राससलाई अझ विश्वसनीय र उत्तरदायी बनाइने: श्यामल

तुलसीपुर, पुस १२ । राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समयानुकूल विकास गर्दै लैजाने बताएका छन् । बिहीबार रासस दाङ तुलसीपुर कार्यालयको निरीक्षणपछि आयोजित अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् ।

उनले राससलाई सबैले परम्परागत दृष्टिकोणले हेर्ने गरेको भन्दै त्यसलाई रुपान्तरण गर्दै सूचनाको हकलाई सम्बद्र्धन गर्ने काममा रासस अगाडि बढेको बताए । रासस राष्ट्रको समाचार संस्था भएको भन्दै यसको अपनत्व राजनीतिक दल तथा सबैले लिनुपर्ने विचार व्यक्त गरे ।

“हामीहरुले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने काम गरेका छौँ”, उनले भने । उनले राससले सबै राजनीतिक दलले सञ्चालन गरेका क्रियाकलाप, विकास निर्माण र स्थानीय तहले गरेका गतिविधि, नीति निर्माण लगायतका समाचार प्रकाशन प्रसारण गर्ने गरेको उल्लेख गरे ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै लगेको भन्दै राससलाई विश्वसनीय बनाउन लागेको बताए । सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले हालसम्म भएको भौतिक निर्माणको प्रगति र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य जगप्रसाद शर्मा, रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, नेपाल राष्ट्रिय रासस कर्मचारी सङ्गठनका अध्यक्ष प्रेम उपाध्याय, रासस कर्मचारी सङ्गठनका उपाध्यक्ष मधुसुदन अर्याल, समाचारदाता प्रकाश सिलवाल, ज्येष्ठ नागरिक खुमानन्द अधिकारीको सहभागिता रहेको थियो । रासस

प्रचण्डकाे खुलासा: सरकारकाे काम प्रभावकारी बनाउन विशेष छलफल हुँदै

 चितवन । पूर्वप्रधानमन्त्री, चितवन क्षेत्र नम्बर ३ का सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको जारी बैठकले नेकपाको तल्लो तहसम्मको एकता टुङ्ग्याउने बताउनु भएको छ । भरतपुर महानगरपालिका २३, जगतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै प्रचण्डले जारी बैठकबाटै नेकपाको तल्लो तहको एकीकरण टुङ्गो लगाउने जानकारी दिनुभयो । प्रचण्डले स्थायी कमिटीको बैठकमा बिशेषगरी सरकारको काम पनि प्रभावकारी गर्नेमा केन्द्रित रहेको बताउनु भयो । चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनु भएका प्रचण्डले जगतपुर र माडी क्षेत्रको मुख्य समस्याका रुपमा रहेका जङ्गली जनावर र बाढीको समस्या समधान गर्ने गरी परियोजना बढाउन लागिएको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदी गौरवको विषय भए पनि यहाँका बासिन्दालाई समस्याको रुपमा खडा भएको प्रचण्डको भनाई छ । दुबै समस्या समधान गर्न राप्ती र नारायणी नदीमा तटबन्धसहितको रिङ्रोड निर्माणका लागि डिपिआर तयार भइरहेको भन्दै उहाँले बहुबर्षीय योजनासहित काम आगाडि बढ्ने बताउनु भयो । ‘ठोरी माडी हुलाकी सडक निर्माण गर्दा माडीको समस्या समधान हुन्छ’ उहाँले भन्नुभयो, ‘रिउ खोलामा तटबन्ध पनि हुने गरी हुलाकी सडकको डिपिआर निर्माणको काम अघि बढिरहेको छ । यसले माडी क्षेत्रको जङ्गली जनावर र बाढीको खतरा हराएर जान्छ ।’ अध्यक्ष प्रचण्डले अबको ४ बर्षभित्र चितवनका मुख्य बाटाहरु पिच हुने दोहो¥याउनु भयो । अध्यक्ष प्रचण्डले नेकपाको दुईतिहाई सरकारले सैद्धान्तिक शिक्षालाई कम गर्दै प्राविधिक र व्यावसायिक शिक्षालाई ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको बताउनु भयो । नयाँ सविधानले मौलिक अधिकारी सम्बन्धी शिक्षा, स्वास्थ्य, रोजगारी नपाए अदालतमा गएर मुद्दा दिन सक्ने व्यवस्था गरेको औंल्याउनु भयो । अदालतले बेरोजगारी, शिक्षा र स्वास्थ्यबाट बञ्चितको पक्षमा फैसला गर्ने प्रावधान संविधानले गरेको जानकारी दिनुभयो ।

