च्याम्पियन्स लिगः आयाक्सको लिले माथि सहज जित

एजेन्सीः डच क्लब आयाक्सले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेमला आयाक्सले लिलेलाई २–० गोल अन्तरले पराजित गरेको हो । लिलेको घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन हाकिम जिएच र कुन्के प्रोमेसले समान एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा जिएचले गोल गर्दै आयाक्सलाई सुरुआति अग्रता दिलाए । खेलको ५९ औँ मिनेटमा प्रोमेसले गोल गर्दै आयाक्सलाई जित दिलाए । जितसँगै समूह ‘एच’को आयाक्सले पाँच खेलबाट १० अंक जोडेको छ । आयाक्स शीर्ष स्थानमा छ । पराजित लिलेको १ अंक छ ।

यसै समूहमा रहेका भ्यालेन्सीया र चेल्सीको पनि समान ८ अंक छ ।

हङकङलाई छैठौं झड्का, करनले लिए ३ विकेट

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले छैठौं विकेट गुमाएको छ । हकङकले छैठौं हारुन अरशदलाई २९ रनमा गुमाएको हो । उनलाई करन केसीले आउट गरे । योसँगै करनलाई तेस्रो सफलता मिलेको छ । यसअघि अभिनाश बोहराले पनि ३ विकेट लिइसकेका छन् । यो समाचार तयार पार्दासम्म हङकङले ३१ ओभरमा महत्वपूर्ण ६ विकेट गुमाएर १ सय १३ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

नेपालमा हतियार प्रदर्शनी गर्न सरकारले दियो अनुमति

काठमाडौंः भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त्रालयले गत आइतबार स्वीकृति दिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

महरालाई १३ दिन हिरासतमा राख्न अदालतकाे आदेश, १९ गतेबाट गणना हुने

काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले अादेश दिएकाे छ । बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियाे । काठमाडौं जिल्ला अदालतले आदेश दिएको १३ दिन भने गत १९ गतेबाट गणना हुने छ । यो आधारमा हेर्दा महरा थप ३ दिन अनुसन्धानका लागि हिरासतमा रहने छन । महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरिरहेका छन भने, सरकारका तर्फबाट सरकारी वकिल उमाकान्त पाैडेलले बहस गरेका थिए । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको थियाे । सरकारी वकिल कार्यालयले महराको स्वास्थ्यस्थितिका कारण अनुसन्धानमा केहि समय लाग्ने भएकाले १३ दिनको म्याद थप गर्न माग गरेको थियाे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। मंगलबार महरालाई अस्पतालबाटै अदालत लगिएको थियाे। संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियाे ।

आइतबार कस्तो छ तपाइको राशिफल?

वि. सं.२०७६ साल असोज १९ गते । आइतबार । इस्वी सन् २०१९ अक्टोबर ०६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि अष्टमी,२० घडी ५७ पला,दिउसो ०२ बजेर ४२ मिनेट उप्रान्त नवमी । नक्षत्र पूर्वाषाढा,३३ घडी ०९ पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त उत्तरषाढा । मेष– आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । वृष– मध्यान्हबाट कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट भने थोरै भए पनि आम्दानी हुनेछ । मिथुन– आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ । पाहुना लागेर कतै जाँदा आतिथ्यको सत्कार तथा सम्मान पाइनेछ । कर्कट– अदालत तथा न्यायालय हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सिंह– व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । कन्या– कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको कामदेखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । तुला– पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । वृश्चिक– काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । धनु– अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । मकर– स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ । कुम्भ– इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । मीन– कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।

युवासंघ केन्द्रीय समितिकाे टुंगाे लाग्याे (७७ जिल्लाकाे नामावली)

नेकपा निकट युवासंघले केन्द्री सदस्यहरुकाे टुंगाे लगाएकाे छ हेर्नुस नामावली

महरा–रोशनी प्रकरण अन्तर्राष्ट्रियकरण हुँदै, ६ देशका कुटनीतिज्ञले निकाले संयुक्त विज्ञप्ती

