प्रावि तहको ७ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत २ । शिक्षक सेवा आयोगले शनिबार कार्यरत अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै प्युठान, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा, ओखलढुंगा र खोटाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्युठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

चाेरविरुद्ध अाक्रामक प्रहरी, काठमाडौंमा १२४ पक्राउ

काठमाडौं, माघ १८ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सन्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत् उनीहरुलाई पक्राउ गरी कारबाही गरिएको हो । परिसर र महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी विशेष अभियान सन्चालन गरी चोरी गर्नेलाई रंगेहात पक्राउ गरी कारबाही गरेको जानकारी दिएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिए । ‘अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ’–उनले भने । साथीभाइको संगत, विगतको घरमा बसेर विगतको घरबेटीकाबारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्यक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताए । ‘प्रहरीले सुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ’–उनले भने । परिसर र महाशाखाको टोलीले बिहीबार र शुक्रबारमात्र बानेश्वरबाट १७, महाराजगन्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट ९ जनालाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ । दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै, तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । रासस

रोमाञ्चक प्रतिष्पर्धामा नेपालले हरायो युएईलाई

काठमाडौं । दुबईमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । नेपालको निकै सशक्त बलिङ रहेको आजको खेलमा युइएले बनाएको १०८ रनको लक्ष्य पछ्याउँदै नेपालले जीत हासिल गरेको हो । नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए । १०।१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।निकै दबाबमा आइपुगेको नेपाली टिमलाई पवन र दीपेन्द्रले जीततर्फ लैजान सफल भए । पाँच विकेट गुमाई सकेको अवस्थामा निकै धैर्यता राख्दै खेलेका नेपाली खेलाडीहरुले अब तेश्रो र निर्णायक खेलमा युइएलाई हराउन सके टी २० मा पनि नेपालले सिरिज जित्ने छ । नेपाललाई ५ बलमा ७ रनको आवश्यकता परेको बेला विकेट आउट भएपछि सोमपाल आएका थिए । पाँच बल बाँकी रहेको बेला दीपेन्द्र ऐरीले छक्का र चौका प्रहार गरेपछि नेपाल जितेको थियो ।

कोलकाताबाट नेपालतर्फ सामान ढुवानी ठप्प

काठमाडौँ / कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस) कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल आइपुग्ने भएपछि स्थानीय एजेन्ट, ट्रक तथा ट्रेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् ।  यो अवरोधका कारण मंगलबारदेखि नेपालतर्फ कुनै पनि कन्टेनर हिँडेका छैनन् । आन्दोलन र अवरोधका कारण फरवार्डिङ प्रक्रिया पूरा भएका करिब एक सय कन्टेनर कोलकातामा बन्दरगाहमा अलपत्र परेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

डा. केसीकाे जीवन रक्षा गर्न अपील गर्दै प्रचण्डलाई पत्र

काठमाडौं– नेपाल चिकित्सा संघ चितवन शाखाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनशनरत डा।गोविन्द केसीको जीवन रक्षा गर्न अनुरोध गर्दै पत्र बुझाएका छन्।  चितवनमा पुगेका प्रचण्डलाई संघको सचिव डा भोजराज अधिकारीले पत्र बुझाएका हुन्। पत्रमा संघका केन्द्रीय सदस्य डा अनिलविक्रम कार्की र चितवन शाखा अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरेका छन्। ‘सङ्घका आजीवन सदस्य प्राध्यापक डा।गोविन्द केसी विभिन्न माग राखेर १६ औँ पटक अनशन बसेको आज २२ औँ दिन भएको छ। उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको हुँदा जीवन रक्षाका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ’ पत्रमा उल्लेख छ।

