कविता : प्रेम र सम्भोग

जसरी दिन र रातको सम्बन्ध छ
त्यस्तो सम्बन्ध,
जहाँ दिनको उपस्थितिमा
रात बिलिन हुन्छ र
रात आउँदै गर्दा दिन ढल्दै जान्छ।
कस्तो अटुट सम्बन्ध
अनवरत सम्बन्ध !
जुन एकपछि अर्को निश्चित छ ।

जसरी जन्म र मृत्युको सम्बन्ध
त्यस्तो सम्बन्ध,
जब कोहि जन्मिन्छ, जन्म- मृत्युसँगै जोडिएर आएको छ।
हो त्यसरी नै, प्रेम र सम्भोग त्यस्तै-उस्तै होलान् ।

जहाँ बिहानी जस्तै हरेक आशाहरू लिएर आउछन्
र जन्मजस्तै
जहाँ सुनौला भोलिहरूका टुसा जागृत हुन्छन्
र सम्भोग रात जस्तै
जुन एकदम नितान्त हुन्छ
सुनसान हुन्छ । तर
अन्तरालमा खलबली मचाइरहेको हुन्छ
र मृत्यु जस्तै जुन
निश्चित छ । तर भरोसीत छैन
निश्चित छैन् । तर अमान्य छैन् ।

जब प्रेमसँग सम्भोग जोडिएको हुन्छ
तब प्रेम दिनजस्तै विलिन भएर जानेछ
र मृत्यु पछिको अस्तित्वहिन जन्म झै निरीह हुनेछ
र सायद त्यहि समय नै
भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ ।