काठमाडौं, संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि दुव्यर्वहार भएको प्रकरणमा अन्तर्राष्ट्रिय समुदायको चासोले यो विषयको गम्भीरता झनै चुलिएको छ । नेपालमा महिलाविरुद्धको हिंसा एकदमै व्याप्त रहेको भन्दै काठमाण्डूस्थित राष्ट्रसङ्घ तथा ६ वटा पश्चिमा कूटनीतिक नियोगहरूले संयुक्त विज्ञप्तिमार्फत् गहिरो चिन्ता प्रकट गरेपछि घटनाले अन्तर्राष्ट्रिय स्वरुप लिएको हो । रोशनी शाहीले महराद्वारा कुनै दुव्र्यवहार नभएको बयान दिएपनि घटनाबारे पर्याप्त अनुसन्धान नहुनु र बयानहरु फेरिनुले कतिपय आशंका जन्माएको हो । महराले भने आफूलाई राष्ट्रिय तथा अतर्राष्ट्रिय शक्ति केन्द्रहरुले निशाना बनाएको बताउँदै आएका छन् । यही बीचमा राष्ट्रिय मानव अधिकार आयोगले एउटा उच्चस्तरीय अनुगमन समिति गठन गरेकै दिन आएको अन्तर्राष्ट्रिय समुदायको यस विज्ञप्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर त्यसमा यसै हप्ता सभामुखबाट राजीनामा दिन बाध्य भएका कृष्णबहादुर महराको नाम भने कतै उल्लेख गरिएको छैन। विज्ञप्तिमा ‘केही घटनाहरू अझै अनुसन्धानकै क्रममा रहेको’ भन्दै पीडकले उन्मुक्ति पाउन सक्ने अवस्थाबारे आफूहरूको सरोकार रहेको बताइएको छ। निर्मला पन्त र माया विकको घटनालाई भने पीडित परिवारले न्याय प्राप्तिका क्रममा झेल्ने चुनौतीलाई उदाहरणको रूपमा विज्ञप्तिमा प्रस्तुत गरिएको छ। काठमाण्डूस्थित अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड, अनि संयुक्त अधिराज्यका राजदूतावास तथा संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले उक्त विज्ञप्ति जारी गरेका हुन्। ती निकायहरूले न्याय निरुपणमा पीडित केन्द्रित उपायहरू अवलम्बन गर्न भन्दै अनुसन्धानका क्रममा मात्र नभएर उनीहरूलाई कुनै किसिमको हानि नहुने अवस्था सिर्जना गर्न सहायता र संरक्षण प्रदान गर्नु आवश्यक रहेको बताइएको छ। लैङ्गिक हिंसाका घटनामा पीडितको उजुरी दिने वा सहायता माग्ने क्षमताको हेक्का राख्नुपर्ने बताइएको छ। यसअघि सभामुख पदबाट कृष्णबहादुर महरालाई राजीनामा दिन बाध्य पार्नेगरी गत आइतवार राति भएको भनिएको यौन दुराचारको घटनाबारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले एक उच्चस्तरीय समिति गठन गरेको जनाएको छ। आयोगका निर्देशकको नेतृत्वमा गठन भएको तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोलीले प्रहरीले अहिलेसम्म गरेका काम कारबाहीको जानकारी माग गरेको छ। उक्त समितिमा रहेका व्यक्तिहरूको नाम भने आयोगले सार्वजनिक गरेको छैन। आयोगले शुक्रवार नै पीडित र त्यस घटनाबारे सबैभन्दा पहिले समाचार लेख्ने पत्रकारको सुरक्षाबारे भएका व्यवस्थाको पत्राचारमार्फत् प्रहरीसँग जानकारी माग गरेको छ।

