हजार बढी बाढीपीडितलाई निशुल्क खाना खुवायो नेपाली सेनाले

राजविराज, २ भदौ । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो ।

जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा देउरी भरुवाका करिब एकहजार बाढीपीडितलाई भात, दाल र तरकारीसहित खाना खुवाएको नेपाली सेनाले जनाएको छ ।

कृष्णदल गण राजविराजबाट गएको नेपाली सेनाको टोलीले त्यहाँ रहेका बाढीपीडितलाई खाना खुवाएका हुन् । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् ।

१८ नं वाहिनी अड्डा सिए गुल्म, उदयपुरबाट आएका चिकित्सकद्वारा करिब ४१० जना स्थानीय बाढीपीडितलाई निःशुल्क उपचार गराइएको कृष्णदल गणका नेपाली सेनाका सेनानी सुरेन्द्रदेव बोगटीले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आयोजित सो स्वास्थ्य शिविरमा एकजना एमबिबिएस डाक्टरससहित छजना डाक्टरको टोलीले ती बाढीपीडितलाई उपचार गराई निःशुल्क औषधिसमेत वितरण गरेको सेनानी बोगटीले जानकारी दिनुभयो ।

यसैबीच, राजविराज–१० स्थित बिरोलमा खाँडो नदीबाट क्षति भएको बाँधलाई समेत नेपाली सेनाले मर्मत एवं पुनःनिर्माणमा जुटेको नेपाली सेनाले जनाएको छ । रासस

File Photo:

राप्रपाका कपिलवस्तुका मेयर उम्मेदवार पाण्डे माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्र कपिलवस्तुको निर्वाचन समिक्षा तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्रवेश गर्ने सबैलाई केन्द्रिय कार्यलय सदस्य चक्रपाणी खनाल बलदेव र पिबिएम दधिराम न्यौपानेले टीका लगाएर प्रवेश गराए । प्रवेश गर्नेमा राप्रपा बाट कपिलवस्तु नगरपालिकाका मेयरका उम्मेदवार दिपक पाण्डे ,नयाँ शक्तिका युवा नेता बिनोद चौधरी ,नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य चन्द्र बढउ, नेपाली कांग्रेसका युवा नेता तुफेल खान सहित अन्य राजनीतिक दलका केहि छन् ।  

काले-काले मिलेर खाए भाले !

काठमाडौं ,साउन १९ । नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, कर फस्र्योट आयोगमार्फतको राजस्व घोटला पुँजीगत लाभकर तिर्नबाट एनसेललाई उम्मुक्ति दिलाउन गरिएको प्रयास र आर्थिक बर्षको अन्त्यमा सरकारी बजेट सक्नकै लागि भएका विदेश सयर राज्यको ढुकुटीमा भएका पछिल्ला ब्रम्हलुटका उदाहरण मात्रै हुन्, कान्तिपुरमा खबर छ । । आम सञ्चारमाध्यममार्फत उजागर भएका यी ठुला भ्रष्टाचारका मुद्धामा राज्यका अन्य सरोकारवाला निकायजस्तै संसद्ले पनि ठुलै मौनता साधेको छ ।

हत्या आरोपमा बाबु र दाजु पक्राउ

महोत्तरी, साउन १७ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो । विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताए । महतो बाबु÷छोरालाई इलाका प्रहरी कार्यालय, गौशालाले पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

पुनः जीवित भए झलकमान गन्धर्व

प्रेम सुनार साउन १४ । हुन त मरेर पनि दर्शक श्रोता माझ सधै बाँचेका झलकमान गन्धर्वलाई हिजोको एक कार्यक्रममा उनलाई पुनः जीवित बनाईएको छ । उनलाई जीवित बनाएको हुन् नेपाल आईडल एपिशोड २२, पार्ट ४ का प्रतियोगी सुरज थापाले । हिजो साँझ टेलिभिजनको पर्दामा रहने जो कोहीमात्र रोएनन् स्वयम सारङ्गी बजाउने र निर्णायक मण्डलका समेत आँखामा आँशु देख्न सकिन्थ्यो । झलकमान गन्धर्वको कालजयी आमाले सोध्लीन्नी खोई छोरा भन्लिन् बोलको गीत सुरुज थापा झलकमान गन्धर्वको दिवगंत आत्माबाटै गायका थिए । उनको गीत सकिए लगत्तै निर्णायक मण्डलको प्रत्येकले भने– ‘स्वर्गीय झलकमान गन्धर्व पुनः जीवित हुने भयो । उनको अवतार सुरज थापाका रुपमा भएको छ । त्यसै त झलकमानको आमाले सोध्लिन्नी खोई छोरा भन्लिन् बोलको गीतले नेपाली बोकेको थियो । यसले नेपालको ईतिहास र मौलिकता बोकेको थियो, जुन गीतलाई झलकमानको आत्मा बनेर सुरज थापाले गाएको थियो, यो लाखौं प्रतिष्पर्धीमध्ये अहिलेसम्मकै उत्कृष्ट प्रस्तुती हो । निर्णायक मण्डल मध्येकी चर्चित र वरिष्ठ गायिका कोमल वलीले छातीमा हात राखेर भनिन् तपाईको गीतमात्रै होईन फिलिङ्ग पनि आत्मैबाहिरै सबैले देखिने थियो । युवापुस्तामा हराईसकेको र विभिन्न कारण देखाउँदै कतिपय सञ्चारमाध्यमले प्रशारण समेत गर्न छाडेको झलकमान गन्धर्वको गीत सुनेर अहिले पनि जो कोहीको आँखा रसाईरहने गरेको बेला हिजो साँझ सदरमुकाम तम्घासका होटल र पसलमा सुरज थापाको स्वरमा उक्त गीत सुन्नेहरु रोईरहेका थिए । गौरवको कुरा, सुरज थापाको स्वरमा सारङ्गी प्रस्तोता थिए उनै स्वर्गीय झलकमान गन्धर्वका नाति धर्म गन्धर्व । स्टेजमा निम्ताईपछि गन्धर्वले भने– ‘झलकमान गन्धर्व मेरा वुढामावली अर्थात मेरो आमाको मामा हुनुहुन्छ, म उनको नाति हुँ, आज सुरज भाईले उहाँलाई जीवित बनाउनुभएको छ म गर्वित र हर्षित छु । एकपटक यो लिङ्कमा क्लिक गरी झलकमान गन्धर्वको दिवगंत आत्मा उनै सुरज थापाको भिडियो हेरौँ- https://youtu.be/FfsIhUZAjkI  