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

पर्सा, पुस ९ । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएका छन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक-पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रधानमन्त्री ओलीको घोषणाः दुई वर्षभित्र नमूना डिजाइनमा धरहराको निर्माण

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र धरहराको पुनःनिर्माण गरिसक्ने बताएका छन् । १५औं ज्यापू दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै, प्रधानमन्त्री ओलीले भूकम्पबाट ध्वस्त भएका विभिन्न सम्पदाहरुको पनि चाँडै नै निर्माण सक्ने दाबी गरे । उनले भने, ‘भूकम्पबाट ध्वस्त भएका विभिन्न सम्पदाहरु चाँडै पुनः निर्माण हुन्छन् ।’ प्रधानमन्त्री ओलीले इतिहासमा रानीपोखरीको यति धेरै बेहाल नभएको भन्दै चाँडै नै त्यसको पुनःनिर्माण गरिने बताए । सरकारले समाजका सबै वर्ग, क्षेत्र, जाति, लिंग, समुदायको भावनालाई उच्च सम्मान गर्ने भन्दै उनले अबको १५ दिनभित्र ज्यापू विकास कोषलाई १५ लाख रुपैयाँ प्रदान गर्ने बताए । नेपालको पहिचान र संस्कृतिको जर्गेना गर्न ज्यापू तथा नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । कार्यक्रममा ज्यापू संस्कृति विकास कोषले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो । दिवसका अवसरमा काठमाडौंको वसन्तपुरबाट निकालिएको र्‍याली मरुगणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल, मरुटोल हुँदै पुनः वसन्तपुरमा पुगेर समापन भएको थियो ।

रेडियो कर्णाली आवाजकाे स्टेशन ताेडफाेड, प्रसारण बन्द, लाखाैंकाे क्षति

हुम्ला पुस ६ । सिमकोटमा रहेको रेडियो कर्णाली आवाजमाथि मदिरा सेवन गरेको एक समुहले आक्रमण गरेको छ । प्रसारणमा रहेको रेडियो शुक्रबार र राती ९ बजेको समयमा आक्रमण भएपछि रेडियो प्रसारण अनिश्चित कालका लागि बन्द भएको रेडियो प्रशासनले जनाएको छ । हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचनाटोलमा रहेको रेडियोलाई शुक्रबार राती ९ बजेको समयमा अत्याधिक मदिरा सेवन गरेर सिमकोटमै वासोवास गर्दै आएका सिमकोट गाउँपालिका १ ठेहे निवासी उज्वल भनिने बाँच बहादुर भण्डारी नेतृत्वको एक जत्थाले आकस्मिक रेडियोको समाचार कक्षमा प्रवेश गरेको रेडियोका मुख्य प्राविधिक समेत रहेका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए । “नयाँपत्रिका दैनिकका हुम्ला समाचारदाता नरजङ्ग तामाङ्ग र म राती साढे ९ बजेको समाचार वुलेटिन तयार पारिरहेका थियौ ।” प्राविधिक बोहराले भने, “समाचार तयार पार्ने अचानक मात्तिएर आएका भण्डारीले हामीलाई अपशब्द बोल्दै हात समातेर कोठमा बाहिर फ्याँक्दै समाचार कक्षका सबै सामाग्री तोडफोड गरे ।ु उनका अनुशार रेडियो समाचार कक्षमा रहेका २ वटा ल्यापटप, १ वटा डेक्सटप कम्प्युटर, १ प्रीन्टर, १ फोटोकपी मेसिन र कुर्चि, टेवल सबै तोडफोड भएका छन् । समाचार कक्षका सबै सामान तोडफोड गरेर प्राविधिक कक्षमा प्रवेश गर्न लागेका उनलाई प्राविधिक कक्षमा प्रवेश गर्न रोक लगाउँदा रेडियोका समाचार सहायक दाने बोहराको देव्रे हातमा चोट लागेको छ । निकै अपशब्द बोलेर रेडियो प्रति पुरै ध्वस्त पार्ने भन्दै गएका भण्डारीलाई रेडियोको प्राविधिक कक्ष र स्टुडियोमा प्रवेश गर्न नदिएको समाचार सहायक दाने बोहराले बताए । रेडियोमा काम गर्ने रेडियोकर्मी र रेडियो प्रति निकै आक्रामक बनेको भण्डारी किन त्यसरी रेडियो तोडफोड गर्न पुगे भन्ने बारेमा एकिन नभएको रेडियोले जनाएको छ । सामान्य अवस्थामा आप्mनो प्रसारण गरिरहेको सामाुदायिक रेडियोमा भएको आक्रमण पछि राती १० बजेपछि प्रसाराण बन्द हुने रेडियो ९ बजेदेखि नै अनिश्चितकालका लागि बन्द भएको रेडियोका स्टेशन म्यानेजर नवराज महताराले बताए । उनका अनुशार रेडियोमाथि आक्रमण गर्ने भण्डारीलाई हुम्ला जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । रातीको समयमा प्रसारणमा रहेको रेडियो र आप्mनै सुरमा समाचार लेखन तथा कार्यक्रम उत्पादनमा लागेका रेडियोकर्मी माथिको सांघातिक आक्रमण सिंगो सञ्चार जगत र आम नागरिकमाथि भएको ठहर गरेको रेडियो प्रशासनले रेडियोमा आक्रमण गर्ने भण्डारी र त्यस कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गरी घाइते पत्रकारको निशुल्क उपचार, रेडियोमा भएको भौतिक क्षतीको क्षतीपुर्ति भराई रेडियोको नियमित प्रसारण हुने अवस्थाको सृजना गर्न सरकारसँग माग गरेको छ । कर्णाली रैबारबाट साभार

