Apple reveals triple-camera iPhone; $5 monthly streaming TV undercuts Disney

Apple Inc caught up with hardware rivals on Tuesday by revealing a triple-camera iPhone, and it rolled out a streaming TV service priced at $5 a month, undercutting Disney and Netflix.

The announcements came at the company’s biggest marketing event, where it unveils its top products for the year ahead, and showcased an aggressive Apple ready to battle on price.

The long-awaited Apple TV+ streaming television service will be available in over 100 countries, starting in November. The service will not be available in China when it launches, nor will the Apple Arcade video game subscription.

Buyers of an iPhone, iPad or Mac will get a free year of streaming TV, potentially drawing hundreds of millions of viewers to the service. That catapults the new service into a rarified group of companies.

“I think the pricing on the Apple TV service was definitely a positive surprise,” said Michael James, managing director of equity trading at Wedbush Securities in Los Angeles.

“That’s why you’re seeing the hammering in some of the other video service-related names like Netflix, Amazon and Roku. Clearly, that was a positive that people were happy to hear.”

There was no bundle with Apple Music or other services as some analysts had expected. But Ben Bajarin, an analyst with Creative Strategies, said the TV service, a $5 a month “Arcade” gaming service and the base model iPhone 11, seem designed to draw in users for the longer term.

“We weren’t expecting Apple Arcade and particularly Apple TV to be priced as aggressively as they were,” Bajarin said.

“They know once consumers get into their ecosystem, they don’t leave.”

Apple said its new iPhone 11 will come with two back cameras, including an ultra wide-angle lens and the next generation of microchips, the A13.

Prices start at $699, down from last year’s new iPhone that started at $749.

The more expensive iPhone 11 Pro will have three cameras on the back — wide angle, telephoto and ultra-wide. It can create videos with all three back cameras and the front camera at the same time and starts at $999.

The iPhone 11 Pro Max with a bigger screen starts at $1,099.

The new phones are available to order on Friday and will start shipping on September 20.

Rivals including Huawei Technologies Co Ltd and Samsung Electronics Co Ltd already sell phones with three cameras on the back.

While Apple once tested the upper limits of what consumers would pay for a phone, it is now giving ground on prices, even making older models available at significant discounts to the latest technology.

“Consumers absolutely still care about cameras. That’s why it was surprising over the last couple of years that Samsung and Huawei got the jump on Apple,” said Patrick Moorhead, an analyst with Moor Insights & Strategy.

“Apple was playing a bit of catch up, but Apple did bring their game, particularly on the video side of the camera, where I do think they’ll have the leg up.”

Analysts expect Apple will sell around 200 million iPhones in the next year, in addition to other devices, and while many of those will be in China, it ensures at least tens of millions of potential viewers for the subscription service.

Hal Eddins, chief economist for Apple shareholder Capital Investment Counsel, said Apple’s lower priced iPhones “aren’t exciting on the surface, but the low streaming price may suck in some new subscribers”.

Apple shares gained 0.8 per cent.

Crowded field
With streaming content, Apple is entering a crowded field dominated by Netflix Inc.

Walt Disney Co will launch on Nov 12 a $7-per-month service that will contain that firm’s iconic children’s content. Apple is also trying to beat HBO Max with its hit shows like “Game of Thrones”, “Friends” and “The Sopranos”.

Apple’s challenge is to persuade consumers that its family of devices, from its set-top box to phones, are the best one-stop place to watch shows.

“The roll-out of new subscription-based services by Apple paves the way for the introduction of new business models akin to the all-you-can-eat bundles like Amazon Prime,” said Paolo Pescatore, analyst with PP Foresight.

“In the future we might even see users pay for a service bundle and receive a new iPhone every year.”

Apple also unveiled an updated watch, the Series 5, with an always-on display, starting at $399, while keeping the older Series 3 starting at $199. Moorhead said the older model would drive “tremendous” business.

Apple said the seventh generation of the iPad will start at $329 and be available to order starting on Tuesday and in stores on September 30.

लक्ष्मण पन्तले ल्याए ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ पुस्तक

काठमाडौं : नेकपा केन्द्रीय सदस्य तथा प्रवासी नेता लक्ष्मण पन्तले ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ पुस्तक बजारमा ल्याएका छन् । आइतबार एक कार्यक्रमका माझ पुस्तकमाथि विमर्श गर्दै पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमाथिको विमर्शमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधबकुमार नेपाल, नेकपाको स्थायी समिति सदस्य पम्फा भुषाल, नेता राम कार्की, सुरेश आलेमगरलगायतले  टिप्पणी गरेका थिए । सो क्रममा उनीहरूले पुस्तक पछिल्ला घटनाक्रमबारे जानकारीमुलक रहेको बताए । उनीहरूले पुस्तकलाई अझै पुरस्कृत गर्दै अर्को संस्करण पनि प्रकाशन गर्न सुझाव दिए । पुस्तकलाई चन्द्रकान्त–विष्णुदेशी प्रकाशनले प्रकाशन गरेको हो ।

नेपालमा कुन कुन चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री आए त ?

चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी आइतवारदेखि मंगलवारसम्म नेपालको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेको पुष्टि गरेका छन्। मन्त्रालयले शुक्रवार एक वक्तव्य जारी गर्दै उनले नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने जनाएको छ। उनी पाकिस्तानको भ्रमण सकेर नेपाल आउने बताइएको छ। उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ। पछिल्ला वर्षहरूमा नेपालले चीनबाट उच्च पदाधिकारीहरूलाई नेपाल भ्रणम गराउन पहल गरिरहेको तर सफल हुन नसकेको कतिपय कूटनीतिक क्षेत्रका जानकारहरूले बताउने गरेका छन्। अहिलेको सरकारले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल गरिरहेको र त्यो उसका लागि एउटा कूटनीतिक परीक्षा नै हुने कूटनीतिज्ञहरूको मत छ। हालका वर्षहरूमा चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने खबरहरू बारम्बार सार्वजनिक हुने गरे पनि सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रणमपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन्। राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए। परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्। नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ। उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ। नेपाल-चीन दौत्य सम्बन्ध नेपाल-चाइना सोसाइटीले प्रकाशित गरेको हिरण्यलाल श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘सिक्स्टी इयरस् अफ डाइनामिक पार्टनरशिप’का अनुसार नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो (पृ. ११)। पञ्चशीलका आधारमा दुई देशबीच सम्बन्ध स्थापित भएको श्रेष्ठले लेखेका छन्। उक्त पुस्तकका अनुसार नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए। नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२ औँ देश बनेको थियो। दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए। महेन्द्रको राज्याभिषेकमा चिनियाँ उप-प्रधानमन्त्री विभिन्न पुस्तकमा लेखिए अनुसार सन् १९५६ मेमा काठमाण्डूमा भएको राजा महेन्द्रको राज्याभिषेकमा चीनबाट त्यसबेलाका उप-प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए। श्रेष्ठको पुस्तकमा तत्कालिन चिनियाँ उप-प्रधानमन्त्री वु लाङ्फुले नेतृत्व गर्दै चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको उल्लेख छ। त्यस्तै टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा पनि त्यसलाई पुष्टि गरिएको छ (पृ. १७८)। उक्त भ्रणमले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा नयाँ युग सुरु गरेको श्रेष्ठले लेखेका छन्। लाङ्फुले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाएको पाइलाका लागि सहयोग गर्ने वचन दिएको पुस्तकमा लेखिएको छ। त्यसै वर्षको सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रणम गरेका थिए। उनलाई चीन भ्रणम गर्ने पहिलो नेपाली प्रधानमन्त्री पनि भन्ने गरिन्छ। टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा नेपाल र चीनबाट भएका भ्रणमहरूको विवरण दिइएको छ चिनियाँ प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्। आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए। त्यसबेलाको संयुक्त वक्तव्यलाई उदृत गर्दै श्रेष्ठले यस्ता भ्रमणहरूको आदानप्रदानले नेपाल र चीनबीचको मित्रता थप सुदृढ हुने सन्देश त्यसमा रहेको लेखेका छन्। कतिपय अध्येताहरूका अनुसार तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपालसँग सीमालगायतका समस्याहरू समाधान गर्न सन्धि गर्न चाहन्थे। उनले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थपानापश्चात् देखि नै त्यसका लागि कुराकानी अघि बढाएको नेपाल-चीन सम्बन्धबारे अध्ययन गर्नेहरूले लेखेका छन्। चाइना क्वाटर्ली अफ इन्टरन्याशनल स्टर्टेजिक स्टडिज्‌मा गत वर्ष प्रकाशित एउटा लेखमा चीनमै विद्यावारिधि गर्दै गरेका एकजना नेपाली बुद्धिप्रसाद शर्माले पनि चाउ एनलाईको उक्त मनसाय रहेको लेखेका छन्। उनले चीनका लागि तत्कालीन भारतीय राजदूत के एम पणिक्करलाई उदृत गर्दै लेखेका छन्, “चीन, भारत र नेपालबीचको त्रिपक्षीय बैठकका क्रममा उनले ….पाणिक्करसँग सीमा विवाद र अन्य मुद्दाहरूको समाधानका लागि आपसी समझदारी र विश्वासका साथ कोशिस गर्ने कुराकानी गरेका थिए।” सन् १९५५ मा भएको वाङ्दुङ सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधिमण्डलसँग उनले दौत्य सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको र त्यो प्रस्तावलाई नेपाली प्रतिनिधमण्डलले स्वीकारेको पनि उनले लेखेका छन्। शान्ति तथा मैत्री सन्धि नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ। त्यसबेला उनले चाउ एनलाईलाई नेपाल भ्रणमको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ इनलाईले दोस्रो पटक नेपालको भ्रमण गरे। उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेको श्रेष्ठले लेखेका छन्। त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए। सीमा सन्धि त्यस अघि नै कोइरालाको चीन भ्रमणका बेला नेपाल र चीनबीच सीमा सम्बन्धी सम्झौता भएको थियो। सन् १९६० मार्च २१ मा कोइराला र चाउ एनलाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। श्रेष्ठका अनुसार उक्त सम्झौता हुनुपूर्व मार्च १८ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त्यसबारे कोइरालासँग छलफल गरेका थिए (पृ. १५)। उक्त छलफलमा माओत्सेतुङले “नेपाल र चीनबीचको सीमा सधैँ शान्ति र मैत्रिपूर्ण हुनुपर्छ” भनेको श्रेष्ठले लेखेका छन्। सोही सम्झौता अनुसार नेपाल र चीनबीचको सीमाको टुङ्गो लगाउन दुवै देशका विज्ञहरू रहेको समूह बनाइएको श्रेष्ठले लेखेका छन्। उक्त समूहले नेपाल-चीन सीमा सन्धिको मस्यौदा तयार पारेको र त्यसलाई सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्रको चीन भ्रमणका बेला राष्ट्र प्रमुखहरूले हस्ताक्षर गरेको उक्त पुस्तकमा लेखिएको छ। उक्त सन्धिले नेपाल र चीनबीच रहेको सीमा समस्या हल गरेको कूटनीतिज्ञहरूले बताउने गरेका छन्। त्यसपछिका भ्रमणहरू नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू तीव्र भएको देखिन्छ। त्यसपछि पनि नेपाल र चीनबीच उच्त तहमा भ्रमणहरू निकै हुने गरेका छन्। तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रणममा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्। पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ। ‘इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल’ नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए। कूटनीतिज्ञहरू तथा लेखकहरूले लेखे अनुसार नेपालले चीनसँग सुरुदेखि हालसम्म पञ्चशीलकै आधारमा सम्बन्ध राखेको देखिएको छ। हरेक उच्चस्तरका भ्रमणहरूमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा जोड दिने गरेको उनीहरूले लेख्ने गरेका छन्।   बिबिसी नेपालीबाट साभार

