पहिलो बलमैं श्रीलंकाको विकेट पतन

काठमाडौँ, असार १३ । विश्वकप क्रिकेटको १२ औं संस्करणको ३५ औं खेलमा श्रीलंकाले पहिलो बलमै विकेट गुमाएको छ ।

श्रीलंकाका ओपनर ब्याट्सम्यान कप्तान करुणारत्ने कागीसो रबाडाको पहिलो बलमै आउट भएका हुन् ।

रबाडाको सर्ट लेन्थ बललाई कप्तान डु प्लेसीले क्याच गर्न छुटाएनन ।

 

विश्वकपः भारतीय टिमलाई ठूलो झड्का, शिखर धवन घाइते

इंग्ल्याण्डमा जारी एकविदसीय विश्वकप क्रिकेटमा भारतीय टिमलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण सदस्य तथा ओपनर शिखर धवनको औंलामा चोट लागेपछि भारतीय टोलीलाई ठूलो झड्का लागेको हो । चोटका कारण उनी ३ हप्ताका लागि टिमबाट बाहिरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी १३ जूनमा न्यूजिल्याण्ड र १६ जूनमा पाकिस्तानविरुद्ध टिममा हुने छैनन् । कसरी लग्यो चोट? आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा नाथन कोल्टर नेलको बाउन्सरले उनको बुढी औंलामा चोट लागेको थियो । तर उनले त्यसबेला यो चोटप्रति खासै ध्यान दिएनन् । उनले त्यस खेलमा १०९ बल खेलेर ११७ रन बनाएका थिए । यसै चोटका कारण उनी त्यस दिन फिल्डिङका लागि मैदानमा आएनन् । उनको सट्टा रविन्द्र जडेजाले क्षेत्ररक्षण गरेका थिए । धवनको विकल्प? धवन बुढी औंला भाँचिएर घाइते भएपछि उनको ठाउँमा केएल राहुलले ओपनिङ गर्ने अनुमान गर्न थालिएको छ । तत्कालका लागि उनी तीन हप्ताकोलागी मात्र खेलमा नरहने बताइएपनि उनलाई सन्चो नभए भारतीय टीम व्यवस्थापनले उनको सट्टा श्रेयस अय्यर या ऋषभ पन्तलाई टीममा सामेल गर्न सक्ने बताइएको छ ।  

भारतमा एक नेपालीको हत्या

बैतडी, जेठ २५ । बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ । चन्द भारतमा मजदूरी गर्दै आएका थिए । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ । मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीको वयानमा बताएका थिए । मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ । घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र पुलिस खेल्दै

काठमाडौं, जेठ २५ । तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा आर्मीले टस जितेर ब्याटिङ रोजेको छ । पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं तीनलाई ११७ रनले लाई पराजित गर्दै फाइनलमा पुगेको हो। समूह चरणको खेलमा भने पुलिसले आर्मीलाई पराजित गरेको थियो । पुलिसले आर्मीलाई ५० रनको भारी अन्तरले पराजित गर्यो । त्यसैगरी पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश नं १ लाई ७५ रन तथा प्रदेश २ लाई १५६ रनको भारी अन्तरले पराजित गरेको थियो । यता आर्मीले भने प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो भने प्रदेश १ लाई ११३ रनको भारी अन्तरले पाखा लगाएको थियो । त्यस्तै आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले हरायो भने पुलिससँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना तथा नेपालय इन्टरनेशनल प्रा।लीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

‘गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउँछन्’

दोलखा, जेठ २४ । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा आज आयोजित कार्यक्रममा उनले जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण गर्न लागेको आरोप लगाए । देशमा जनताले आशा गर्न ठाउँ नरहेको उनको भनाइ थियो । जनतालाई देखाएको सपना सरकारले पूरा गरेनन् पौडेलले भने, ‘कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्रविक्रम चन्द समूहलाई सरकारले वार्तामा ल्याएर हिंसा त्याग गर्नुपर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चन्द समूहलाई हिंसा त्याग गर्न आग्रह गरे ।