जुलुस र भेला समेत निषेध गर्न सक्ने नयाँ कानुन संसदमा दर्ता

काठमाडौँ — प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको छ । गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख जिल्ला अधिकारीले भेला (शान्तिपूर्ण प्रदर्शन र सभा) गर्नुपूर्व नै रोक लगाउन सक्ने प्रावधान छ । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ । कुनै भेलाले शान्तिसुरक्षामा असर पर्ने लागेमा रोक लगाउन सक्ने अधिकार तोकिए पनि कस्तो भेलाले शान्तिसुरक्षामा असर पुर्‍याउन सक्छ भन्ने खुलाइएको छैन । प्रजिअले जुनसुकै भेला हुनुपूर्व नै ‘शान्तिसुरक्षामा खलल’ पुर्‍याउने भन्दै रोक लगाउन सक्नेछन् । यसअघि कर्फ्यु लगाइएको समयमा र निषेधित क्षेत्र घोषणा गरिएका स्थानमा मात्र भेला गर्न नपाउने कानुनी व्यवस्था थियो । विधेयकको दफा १३ (२) मा लेखिएको छ– प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउनेछ । उपदफा ३ मा उपदफा (२) बमोजिमका कार्यक्रमबाट शान्तिसुरक्षामा असर पर्ने भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्ने भनेको छ । संविधानले सर्वसाधारणलाई शान्तिपूर्वक भेला हुने स्वतन्त्रता दिएको छ । व्यक्तिको स्वतन्त्रताको हकसम्बन्धी धारा १७ को व्यवस्थामा कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने भनिएको छैन । संविधानले स्वतन्त्रताको हकमार्फत प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति, भेला हुने, राजनीतिक दल खोल्ने, संघसंस्था खोल्ने, आवतजावत र बसोबास तथा पेसा, रोजगार, व्यापार र व्यवसाय गर्ने स्वतन्त्रता प्रदान गरेको छ । शान्तिपूर्ण रूपमा भेला हुन पाउने वा नपाउने विषयमा निर्णय दिने अधिकार प्रजिअलाई दिनु गलत भएको पूर्वप्रशासकहरू बताउँछन् । ‘प्रजिअलाई त्यस्तो अधिकार दिनु संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुन पाउने, अभिव्यक्तिहरू राख्न पाउने व्यक्तिको मौलिक अधिकारमाथिको कठोर नियन्त्रणको प्रयास हो,’ पूर्वगृहसचिव खेमराज रेग्मीले कान्तिपुरसँग भने। ‘यस्तो प्रावधानको प्रशस्तै दुरुपयोग हुन सक्छ । यही कानुनलाई टेकेर प्रतिपक्षी राजनीतिक दल वा फरक दृष्टिकोण राख्ने समूहलाई सभासम्मेलन गर्न सरकारले रोक लगाउन सक्छ,’ उनले भने । प्रजिअले यसरी रोक लगाउँदा शान्तिपूर्ण प्रदर्शन र सभा गर्ने समूह या पार्टीको नेतालाई जरिवाना गर्ने प्रावधानसमेत राखिएको छ । नैसर्गिक अधिकारमाथि नियन्त्रण लगाउन सक्ने गरी ऐनमा ठाउँ राख्न खोज्नुले सरकारको त्यसमा गलत मनसाय लुकेको हुन सक्ने उनले आशंका गरे । ‘मन परेकालाई सभा गर्न दिने र मन नपरेकालाई शान्तिसुरक्षामा खलल पार्ने भन्दै रोक लगाउने अधिकारको छुट दिइनु हुँदैन,’ उनले भने । विधेयकमा मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रम गरेमा त्यस्ता व्यक्तिलाई प्रजिअले २५ हजारसम्म जरिवाना गर्न सक्ने र कार्यक्रममा रोक लगाउनका लागि सुरक्षाकर्मी परिचालन गर्न सक्ने उल्लेख छ । त्यस्ता प्रावधानले व्यक्तिको स्वतन्त्रताको हकसम्बन्धी संविधानको मूल्य मान्यतामै नै प्रहार गर्ने जानकारहरू बताउँछन् । ‘शान्तिपूर्ण ढंगले भेला हुन पाउने विषयलाई रोक लगाउने मनसायसहित ल्याउने कानुन संविधानको प्रावधानसँग बाझिन्छ,’ संविधानविद् भीमार्जुन आचार्यले भने, ‘यो त सीडीओलाई संविधानबाहिरको अधिकार दिनु हो ।’ पूर्वसचिव रेग्मीका अनुसार शान्तिसुरक्षामा असर पुग्न सक्ने अवस्थामा कहिलेकाहीँ त्यस्ता भेलालाई नियन्त्रणकै लागि निषेधित क्षेत्रको घोषणा तथा कफर्यु लगाउने अधिकार प्रजिअलाई दिइएको हुन्छ ।