कश्मीर विवादः सेनाले यातना दिएको गाउँलेहरूको आरोप

काठमाडौं ।  भारत-प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसीलाई बताए। बीबीसीलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएको बताए। तर बीबीसीले अधिकारीहरूसँग भने त्यस्तो आरोपको पुष्टि गर्न सकेन। आरोप अस्वीकार भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ। दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ। नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ। मोदीको प्रशंसा अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्तिस्थिति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्। भारतीय सेना पृथक्तावादी विद्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ। भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको भारतभरि स्वागत गरिएको छ र मानिसहरूले साहसी निर्णय लिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्। उक्त कदमलाई मूलधारका सञ्चारमाध्यमले पनि समर्थन गरेका छन्। के देखे बीबीसी संवाददाताले सावधानस् तलका विवरण कतिपय पाठकका निम्ति विचलित पार्ने खालको हुनसक्छ म दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू घुमेँ। ती गाउँ केही वर्षयता भारतविरोधी विद्रोहको केन्द्रका रूपमा चिनिन्छन्। मैले ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेँ – रातिराति गरिने फौजका कारबाही, कुटपिट र यातना। चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। तर गाउँलेहरूले भने सुरक्षा फौजका कारण भएको भन्दै उनीहरूका शरीरका चोटपटक मलाई देखाए। एउटा गाउँमा मलाई त्यहाँका गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो। दुई दाजुभाइले आफूहरूलाई सेनाले निद्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्नो पहिचान खुलाउन चाहेनन्। उनीहरूले हामीलाई पिटे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईँ अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पिटिरहे, एक जनाले भने। उनीहरूले मेरो शरीरको सबै भागमा पिटे। लात्ता हाने, लट्ठीले हाने, बिजुलीको झट्का लगाए र तारले पिटे। खुट्टाको पछाडिको भागमा प्रहार गरे। अचेत भएपछि बिजुलीको झट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रा मुखमा हिलो कोचे। हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त पिट्नुको साटो बरु मारिदेऊु भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ। अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई ढुङ्गा हान्नेहरूको नाम बताउनु भनेको बताए। गत दशकमा कश्मीर उपत्यकामा भएका विरोध प्रदर्शनका क्रममा युवा तथा किशोरहरूले सुरक्षा फौजविरुद्ध ढुङ्गा हान्ने क्रम बढेको छ। उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो। मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्रहार गरे। अचेत हुनासाथ बिजुलीको झट्का लगाएर ब्युँझाए। अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ,  उनले भने। ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए। बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए। बिबिसी नेपाली सेवाबाट

रविसहित तीनै जनाको बयान लिन सुरु

चितवनः  जिल्ला सरकारी वकिल कार्यालय चितवनले शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ । रविसहित टेलिभिजनमै कार्यरत युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालय प्रहरीले दिएको प्रतिवेदन अध्ययन गरेपछि तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अदालतले अहिले तीनै जनासँग बयान लिन सुरु गरेको छ । एक नम्बर न्यायाधीश हेमन्त रावलको इजालासमा बयान सुरु भएको हो । योसँगै सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बहस सुनिसकेपछि अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । अदालतले साधारण तारेखमा छोड्ने वा धरैटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश दिन सक्नेछ ।

संजय दत्त र मनिषा कोइराला फेरि एकसाथ काम गर्दै

काठमाडौंः बलिउड नायक संजय दत्त र नायिका मनिषा कोइरालाले फेरि एकसाथ काम गर्ने भएका छन् । ९० को सुरुवाती दशकमा निकै रुचाइएको यो जोडी दशकपछि चलचित्र ‘प्रस्थानाम’मा सँगै काम गर्न लागेका हुन् । देव कट्टाको निर्देशनमा बन्ने यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को रिमेक चलचित्र हो । चलचित्रमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ । उनीहरुले भने चलचित्रमा संजय दत्त र मनिषाको सन्तानको भूमिका निर्वाह गर्नेछन् । चलचित्रको लेखक फराहद संजीले चलचित्रमा केही फेरवदल हुने बताएका छन् । उनले भनेका छन्, ‘तेलुगु चलचित्रमा जस्तो थियो ठिक त्यही यस चलचित्रमा हुने छैन । कथा एउटै भएपनि स्क्रिप्टमा हामीले केही फेरवदल गरेका छौ ।’

भाेलिदेखि बुधले गाेचर परिवर्तन गर्दै, के प्रभाव पर्छ तपाइकाे राशिमा?