शुक्रबारदेखि राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु

मुस्ताङ जेठ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)को दोस्रो चरणको स्वाभिमान यात्रा शुक्रबारदेखि मुस्ताङबाट सुरु भएको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक अनुष्ठान गरी अध्यक्ष कमल थापाले दोस्रो चरणको स्वाभिमान यात्रा शुभारम्भ गरेका छन् । अनुष्ठानमा पार्टी अध्यक्ष थापाका अलावा बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ,नेताहरु भीमप्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील श्रेष्ठ, भुवन पाठक लगायत नेताहरु सहभागी थिए। अनुष्ठानपछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका छन् । यसैगरी मुस्ताङ सदरमुकाम जोमसोममा आयोजित सभालाई पनि थापाले सम्बोधन गरे । सम्बोधनका क्रममा अध्यक्ष थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आबश्यक भएको बताए । सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किराँत धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने पनि उनले बताए। अध्यक्ष थापाले त्यसक्रममा बेनी–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गरे। वरिष्ठ उपाध्यक्ष तामाङले देशको राष्ट्रियता ,धर्म संस्कृति र पहिचानमाथि चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए। मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्बत, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

भरतपुर महानगर र कोरियन सरकारबीच ‘ल्याण्डफिल साइट’ निर्माणका लागि सम्झौता

चितवन, जेठ २४ । कोरिया सरकारले भरतपुर महानगरपालिकामा ‘ल्याण्डफिल साइट को डीपीआर प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंमा नेपाल सरकार र कोरियन सरकारबीच ल्याण्डफिल साइटको मास्टर प्लानको लागि सम्झौता भएको छ । यो सम्झौतासँगै अब भरतपुर महानगरपालिकामा पनि ल्याण्डफिल साइटको डीपीआरको प्रक्रिया अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले भने, ‘भरतपुर महानगरपालिका र कोरियन सरकारको मातहतमा रहेको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग यसअघि एमओयु भएको थियो, अब डीपीआरको प्रक्रिया अघि बढ्ने भएको छ ।’ नेपाल सरकारसँग आज काठमाडौंमा भएको सम्झौतासँगै भरतपुर महानगरको पनि फोहोर व्यवस्थापनको हुन नसक्नुको समस्या दीर्घकालीन रुपमा समाधान हुने महानगर प्रमुख दाहालले बताइन् । नेपाल सरकारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्य र कोरियाको केआइटीआई संस्थाका डाइरेक्टरले नेपालमा ल्याण्डफिल साइटको मास्टर प्लान निर्माणको लागि हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्झौतापछि उनीहरुले भरतपुर महानगरको ल्यान्डफिल साइटको मास्टर प्लानको प्रक्रिया अगाडि बढ्यो भनेर जानकारी गराको बताइन् । उनका अनुसार फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न भरतपुर महानगर आतुर छ । सम्झौतापछि भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकाबीच नेपालको फोहोर व्यवस्थापन सुधारको लागि गुरुयोजना निर्माण र सुरुवात्सम्बन्धी सेमिनार भएको थियो । सेमिनारमा महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरमा देखिएका फोहोर समस्याबारे जानकारी गराएकी थिइन् । उनले कोरियाको संस्थासँग भएको सम्झौताअनरुप नै ल्यान्डफिल साइटको मास्टर प्लानको काम धमाधम अघि बढ्ने र समयमै सकिने आशासमेत गरिन् । भरतपुर महानगरले गरेको यस अघिको एमओयुमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गरेका थिए । एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहोर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने भनिएको थियो । यसअघि भएको सम्झौताअनुसार फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने बताइएको थियो । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको थियो । महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी मास्टर प्लान बनाउने बताइन् । भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् । हाल महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीनरुपमा यसको व्यवस्थापन गर्न महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिघा जग्गा छुट्याइएको छ । महानगरले वनलाई क्षतिपूर्तिबापत माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ ।

