत्तिलाई नै प्रभावित गर्न सक्छन्। पछिल्ला दुई म्याचहरूमा मैले ‘प्रेस’सँग कुरा गरेन किनभने म कुरा गर्न चाहन्नथे।” नेइमार भन्छन्, “मैले खेल्नुपर्छ, आफ्नो टीमको लागि र साथीहरुका लागि।” कस्तो छ अरुको प्रतिक्रिया एस्टर भिल्लाका पूर्व स्ट्राइकर डियोन डब्लिन भन्छन्, “म नेइमारको यस नौटंकीप्रति लज्जित छु।” विश्वकप फुटबलः ३२ वर्षपछि बेल्जियम अन्तिम आठमा, जापानको सपना यसकारण ध्वस्त २०१० को विश्वकप जितका ‘नायक’ इनिएस्टाले संन्यास लिए ! उनी भन्छन्, “उनी संसारका महान खेलाडी हुन्, तर जब उनी मैदानमा यसरी गुल्टिन्छन् साँच्चै दुःख लाग्छ। अचम्मको कुरा तपाईं फुटबल खेल्नुस् न त्योभन्दा राम्रो गर्न सक्नुहुन्छ।” दोहोरो लोकप्रियता सकारात्मक होउन् या नकारात्मक तर नेइमारका बारेमा प्रतिक्रियाहरू भने थुप्रै आउने गर्दछन्। इन्स्टाग्राममा उनका १० करोड फलोअर छन्। उनले पछिल्लोपल्ट गरेको पोस्टमा १५ मिनेटभित्र १० लाख लाइक आएका थिए। ट्विटरमा उनको एउटा अर्को तस्बिर सेयर भैराखेको छ जसमा उनी स्विट्जरल्याण्ड विरुद्धको म्याचमा लडेका छन्। यो तस्बिर र यससँग सम्बन्धित भिडियो, मेमे र जिफहरू सामाजिक संजालमा भाइरल हुन बेर लागेन। एउटा पोस्टमा र फरक-फरक तरिकाले पीडाले कराइरहेका आठ तस्बिर राखिएका छन् र सँगै प्रश्न समेत गरिएको छ- तपाईंलाई कति दुःखिराखेको छ? कोस्टारिकासँगको म्याचमा समेत नेइमारसँग एउटा घट्ना घटेको थियो। उक्त म्याचमा रेफ्रीले तनाव कम गर्ने उद्देश्ले नेइमारको पाखुरामा हातले छोएका थिए, नेइमारले तुरन्त उनको हात हटाइदिए, र भने “मलाई नछोऊ!” विश्वकप फुटबलः पहिलो क्वाटरफाइनल खेल्ने टिम को-को ? शुक्रबार भिडन्त विश्वकप फुटबलः नकआउट चरणमै नपुगी घर फर्किने १५ टिम को-को ? जारी विश्वकप फुटबलमा कसको कीर्तिमान के ? हेर्नुहोस्, तथ्य/तथ्यांक

बेपत्ता पौडेलको अवस्था सार्वजनिक गर !

पोखरा, असार १७ । नेपाली काँग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले आज कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै खोजीलाई प्रभावकारी बनाउन माग गरेको छ । अवस्था अज्ञात रहेकै अवस्थामा शनिबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनु र सोही बेला कास्की प्रहरी प्रमुखले अभिव्यक्ति र सार्वजनिक गरेका घटना विवरणप्रति पार्टीको ध्यानाकर्षण भएको पार्टी सभापति केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।महानगरपालिकाले पौडेललाई जिम्मेवारीबाट हटाउने र मनोबल गिराउने किसिमबाट गरिएका व्यवहारको छानवीन गर्न पार्टी सभापति केसीले माग गर्नुभयो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बेपत्ताको खोजीलाई प्रशासनले निरन्तर रुपमा अघि बढाएको बताउँदै दवाव वा अन्य मनोवैज्ञानिक तनावका कारकको खोजी एवं अनुसन्धान गरिने उल्लेख गर्नुभयो ।

