५ दिन टेम्पो चलाएर मुम्बईबाट नेपाल फर्के ४० नेपाली

काठमाडौं । मुम्बइमा काम गर्दै आएका ४० नेपाली टेम्पोमा घर फर्किका छन् ।

भारतमा कोरोना संक्रमणको मुख्य हटस्पट बनेको मुम्बईमा लकडाउनपछि अलपत्र परेपछि उनीहरु टेम्पोको यात्रा गरेर घर फर्किएका हुन ।
उनीहरुमध्ये अधिकांशले मुम्बइृमा टेम्पो चलाउँदै आएको बताइन्छ ।

टेम्पो चलाएर गुजारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् ।

उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका उनीहरु शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरेपछि क्वारेन्टाइनमा आएर बसेका छन् ।
मुम्बईबाट ५ दिन लगाएर ११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए ।

कष्टकर यात्रा

मुम्बईमा संक्रमण बढ्दै गएको र काम बन्द भएपछि आफूहरु टेम्पुमा परिवारसहित घर आएको कविलासी नगरपालिका ८ का रौशनप्रसाद साहले जानकारी दिए । ुकाम बन्द भएपछि दैनिक जीवन कष्टकर बनेको थियो । कामधन्दा बन्द भएपछि पैसाको अभाव भयो । २ महिनासम्म जसोतसो गुजारा चलाइयो । तर, लकडाउन खुल्ने छाँटकाट नदेखिएपछि ४० जना आ–आफ्नो टेम्पो लिएर घर आयौं । मंगलवार बिहान हिडेका थियौं । शनिवार बिहान सोनवर्षा बजारमा आएका थियौं । घर आउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेर राख्यो’, साहले भने, ‘स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल जान भनेपछि शनिबार दिनभर स्वास्थ्य परीक्षणमै लाग्यो ।’

सबैको स्वास्थ्य अवस्था समान्य रहेको रिपोर्ट देखेपछि बल्ल आफूहरुलाई उनीहरुले छोडेको साहले बताए । मुम्बईबाट लिएर आएको टेम्पोलाई भारतीय क्षेत्रमा नै छोडेर आएको साहले बताए ।

कविलासी नगरपालिकामा शनिबार रातभरिमा २९ जना आएका छन् । जसमा २ जना महिला र २७ जना पुरुष रहेको स्वास्थ्यशाखा प्रमुख संजय झाले जानकारी दिए । आउनेहरुमा बढी कविलासी नगरपालिका वडा नं। १ पिपरियाका रहेका छन् । सबैलाई अगर्वास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखेको उनले बताए । स्वास्थ्य परिक्षणको काम हुँदै छ ।
त्यसैगरी बसबरिया गाउँपालिकामा आइतबार बिहानसम्म ११ जना आएको गाउँपालिका अध्यक्ष रामअयोध्या रायले जानकारी दिएका छन् । आउनेहरु सबै वडा नं। ४ र ५ धनगढा गाउँको रहेको छ । सबैलाई वडा नं। ६ मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । बिहान आएकाको स्वास्थ्य परीक्षणको काम अहिले हुँदै छ ।

नेपाल आएको देखेपछि सुरक्षाकर्मीले गाउँघरमा जान नदिइ उनीहरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखेका छन् । समाजलाई जोगाउनका लागि उनीहरुलाई घरपरिवारमा जान नदिइ क्वारेन्टाइनमा पुर्याएको सुरक्षानिकायले जनाएका छन् ।

तस्वीरः अन्नपूर्ण पोष्टबाट

बालकमाथि चितुवाको आक्रमण, आमाले बचाइन् ज्यान

तनहुँः चितुवाको आक्रमणमा परेर तनहुँको बन्दिपुर–गाउँपालिका–५ याम्पा कुमालटारीका एक बालक घाइते भएका छन् । घाइते हुनेमा कुमालटारीका लालबहादुर र मिरा का ९ वर्षीय छोरा अनुप नेपाली रहेका छन् । घर नजिकै छिमेकीको घरमा भएको विवाहको कार्यक्रम हेरेर आमा र अन्य बालबालिकासंगै घरतर्फ फर्कँदै गर्दा चितुवाले बुधबार साँझ ८ बजे आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए । आमासंगै भएकाले तत्कालै हारगुहार गरी चितुवाबाट बालकलाई छुटाउन सकिएको प्रहरीले जनाएको छ । बालक याम्पा स्थित चन्द्रोदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटीमा गम्भीर चोट लागेको र उनको डुम्रे स्थित मोती मेडिकलमा प्राथमिक उपचार गरी थप उपचार पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा भईरहको छ । बालकको स्वास्थ अवस्था सुधार हुँदै गईरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौंः चन्द्रागिरी नगरपालिका ५ स्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन बलामी लगायत पाँच जनालाई नगद १३ हजार ७ सय रुपैयाँ र २ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका १४ सातदोबाटो डेरा गरी बस्ने पाँचथर घर भएका ४२ वर्षीया कृष्ण कुमारी लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बुसहित सात जनालाई नगद १ लाख ११ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका १५ स्थित सुदन महर्जनको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई हाल सातदोबाटो बस्ने ३७ वर्षीय राजकुमार लामालगायत पाँच जनालाई नगद १९ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक ताससहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