काठमाडौं । ज्याेतिषशास्त्रमा ग्रहहरुकाे गति र स्थान परिवर्तनले विशेष महत्त्व राख्दछ। भाेली भदाै ९ गते बुध आफ्नाे मित्र सिंह राशीमा प्रवेश गर्दैछन् । बुधलाई ज्याेतिषशास्त्रमा राजकुमारकाे पदवि दिईएकाे छ । वर्तमानमा अवस्थामा सुर्य सिंह राशिमा अवस्थित छन् । बुध गाेचरकाे कारण सिंह राशिमा बुधातिद्य याेग काे निर्माण हुनेछ । के प्रभाव पर्छ त ? १. मेष राशि मेष राशिका मानिसलाई बुध गाेचरका अनुसार मानसिक तनावकाे कारण कष्ट हुन सक्छ । काममा असफलता पाउन सक्छ । जीवनसाथी र सन्तानसँग विवादकाे याेग छ । प्रेम सम्बन्ध पनि असफल हुने देखिन्छ । याे हटाउन बिहान बिहान आफ्ना पितृलाई स्मरण गरि गरिबलाई बस्तु दान गर्नु फलदायी हुनसक्ला । २. वृष वृष राशि भएका जातकलाई बुध गाेचरका अनुसार आमालाई सुख पाउने देखिन्छ । धन लाभ हुने छ । वाहन सुख प्राप्त हुने देखिन्छ । सम्पत्ति लाभ हुने र पारिवारिक सुख प्राप्त हाेला । सहयाेग पाईनेछ । ३. मिथुन: मिथुन राशिवाला जातकलाई याे याेगका कारण साहस पराक्रममा कमी महसुस हुनेछ । धन हानी हुने याेग छ । बन्धु बान्धवसंग विवाद हुनेछ । विद्यार्थी वर्गलाई परिश्रम अधिक गर्नुपर्ने छ । बिहान बिहान उँ काे उच्चारणसहित ध्यान गर्नुहाेला । ४. कर्क याे राशिका लागि गाेचरका कारण धन लाभ हुने देखिन्छ । वाणी बाेलिमा आधारित काममा विशेष लाभ हुनेछ । विद्यार्थी वर्गलाइ सफलता प्राप्त हुने देखिन्छ । सम्बन्धिहरुबाट लाभ हुने देखिन्छ । ५. सिंह सिंह राशिमा बुधकाे आगमनले धनहानिकाे याेग छ, कटु शब्दका कारण विवाद हुनेछ । नाता सम्बन्धिहरुलाई हानी पुग्नेछ । बन्धनकाे भय हुने छ । बृद्धबृद्धालाई खाना खुवाउनुस ६. कन्या कन्या राशिका लागि पनि त्यति राम्राे देखिन्न । सुखमा कमी हुन्, धन हानी हुने याेग छ । असफलता देखिन्छ । नातेदारसँग विवाद हाेला । शत्रु सक्रिय हुनेछन् । विद्यार्थीका लागि त्यति उत्तम देखिन्न । कुनै विद्यालय या सामाजिक क्षेत्रमा दान गर्नुस । ७. तुला तुला राशिका लागि उत्तम समय छ । बुध गाेचरका अनुसार शुभ कार्यमा रुचि बढनेछ । धन लाभ हुने छ । स्वास्थ्य उत्तम रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थी वर्गलाई विशेष लाभ छ। ८.वृश्चिक याे राशिका जातकलाई नयाँ पद प्राप्त हुने देखिन्छ । शत्रुमा विजय प्राप्त हुनेछ । व्यवसायमा लाभ पाईनेछ । मानसिक शान्त र सुख पाईनेछ । ९. धनु याे राशिका मानिसलाई न्हुध गाेचरका अनुसार काममा विघ्न आउने देखिन्छ । यात्रामा कष्ट रहनेछ । नातेदारसँग विवाद वैमनष्य देखिन्छ । धार्मिक काममा अरुचि हाेला । मन्दिर गएर फुल चढाई ध्यान गर्नुस १०.मकर मकर राशिलाई बुध गाेचर अनुसार धन लाभ हुनेछ । शत्रु परास्त हुनेछन् । मन प्रसन्न रहनेछ । पारिवारिक सुखकाे प्राप्ति हुनेछ । स्वजनहरुबाट लाभ पाईनेछ । शिक्षामा सफलता र प्रतियोगितामा पनि सफलताकाे याेग छ। ११. याे राशिका जातकलाई बुध गाेचरका अनुसार, जीवनसाथिसंग विवाद हुने देखिन्छ । मित्र र नातागाेतासँग सम्बन्धमा कटुता हुनेछ । व्यवसायमा धनहानीकाे याेग छ । मानसिक चिन्ता रहनेछ । कुनै विधवा महिलालाई सहयाेग गर्नुस् । यसले दाेष काट्न सक्छ । १२. मीन मीन राशिका लागि राम्रो छ । धर्मशास्त्रमा रुचि बढनेछ । आर्थिक लाभ हुने छ । शत्रुहरुमाथि विजय पाईनेछ । मानसिक सुख मिल्ने याेग देखिन्छ ।

