कोरोनाबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु

पोखरा । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पोखरा र दुई जना नवलपरासी पूर्वका छन् ।

पोखरा महानगरपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको शनिबार मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी गैंडाकोट २ की ७७ वर्षीया महिलाको पनि शनिबार नै मृत्यु भएको हो । होम आइसोलेशनमै उनको मृत्यु भएको डा शर्माले जानकारी दिए । यसैगरी कावासोती ६ का ६७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । उनको पनि होम आइसोलेशनमै मृत्यु भएको हो ।

यी दुवै जनाको सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा दाहसंस्कार गरिसकिएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ७८ जना पुगेको छ ।

साथै यस प्रदेशमा कूल संक्रमितको संख्या ७ हजार ३७८ जना पुगेको छ ।

भेरीमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो । यससहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० सङ्क्रमित सिकिस्त अवस्थामा छन् ।

हतियार प्रदर्शन गर्दै भव्यतापूर्वक राष्ट्रिय दिवस मनायो उत्तर कोरियाले (फोटो फिचर)

काठमाडौं । उत्तर कोरियाले भव्यतापूर्वक राष्ट्रिय दिवस मनाएको छ । विश्वभरी नै कोरोना कहर चुलिएको बेला कोरियाले भने ठूलो तामझामसहित उत्सव मनाएको हो । राष्ट्रिय दिवस समारोहमा कोरियाले हतियार प्रदर्शन गर्नुका साथै सैन्य परेड समेत गरेको थियो । समारोहलाई कोरियाका राष्ट्रपति किमले सम्बोधन गरेका थिए । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका थिए । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना समेत गरेका छन ।” उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिबार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो । कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया र ब्रशको प्रतीकहरू राखेका थिए । पोस्टरमा ‘हाम्रो महान पार्टीको लागि सबैभन्दा ठूलो जीत’ भन्ने नारा लेखिएको थियो । तस्वीरः केसिएनए

मन्त्रालय टुक्राउन नेकपाका दुई अध्यक्षबीच सहमति

सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी बनेको छ। मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने भएको छ । त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी दुई अध्यक्षबीच छ। अहिले २१ वटा मन्त्रालय छन्, अब २४ हुनेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको स्रोतको भनाइ छ। पूर्वसमूहका आधारमा भागबन्डा गर्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल सुरु भएको छ। दाहालले प्रधानमन्त्रीसहित २५ मन्त्रालयमा १० वटा पूर्वमाओवादी समूहलाई दिनुपर्ने, बाँकी १५ मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ओलीले भने ९ मन्त्रालय मात्र पूर्वमाओवादी समूहलाई दिन सकिने बताइरहेका छन्। एउटा मन्त्रालयमा कुरा नमिलेको स्रोत बताउँछ। नेकपा स्थायी समितिको २६ भदौमा सम्पन्न बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही प्रस्ताव कार्यान्वयनका क्रममा ४ असोजमा पार्टी सचिवालयमा नेताहरूले छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्रीबाहेक सबै टिम फेर्ने, दुई वर्ष पूरा भएकालाई बिदाइ गरी नयाँ ल्याउने या कार्यक्षमताका आधारमा मात्र फेर्ने भन्ने विकल्पमा छलफल चलेको थियो। कुन विधिमा जाने भन्नेमा शीर्ष नेताहरूकै मत बाझिएको थियो। त्यसपछि दुई अध्यक्ष पहिला छलफल गरी सचिवालय सदस्यको सुझावका आधारमा मापदण्ड तय गर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी अगाडि बढेका हुन्। बिहीबार, शुक्रबार र आइतबार छलफलमा बसे पनि यही विधिमा जाने भन्नेमा ओली र दाहाल समझदारीमा पुगेका छैनन्। ओलीले रिक्त रहेका र टुक्राइने मन्त्रालयमा मात्र अहिले नियुक्ति गरेर जाँदा हुने बताए पनि त्यसमा दाहाललगायत नेता सहमत नभएपछि केही मन्त्रीलाई फेरबदल गर्ने प्रयास जारी छ। तर, झिक्ने र नयाँ लैजाने मन्त्रीहरूको मापदण्ड केलाई बनाउने भन्नेमा कुरा मिलेको छैन। आइतबारको छलफल पनि यही विषयमा नमिलेपछि पुनः सोमबार बस्ने गरी ओली र दाहाल उठेका थिए। प्रधानमन्त्री ओली छिटोभन्दा छिटो मन्त्रिपरिषद् पुनर्गठन गरेर जानुपर्ने पक्षमा उभिएका छन्। दाहाल भने वरिष्ठ नेता नेपाललगायत पार्टीका अन्य समूहलाई पनि सन्तुलन मिलाएर जानुपर्ने पक्षमा देखिएका छन्। दुई अध्यक्षबीच सम्भावित पात्रहरूबारे पनि छलफल सुरु भएको छ। ओलीले त्यसका लागि मन्त्रीहरूसँग एकल र सामूहिक रूपमा छलफल चलाइरहेका छन्। दुई अध्यक्षको छलफलपछि आइतबारै मन्त्रिपरिषद् बैठक बसेको थियो। ओलीले त्यसलगत्तै पूर्वमाओवादी धारका मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेललगायतसँग अलग्गै छलफल गरेका थिए। उनले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतसँग छलफल गरेका थिए। दाहालले ओलीसँगको छलफलबारे वरिष्ठ नेता नेपाललाई ब्रिफिङ गरेका थिए। उनले शुक्रबार उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता नेपालसँग सामूहिक रूपमा छलफल गरेका हुन्। दाहालले आइतबार बिहान गृहमन्त्री थापा र ऊर्जामन्त्री पुन, शिक्षामन्त्री पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहित स्थायी समिति सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए। दाहालले थापालाई उपप्रधान लिएर मन्त्रालय हेरफेरको चाहना छ कि भनी जिज्ञासा राखेको सोतले जनाएको छ। थापाले भने आफू सरकारमा रहे गृहकै जिम्मेवारीमा रहने बताएका थिए। प्रधानमन्त्रीको चाहना भने उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई पुनर्गठन हुने मन्त्रिपरिषद्मा पनि समावेश गर्ने देखिएको छ। दाहालले थापाको मन्त्रालयका सन्दर्भमा एकपटक आफूले छलफल गर्ने बताएपछि आइतबार बिहान दाहाल–थापा भेट भएको थियो। प्रधानमन्त्रीले ऊर्जामन्त्री पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मन्त्रिपरिषद्मा राख्न चाहिरहेका छन्। अन्य मन्त्रीका हकमा पनि उनले झिक्ने विषयमा त्यति रुचि नदेखाएको स्रोत बताउँछन्। तर, दाहालसँगको सहमतिका आधारमा मन्त्री झिक्नै परे पनि बढीमा १० जना आसपासमा मात्र फेर्ने योजनामा ओली देखिएका छन्। गृहमा मन्त्री थापालाई नै प्रधानमन्त्री ओलीले यथावत् राख्न चाहेका छन्। ‘अहिलेसम्म मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको नाममा छलफल चलेको देखिन्छ, कसलाई राख्ने, झिक्ने या मन्त्रालय हेरफेर गर्ने भन्ने गरी। तर नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा भने छलफल भइसकेको छैन’, बालुवाटार स्रोतले अन्नपूर्णसँग भन्यो, ‘पहिले संख्या र मापदण्ड बन्यो भने त्यसपछि नयाँको नाममा छलफल होला।’ साभार annapurna post