फ्रान्सकाे प्रहरी हेडक्वार्टरमा आक्रमण: ४ जनाकाे मृत्यु

फ्रान्सको राजधानी प्यारिसमा चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ। प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ। स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो। पुष्टि फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ। फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्। प्यारिसकी मेयरले घटनामा कैयौँ मानिस मारिएको ट्विटरमार्फत्‌ पुष्टि गरेकी छन्। आक्रमण पर्यटकहरू जाने प्रसिद्ध नोट्र डाम कथिड्रलनजिकै भएको हो। प्रहरी युनियनका अधिकारीहरूका अनुसार ती हमलाकारी मुख्यालयभित्र प्रशासनमा काम गर्थे। आक्रमणकारीको नाम खुलाइएको छैन। आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन। File photo

दसैँ-तिहार नजिकिँदै गर्दा उपत्यकाबाट १२ लाख यात्रु बाहिरिइसके, १३ लाख अझै जाने

काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौंबाट घर फर्किनेको भिड बढ्दै गएको छ । दसैँका लागि उपत्यकाबाट २५ लाख व्यक्ति बाहिरिने ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको अनुमान छ । एक हप्तायता बुधबारसम्म १२ लाख बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । तर, यात्रुलाई काठमाडौंका नाका छिचोल्न मुस्किल पर्ने गरेको छ । भत्किएका सडक र कमजोर ट्राफिक व्यवस्थापनका कारण नाकाहरूमा जामको समस्या छ । थानकोट–नागढुंगा–नौबिसे सडकखण्डमा घन्टौँ जामका कारण १० असोजमा काठमाडौं आउँदै गरेका रौतहटका बिरामी रूपलाल साहको बाटैमा ज्यान गयो । उपत्यकाबाट बाहिरिने मुख्य चार नाका छन् । थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो, जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिन्छन् । त्यस्तै, बल्खु–चोभार नाका हुँदै १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै पाँच प्रतिशत यात्रु बाहिरिन्छन् । तर, बालाजु हुँदै नुवाकोटको ककनीतर्फ जाने सडक बिग्रिएकाले त्यसको चाप पनि नागढुंगामा परेको महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले बताए । ‘यस वर्ष नागढुंगा नाका विगत दसैँमा भन्दा बढी व्यस्त हुनेछ । बालाजु–गोलढुंगा–ककनी सडक बिग्रिएको छ । त्यसैले नुवाकोट र रसुवा जाने यात्रु धादिङको गल्छी हुँदै घर जानेछन् । यसले नागढुंगा नाकालाई थप व्यस्त बनाउनेछ,’ उनले भने । महाशाखाका अनुसार यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका १४ स्थानमा सहयोग कक्ष राखेको छ । कलंकी, बालाजु, नयाँ बसपार्क, चाबहिल, गौशाला, काटेश्वर, सातदोबाटो, बल्खु, सुन्धारा, पुरानो बसपार्कलगायत क्षेत्रमा सहयोग कक्ष राखिएको हो । यात्रुले जुनसुकै वेला सहयोग लिन सक्छन् । टिकट ब्ल्याक गरेको, मापसे गरेको, सिट नपाएको, यात्रु बढी हाल्ने घटनाको अनुगमन गर्न ट्राफिक प्रहरीले विशेष सुरक्षा योजनासमेत बनाएको छ । कसैले बदमासी गरेको भेटिए कारबाही हुने प्रहरीको भनाइ छ । ‘यात्रुको सहयोगका लागि १४ स्थानमा हेल्पडेक्स राखेका छौँ । डेक्समा चौबिसै घन्टा प्रहरी परिचालन हुनेछन् । यसका अतिरिक्त प्रत्येक चोक र नाकामा मापसे चेक हुन्छ । यात्रुको अवस्था जाँच गरिन्छ । टिकट पाएर सिट नपाएको अवस्था छ–छैन सोधपुछ गरिन्छ । कसैले गल्ती गरेको भेटिए कारबाही हुन्छ,’ प्रवक्ता एसपी पौडेलले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