India to deploy more police, stricter laws to fight Mumbai sex trafficking

MUMBAI: India’s financial capital Mumbai – often known as the city of opportunities – has emerged as a major destination for global sex trafficking with girls from distant countries being trafficked to the city, officials said on Thursday. At an international conference on the trafficking of women and girls in Mumbai, officials announced more robust policing and plans to invoke a stringent Indian law against organised crime to snare traffickers.   “Earlier, girls were being trafficked to Mumbai from the poorer states of India and also from Bangladesh, Nepal and Myanmar,” said Vijaya Rahatkar, chair of Maharashtra State Women’s Commission, that organised the Mumbai conference along with anti-trafficking charity International Justice Mission. “Now girls from Philippines, Uzbekistan, Kazakhstan are being brought to Mumbai,” Rahatkar told the Thomson Reuters Foundation on the sidelines of the conference attended by delegates from countries battling trafficking including Ghana, Kenya and Bolivia. The western state of Maharashtra, India’s second most populous state with Mumbai as its capital, has for years been a major destination of sex trafficking victims who are lured with the promise of jobs but sold into sex slavery or domestic servitude. Campaigners said this was the one of the first times India had addressed the issue publicly, gathering representatives from other Indian states and countries to learn about their strategies to combat trafficking. The Maharashtra Director General of Police, Satish Mathur, said each of the state’s 36 districts would now have an anti-trafficking unit supervised by a senior officer, up from 12 units currently. Using more stringent laws – specifically the Maharashtra Control of Organised Crime Act – to prosecute traffickers is also under consideration and tougher punishments under the law may act as a deterrent. Mathur said trafficking could qualify as an organised crime if links between the procurer, seller, buyer and the person or the gang enjoying the profits from the crime are established. Maharashtra has been reviving task forces that were set up to tackle trafficking and working on defunct agreements with neighbour countries such a Bangladesh to send their girls who were sex trafficked home. “We used to think that the poor and vulnerable are the only victims but now after the penetration of the internet and communication systems, human trafficking is at the doorstep of every family,” said Maharashtra chief minister Devendra Fadnavis. The story is taken From thehimalayan times dot com

भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’

काठमाडौं ,साउन ६ ।  भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’ भएकाे छ । प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा हिंसा भडि्कएको छ । दुई महिनाअघि सिमला नजिकैको कोथ्काईमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा स्थानीय प्रहरीले गम्भीर त्रुटी गरेको देखिएपछि राज्यको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले बन्द आहृवान गरेको छ ।प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु समेत बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि जोडिएको छ बलात्कार घटनाको छानविनका क्रममा प्रहरीले दुई नेपालीसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये नेपाली नागरिक सुरज कुमारको बुधबार शंकास्पद मृत्यु भएको छ । बलात्कार घटनाका मुख्य अभियुक्त मानिएका राजेन्द्र सिंहले जेलमै सुरजको टाउको भूईमा ठोक्कएर हत्या गरेको स्थानीयको दाबी छ । सुरजको हत्या भएको खबर सार्वजनिक भएलगतै आक्रोसित स्थानीयले कोथाई भन्ने स्थानमा पुलिस स्टेशनमा प्रवेश गरेर प्रहरीमाथि नै हातपातको प्रयास गरेका छन् । बलात्कार घटनाका मुख्य अभियुक्त राजेन्द्र धनाड्य परिवारका भएकाले प्रहरीले राम्रो अनुसन्धान नगरेको स्थानीयको आरोप छ । बुधबार मात्र हिमाञ्चल प्रदेशको उच्च अदालतले यो विषय केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले हेर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पक्राउ परेका दुबै नेपाली कामदार हुन् । उनीहरुलाई दोषी देखाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बीजेपीको दाबी छ ।

बीपी राजमार्गमा ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन

काठमाडौं , साउन ६ । यातायात व्यवस्था विभागले क्षमताभन्दा कबढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ । नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन,  कान्तिपुरमा खबर छ । १८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।