सरकारले मुलुकमा समृद्धिको जग बसालिसकेको छः मन्त्री बाँस्कोटा

अर्घाखाँचीः  सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकासको रहेको बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाँडामा शनिबार रेडियो शितगंगाको उद्घाटन गर्दै उनले बर्तमान सरकारले मुलुकमा समृद्धिको जग बसालिसकेको र यसको परिणाम अबको केही समयमा देखिने बताए । मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रहरुलाई बलियो बनाउँदै उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिका आधारहरुलाई साकार पारिने बताए । त्यसो गर्न नसके उपलव्धिहरुको पनि रक्षा हुन नसक्नेतर्फ सरकार सचेत रहेको उनले उल्लेख गरे । सरकारले तय गरेका समृद्धिका आधारहरुलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्ने गरी योजना बनाइरहेको उनले जानकारी गराए । मन्त्री बाँस्कोटाले दशकौं लामो संकल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीहरूले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पारे । आर्थिक विकासको क्षेत्रमा पनि सरकारले उल्लेख्य प्रगति गर्ने वातावरण तयार पारिसकेको उनले जानकारी गराए । प्रबक्ता बाँस्कोटाले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन निर्देशन दिँदै विकासका काममा कुनै पनि प्रकारको राजनीति गर्न नहुने बताए । नेकपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले जनचाहना अनुरुप कै कामहरू अगाडि बढाइएको बताए । आमसञ्चारका माध्यमलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाइने बताउँदै उनले हाल प्रस्तावित विधेयकले आमसञ्चारलाई नै बलियो बनाउने प्रष्ट पारे । ‘भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यहीँ असत्यलाई पुष्टि गर्न कैयन झुटहरू बोल्ने र लेख्नेहरू पनि छन्’ उनले भने, ‘यस्तै गलत काम गर्नेहरुलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो ।’ कार्यक्रममा अर्घाखाँची जिल्लाका जनप्रतिनिधि चेतनारायण आचार्य, रामजिप्रसाद घिमिरे,जालापा भुसाल,नजिर मिया लगायतले बोलेका थिए ।

धनगढीमा बजार अनुगमन, फेला परे म्याद नाघेका खाद्यवस्तु

धनगढी । धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिले सोमबार घनगढीका बिभिन्न पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा धनगढीको लक्ष्मीनारायण चौक आसपासका किराना पसलहरुबाट ठूलो परिणाममा म्याद गुज्रेका बस्तुहरु जफत गरेको धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिको संयोजक योगेन्द्र चन्दले बताए । संयोजक चन्दका अनुसार यसरी फेला परेका म्याद नाघेका खाद्यवस्तुमा चिसो पेयपदार्थहरु, काजु , किसमिस, दालमोठ लगायत रहेका छन् । धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकराज उपाध्यायले जफत गरिएका बस्तु नष्ट गर्ने बताए । पहिलो पटक समान जफत गरिएको छ उपाध्यायले भने, फेरी पनि यही अवस्था फेला पारेका कानुन अनुसार कार्वाही अगाडी बढाईन्छ । बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री जाफत गरिँदै । तस्बिर: टेकेन्द्र देउबा   राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरी रेग्मीले अव निरन्तर बजारको अनुगमन गरिने बताए । पटक पटक गल्ती दोहऱ्याउने ब्यक्तिलाई बचाउनुपर्छ भन्नेमा आफु नरहेको बताए । उनले भने, हाम्रो उद्धेश्य बजारमा सुधार ल्याउनु हो । साउन ३२ गते बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय पनि गरेको थियो । चाडपर्वको मुखमा मात्रै गरिने अनुगमनले बजारको अवस्था सुधार आउन नसकेको भन्दै उप–महानगरपालिका क्यालेन्डर नै बनाएर अनुगमन गर्न सुरु गरेको बताईएको छ ।

फेरि देखाए पारसले उग्र रुप, एयरपाेर्टका प्रहरीमाथि हातपात

काठमाडौंः  पूर्व युवराज पारस शाहले सुरक्षाकर्मीमाथि हातपात गरेका छन् । समर्थकहरुसँगै त्रिभुवन विमानस्थल पुगेका पारसले राजपरिवारका सदस्यमाथि प्रहरीले अपमान गरेकाे भन्दै सुरक्षामा रहेका प्रहरीलाई धकेलेकाे भिडियाे अहिले भाईरल बनेकाे छ । उग्र र सनकी व्यवहारका कारण चर्चामा आइरहने पारस विमानस्थल पुग्दा समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी यतिखेर बैंककमा रहेका छन् ।

पुलमा ठाेक्कियाे ट्रक, पूर्प पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीपूर्व, साउन २९ । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोलामा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले  निकाल्ने काम भइरहेको उनले बताए । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए । बिहान पुलमा क्षति पुगेपछि अहिले  यात्रुवाहक बससमेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । (रासस)