ललितपुरमा बस दुर्घटनाः एक जनाको मृत्यु

कठमाडौंः ललितपुरको सुनाकोठीमा बस दुर्घटना भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । घटनास्थलमा महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको टोली पुगिसकेको र घटनास्थलको मुचुल्का तयार पार्ने काम भैरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ । स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।

तिहार लगत्तै सरकारबाट बाहिरिने बाबुरामको चेतावनी, संविधान संशोधन मुख्य शर्त

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले दसैं–तिहारसम्म संविधान सशोेधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशोधनको माग पूरा गर्न केही समय कुर्ने र त्यसपछि पनि नभए सरकारबाट बाहिरिएर आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् । ‘संविधान संसोधनका लागि केही समय कुर्छौ । दशै र तिहार सम्म कुरेपछि पनि संविधान संसोधन नभए सरकारबाट बाहिरिन्छौं,’ ११ प्रदेशको अडानमा कायम रहेका भट्टराईले भने, ‘हामी ११ प्रदेशको मागमा कायम छौं । ११ वा १० प्रदेशमा जानुपर्छ भन्ने हाम्रो माग हो।’ नागरिकता वितरणको प्रशंगमा अनावस्यक कडाई गरेकोमा उनको आपत्ति थियो। नागरिकता वितरणलाई खुकुलो पार्नुपर्ने बताउँदै उनले थपे, ‘कडिकडाउ गर्नु जरुरी छैन।’ पार्टी नेपालका तर्फबाट वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित तीन मन्त्री छन्। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् भने सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको हैसियतमा वर्तमान सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका छन् । खबर डबलिबाट साभार

मोदीलाई ओलीले दिए ३ भाषामा जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् । ‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’। ‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।

ज्ञानेन्द्र शाही पक्राउ !

काठमाडौं ।  भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि सुरक्षाका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शाहिलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसर लगिएको प्रहरीले जनाएको छ । प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिती भएपछि शाहीलाई सुरक्षित रूपमा परिसर लगिएको परिसरका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए । File Photo

कानुनी राज्यमा गुण्डाराज कुनै हालतमा स्विकार्य हुँदैनः सभापति देउवा

नेपालगञ्जः बाँकेको नेपालगञ्ज पुगेर काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा गुण्डाराज नचल्ने बताएका छन् । उनले कानुनी राज्यमा गुण्डाहरुको राज कुनै पनि हालतमा स्विकार्य नहुने बताए । सभापति देउवाले कम्यिुनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप लगाए । शनिबार नेकपाका कार्यकर्ताहरुको आक्रमणमा परि घाइते भएकी काँग्रेस बाँके सभापति किरण कोइरालालाई भेटन पुगेका सभापति देउवाले कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कम्युनिष्टहरुमा दुई तिहाईको भुत चढेको जिकिर गरे । उनले कानुनी ब्यवस्थामा गुण्डाहरुको राज नचल्ने जिकिर गरे । गुन्डाहरुलाई कानुनको कठघरामा उभ्यायाउन सबै लागि पर्न आग्रह गरे । प्रहरी प्रशासनले त्यसमा सहयोग गर्नुपर्ने उनको भनाई थियो । सभापति देउवाले दोषीलाई कारबाहीको दायरामा उभ्याएरै छोडने प्रतिबद्धता समेत ब्यक्त गरे ।कार्यक्रममा काग्रेसका उच्च तहका नेता तथा सर्मथकहरुको बाक्लो उपस्थिति रहेको थियो । गत बुधबार बाँकेको सितापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढि नेता, कार्यकर्ता घाईते भएका थिए।

‘प्रिन्ट’ गरिएको कागजमा राखेर खाँदै हुनुहुन्छ ? सावधान ! क्यान्सर हुनसक्छ (भिडियो)