गृहमन्त्री ज्यु ! केही त गर्नुहोस

नरेन्द्र चुदाली   उर्जा मन्त्रालयबाट देश र जनताको पक्षमा उर्जा भर्न सफल जनार्दन शर्मा बर्तमान मन्त्रीमन्डलमा गृहमन्त्री छ्न । उनको उत्साहपुर्ण आगमनमा धेरैमा सुसासनको आशा जागेको छ । गृहमन्त्रीको हैसियतमा काठमाडौंको सडक सस्कार लाई सभ्य बनाउन सके जनतालाइ ठूलो राहत मिल्ने छ।काठमाडौं को सडक सभ्यताको बारेमा गृहमन्त्रीलाई छोटो जानकारी जुन परिवर्तनको निम्ति महत्त्वपूर्ण बन्न सकोस ! राजधानीमा साझा गुड्ने भएपछि निकै खुशियाली छायो। साझाले जुन रुटमा अनुमति लिन्छ त्यस क्षेत्रका जनताहरु उत्साहित हुने गरेका छन्। मानिसहरुले साझा प्रति ठुलो विश्वास र सद्धभाव राख्ने गरेका छन्। आखिर एउटा बस सञ्चालन हुदा किन उत्साहित भए त जनता ? यसभित्र राजधानीमा सार्वजनिक यातायातको प्रयोग गर्ने सर्बसाधारणका अनेकौँ कथा–व्याथा लुकेका छन्। सडक एउटा सभ्यता हो। सडक विकाश र समृद्धिको सुचक हो । सडक आफ‌‌ैँमा क्रियाशिल नभएकोले गर्दा सडक मा सरोकार राख्ने पात्रहरुको व्यवहार र गतिविधिले सडक सभ्यताको लेखाजोखा गर्दछ । जसमा सडकमा गुड्ने सवारी साधनका चालक सहचालक यात्रुले सरोकार बढी हुन्छ। तर, हाम्रो राजधानीमा हामी कस्तो किसिमको सार्वजनिक यातायात सेवा प्राप्त गर्दै छौ ? यसमा अधिकाशंको जवाफबाट सन्तुष्ट हुन सक्दैन् । किनकि काठमाडौंमा सार्वजनिक सवारिमा यात्रा गर्ने हरेकले त्यहाको भद्रगोल र सहचालकको असभ्य वयवहार झेलेकै हुन्छन्। देशको राजधानीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले सहचालकबाट राम्रो व्यवहार विरलै पाइन्छ । यदी यात्रा गर्दा त्यस्तो सभ्य व्यवहार पाईयो भने त्यो निकै खुशिको कुरा हुन्छ । र त्यो उदाहरण बन्छ । यसबाट प्रष्ट हुन्छ कि देशको राजधानीका सडकहरुमा मानवियता, आतिथ्यता तथा सभ्यता कती विकराल रुपमा स्खलित भएको छ भनेर । राजधानिमा चल्ने अधिकाशं सवारीसाधनमा यात्रा गर्दा राजधानीबासी जनताहरुले दुरव्यवहार सहन बाध्य हुनु परेको छ। सडक सभ्यता कुनै पनि देशको विकासको सुचक मानिन्छ । यसलाई चेतनास्तर र समग्र राष्ट्रको प्रतिविम्वको एउटा दरिलो पाटो मानिन्छ। सडकमा गुड्ने सार्र्वजनिक सवारी सेवामुलक व्यवसायको अनुपम नमुना हुन्छन्। यो नित्तान्तै सेवा व्यवसाय हो। मुनाफा प्राप्त गर्नको लागि यात्रुलाई आतिथ्य र सभ्य व्यवहार प्रदान गर्नु यस क्षेत्रको व्यवसायीक धर्म हो। तर विडम्बना देशको राजधानिमै आम यात्रुहरुले सर्र्वजनिक सवारीका सहचालक बाट असभ्य व्यवहार सहन बाध्य हुनु परेको छ । एक त अव्यवस्थित सवारी व्यवस्था त्यसमाथी पनि चालक तथा सहचालकको असहयोगी र पाखण्डी व्यवहारले काठमाण्डौका सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले आफुलाई अपमानित महसुस नगरेको सायदै छैन होला । घरबाट कार्यक्षेत्रमा निस्कीएपछि आत्मसम्मानमा ठेस पर्ने ठाउँ भनेकै सार्वजनिक यातायात भएका छन्। त्यहाँका चालक तथा सहचालको बोली तथा व्यवहारमा यति रुखो हुन्छ कि यात्रुहरु प्रतिवाद गर्ने आवश्यकता नै ठान्दैनन्। किनकि यस्ता घटना सामान्य मात्रामा हुने भएको भए प्रतिवाद गर्न सम्भव हुन्थ्यो। तर सहचालको रुखो व्यवहार अधिकाशं सवारीमा छ ,राम्रो व्यवहार हुने सवारीसाधन विरलै छन्। त्यसैलेपनि यात्रुहरु प्रतिवाद गर्नुनै बेकार ठान्छन् । अनि काठमाण्डौको सभ्यतानै सायद यहि नै हो कि भनेर निरीह बन्न बाध्य छन् काठमाडौंका सवारी साधनका सहचालकको व्यवहार देख्दा यस्तो लाग्छ कि सहचालक बन्न चाहिने योग्यता भनेकै धेरै भन्दा धेरै रुखो बोल्न सक्ने, असभ्य बन्न सक्ने , यात्रुलाई दुरव्यवहार गर्न सक्ने हो । किनकि त्यसको प्रमाण सडकमा गुडिरहेका सार्वजनिक यातायातका सहचालकहरुले यात्रुहरुलाई देखाउने तल्लो स्तरको व्यवहारबाट प्रष्ट हुन्छ । उनिहरु यात्रुहरुसंग राम्रो व्यवहार गर्नुपर्छ भन्ने आवश्यकता नै ठान्दैनन्। उनिहरुमा हामी नै सडकका राजा हाँै अनि गाडिमा चढ्ने यात्रु सबै रैती हुन भन्ने भ्रममा परेको हुनुपर्छ सायद। नत्र भने व्यापारमा भगवान रुपी ग्राहकहरुप्रती गर्ने उनिहरुको व्यवहार सभ्य हुन्थ्यो होला। देशको राजधानी जहाँ आर्थिक सामाजिक ,साँस्कृतिक तथा मानविय चेतना स्तर र व्यवहार अन्य ठाउँको भन्दा विकसित हुन्छ भन्ने विश्वास गरिन्छ। तर जब हामी काठमाण्डौंका सार्वजनिक साधनमा यात्रा गछौँ । त्यही विश्वासमा धक्का लाग्दछ । भन्दा अप्रीय लाग्न सक्छ तर यो तितो यथार्थता हो कि राजधानी प्रती वितृष्णा पैदा हुने एउटा जर्जर पाटो नै सडक सवारीमा देखिने असभ्यता हो । त्यसैले त राजधानिका सडक सभ्य हुन सकेका छैनन्। त्यसैबाट नै सडकमा सभ्यताको प्रतिविम्व झल्कीने होे तर विडम्बना तिनीहरुका बोली र व्यवहार मन चसक्क गर्ने खालका छन् । साहै्र नमिठो लाग्ने छन्। यायायात क्षेत्र भद्रगोल हुनुमा सरकारी कमजोरी त छँदैछ त्यसतो समयमा राज्य कमजोर छ यसमा सबैले आफ्नो ठाउँबाट ईमान्दारीता देखाएर राज्यलाई उर्जा प्रदान गर्ने हो । तर, यातायात व्यवसायी यति अराजक छन कि यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले चाल्ने हरेक कदमलाई असहयोग गर्दैछन्। ट्राफिक जरीवाना बढायो भनेर सडक बन्द गर्ने कि राज्यले बनाएको नियम पालना गर्न प्रतिबद्धता जनाउने ? यहीबाट नै प्रष्ट हुन्छ तिनिहरुको दादागिरी र अराजकता । आज काठमाडौंको न्युनतम भाडा १३ रुपैया छ । तर त्यो कार्यान्वयनमा आएको छैन । सहचालकहरु खुलेयाम १५ उठाउँदैछन्। प्रतिवाद गर्न खोज्यो भने उल्टै कुटाई खान बाध्य छन् यात्रुहरु । विद्यार्थीहरुले पाउने सहुलीयत पुर्णरुपमा पाउन सकेको छैन्। न्युनतम १३ भाडामा ४५ प्रतिसत छुट दिदा ७ रुपैया दिए हुनेमा १० रुपैया तिर्न बाध्य छन् विद्यार्थीहरु। विद्यार्थीहरुको आन्दोलनबाट प्राप्त सहुलीयतको अधिकार लाई भिख दिए जस्तो व्यवहार गर्ने व्यवसायीरुको दिमागमा त्यही सहुलियत दिनको लागि सवारी किन्दा राज्यले छुट दिन्छ भन्ने कुरा छ कि छैन ? यात्रुहरु चाउचाउका प्याकेट कोचे जस्तो गरी कोच्चीएर यात्रा गर्न बाध्य छन् । त्यसमाथि सहचालकको रुख व्यवहारले कति पोल्छ होला यात्रुहरुको मन ? कहिले अनुगमन गरेका छन् यी व्यवसायीहरुले हामीले कस्तो सुविधा दिएका छौ भनेर ? दादागिरी देखाएर हुन्छ ? सिन्डीकेटले गर्दा आज यातायात क्षेत्रमा लगानी गरेर यात्रुलाई राम्रो सुविधा दिन चाहानेहरुले अवसर पाएका छैनन्। पाखुरा देखाएर यो क्षेत्रलाई भद्रगोल पार्दैछन् कथित व्यवसायीहरु । पछिल्लो समय ठुलो मानविय क्षति हुने गरी भएका दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही नै पाईएको छ। तर पनि यातायात व्यवसायी गम्भिर बन्न सकेका छैनन्। आज जनतालाई सुविधा दिने साधनहरु यात्रु मार्ने हतियार जस्तै बनेका छन्। दुर्घटना भवितव्य कुरा हो, यसमा दुईमत छैन् तर चालक कै लापरवाहीले पटक–पटक दुर्घटना हुनु सामान्य कमजोरी होईन्। यसप्रती व्यवसायीहरु गम्भीर बन्नु जरुरी छ। वर्तमान समय परिवर्तन र विकाशको हो । तर देशको राजधानीमा चल्ने सार्वजनिक सवारीलाई हेर्दा हामी कति पछाडी छौ भन्ने प्रष्ट हुन्छ । आज यदि यो देशमा व्याप्त यातायात सिन्डीकेट हट्यो भने यस क्षेत्रमा अरबौँ को लगानि भित्रिने निश्चित छ, यदि सरकारले सिण्डीकेट तोड्ने अाँट गर्‍यो भने । सहचालकको असभ्यताका साथै , जेब्रा क्रस, लेन ,टफिक लाईटको सम्मान नगर्दा राजधानीको सडक अस्तव्यस्त भईरहेको छ । एउटा होटलमा १५ रुपैयाँ तिरेर चिया खाँदा त्यहाँ हामीलाई कति राम्रो बोली वचन र व्यवहार हुन्छ? तर एउटा गाडिमा १५ रुपैया तिरेरै यात्रा गर्दा किन रुखो व्यवहार हुन्छ । आखिर यि दुवै व्यवसाय नै हुन । ग्राहकलाई सेवा दिएर नाफा कमाउने ।तर किन यति फरक? एउटा सीप भएको काठ मिस्त्री र त्यस्तै प्राविधिक सिप भएको चालक ज्ञानको हिसाबले समान हुन भलै क्षेत्र फरक होला । तर किन चालक भन्ने वित्तीकै हाम्रो मनमा फरक धारण बन्छ ? के कहील्यै सोचेका छन् चालक ,सहचालकहरुले ? यहाँ कसैप्रती आग्रह पुर्वाग्रह साध्न खोजेको होईन्। यातायात क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ। हामी राम्रा चालक–सहचालको सम्मान गर्छौँ । तर यस क्षेत्रमा देखाईने पाखण्डीपनाको विरोध गर्नै पर्छ। यसमा यातायात व्यवसायी गम्भीर बन्नु अहिलेको आवश्यकता हो। तर यसो भन्दैमा यातायात क्षेत्रमा भएको भद्रगोलको सम्पुर्ण दोषी नै यातायात व्यवसायी हुन भन्न खोजीएको पनि होईन। मात्र यती होकि उनिहरु आफ्नो उत्तरदायित्व र कतव्यबाट विमुख भएकै हुन्। यातायात व्यवासयाी आफ्नो जिम्मेवारी लाई ईमान्दारीता पुर्वक निर्वाह गरुन् सडकको स्तर उन्नती तथा अन्य पुर्वाधार तथा नितिगत कुरा विकासको लागि सरकारलाई स्वतः दवाव सृजना हुनेछ। आफु दादागीरी देखाउने, मनपरी तन्त्र लाद्ने, कानुनी राज्यको धज्जी उडाउने अनि सम्पूर्ण दोष सरकारको टाउकोमा थोपर्ने व्यवसायीको कार्य अनैतीक तथा अपाच्य हुनेछ। भक्तपुरमा साझालाई व्यवसायीहरुले अवरोध गरिरहेका छन्। आफुले पनि उत्कृष्ट सुविधा दिएर साझासँग प्रतिस्पर्धा गर्न किन डराईरहेका छन् व्यवासायीहरु? भोली व्यवसायीहरुले साझाले भन्दा उत्कृष्ट सेवा दिन सके भने एक दिन सर्वसाधारण साझा छोडेर उनिहरुकै सवारीमा यात्रा गर्नेछन्। आजको यस विकिसित समयमा हाम्रो सडक सभ्यता उत्कृष्ट हुनु जरुरी छ। यसमा व्यवसायीले ध्यान दिनै पर्छ। यहाँ केही साझाका बस चल्दैमा अब व्यवसायीहरुको कुनै काम छैन भन्न खोजिएको होईन। साझाका सिमित बसहरुले सबैतिरको माग धान्न पनि सक्ने होईन्। सवाल मात्र यो हो कि यातायात क्षेत्रमा यति ठुलो लगानि गरेर राज्यलाई ठुलो योगदान गरेका व्यवसायीहरुले आफ्नो सेवामा सुधार नगर्दा उनिहरुको योगदानको उचित कदर हुन सकेको छैन्। सवारी साधनमा यात्रा गर्ने यात्रुसँग उनिहरुको भावना पनि यात्रा गरिरहेको हुन्छ। त्यसकारण सवारीका सहचालक र चालकले रुखो र छुद्र बोल्दा उनिहरुको आत्मसम्मान र भावनामा ठेस पुग्ने कुरालाई ध्यान दिनु आवश्यक छ ।  

कार्यपालिका गठनका लागि एमाले–माओवादीबीच तालमेल

खोटाङ, असार २३ । नगरपालिका र गाउँपालिकाको कार्यपालिका गठनका लागि खोटाङमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् । १० बटा स्थानीय तह रहेको खोटाङ जिल्लामा स्थानीय तहको कार्यपालिका गठनका लागि रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, साकेला र बराहपोखरी गाउँपालिकामा एमाले र माओवादी केन्द्र तालमेल गरेका छन । एमालेको स्पष्ट बहुमत रहेका जन्तेढुंगा, केपीलास र लामीडाँडा गाउँपालिकामा भने एकलौटी गाउँकार्यपालिका बनाउने तयारी एमालेले

ऐन कानुन दिएर, प्रदेश र संसदको चुनाव घोषणा गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, असार २० । निर्वाचन आयोगले प्रदेश, संसद र राष्ट्रिय सभाको चुनावको लागि आवश्यक पर्ने ऐन कानुन दिन र चुनाबको मिति तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले संविधानले तोकेको समयसीमा भित्र प्रदेश, संघीय संसद र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक ऐन कानुन उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको हो । अयोगले प्रदेशको चुनाव असोज अन्तिम सातासम्म, राष्ट्रियसभा चुनाव कात्तिक दोस्रो सातासम्म र संघीय संसदको चुनाव मंसिर पहिलो सातासम्म गर्न उपयुक्त हुने राय सरकारलाई दिइएको छ । समयमै मतदाता नामावली सम्बन्धी ऐन संशोधन नभए २०७३ फागुन ९ गतेसम्म दर्ता भएका मतदातालाई मात्र चुनाबमा सहभागी गराउन  सकिने  आयोगले उल्लेख गरेको  छ ।

धनगढी उपमहानगरपालिकामा कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबर

कैलाली, असार २०  । कैलालीको धनगढी उपमहानगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएकामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मत बराबर आएको छ । बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएका थिए । वड र हमालले ५१ हजार ४७ मत ल्याएका छन । उममेयरमा भने कांग्रसको अग्रता कायमै छ । ६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट  अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याएर पछ्याइरहेका छन । ५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।

कैलालीमा शान्तिपूर्णरुपमा मतदान सुरु, ५ बजेदेखि नै लामबद्ध

धनगढी, १४ असार । कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन लागेकाले मतदाता मतदान गर्न निकै आतुर देखिएका थिए । निर्वाचनको समय बिहान ७ बजे भएपनि जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदाता बिहान ५ बजेदेखि नै लामबद्ध भएका देखिन्थे । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् । प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँच देखि बढीमा छजना कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख आर्यालले बताउनुभयो । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लामा धनगढी उपमहानगरपालिका, टीकापुरनगरपालिका, लम्कीचुहा नपा, भजनी नपा, गौरीगङ्गा नपा, गोदावरी नपा, घोडाघोडी नपा, कैलारी गाउँपालिका, बर्दगोरिया गापा, चुरे गापा, मोहन्याल गापा, जानकीनगर गापा, र जोशीपुर गापासमेत १३ स्थानीय तह रहेका छन् । उक्त सबै तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा छन् । कैलालीमा कुल चारलाख तीनहजार २८० मतदाता रहेकामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् । निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिह्न समावेश गरिएको मतपत्रको व्यवस्था गरेको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । रासस