बिमला पाइजा बनिन् ‘मिसेस मंगोल नेपाल २०१९’

काठमाडौं, जेठ २४ । ‘मिसेस मंगोल नेपाल २०१९’ को ताज विमला पाइजाले जितेकी छिन्। १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै ‘मिसेस मंगोल नेपाल २०१९’को ताज विमला पाइजाले जितेकी हुन् । उता ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले आफ्नो शिरमा पारिन् । गत मंगलबार बेलुकी जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस मंगोल नेपाल २०१९’को उपाधी बिमला पाइजाले चुम्दा फस्ट रनरअपको उपाधी शान्ति तामाङले आफ्नो शिरमा पार्न सफल भइन् । उता सेकेन्ड रनरअपको उपाधि प्रतिमा तामाङले आफ्नो पोल्टामा पारिन् । बिजेता विमला पाइजालाई ‘मिसेस मंगोल नेपाल २०१८’की विजेता धनमाया मगरले ताज पहिराइदिइन् । ‘मिसेस मंगोल नेपाल २०१९’को निर्णायक टोलीका प्रमुख निर्णायक कला सुब्बाले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै बिमलाले उपाधी जितेकी हुन् । सबटाइटलमा बेस्ट ट्यालेन्टको उपाधीपनि बिमलाले नै जितिन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए। एमाजोन इन्टरटेन्मेन्टले विवाहित मंगोलियन समुदायका महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१९’ को सबटाइटलमा क्रमशः बेस्ट फोटोजेनिक अप्सरा श्रेष्ठ गुरुङ, बेस्ट कम्प्लेक्सन सर्मिला मोक्तान, बेस्ट स्किन शोभित राई, बेस्ट डिसिप्लेन मिस्मा कुमारी मोक्तान, बेस्ट पर्सनालिटि पनिता राई, बेस्ट स्माइल प्रतिमा तामाङ, बेस्ट क्याटवाक पुजा गुरुङले जितेकी छिन् । त्यस्तै सबटाइटल अन्र्तगत क्रमशः बेस्ट कन्फिडेन्ट बिष्णु तामाङ, मोस्ट इन्टेलिजेन्ट शान्ति तामाङ, मोस्ट चार्मिङ पन्चिमाया शाक्य, मोस्ट एक्टिभ निता प्रधान, मोस्ट स्मार्ट कुसुम थापा, मोस्ट पपुलर शोभित राई, बेस्ट ड्रेस शोभिता राई र पव्लिक च्वाइज बिष्णु तामाङले सबटाइटल अन्र्तगत जितेका छन् । ‘मिसेस मंगोल नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगितामा निर्णायक मण्डलमा चर्चित कोरियोग्राफर कला सुुब्बा, नृत्य निर्देशक गोबिन्द राई, अभिनेत्री रेखा फागो लिम्बु र ब्युटिसियन गौरा राई रहेका थिए । विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरुले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।