हाल: टेक्सास, अमेरिका

एक्लिए बाबुराम, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्ने

काठमाडौं, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति फुटाउन माओवादीलगायतका पार्टीले षडयन्त्र गरिरहेको स्टाटस लेखिरहँदा उनकै सहयात्री खिमलाल देवकोटाले भने राजिनामा दिइरहेका थिए । खिमलाल देवकोटा नयाँ शक्तिभित्र सक्रियरुपमा खटिएका नेता थिए । खासगरी पार्टीका नीति र कार्यक्रमहरुको प्रचार र प्रसारमा उनको भूमिका अहम् थियो । शुरुआती दिनहरुमा देवकोटाले पार्टीका हरेक सामग्रीहरुको प्रचारका लागि योजनाबद्ध काम शुरु गरेका थिए । तर पार्टीभित्र निर्वाचनमा पराजयपछि जुनखालको छलफल र मन्थन हुनुपथ्र्यो, त्यसको साटो पद र अवसरको बहस शुरु भएपछि उनले राजिनामा दिएको घोषणा गरे । खिमलाल एउटा उदाहरण मात्रै हुन, नयाँ शक्तिभित्र पछिल्लो समयमा देखा परेको गैर राजनीतिक कार्यशैलीका कारण लामो समय पार्टी पद्दतीमा हुर्केकाहरु खिन्न भएका छन् । विचार जे जस्तो भएपनि पार्टी एउटा पद्दतीमा अघि बढ्नुपर्छ भन्नेहरु अहिले शक्तिका लागि जे पनि गर्ने बाबुराम लाइनका कारण निराश भएका हुन । पार्टीभित्रै अन्तर्सघंर्ष गरिरहेका उनीहरुले बाबुरामलाई वैचारिक दृष्टिले छोडेका छन् । अर्थात्, बाबुरामले षडयन्त्रको जतिसुकै कुरा गरेपनि आन्तरिक कारणले नै उनी एक्लो पर्दै गएका छन् । बाबुरामसँग निराश भएका नेताहरुले पार्टी नै छोड्ने अभिव्यक्ति नदिएपनि पार्टीभित्र बाबुराम एक्लिँदा जुन मिशनका साथ नयाँ शक्ति गठन भएको थियो, त्यो पुरा नहुने उनीहरुको चिन्ता छ । सिँगो जीवन राजनीतिक आस्था र समर्पणमा बिताएपछि जीवनको उत्तरार्धमा केही नयाँ गरौं भन्दा पुरानो भन्दा पनि झन स्खलित वैचारिक अवस्था सिर्जना भएपछि धेरै जसो नेताहरु अहिले वैचारिक संकटमा परेका हुन । बाबुरामले नयाँ शक्ति गठन गरेको दिन प्रचण्डले भनेका थिए– मैले २६ वर्षसम्म बाबुरामलाई झेले, अरुले एक वर्ष झेलेर देखाउन । अहिले त्यही सही भएको छ । बाबुरामलाई झेल्नु गारै रहेछ भन्ने निष्कर्शमा अधिकांश पूर्व सहयात्रीहरु पुगेका छन् । केही अझै उनकै समर्थनमा छन् तर पार्टी फुटाउन हुन्न भन्ने मत व्यक्त गरेपनि बाबुरामको यो कार्यशैलीसँग चाहिँ सहमत हुन सकिन्न भन्नेको जमात बढी छ । पछिल्लो बैठकले पार्टीमा नयाँ जीवन दिन सकेन । आशा गरिएको थियो, यो बैठकले कम्तीमा संगठनात्मक र वैचारिक मन्थन गर्ला भनेर । तर त्यसो भएन । बैठकमा अधिकांश नेताहरुको असन्तुष्टि मात्रै सुनियो । त्यहाँ सिर्जनात्मकता देखिएन । बैठकपछि जुन उर्जा नेताहरुमा देखिनुपथ्र्यो, त्यो देखिएन । बरु विकल्प खोज्नैपर्ने हो त ? भन्ने अवस्थामा नेताहरु पुग्न थालेका छन् । यो भनेको बाबुरामको कार्यशैलीका कारण हो भन्ने स्पष्ट भएको अवस्था छ । बाबुरामले आफ्नो पार्टी माओवादीसँग एकीकरण हुनै नसक्ने कुरा बारम्बार भनिरहेका छन् । त्यो भित्र उनको डर र असफलताले जन्माएको कुण्ठा लुकेको देखिन्छ । त्यसैले कुनै बेला नयाँ नेतृत्वलाई पार्टी हस्तान्तरण गर्ने, कुनै बेला ५ वर्षपछि हस्तान्तरण गर्ने, कुनै बेला चुचुरो उक्लिने जस्ता उनका अभिव्यक्ति सार्वजनिक भएका छन् । यता उनकै समकक्षमा खुलेका साझा र विवेकशीलबीच एकता भएपछि बाबुरामलाई झनै तनाव भएको छ । अहिले अवस्था के छ भने, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्छ । तर यो फूट अरु पार्टीहरुको षडयन्त्रका कारण भने हुने छैन । किनभने अरु पार्टीलाई त्यो षडयन्त्र गर्नु आवश्यक नै छैन । जसरी माओवादीभित्रको फूट आफ्नै कारणले भयो, त्यही कुरा नयाँ शक्तिमा पनि लागु हुने छ । नयाँ शक्तिभित्र बाबुरामले जसरी विचार, विधि र पद्दतीलाई सही ढंगले स्थापित गर्न सकेनन्, अबको फूट, पलायन र स्खलन त्यही कारण हुने छ । समस्या के छ भने बाबुराम चेत्दैनन्, उनी आत्मवादी छन् । उनका लागि उनले जानेको सत्य हो । उनले बुझेको साँचो हो । उनी ‘म’ बाट शुरु गर्छन् । ‘हामी’ भन्न उनको दिमागमा नै आउँदैन । मैले यसो गरेँ, मैले यहाँ ल्याइपुर्याएँ, मैले गर्दा यसो, मैले नभए उस्तो…। उनका हरेक अभिव्यक्तिमा झल्किने यो ‘म’ नै अहिलेको मुख्य समस्या हो । तर उनी यो सच्याउन चाहँदैनन् । यो प्रवृत्तिका रुपमा विकास भइसकेको छ । यही कारणले अहिले नयाँ शक्ति संकटमा परेको हो । यो संकटबाट सहजै अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । विकल्प खोज्नैपर्ने अवस्थामा सबै पुगेका छन् । तर विकल्प खोज्दा उचित अवतरण या समायोजनको विकल्प नभेट्दा सम्म बाबुरामलाई थेग्नैपर्ने बाध्यतामा पनि उनीहरु छन् । (नयाँ शक्तिका एकजना नेतासँग गरेको कुराकानीमा आधारित)