शहर हराएकाहरु चुनाव लड्न गाउँ फर्केपछि…

गुल्मी, ७ असार । युद्धकालमा गाउँ छाडेर हिँडेका धेरै कांग्रेस एमालेका स्थानीय नेता शान्ति प्रकृयापछि धमाधम गाउँ फर्के, युद्धबाट आएका माओवादी कार्यकर्ता रोजगारीका लागि देश विदेश भौतारिए । तर गुल्मीको नेटा, दर्लिङ्ग, अर्खाबाङ्ग, छापहिले, अर्जे आसपासका केही गाविसमा भने त्यसको ठीक विपरीत भयो । शहर पसेका नेता गाउँ सम्झेर फर्केनन् तर बहुदलिय व्यवस्थामा आफ्नो गाउँलाई विकट भनेर नामाकरण गरीएको भन्दै लामो भुमिगत जीवनबाट फर्केका माओवादी कार्यकर्ता गाउँ डुल्न थाले । १२ वर्षमा गाउँमा बाटो बने, धारामा पानी आयो, विजुली बल्यो, गाउँको पुरानो संरचना नै फेरीएर नयाँ बन्यो । गाविस फेरीएर गाउँपालिका बनेपछि, गाउँमा विकासको लहर चलेपछि भने गाउँ छाड्ने र गाउँ बस्ने नेताहरुको भेट जुराईदिएको छ, स्थानीय तह चुनावले । करीब एक दशकदेखि मधेस झरेका मालिका ४ अर्खाबाङ्गका रीत बहादुर थापा, दुई दशकदेखि काठमाडौ छिरेका मालिका ७ घमिरका ज्ञानबहादुर कार्की रआधा दशक भूमिगत भएपछि गाउँ बसेका मालिका ६ अर्जेका देविराम अर्याललाई यो संयोग जुरेको हो । उनीहरु तीनै जना अहिले मालिका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । सानोतिनो कामका लागि पनि सदरमुकाम र काठमाडौ धाईरहनुपर्ने बाध्यता हटाई सबै अधिकार गाउँमै ल्याउँछौँ भन्दै लडेका अर्याल आफ्नो पार्टीको एजेण्डाले जितेपछि खुसीसाथ आफू जनताको साथ पाउने आशमा चुनावी मैदानमा होमिए तर उनलाई चुनौति दिन आईपुगे लामो समय शहर बसेका कार्की र थापा । कार्कीः गाउँका राम्रा शिक्षक, शहरका सफल बोर्डिङ्ग सञ्चालक छिमेकी गाविसको अर्जे मावि र आफ्नै गाउँको देविस्थान माविका शिक्षक रहेका कार्की २०५४ सालमा काठमाडौं छिरेका हुन् । काठमाडौमा राम्रो बोर्डिङ्ग स्कूल चलाएका उनी लामो समयपछि गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेर गाउँ छिरे । उनी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । निजि विद्यालय सञ्चालनमा सफल मानिने उनी २ दशक अघि गाउँमा हुँदा राम्रो शिक्षकको रुपमा कहलिएका थिए । थापाः पहिलाका सोझा नेता, बुटवलका सफल घरजग्गा व्यवसायी अर्खाबाङ्गका थापा लामो समय गाउँमै बसेर नेकपा (एमाले)को राजनीति गरेका व्यक्ति हुन् । २०५४ सालमा ईलाका सदस्यको रुपमा निर्वाचित रहेका उनी २०६० सालदेखि रुपन्देही झरे । २०६४ को संविधान सभा निर्वाचनमा गाउँ पुगेर प्रचारप्रसारमा जुटे । आफ्नो घरजग्गा व्यवसायका कारण त्यसपछि भने गाउँमा विरलै देखिएका उनी एकैपटक गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर गाउँ छिरे । अर्यालः युद्धकालका सिपाही, शान्तिकालका विकासे नेता तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धमा लागेका अर्याल अर्जे निवासी हुन् । उनी २०५६ सालमा जनयुद्धमा होमिए । शुरुमा जनमुक्ति सेनाको प्राविधिक विभागमा रहेका अर्याल २०५८ साल असार २२ मा घाईते भएपछि संगठनतर्फको जिम्मेवारी लिएर गाउँ छिरे । त्यस–उप्रान्त युद्धकालमा नै गाउँमा बाटोघाटो बनाउने अभियान शुरु गरेका उनी निरन्तर गाउँमै बसे । बजेटका लागि काठमाडौ धाईरहने उनी गुल्मीको जिल्ला पार्टी संगठन, गाउँका संघसंस्था र विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरीरहेका छन् । त्यस क्षेत्रका विद्यालय, बाटो, विद्युत, खानेपानी, सिँचाई, पर्यटन लगायतको विकासका लागि आफू लडेको दावी गर्ने अर्यालले राजनीतिक पहुँचको आधारमा अरबौँ रकम आफ्नो गाउँ लगेको समाचार गत बैशाख २८ गतेको हिमाल खवरपत्रिकाले छापेको छ । पर्यटक भर्सेज बजेट प्रतिस्पर्धामा उत्रेपछि सबैले आफ्नो र आफ्नो पार्टीको गुणगान नै गाउँछन् तर मतदाताले भने आफनै तरीकाले विश्लेषण गर्छन् । मालिका गाउँपालिकाका अध्यक्षका प्रत्यासी तीन जनालाई पनि मतदाताले आ–आफनै पहिचान दिएका छन् । कांग्रेसका कार्की र एमालेका थापालाई १० वर्षभन्दा लामो समय नफर्केपछि पर्यटक उम्मेदवार भनेर आलोचना गर्छन । तर चुनावी प्रचार अभियानका क्रममा मतदातालाई प्रष्ट पार्ने क्रममा कार्की र थापा दुवै जनाको एकै खाले भनाई छ ‘हामी रोजगारीको आवश्यकताले व्यवसायका लागि शहर छि¥यौँ, गाउँको आवश्यकताले गाउँ फर्कियौँ । तर जनताले शहर पसेर गाउँ बिर्सनेको साटो स्थानीय उम्मेदवारलाई अवसर दिएर सहयोग गर्नुपर्ने जनताको सुझाव छ । ‘उहाँहरुको आवश्यकताले व्यवसाय गर्नुभयो भने अब गाउँ आएर मेहनेत गरेपछि मात्र उम्मेदवारी पाउनुपर्ने हो, गाउँमा दिनरात खटेकालाई यसपाली दिनुपर्ने थियो’ घमिरका कृष्ण लम्सालले भने ‘गाउँमा पैसा सकेर राजनीति गर्ने पाखा, शहरबाट आएर पैसा खन्याउने काखा हुँदा गाउँको विकासका लागि ध्यान पुग्दैन ।’ उता अर्यालको पनि एउटा क्षेत्रमा मात्र मनलाग्दी बजेट ल्याउने भनेर गाउँमा आलोचना हुने गरेको छ । ‘विकासका लागि सबै क्षेत्रलाई हेर्नुपर्छ, उहाँको पहुँच भयो भन्दैमा मालिकामा मात्र धेरै बजेट ल्याउँदा देशका ७ सय ४३ स्थानीय तह हेर्नुपर्दैन ?’ अर्खाबाङ्गका खुमानन्द अर्यालले  भने ‘सुनिन्छ गुल्मीमा आएको बजेटको पनि ४१ प्रतिशत मालिकामा आयो रे, के हाम्रो मात्र विकास भएर सबै समस्या समाधान हुन्छ ?’ हिमाल खवरपत्रिकाका अनुसार राज्यमन्त्रीलाई सिधै पत्र लेखि अरबौँ रकम रकमान्तर गर्ने उनी एकमात्र नेता हुन् । पछिल्लो बजेट अनुसार नेपालभरी सबैभन्दा बढी रणनीतिक र प्रादेशिक सडकले जोडिने मालिका एकमात्र गाउँपालिका हो, जहाँ प्रादेशिक र रणनीतिक महत्वका ठूला सडकमात्रै ५ वटा सडक सो गाउँपालिका हुँदै जोडिन्छन् । यसबाहेक प्रत्येक टोल–टोलका साना मोटरबाटोका लागि करोडौ रुपियाँ विनियोजन भएको छ । तर अर्याल यो आलोचना गलत भएको बताउँछन् । ‘हामी राजनीति गर्नेको काम नै गाउँको विकासका लागि लडेर बजेट ल्याउने हो’ उनले भने ‘बरु म बजेट ल्याउँछु, गाउँमा हातेमालो गरेर विकासका काम प्रभावकारी बनाउनुप¥यो ।’ कार्की र थापा बसाईसराई नै गरेर सपरीवार जिल्लाबाहिर बसोबास गर्छन् तर जनयुद्धकालमा प्रेम बिवाह गरेकी अर्यालकी श्रीमति रीज्जु श्रेष्ठलाई माओवादी केन्द्रले रुपन्देही जिल्ला कोषाध्यक्षको जिम्मेवारी दिएकोले उनी पारिवारीक भेटघाटमा समेत समय मिलाउन नसक्ने समस्यामा छन् । ‘मेरो पहिलो प्राथमिकता गाउँको विकास हो, त्यसका लागि काठमाडौं धाउने क्रममा रुपन्देही बसेर परीवारसँग भेट्छु’ उनले भने ‘सपरीवार जिल्लामै बस्नेगरी जिम्मेवारी दिन पार्टी तहमा पनि पहल गरीरहेको छु ।’ खबरडबलीबाट

नयाँ शक्तिमा भूईंचालो, ६१ केन्द्रीय नेताहरु माओवादी केन्द्रमा

काठमाडौं, असार ७ । नयाँ शक्ति नेपालमा ठूलो पहिरो गएको छ । पार्टी निकट बिभिन्न जनवर्गीय संगठनका ६१ जना केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज लाजिम्पातमा टिका लगाउँदै स्वागत गरे । नव प्रवेशीहरुको नामावली १) ओमकुमारी पौडेल (तनहुँ)–संस्थापक संयोजक नयाँ शक्ति विद्यार्थी युनियन २) नबराज बराल,.कास्की–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल ३) युवराज दाहाल (झापा)–प्रमुख, स्ववियु विभाग (नयाँ शक्ति विद्यार्थी युनियन) ४) सुमन आचार्य (खोप्लाङ, गोरखा)–संयोजक, प्रदेश नं ४ (नयाँ शक्ति विद्यार्थी युनियन) ५)  मुकुन्द कार्की (ओखलढुङ्गा)–केन्द्रीय परिषद सदस्य ६) कृष्ण भट्टराई (भक्तपुर)–प्रमुख अतिरिक्त खेलकुद विभाग (विद्यार्थी) ७) शिव न्यौपाने (रुपन्देही)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ८) फणिन्द्र फुयाँल (सिन्धुली)–संयोजक, प्रदेश नं ३ (प्रेस सोसाईटी नेपाल) ९) ओमप्रकाश महतो (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १०) सञ्जिव रेग्मी (धादिङ)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ११) देवराज गुरुङ्ग (गोरखा)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल १२) धिरज खनाल (गोरखा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान १३) ममताकुमारी शर्मा (धनुषा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १४) अरबिन्द शाह (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १५) दिलीप तामाङ (रसुवा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान १६) राधेश्याम शाह (महोत्तरी)–संस्थापक संयोजक, प्रदेश नं २ (विद्यार्थी) १७) दिनार श्रेष्ठ (चितवन)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १८) दिनेश तामाङ (संखुवासभा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १९) शेखर मण्डल (बारा)–केन्द्रीय सदस्य (विद्यार्थी) २०) सुनिल पोखरेल (गोरखा)– केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) २१) निरज बम (कैलाली)–केन्द्रीय सदस्य (विद्यार्थी) २२) अर्जुन यादव (सर्लाही)–केन्द्रीय सदस्य (विद्यार्थी) २३) भरत साफी(धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २४) सुरेन्द्र शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २५) हिमान्सु शाह (सिराह)–केन्द्रीय सदस्य (विद्यार्थी) २६) रञ्जन कुमार शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २७) उचित दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) २८) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) २९) रामसुधन फुयाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ३०) रमेश भण्डारी (सुर्खेत)–केन्द्रीय सदस्य (विद्यार्थी) ३१) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी) ३२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ३३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी) ३४) नितेश श्रेष्ठ (मकवानपुर)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ३५) राकेश कुमार शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३६) जितेन्द्र कुमार दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३७) घनश्याम शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३८) प्रणशु केशव झा (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) ३९) अनिता बास्कोटी (नवलपरासी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४०) मनिस शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४१) अविनिश शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ४३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी) ४४) गणेश श्रेष्ठ (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ४५) झलक छाडुली (मकवानपुर)–केन्द्रीय सदस्य (विद्यार्थी) ४६) संग्राम वल लामा–केन्द्रीय सदस्य (विद्यार्थी) ४७) विशाल रसायली–केन्द्रीय सदस्य (विद्यार्थी) ४८) आषिस दाहाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ४९) योगराज खड्का (बाजुरा)–केन्द्रीय सदस्य (विद्यार्थी) ५०) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी) ५१) सन्तोष नेपाली–केन्द्रीय सदस्य (विद्यार्थी) ५२) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ५३) अनिस पन्त–केन्द्रीय सदस्य (विद्यार्थी) ५४) विवेक कुमार यादव–केन्द्रीय सदस्य (विद्यार्थी) ५५) प्रान्सु झा–केन्द्रीय सदस्य (विद्यार्थी) ५६) प्रमोद यादव–संयोजक, जेईसी (विद्यार्थी) ५७) मुकेश मिश्र–संयोजक, एनसीई (विद्यार्थी) ५८) रुपेश यादव–केन्द्रीय सदस्य (विद्यार्थी) ५९) योगेश दास–संयोजक, किस्ट (विद्यार्थी) ६०) पंकज दास–संयोजक, सगरमाथा (विद्यार्थी) ६१) प्रमोद यादव–संयोजक, जेक (विद्यार्थी

कैलालीमा पनि लोकतान्त्रिक फोरम, यस्ता छन् उम्मेदवार

लोकेश धामी, धनगढी, असार २ । नेपाल लोकतान्त्रिक फोरमले कैलालीको ११ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारको कार्य व्यस्तताका कारण ढिलो गरी उम्मेदवारको टुङ्गो लगाएको सो पार्टीले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरी जनाएको छ । लोकतान्त्रिक फोरमले धनगढी उपमहानगरपालिकाको प्रमुखमा प्रेम बिसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपप्रमुखको टिकट दुर्गा कुश्मीले पाउनु भएको छ । यसैगरी, गोदावरी नगरपालिकाको प्रमुखमा शारदा केसी र उपप्रमुखमा मणिराम चौधरीलाई उम्मेदवार बनाइएको छ । टीकापुर नगरपालिकाको मेयरमा लौटन चौधरी र उपमेयरमा सुदेशनी चौधरीलाई टिकट दिएको पत्रकार सम्मेलनमा जनाइएको छ । लम्की–चुहा नगरपालिकाको मेयरमा अरुणकुमार चौधरी र उपमेयरमा धनदेवी चौधरीले टिकट पाउनु भएको छ । यसैगरी, भजनी–त्रिशक्ति नगरपालिकाको प्रमुखमा केवल चौधरी, उपप्रमुखमा धनवासी चौधरीलाई उम्मेदवार बनाइएको छ । घोडाघोडी नगरपालिकाको मेयरमा चन्द्रकुमार चौधरी र उपमेयरमा चैतीदेवी विश्वकर्माले टिकट पाउनु भएको छ । यस्तै, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा खुशीराम चौधरी र उपप्रमुखमा शारदा चौधरीले टिकट पाउनु भएको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा कलेशु चौधरी, उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा बिरु चौधरी, उपाध्यक्षमा किरण चौधरीले टिकट पाउनु भएको छ । बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बिरबहादुर डङ्गौरा, उपाध्यक्षमा कृष्णकुमारी चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा प्रदीपकुमार चौधरी तथा उपाध्यक्षमा उमा महतोलाई टिकट दिइएको छ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी एकीकृत भएर नेपाल फोरम लोकतान्त्रिक पार्टी गठन भएको हो । जिल्लामा गाउँपालिका अध्यक्ष सहित सदस्यहरुको टुङ्गो जिल्ला समितिले र नगरपालिकाका उम्मेदवारको टुङ्गो जिल्लाले सिफारिस गरेको आधारमा केन्द्रले लगाएको थियो । कैलालीमा १३ वटा स्थानीय तह रहे पनि चुरे र मोहन्याल गाउँपालिकामा सङ्गठन क्रियाशिल नरहेकाले दुई गाउँपालिकामा उम्मेदवार छनोट नगरेको सो पार्टीका सह अध्यक्ष भानुराम थारुले बताउनुभयो । उहाँले मुद्दा र विचार मिल्ने पार्टीहरुसंग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुन सक्ने उल्लेख गर्नुभयो । ‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ’, थारुले भन्नुभयो–‘तर, निर्णय भएको छैन । मुद्दा मिल्ने पार्टीसंग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय रहेकाले तालमेल गर्न सकिन्छ ।’ यसअघि, संविधान जारी हुनु अगाडि दुवै पार्टी आन्दोलनमा थिए । संविधान जारीपछि मधेसी जन अधिकार फोरम लोकतान्त्रिक सरकारमा गएको थियो । भने, संविधान संशोधन गर्नु पर्ने माग सहित थरुहट तराई पार्टीले आन्दोलन जारी राखेको थियो । एकतापछि यो पार्टी प्रचण्ड नेतृत्वको सरकारबाटै निरन्तर मन्त्रीमण्डलमा समावेश भएको छ । आन्दोलनरत तत्कालिन थरुहट तराई पार्टी सरकारमा पुगेका कारण स्थानीय तहको निर्वाचनमा थारु समुदायको सहभागिता बढेको छ । राजपा आबद्ध थारु बाहेक अब सबै चुनावमा होमिएका छन् । एकतापछि यो पार्टी कैलालीको केहि गाउँपालिकामा बलियो समेत बनेको छ । २०७० को संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ र ३ मा बाजी मारेर तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले यहाँको सवालमा मुलुककै ठूलो पार्टी काङ्ग्रेससंग हैसियत बराबरी गरेको थियो । काङ्ग्रेसले पनि कैलालीको दुई वटा क्षेत्रमा संविधान सभाको चुनाव जितेको थियो । पार्टी एकतापछि यो पार्टीले स्थानीय तहको चुनावमा केहि गाउँपालिकामा प्रभाव पार्न सक्ने बताइएको छ । यसैबीच, धनगढी उपमहानगरपालिकामा प्रमुखको उम्मेदवार प्रेम बिसीले नगरको समग्र विकास, स्वच्छ, समृद्ध नगर बनाउने प्रतिबद्धता चुनाव जित्ने आधार रहेको बताउनु भएको छ । उहाँले बजार बाहेक उप–महानगर क्षेत्रको ग्रामीण क्षेत्रमा विकास हुन नसकेको उल्लेख गर्दै विकासको सुरुवात अब गाउँबाट गर्ने एजेण्डा सहित चुनावी अभियानमा लाग्ने बताउनुभयो । आफू जितेमा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसंग जोड्ने, खोलानालाको अतिक्रमण हटाउने, सरकारी जग्गामा भएको अतिक्रमण हटाएर ग्रीन पार्क बनाउने, धनगढीमा सीटी बस सञ्चालन गर्ने, किसानको सुविधाका लागि शित भण्डारको स्थापना गर्ने लगायतको एजेण्डा रहेको बिसीले बताउनुभयो । उहाँले धनगढी आदिवासी जनजाति राना थारुको आदिम थलो रहेको कारण यहाँ नमूना राना थारु क्षेत्र बनाउने समेत प्रतिबद्धता जनाउनु भएको छ । यो क्षेत्रको राजनीति र समुदायमा आफू चिरपरिचित रहेका कारण जनताले भोट दिएर जिताउने बिसीले विश्वास व्यक्त गर्नुभयो ।