कम्प्युटर नै चलाउन नजान्ने ६८ कर्मचारी स्थानीय तहले फिर्ता गरे

काठमाडौं, जेठ ९ । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेका हुन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका तथा काठमाडौंका नागार्जुन र टोखा नगरपालिकाले एक–एक कर्मचारी फिर्ता पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । धुलिखेल नगरपालिका प्रमुख समेत रहेका नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जूले दरबन्दीअनुसार नमिलेका र प्राविधिक ज्ञान नभएका कर्मचारी फिर्ता गरिएको बताए । ‘हामी कर्मचारी समायोजनको विषयमा सन्तुष्ट छैनौँ । नगरपालिकामा त कम्प्युटर जान्ने कर्मचारी चाहिन्छ । कम्प्युटर नै चलाउन नजान्ने कर्मचारी पठाएर हुन्छ ? नगरपालिकामा सातौं तहको लेखापालको दरबन्दी नै छैन । दरबन्दी नै नभएको कर्मचारी पठाएर हुन्छ ? त्यसैले हामी छानीछानी राख्छौँ, अरू फिर्ता पठाउँछौँ,’ अध्यक्ष व्याञ्जूले भने  मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने पर्याप्त कर्मचारी रहेका तथा प्राविधिक जनशक्ति आवश्यक भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएको बताए। ‘पर्याप्त कर्मचारी भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएका हुन् । केही स्थानीय तहलाई प्राविधिक कर्मचारी आवश्यक भएको, तर केन्द्रबाट प्रशासनिक कर्मचारी गएकाले पनि हाजिर नगराएका रहेछन्,’ सचिव कोइरालाले भने, ‘फिर्ता गरिएका कर्मचारीलाई कहीं न कहीँ राखिन्छ ।’ त्यस्ता कर्मचारीको लगत मन्त्रालयले गत २२ वैशाखदेखि राख्न थालेको छ। नयाँपत्रिकादैनिकबाट

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

भोजपुर, जेठ ८ । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पुर्याउन ढिला भएको प्रजिअ खतिवडाको भनाइ छ । उनले भने, ‘घिमिरेको धरानमा उपचारका क्रममा मृत्यु भएको हो, घटना भएको स्थलबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लाग्यो, त्यसपछि भैँसी पङ्खामा सडक अवरोध हुँदा हामीले च्याङ्ग्रेबाट एम्बुलेन्स मगाएर पठाएका थियौँ, पु¥याउन समय लागेका कारण धेरै रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्छ ।’ घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । दर्जनौँको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ। रासस