काठमाडौं । पत्रपत्रिकामा खानेकुरा राखेर खानु र त्यसमा खानेकुरा पोको पारेर लिनु–दिनु सामान्य कुरा मानिन्छ । तर, यसरी ‘प्रिन्ट’ गरिएको कागज र पत्रपत्रिकामा खाद्यसामग्री राख्दा र ती खानेकुरा खाँदा त्यसमा हुने रसायनले शरीरमा पार्ने असर भने सामान्य छैन । सडकका छेउछाउमा बसेर खानेकुरा खाँदा होस् वा मिठाइ पसलका परिकार लैजाँदा । त्यहाँ पत्रपत्रिका र प्रिन्ट कागजको उपयोग अत्यधिक हुन्छ, खानेकुरा राख्न र पोको पारेर लैजान । घरमै तयार पारिने विभिन्न भुटेका, तारेका खानेकुरा पनि धेरैजसो पहिला पत्रिकामा राख्ने गरिन्छ, तेल सोसियोस् भनेर । तर, यसरी राखिएका खानेकुरा खाँदा हामीले हानिकारक रसायन पनि खाइरहेका हुन्छौं । त्यस्ता खानेकुराले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्छ । पत्रपत्रिकामा छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा ‘डाइपिग्मेन्ट्स’, ‘अल्कोहल’, ‘प्रिजरभेटिभ’, ‘ग्रेफाइट’, ‘डाइएन आइसोब्युटाइलेट’जस्ता रसायन हुन्छन्  । यी सबै रसायन स्वास्थ्यका लागि निकै खतरनाक हुन्छन्  । मसीमा प्रयोग हुने रसायनले पेटसम्बन्धी समस्या, उच्च रक्तचापको सम्भावना रहन्छ भने मिर्गौलालाईसमेत क्षति पुर्याउँछ । यस्ता रसायनको थोरै अंशले पनि हाम्रो शरीरमा क्यान्सरको जोखिम बढाउने डा. लोचन कार्की बताउँछन् । पत्रपत्रिकामा प्रयोग हुने रसायनले गर्दा हाम्रो पाचनप्रणालीमासमेत असर पर्छ । यस्तै, मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । जसले फोक्सो र मूत्रासयको क्यान्सरको जोखिम पनि बढाउँछ । तर, अधिकांश मानिसलाई प्रिन्ट कागजमा पोको पारेर दिएको खानेकुरा खाँदा कस्तोखालको स्वास्थ्य समस्या आउँछ भन्ने थाहै छैन । प्रिन्ट गरिएको कागजमा खानेकुरा राखेर खाँदा त्यसले स्वास्थ्यमा पार्ने असरबारे बेलैमा सचेत हुन जरुरी छ । इमेज खबरबाट