बाल यौन दुराचारको आरोपमा विदेशीसहित तीन पक्राउ

काठमाडाैं- बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा अपार्टमेन्ट लिएर बस्दै आएका बेलायती नागरिक आयन रोवर्ट कोले र उनका दुई नेपाली सहयोगीलाई पक्राउ गरिएको जनाइएको छ।  पक्राउ परेकाविरुद्ध बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ।अदालतबाट पाँचदिने म्याद थप गरेर उनीहरुको विषयमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ। रासस

काे हुन डा. केसीविरुद्ध अनसन बसेका युवा विजय थापा ?

प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरेकाे तेस्रो दिन फरक माग लिएर एकजना यवविा जय थापाले पनि अनशन सुरु गरे । ‘नि:शुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त सङ्घर्ष समिति’ नाम दिएर अनसन बसेका थापा काे हुन त ? के छन उनका माग ? थापाबारे कान्तिपुर दैनिकमा प्रकाशित अालेख यहाँ साभार गरेका छाैं । पुस २७ गते इलाम चोक बजारस्थित लाँकुरी चौतारामा उनी अनशन बसेका थिए । संसदीय समितिमार्फत पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेसहित नौ बुँदे माग राखेर थापाले अनशन थालेका हुन् । थापाले अनशन थाल्दा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी हुने बताएका थिए । राजधानीबाहिर निजी मेडिकल कलेज खोल्न पाउनुपर्नेलगायत उनका माग छन् । उनका मागमा एमडी तथा पीजी कक्षाको कोटा कम्तीमा १ हजार ५ सय पुर्‍याउनुपर्ने, सरकारी तलब खाएर राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेलगायत छन् । त्यस्तै प्लस टु माथिको उच्च शिक्षा नेपालमै नि:शुल्क अध्ययन गर्ने वातावरण बनाई शिक्षा र स्वास्थ्य अध्ययनका नाममा बर्सेनि ७० अर्ब रुपैयाँ बिदेसिने गरेकाले यसलाई रोक्ने वातावरण निर्माण गर्नुपर्ने, बङ्गलादेशबाट फर्कने क्रममा जहाज दुर्घटनामा निधन भएका १८ डाक्टरका परिवारलाई तुरुन्त क्षतिपूर्ति दिइनुपर्ने, बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजाय व्यवस्था गर्न उनले माग गरेका छन् । अनशन सुरु हुनुअघि जारी विज्ञप्तिमा गत वर्षको वैशाख १३ देखि काठमाडौँको खुलामञ्चमा थापाले ५३ दिन सत्याग्रह गरेको उल्लेख छ । डा. केसीका पक्षमा बजारमा दिनहुँ प्रदर्शन हुँदा थापाका समर्थकले पनि प्रदर्शन गरे । प्रदर्शनका क्रममा भएको कोणसभामा नेकपा सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थानीय नेताले थापाका माग जायज भएको भन्दै मन्तव्य दिएका थिए । केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि हेलिप्टरबाट बिहीबार राति काठमाडौँ लगिएको थियो । इलामबाट उनलाई एम्बुलेन्समा झापाको भद्रपुर लगिएको थियो । त्यसको आधा घण्टामा थापालाई पनि एम्बुलेन्सबाटै झापा लगियो । थापालाई झापाबाट शुक्रवार हेलिकप्टरबाटै काठमाडौँ लगिएको थियो । दुवैको काठमाडौँमा उपचार भइरहेको छ । अनशन पनि नारी छ । को हुन विजय थापा ? डा. केसीविरुद्ध अनशन बसेर चर्चामा आएका विजयको पुरानो ठेगाना सुनकोशी गाउँपालिका ३, ओखलढुङ्गाको सिस्नेरीस्थित डाँडागाउँ हो । तेजबहादुर थापाका जेठा छोरा विजय डाँडागाउँमै जन्मिएका हुन् । उनका बुबा नेपाली सेनाका पूर्वजमदार हुन् । उनीहरू २०५८ सालतिर उदयपुरको कटारी बसाइँ सरे । विजयले एसएलसीसम्म कटारीमै अध्ययन गरे । स्कुले जीवनमै विभिन्न समूह बनाएर विद्यालयमा आन्दोलन गरेपछि उनी सानै उमेरमा कटारी क्षेत्रमा परिचित थिए । पछि चुरेभावर राष्ट्रिय पार्टीमा आबद्ध भए । चुरे भावरमा आबद्ध हुँदासमेत उनी विभिन्न घटनामा संलग्न भएको आरोप लागेको थियो । उनको परिवार कटारी बजारको घर बेचेर काठमाडौँ बसाइँ सरेपछि तराई केन्द्रित भए । जनकपुर, सर्लाही, सप्तरी, सिराहा र सिन्धुलीसम्म विभिन्न गतिविधि गरिरहने उनी हाल ‘रैथाने एकता परिषद्’ का संयोजक हुन् । तराईका रैथाने समुदायलाई छुट्टै किसिमको पहिचानको मुद्दा स्थापना गर्ने भन्दै गठित एकता परिषद्ले राजनीतिक दलकै जस्तो गतिविधि गर्दै आएको छ । उनी मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चामा समेत आबद्ध थिए । उनका समर्थक धेरैजसो युवा छन् । आफूले गतिविधि गरेका क्षेत्रमा युवालाई आकर्षित गर्ने क्षमता भएका उनको समर्थनमा उदयपुरदेखि तराईका विभिन्न जिल्लाका दर्जनौँ युवा इलाम पुगेका थिए । साभार: विप्लव भट्टराई र कुम्भराज राई/कान्तिपुर दैनिक