ललितपुर महानगरमा थपिए दुई ब्रुमर

ललितपुर, साउन २५ । परम्परागत चलन अनुसार खर्पनमा दुबैतिर कुचो राखेर बढार्ने गरिन्थ्यो। बिहान पाँच बजे सडक सफा गर्दैगर्दा धेरै स्वीपर दुर्घटनामा परे। बिहानै अँध्यारोमा सडक सफा गरिरहेका स्वीपरलाई सवारी साधनले ठक्कर दिँदा धेरै दुर्घटना भए। त्यसपछि पेटीमात्र सफा गर्न लगाउन थालियो। सडकका बीचमा रहेका डिभाइडर र छेउछाउका धुलो कुचोले निकाल्न सकेन तर अब बु्रमरले त्यस्ता फोहोर निकाल्ने भएको छ। ललितपुर महानगरपालिकाका वातावरणविद् प्रदिप अमात्यका अनुसार ब्रुमरले ससाना धुलो आफैतिर तान्छ। आँखाले देख्न सकिने खालका फोहोर तानेर एकठाउँमा संकलन गर्छ। त्यस्ता धुलोले आँखा, नाक घाँटीलाई असर गर्छन्। ती देख्न सकिनेखालका धुलो बु्रमरले सफा गर्छ। सडकमा हिँड्दा मास्क नलगाई हिड्न सकिने वातावरण बनाउन सकिन्छ। अमात्य भन्छन्, ‘आँखाले देख्न नसकिने खालका धुलो जसमा पीए २।५ को मात्रा हुन्छ।’ फोक्सोको लागि एकदमै घातक हुन्छ। यस्ता कण हामीले लगाउने सामान्य मास्कले थेक्न सक्दैनन्। विषेशगरी सवारीसाधानबाट निस्किएको धुँवामा आँखाले देख्न नसक्ने खालका कण हुन्छन्। यसले फोक्सोमा प्रत्यक्ष असर गर्छ। आफनो नगर सफागर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले चार करोड ४८ लाख रुपैयाँ खर्च गरेर दुईवटा बु्रमर भित्राएको छ। सानो आकारको बु्रमर गतवर्षदेखि नै प्रयोगमा ल्याएको थियो। सानो बु्रमरले पाटनका भित्री क्षेत्रमा मात्र सफा गथ्र्यो। तर बाहिरी सडक सफाई गर्न थप ब्रुमर ल्याइएको महानगरपालिकाले जनाएको छ। ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको उतm बु्रमर खरिदका लागि मंसिर २७ मा बोलपत्र आह्वान गरिएको थियो। ब्रुमर खरिदका लागि जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोटमा परेको थियो। इटालियन डिजाइनमा बनेको बु्रमर भारतमा बनेको हो। महानगरपालिकाको मेयर चिरिबाबु महर्जनका अनुसार बु्रमरको उपयोगिता भारतमा एकदमै सफल छ। भारतमा जस्तै नेपालमा प्रभावकारी रुपमा बु्रमर संचालनमा ल्याउन सकिनेमा विश्वस्त रहेको बताए। आवश्यक्ता अनुसारका पाटपुर्जा लगायतका सरसामान सजिलै पाइने भएकाले यसको प्रयोगमा कुनै शंका नगन सुझाए। बु्रमरले पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्मको सफाईमा केन्द्रित गरिने छ। ‘आवश्यकता अनुसार अन्यतिर सफा गरिनेछ’, उनले भने, ‘बिहान बेलुकी दुईपटक बु्रमिगं गछौं।’ सडक धेरै भएकाले आवश्यकता अनुसार फोहोर भएको सडकमा सफा गरिने र त्यसका लागि तालिका नै बनाइने महर्जनले जानकारी दिए। कम्पनी आफैले ब्रुमर संचालनको लागि पाँच जनालाई सात दिनको तालिम दिइरहेका छन्। तालिमपछि नै ती ब्रुमर संचालनमा ल्याइनेछ महर्जनको भनाइ छ। बु्रमरले प्रतिघण्टा दुई किलोमिटर सडक सफा गर्न सक्छ। महानगरपालिकाले दुई ट्यांकी र एउटा एम्बुलेन्स पनि भित्र्याएको छ। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

मन्त्रिपरिषद् बुधबार विस्तार हुँदै, पर्यटनमन्त्री नियुक्त हुने

काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्ने भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीट एकाउन्टमा आज ‘४ बजे शपथ ग्रहण गर्ने पर्यटन मन्त्रीलाई अग्रिम शुभकामना’ लेखेका छन् । को पर्यटनमन्त्री हुने ? भन्ने ट्वीटमा नखुलाइए पनि तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए ।

सिरियामा दश दिनमा १०० भन्दा बढी गैरसैनिकको मृत्युु

काठमाडौं, साउन ११ । संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् । उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र रुसी सेनाको यति ठूलो आक्रमण र नरसंहारको बारेमा विश्व चुप छ । अन्तर्राष्टिय जगतको नजर बेचलेटका अनुसार संसारका शक्तिशाली देशहरुले त्यहाँ नेतृत्व असफलताको विषय उठान गरिरहेका छन् । उनका अनुसार विद्रोहीहरुको कब्जामा रहेको भनिएको इदलिवमा मर्नेहरुको संख्या बढ्नसक्ने तर्फ कसैको ध्यान गएको देखिँदैन । उनका अनुसार धेरै मानिसहरु यो आक्रमणको शिकार भएका छन् । बेचलेटका अनुसार जानीबुझी सामान्य नागरिकहरुमाथि हमला गर्नु युद्ध अपराध हो । जसले यो आक्रमणका लागि जानी जानी आदेश दिइरहेका छन् उनीहरु पनि यो अपराधका लागि जिम्मेवार छन् । के-के भैरहेछ ? विगत आठ वर्षदेखि सिरियाको इदलिव शहरका अलावा उत्तरी हमा र पश्चिमी अलेपो विद्रोहीको गढ शहरको रुपमा चिनिने गरिन्छ । तिनै शहरहरु आक्रमणको निशानामा परेका छन् तर अघिल्लो वर्ष सेप्टेम्बरमा रुस र टर्कीको नेतृत्वमा भएको शान्ति सम्झौतापछि यस क्षेत्रमा बमबाढी नगर्ने सहमति भएको थियो । यो सम्झौता पछि २७ लाख जनाले हवाई हमलाबाट मुक्ति पाएका थिए । तर पछिल्लो हप्ता संयुक्त राष्टसंघले भनेको छ, ‘अप्रिल महिनायता सिरियामा ३५० जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ३ लाख ३० हजार सिरियालीहरु घर छोड्न वाध्य भएका छन् । त्यसमध्ये पछिल्ला १० दिनमा त्यहाँ १०३ जनाको मृत्यु भइसकेको छ ।’ त्यसमध्ये २६ जना बालबालिका त्यसको निशानामा परेका छन् । स्थिति थप भयावह हुँदै गइरहेको छ । रुसी वायुसेना समर्थित सिरियाली सरकारले भने अलकायदासँग सम्बन्धित जिहादीहरुले शान्ति सम्झौता उल्लंघन गरेका कारण आक्रमण गनुपरेको प्रतिक्रिया दिँदै आएको छ । रुसमाथि भने गत हप्ता ३१ व्टा हमलाको नेतृत्व गरेको आरोप लागेको थियो । सञ्चारमाध्यामहरुमा आएका ती रिपोर्टहरुको रुसले खण्डन गर्दै आएको छ । सिरियामा विगत आठ वर्षदेखिको यो द्वन्द्वका कारण लाखौंले ज्यान गुमाइसकेका छन् । – बीबीसीबाट साभार