एसपीएका ६ विद्यार्थी ‘प्रतिभा सम्मान २०७६’ बाट सम्मानित

धनगढीः सुदूरपश्चिमलाई आफ्नो अदभूत प्रतिभाबाट देश तथा विदेशमा चिनाउने ६ जना आफ्ना विद्यार्थीलाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले ‘प्रतिभा सम्मान २०७६’ बाट सम्मानित गरेको छ । एकेडेमीको २१औं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा ५ जना खेलकूद क्षेत्रसँग सम्बन्धित छन् भने एकजना साङ्गतिक क्षेत्रका प्रतिभा छन् । १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिममा परी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका लक्ष्मी साउँद, यशोदा विष्ट र ईश्वरी विष्टलाई सम्मान गरिएको छ । यु–१९ हुँदै सिनियर राष्ट्रिय टिममा (१८ जना भित्र) स्थान बनाउन सफल लोकेश वम र मलेसियामा सम्पन्न वल्र्ड कराँते च्याम्पेयनसीपमा रजत पदक विजेता कमल ओलीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । नेपाल आइडलको सिजन थ्री मा उत्कृष्ट ११ स्थानमा पुग्न सफल कमल सोवलाई पनि मन्त्री बोहराले सम्मान गरेका छन् । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई उजागर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन एसपिएले भूमिका निर्वाह गरिरहेको प्रबन्ध निर्देशक सुवाश शाहीले बताए । सम्मानित प्रतिभाहरुले पनि एकेडेमीले गरेको सम्मानबाट हौसला र प्रेरणा मिल्नुका साथै अझै राम्रो काम गर्न जिम्मेवारी बढेको महसुस भएको प्रतिकृया दिए ।

त्रिकोणात्मक सिरिजः अमेरिकाविरुद्ध ओमानको शानदार जित

काठमाडौंः आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध अमेरिका ९२ रनले पराजित भएको छ । ओमानले दिएकाे २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । उसका लागि निसर्ग पटेलले ५२, आरोन जोन्सले ४८, इयान हल्यान्डले २८, जेभियर मार्शलले २३ र रस्टी थेरनले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा ओमान टिमका बिलाल खान, अकिब इलियासले ३–३, कप्तान जीशान मकसूदले २ र मोहम्मद नदीमले एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ न बनायो । ओमानका लागि कप्तान जीशान मकसूद र अकिब इलियासले शतक बनाए । जीशानले १०९ बलमा ४ छक्का र १० चौकासहित १०९ रनको योगदान दिए ।एकविदसीय क्रिकेटमा उनको यो पहिलो शतक हो । यस्तै अकिबले आज १२३ बलमा १ छक्का र ११ चौका हिर्काउँदै १०५ रनको योगदान दिए । जारी सिरिजमा उनको यो लगातार दोस्रो शतक हो । यसअघि उनले नेपालविरुद्ध पहिलो शतक बनाएका थिए । बलिङमा अ‍ेमेरिकन टीमका सौरभ नेत्रवलकर र रस्टी थेरनले ३–३ विकेट लिए । सिरिजको अन्तिम खेलमा बुधबार अमेरिका र नेपाल खेल्दै छन् । जारी सिरिजमा ओमानले ४ खेलमै जित हासिल गरेको छ । नेपालले तीन म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । यता अमेरिकाले भने तीन म्याच खेल्दा सबैमा हार बेहाेरेकाे ५ ।