नेता अधिकारीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा

काठमाडौँ, माघ ५ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा अध्यक्ष प्रचण्डले जानकारी लिएका हुन् । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेका थिए । चिसोले गर्दा ८३ वर्षीय अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भई रहेको छ । हाल अधिकारीको उपचार डाक्टर राजेन्द्र रिजालको नेतृत्वको टोलीले गरिरहेको छ । रासस

जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, पुस २५ । तपाईं सवारी साधन चलाउनुहुन्छ रु चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारीसाधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन शुरु गरिएको बताए । मङ्गलबारदेखि शुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ । यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही शुरु गरेको हो । रासस

गर्भ खेर गए के गर्ने ? यस्तो भन्छन डाक्टर

चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र सुझावका आधारमा सन्तान जन्माउनतर्फ लाग्ने गर्छन् । तर, पनि कतिपय अवस्थामा गर्भवती महिलाको पेटबाट बच्चा खेर जान सक्छ । सन्तान सुखको चाहमा रहेका केही दम्पतीलाई गर्भ खेर जाने समस्याले सताइरहेको हुन्छ । हेरचाह र सावधानी नगर्नेमा मात्र होइन, उचित हेरचाह र सावधानी अपनाउँदा पनि बेलाबखत महिलाको गर्भबाट भ्रूण खेर जाने गर्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई गर्भपात वा गर्भपतन भएको भनिन्छ । वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा. सरस्वती पाध्येका अनुसार गर्भवती महिलाको पाठेघरमा बढिरहेको शिशु २८ हप्ताभन्दा पहिले विभिन्न समस्याका कारण बाहिर निस्कने समस्या नै गर्भपतन हुनु हो । डा. पाध्येका अनुसार सामान्यतया २८ हप्ताभन्दा अघिको एक सय ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्मको हुन्छ । तर, नेपालमा त्यसपछिका हप्तामा पनि विभिन्न कारणले गर्भपतन हुने गर्छ । गर्भेशिशु खेर जाने समस्या वंशाणुगत समस्याले पनि हुनसक्छ । ‘धेरै कारणले गर्भेशिशु खेर जानसक्छ, त्योमध्ये वंशाणुगत कारण पनि एक हो,’ उनले भनिन्, ‘यस्तै महिलामा क्रोमोजोम हर्मनमा विकृति भएमा पनि यस्तो हुनसक्छ ।’ कुनै कुनै महिलामा श्रीमान्को वीर्य नफाप्ने हुन्छ र यस्तो भएमा पनि प्राकृतिक रूपमा नै भ्रूण फ्याँकिने समस्या निम्तिने डा. पाध्ये बताउँछिन् । उनका अनुसार महिलाका हर्मनमा आउने गडबडीसँगै मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । यसका साथै गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुंगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु जस्ता कारणले पनि गर्भे भ्रूण खेर जाने गर्छ । चिकित्सकका अनुसार गर्भ खेर जाने समस्यालाई थे्रटेन्ट एबोर्सन, इनएभिटेबल एबोर्सन, इन्कम्प्लिट एबोर्सन, कम्प्लिट एबोर्सन, सेप्टिक एबोर्सन, ह्याबिच्युअल एबोर्सन, मिस्ड एबोर्सनलगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । डा. पाध्येका अनुसार थे्रटेन्ट एबोर्सनमा रक्तस्राव, दुख्ने जस्ता समस्या हुन्छ । यस्तो अवस्थामा गर्भाशयको मुख बन्द नै हुन्छ । उचित आराम र उपचारले गर्भले निरन्तरता लिन सक्छ । यो अल्ट्रासोनोग्राम गरेर थाहा पाइन्छ । तर, हेलचेक्य्राँइ गरेमा गर्भ खेर जान्छ । इनएभिटेबल एबोर्सनमा गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा, अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ । इन्कम्प्लिट एबोर्सनमा गर्भपतन अधकल्चो भएको हुन्छ । भ्रूण अथवा सालको केही भाग बाहिर निस्कने र केही भाग पाठेघरभित्रै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्सिस भई र बढी रक्तस्रावले गर्दा गर्भवतीको मृत्युसमेत हुने डर हुन्छ । भ्रूण, सालनाल सबै पूरा निस्केको अवस्थालाई कम्प्लिट एबोर्सन भनिन्छ । यसबेला बेथा लागेजस्तै गरी दुख्छ र सम्पूर्ण भ्रूण तथा सालनाल बाहिरिन्छ र दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ । सेप्टिक एबोर्सनमा कुनै पनि कारणले इन्फेक्सन भएमा ज्वरो आउने र तल्लो पेट बढी दुख्ने समस्या हुन्छ । यस्तो नहोस् भनी पहिले नै एन्टिबायोटिक दिनुपर्ने हुन्छ र मिर्गौलाको अवस्था हेर्न रगत, पिसाब आदि जाँच गराउनुपर्ने डा. पाध्ये बताउँछिन् । उनका अनुसार विभिन्न कारणले दुई वा दुईभन्दा बढीपटक गर्भ खेर गएको छ भने त्यस्तो अवस्थालाई ह्याबिच्युअल एबोर्सन भनिन्छ । यसको उपचार गर्न गाह्रो हुन्छ । तर, समस्या पहिचान गरेर निराकण भने गर्न सकिन्छ । पाठेघरमा जुनसुकै बेला भ्रूणको विकास नभई विनाश हुने अर्थात् मृत्यु हुने समस्यालाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो समस्या अल्ट्रासाउन्ड गर्दा थाहा हुन्छ । अथवा, आमाले बच्चा नचलेको शंका लागेमा थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा पाठेघरको आकार हेरेर उपचार गर्नुपर्ने डा. थापा बताउँछन् । उनका अनुसार गर्भ खेर जाने धेरै कारण भएकाले दम्पतीले गर्भाधान गर्ने तयारी गर्दादेखि नै दुवैको स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्न र चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । Facebook Twitter