गृहमन्त्रीद्वारा कालापानी क्षेत्रका जनताका लागि विशेष प्याकेज ल्याउने घोषणा

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि विशेष प्याकेज ल्याउने सरकारको तयारी रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। कालापानी क्षेत्रको भ्रमणपश्चात् दार्चुला सदरमुकाम खलङ्गामा पत्रकार भेटघाट कार्यक्रममा थापाले उक्त भनाइ राखेका हुन्। “सीमा क्षेत्रका नागरिकहरूको उचित ढङ्गले व्यवस्थापन नगरिए सीमा सुरक्षा हुन सक्दैन, त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ। सीमा क्षेत्रका जनताका लागि विशेष कार्यक्रम ल्याउन लागेका छौँ,” गृहमन्त्री थापाले भने। देशको सीमा सरकार एक्लैले सुरक्षा गर्न नसक्ने भएकाले सीमामा रहेका जनतालाई विशेष प्याकेज ल्याई उनीहरूलाई आत्मनिर्भर र सुरक्षित गराउन जरुरी भएको उनले बताए। ‘समस्या समाधानको प्रयास जारी’ सरकारले विगत ६ दशकदेखि रहेको सीमा समस्या समाधानका लागि कार्य गरिरहेको गृहमन्त्रीले बताए। सशस्त्र प्रहरीको ५० नम्बर गुल्म उद्घाटन तथा भवनको शिलान्यासका लागि शुक्रवार दार्चुलाको छाङरु पुगेका गृहमन्त्री थापा शुक्रबार राति कालापानी नजिकको गाउँ छाङरु मै बसेका थिए। शुक्रवार गुल्मको उद्घाटन र भवनको शिलान्यास गरी गृहमन्त्री थापाले छाङरुका जनताहरूको घरदैलोमा पुगेर समस्या बुझेका थिए। जनताहरूको समस्या बुझेर सरकारले समस्याको समाधान गर्ने आश्वासन दिइएको प्रतिनिधिसभा सांसद गणेस सिंह ठगुन्नाले बताए। कालापानी क्षेत्र त्रिदेशीय सीमा क्षेत्र भएकाले रणनीतिक क्षेत्र भएको र कैलाश मानसरोवर क्षेत्र जोड्ने पर्यटकीय सम्भावना बोकेको भूभाग समेत भएकाले सरकारले यस क्षेत्रलाई महत्त्व दिएको गृहमन्त्री थापाले बताएका थिए। साथै विगत केही वर्षदेखि बन्द रहेको सीमा प्रशासन कार्यालय छाङरुलाई समेत पुनः सञ्चालन गरिने, अनि त्यहाँ छिट्टै अध्यागमन कार्यालयको स्थापना गर्ने पनि थापाले बताए। “छाङरु, तिंकरपारि भारतका गाउँहरूमा भारत सरकारले जनतालाई विभिन्न क्षेत्रमा आरक्षण दिएको बुझेँ, सीमामा बस्ने नेपालका जनतालाई पनि विशेष आरक्षण दिई नागरिकहरूको चाहनाअनुसार रोजगारीको अवसर सिर्जना गर्छौँ,” उनले भने। छाङरुमा एक रात एक रात छाङरुमै बिताएका गृहमन्त्री थापाले व्यास क्षेत्रमा सञ्चारको समेत समस्या रहेको बताए। “स्काई फोन सेवा रहेछ, त्यो पनि राम्रो काम गर्ने रहेनछ। छिट्टै सरकारले व्यास क्षेत्रमा सञ्चारको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएका छौँ,” उहाँले भने। व्यास क्षेत्रमा नेपाल सरकारका मन्त्रीहरूले विगतमा हवाई मार्गबाट अवलोकन गर्ने गरेको भएपनि त्यहाँ पाइला टेकेर नागरिकहरूको समस्या बुझ्ने पहिलो उच्चस्तरीय व्यक्ति गृहमन्त्री थापा रहेको बताइन्छ। मन्त्री थापाको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्ना, गृह सचिव, सशस्त्र प्रहरीका महानिरीक्षक सहितका वरिष्ठ सुरक्षा अधिकारीहरू सामेल थिए। भारतसँगको विवाद यथावत् केही समययता कालापानी क्षेत्रलाई लिएर नेपाल र भारतबीच चर्किएको विवाद यथावत् छ। भारतले जम्मू-कश्मीरको हैसियत परिवर्तन गरेपछि गत वर्ष कार्तिकमा सार्वजनिक गरेको उसको नक्सामा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समावेश गरेपछि नेपालसँगको विवाद चर्किएको थियो। नेपालको निरन्तरको वार्ताको प्रयासपश्चात् भारतले महामारीको सङ्कट समाधानपछि मात्रा वार्ता गरिने आशय व्यक्त गर्‍यो। तर लगत्तै वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले दाबी गरेको धार्चुला-लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गरेपछि विवाद झनै बल्झियो। नेपालले त्यसपछि ती क्षेत्र समावेश भएको नयाँ नक्सा सार्वजनिक मात्र गरेन त्यसलाई संविधानमा रहेको राष्ट्रिय निसान छापमा समेत अङ्कित गराउन संविधान संशोधन गर्‍यो। हाल भारत र चीनबीच सैन्य तनाव चर्किएको बेला उक्त क्षेत्रको सैन्य रणनीतिक महत्त्व समेत बढ्दै गएको बताइन्छ। नेपाल-भारत सीमा विवादको हालैको घटनाक्रम विसं २०७६ कार्तिक १६: भारतले जम्मू-कश्मीर र लद्दाखलाई केन्द्र-शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा-कालापानी समावेश विसं २०७६ कार्तिक २०: कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति विसं २०७६ कार्तिक २१: भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ विसं २०७६ मङ्सिर ३: भारतको नयाँ नक्साबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाउँदै सुगौली सन्धिअनुसार काली (महाकाली नदी) पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको कुरा पुन:स्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ निसान छाप विसं २०७७ वैशाख २६: भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दाबी गरेको धार्चुला-लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश-मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन विसं २०७७ वैशाख २७: सडक निर्माण गर्ने एकतर्फी गतिविधि प्रधानमन्त्रीका तहमा समेत गरी दुई देशबीच भएका समझदारीविपरीत रहेको नेपालको भनाइ विसं २०७७ वैशाख २७: भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमाभित्रै रहेको प्रतिक्रिया विसं २०७७ जेठ ७: नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी विसं २०७७ जेठ ३१: नेपालले जारी गरेको नयाँ नक्साअनुसार निसान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित बिबिसि नेपालीबाट

अनेरास्ववियु (छैठौं) काे बझाङ भेला सम्पन्न, अध्यक्षमा धामी

बझाङः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बझाङ जिल्लाको भेला सम्पन्न भएको छ । आइतबार सदरमुकाम चैनपुरमा सम्पन्न भेलाले जिल्ला भरिका प्रतिनिधिबाट भरत धामीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको सचिवमा जगत धामी, सहसचिव निरुता धामी, उपाध्यक्षमा भुवन बोहरा, कोषाध्यक्षमा कल्पना धामीलाई चयन गरेको छ । सदस्यमा देव धामी, देवराज खडका, बिक्रम भण्डारी र राम धामी रहेका छन् । भेलामा (छैठौं)का पूर्व विद्यार्थी नेता एवम् राष्ट्रिय जनमोर्चाका युवा नेता जगत प्रशाद जोशी, प्रदेश सहसचिव टंक अवस्थीलगायतको उपस्थिति थियो ।