गजलः तिम्रो यादमा भएपनि बाँचेको छु

केशव धौंलाकोटी जसो तसो यो जिन्दगी काट्दैछु तिम्रो यादमा भएपनि बाँचेको छु लाग्दैन कोही पनि आफ्नो आज जिन्दगीमा एक्लै यात्राहरू गर्ने छु चाहिँदैन तिम्रो झुठो माया मलाई स्वार्थी दुनियाँमा यक्लै बाच्नेछु निष्ठुरी तिम्रो याद धेरै आएको छ तिमीसित बिताएको पलहरू सम्झेको छु झुठो रहेछ तिमीले खाएको वाचा–कसम त्यही दिनको यादमा टोलाउँदै बसेको छु फेसबुकबाट साभार

जोक्स: के म तिम्रो ( * ) ( * ) छुन सक्छु ?

केटा : के म तिम्रो ( * ) ( * ) छुन सक्छु ? . . केटी : what ?? ….त साले कुकुर … उत जा…. सबै केटाहरु उस्तै हुन्छन भनेको हो रै छ ! . . . केटा : ओह हो जिस्केको के ….. I’m sorry plz… …( हे भगवान यस्लाई कसरी मनाउने) . . केटी : Its ok …but अब देखी यस्तो नभन ल ? . . केटा : OK….( झन्डै कुरा बिग्रेको, Thank God ! ).. . . (अर्को दिन).. . . केटा : Darling के म तिम्रो धड्कन महसुश गर्न सक्छु ? . . . केटी : OK.. You can 🙂 . . . . . . Moral : Don’t change your Intension. Be Cool & Change your Style. (खाेया डटकमबाट साभार )

युग पाठकको ‘माङ्गेना’ १७ गते बजारमा

काठमाडौं, असार १४ । लेखक युग पाठकको दोस्रो पुस्तक “माङ्गेनाः नेपाल मन्थन’ यही असार १७ गते विमोचित हुने भएको छ । पुस्तक एक दर्जन बढी विषयमा पाठकले लेखेका वैकल्पिक चिन्तनहरु सहितको गैरआख्यान हो । यसअघि लेखकले उर्गेनको घोडा नामक ऐतिहासिक उपन्यास लेखेका थिए । पाठकका अनुसार, नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक इतिहास लेखनमा शासकीय दृष्टिकोण अपनाइएको र यसलाई जनताको दृष्टिकोणबाट लेखन गर्नुपर्ने आवश्यकता महशुस गरेर पुस्तक लेखिएको हो । विमोचन हुन लागेको पुस्तक “माङ्गेनाः नेपाल मन्थन’मा पाठकले इतिहास र राष्ट्रवादबारे प्रश्न उठाउँदै लेखेका छन्, “यो कस्तो राष्ट्रवाद हो, जसले जनताको सास्ती घटाउन कुनै पहल गर्दैन र दिल्लीतिर चोर औंला देखाएर सारा कर्तव्यबाट च्युत हुन्छ ? वर्तमानमा इमानदारिता देखाउँदैन र जनताको सकसमाथि सकस थपिरहन्छ्र । चीनतिर इशारा गर्छ र जनतालाई झुक्याइरहन्छ्र इतिहासभरी नक्कली राष्ट्रवाद यस्तै देखिएको छ्र ।” उनले लेखेको पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा माङ्गेनाको के अर्थ हो त ? भन्ने प्रश्नमा पाठकले भने, “यो लिम्बु भाषाबाट लिईएको शब्द हो, जसको अर्थ शिर उँचो गर्ने सांस्कृतिक अनुष्ठान हुन्छ । मैले यो पुस्तकमा यसलाई दार्शनिक ढंगबाट प्रयोग गर्दै इतिहासमा दमन गरिएका सबै आम नेपाली जनताको शिर उँचो गर्नु पर्ने आवश्यकता तर्फ औलाउँदै यस शब्दलाई प्रयोग गरेको हो ।”

कविता: “तथस्त”

यादव कुमार पंडित ‘प्यूठान” खासै सम्पर्कमा नआउने उन्नतिले उत्तर फर्काएन कोशिस ले हेरम भन्यो प्राप्तिले समय फेरम भन्यो । दुखः लाई डाक्नैनपर्ने सुख सङ्ग करिबको चिनजान थिएन । संघर्ष लाई सघाउने गरि आउनु है भनेको उधारो लाई चुक्ता गर्ने गरि पालिदिनु भनियो । दिन–रातले हमेशा नडोर्याएका पनि होईनन् । साउतीले सुल्झाउँछ जिवन हालैको हो सम्झनु । म यता सोच्छु ऊता सोच्छु । म बाच्नको लागि साहित्यमा चलाएमान भएको छु तसर्थ, आज खामोशीमा जिवन सङ्ग केहि कुराको जवाफ माग्दैन ।

कथा : ग्रामीण पर्यटनको !