एक वर्षभित्र मुक्तकमैयाको व्यवस्थापन हुने मन्त्री अर्यालकाे दावी

  बाँके (नेपालगञ्ज),  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताउनुभएको छ । भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “ शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं ।” मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताउनुभयो । आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उहाँले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने बताउनुभयो । मन्त्री अर्यालले मुक्तकमैयाको समस्या समाधान यसै वर्ष हुनुपर्छ, यसका लागि आवश्यक सबै संयन्त्र प्रयोग गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । अहिलेसम्म बर्दियामा १० हजार ७९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन् । तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन् । पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ । –––

निर्मला पन्तलाई न्याय माग्दै मेलिनाले सार्वजनिक गरिन भिडियो 

गितकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गितको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ । पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्बजनिक भइरहेको अबस्थामा निर्देशक बिकाश सुबेदीले यसै बिषयमा भिडियोलाई केन्द्रित गरेका छन् । रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडीयो मनोरन्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता संग प्रत्यक्ष जोडिने बिषय भएकाले गहन बिषयमा भिडियो तयार गरेको निर्देशक सुबेदीले बताए ।

सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङ — बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ । एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए । यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्रचौकस्थित एक जुता पसलमा शुक्रबार बिहान आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो । मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीको भनाइ छ । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाका साथै घोराही उमहानगरपालिका र लमही नगरपालिकाको दमकल समेत पठाइएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका छन् । तीन तलाको घरभित्र रहेका सम्पूर्ण समाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट

एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा विश्वास पौडेल

लेगोस , नाइजेरिया । एनआरएनए नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लाग्नु भएकोले बाकी कार्यकालका लागि बिश्वास पौडेललाई कार्यबाहक अध्यक्षमा चयन गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यस अघि संघका उपाध्यक्ष थिए । त्यसैगरी संघले यहीँ डिसेम्बर २९-३० , २०१८ मा युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय गरेको छ । त्यसै गरि एनआरएनए अन्तरास्ट्रिय समितीले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरिया बाट सहयोग जुटाउन सचिब अभिषेक मान सिंहलाई संयोजक तोकेको छ । यस अघि एनआरएनएको अन्तरास्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली ,मकवानपुर , खोटाङ , सुनसरी र रसुवामा पाच वटा जिल्कामा परियोजना सम्पन्न गरिसकेको संघ ले अब छैटौं परियोजना नेपालको अर्को नया जिल्लामा यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो ।