आईपिएलः ४३८ दिनपछि आज धोनी मैदानमा देखिने, यस्तो छ खेलको पूर्ण तालिका

आबुधाबी । इण्डियन प्रिमियर लिगको यो वर्षको सिजन आजबाट शुरु हुन गइरहेको छ । कोरोनाका कारण भारतमा खेल्न सम्भव नभएपछि युएईका बिभिन्न स्टेडियममा आजदेखि खेल शुरु हुने भएको हो । खेलाडीहरुको स्वास्थ्य निगरानी र आवश्यक परीक्षणपछि आजबाट हुने खेलको पहिलो प्रतिष्पर्धा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्मा कप्तानी रहेको मुम्बई इण्डियन्सबीच हुने भएको छ । क्रिकेट मैदानबाट टाढा रहेका धोनी ४ सय ३८ दिनपछि मैदानमा देखिने भएका छन् । उनले हालैमात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास समेत लिएको घोषणा गरेका थिए । आजको खेला साँझ नेपाली समय अनुसार पौने आठ बजे हुने छ । हेर्नुस खेलको पूर्ण तालिका मिति खेल नेपाली समय स्थान 19 सेप्टेम्बर मुंबई इंडियंस विरुद्ध चेन्नई सुपर किंग्स 7:30 PM अबुधाबी 20 सेप्टेम्बर दिल्ली क्यापिटल्स विरुद्ध किंग्स इलेवन पंजाब 7.45 PM दुबई 21 सेप्टेम्बर सनराइजर्स हैदराबाद विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 7.45 PM दुबई 22 सेप्टेम्बर राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स 7.45 PM शारजाह 23 सेप्टेम्बर कोलकाता नाइट राइडर्स विरुद्ध मुंबई इंडियंस 7.45 PM अबुधाबी 24 सेप्टेम्बर किंग्स इलेवन पंजाब विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 7.45 PM दुबई 25 सेप्टेम्बर चेन्नई सुपर किंग्स विरुद्ध दिल्ली क्यापिटल्स 7.45 PM दुबई 26 सेप्टेम्बर कोलकाता नाइट राइडर्स विरुद्ध सनराइजर्स हैदराबाद 7.45 PM अबुधाबी 27 सेप्टेम्बर राजस्थान रोयल्स विरुद्ध किंग्स इलेवन पंजाब 7.45 PM शारजाह 28 सेप्टेम्बर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध मुंबई इंडियंस 7.45 PM दुबई 29 सेप्टेम्बर दिल्ली क्यापिटल्स विरुद्ध सनराइजर्स हैदराबाद 7.45 PM अबुधाबी 30 सेप्टेम्बर राजस्थान रोयल्स विरुद्ध कोलकाता नाइट राइडर्स 7.45 PM दुबई 1 अक्टूबर किंग्स इलेवन पंजाब विरुद्ध मुंबई इंडियंस 7.45 PM अबुधाबी 2 अक्टूबर चेन्नई सुपर किंग्स विरुद्ध सनराइजर्स हैदराबाद 7.45 PM दुबई 3 अक्टूबर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध राजस्थान रोयल्स 3.45 PM अबुधाबी 3 अक्टूबर दिल्ली क्यापिटल्स विरुद्ध कोलकाता नाइट राइडर्स 7.45 PM शारजाह 4 अक्टूबर मुंबई इंडियंस विरुद्ध सनराइजर्स हैदराबाद 3.45 PM शारजाह 4 अक्टूबर किंग्स इलेवन पंजाब विरुद्ध चेन्नई सुपर किंग्स 7.45 PM दुबई 5 अक्टूबर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध दिल्ली क्यापिटल्स 7.45 PM दुबई 6 अक्टूबर मुंबई इंडियंस विरुद्ध राजस्थान रोयल्स 7.45 PM अबुधाबी 7 अक्टूबर कोलकाता नाइट राइडर्स विरुद्ध चेन्नई सुपर किंग्स 7.45 PM अबुधाबी 8 अक्टूबर सनराइजर्स हैदराबाद विरुद्ध किंग्स इलेवन पंजाब 7.45 PM दुबई 9 अक्टूबर राजस्थान रोयल्स विरुद्ध दिल्ली क्यापिटल्स 7.45 PM शारजाह 10 अक्टूबर किंग्स इलेवन