बीपीएलः सन्दीपको शानदार प्रदर्शन, डेब्यू खेलमै लिए दुई विकेट

काठमाडौं, पुष २२ । बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले डेब्यू खेलमै २ विकेट लिएका छन्। सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरको अन्तिम बलमा सोयब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए। यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे। उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन्। खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमा सम्बोधन (लाइभ)

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा अम्बोधन गर्दैछन् । हेर्नुस लाइभ भिडियो:

यी हुन वाईडबडी प्रतिवेदनमा मत बाझिनुका ३ प्रश्नहरू

शुक्रवार बसेको सार्वजनिक लेखा समितिको वैठकमा दुईवटा ठूला जहाज- वाइडबडी खरिद सम्बन्धमा अनुसन्धान गर्न आफैले गठन गरेको छानविन उपसमितिको प्रतिवेदनमाथि सांसदहरूको मत बाझिएको छ। प्रतिवेदनमा मत बाझिनुपछाडिका तीन प्रश्नहरू खास दोषी को? निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार यस प्रकरणमा सुरुदेखि नै संलग्न रहेकाले प्रतिवेदनले औंल्याएजसरी मुख्य दोषी उनी रहेको भन्नेमा सबैजसो सांसदहरू सहमत देखिएका थिए। तर ‘बैना दिने तत्कालिन मन्त्री जीतेन्द्र देवले पहिलो किस्ता दिए बापत नैतिक जिम्मेवारी लिनुपर्ने र अन्तिम किस्ता दिएबापत बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हदैसम्मको कार्वाही हुनुपर्ने’ कुरा प्राकृतिक न्यायको सिद्धान्तविपरित रहेको नेकपाकै सांसद सूर्य पाठकले बताएका थिए। नेकपाका सांसद विशाल भट्टराईले भने विक्रेताको टुङ्गो नलगाइकनै र विचौलिया प्रयोग गरेर विमान किन्ने प्रकृयाको सुरुवात गर्नेलाई ‘नैतिक जिम्मेवार’ मात्र भनिएको भन्दै मन्त्री रवीन्द्र अधिकारीको बचाउ गरेका थिए। उनको भनाई थियो, “मन्त्रीहरूको हकमा समेत जसको पालामा यो सम्झौता भएको छ उसले नैतिक जिम्मेवारी मात्र लिए हुने र जसले अन्तिम किस्ता दिएको छ उसलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनिनु कति न्यायसंगत छ?” के रवीन्द्र अधिकारीले रोक्ने आधार थियो? प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट बोल्ने सांसदहरूले भने ‘अन्तिम किस्ता बुझाउनु अगाडि नै महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५औं प्रतिवेदनमा खरिद प्रकरणमा त्रुटि औंल्याइसकेकोले त्यसलाई नजरअन्दाज गरिनुलाई स्वभाविक मान्न नसकिने’ दावी गरेका छन्। कांग्रेस सांसद मिनेन्द्र रिजालले विमान खरिदको प्रकृया सुरु भएदेखि त्यो हस्तान्तरण हुँदासम्म तौल र मोडलमै परिवर्तन भएको भन्दै त्यसमा पहिलेकै मन्त्रीलाई मात्र जिम्मेवार मान्न नमिल्ने बताएका थिए। तर उपसमितिका सदस्य रहेका सांसद प्रदीप यादव भन्छन्, “त्यस्तो थाहा हुँदा हुँदै किन रोकेर छानविन नगरी अन्तिम किस्ता बुझाउन हतार गरियो? त्यसैले मन्त्री अधिकारी सिधै गलत हुनुहुन्छ।” संसदिय प्रतिवेदनको अर्थ के? प्रधानमन्त्री केपी ओलीले संसदीय उपसमिति सर्वेसर्वा नहुने बताएका थिए। उसका काम कार्वाहीको उत्तरदायित्वमाथि प्रश्न उठेको भन्दै सरकारले बिहीवार नै ४५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उच्चस्तरिय जाँचबुझ आयोग गठन गरेको थियो। तर उपसमितिमा रहेका ७ सदस्यमध्ये तीनजना नेकपाकै छन् भने दुई कांग्रेस र बाँकी दुई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका थिए। नेकपाबाटै प्रतिनिधित्व गरेका सांसदहरूले आफ्नो अनुसन्धान र निष्कर्षमाथि शङ्का नगर्न भनेका छन्। तिनैमध्येका एक प्रेमबहादुर आलेले आवश्यक परे केही सामान्य कुरा परिमार्जन समेत हुनसक्ने बताए। कांग्रेस सांसद मीनेन्द्र रिजालले सरकारले नयाँ अनुसन्धान बढायो भन्दैमा संसदीय समिति चुप लागेर बस्नुपर्ने सोच्न थालियो भने संसदकै उपादेयता सकिने भन्दै चेतावनी दिएका छन्। तर संसदीय समितिले अनुसन्धानका लागि निर्देशन र सुझावहरू दिन सक्नेमा अन्तिम निर्णयजसरी प्रतिवेदन ल्याउनुलाई भने कतिपयले अस्वभाविक समेत मानेका छन् । बिबिसिबाट

सर्वाेच्चकाे अादेशपछि सुमार्गीले निकाले २ अर्ब

काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्। सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्। सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए। उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो। तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रोतले बतायो। ‘अदालतको आदेश पालन नगरे अपहेलना मुद्दा हाल्ने े धम्की आएपछि सुमार्गीको रकम इन्भेस्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले शुक्रबार भन्यो, ‘इन्भेस्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियौ। तर, राष्ट्र बैंकले निर्णय दिन ढिला गरेपछि इन्भेस्टमेन्ट बैंक स्वयंले भुक्तानी दिएको हो।’ इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकको अनुमतिका लागि निवेदन दिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘गभर्नर त्यहीं बेलामा जिल्ला गएकाले बोर्ड बैठक बस्न सकेन, त्यहीं मौकामा सुमार्गीले आफ्नो रकम लगे छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले इन्भेस्टमेन्ट बैंकलाई दिउ पनि भनेनौं, नदिन पनि भनेनौं। तर, राष्ट्र बैंक सुमार्गीको रकम भुक्तानी दिने पक्षमा थिएन।’ राष्ट्र बैंक उच्च स्रोतले थप्यो, ‘गभर्नर चिरञ्जीवी नेपाल जिल्लाबाट फर्केर आउँदा सुमार्गीले रकम लगिसके छन्। रकम लगिसकेपछि निर्णय गर्नुको औचित्य हामीले देखेनौं।’ अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सुमार्गीले यसपटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतको भनाइ छ। ‘खाताबाट साढे २ अर्ब भन्दा बढी रकम निकालिसकेका छन्,’ राष्ट्र बैंक स्रोतको भनाइ छ। अदालतको आदेश हुनासाथ रकम निकाल्ने काम भएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये दुई अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए। खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५लाख रुपैयाँ ) राष्ट्र बैंकले रोक्का गरिदिएको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धराशयी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दिएको हो। मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने देखिएकाले त्यसका लागि पुस २४ को पेसी तोकी अर्काे पक्षलाई जानकारी दिनू भने पनि आदेशको पाठमा भने रकम झिक्नबाट रोक्न नदिनू भन्ने विरोधात्मक लबजको भाषासहित रकम निकाल्न उद्योगलाई अनुमति दिइएको छ। ‘सुविधा र सन्तुलनका दृष्टिकोणले निवेदन मागबमोजिम निवेदक उद्योगको खातामा रहेको रकम निवेदक उद्योगको आवश्यकता र समयतालिकाबमोजिम निवेदक उद्योगले माग गरेका बखत भुक्तानी दिनू–दिलाउनू’, आदेशमा भनिएको छ, ‘त्यससम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नू/नगराउनू भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ।’ यसअघि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (२ अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए। सुमार्गीले २०७० मा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए। सुमार्गीले ‘ट्याक्स हेभन’ मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम ल्याएका हुन्। उनले सो रकम अनुमति नलिई सीधै नेपालका बैंकमा जम्मा गराएका थिए। करछली मार्फत् गैरकानुनी रूपमा आर्जन गरेको रकम ‘ट्याक्स हेभन’ बाट लगानीका नाममा भित्र्याउन खोजेको शंकामा राष्ट्रबैंकले रोक्का गरेको थियो। नागरिक दैनिकबाट