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

धनगढी, साउन ९ । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ । सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भने, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।” अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताए । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ । “साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भने, “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।” फुट्कीको मूल्य चर्को यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । “असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो”, स्थानीय रामदिन रानाले भने, “केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।” मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ । रासस

१५ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै दलित पत्रकारको राष्ट्रिय सम्मेलन सम्पन्न (पूर्ण पाठसहित)

पाल्पा, असार १६ । तीन दिनसम्म पाल्पामा चलेको दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणा–पत्र जारी गर्दै सकिएको छ। नेपाल पत्रकार केन्द्रीय समितिको आयोजना तथा पाल्पा शाखाको आतिथ्यतामा १३, १४ र १५ गते तानसेनमा सम्मेलन चलेको थियो। सम्मेलनले नेपाल सकारले संसदमा प्रस्तुत गरेको नेपाल मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रसारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयक दलितमैत्री बनाउनुपर्ने माग गर्दै सरकारले दलित समुदायका सञ्चारकर्मी र सरोकारवालासँग छलफल गरेर मात्रै विधेयकलाई अगाडि बढाउन माग गरेको छ। यस्तै नेपालको संविधान २०७२ ले संवैधानिकरूपमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ। संवैधानिक भावनाअनुरुप नेपालका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमको संरचनागत स्वरुप र विषयवस्तु (प्रकाशन तथा प्रसारण)को समावेशीकरण सुनिश्चित हुने नीतिगत व्यवस्था गर्नुपर्ने, सरकारअन्तर्गत रहेका मिडिया संस्थामा नियुक्ति गर्दा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन भनेको छ। यसैगरी, देशभरका विभिन्न सञ्चारगृहमा क्रियाशील दलित समुदायका संचारकर्मी अहिले पनि आशयजनित विभेद भोग्न बाध्य पारिएका ठहर गर्दै जाति, लिंग र समुदायका आधारमा कुनै पनि पत्रकारमाथि विभेद गर्न नपाइने व्यवस्थाको सुनिश्चित गरिनुपर्ने र देशभर छरिएर रहेका दलित समुदायका पत्रकारको भौतिक र पेशागत सुरक्षाको प्रत्याभूतिको सुनिश्चिता गर्न भनिएको छ। जारी घोषणा–पत्रमा दलित समुदायका पत्रकारको व्यावसायिक र प्राविधिक दक्षता तथा क्षमता अभिवृद्धिका लागि सरकारकै पहलमा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। नेपाल पत्रकार महासंघलगायत मिडियासँग सम्बन्धित संघसंस्थाले यस दिशामा स्पष्ट कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा उल्लेख गरिएको छ। दलित समुदायभित्र पनि दलित महिला पत्रकारको संख्या अत्यन्तै न्यून मात्रामा छ। क्रियाशील दलित महिलालाई व्यावसायिक पत्रकारिता क्षेत्रमा स्थापित गराउन उनीहरूको दक्षता र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ। यसैगरी दलित महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा निरन्तरता दिन र नेतृत्वतहमा स्थापित गराउन राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिइएको छ। यसैगरी संघीय, प्रादेशिक, स्थानीय सरकारका साथै प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघलगायतले प्रदान गर्ने आमसञ्चार क्षेत्रसँग सम्बन्धित सम्मान, पुरस्कार, छात्रवृत्ति, विद्वतवृत्ति ९फेलोसिप० दलित समुदायका सञ्चारकर्मीलाई प्राथमिकता दिनुपर्ने, सामाजिक रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने दलित समुदायका पत्रकारलाई उत्प्रेरित गर्ने छुट्टै पुरस्कारको व्यवस्था गर्नुपर्ने, सरकार, नेपाल पत्रकार महासंघलगायतका मिडियासँग सम्बन्धित संस्थाबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा दलितको अनिवार्य प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्नेलगायतका विषय समेटिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम दलित समितिका संयोजक मधु शाहीले जानकारी दिइन । १५ बुँदे पाल्पा घोषणा पत्र (पूर्ण पाठसहित) १.नेपाल सकारले संसदमा प्रस्तुत गरेको नेपाल मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रसारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयकहरु दलितमैत्री बनाइयोस् । यसका लागि सरकारले दलित समुदाय सञ्चारकर्मी र सरोकारवालाहरुसँग छलफल गरेर मात्रै विधेयकलाई अगाडि बढाइयोस् । २.