नेविसंघद्वारा सरकारी गाडी तोडफोड

दाङ, असार १७ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ( नेविसंघ) ले दाङमा सरकारी गाडीमाथि तोडफोड गरेको छ। आइतबार दाङको तुलसीपुरमा नेविसंगले तीनवटा सरकारी गाडीमाथि तोडफोड गरेको हो । गएको एक महिनादेखि चर्को मूल्यवृद्धि फिर्ताको माग नेविसंग आन्दोलनरत छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेको बताए । अदुलाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको गाडीको सिसा तोडफोड गरेको प्रमुख सापकोटाले बताए । नेविसंघका विद्यार्थीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

एकाबिहानै चितवनमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

चितवन, असार १७ । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नारायणीमा डुबेर युवतीको मृत्यु भरतपुर महानगरपालिका-१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६ः४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको हो । नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस

एसइईमा जिपिए ४ ल्याउनेलाई एक लाख पुरस्कार

मोरङ, असार १६ । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिनुभयो । यस्तै जिपिए ३।९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई रु ६० हजार, जिपिए ३।९ प्राप्त गर्ने कुसुम लिम्बूलाई रु ५० हजार, जिपिए ३।८५ ल्याउने विवेक दुलाललाई रु २५ हजार र जिपिए ३।७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएको थियो ।