भीमदत्त नगरपालिकाको अभियानः सन् २०१९ लाई ‘पूर्वाधार र प्रचार वर्ष’ घोषणा

कञ्चनपुर, पुष २० । जिल्लाको भीमदत्त नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई मध्यनजर गर्दै सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्षमा नगरपालिकामा क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका हुन् । उनी भीमदत्त नगरपालिकालाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ अघि बढेका छन् । पर्यटनलाई भीमदत्त नगर समृद्धिको प्रमुख आधारका मानेर कार्यक्रम सञ्चालन गरिएका छन् । ‘भीमदत्त नगरपालिकामा पर्यटनका विशाल सम्भावना छन्, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ, झिलमिला छ, विविध संस्कृति छ, ताल तलैया छ’ उनले भने, ‘पर्यटनलाई नगर समृद्धिको प्रमुख आधार मानेर नीति कार्यक्रम बनेको छ, कार्यक्रम गरिएका छन्, नेपाल भ्रमण वर्ष सफल बनाउन यो २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा घोषणा गरेका छौ ।’ पुस महिनाभित्र हुने चौंथो नगर सभाको पूर्व सन्ध्यामा नगर प्रमुख विष्टले पर्यटकीय स्थलको संरक्षण, प्रवद्र्धन, पूर्वाधार विकास लगायतका कार्यक्रमका लागि २०२० लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको हो । चौथो नगर सभाबाट यसका लागि थप नीति तथा कार्यक्रम पारित गर्न छलफल गरिएको छ । भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित महाकाली नदीको झोलुङ्गे पुल, झिलमिला ताल, विष्णु मन्दिर धाम, भम्केनी धाम, बाराकुण्डा, रौटेला, तिलकपुरको मिनी लिङ्गा, महाकाली नदीको मौन दृष्य, टुँडिखेलको ५२ ढोके, कालिताल झरना, शिवधाम क्षेत्र, ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर, कलपटे मन्दिर, राना थारु संस्कृति, सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा लगायतका धार्मिक पर्यकीय स्थल र साँस्कृतिक सम्पदा छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आउने पर्यटकहरुका लागि नयाँ कटानस्थित राना थारु होमस्टेको संग्राहलय निर्माणमा सहयोग कार्यक्रम राखिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकीमा वर्र्षौदेखि खाल्डाखुल्डी परेको बाटोमा ग्राभेलिङ्ग गरी आवागमनका लागि सहज बनाइएको छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले भ्रमण वर्ष सफल बनाउन नगरपालिकाले सरोकारवाला निकायसित छलफल गरी थप कार्यक्रम बनाउने जानकारी दिए ।