पंजाब विरुद्ध कोलकाता नाइट राइडर्स 3.45 PM अबुधाबी 10 अक्टूबर चेन्नई सुपर किंग्स विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 7.45 PM दुबई 11 अक्टूबर सनराइजर्स हैदराबाद विरुद्ध राजस्थान रोयल्स 3.45 PM दुबई 11 अक्टूबर मुंबई इंडियंस विरुद्ध दिल्ली क्यापिटल्स 7.45 PM अबुधाबी 12 अक्टूबर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध कोलकाता नाइट राइडर्स 7.45 PM शारजाह 13 अक्टूबर सनराइजर्स हैदराबाद विरुद्ध चेन्नई सुपर किंग्स 7.45 PM दुबई 14 अक्टूबर दिल्ली क्यापिटल्स विरुद्ध राजस्थान रोयल्स 7.45 PM दुबई 15 अक्टूबर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध किंग्स इलेवन पंजाब 7.45 PM शारजाह 16 अक्टूबर मुंबई इंडियंस विरुद्ध कोलकाता नाइट राइडर्स 7.45 PM अबुधाबी 17 अक्टूबर राजस्थान रोयल्स विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 3.45 PM दुबई 17 अक्टूबर दिल्ली क्यापिटल्स विरुद्ध चेन्नई सुपर किंग्स 7.45 PM शारजाह 18 अक्टूबर सनराइजर्स हैदराबाद विरुद्ध कोलकाता नाइट राइडर्स 3.45 PM अबुधाबी 18 अक्टूबर मुंबई इंडियंस विरुद्ध किंग्स इलेवन पंजाब 7.45 PM दुबई 19 अक्टूबर चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स 7.45 PM अबुधाबी 20 अक्टूबर किंग्स इलेवन पंजाब विरुद्ध दिल्ली क्यापिटल्स 7.45 PM दुबई 21 अक्टूबर कोलकाता नाइट राइडर्स विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 7.45 PM अबुधाबी 22 अक्टूबर राजस्थान रोयल्स विरुद्ध सनराइजर्स हैदराबाद 7.45 PM दुबई 23 अक्टूबर चेन्नई सुपर किंग्स विरुद्ध मुंबई इंडियंस 7.45 PM शारजाह 24 अक्टूबर कोलकाता नाइट राइडर्स विरुद्ध दिल्ली क्यापिटल्स 3.45 PM अबुधाबी 24 अक्टूबर किंग्स इलेवन पंजाब विरुद्ध सनराइजर्स हैदराबाद 7.45 PM दुबई 25 अक्टूबर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध चेन्नई सुपर किंग्स 3.45 PM दुबई 25 अक्टूबर राजस्थान रोयल्स विरुद्ध मुंबई इंडियंस 7.45 PM अबुधाबी 26 अक्टूबर कोलकाता नाइट राइडर्स विरुद्ध किंग्स इलेवन पंजाब 7.45 PM शारजाह 27 अक्टूबर सनराइजर्स हैदराबाद विरुद्ध दिल्ली क्यापिटल्स 7.45 PM दुबई 28 अक्टूबर मुंबई इंडियंस विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 7.45 PM अबुधाबी 29 अक्टूबर चेन्नई सुपर किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स 7.45 PM दुबई 30 अक्टूबर किंग्स इलेवन पंजाब विरुद्ध राजस्थान रोयल्स 7.45 PM अबुधाबी 31 अक्टूबर दिल्ली क्यापिटल्स विरुद्ध मुंबई इंडियंस 3.45 PM दुबई 31 अक्टूबर रोयल चैलेंजर्स बैंगलोर विरुद्ध सनराइजर्स हैदराबाद 7.45 PM शारजाह 1 नवंबर चेन्नई सुपर किंग्स विरुद्ध किंग्स इलेवन पंजाब 3.45 PM अबुधाबी 1 नवंबर कोलकाता नाइट राइडर्स विरुद्ध राजस्थान रोयल्स 7.45 PM दुबई 2 नवंबर दिल्ली क्यापिटल्स विरुद्ध रोयल चैलेंजर्स बैंगलोर 7.45 PM अबुधाबी 3 नवंबर सनराइजर्स हैदराबाद विरुद्ध मुंबई इंडियंस 7.45 PM शारजाह