लिपुलेक नजिक फहराउन छाड्यो नेपाली झण्डा

लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमामा पर्दछ । केही समय अघि लिपुलेकबारे भारत र चीनबीच सम्झौता हुँदा त्यसकोबारे नेपालमा असन्तुष्टिका स्वर सुनिएका थिए । तर त्यही लिपुलेक नजिकै रहेको व्यासमा भने चार दशक अघि देखि चालु अवस्थामा रहेको सीमा प्रशासन कार्यालय हाल संचालनमा नहुँदा त्यहाँ सधैं फहराइने नेपाली झण्डा फहराइन छाडेको छ । उज्यालो अनलाइनका लागि शंकर धामी लेख्छन्: दार्चुलाको व्यासमा चार दशकअघि सीमा प्रशासन कार्यालय स्थापना गरिएको थियो । वि.सं. २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालय लामो समयसम्म नियमित सञ्चालनमा रहे पनि पछिल्लो समय सञ्चालनमा छैन । भारत र चीनको सीमा जोडिएको व्यास क्षेत्रमा सीमा प्रशासन कार्यालय राख्नु पञ्चायती सरकारको बुद्धिमतापूर्ण निर्णय थियो । अहिले इलाका प्रशासन कार्यालयले नागरिकलाई सेवा दिएजस्तै नागरिकतालगायतका सेवाहरु दिने जिम्मेवारी पनि सीमा प्रशासन कार्यालयको थियो । सेवाग्राहीको संख्या कम भएर कार्यालय सञ्चालनमा आउन नसकेको सरकारी अधिकारीहरुले बताउने गरेपनि व्यास क्षेत्रको जनसंख्यामा पञ्चायतकालमा भन्दा पनि अहिले कम भएको होइन । त्यतिबेला मुख्यतः सीमाक्षेत्रको सुरक्षा, तथा अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा राज्यको उपस्थिति जनाउन कार्यालय स्थापना गरिएको भए पनि अहिले यो महत्वलाई भूलेर कार्यालय बन्द गरिनु दुखद भएको यो क्षेत्रका बासिन्दाहरु बताउँछन् । व्यासको छाङरुका वासिन्दाको बसाईसराईसँगै सीमा प्रशासन कार्यालय पनि वर्षको छ महिना व्यासमा र छ महिना खलंगामा सर्ने गरेको थियो । स्थानीयवासी कुञ्चामा सरेसँगै खलंगाबाट सीमा प्रशासन कार्यालय व्यासको छाङरुमा सञ्चालन हुने गर्दथ्यो भने हिउँदमा खलंगामै कार्यालय हुने गर्दथ्यो । सीमाक्षेत्रको अवस्थाको अध्ययन, भ्रमण गरि हरेक महिना प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई रिपोर्टिङ गर्ने मुख्य जिम्मेवारी सीमा प्रशासन कार्यालयले गर्दै आएको थियो । खासगरी, भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अतिक्रमणका क्रियाकलाप, व्यासका वासिन्दाले भोग्नुपरेको समस्या, सीमाक्षेत्रका समसामयिक विषयमा मासिक रिपोर्टिङ केन्द्रीत हुने गरेको त्यतिबेला कार्यरत कर्मचारीको भनाई छ । व्यासको छाङरुमा सीमा प्रशासन कार्यालयले घरभाडामा लिएको छ । दुई वर्ष अघिसम्म चैतदेखि असोजसम्म छाङरुको सीमा कार्यालय सञ्चालन हुने गर्दथ्यो तर पछिल्ला वर्षमा छाङरुको कार्यालयमा लगातार ताला झुण्डिएको छ । दुई वर्ष अघिसम्म स्थानीयवासीको बसाईसराई छाङरुमा हुँदा सीमा प्रशासन कार्यालयका कार्यालय सहयोगीले कार्यालय सञ्चालन गर्दथे । छाङरु गाँउमा रहेको सीमा प्रशासन कार्यालयमा नेपाली झण्डा फहराइन्थ्यो । तर विगत दुई वर्षदेखि छाङरुको कार्यालयमा कार्यालय सहयोगी पनि पुग्न सकेका छैनन् । सदरमुकाम खलंगामा पनि सीमा प्रशासन कार्यालयको नाममा चारकोठे घर भाडामा लिइएको छ । नेपाल सरकारले सीमा प्रशासन कार्यालयका नाममा छुट्टै वार्षिक बजेट र अख्तियारी हरेक वर्ष दिंदै आएको छ । सीमा प्रशासन कार्यालयका लागि छुट्टै कर्मचारीको दरबन्दी छ, तर सीमा कार्यालय न खलंगामा सञ्चालन भइरहेको छ न त व्यासको छाङरु मै कार्यालय सञ्चालनमा छ । कार्यालय सञ्चालन नहुनुको कारण जिम्मेवार अधिकारीले आफू अनुकुल बताउँछन् तर नागरिकको आँखाले हेर्दा जिल्लास्तरमा प्रशासकीय प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयकै लापरवाहीका कारण यस्तो अवस्था देखिएको स्थानीयवासीको दाबी छ । किनकि, प्रमुख जिल्ला अधिकारीले सीमा प्रशासन कार्यालयका लागि छुट्टै कर्मचारी छन्, छुट्टै बजेट र अख्तियारी छ, उक्त कार्यालयको आफ्नै जिम्मेवारी र भूमिका छ भनेर बुझ्नुपर्ने भएपनि त्यसो नगरिएको उनीहरुको भनाई छ । कर्मचारी व्यवस्थापनमा चुनौती भए पनि अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा रहेको सीमा कार्यालयको नियमित सञ्चालनलाई प्राथमिकता दिनुपर्ने हो । तर विडम्बना त्यस्तो हुन सकेको पाइएको छैन । गृह मन्त्रालयले पनि सीमा प्रशासन कार्यालयको सञ्चालनको अवस्थाबारे चासो देखाउनुपर्ने हो । जबकि क्षेत्रीय प्रशासन कार्यालयको संरचना छ भने त्यसको नेतृत्वमा सचिवस्तरका क्षेत्रीय प्रशासकले गर्दछन् । आफ्नो क्षेत्रभित्रको सीमा प्रशासन कार्यालय सञ्चालन भइरहेको छ वा छैन भन्ने हेक्का क्षेत्रीय प्रशासकहरुले पनि राख्नुपर्ने हो । तर उनीहरुले पनि यतातिर ध्यान दिन सकेका छैनन् । सीमा प्रशासन कार्यालय सञ्चालन भए, नभएकोबारे सरकार बढी जिम्मेवार, जानकार र जवाफदेही हुनुपर्ने हो । तर सरकारलाई यसबारे कुनै जानकारी वा सरोकार नै छैन कि जस्तो देखिएको छ । अहिलेसम्म यसबारेमा कतै सोधीखोजी नहुनु त्यसकै प्रमाण हो । एकजना शाखा अधिकृत, एकजना नायव सुब्बा, एकजना सहलेखापाल र दुईजना कार्यालय सहयोगी गरी पाँचजना कर्मचारीको दरबन्दी सीमा कार्यालयमा छ । तर शाखा अधिकृतको दरबन्दी लामो समयदेखि रिक्त छ । २०६८ सालसम्म शाखा अधिकृत रहेका रामवहादुर सिंहले व्यासको छाङरुसम्म स्थलगत भ्रमण पनि गर्नुभएको थियो । त्यसपछि भने कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी व्यासक्षेत्रमा पुग्न सकेका छैनन् । २०६८ सालपछिको केही समय तत्कालिन सहायक प्रजिअ हर्कवहादुर सिंहले पनि सीमा कार्यालयको जिम्मेवारी सम्हालेको अभिलेख छ । तर ६ वर्षयता अधिकृत, नायवसुब्बा वा खरिदारस्तरका कर्मचारी कार्यालय सञ्चालनका लागि व्यास क्षेत्रमा पुगेका छैनन् । आजको मितिसम्म सीमा प्रशासन कार्यालयका कर्मचारी जिल्ला प्रशासन कार्यालयको दैनिक कार्यसम्पादनमा संलग्न छन् । कर्मचारीको व्यवस्थापनको जिम्मेवारी बोकेका सिडियोले विगतदेखि नै सीमाका कर्मचारीहरुलाई जिल्ला प्रशासनको दैनिक सेवा प्रवाहमा खटाएका छन् । कार्यालय सञ्चालन नहुँदा घाटा के ?  सीमा कार्यालय सञ्चालन भए, नभएको वा कर्मचारी कार्यरत भए, नभएको विषयभन्दा पनि सीमा कार्यालय सञ्चालन नहुँदा घाटा के भयो भन्ने विषय महत्वपूर्ण छ । अहिले पनि सीमाक्षेत्रको अवस्थाबारे सीमा प्रशासन कार्यालयले मासिक प्रतिवेदन तयार गर्ने गरेको छ । उक्त प्रतिवेदन सिडियो र गृह मन्त्रालयसमक्ष प्रस्तुत पनि हुने गरेको छ । तर खलंगामै बसेर सीमाक्षेत्रको मासिक रिपोर्टिङ हुँदै आएको छ । सीमा प्रशासन कार्यालय सञ्चालन नहुनुको सबैभन्दा ठूलो नोक्सानी यही हो । हाम्रो राज्य संयन्त्र सीमाक्षेत्रका गतिविधिबारे बेखबर छ । सीमा प्रशासन कार्यालयका कर्मचारी जिल्ला प्रशासनमा खटिएको अवस्थामा सीमाक्षेत्रको अवस्था, वस्तुस्थिति र गतिविधिबारे कसरी स्पष्ट जानकारी हासिल होला ? सीमाक्षेत्रमा कुनैपनि कर्मचारीको भ्रमण नहुँदा कसरी वस्तुगत स्थितिबारे यथेष्ट जानकारी प्राप्त होला । दुई वर्ष अघिसम्म एकजना कार्यालय सहयोगीमार्फत सञ्चालन गरिने छाङरुस्थित सीमा कार्यालयमा दुई वर्षयता ताला झुण्ड्याइएको छ । कसरी पाइएका त्यसक्षेत्रको तथ्यगत खबर ? सीमा प्रशासन कार्यालयका दैनिक सेवाग्राही नभए पनि सीमा कार्यालयमा कर्मचारी खटिंदा सीमाक्षेत्रको तथ्यपूर्ण रिपोर्टिङ हुन्थ्यो । तर विडम्बना यति संवेदनशील जिम्मेवारीलाई जिल्ला र गृह मन्त्रालयस्तरमा महत्व दिइएको छैन । गत फागुन १० गते राप्लाको दुम्लिङ प्रहरी चौकीमार्फत जानकारी भएको महाकालीका काठेपुल र भारतीय पक्षले नेपाली भूमि भएर डोजर ढुवानीको विषय सीमा प्रशासन कार्यालयको जिम्मेवारीभित्र पर्छ कि पर्दैन ? सीमा कार्यालयका कर्मचारी आफ्नो कार्यक्षेत्रमा कार्यरत भएमा भारतले महाकालीमा एकतर्फी रुपमा राखेका काठेपुल र नेपाली भूमि प्रयोगको जानकारी समयमै आउने थियो । सरकारी संयन्त्र भएपनि निस्क्रिय देखिए । कार्यालय भएपनि कर्मचारी परिचालित नहुँदा र नियमित कार्यालय सञ्चालन नहुँदा हामीले भोग्नुपरेको तत्कालको एउटा उदाहरण मात्रै हो यो । दार्चुलाको सिडियो भएर आउने प्रशासकले सोच्नुपर्ने थियो, अन्तर्राष्ट्रिय सीमानामा राखिएको सीमा प्रशासन कार्यालय किन सञ्चालनमा छैन ? कसरी नियमित सञ्चालनमा ल्याउन सकिन्छ ? आफ्नो कार्यकालमा नेपाली भूमिको रक्षा र नेपालीको सुविधाका लागि केही राम्रो गरुँ भन्ने भावना राखेर सत्प्रयास गरिनुपर्ने हो । तर हालसम्म यो भावना र प्रयास भएको देखिदैन । विगतमा दार्चुलाका सिडियोहरुले गर्न छुटाएको यो पाटोलाई भर्खरै मात्रै सिडियोको जिम्मेवारीमा आएका नयाँ प्रशासकले कसरी आत्मसात गर्छन् हेर्न बाँकी छ ।