रूद्रप्रसाद भट्टराई गाउँसँग ग्रामीण पर्यटन जोडिएपछि थुप्रै गाउँहरु आज पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएका छन् । सम्पूर्ण विषयले देशभित्र महत्वपूर्ण स्थान पाउँदा यो क्षेत्रपनि क्रमशः विकशित स्वरुपमा परिचित बन्दै गएको पनि छ । धेरै कथाको बीचमा आज एक कथा लेख्न मन लाग्यो ‘कथा ग्रामीण पर्यटनको’ । घुमेका स्थानहरुको कथा र डायरी अनेक हुन्छन् तर समग्रतालाई पर्यटनको कथा बनाउनु अत्यन्तै मुश्किल कार्य हो । सोचेँ अनि लेख्न सुरु गरेँ यो प्रकृतिको कथा बिक्छ ! बिकोस या नबिकोस सम्पूर्णताको कथा बनाउने यो प्रयासको थालनी मानौँला भनेर । कथा सुरुहुन्छ इतिहास, प्रकार, सौन्दर्यता, र जीवनस्तरको वृद्धि अनि अन्त्य हुन्छ ग्रामीण पर्यटनको प्रवद्धनमा । नेपालमा बढी फस्टाएको पर्यटकीय प्रकारहरूमा धार्मिक, मनोरञ्जनात्मक, प्राकृतिक, र साहसीक पर्यटन पर्दछ । त्यसमा पनि ग्रामीण पर्यटन पछिल्लो आर्थिक—सामाजिक उपार्जनको अभिन्न अँग बनेको छ । यहि पर्यटनका विभिन्न प्रकारहरूलाई चुम्न वर्षमा करिब ८ लाख माथि पर्यटकहरू देशमा भित्रिन्छन् अनि धित नमरिञ्जेल फर्किदैनन् । एकाध घटना बाहेक असुरक्षा भयो र मज्जा आएन भन्ने पर्यटकहरू खासै भटिएका छैनन् अभिलेखहरूमा । जसरी पर्यटकहरू नेपाल भित्रिएपनि फर्कने बेलामा खुसी—खुसी फर्कने प्रबृति बढ्दै गएको छ अहिले । आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरूपनि क्रमशः देश दौडाहामा निस्कन थालेका छन । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, पछिल्लो समय आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ । रूद्रप्रसाद भट्टराई १३ औँ शताब्दीबाट सुरुभएको पर्यटन् शब्द १९ औँ शताब्दीबाट मात्र योजनावद्ध र स्थापीत भयो । हुँदा—हुँदा ९० को दशक पछाडि त ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान र सौन्दर्यता, परिकार र उत्पादनको सहायताले ग्रामीण जीवनस्तर अभिवृद्धि गराउने उद्धेश्यले ग्रामीण पर्यटनको स्थापना भएको पाइन्छ । पर्यटन क्षेत्रमा देखिएको विविधिकरण सँगै ग्रामीण पर्यटनको पनि सम्भावनाहरूमा वृद्धि हुँदै गएको छ । यसले नविन गन्तब्यहरूको पहिचान, प्रारम्भिक अध्ययनसँगै स्थानको रेखाचित्र र आयोजनाहरूमा बढवा दिएको छ । कुना काप्चाका स्थानहरूमा द्रुत्ततर रुपमा कामहरू अघि बढ्नु यसको तौलदार प्रमाण हो । अनवरत् यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन ग्रामीण विकासको सहयात्री बन्न पुगेको छ । ग्रामीण पर्यटन गाउँको अमिश्रित अर्थात शुद्ध पर्यटन हो जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यस पर्यटनले कहिँ र कतै धित नमरेको मनलाई स्वादीलो पानी बनी प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र उतरार्र्ध समयमा गाउँमै प्राणत्याग गर्ने इच्छा राखेका हुन्छन् अधिकाँशले । तसर्थ, ग्रामीण पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तिनले पकाएका गाउँका उत्पानको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । ग्रामीण पर्यटनका स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको प्रवद्र्धन, उत्पादनको खपत, रोजगारीको अवसर, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, ग्रामीण उद्योगको विकास, प्राकृतिक वातावरणको सँरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी आदि सकारात्मक पक्षहरूभित्र पर्दछन् । यसका साथै मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी भने यस पर्यटनका नकारात्मक पक्षहरूभित्र पर्दछन् । आखिर यसका सवल र दुर्वल दुबै पक्षहरू भएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गर्नेकुरामा दुइमत हुन सकिँदैन । पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावनाहरू रहेको हाम्रो देशमा यस क्षेत्रको सन्तुलित उन्नती गर्न सकेमा देशले काँचूली फेर्न सक्छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको महतम् परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्दछ । यसको लागि देशको जँगल, जमीन, जडिबुटी, जल र खनीजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको सँरक्षण गर्नु अपरिहार्य छ । साथै आधुनिक सहर, गाऊँ, स्थानीय ज्ञान र सीप, वातावरणप्रेमी स्थानहरू, पार्क, जँगली जनावरहरू, निकुञ्ज, शैक्षिक केन्द्र, पहाडी क्षेत्र र जनजीवन, फुलहरू, सँस्कृति र सामाजिक जीवन, स्वादीलो र कमखर्चिलो खाना, खोलानाला, हाते उत्पादनहरू, पुरातात्विक वस्तुहरू, खेलकुद, जातजाति र तिनको जनजातियता, जलयात्रा, यातायात, पदयात्राका स्थानहरू, रात्री र दिवा जीवन शैली, गल्फिङ्ग, मौलिक भेषभूषा र भाषा, रहनसहन, घरबास आदि ग्रामीण पर्यटनका मुख्य क्षेत्रहरूमा उल्लेख्य लगानी बढाई दीर्घकालीन लक्ष्य र कार्य गरिनु जरुरी बनेको छ । दिगो सोच र प्रयासले मात्र ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण विकास अझ नजिक र सम्भव बन्ने देखिन्छ । अब त झनै देश स्थानीय निर्वाचनपछि संघको अभ्यासमा जाने भएको हुनाले पनि यो क्षेत्रको महत्व थप बढ्ने देखिन्छ । तसर्थ, सरोकारवालाहरूले निर्विकल्प ग्रामीण पर्यटन प्रवद्र्धन पहिलो सर्तभित्र राख्नुपर्नेमा ढिलाइ गर्नु हुँदैन । ग्रामीण पर्यटनको यो कथाले अब व्यापकता पाउनुपर्दछ, उनै डोको, नाम्लो, खेती, परिकारको स्वादको व्याख्या गरिनुपर्दछ र गाउँको विकास गरिनुपर्दछ भन्दै यो कथा अन्त्य गर्दछु । धन्यवाद ।