ए डिभिजन लिगः आर्मी शीर्ष स्थानमा, भरतले पूरा गरे लिगमा ५० गोल

काठमाडौंः ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार बिहान भएको खेलमा ब्रिगेडलाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा कप्तान भरत खवास, विकास खवास र टेक बहादुर बुढाथोकीले १–१ गोल गरे । योसँगै १२ खेलबाट २९ अंकसहित आर्मी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २८ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । १४ क्लब सहभागी लिगको फाइनलमा अब यी दुई क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फागुन ३ गते शनिबार दशरथ रंगशालमा हुनेछ । लिगमा भरतले पूरा गरे ५० गोल आर्मीका कप्तान भरत खवास ए डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् । उनी लिगमम ५० गोल पूरा गर्ने सातौँ खेलाडी बनेका छन् । एन्फा तेस्रो ब्याचका उत्पादन भरतले यसअघि संकटा क्लब फ्रेण्ड्स क्लब र नेपाल पुलिसबाट पनि लिग खेलेका थिए ।

दाङमा चरेश र चितुवाको छालासहित पाँचजना पक्राउ

दाङः साढे २ किलो चरेससहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरवाट २ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित मुसिकोट नगरपालिका २ रातामाटाका २१ वर्षका अनिल पुनमगर, सोही नगरपालिका ६ का ४० वर्षिय बाहादुर बोहोरा र रुकुमकै आठबिसकोट नगरपालिका ९ का २८ वर्षीय भीमवहादुर सार्की पक्राउ परेका हुन्‌। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान थालेको छ। यसैगरी, दाङमै चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्‌। दंगीशरण गाउँपालिका १ बस्ने २४ का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्तीलाई चितुवाको छालासहित घोराहीबाट प्रहरीले पक्राउ गरेको हो। घोराही १४ स्थित बसर्पाकमा समातिएका पुन र घर्तीको साथबाट प्रहरीले चितुवाको टाउको, बङ्गारा र पुच्छरसमेत रहेको चितुवाको छाला बरामद गरेको छ। ओखटोपहारसहित पक्राउ परेका यी दुईमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ।

कस्तो बित्दै छ तपाइको आजको दिन ? हेर्नुस् यस्तो भन्छ राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र भेटघाटले काममा उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामसमेत स्थगित हुने सम्भावना देखिन्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ। लामो यात्राको अवसर जुट्न सक्छ। मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल९अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

राष्ट्रियसभामा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार विजयी

विराटनगरः राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विजयी भएका छन् । आज भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् । अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए । महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।

राष्ट्रियसभा निर्वाचनः गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा मतदान

पोखराः गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर साढे १० बजे मतदान गरेका हुन् । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान हुँदैछ । गण्डकी प्रदेशमा २३० मतदाता छन् । टोटल ५ हजार नौ ४० मतभार रहेको गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीइ तहका प्रमुख तथा उपप्रमुख १७० जना रहेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहको मतभार १८ र प्रदेश सभाको मतभार ४८ कायम गरिएको छ । गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठसहित चुनावी प्रतिस्पर्धामा छन् ।

एमएम कपः गण्डकी प्रदेशमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम सेमिफाइनलमा

बिनोद लामा काठमाडौंः सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । माघ १ गते हुने पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन् । गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले १०.२ एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले ३४, खडक बोहराले नटआउट १६ रन र अरुन ऐरीले अविजित १० रनको योगदान दिए । बलिङमा गण्डकी प्रदेशका दिपेश खत्रीले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनायो । उसका लागि किशोर महतोले सर्बाधिक १७ रन बनाए । अन्य १० खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका दायाँ हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए । उनले आज ९।३ ओभरमा २ मेडनहित १४ रन दिएर ७ विकेट लिएका हुन् । यस्तै शेर मल्लले २ तथा बिक्रम ठगुन्नाले १ विकेट लिए । प्रतियोगिता अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने छन् ।

डोल्पामा २ लाख खर्चेर तुइनबाट तारियो सरकारी गाडी

डोल्पाः डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी जीप भित्र्याइएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी बोलेरो जीप  भित्र्याइएको हो । कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा ल्याएको हो । भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाका अनुसार सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याइएको हो । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुई लाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए । डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् । यद्यपि, डोल्पाका सरकारी कार्यालयले खरिद गरेका गाडी मोटरसाइकल भने जिल्ला नपुर्‍याएर अहिले पनि नेपालगञ्ज, सुर्खेतलगायतका सहरमा चलिरहेको पाइन्छ । अघिल्लो मंसिरमा औपचारिक रूपमा डोल्पामा सडक जोडिएको घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ ।

झरीमै कृषिमन्त्री दैलोमा पुग्दा स्थानीयवासी दंग

सुर्खेतः अविरल पानी परिरहेको थियो। हुस्सुले बिहान खुलेकै थिएन। गाडीबाट अगाडिको दृश्य हेर्न चालकलाई पटक पटक ‘वाइपर’ को सहायता लिनुपथ्र्यो । कच्ची र हिलाम्मे आवतजावतको कल्पना नगरिएको बाटाबाट आइतबार बिहान कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी कृषककै दैलामा पुगेपछि सुर्खेत लेकबेंसी नगरपालिका–१० साटाखानीका बासिन्दा दंग परे। सरकारका प्रवक्ता एवं मन्त्री कर्णाली प्रदेशसभामा नेकपाका सचेतक सीताकुमारी नेपाली, युवा नेत्री हरिमाया शर्मासहित साटाखानीमा पुगेका थिए। प्रमुख सचेतकसँग कृषिमन्त्री ल्याउन पटक पटक गुहारेका किसानलाई त्यस्तो झरीमा सरकारका मान्छे दैलोमा आउलान् भन्ने पत्यार लागेको थिएन। हिमाली जिल्लामा भारी हिमपातसँगै शुक्रबारदेखि मुलुकभरको वर्षाले हवाई तथा स्थलगत यातायात प्रभावित थियो । खराब मौसम भए पनि मन्त्री नै घरदैलामा पुगेपछि स्थानीयवासी निकै खुशी बने र एकैछिन सबै भेला भएर पहिलो पटक दैलामै पुगेका कृषिमन्त्रीलाई स्वागत गरे। मन्त्री केसीले शुरुमा देवकी बरालको गायत्री कृषि फार्म अवलोकन गरीन् । वि.सं २०६८ मा स्थापितसो फार्मको लगानी ४३ लाख रहेको व्यवस्थापक दीपेन्द्र चपाइँले बताए। उनले भने, “जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट वार्षिक छ प्रतिशत ब्याजका दरले रु. १८ लाख र एउटा अर्को संस्थाको रु पाँच लाख ऋण छ । फार्ममा बाँकी आफ्नै लगानी गरेको छु।” होलिस्टिन जातका १४ गाई रहेको उक्त फार्म देखेर मन्त्री केसीले सञ्चालक बराल र व्यवस्थापक चपाइँको उच्च प्रशंसा गरीन्। मन्त्री केसीले भनीन् “निकै राम्रो मेहनत गर्नुभएको रहेछ। तपाई एउटा उदाहरणीय कृषक हो। तपाई जस्ता व्यावसायिक किसानलाई सरकारले प्रोत्साहन र आवश्यक सहयोग गर्छ।” झरीमा मन्त्री केसीले पशुपालक कृषक ताराकेशर लामिछानेको गाई र भैंसीपालन व्यवसायको पनि निरीक्षण गरीन्। उक्त क्षेत्रका गोठगोठमा पुगेर उनले पशुपालनको व्यवस्थापन, समस्या र चुनौतीको अवस्था नियालीन्। तरकारी बाली र पशुपालनको सम्भाव्य क्षेत्रको स्थलगत भ्रमण गरेका उनले त्यसलाई तरकारी र दूध उत्पादन क्षेत्रका रुपमा विकास गर्दै लैजाने विश्वास दिलाइन्। त्यस क्रममा उनले लेकबेंसी नगरपालिका–१० का साटाखानी, साटाफाँट र दुबीचौर बस्ती अवलोकन गरेकी थिइन्। गायत्री कृषि फार्मका व्यवस्थापक चपाइँले लेकबेंसी नगरपालिकाका ८, ९ र १० वडामा पर्ने साटाखानी दूध क्षेत्र भएको जानकारी दिए। “प्रतिदिन एक हजार लिटरभन्दा बढी दूध यहाँ उत्पादन हुन्छ तर बाटो र बजारीकरणको सहज नहुँदा किसान मर्कामा छन्,” व्यवस्थापक चपाइँले भने। सोही वडाका पशुपालक कृषक ताराकेशर लामिछानेसमेतले दूध उत्पादनभन्दा बजारीकरणमा समस्या भएको बताए। “पशुपालन व्यवसायबाट उत्पादित दूध र कृषि उपजका वस्तु खपत नहुने हो भने कसरी व्यवसाय गर्ने होला”, चिन्ता प्रकट गर्दै लामिछानेले भन्नुभयो, “बाटो र बजारीकरण नहुनु हाम्रो प्रमुख समस्या हो। यसमा हामीलाई सरकारको सहयोग आवश्यक छ।” उनका अनुसार बजार अभावले यहाँका पशुपालक किसानले ४८–५० मा दूध बेच्नुपर्ने बाध्यता छ। सिर्जनशील सामुदायिक अपाङ्ग कृषि तथा पशुपालन सहकारी लिमिटेडका सदस्य जानकी पुन मगरले कृषिजन्य वस्तुको उत्पादनका लागि सिँचाइको समस्या भएको बताइन् । कृषिमन्त्री केसीले सिँचाइ व्यवस्थाका निम्ति कृषि क्षेत्र विकास कार्यक्रममार्फत सहयोग गरिने जनाइन्। दूध बजारीकरणका लागि किसानलाई चिन्ता नगर्न उनले आग्रह गरीन् । “वीरेन्द्रनगर नगरपालिकास्थित औद्योगिक क्षेत्रमा निर्मित डेरी उद्योगले तपाईको दूध खपत गर्ने वातावरण बनाउँछु”, मन्त्री केसीले भनीन्, “सरकार अर्गानिक प्रदेश निर्माण अभियानमा सफल बनाउने व्यावसायिक कृषकलाई लगानी गर्छ।” हाल उक्त बस्तीमा रहेका ७२ घरधुरीले होलिस्टन जातका एक सयभन्दा बढी गाईपालन गरिरहेका छन् । पच्चीस–३० बिघा क्षेत्रफलको जमीन रहेको साटाखानी बस्तीका समुदायले दूधबाटै वार्षिक एक करोड ८० लाख भित्रयाउने गरेको पाइएको छ। रासस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा स्वास्थ्य मन्त्रीका भाई नियुक्त

काठमाडौंः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल निर्देशकमा डा. मंगल रावललाई नियुक्त गरिएको छ । डा. रावललाई आज प्रतिष्ठानले कार्यकारी अधिकारसहित अस्पताल निर्देशकमा नियुक्त गरेको हो । प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारीसहित उनलाई नियुक्ति दिइएको प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । उपकुलपति प्राध्यापक डा. राजेन्द्र वाग्लेले अस्पताल व्यवस्थापनको सम्पूर्ण काम गर्ने गरी मंगलबारकै मितिबाट कार्यभार सम्हाल्ने गरी नियुक्ति दिएका हुन् । चार वर्षदेखि हाडजोर्नीको विशेषज्ञको रुपमा कार्यरत डा.रावल यसअघि प्रतिष्ठानको हाडजोर्नी विभागी प्रमुख रहेका थिए । सोही प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनी यसअघि कर्णाली प्रदेश सरकारले गठन गरेको प्रदेश स्वास्थ्य नीति तयारी समितिको सदस्य रहेका थिए । निर्देशकमामा नियुक्त भएका रावल कर्णाली प्रेदेशका स्वास्थ्य मन्त्री दल रावलका भाई हुन् ।

सिन्धुपाल्चोक दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ७ को मात्रै सनाखत

काठमाडौंः सिन्धुपाल्चोकको ६ किलो मोडमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।घटनास्थलमै १२ जना र तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यु भएकामध्ये सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की ३७ बर्षिया सविना तामाङ, २८ बर्षिया शुकबहादुर तामाङ, २७ बर्षिया मञ्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाका ३६ बर्षिया जुनुमाइ तामाङको सनाखत भएको छ । त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २९ बर्षिया महेश तामाङ, लक्ष्मी श्रेष्ठ र काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाँउपालिका–५ का ४५ बर्षिया रामशरण खत्रीको समेत खनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । मृतक अन्यको सनाखतको प्रयास भइरहेको छ । दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको थियो ।

उत्तर कोरियाः आणविक क्षमता बढाउन महत्त्वपूर्ण परीक्षण सम्पन्न

काठमाडौंः उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन महत्त्वपूर्ण परीक्षण सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ। एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो। तर उनले थप विवरण दिएनन्। यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो। अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ। नयाँ बाटाे प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले नयाँ बाटाे अपनाउने बताएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको परीक्षण गरिएको बताए। उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए। ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ-अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन । अमेरिकाले मध्यम दुरीको बलिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरमा बिहीवार परीक्षण गरेको थियो। यो हतियार १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी भनिने सन्धि अन्तर्गत प्रतिबन्ध गरिएको थियो। तर राष्ट्रपति ट्रम्पले गत वर्ष त्यो सन्धिबाट बाहिरिने निर्णय गरेका थिए। बीबीसी