५ वर्षीया बालिका बलात्कारका अाराेपी पक्राउ

बुटवल, मंसिर २४ । गत शुक्रबार राति रुपन्देहीको देवदहकी पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय जीवन खत्रीलाई पक्राउ गरेको छ । देवदह नगरपालिका वडा नम्बर–७ बस्ने १७ वर्षीय खत्रीलाई दाउन्नेबाट अाइतबार पक्राउ गरेको र उनले अभियोग स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए । खत्रीले बालिका घरमा एक्लै खेलिरहेको अवस्थामा फकाएर देवदह–५, सिद्धार्थ कोलनीस्थित टहरोमा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी दाबी गरेको छ । पीडित बालिकाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुस्, सुर्खेत र दैलेखको प्राथमिक तहको नतिजा

भक्तपुर, मंसिर २३ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले आइतबार प्राथमिक तह अन्तर्गत सुर्खेत र दैलेखको नतिजा पनि प्रकाशन गरेको छ । सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

सामान्य प्रशासनले लोकसेवा विज्ञापन रोक्न भनेपछि तयारी गरेर बसेका ६ हजार स्वास्थ्यकर्मी समस्यामा

काठमाडौं, दरबन्दी पदपूर्ति गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयबीच विवाद देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकता अनुसारका कर्मचारी पदपूर्ति गर्ने अन्तिम तयारी गरेको बेला सामान्य प्रसाननले मौखिक आदेश दिँदै भर्ना प्रक्रिया रोक्न भनेको हो । योसँगै परीक्षाको तयारीमा बसेका हजारौं स्वास्थ्यकर्मी प्रभावित बनेका छन् । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाकाको भनाई उदृत गर्दै नयाँपत्रिका दैैनिकले जनाए अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तत्काल तीन सय ५६ स्वास्थ्यकर्मी आवश्यक परेको छ भने स्वास्थ्यकर्मी अभावले दुर्गममा विशेषज्ञ सेवा अवरुद्ध छ । यसैगरी आठौँ तहको विज्ञापन रोकिँदा दुर्गमका स्वास्थ्य केन्द्रहरूमा चिकित्सक अभाव भएको छ । कर्मचारी प्रशासन शाखाका अनुसार मन्त्रालयले ११औँ तहमा ७५ जनाको दरबन्दीका लागि माग आकृति फारम भरी लोकसेवा आयोगमा पठाइसकेको छ । मन्त्रालयले ७ देखि ९ तहसम्मका स्वास्थ्यकर्मीको पनि माग फारम भरेर तयार पारेको अवस्थामा सामान्यले मौखिक आदेश दिएर उक्त सबै भर्ना तत्काल रोक्न भनेको हो । संविधानले नै मौलिक हकका रुपमा सुनिश्चित गरेको स्वास्थ्यसेवामा के कति कारणले भर्ना रोक्नुपरेको हो भन्ने विषयमा सामान्य प्रशासनले कुनै कारण दिएको छैन । यसबाट साझेोरुपमा आम जनतालाई नै असर पर्ने देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजनामाथि अख्तियारले बढायो निगरानी