दुर्गममा प्रसूति गृह निर्माण

बाजुरा, जेठ २७ । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीय गोरख बोहराले बताउनुभयो । स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४÷७५ मा रु २० लाख ५८ हजार गाउँपालिकाले सहयोग रहेको थियो भने स्थानीयवासीको पाँच लाख जनश्रमदान गरी रु २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिनुभएको छ । भवन निर्माणसँगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टौं हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयवासीलाई वडामा सेवा सञ्चालन हुँदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । रासस

सन्दर्भ गणतन्त्र दिवसः गणतन्त्र र संघीयताबारे कर्णालीको बुझाइ

सुर्खेत । दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण गरिँदै आएको छ । मूलतः नेपाली जनताका लागि यसबाट नयाँ अध्याय शुरु भयो र मुलुक नयाँ शिराबाट अघि बढ्यो । २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपश्चात् मुलुकमा संविधान निर्माण नहुञ्जेलसम्मको संक्रमणकालमा नागरिकले समन्यायिक, समविकास र सुशासनको खासै प्रत्याभूति गर्न पाएनन् । जनताले गरेको प्रत्यक्ष अनुभूतिअनुसार संक्रमणकालीन परिवेशमा मुलुकमा निर्मम ढंगले अनियमितता, भ्रष्टाचार, शक्तिको दुरुपयोग हुँदै गयो । २०७२ असोज ३ गते नेपालको संविधान, २०७२ जारी भयो । यो संविधानले सार्वभौम जनताको पक्षमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प ग¥यो । संविधानको मर्मअनुरुप २०७४ भित्रै नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई सरकार निर्माण हुनुका साथै कार्य प्रारम्भ भइसकेको छ । अहिले मुलुकमा ७५३ स्थानीय, सात प्रदेश र एक संघीय सरकारले आ–आफ्नो कार्य थालनी गरिसकेका छन् । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र दोस्रो संविधान सभाबाट जारी नेपालको संविधान, २०७२ कै भावनामा संघीयता कार्यान्वयन तहमा प्रवेश गरेको छ । संघीयता कार्यान्वयन गर्न तथा सबै तहमा सुशासनयुक्त सरकार सञ्चालनका लागि भने संघीय कानून निर्माण पहिलो आवश्यकता रहेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउनुहुन्छ । दैलोमा अधिकार, संघीयताको उपहार सरकारले २७ फागुन २०७३ मा स्थानीय निकाय विघटन गरेलगत्तै सबै निकाय स्थानीय तहमा परिणत भए । तत्कालीन समयमा नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत तोकेर नगर÷गाउँपालिकाबाट काम गर्न दिएको निर्देशन तुरुन्त कार्यान्वयन भयो । एकाएक हिजोका संरचनामा फेरबदल आउँदा सर्वसाधारण नागरिक मात्र होइन, कर्मचारी स्वयंलाई पनि अनौैठो लागेको थियो । आज त्यही संरचना सबैलाई सहज लाग्दै गएको छ । हिजो गणतन्त्र, संघीयता के हो भन्ने भेउ नपाएका ग्रामीण क्षेत्रका जनता आजको संरचनागत कार्यले यसको वास्तविकता बुझाएको बताउँछन् । तातोपानी गाउँपालिका–६ निवासी लक्ष्मण पाण्डेले घरदैलामा अधिकार पाउनुले संघीयता हाम्रा लागि उपहार नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई÷तीन कामबाहेक सरकारका सबै सेवा दैलो नजिकबाटै पाएका छौँ ।” यो शासन व्यवस्थाले सबैलाई इमान्दार बनाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । सिंह गाउँमा, दरबार काठमाडौँमा केही वर्गबाहेक सबैले स्वीकारेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पर्याप्त कानून बनुन् र तिनको प्रभावकारी कार्यान्वयन होस् भन्ने चाहना सबैबाट व्यक्त हुने गर्दछ । तथापि मुलुक संघीयतामा गइसकेपछि तीनै तहका सरकार गठन हुँदा सरकार गठनको पहिलो वर्षमै स्थानीय तहमा विस्तारै आलोचना प्रत्याआलोचना पनि हुन थालेको छ । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेले व्यवस्था राम्रो भए पनि अधिकांश जनताले गाउँमा दरबारभन्दा सिंह मात्रै आएको महसुस गरेको टिप्पणी गर्नुभयो । संविधानले व्यवस्था गरेको मौलिक हकबमोजिम आफ्ना हक अधिकार प्रयोग गर्न नपाउँदा उनीहरुलाई त्यस्तो लागेको उहाँको भनाइ छ । जाजरकोट कुसे गाउँपालिका–३ का धनबहादुर कामीले भूगोलमा नेपाल र भारत फरक नभए पनि जिउने शैली फरक भएको बताउनुभयो । “भारतको हिमाञ्चल प्रदेश नेपालजस्तै हो, त्यहाँ हीरा फल्छ, तर नेपालमा जिरा फलाउने वातावरणसमेत छैन, उहाँले भन्नुभयो । यसमा प्रमुख कमजोरी नेतृत्वको नै रहेको उहाँले औँल्याउनुभयो ।” कर्णाली प्रदेश सभाका सांसद ठम्मर विष्ट भन्नुहुन्छ, “आधुनिक गणतन्त्र नेपालको स्थापना ऐतिहासिक घटना हो । त्यसमा गणतन्त्र र संघीयता दुईटा पाटा हुन् ।” संघ, प्रदेश तथा स्थानीय सरकारका लागि केही ऐन, नियम बन्न बाँकी रहेकाले केही अलमल देखिएको उहाँले बताउनुभयो । शुुरुको चरण भएर होला, तीन तहका सरकारले सोचेअनुरुपको गति नलिए पनि अब केही समयपछि जनताले गणतन्त्रको स्वाद चाखेर छोड्ने उहाँले दाबी गर्नुभयो । संघीय गणतन्त्रलाई नरुचाउने तत्वले छद्म भेषबाट असफल पार्न खोजेको आरोप लगाउँदै उहाँले मुलुक गणतान्त्रिक व्यवस्था र संघीयताको बाटोमा हिँडिसकेको बताउनुभयो । गणतान्त्रिक व्यवस्था र संघीयता नेपालले सजिलै थेग्न सक्ने उहाँको भनाइ थियो । गणतन्त्रलाई कसरी बुझ्छ कर्णाली कर्णाली प्रदेशका अधिकांश नागरिकले कामबाटै गणतन्त्र वा जनतन्त्र प्रष्ट हुन्छ भन्ने बुझेका छन् । चंखेली गाउँपालिका–२ हुम्लाका कालीबहादुर ऐडीले दलित, महिला, नपढेका, नलेखेका मान्छे पनि चुनाव जितेर जनताका लागि बोल्न थालेको बताउनुभयो । उहाँले विगतमाजस्तो सिफारिस बनाउनेदेखि सबै कामका लागि सदरमुकाम धाउनुपर्ने झञ्झट हटेर अहिले आफ्नै घर नजिकबाट सरकारी सेवा लिन पाउँदा गणतन्त्र यही रहेछ भन्ने बुझेको जनाउनुभयो । “हिजो विभिन्न योजना माग्नेदेखि पैसा लिन बजारसम्म पुग्थ्यौँ, आज त्यो अवस्था सहज बन्दै गएको छ । चखेली गाउँपालिकामा बैंक नपुग्या पनि अब चाँडै पुग्न्या भन्न्या सुनेको छु”, उहाँको भनाइ थियो । नागरिक समाज सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतले गणतन्त्रले अधिकार धेरै दिलाए पनि तल्लो स्तरसम्मका नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताउनुभयो । जनप्रतिनिधिले पनि भर्खरै भर्खरै संविधानका बारेमा जान्न थालेको उहाँको भनाइ छ । संयोजक महतले भन्नुभयो, “सरकार एवं नीति निर्माण तहमा रहेर काम गर्नेले गणतन्त्रका विषयमा जति सपना देखाएका थिए, तिनी अपेक्षाकृत हुन सकेनन् । विगतको गलत संस्कार अहिलेका जनप्रतिनिधिले पनि अंगालेकाले सुशासन, विकास र समृद्धिको नारा ओझेलमा पर्नसक्ने खतरा त्यतिकै देखिएको छ ।” मुलुकमा बसोबास गर्ने उत्पीडित, सीमान्तकृत र अल्पसंख्यकलाई राज्यको मूलप्रवाह ल्याउन सकिए सबैलाई गणतन्त्र फलदायी हुने महिला अधिकारकर्मी लक्ष्मीकन्या बूढा बताउनुहुन्छ । पितृसत्तात्मक सोचको अन्त्य, भ्रष्टाचार एवं हिंसारहित समाज निर्माण, सबै वर्ग क्षेत्रका लागि सम्मानजनक अधिकार र त्यसको प्रयोगले मात्र गणतन्त्रको औचित्यता पुष्टि हुने उहाँको बुझाइ छ । अन्ततः जनताका लागि गणतन्त्रको वास्तविकता अनुभूत गराउन मुलुकमा निर्मित कानूनको प्रभावकारी कार्यान्वयन मुख्य विषय हो । समृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ समावेशी समानुपातिक, सन्तुलित र न्यायोचित विकासमा ध्यान दिई सुशासन र गणतन्त्रको सही कार्यान्वयन हुनसके गणतन्त्र संस्थागत हुने सुनिश्चित गर्न सकिन्छ । रासस

माइक्रो र टेम्पोको जरिवाना बढाइयो

काठमाडौं, जेठ १४ । उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको बताउनुभयो । “उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा कम क्षमताका माइक्रोबस र टेम्पोलाई कारवाही गरेका हौँ”, उहाँले भन्नुभयो । महाशाखाले उपत्यकाका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख पन्तले पहिले रु ५०० जरिवाना गर्दै आएकामा शनिबारदेखि यातायात व्यवस्था विभागले रु एक हजार लिने गरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेको र सोहीअनुसार जरिवाना लिँदै आएको जानकारी दिनुभयो । ठूला सवारी साधनको हकमा सो नियम अझैसम्म लागू भएको छैन । उपत्यका बाहिर चल्ने लामो दूरीका सवारी साधनले भने यात्रु उभ्याएर बोक्ने गरेका छैनन् ।