भीमदत्त नगरपालिकामा माटो परीक्षण घुम्ती शिविर

कञ्चनपुर, जेठ ७ । भीमदत्त नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वयन इकाई धान जोन इकाईले माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा शिविर सञ्चालन गरेको छ । स्थानीय तह निर्वाचनपछि किसानहरुका लागि नगरपालिकाका सबै किसानहरुलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको छ । भीनपा वडा नं. २ बाट उद्घाटन गरिएको शिविर अन्र्तगत नगरपालिकाका १६ वडामा ६ सय किसानको माटो परीक्षण गरिएको छ । ‘कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ, माटोको खाद्य शक्ति बढाउन के गर्नु पर्छ, उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाका सबै वडाका किसान लक्षित गरी शिविर सञ्चालन गरिएको छ’ भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘यो शिविरबाट किसानलाई माटो परीक्षण सम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भएर उत्पादनबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ ।’ माटो तथा मल परीक्षण प्रयोगशालाले यस अघि किसानको माटो परीक्षण गर्दै आए पनि स्थानीय तह निर्वाचनपछि सबै वडाका किसानका लागि भीनपाले घुम्ती शिविर सञ्चालन गरेको हो । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ राम दरार यादवले माटो परीक्षणमा किसानहरु अपेक्षित सचेत नभएकाले शिविरबाट सचेतना वृद्धिमा टेवा पुग्ने बताए । ‘किसानहरु जति सचेत हुनु पर्ने हो, त्यति छैन, माटो परीक्षण भनेको के हो भनेर सोध्छन्’ उनले भने,‘यो शिविरबाट माटो परीक्षण सचेतना बढ्छ, त्यसले उत्पादनमा केही न केही असर पर्छ ।’ शिक्षित किसानहरु माटो परीक्षणमा सचेत देखिए पनि परीक्षणका लागि माटोको नमूना लिंदा नै समस्या हुने गरेको माटो विज्ञ यादवले बताए । भीनपाका १२ वडामा गरिएको परीक्षणमा सबै ठाउँको माटोमा प्राङ्गारिक पदार्थ न्यून देखिएको छ । ‘प्राङ्गारिक पदार्थ सबै ठाउँमा कम देखिएको छ, त्यसमा भराउनु पर्ने अवस्था छ’ उनले भने,‘हरियो मल, कुखुराको सुली, झारपात लगायतका प्राङ्गारिक पदार्थ प्रयोग गरी यसमा सुधार गर्न सकिन्छ ।’ माटो परीक्षणका क्रममा वडा नं. ६ र ६ मा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं. ३ मा कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको माबा बढी देखिएको हो । यसैगरी पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताए । नगरपालिकाले वडामामा माटो परीक्षण सुरु गरेपछि किसानहरु विहानदेखि साँझसम्म माटो परीक्षण गरि रहेका छ । भीनपा वडा नं. १६ की गोमादेवी विष्टले माटो परीक्षणका लागि पटक पटक प्रयास गर्दा समेत सफल हुन नसकेको बताइन् । ‘माटो जाँच गर्न धानको जरा समेत उखेलेर लग्र्यौ, कही हुन सकेन’ उनले भनिन्,‘यस पटक वडामा आएको शिविरमा परीक्षण गरिएको छ ।’ भीनपा वडा नं. १६ को वडा कार्यालयमा सोमबार माटो परीक्षण गरिएको छ । भीनपा आर्थिक विकास समितिका संयोजक डम्मर सिह कार्की, वडा नं. १६ का अध्यक्ष सुरेन्द्र विष्ट, माटो विज्ञ यावद सहित प्राविधिक माटो परीक्षणमा सहभागी भएका छन् । भीनपा आर्थिक विकास समितिका संयोजक कार्कीले किसानहरुलाई माटो परीक्षणका लागि सचेतना फैलाउन सबै वडामा शिविर सञ्चालन गरिएको बताए । सबै वडामा शिविर सकिएपछि माटो परीक्षणको प्रतिवेदन नगर प्रमुख सुरेन्द्र विष्टलाई बुझाइने संयोजक कार्कीको भनाई छ । ‘त्योृ प्रतिवृेदनका आधारमा माटो गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न नगरपालिका कार्यक्रम बनाउँछ, त्यसका लागि सबै ठाउँको रिपोर्ट मेयरसापलाई बुझाउँछौ ।’