कविता: हत्केलाले छेकिएको वर्तमान

ब्यवस्था, जनता र देश खोज्न अनन्त यात्रामा निस्किएका यात्रीहरुले उकालीमा उब्जाएका पसिना मुछेर ओरालीमा उछिट्टिँदा पोखिएका रगतका छिटाहरु मुछेर ढुङ्गाका, स्कुलका भित्ताहरुमा कोरेका थिए नाराहरु संघिय गणतन्त्र नेपाल जिन्दावाद । परायाको गुलियो तीर घाँटीसम्म बोकेर स्वाभिमानको लिलाम गरी फर्कदै गरेका राष्ट्रका ठेकेदारहरुलाई औँला ठड्याइरहेका हुन्थे रुखका ठुटा र दशगजा आसपास छरिएका नाराहरु राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ । आफ्नो पसिना अर्काको ढुकुटीमा रुँदै थन्कँदा, एउटा कुपोषणले अर्को कुपोषणलाई गिज्याउँदा मुस्कान, सपनाको हैन, पानीको रंग र छुवाईले स्वास फेर्न समेत कठिन हुँदा पोतिएका हुन्थे अक्सिजनहरु, चेतनामा समावेशी, समता र समानताका नाममा, अनेक रंगहरुमा ओझेलको आधा आकास, पहिचान गुमेका भाषा, धर्म र मान्छेहरु जङ्गलमा पड्किएको बन्दुकको आवाजले नै जुटेका हुन् गाउँहरुमा, देशहरुमा आवाज हराएकाहरु, सपना निमोठिएकाहरु शाहस रित्तिएकाहरु, खुट्टा कुँजिएकाहरु ठुलो ठुलो स्वर गर्दै दगुर्दै पुगेका हुन् देशसम्म आकास, जुन र ताराहरुले नियालेर पढेका हुन् दस्तावेजहरु पहाड, पर्वत, खोला र झरनाहरुले तबमात्र बुझेका हुन् राजनीति र तबमात्र चराहरुले गाउन थालेका हुन् जनवादी गीतहरु आज देखिँदैछ, आयातीत चर्का स्वरहरु स्वघोषित आमाहरुको जमात शान्त मुद्रामा ढुङ्गा, भित्ता, चरा र झरनाहरु अक्सिजनको अपजसमा उत्रिएका कथित पहिचानवादीहरु स्वार्थको बन्दीमा समय धमिला खोल्साहरुको मार्चपास दूसित हावाहरुको नियन्त्रणमा वायुमण्डल असली आमाको वृद्धाश्रम बसाई भ्रमित समय, दिग्भ्रमित यथार्थ । धनकुटा, हालः कीर्तिपुर काठमाठौँ

अनुषा राई ‘मिस एसईई आइडल २०१७ ‘को बिजेता

काठमाडौं,जेठ ७ । ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन । शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन l त्यसगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना महर्जन र थर्ड रनरअपमा रुबी कक्षपतिले उपाधि हात पार्न सफल भएका थिए l अन्य बिबिध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए । कार्यक्रमको कोरियोग्राफर नमिता भण्डारीले गरेकी थिइन् । नब प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराई तथा एस ई ई एक्जाम दिएर बसेका बिध्यार्थीहरुलाई व्यबसायी मोडल बनाउन आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष सावित्री ढुंगानाले बताइन । उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए ।

आमा

चैत बैशाखको घामले तिमीलाई छेकेन बर्खा मासको भेलले तिमीलाई छेकेन पुसको कठ्यांग्रिदो जाडोले छेकेन आमा लुकीलुकी प्रेम दर्शाउन बाँधिएको समाजले तिमीलाई छेकेन त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ गाउनेले धेरै गाए तिम्रा महानताका कुरा लाउनेले धेरै लाए तिम्रा ब्यथामा नुन चुक पाउनेले धेरै पाए तिम्रा माया प्रेम र स्नेह गाउनेलाई गाई रहन दियौ लाउनेलाई लाइ रहन दियौ मेरा लागि सधै घाम पानीको ओत बन्यौ संसार हरायौ आमा मायाको स्रोत बन्यौ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ कति हेपियौ होला यो समाजबाट कति सेकियौ होला समाजका ब्वासाबाट बर्सौं दुस्ख सह्यौ होला सन्ततिका लागि अस्तित्व नै दाउमा राख्यौ होला सन्तान हसाउन तर पनि आफ्नो मन कहिल्यै फुट्न दिएनौ सन्तान प्रति आफ्नो माया टुट्न दिएनौ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ आकाश जत्रै हुनुपर्छ तिम्रो त्यो मन न त जोख्नै मिल्ने न त पोख्नै मिल्ने न त नाप्न सक्छु तिम्रो मायाको गहिराइ केवल हराउन सक्छु त्यो गहिराइमा रगतको थोपामा आमाको माया बग्छ मुटुको चालमा आमाको धड्कन धड्कन्छ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ  

“आई लभ यु मीरा”

मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु मीरा ।” उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।” मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।” एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो? । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय ला’को । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!” म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’ छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।” मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन । सँगै क्याम्पसमा पढ्ने साथी थिइन् मीरा । चार वर्षे पढाइको अवधिको करिब दुई वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए । तेश्रो वर्षको क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो । यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो मीरा ।” उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेको?” यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर ? पढाई अगाडि बढिसक्यो होला हैन?” मैले भनें, “मेरो त ठिकै छ । बरू तिम्रो? तिमी त चार पाँच दिन आएनौ नि! किन हो ?” एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैन?” उनले भनिन्, “धत् के भन्या तेस्तो । मलाई के सोचेको तिमीले?” मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थेर म? त्यसैले तिमीलाई सजग गराउन भन्या के ।” “खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् । “छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन । तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छर? चाहनेले रुचाउनुपर्यो नि?” “पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौ? उनले भनिन् ।” म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रे?” “भयो नभनु । टाइम आएसि तिमीलाई थाभैहाल्छ ।” उनी मसिनो लज्जामिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो । “अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनको पहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी । हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुरा खोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई । भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकिराख्ने? सायद उनले पनि मन पराउँछिन् कि मलाई? मैले जस्तै भन्न नसकेकी हुन् कि? जे होस् मीरा तिमीलाई हृदयदेखिनै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्नेथिएँ ।, आई लभ यु मीरा । यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।” यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने सरिताको फोन थियो जो मीराकी साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।” सरिताले भनी, “हेलो विनोद, अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।” “हुन्छ भनन के कुरा हो?” मैले सोधें । उसले भनी, “खुसीको कुरा छ । मीरा छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई मीराको बिहेमा निम्तो… । ”

राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

काठमाडौँ, चैत १३ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो । मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा लक्ष्मीप्रसाद मैनालीलाई सम्मान गर्नुभएको हो ।