नेपालको संविधान २०७२ ले संवैधानिकरुपमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ । संवैधानिक भावनाअनुरुप नेपालका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमको संरचनागत स्वरुप र विषयवस्तु प्रकाशन तथा प्रसारणको समावेशीकरण सुनिश्चित हुने नीतिगत व्यवस्था गरियोस् । यसैगरी सरकारअन्तर्गत रहेका मिडिया संस्थाहरुमा नियुक्ति गर्दा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गरियोस् । ३.देशभरका विभिन्न सञ्चारगृहमा क्रियाशील दलित समुदाय अहिले पनि आशय जनित विभेद भोग्न बाध्य पारिएका छन् । जाति, लिङ्ग र समुदायका आधारमा कुनै पनि पत्रकारमाथि विभेद गर्न नपाइने व्यवस्थाको सुनिश्चित गरियोस् । यसका साथै देशभर छरिएर रहेका दलित समुदायका पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको प्रत्याभुतिको सुनिश्चिता गरियोस् । ४.दलित समुदायका पत्रकारहरुको व्यवसायिक र प्राविधिक दक्षता तथा क्षमता अभिवृद्धिका लागि सरकारकै पहलमा आवश्यक तालिमको व्यवस्था गरियोस् । नेपाल पत्रकार महासंघलगायत मिडियासँग सम्बन्धित संघसंस्थाले यस दिशामा स्पष्ट कार्ययोजना बनाइ कार्यान्वयन गरोस् । ५.दलित समुदायभित्र पनि दलित महिला पत्रकारको संख्या अत्यन्तै न्यून मात्रामा छ । क्रियाशील दलित महिलालाई व्यवसायिक पत्रकारिता क्षेत्रमा स्थापित गराउन उनीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यसैगरी दलित महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा निरन्तरता दिन र नेतृत्व तहमा स्थापित गराउनका राज्यले विशेष पहल गरोस् । ६.संघीय, प्रादेशिक, स्थानीय सरकारका साथै प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघलगायतले प्रदान गर्ने आमसञ्चार क्षेत्रसँग सम्बन्धित सम्मान, पुरस्कार, छात्रवृत्ति, विद्वतवृत्ति ९फेलोसिप० दलित समुदायका सञ्चारकर्मीलाई प्राथमिकता दिइयोस् । सामाजिक रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने दलित समुदायका पत्रकारलाई उत्प्रेरित गर्ने छुट्टै पुरस्कारको व्यवस्था गरियोस् । यसका साथै सरकार, नेपाल पत्रकार महासंघलगायतका मिडियासँग सम्बन्धित संस्थाबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा दलितको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरियोस् । ७.नेपाल पत्रकार महासंघ केन्द्रीय दलित समितिको अगुवाईमा हरेक प्रत्येक वर्ष दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन आयोजना गरियोस । ८.नेपालको संविधान २०७२ मा मौलिक हकको रुपमा रहेको जातीय छुवाछूत विरुद्धको हक, दलितको हक, समानताको हकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि देशभर छरिएर रहेका दलित समुदायका पत्रकारहरु संगठितरुपमा आफू आबद्ध सञ्चारमाध्यम मार्फत सशक्त भूमिका निर्वाह गरियोस । ९.सामाजिक कलङ्कको रुपमा रहेको जातीय विभेद् तथा छुवाछूत जस्तो जघन्य अपराधलाई मानवअधिकार विरुद्ध हुने विभेद्को अन्त्यका लागि आमसञ्चार माध्यमबाट प्रचार—प्रसारका लागि पहल गरियोस । १०.राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई नेपाल पत्रकार महासंघले सुभेच्छुक संस्थाका रुपमा सहकार्य गरियोस । ११.पत्रकारिता तथा आमसञ्चार विषयमा अध्यापन गराइरहेका विश्वविद्यालय, क्याम्पस, नेपाल प्रेस इन्स्टिच्युटलगायतका संघसंस्थाले दलित समुदायका लागि छात्रवृत्तिसहित सहज रुपमा अध्ययन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस् । १२.दलित समुदायका पत्रकारको नेतृत्वमा सञ्चालित सञ्चारगृहहरुलाई करछुट तथा अनुदानमा सञ्चार सामाग्रीहरु प्रदान गर्ने व्यवस्था गरियोस । स्थानीय तहमा सञ्चालित ती सञ्चारमाध्यमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि राज्यका सबै तहबाट सहयोग गर्ने व्यवस्था गरियोस् । १३.अहिले पनि दलित समुदायका ४० प्रतिशत पत्रकारहरु पार्टटाइम सञ्चारकर्मीका रुपमा क्रियाशील छन् । यसरी क्रियाशील पत्रकारहरुले न्यूनतम पारिश्रम पनि पाइरहेको अवस्था छैन । त्यसैले दलित समुदायले श्रमबापत न्यूनतम पारिश्रमिक पाउने अवस्थाको ग्यारेन्टी गरियोस् । १४.दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन सफल पार्नका लागि व्यवस्थापकिय भुमिका निर्वाह गरेकोमा आतिथ्यः नेपाल पत्रकार महासंघ पाल्पा शाखालाई धन्यबाद ज्ञापन गर्ने । १५.पाल्पाको रिब्दीकोट गाँउपालिका वडा नं।४ भैरवस्थानस्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा दलित समुदायको प्रतिनिधीत्व हुनुले जातीय विभेद अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह भएको र देशभरबाट आएका दलित समुदायका पत्रकारहरुलाई सामूहिकरुपमा मन्दिरमा पूजाअर्चना गर्ने वातावरण सृजना गरेकामा मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गरियो ।