ट्रम्पले दिए इरानलाई सिध्याइदिने धम्की

काठमाडौँ, जेठ ६। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई अमेरिकाविरुद्ध युद्ध चाहेको भए त्यो इरानको अन्तिम युद्ध हुने चेतावनी दिएका छन् । मध्यपूर्वमा इरान-अमेरिकाबिचको चर्काचर्की समय पार्न अन्तर्राष्ट्रिय समुदायको तर्फबाट पहल हुँदै गर्दा त्रम्प्को यस्तो धम्कीपूर्ण चेतावनी आएको हो। “यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ,” उनले एक ट्वीट सन्देशमा भनेका छन्। “अमेरिकालाई फेरि कहिल्यै पनि धम्की नदिनु!” अमेरिकाले केही दिनअघि खाडी क्षेत्रमा थप युद्धपोत तथा विमानहरू खटाइसकेको छ। इरान र अमेरिकाबीच द्वन्द्व कम गर्ने पहलहरू जारी रहेको बेला ट्रम्पको पछिल्लो चेतावनी सार्वजनिक भएको छ। अब के होला? केही दिनअघि मात्रै ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानमाथि जारी दबाबले युद्धको रूप धारण नगरोस् भन्ने चाहना व्यक्त गरेका थिए। गत बिहीवारमात्रै सम्वाददाताहरूले के अमेरिका-इरानबीच युद्ध हुन लागेको हो भनी सोध्दा ट्रम्पले भनेका थिए, “हुँदन होला भन्ने मेरो आशा छ।” चर्किँदो तनावबीच इरानले पनि युद्ध हुने सम्भावना नरहेको बताइरहेको छ। शनिवार इरानी विदेश मन्त्रीले इरान युद्धको भोको नभएको बताएका थिए। मोहमद जावाद जरिफले इर्ना समाचार संस्थालाई भनेका थिए, “युद्ध हुँदैन किनभने कोही पनि यस क्षेत्रमा इरानसँग कोही पनि युद्ध लड्न चाहदैन।” किन चर्कियो तनाव? इरानले सन् २०१५ को अन्तर्राष्ट्रिय परमाणु सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता तोड्दै युरेनियम प्रशोधनको काम पुन: थाल्ने चेतावनी दिएपछि पछिल्लो तनाव चर्किएको हो। प्रशोधित युरेनियम परमाणु रियाक्टरको लागि ऊर्जा र परमाणु अस्त्र बनाउन प्रयोग गरिन्छ। त्यो सम्झौताले इरानलाई परमाणु कार्यक्रम बन्द गर्न र त्यस्को बदलामा अमेरिकाले ऊ विरुद्धका प्रतिबन्ध हटाउन बाटो खोलिदिएको थियो। तर गत वर्ष अमेरिकाले त्यो सम्झौताबाट एक पक्षीय रूपमा हात झिकिदियो। त्यो सम्झौता त्रुटिपूर्ण भएको भन्दै ट्रम्पले फेरि इरानविरुद्ध प्रतिबन्ध लगाइदिए। अहिले खाडीमा के भइरहेको छ? तेहरानले खाडीमा खटाइएका आफ्ना डुङ्गाहरूमा क्षेप्यास्त्रहरू राखेको आरोप अमेरिकाको छ। इरानले यूएईको तट पारी चार वटा तेल ट्याङ्करहरूमा क्षति पुर्‍याइदिएको आरोप अमेरिकी अनुसन्धानकर्ताको छ। तर तेहरानले त्यो आरोप अस्वीकार गरेको छ। आइतवार बगदादको अति सुरक्षित मानिने विदेशी दूतावास रहेको ग्रिन जोनमा रकेट हमला भएको इराकी सेनाले बताएको छ। त्यो रकेटले अमेरिकी दूतावास नजिकैको एक खाली भवनलाई निसाना बनाइएको बताइएको छ। आक्रमण कसले गरेको हो प्रष्ट छैन। त्यसलगत्तै ट्रम्पले ट्वीटर मार्फत इरानलाई धम्की दिएका हुन्। हालै अमेरिकाले यूएसएस अब्राहम लिङ्कन विमान वाहक जहाजलाई खाडीमा खटाएको छ। उसले मध्यपूर्वमा १ लाख २० हजार सेना खटाउने योजना बनाएको बताइएको छ। उता साउदी अरबले पनि आफ्नो देश इरानसँग युद्ध लड्न तयार रहेको अभिव्यक्ति दिएको छ। साउदी अरबका विदेशमन्त्री अदेल अल-ज़ुबैरले एउटा पत्रकार सम्मेलनमा बोल्दै आफूहरूले यस क्षेत्रमा कुनै पनि अशान्ति नचाहेको भएपनि आफूलाई उक्साउने काम गरिए आफूहरू प्रतिकारका लागि तयार रहेको बताएका थिए। साउदी अरबले यमनमा हुती विद्रोहीविरुद्ध लडिरहेको छ। हुतीहरूलाई इरानको समर्थन प्राप्त रहेको मानिन्छ। बीबीसी

१५ तोला सुन चोरी गर्ने २ युवा पक्राउ

पर्वत, जेठ ६ । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न २ जनालाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् । उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