डा. सन्दुक रुइटले पाए यसवर्षको सबैभन्दा ठूलो मानपदवी, अख्तियारका पूर्व प्रमुख आयुक्त घिमिरेदेखि बुद्धिनारायण श्रेष्ठसम्मले पाए विभुषण (सूचिसहित)

काठमाडौँ — यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् । त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

नेकपाले संविधानको भावनाविरोधी काम गर्यो– सभापति देउवा

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको सरकारले संविधानको भावनाविपरित काम गर्न खोजेको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै देउवाले लोकतान्त्रिक संविधानअनुरूप लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ’, सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा लेखिएको छ,‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ।’ तर, त्यसपछिका दिनमा संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप उनले लगाएका छन्। ‘यसलाई मैले गम्भीरतापूर्वक लिएको छु’, उनले भनेका छन्। संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्। लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न उनले सरकारलाई अपिल गरेका छन्।

समायोजनबाट जबर्जस्त पेलिएका कर्मचारीको अवस्था निराशाजनक छ– रुद्र सुवेदी

सरकारले आधिकारिक ट्रेड यूनियनको निर्वाचनको घोषणा गरेको छ । यो निर्वाचनमा मुख्यतः सत्तारुढ नेकपाभित्र एकता हुन नसकेका दुई संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामित कर्मचारी संगठन र नेपाली कांग्रेस निकट कर्मचारी यूनियनबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कोरोनाले चौतर्फी संकट छाएको बेला हजारौं कर्मचारी भेला हुने र सामाजिक दूरी कायम नहुने परिस्थिति किन सरकारले सिर्जना गर्न खोज्यो ? के छन कोरोना संकटमा कर्मचारीले भोग्नुपरेका चुनौती ? यिनै विषयमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रदेश १ अध्यक्ष रुद्र सुवेदीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । कोरोना संक्रमणकै बीच निर्वाचन हुने भनिएको छ । कस्तो छ तयारी ? कोरोना भाइरसको कारण अवस्थाबाट आज जनसमुदाय त्रासदीपूर्ण जीवन बाँच्न बाध्य छन् । हामी कर्मचारीहरु पनि यही समाजभित्रका पात्रहरु हौ । त्यसैले हामी पनि त्रासमुक्त छैनौ । तर यस्तो विषम परिस्थितिमा पनि सरकारले निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गर्नु अपरिपक्वताको पराकाष्ठा हो । तथापि हामी निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुने तयारीमा छौ । हालसम्म हामीले केन्द्रीय सर्कुलरबाट निर्देशन भएबमोजिम प्रदेश समितिको विस्तारित बैठक सम्पन्न गरेका छौं । प्रदेश र जिल्लाहरुको चुनावी अभियानसम्वन्धी योजना भर्चुअल बैठकमार्फत तय गरिसकेका छौ । प्रदेश तथा जिल्लास्तरीय निर्वाचन परिचालन समितीहरु बनाइ कार्यविभाजन गर्ने कार्य पनि सम्पन्न भइसकेको छ । अव कार्यालय दैलो कार्यक्रमसहित मिहिन ढঁगले लाग्ने तयारीमा छौ कोरोनाबाट अति प्रभावित हुनेहरुमा कर्मचारी छन् । रोकथाम, उपचार र अन्य सहयोगका लागि राज्य या सम्बन्धित निकायको पहल कस्तो पाउनु भएको छ ? यस प्रदेशमा स्वास्थ्यकर्मी र नेपाल प्रहरिसঁग प्रत्यक्ष सहकार्य गरी कार्यसम्पादन गर्नुपर्ने कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण बढी देखिएको छ । जनसम्पर्क बढी हुने कार्यालयका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर उच्च नै देखिन्छ । समग्र हेदा कोरोना प्रभावितहरुको सूचीमा कर्मचारीहरुको संख्या पनि बढी नै देखिन्छ । यसको रोकथाम, उपचार र अन्य सहयोगको लागि राज्य र सम्वन्धित निकायले पहल त गरेका छन् तर त्यो योजनबद्ध, तथ्यांकमा आधारित, वैज्ञानिक र पर्याप्त देखिन्न । कार्यालय तहमा गरिने पहल र प्रदेश या केन्द्रबाट एकीकृतरुपमा गरिने पहलमा फरक हुन्छ । महामारी लाग्नै नदिन यस्ता कार्यालयमा जे जस्तो सर्तकताको संयन्त्र, सेवा र नीति लागु हुनुपथ्र्यो, त्यो भएन । मास्क लगाएर मात्रै कोरोना रोकिन्न । काम गर्ने माहौल नै जोखिमपूर्ण भएमा आफूले सतर्कता अपनाएर मात्रै संक्रमणबाट जोगिन सक्ने अवस्था छैन । कतिपय कार्यालय र सेवा प्रवाह गर्ने स्थानमा स्वास्थ्य सुरक्षासम्बन्धी उपकरण र साधनको पर्याप्त ब्यवस्था भएको देखिदैन । कार्यालयहरुले सुरक्षासम्वन्धी साधनहरुको ऑशिक ब्यवस्थापन त गरेको देखिन्छ तर त्यो पर्याप्त छैन र ती साधनहरुको गुणस्तरीयतामा पनि प्रश्न नउठाउने ठाঁउ देखिदैन । अर्को कुरा, जोखिममा परिसकेपछि नेपाल सरकारले एकीकृत एकान्तवासको निर्णय गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्यन भएको देखिदैन । कर्मचारीहरुको हकमा त झन आइसोलेसनमा बस्ने कुरा जटिल नै हुन्छ । डेरामा बस्नुपर्ने कर्मचारी कहाँ जाने ? आइसोलेसनमा नै भएपनि कतिपय काम घरबाट गर्नैपर्ने हुन्छ। कर्मचारी केन्द्रित भएर विशिष्ट प्रकृतिको आइसोलेसन केन्द्रहरु स्थापना गर्न सकिएको छैन । कोरोना नियन्त्रणको लागि राज्यबाट सम्वन्धित निकायहरुमा रकम विनियोजन गर्दा कार्यक्रम सहित विनियोजन नगरी एकमुष्टमा विनियोजन गरिदाঁ खर्च परिमाणमुखीभन्दा पनि प्रचारमुखी कार्यमा बढी भएको देखिन्छ । पछिल्लो समयमा समायोजनमा कर्मचारीहरुलाई विभेद गरिएको आरोप लाग्दै आएको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको अवस्था के छ ? पहिलो कुरा त संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी गरी सबै तहका कर्मचारीहरुको सेवा, शर्त र सुविधाहरुको यकिन गरेर मात्र कर्मचारीको समायोजन गरिनुपर्थ्यो, यसमा राज्य चुक्यो । दोश्रो कुरा, कर्मचारी समायोजन ऐनका प्रावधानहरु हेर्दा समायोजन रोजेर मृत्युपत्रमा हस्ताक्षर गर्ने हो कि हामीले नै मृत्युदण्ड दिनुपर्छ भन्ने आशय देखिन्थ्यो, त्यसैले समायोजन ऐन त्रुटिपूर्ण थियो । तेश्रो कुरा, संघमा थुप्रै दरबन्दीहरु लुकाएर जबर्जस्त रुपमा कर्मचारीहरुलाइ प्रदेश र स्थानीय तह रोज्न वाध्य पारियो । चौथो कुरा, निजामती किताबखानामा कर्मचारीहरुको ब्यक्तिगत विवरणलाइ चुस्त र दुरुस्त नबनाइ समायोजन गरियो, त्यसले गर्दा सिनियर र जुनियरको यकिन विवरण आएन र कतिपय सिनियर कर्मचारीहरु ऑफूले रोजेको ठाउँमा जान पाएनन् तर ती ठाउঁहरुमा उनीहरुभन्दा जुनियर कर्मचारीहरु जान पाए । पाঁचौ कुरा, समायोजनपछि पनि मेडिकल बोर्डको सिफारिशको बहाना बनाउঁदै पहुঁचवाला कर्मचारीहरुलाइ तल्ला तहहरुबाट माथिल्ला तहहरुमा फर्काउने काम गरियो, यसले निजामती सेवामा विभेद छ भन्ने स्पष्ट देखियो । छैठौ कुरा, गत साल संघ रोजेका कर्मचारीहरुलाइ कानुनी आधार बिनै गत साल पाঁच वर्ष पूरा नभएपनि यस साल पाঁच वर्ष पुगेको देखिएमा बढुवा ब्यवस्था सहित प्रदेश र स्थानीय तहमा पून समायोजन गर्ने काम गरियो, जसले गर्दा एकै मितिमा समान पदमा नियुक्ति लिएका कर्मचारीहरुमध्ये पनि गत साल प्रदेश र स्थानीय तहमा समायोजन रोजेको कर्मचारीभन्दा यस वर्ष पून समायोजन भएको कर्मचारी भाग्यमानी देखिने गरी विभेद गरियो । यसरी त्रुटिपूर्ण ऐनबाट विभेदपूर्ण ढंगबाट गरिएको समायोजनबाट जवर्जस्त पेलिएका कर्मचारीहरुको अवस्था अन्यौलपूर्ण, निराशाजनक र द्विविधाग्रस्त छ । समायोजन लगायतका विषयमा तीनवटै तहबीच हुनुपर्ने अन्तर्सम्बन्धमा हामीले कहाँनेर गल्ती गर्यौं ? संविधानमा अधिकारसूचीको स्पष्ट र न्यायोचित परिकल्पना गरिएन । परिणामस्वरुप संघले केन्द्रीकृत रुपमा नै शासन सञ्चालनको अभ्यास गर्ने प्वाल थुनिएन । प्रदेश सरकारको अवस्था हेर्दा वित्तीय संघीयताको मात्रको मात्र आभास हुन्छ । प्रदेश सरकार र स्थानीय तहबीच दिगो र प्रभावकारी सम्वन्ध कायम राख्ने गरी संबैधानिक परिकल्पना नहुदाঁ यिनीहरुबीच खासै सम्बन्ध स्थापनाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढेको देखिन्छ । प्रदेश कर्मचारी सेवा ऐनले यी ुरा समेट्छ होला नि त ? कसरी हेर्नुहुन्छ ऐनको कुरा ? प्रदेश निजामती सेवा ऐनको मातृ ऐनको रुपमा संघीय निजामती सेवा ऐन रहने भएकोले संघीय निजामती सेवा ऐन कस्तो बन्छ, त्यसैले प्रदेश निजामती ऐनका अधिकांश विषयबस्तुहरु टुंग्याउঁछ । त्यसैले, यदि हामी संघीयताको भावना र मर्ममा ठेस नपुग्ने गरी प्रशासनिक ब्यबस्थापन चाहन्छौ भने प्रदेश सरकारको प्रमुख सचिव संघले खटाउने र बाঁकी अरु प्रदेश सरकारका सचिवहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु प्रदेश सरकारले खटनपटन गर्ने गरी संघीय निजामती सेवा ऐन जारी हुनु जरुरी छ । कर्मचारीहरुको वृत्ति विकासमा पनि विशेष ध्यान दिनु जरुरी छ । प्रदेश निजामती सेवा ऐनको हकमा कुरा गर्दा यो ऐनमा जनसेवा प्रवाहलाइ प्रभावकारी बनाउने र कर्मचारीहरुका पेशागत अधिकार तथा सेवा, शर्त र सुविधाको दायरालाइ फराकिलो बनाउने कुरामा विशेष ध्यान दिनुपर्छ । स्थानीय तहका कर्मचारीहरुलाइ स्थानीय तहहरुको सहमतिमा एउटै प्रदेशभित्रका स्थानीय तहहरुमा सरुवा हुन पाउने ब्यवस्था गर्नुपर्छ । निगाहा वा पूर्वाग्रहको असर नपर्ने गरी कार्यसम्पादनको उचित मुल्यांकन गरेर पुरस्कार र दण्डको ब्यस्था गर्नुपर्छ । प्रदेश कर्मचारी कल्याणकारी कोषको स्थापना गरी कर्मचारी जलविद्युत आयोजना, प्रदेश निजामती अस्पताल र प्रदेश निजामती विश्वविद्यालयको स्थापना आदि जस्ता कल्याणकारी प्रकृतिका कार्यहरुको परिकल्पना गरिनुपर्छ । यसले गर्दा प्रदेश निजामति सेवा ऐन जनमुखी र कर्मचारीमैत्री बन्छ र यसले सेवा प्रवाहलाइ गुणात्मक र परिणाममुखी बनाउदै सुशासन स्थापनामा टेवा पुर्याउঁछ । समाजवादोन्मुख राज्यको परिकल्पना गर्दा कर्मचारीतन्त्रको संरचनामा पनि परिवर्तन आवश्यक होला, यसलाई कसरी हेर्नुहुन्छ ? हामो देश रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएपनि सारमा हेर्दा यो राज्य सामन्तवाद र पूँजीवादबीचको अन्तरसंघर्षको अवस्थामा देखिन्छ । अहिले पनि मूलुकमा सामन्तवादका अवशेषहरु जीवित छन् । राज्यको सार चरित्रको असर सरकार र कर्मचारीतन्त्रमा पनि देखिने नै भयो । यदि हामी जनतालाइ परिवर्तनको आभास दिने हो भने सामन्तवाद र पूँजीवादबीचको अन्तरसंघर्षको बीचबाट सामन्तवादलाइ परास्त गर्दै पूँजीवादको उच्चतम विकासको दिशातर्फ विलम्व नगरी अगाडि बढ्नुपर्छ र अहिले हामीसँग यसको विकल्प पनि छैन । कर्मचारीतन्त्रमा राजनीतिकरण र गैर व्यवसायिकरणको आलोचना भइरहन्छ, कसरी हेर्नुहुन्छ ? राज्यको स्वरुप र अवस्थाको वास्तविक प्रतिविम्व भनेकै कर्मचारीतन्त्र हो । त्यसैले राज्यको स्वरुप र चरित्र अनुसार कर्मचारीतन्त्रको स्वरुप र संरचनामा पनि परिवर्तन आवश्यक हुन्छ । कर्मचारीतन्त्रमा हिजोदेखि विद्यमान शासकीय प्रशासनिक शैली अहिले पनि अस्तित्वमा छ । यसको समूल अन्त्य गरी निजामती प्रशासनलाइ आधुनिक, जनमुखी र लोकतान्त्रिक बनाउनु जरुरी छ । निजामती प्रशासनमा ब्याप्त अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारजस्ता विकृतिहरुको अन्त्य गर्दै सुशासनको प्रवर्दन गर्नु जरुरी छ । सरुवा प्रणालीलाइ चक्रिय र पूर्वानुमानयोग्य बनाउन जरुरी छ । यसका साथै कर्मचारीहरुको सोच, चिन्तन, ब्यवहार र कार्यशैलीमा पनि परिवर्तन ल्याउने गरी राज्यले नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ । यसले समाजवादोन्मुख कर्मचारीतन्त्र निर्माणमा सघाउ पुग्छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति छिट्टै हुन्छः मन्त्री पुन

रोल्पाः ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए । कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे । ‘कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन’, मन्त्री पुनले भने ।

चितवनमा २८ र नवलपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, भरतपुर र नवलपरासीमा उल्लेख्य संख्यामा कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीमा मंगलबार बिहान तीन जना बालबालिकासहित १३ जना नयाँ सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार, मंगलबार ६, ११ र १४ वर्षका बालबालिकामा संक्रमण देखिएको हो । थपिएको बताए । यसअघि गैँडाकोटका तीन वर्षीय बालकमा समेत सङ्क्रमण देखिएको थियो । योसँगै नवलपुरमा सङ्क्रमितको संख्या ४८० जना पुगेको छ । हालसम्म कोरोनाबाट एक जनाको निधन भएको छ । संक्रमितमध्ये ३४१ जना उपचारपछि निको भएका छन् । यसैगरी चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । बाँकी संक्रमित भने नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीले बताएकी छिन् ।  

सिपिएल टी२० मा सन्दीप आबद्ध टीमको चौथो हार

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गतनेपाली बलर सन्दीप लामिछानेले खेलिरहेकाे  जमैका तलावाज  सातौँ खेलमा पराजित भएकाे छ । मंगलबार राति भएकाे खेलमा ट्रिन्बागो नाइट राइडर्ससँग १९ रनले पराजित भएकाे हाे । जमैकाकाे याे चाैथाे हार हाे । ट्रिन्बागो नाइट राइडर्सले भने प्रतियोगितामा अपराजित यात्रा कामय राखेकाे छ । नाइट राइडर्सबाट पाएकाे एक सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ उत्रेकाे जमैकाकाले २० ओभरमा ६ विकेट गुमाउँदा १ सय ६५ रन मात्र बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै ग्लेन फिलिप्सले ४१, कार्लाेस ब्रेथवेटले नटआउट २१, एनक्रुमा बोनेरले २६ रन जाेडे । नाइट राइडर्सका फावद अमहेदले दुई विकेट लिए । ब्रायन लारा स्टेडियममा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो ।

वीर अस्पतालका ७१ जनामा संक्रमण, आज र भोली अस्पताल पूर्ण बन्द हुने

काठमाडौं । वीर अस्पतालले बुधबार र बिहिबार अस्पताल पूर्ण बन्द गर्ने घोषणा गरेको छ । अस्पतालका ७१ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले उक्त निर्णय गरेको हो । मंगलबार मात्रै अस्पतालका १३ जनामा संक्रमण देखिएको थियो । अस्पतालले एक सूचना जारी गर्दै अस्पताल पूर्णरुपमा बन्द गरेर सरसफाई तथा निर्मलीकरण गर्ने बताएको छ । विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा परिचित वीर अस्पतालमा कोरोना संक्रमण बढेपछि सर्वसाधारणले सेवा पाउनबाट प्रभावित बनेका छन् ।  

कोरोना संक्रमित भएपछि मेयर शाक्यले निकाले विज्ञप्ती, संक्रमित र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न आग्रह

कोरोना संक्रमित भएपछि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विज्ञप्ती जारी गरेका छन् । मेयर शाक्यले कोरोनाविरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै दुव्र्यवहार नगर्न समेत अपील गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण भएका व्यक्ति, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दुर्व्यवहार नगर्न आग्रह गरेका छन् । मेयर शाक्यले आफूलाई कोरोना देखिएपनि कोरोनाका कुनै लक्षण देखा नपरेको बताएका छन् । आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्न सफल भइने उनको विश्वास छ । आफ्नी श्रीमतीलाई ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा नियमित उपचार गराउन गएको र चिकित्सकको सल्लाह अनुसार दुवैजनाको कोरोना परीक्षणका लागि स्वाब दिएपछि आफूमा कोरोना देखिएको शाक्यले बताएका छन् । अहोरात्र कार्यक्षेत्रमा खटिइरहेको अवस्थामा संक्रमण भएको उनले बताएका छन् । परिवारसहित होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बसिरहेको शाक्यले भनेका छन् । ‘कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न सकिन्न । त्यसैले आआफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरौं र कोरोनालाई परास्त गरौं,”

दुबईमा अलपत्र नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ: चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो । उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो । जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ । त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ । सरकारी निर्णयानुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ । बैठकले पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ । यसरी आउने यात्रुको ७२ घण्टाभित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौँमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । उक्त एयरलाइन्सको जहाज बिहान १०ः१५ बजे कामाडौँ आएर आजै दिउँसो ३ः१५ बजे फर्किने तालिका रहेको छ ।