शिक्षा सेवा आयाेगमा बारम्बार साेधिने ३४ प्रश्न

१. नेपालको शैक्षिक इतिहासमा सुन्दरानन्द बाडाको त्रिरत्न सौन्दर्यगाथा को रचना पढ्न पाइन्छ | अव भन्नुस् , उक्त रचना कसको पालामा भएको थियो? # क. राजेन्द्रविक्रम शाह ख. सुरेन्द्रविक्रम शाह ग. प्रतापसिंह शाह घ. रणवहादुर शाह २.राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन ,२०११ मा जम्मा ४ भाग थिए | सारॉश र सिफारिस कुन भागमा राखिएको थियो? क. पहिलो भाग ख. दोश्रो भाग # ग . तेश्रो भाग घ. चौंथो भाग ३.आन्तरिक परिक्षाको नम्वर S.L.C. जॉचमा पनि गणना हुनेछ भनेर कसले सिफारिस गरेको हो? क. NNEPC,2011 ख. ARNEC,2018 # ग . NESP, 2028 HLNEC,2055 ४. प्र.अ. लाई तलवको २५% भत्ताको रुपमा दिनुपर्छ | कसले सिफारिस गरेको? क. NNEPC,2011 ख. ARNEC,2018 ग. NEC,2049 # घ . HLNEC,2055 ५. एसियाली विकास वैंकको सहयोगमा विग्यान शिक्षा परियोजना कहिले शुरु भयो? क. वि.सं. २०३७ ख. वि.सं. २०३८ #ग. वि.सं. २०३९ घ. वि.सं. २०४० ६. देहायका मध्ये कुन वर्ष शिक्षा दिवसको नारा तय गरिएन?? # क .२०६३ ख.२०६४ ग.२०६५ घ.२०६६ ७.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तह अन्तर्गत दोश्रो चरण कक्षा ४-५ मा सिकाइका प्रमुख क्षेत्र कतिवटा तोकेको छ? #क.४ ख.५ ग. ६ घ.७ ८. “औपचारिक शिक्षाको ठिक उल्टो अनौपचारिक शिक्षा हो” यो भनाई कसको हो? क. पाउलो फ्रेरे # ख. इलिच र फ्रेरे ग. कुम्वस घ. ला बेला ९. हाल नेपालमा प्रा.वि. कक्षा १-३ मा कति पूर्णाड्क कायम छ ? #क. ६०० ख.६५० ग.७०० घ.५५० १०. हाल शिक्षा मन्त्रालय अन्तर्गत कति वटा केन्द्रिय निकायहरु रहेका छन्? क. ६ # ख.७ ग. ८ घ.९ ११. कक्षा १० वाट मात्र SLC मा प्रश्न सोध्ने निर्णय कहिले भएको हो? क. २०६३/५/१४ ख. २०६३/६/१४ #ग. २०६३/७/१४ २०६३/८/१४ १२. शिक्षक शिक्षा परियोजनाले कस्तो सिपलाई जोडवदिएको थियो? #क. Soft skills ख. Hard skills ग. Bothbof them घ.None of them १४ . तेर्हौं योजनाले समेटेको शिक्षासम्वन्धि प्रमूख कार्यक्रममा तलको मध्ये कुन पर्दैन? क. वालविकास कार्यक्रम ख. आधारभूत शिक्षा ग. अनौपचारिक शिक्षा # घ . खुला तथा दूर शिक्षा १४. वि.सं. १९९१ मा स्थापित नेपाली आर्ट स्कुललाई कहिले देखी जुद्द कला पाठशाला वनाइयो? क. १९९३ ख.१९९४ #ग. १९९५ घ.१९९६ १५. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकन परिषद्मा मनोनित सदस्य ……र मनोनितको पदावधि …… वर्षको हुन्छ | #क. ३,४ ख. ४,३ ग. ४.४ घ. २,३ १६. पैतृक सम्पतिमा छोरा र छोरीलाई समान हक हुनेछ | यो नेपालको अन्तरिम संविधान,२०६३ अनुसार कुन हक अन्तर्गत पर्दछ? #क. महिलाको हक ख. समानताको हक ग. सम्पत्तिको हक घ. रोजगारीको हक १७. जिल्ला अनौपचारिक शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ? क. प्.जि.अ ख. जि.शि.