कसरी गर्ने अन्तर्वार्ता फेस? जान्नुहोस् करिअर टिप्स

काठमाडौं, जेठ ६ । यदि तपाईं कुनै जागिरको खोजीमा हुनुहुन्छ र त्यसक्रममा अन्तर्वार्ता दिनुपर्ने छ भने पक्कै पनि नर्भस हुनु हुनेछ । सबै नै नर्भस हुन्छ । तर, अर्को तरिकाले सोच्ने हो भने यो अवसर पनि हो, जहाँ आफ्ना कुरा आकर्षक ढंगले दृढताका साथ प्रस्तुत गर्ने थलो पनि हो । तपाईंले अन्तर्वार्ता दिन जाने ठाउँका बारेमा केही अनुसन्धान गर्नुभयो र त्यसमा सोधिने प्रश्नहरूको केही अनुमान लगाउन सक्नुभयो भने अत्मविश्वास बढ्नेछ । जब आत्मविश्वास बढ्छ । निश्चय नै अन्तर्वार्ता आफूले सोचेभन्दा आकर्षक हुनेछ । कम्पनीबारे अनुसन्धान गर्नेआफूले कुन कम्पनीमा अन्तर्वार्ता दिन जान लागेको हो । त्यसबारे राम्रो जानकारी हुनु आवश्यक छ । त्यो कम्पनी कुन क्षेत्रको हो ? कस्तो काम गर्छ रु अहिले त्यो कम्पनीको अवस्था कस्तो छ ? र, त्यो कम्पनीको लक्ष्य के हो भन्नेबारे बुझ्नुपर्छ । अन्तर्वार्ताकारले कस्तो मान्छे खोजिरहेको छ भन्ने जानिराख्नु पनि राम्रो हुनेछ । तपाईंले यसकारणले कम्पनीसँग काम गर्न चाहेको र त्यस कार्यमा आफूले यसरी योगदान गर्न सक्ने विश्वास दिलाउन सक्नुभएमा निश्चय नै अन्तर्वार्ताकार तपाईंबाट प्रभावित हुनेछ ।  अन्तर्वार्ताकारबारे जानकारी लिने आफ्नो अगाडि बसेको अन्तर्वार्ताकार कुन पृष्ठभूमिको हो भन्नेबारे हेक्का हुनु जरुरी छ । उसको जस्तो पृष्ठभूमि छ, त्यसै प्रश्न उसले सोध्न सक्छ । त्यसैले आफ्नो अन्तर्वार्ताकारका बारेमा पर्याप्त जानकारी बटुल्ने प्रयास गर्नु छ । उसले पहिले काम गरेको कम्पनी, उसले काम गरेको क्षेत्र आदिबारे जानकारी हुनुपर्छ । कहिलेकाहीँ त पहिले कुनै कम्पनीमा आफूसँगै काम गरेको सहकर्मी पनि हुन सक्छ । यस्तो अवस्थामा त झन् सजिलो भइहाल्यो । तर, धेरै व्यक्तिगत हुनु पनि राम्रो हुँदैन । उसको फेसबुक वा ट्विटरका कुरालाई अन्तर्वार्ताका क्रममा कुराकानी नगर्नु नै बेस हुनेछ ।  केही साझा प्रश्नबारे उत्कृष्ट उत्तर दिने प्रयास गर्ने अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले केही विशेष प्रश्न गरे पनि अन्य सामान्य नै हुन्छ । जुन सबैलाई सोधिन्छ । यस्ता प्रश्नहरूको सूची बनाउने र उत्कृष्ट जवाफ दिने प्रयास गर्नुपर्छ । अन्तर्वार्ताकारले सोध्न सक्छ, ‘तपाईको सबल पक्ष के हो ?’ यसको उत्तर कसरी दिने रु बस तपाईंले सोच्नुपर्छ कि म त्यो पदमा योग्य छु र यसकारणले योग्य छु भन्नेमा बढी केन्द्रित भएर उत्तर दिनु बेस हुनेछ । तपाईंको कमजोरी के हो ? भनेर सोधिन सक्छ । यस्तो वेला म धेरै काम गर्न रुचाउँछु कहिल्यै नभन्नुहोला । अन्तर्वार्ताकारले पत्याउँदैन ।  अन्तर्वार्ताकारलाई दुई प्रश्न सोध्न हिम्मत राख्ने अन्तर्वार्ताकारले एकहोरो प्रश्न सोधेर तपाईंलाई नर्भस बनाउन खोजिरहेको हुन्छ । तपाईंको ध्यान उत्तर दिनेमा मात्र हुन सक्छ । तर, तपाईंले यो पनि बुझ्नु जरुरी छ कि उसले सोधेको प्रश्नको जवाफ दिने क्रममा उसैलाई प्रश्न गर्ने खालको जिज्ञासा पनि हुन सक्छ । यस्तो प्रश्नलाई तरिका पुर्‍याएर ठाडो तरिकाले होइन, नम्र भाषामा उल्टै जिज्ञासा राखेर अन्तर्वार्ताकारबाट पनि केही उत्तर खोज्ने प्रयास गर्नुपर्छ । जस्तो कि कम्पनीमा कार्म गर्न उत्प्रेरित गर्ने विषय के हुन् ? कमजोर श्रमिकलाई कसरी कम्पनीले प्रेरित गर्छ, आदि ।  अन्तर्वार्तामा जानुअघि साथीसँग अभ्यास गर्ने अभ्यास एकदमै उत्तम माध्यम हो । आफू कुनै पनि अन्तर्वार्तामा जानुअघि साथीभाइसँग अन्तर्वार्ताको अभ्यास गर्नु उपयुक्त हुन्छ । साथीलाई प्रश्न दिने होइन, उसले जस्तो सोध्छ, त्यसको ठीक ढंगले उत्तर दिने अभ्यास गर्ने ।  अन्तर्वार्तामा आफूलाई चाहिने सबै कागजात बोक्ने अन्तर्वार्ता दिनेक्रममा अन्तर्वार्ताकारले तपाईसँग केही सक्कली कागजात माग गर्न सक्छ । त्यसैले त्यस जागिरका लागि चाहिने सबै कागजात बोकेर अन्तर्वार्तामा जानुपर्छ । ती कागजात नबोक्नु मूर्खता हुनेछ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विश्वकप क्रिकेटमा कसको उच्च स्कोर?