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो। अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ। उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो। पप्पु कन्स्ट्रक्सनविरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। सहप्रवक्ता कोइरालाले भने, ‘अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा विशेष निगरानी राखेको छ। छानबिन तीव्र्र रूपमा अगाडि बढाइएको छ।’ अधिकांश राष्ट्रिय गौरवका आयोजनामा बेथिति देखिएको अख्तियारले जनाएको छ। त्यस्ता कुनै पनि आयोजना समयमै पूरा भएका छैनन्। निर्माण सामाग्री कमसल तथा गुणस्तरहीन प्रयोग गरिएको छ। अनुगमनसमेत छैन। २०५९÷६० मा सुरु भएर २०७१÷७२ मा निर्माणसम्म गर्ने लक्ष्य रहेको सिक्टा सिचाइँ आयोजना अहिलेसम्म पूरा भएको छैन। महालेखा प्रतिवेदनले सिक्टाको अवधि र लगत दुवै वृद्धि भएको किटान गरेको छ। प्रतिवेदनअनुसार निर्माण गरेको संरचनासमेत भत्किएको छ। मुख्य नहरको ठाउँठाउँमा बेड फुटेको, सर्भिस रोड भत्किएको, नहरको स्लोप फुटेको र भत्किएको छ। सिक्टाका साथै रानी जमरा कुलरिया सिँचाइ आयोजना, हुलाकी राजमार्ग आयोजना, मध्यपहाडी लोकमार्ग आयोजनालगायत राष्ट्रिय गौरवका कुनै पनि आयोजना समयमा सकिएका छैनन्। समयमा निर्माण सम्पन्न हुन नसक्दा आयोजना लागत बढिरहेको छ। सहप्रवक्ता कोइरालाले समयमा आयोजना नसक्ने, गुणस्तरीय काम नगर्ने, समय समयमा अनुगमन नगर्ने र पटकपटक म्याद थप्ने कार्य अख्तियारको दुरुपयोग रहेको बताए। यी हुन् राष्ट्रिय गौरव​ आयोजना काठमाडौं–तराई फास्ट ट्र्याक मध्य पहाडी राजमार्ग रेलवे तथा मेट्रो विकास आयोजना हुलाकी राजमार्ग आयोजना पूर्वपश्चिम राजमार्ग उत्तरदक्षिण लोकमार्ग कोशी, गण्डकी, कर्णाली मेलम्ची खानेपानी आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ पशुपति क्षेत्र विकास कोष लुम्बनी विकास कोष बुढीगण्डकी जलविद्युत् आयोजना पश्चिम सेती जलविद्युत् आयोजना तामाकोशी जलविद्युत् आयोजना सिक्टा सिँचाइ आयोजना रानी जमरा सिँचाइ आयोजना बबई सिँचाइ आयोजना भेरी बबई डाइभर्सन बुहुउद्देश्यीय आयोजना राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पूर्वपश्चिम रेलमार्ग साभारः annapurna post

माधव नेपालल हेलिकप्टरबाट २ घण्टा निजगढ विमानस्थलको अवलोकन गरेपछि…

काठमाडौँ, कात्तिक २० गते । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले प्रस्तावित निगजढ विमानस्थल क्षेत्रको हवाइ अनुगमन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहनुभएको उपसमितिले करिब दुई घन्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो । समितिले विमानस्थल निर्माण हुने क्षेत्रको स्थलगत अनुगमन गरेन । प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावबारे विभिन्न टीकाटिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको थियो । निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको हो । दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन गरिएको हो । उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा जानुभएका थियो । संसदीय टोलीमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि हुनुहुन्थ्यो । सेनाको एमआई १७ हेलिकप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो । उपसमिति सदस्य एवं सांसद निर्जला राउतले प्रस्तावित विमानस्थल र आपसपासका क्षेत्रको समेत अनुगमन गरिएको बताउनुभयो । राउतले भन्नुभयो, ‘हामीले सर्सर्ती विमानस्थलका लागि प्रस्ताव गरिएको क्षेत्र र आसपासका क्षेत्रको अध्ययन ग¥यौँ । बाहिर भनेको विमानस्थलले ठूलो पर्यावरणमा असर पार्नेजस्तो हाम्रो अनुगमनले देखेन । हामी हेलिकोप्टरबाटै अनुगमन ग¥यौँ । स्थलगत भने हुन सकेन । अब समिति बैठक बसेर आवश्यक परामर्श र छलफल गछौँ ।’ उपसमितिले फास्ट ट्रयाकको क्षेत्र, सिमरा क्षेत्र पनि अनुगमन गरेको थियो । उपसमिति सदस्य राउतले विभिन्न अप्सन छलफलका रुपमा आएकाले समितिले छलफल गरेर अघि बढ्ने बताउनुभयो । प्रस्तावित विमानस्थलको क्षेत्रमा सुकुम्बासी बस्ती समेत रहेको छ । उक्त बस्ती स्थानान्तरणका विषयमा पनि छलफल हुनुपर्ने बताउनुभयो । विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक भएपछि रुख काट्ने विषयमा विवाद भएको थियो । विभागीय मन्त्रालयहरुले नै स्पष्ट पार्न नसक्दा वातावरणीय मुद्दाले चर्को रुप लिएको थियो । रुख कटानसँगै प्रस्तावित क्षेत्रको बस्ती स्थानान्तरणको विषय पनि उठिरहेको छ । विमानस्थलको प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन गत जेठ ९ गते वन मन्त्रालयले स्वीकृत गरेको थियो । उक्त विषयमा सांसदहरुले पनि चासो व्यक्त गर्दै आउनुभएको थियो । निजगढमा आवश्यकभन्दा बढी रुख काटिन लागेको र धेरै क्षेत्रफल ओगट्ने प्रयास भइरहेको आरोप वातावरण विज्ञहरूले लगाउँदै आएका छन् । सरकारले भने कुल आठ हजार हेक्टरमध्ये पहिलो चरणमा दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र धावनमार्गसहित विमानस्थलका संरचना बन्ने दाबी गरेको छ । पर्यटन मन्त्रालयका अनुसार पहिलो चरणमा बढीमा दुई लाखमात्रै रुख काटिने छन् । निजगढले ओगट्ने कुल आठ हजार हेक्टर क्षेत्रफलमा २४ लाख रुख विरुवा रहेका छन् । ईआईएमा उल्लेख भए अनुसार नमुना सर्वेक्षणबाट विमानस्थल क्षेत्रमा पाँच लाख ८५ हजार ठूला रुख र १८ लाख ६४ हजार पोल आकारका वनस्पति रहेको अनुमान छ । साभारः नारायण काफ्ले/गोरखापत्र दैनिक

एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा

मुम्बई । ओस्कार अवार्ड विजेता प्रख्यात संगीतकार ए आर रहमानले आफूले कुनैबेला आत्महत्या गर्न खोजेको बताए । एउटा अन्तर्वार्तामा रहमानले २५ वर्षको उमेरसम्म आफू निकै निराशावादी भएको बताएका हुन । बुवाको मृत्युपछि निकै घटनाहरु घटिरहने र सधैंजसो मर्न चाहेको उनले बताए । तर यही आत्महत्या गर्ने विचारले नै आफूलाई झन निडर बनाएको उनले बनाए । मैले मृत्यु साश्वत सत्य हो र शरीरले मर्नु नै छ भने कुनै कुरासँग किन डराउने भन्ने सोचेर संघर्ष गर्न शुरु गरेको उनले खुलासा गरे । “ब्वाको मृत्युपछि मानिसहरुले मलाई अब कसरी गुजारा चलाउँछस् भन्थे” उनले भने, “जताबाट पनि निराशा देखेपछि मभित्र आत्महत्या गर्ने सोच आउँथ्यो ।” बलिउड संगीतको परम्परागत धारलाई ब्रेक गरेको क्रेडिट पाएका रहमानको जीवनमा यही संघर्षले परिवर्तन पनि ल्यायो । उनले आफ्नै घरको पछाडि पन्चथन रेकर्ड स्थापना गरे । बुवाको मृत्युपछि उनलाई केही सामान्य काम नपाइएको होइन । उनले ३५ वटा फिल्ममा काम पाएपछ २ वटामा मात्रै काम गरे । यसरी काम छोडेको देखेपछि मानिसहरुले उनलाई कसरी बाँच्छस भन्न थालेका थिए । सबै कुरा हुँदाहुँदै पनि किन लय पक्रिन सक्दैनस भनेर मानिसहरुले भन्ने गरेको उनले बताए । रहमानका बुवा आर के शेखको मुत्यु हुँदा उनी ९ वर्षका थिए । यसपछि निकै कम उमेरमा नै उनले संगीत सिके । मणिरत्नमको रोजाबाट भने उनले नयाँपन दिए बलिउड संगीतमा । यही बीचमा उनले दिलिप कुमारबाट एआर रहमान नाम परिवर्तन गरे । धर्म परिवर्तन गरे । एआर रहमानको बायोग्राफी– नोटस अफ ए ड्रीमः द अथोराइज्ड बायोग्राफी शनिबार सार्वजनिक भएको छ ।

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

कलैया, कार्तिक १८ । सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो । कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो । प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । शनिवार विदा भएकोले शनिवार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए । रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ । नयाँ पत्रिकामा खबर छ ।