अ. ग. विद्यालय नीरिक्षक #घ. जिविस सभापति १८. श्रोत केन्द्र कुन स्तरको शैक्षिक संस्था हो? क. क्षेत्रीयस्तर ख. जिल्लास्तरको ग. श्रोतकेन्द्रस्तरको #घ. विद्यालयस्तरको १९. गाउं शिक्षा समितीमा कतिजनापदाधिकारीहरु रहन्छन्? #क.७ ख. ९ ग.११ घ.१३ २०. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ अघि कुल शिक्षा वजेटको कति % माध्यमिक शिक्षामा छुट्याइएको थियो? क.२२ ख.२३ #ग.२४ घ.२५ २१. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन , २०४९ वुझाउने समयमा अध्यक्ष को थियो? क. केशरजंग रायमाझी ख. रामहरी जोशी ग. त्रैलोक्यनाथ उप्रेती #घ. गोविन्दराज जोशी २२. प्राविको व्यवस्थापन अलग्गै हुनुपर्छ | कसले सिफारिस गर्यो? # NEC 2049 ख. NESP, 2028 ग. ARNEC,2018 घ. NNEPC,2011 २३. राष्ट्रिय शिक्षा आयोग को प्रतिवेदन, २०४९ ले मावि मा कति विषय पढाउन सिफारिस गरेको थियो? क. ६ #ख.७ ग. ८ घ. ९ २४. तेर्हौं त्रिवर्षीय योजना प्रारम्भ हुंदा कक्षा ५ पूरा गर्ने दर कति % थियो? क. ७० #ख.७५ ग.८० घ.८५ २५. सवैका लागी शिक्षा ले सन् २०१५ सम्म शिक्षक/विद्यार्थी अनुपात कति पुर्याउने लक्ष्य लिएको थियो? क. २५ #ख.३० ग.३५ घ.४० २६. प्राविधिक तथा व्यवसायिक तालिम परिषदमा …… जनाको परिषद सभा र ……जनाको परिषद रहने व्यलस्था छ? #क. २४,९ ख.९,२४ ग.२४,८ घ.२३,९ २७. विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिता वनाई लागु गर्ने काम कसको हो? क. प्र.अ. #ख. विद्यालय व्यवस्थापन समिती ग. जिल्ला शिक्षा अधिकारी घ. वनाउने विद्यालय व्यवस्थापन समिती , लागु गर्ने प्र.अ. २८.अध्यापन अनुमतिपत्र परिक्षा को उत्तिर्णाड्क ५० हुनेछ भनी शिक्षक सेवा आयोग नियमावलीको कति औं संशोधनले भनेको छ ? क. सातौं ख.आठौं #ग. नवौं घ. त्यस्तो व्यवस्था वनेकै छैन, उत्तीर्णाड्क ४० २९.विद्यालय संड्ख्याको आधारमा जिल्ला शिक्षा कार्यालयलाई ४ वर्गमा विभाजन गरिएको छ | तल दिईएका मध्ये “ख” वर्गमा पर्ने जिल्ला कुन होइन? क. झापा ख. स्याड्जा ग. ललितपुर #घ. इलाम ३० .१९९० को एस.एल.सी.मा सहभागी एकमात्र महिला को हुन्? #क.सबिना कुमारी देबी ख. सबिना राज भण्डारी ग. पुष्पा कुमारी श्रेष्ठ घ. पुष्पलता आचार्य ३१. अंग्रेजी शिक्षा प्रदान गर्न खोलिएको निर्देशनालय का प्रथम डाइरेक्टर को थिए? #क. मृगेन्द्र शमशेर ख. मिस्टर क्यानिंग ग. रुद्रराज पाण्डे घ. गरुडध्वज राना ३२.एस.एल.सी. मा लेटर ग्रेडिंग प्रणालीको सुरुवात गर्ने निर्णय कहिले भयो? २०७१/८/२१ २०७१/८/२२ २०७१/८/२३ #२०७१/८/२४ ३३ .बिद्यालयमा संचालक समितिको पदावधि ४ बर्षको बनाइ अध्यक्ष लाइ जिल्ला शिक्षा समितिले मनोनित गर्नुपर्छ भनि कसले सिफारिस गरेको थियो? क.NNEPC,2011 ख.ARNEC, 2018 #ग.NEC, 2049 घ.HLNEC, 2055 ३४. त्रि चन्द्र कलेज का प्रथम प्रिन्सिपल को थिए? #क. बटुकृष्ण मैत्रेय ख. वासुदेव उप्रेती ग. सोमनाथ सिग्देल घ. रुद्रराज पाण्डे