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको मिति नजिकिएसँगै यसको चर्चा अहिले शिखरमा छ । १२ औं संस्करणको विश्वकप यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुँदैछ । यो पटक पनि ब्याट्सम्यान र बलर नयाँ कीर्तिमान बनाउने उद्देश्यका साथ ३० मे को बेग्र प्रतिक्षामा छन् । उनीहरुको आगामी प्रदर्शन त हेर्दै जाउला बरु एक पटक विगत फर्कदा कस्तो होला? विगत संस्करण हेर्ने हो सर्बाधिक रन प्रहार गर्ने क्रिकेटरलाई भूल्न सकिन्न । यसैबीच आज हालसम्मको विश्वकपमा सर्बाधिक रन प्रहार गर्ने क्रिकेटरबारे चर्चा गर्दै छौं । अहिलेसम्म वान डे विश्वकपमा एकै खेलमा धेरै रन बनाउने ५ खेलाडी को–को हुन्?   १. मार्टिन गुप्तिल (न्यूजिल्यान्ड) २३७ नटआउट (वेस्टइन्डिजविरुद्ध), २०१५ २. क्रिस गेल (वेस्टइन्डिज) २१५ रन (जिम्बावेविरुद्ध) २०१५ ३. गेरी क्रिस्टर्न (दक्षिण अफ्रिका) १८८ रन नटआउट (यूएईविरुद्ध) १९९६ ४‍. सौरभ गांगुली (भारत) १८३ रन (श्रीलंकाविरुद्ध) १९९९ ५. भिव रिचार्डस (वेस्टइन्डिज) १८१ रन, (श्रीलंकाविरुद्ध) १९८७

प्रधानमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे आकस्मिक अवतरण गरेको हो । उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए ।