जबजकै कुरा दोहोर्याएर क्रान्ति हुँदैन, विचारको संश्लेषण अनिवार्य– अध्यक्ष प्रचण्ड
काठमाडौं, जेठ ३ । नेकपा अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्न नयाँ रणनीतिक कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
पूर्व नेकपा एमालेभित्र मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद नै पार्टीको कार्यदिशा भएको अभिव्यक्ति केही नेताले दिइरहेको बेला प्रचण्डले भने मदन भण्डारीका विचारलाई समेत नयाँ परिस्थिति अनुरुप विकसित गर्नुपर्ने बताएका हुन ।
मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै प्रचण्डले वैचारिक महाबसहको सिर्जना गरेर महाधिवेशनबाट नयाँ विचार निर्माण हुने विश्वास व्यक्त गरे ।
‘आज हामी कमरेड मदन भण्डारीलाई सम्मान गर्न उपस्थित भएका छौं । प्रचण्डले भने, “यो अवस्थामा हामीले गम्भीर समीक्षा गर्नु जररी छ । ” प्रचण्डले भने, “हामीले कमरेड मदनले जे–जे भन्नुभयो त्यही दोहोर्याउने हो कि, उहाँले विकास गरेका विचारमा टेकेर अझ अगाडि जाने रु मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्ने हो । पुराना कुरा दोहोर्याएरमात्र बसिरहनु भएन ।”
दुई फरक विचार बोकेका कम्युनिष्ट पार्टीबीचको एकता सामान्य परिघटान नभएको बताउँदै आएका प्रचण्डले एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौं शताब्दीको जनवादको संश्लेषण हुनुपर्ने बताए ।
प्रचण्डले एमालेको तत्कालीन नवौं महाधिवेशनले समाजवाद भने पनि ततत्कालीन माओवादीले पनि समाजवादमा जाने भने पनि अहिले नै समाजवाद स्थापना भइहाल्ने स्थिति बनिनसकेको बताए । उनले समाजवाद नेकपाको रणनीति भए पनि तत्कालको कार्यक्रम जनताको जनवाद नै रहेको बताए ।
मदन भण्डारीले विचारको आँधीहुरी ल्याएको बताउँदै प्रचण्डले उनीबाट शिक्षा लिएर पार्टी एकता भएको बताए । पुरानै कुरामा अडेर हुँदैन नयाँ विचार ल्याउने आँट गर्नुपर्छ भन्ने शिक्षा मदन भण्डारीबाट लिएर पार्टी एकता गरेको उनको भनाई थियो ।
आइपीएलः चेन्नईविरुद्ध सन्दीपको सम्भावना कति?
काठमाडौं, वैशाख २७ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज तीन पटकको विजेता चेन्नई सुपर किंग्स र हालसम्म फाइनल प्रवेश गर्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि हैदरावादको विशखापटनम रगंशालामा हुँदैछ । आज खेल जित्ने टिम १२ मेमा हुने फाइनलमा मुम्बईसँग उपाधि भिडन्त खेल्ने छ । सन्दीपको सम्भावना कति?महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउने सम्भावना न्यून छ । दिल्लीले अघिल्लो खेलमा टिममा राखेका खेलाडीलाइ नै मैदानमा उतार्न सक्छ । यद्यपि, ट्रेन्ट बोल्टको स्थानमा अलराउन्डर क्रिस मोरिसलाई दिल्लीले टिममा समावेश गर्न सक्छ । मोरिस केही दिनअघि मात्र विश्वकपका लागि टिममा परेकाले उनी आफ्नो देश दक्षिण अफ्रिका फर्किएको अनुमान पनि गरिएको छ । यदि उनी स्वदेश फर्किएको भए बोल्टले नै मौका पाउन सक्छन् । दिल्लीले हैदरावादविरुद्धको इलिमिनेटर खेल पनि यही मैदानमा खेलेको थियो । जसमा स्पिनरले राम्रो प्रदर्शन गरेका थिए । यति हुँदाहुँदै पनि सन्दीपको सम्भावना कमजोर छ । अन्तिम खेलमा बलिङमा अमित मिश्रा, किमो पउल र इशान्त शर्माले राम्रो खेलेका थिए ।
तामाकोसी–मिल्ती सडकमा फेरि कालोपत्रे
दोलखा, बैशाख २७ । तामाकोशी बजारदेखि मन्थली जोड्ने सडकखण्ड अन्तर्गत नयाँ पुलदेखि मिल्ती खोलासम्म फेरि कालोपत्रे गरिएको छ । गत कात्तिकमा गरिएको कालोपत्रे उप्किएपछि फेरि कालोपत्रे गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । तामाकोसीदेखि मिल्ती खोलासम्म १० किलोमिटर सडकमा कालोपेत्र गरिएको थियो । ठेकेदार कम्पनी ला निर्माण सेवाले कात्तिकमा कालोपत्रे गरेको भए पनि तापक्रम नमिलेर भरपर्दो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यही कम्पनीलाई फेरि कालोपत्रे गर्न लगाएको हो । दोस्रोपटक कालोपत्रे गर्दा एक करोड लागेको ला निर्र्माण सेवाले जनाएको छ । ‘भूगोलअनुसारको प्रविधि नहुँदा काममा घाटा लाग्यो’, ला निर्माण सेवाका प्रमुख दावासांगे शेर्पाले भने । ठेक्का सम्झौता भएको भन्दा दोब्बर खर्च भएको उनको भनाइ छ । सडकमा डिभिएसटी प्रविधिको कालोपत्रे गरिएको हो । केही प्राविधिकहरूले यस किसिमको दोलोखाजस्तो भूगोलमा उपयुक्त नभएको बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्रकुमार झाले अहिले गरिएको डिभिएसटी प्रविधिको कालोपत्रे समयअनुकूल नै भएको र अब भरपर्दो हुने बताए । नयाँपत्रिकादैनिकबाट
भाउजूसँगको प्रेमका कारण पेट्रोल छर्केर श्रीमतीको हत्या
जनकपुर, वैशाख २६ । आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइतसहित उनकी भाउजूलाई पनि पक्राउ गरेको छ । गोइतलाई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवीलाई प्रहरीले पक्राउ गरेको हो । जिप्रका धनुषामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक शेखर खनालले दुवै जनालाई सार्वजनिक गरेका हुन् । गोइतले गत वैशाख ५ गते उनकी श्रीमती निर्मला यादवको जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए । मुकेश र निर्मलाको बिहे १० महिनाअघि मात्र भएको थियो । निर्मलाको उपचारका क्रममा काठमाडौंस्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा बैशाख १६ गते मृत्यु भएको थियो । प्रहरी उपरीक्षक खनालका अनुसार मुकेश र उनकी भाउजू श्यामाबीच प्रेम सम्बन्ध थियो । उनीहरुबीचको प्रेम सम्बन्धबारे निर्मलाले थाहा पाएपछि मुकेशसँग झगडा हुने गर्थ्यो । भाउजूसँगको प्रेम सम्बन्धको विषयलाई लिएर मुकेशले आफ्नी श्रीमती निर्मलाको जिउमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । मुकेशले श्रीमतीको जिउमा आगो लगाउन प्रयोग गरिएको पेट्रोल पनि भाउजू श्यामाकै पसलबाट ल्याएको प्रहरीले जनाएको छ ।
आइपीएलः हैदरावाद विरुद्धको खेलमा पनि सन्दीप बेन्चमै
काठमाडौं, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टिममा मौका पाउन असफल भएका छन् । दिल्ली क्यापिटल्समाआवद्ध सन्दीपले लगातार तेस्रो खेलमा टिममा पर्न असफल भएका हुन् । उनले अन्तिम खेल रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका थिए । सो खेलमा सन्दीपले ३ ओभरमा बिनाविकेट ३६ रन खर्चिएका थिए । उक्त खेलमा महंगा सावित भएपछि उनले पछिल्ला तीन खेलमा मौका नपाएका हुन् । सन्दीपले जारी आइपीएलको ६ खेलमा ८ विकेट लिएका छन् । आज दिल्लीले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले कोलिन इन्ग्रामको स्थानमा कोलिन मुनरोलाई मौका दिइएको छ । यता हैदरावादले पनि एक खेलाडी मात्र चेन्ज गरेको छ । उसले युसुफ पठानलाई विश्राम दिएर दिपक हुडालाई मौका दिएको छ । निकै महत्वपूर्ण खेलमा हैदरावादविरुद्ध दिल्लीले टस जितेर बलिङ रोजेको छ ।
बारा–पर्साका हुरी पीडितका घर साढे ५ लाखमा निर्माण हुने
काठमाडौं, बैशाख १३ । सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषदले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट घर पूर्ण क्षति भएका एक हजार चार सय ५३ घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिइसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार सबै घर निर्माणका लागि करिब ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ सेनालाई उपलब्ध गराउने निर्णय भएको छ । सेनाले वर्षाभित्र घर निर्माणका लागि आवश्यकताअनुसार गैरसैनिक जनशक्ति पनि प्रयोग गर्ने तयारी गरेको छ । १२ वटा सामूहिक आवास निर्माण गर्ने नेपाली सेनाले १२ वटा सामूहिक आवास निर्माण गर्नेछ । ‘प्रतिघर पाँच लाख ४५ हजार रुपैयाँमा बन्न सक्छ भन्ने प्राविधिक सुझाब रक्षा मन्त्रालयलाई दिएका छौँ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । सेनाले आवास निर्माणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । ‘बारामा एक हजार तीन सय ६२ वटा र पर्सामा ९१ वटा घर बनाउने जिम्मा पाएका छौँ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘सरकारले दिएको जिम्मेवारीअनुसार असारभित्रै घर बनाएर हस्तान्तरण गर्न सेना तयारी अवस्थामा छ ।’ बाराको सिमरास्थित सेनाको नम्बर २८ बाहिनीको संयोजनमा घर निर्माणका लागि सैनिक तयारी अवस्थामा छन् । जंगी अड्डामा पनि इन्जिनियरिङ विभागको कार्यदल तयार गरिएको प्रवक्ता पाण्डेले बताए । प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर सेनाले निर्माण सुरु गर्नेछ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।
कतारका राजदूतलाई सरकारले बोलायो फिर्ता
काठमाडौँ, बैशाख १२ । मन्त्रीपरिषद्को आजको बैठकले कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी कोइरालालाई फिरता बोलाइएको जानकारी दिएका हुन् । नेपाली कांग्रेसको कोटामा दुई वर्ष अघि राजदूत भएर गएका राजदूत कोइरालाको भूमिकाप्रति पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असन्तुष्ट रहँदै आएको थियो । कसैले पूरा गरेनन् कार्यकाल सन् २०१२ यता कतारमा पठाइएको राजदूतहरुले आफ्नो पूर्ण कार्यकाल बिताउन पाएका छैनन् । यसअघि तत्कालीन सरकारले मायाकुमारी शर्मालाई वर्ष नबित्दै फिर्ता बोलाएको थियो । उनी तत्कालीन माओवादी कोटामा राजदूत बनेकी थिइन् ।
बुधबार फेरि तोलामा कतिले घट्यो सुनको भाऊ ?
काठमाडौं, वैशाख ११ । साताको चौथो दिन बुधबार फेरि नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ। मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।
मेलम्चीकाे समस्या धेरै दिन रहन्न- खानेपानी मन्त्री मगर
काठमाडौं,,५ वैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’ जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उहाँले बताउनुभयो । भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिनुभयो । वार्षिकोत्सव समारोहमा बोर्डको परिसरमा रहेको पोखरीमा माछा हालेर र बेलुन उडाएर उहाँले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पु-याउन सरकार लागिरहेको जानकारी दिनुभयो । सचिव शर्माले भन्नुभयो, ‘ उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाईरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’ भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिनुभयो । उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताउनुभयो ।
हेलिकप्टर दुर्घटनाकाे प्रतिवेदन अाउन अझै १ महिना लाग्ने
काठमाडौंँ, वैशाख ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको जाँच आयोगले प्रतिवेदन बुझाउन अझै समय लाग्ने भएको छ । आयोगले दुर्घटनामा निधन भएकाको भित्री अङ्गको फोरेन्सिक जाँचको प्रतिवेदन आउन समय लाग्ने भएकोले प्रतिवेदन तयार गर्न अझै महिना दिन लाग्ने जनाएको छ । जाँच आयोगका अध्यक्ष यज्ञप्रसाद गौतमले हेलिकोप्टर निर्माता कम्पनीले छानबिनमा सहयोग पुग्ने गरी केही सूचना दिनुपर्ने हुनाले आफूहरू त्यसको पर्खाइमा रहेको बताउनुभयो । उहाँले विधि विज्ञान प्रयोगशालाबाट भित्री अङ्गको वैज्ञानिक परीक्षण प्रतिवेदन समेत आउन बाँकी रहेको बताउनुभयो । दुर्घटनामा परेको ‘सिङ्गल इञ्जिन हेलिकप्टर एच १२५’ फ्रान्सस्थित यूरोकप्टर र एरोस्पटाइलले निर्माण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव समेत रहनुभएका जाँच आयोगका सदस्य बुद्धिसागर लामिछानेले दुर्घटनाको तथ्यगत् जानकारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तय गरेको विधि र प्रक्रिया बमोजिम जुटाउने प्रयास गरिएको बताउनुभयो । जाँच आयोगका सदस्य लामिछानेले ९० प्रतिशत सूचना संकलन गरिसकिएको बताउनुभयो । आयोगमा संकलित सूचना तथा तथ्याङ्कको विश्लेषण भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको दुर्घटना छानबिन सम्बन्धमा यान्त्रिक अवस्था, सञ्चालन र मौसमको अवस्था, मानव चालक र उडान गतिविधिलाई समेटेर तयार गरेको मापदण्डलाई ध्यानमा राखेर छानबीन भइरहेको सहसचिव लामिछानेले प्रष्ट पार्नुभयो । “दुर्घटना एउटै कारणले भएको भन्ने देखिएन” सहसचिव लामिछानेले ‘मल्टिपल फ्याक्टर’ ले दुर्घटना निम्त्याएको दाबी गर्नुभयो । उहाँले दुर्घटनाको कारण मौसम प्रतिकूलता, यान्त्रिक÷चालकको त्रुटि वा अन्य केही रहेको सम्बन्धमा निस्कर्ष आउन समय लाग्ने बताउनुभयो । दुर्घटनापछि एकत्रित गरिएको ‘डाटा’ लाई विभिन्न पक्षबाट केलाउने काम भइरहेको आयोगका सदस्य एवम् मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिनुभयो । आयोगका अध्यक्ष गौतम सहितको टोली दुर्घटना भएको एक सातापछि दुर्घटनास्थल पुगेको थियो । सिस्नेभीरमा फेरि पुग्नुपर्ने जरुरी भए पनि प्रतिकूल मौसमले पुग्न कठिन भएको आयोगका अध्यक्ष गौतमले बताउनुभयो । हेलीकोप्टर ‘क्रयास’ भएकै दिन मन्त्रिपरिषद्को बैठकले घटनाको छानबीन गर्न गौतमको अध्यक्षतामा सहसचिव लामिछानेसहित नेपाली सेनाका सहायक रथी दीपक बास्तोला र क्याप्टेन प्रमोद लामा सम्मिलित जाँच आयोग गठन गरेको थियो । फागुन १५ गते एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङ्गको सिस्नेभीरमा दुर्घटना हुँदा मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुन घिमिरे, नागरिक उड््डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरयाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।
राजधानीमा चलिरहेको गाडीमाथि अचानक आक्रमण हुँदा १४ जना मारिए
काठमाडौं, वैशाख ५ । राजधानीमा भर्खरै भएको आक्रमणमा १४ जनाको हत्या भएको छ । गाडीमा सवार १४ जनाको हत्या गरिएको हो । पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटाको मकरान कोस्टल राजमार्गमा गाडी रोकेर एक जना आक्रमणकारीले गोली चलाउँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा केही दिन पहिले भएको आक्रमणमा २० जना भन्दा धेरैको ज्यान गएको थियो भने ४८ भन्दा धेरै गम्भीर घाइते भएका थिए । ती आक्रमणकारीले चलिरहेको गाडीलाई रोकेर नाम सोधपुछ गरेर अनी गोली चलाएको बताइएको छ । मृतकहरुको शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा पठाइएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । चीनको यस्तो कठोर धम्कीपछि अमेरिकामा हलचल, विश्व राजनीतिमै खैलाबैला अमेरिका र चीनबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । लामो समय देखि पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका संस्थापक मसुद अजहरलाई विश्वव्यापी रुपमा आतंकवादी घोषणा गर्ने भारतीय प्रयासलाई विफल पार्न चीन सफल भएको छ । भारत, अमेरिका, फ्रान्स लगायतका केही देशहरुले मसुदलाई विश्वव्यापी रुपमा नै आतंकवादी घोषणा गर्नुपर्ने जनाउँदै आएका छन् । भारतले लगातार तीन पटक भन्दा धेरै पटक अनुरोध गर्दा पनि चीनले यो प्रयासलाई विफल पारिदिएको छ । चीनमा मस्लिम समुदायहरुमाथि चीन सरकारले दबाब दिने गरेको आरोप लाग्ने गरेको छ । यदी चीन मजुदको विपक्षमा गायो भने पाकिस्तानमा यस्तै खालको आक्रमण हुन्छ भन्ने डरले चीनले बचाउँदै आएको कतिपयको विश्लेषण रहेको छ । अर्को तिर चीनले सबै पक्षको सम्मान गर्ने भएका हुनाले अहिले अध्यन गरिरहेको छ उचित प्रमाण भेटिएको खण्डमा सहमत हुने जनाएको छ । चीनले अमेरिकालाई यो पनि भनेको छ कि अब मसुदलाई विश्वव्यापी रुपमा नै आतंककारी घोषणा गर्ने कुरामा बल प्रयोग नगर्न धम्की दिएको छ । चीनका अनुसार उ अहिले मसुदबारे अध्ययन गरिरहेको छ, त्यसैले अहिले तत्काल उ मसुद अजरलाई विश्वमा नै आतंककारी मानने कुरामा सहमत छैन । एजेन्सी
मुक्तिनाथ विकास बैंक द्दारा महानगरीय प्रहरी वृत्तलाई सहयोग
काठमाडौं, बैशाख ०३ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त कमल पोखरीलाई सहयोग गरेको छ ।बैंकले काठमाडौं महानगरपालिका १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टासिनेछ । उक्त स्टीकर मुक्तिनाथ विकास बैंक मार्केटिङ तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेललाई हस्तान्तरण गरेका छन् । यो समाचार रातो पाटीबाट लिइएको हो ।
गाडी भाडा टछुटमा नक्कली प्रमाण भए ५ सय, फोहर फालेमा १ हजार जरिवाना
काठमाडौं, चैत २५ । नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ । त्यतिमात्रै होइन गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही भोग्नुपर्ने छ । सार्वजनिक यातायातका साधनबाट गरिने यात्रा सुरक्षित र व्यवस्थित नभएको गुनासो वर्षौंदेखि हुादै आएको छ । त्यसैले कानुन नै बनाएर त्यसलाई थप व्यवस्थित गर्ने प्रयास काठमाडौं उपत्यकाबाट सुरु गरिएको छ । काठमाडौं चल्ने बस तथा माइक्रोमा स्कुल तथा कलेज पढ्ने विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिकले परिचय पत्र देखाउँदा छुट पाउँछन् । तर, स्कुल(कलेज भर्ना नै नभएकाहरुले पनि नक्कली परिचय पत्र देखाएर छुटको सुविधा लिने गरेका छन् । तर, अब म्याद समाप्त भएको परिचय पत्र वा नक्कली परिचय पत्र प्रयोग गरी भाडामा छुट लिन खोज्ने यात्रुहरुलाई कारवाही हुने भएको छ । काठमाडौंको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले विधेयक नै बनाएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’ मा सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने कम्पनी, चालक, सहचालक र यात्रुको कर्तव्यहरु तोकिएको छ । जसअनुसार अब सार्वजनिक यातायातका लागि सरकारले तोकेको निर्धारित भाडा नतिरी यात्रा गरे वा गर्न खोजे पनि कारवाही भोग्नु पर्नेछ । टिकट नलिने वा कुनै शर्तमा निर्धारित दरभन्दा कम भाडा तिर्ने जस्ता कार्य गरे पनि कारवाही हुनेछ । यस्तै पुरानो टिकटहरु देखाएर यात्रा गर्न खोज्ने वा गर्नेमाथि पनि महानगरपालिकाले कारवाही गर्ने भएको छ । महिला, अशक्त, ज्येष्ठ नागरिकका लागि आरक्षित सिटमा बसे पनि जरिवाना तिर्नुपर्ने व्यवस्था विधेयकमा छ । यस्ता कसुर गर्नेहरुमाथि पहिलो पटक एक सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ । गाडीमा अश्लील शब्द तथा चित्र कोरेमा पनि महानगरपालिकाले कारवाही गर्नेछ । यी कसुर गर्नेले पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने छ महानगरपालिकाको आइतबारको नगरसभाबाट पारित भएको विधेयक अबको १५ दिनभित्र प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने हानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । त्यसपछि काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको बेथिती अन्त्य हुने महानगरपालिकाको विश्वास छ । गाडीभित्रै वा बाहिर फोहर फ्याँक्न नपाइने स्थानीय तहको निर्वाचनसँगै संघ सरकार मातहत रहेका अधिकार स्थानीय सरकारमा गएको छ । संविधानले दिएको अधिकारअनुसार स्थानीय सरकारले पनि स्थानीय र नगरस्तरका सेवा मुलक क्षेत्रलाई व्यवस्थित गर्न आफ्नै ऐन कानून बनाउन थालेका छन् । त्यसैअन्तर्गत काठमाडौं महानगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायातको क्षेत्र व्यवस्थित गर्न विधेयक बनाएको हो । यो विधेयकमा कुनै यात्रुले आफूले यात्रा गरिरहेको सवारी साधनभित्रै वा बाहिर फोहर फ्यालेमा पनि कारबाही हुने छ । कतिपय यात्रुले खाएका चकलेट, बिस्कुट, चाउचाउका खोल, पानीका बोतल बसभित्रै वा झ्यालबाट बाहिर फ्याक्ने गर्दछन् । अबदेखि यस्तो काम गरेमा पनि कारवाहीको भागिदार बन्नुपर्नेछ । यस्तै यातायातका साधनभित्र मदिराजन्य र सुर्तिजन्य पदार्थको सेवन गरे, यातायातका साधनमा जडान भएका भौतिक सामग्रीहरुमा क्षति पुर्याए, गाडीमा अश्लिल शब्द तथा चित्र कोरेमा पनि महानगरपालिकाले कारवाही गर्नेछ । यी कसुर गर्नेले पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै गाडीमै झगडा गर्ने, डर(धाक धम्की देखाउने, यातायातका साधनमा आगो लगाउने, सिसा फुटाउने, यौनजन्य दुर्व्यवहार गर्ने, लागु औषध प्रयोग गर्ने, पकेटमार गर्ने वा कानूनले निषेध गरेका कार्य गर्नेहरु पनि अब उम्किन पाउने छैनन् । यस्तो गतिबिधिमा संलग्ने हुनेलाई तत्कालै गाडीबाट बाहिर निकालेर आवश्यक कारवाहीका लागि ट्राफिक प्रहरी, नगर प्रहरी वा सुरक्षाकर्मीको जिम्मा लगाउनुपर्ने व्यवस्था विधेयकमा छ । अनुगमन समिति गठन हुने काठमाडौंको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र कडाइका साथ कार्यान्वयन गर्न महानगरपालिकाले बनाएको विधेयकमा अनुगमन समिति गठन गर्ने व्यवस्था छ । महानगरपालिकाको नगर कार्यपालिकाको कुनै एक सदस्यको संयोजकत्वमा गठन हुने यस्तो समितिमा सरोकारवाला निकायका एक(एक जना प्रतिनिधि सदस्य रहनेछन् । समितिमा अधिकृतस्तरको ट्राफिक प्रहरी, अधिकृतस्तरको नगर प्रहरी, सार्वजनिक यातायात सेवा प्रदायकका तर्फबाट तोकिएको एक जना प्रतिनिधि सदस्य हुनेछन् । यस्तै उपभोक्ता हित संरक्षण सम्बद्ध संघ संस्थाहरुमध्येबाट महानगरपालिकाले तोकेको एक जना प्रतिनिधि सदस्य र महानगरपालिकाको यातायात व्यवस्थापन हेर्ने विभागको प्रमुख समितिको सदस्य सचिव छन् । सेवा प्रदायक कम्पनीबाट नियुक्त भएका सदस्य र सदस्य सचिवको पदावधि तीन वर्षको हुनेछ । तर समितिको संयोजक र अन्य सदस्यको हकमा पदावधिबारे भने स्पष्ट उल्लेख छैन । उनीहरुले सन्तोषजनक काम नगरेको पाइए महानगरपालिकाले जुनसुकै बेला हटाएर सम्बन्धित क्षेत्रकै अर्को व्यक्ति नियुक्त गर्न सक्ने प्रावधान विधेयकमा छ । यस्तो समितिले जुनसुकै स्थान तथा समयमा सार्वजनिक यातायातको साधनको नियमन, जाँच, आवश्यक निर्देशन वा कारवाहीका लागि सम्बन्धित निकायमा लेखेर पठाउन सक्ने छ । समितिले आफ्नो अधिकार महानगरपालिकाका अन्य जनप्रतिनिधि वा कर्मचारीलाई प्रत्यायोजन गर्न पनि सक्नेछ । यस्तै यस्तो समितिलाई आफ्नो कार्यविधि आफैं निर्धारण गर्ने सक्ने अधिकार पनि विधेयकले दिएको छ । यो समाचार अनलाइन खबरबाट लिइएको हो ।
युरो कप छनोटः इटालीको शानदार सुरुवात
एजेन्सी । युरो कप फुटबलको छनोट खेलमा पूर्वविजेता इटालीले सुखद सुरुवात गरेको छ । समूह ‘जे’ अन्तर्गतको आइतबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा इटालीले फिनल्यान्डमाथि २-० गोलको सजिलो जित हासिल गर्यो । सन् १९६० देखि सुरु भएको युरो कपको इतिहासमा इटालीले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । इटालीले सन् १९६८ मा भएको तेस्रो संस्करणको उपाधि चुमेको थियो । सन् २००० र सन् २०१२ मा भने इटाली फाइनलमा पराजित भएको थियो । घरेलु मैदानमा आइतबार विहान खेलिएको फिनल्यान्डविरुद्घको खेलमा इटालीले दुबै हाफमा एक÷एक गोल गर्यो । खेल सुरु भएको सातौं मिनेटमै निकोलो बारेल्लाले इटालीका लागि पहिलो गोल गरेका थिए । ७४औं मिनेटमा मोइस केनले अर्को गोल थप्दै इटालीलाई सहज जित दिलाएका थिए । सोही समूहको अर्को खेलमा ग्रिसले लिचस्टेन्टियनलाई उसैको मैदानमा २-० गोलले पाखा लगायो । बोस्निया एन्ड हर्जगोभिनाले भने घरेलु मैदानको फाइदा उठाउँदै आर्मेनियामाथि २-१ गोलको जित हासिल गर्यो । यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा स्विट्जरल्यान्डले जर्जियालाई उसैको मैदानमा २-० गोलले पराजित गर्यो । स्विट्जरल्यान्डका लागि स्टिभन जुबेर र डेनिस जकारियाले एक÷एक गोल गरे । सोही समूहको अर्को खेलमा आयरल्यान्डले जिबराल्टरलाई उसैको मैदानमा १-० गोलले हरायो । भ्रमणकारी टोली आयरल्यान्डका लागि एकमात्र गोल ४९औं मिनेटमा जेफ हेनरिकले गरेका थिए ।
भारतबाट फरार हीरा व्यापारी लण्डनमा पक्राउ
नयाँ दिल्ली, चैत ६ । भारतको पन्जाब नेशनल बैंकमा अर्बौं रुपैयाँको ऋण नतिरेर फरार रहेका भारतीय हीरा व्यापारी नीरव मोदीलाई संयुक्त अधिराज्यको प्रहरीले गिरफ्तार गरेको छ । लामो समयदेखि ब्रिटेनमा बस्दै आएका मोदीविरुद्ध ब्रिटेनले यस्त्तो कारवाही गरेको हो । उनलाई बुधबार लण्डनको हलबर्न मेट्रो स्टेसनबाट गिरफ्तार गरिएको समाचार न्युज-१८ ले प्रकाशित गरेको छ । संयुक्त अधिराज्य प्रहरीले पनि ट्वीटरमार्फत् ‘फारार’ हीरा व्यापारी नीरव मोदी गिरफ्तार भएको जनाएको छ । उनलाई आज नै वेस्टमिनिस्टर अदालतमा पेस गरिने भएको छ । उनी पन्जाब नेसनल बैंकको १३ अर्ब भारु ऋण नतिरेरै भारत छोडेर गएका थिए । भारतमा केन्द्रीय अनुसन्धान ब्युरो, सीबीआई मोदीको प्रत्यर्पणको प्रयासमा लागेको छ । भारतबाट फरार भएपछि मोदी लगभग ८० लाख पाउण्ड मूल्यको सुविधासम्पन्न फ्ल्याटमा बस्दै आइरहेका थिए । उनलाई केही दिन अगाडि मात्रै न्युज-१८ का पत्रकारहरूले लण्डनका सडकमा भेटेका थिए । मोदीले ऋण लिएर नतिरेको पन्जाब नेशनल बैंकको एभरेष्ट बैंकमा लगानी रहेको छ ।
ट्याक्टर पल्टिदा ५ को मृत्यु, २३ जना घाइते
एजेन्सी । भारतकाे मुम्बई थाना क्षेत्रको मडफा धुवनी गाउँमा एक ट्याक्टर ट्रली पल्टिँदा ५ जना मृत्यु भएको छ । तिव्र गतिकाकारण ट्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा थप २३ जना घाइते भएका छन् । घाइतेको त्यहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा सवार सबै एक विवाह समारोहमा सहभागी भएर फर्किंदै थिए ।