कवि शिरोमणि सङ्ग्रहालय साहित्य र पर्यटनलाई जोड्दै

पोखरा, पुस १४ । कवि शिरोमणि लेखनाथ पौड्यालका योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ क्रियाशील संस्था कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सक्रियतामा पुनः निर्माण गरिएको पौड्यालको जन्मघर र आसपासमा निर्माण गरिएका संरचनाका कारण अर्घौं अर्चले साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको लेखनाथ चोकदेखिको लगभग सात किलोमिटर दूरीमा पर्ने पौड्यालको जन्मघरमा यतिखेर विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका साथै साहित्यिक अनुरागीलाई आकर्षण गर्ने गरेको छ । कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार समितिको सक्रियतामा २०६५ सालमा बाटोको ट्र्याक खुलाएसँगै क्रमिक रुपमा बाटो निर्माण प्रक्रिया अघि बढाएकोमा लगभग सवा छ किलोमिटर बाटो कालोपत्रे गरिसकेको छ भने जन्मस्थलसम्म करिब एक किमी बाटो कालोपत्रे गर्न बाँकी छ । कवि शिरोमणिको जन्मघर समेतलाई समेटेर कवि शिरोमणि संग्रहालय निर्माण कार्य अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष लामिछानेले भने– ‘सात तालको बगैँचा सहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई एकपटक पुग्नैपर्ने स्थलका रुपमा कवि शिरोमणि संग्रहालयलाई विकास गरी साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेका छौँ ।’ कवि शिरोमणिका साहित्यिक जीवनलगायतका हरेक पक्ष समेटिने किसिमले गुरुयोजना तयार गरी त्यसैअनुरुप तरुण तपसी पार्क निर्माण गरिसकेको र लेखनाथको कविता यात्रामा प्रेरक बनेको दोपहरे पाखेसमेतलाई पार्कका रुपमा समेट्ने प्रयास गरिएको छ । गुरुयोजनाअनुसार वाचनालय, कविले कविता रचना गरेको चौतारा, पोखरीलगायतका संरचनाको निर्माण गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । निर्माणाधीन सङ्ग्रहालय भवनलाई नेपाली कलाले सिङ्गार्ने प्रयासअनुरुप सङ्ग्रहालयमा राखिने झ्याल ढोकामा नेपाली कला सिङ्गार्नका लागि भक्तपुरदेखि कालिगढ बोलाएर निर्माण गर्न लगाइएको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने साहित्यिक पर्यटकलाई लक्षित गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको तयारी छ । लेखनाथको साहित्यिक योगदानलाई जीवन्त राख्ने सोचका साथ अर्घौं चोकदेखि बाटोका विभिन्न ठाउँ ठाउँमा मार्बलमा कुँदिएका पौड्यालका कविताले पनि जो कोही पर्यटकलाई छुट्टै किसिमको अनुभूति दिने गरेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार लेखनाथ चोकदेखि कवि शिरोमणिको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बुढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा समितिले उहाँका मर्मस्पर्शी कविता पढ्न सकिने व्यवस्था मिलाएसँगै सिङ्गो अर्घाैं अर्चले कविता ग्राम जस्तै बनेको छ । कवि शिरोमणिको जन्मघरलाई संग्रहालयका रुपमा विकास गर्न थालिएसँगै धेरै साहित्यानुरागी तथा पर्यटक अर्घौ अर्चले आउन थालेको लेखनाथ पौड्यालका नाति (पौड्यालका साहिँला भाइका नाति) मनोज पौडेलले बताए । नेपालका बाइसे चौबीसे राजाका पालामा तत्कालीन राजगुरुका रुपमा रहेका धु्रव गुरुका नाति लेखनाथ पौड्याल रहेको जानकारी दिँदै उहाँले पौड्यालको साहित्यिक योगदानका कारण समग्र अर्घौ अर्चले साहित्यानुरागीका लागि विशिष्ट तीर्थस्थल जस्तै बन्दै गएको बताए । राष्ट्र, राष्ट्रियता, अध्यात्म, नेपाली संस्कृतिलगायतका विषयमा लेखिएका पौड्यालका कविता सङ्ग्र्रहालयको प्रवेशद्वार हुँदै जन्मघरसम्म विभिन्न ढुङ्गामा कँुदिएका कारण आउने जो कोही पर्यटकले त्यसलाई अभिरुचिपूर्वक हेर्ने गरेका छन् भने जन्मघरभित्र राखिएका उनका ऐतिहासिक तस्बिरले पनि पर्यटकलाई लोभ्याउने गरेका छन् । तस्बिरका साथै घरभित्र रहेको २०११ पुस २० गते लेखनाथ अभिनन्दन समितिका अध्यक्ष सिद्धिचरण श्रेष्ठद्वारा हस्ताक्षरित अर्चनापत्र हेर्न जो कोही लोभिने गरेका छन् । अर्चना पत्रको सुरुको अनुच्छेदमा नेपाली साहित्यमा लालित्य भरेर नयाँ शैली सृष्टि गर्ने हे पथ प्रदर्शक, भाषाको कलिलो रुपलाई नयाँ पेटे भोटो पहि¥याई आधुनिकताको प्रथम शङ्ख फुक्ने हे प्रगतिप्रेमी वयोवृद्धकवि शिरोमणि लेखनाथ लगायतका कुराबाट उनलाई सम्बोधन गरिएको छ । नेपाली साहित्यलाई ठूलो गुन लगाएका लेखनाथको योगदानलाई युगौँ युग बचाउने ध्येयका साथ अर्घौ अर्चलेलाई साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनालाई साकार पारी साहित्य र पर्यटनलाई एकसाथ जोड्ले लक्ष्य राखिएको अध्यक्ष लामिछानेले बताए ।

एमालेलाई ठूलो झट्काः कांग्रेस र माओवादीबीच ८ वर्ष संयुक्त सरकार चलाउने रणनैतिक सहमति ?

काठमाडौँ, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ८ वर्षसम्म संयुक्त सरकार चलाउने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भएको भेटवार्ताका क्रममा उनीहरुबीच अबको ८ वर्ष माओवादी र कांग्रेसबीचको संयुक्त सरकार चलाउने सहमति भएको दावी खबरडबली अनलाईनले गरेको छ । उक्त अनलाईनले देउबा निकट आफ्नो श्रोतलाई उल्लेख गर्दै प्रचण्ड र देउवाबीच आगामी निर्वाचनमा कार्यगत एकता गरी जाने हस्ताक्षरित सहमति समेत भएको जनाएको छ । समाचारमा आगामी निर्वाचनमा कांग्रेस र माओवादीबीच हुने कार्यगत एकताबाट सकारात्मक परिणाम आएमा बन्ने सरकारको पहिलो नेतृत्व देउवाले गर्ने सहमति समेत बनेको उल्लेख छ । ‘सभापति देउवाज्यु र प्रधानमन्त्रीबीच आगामी निर्वाचनमा कार्यगत एकता गरी जाने र ८ वर्षसम्म संयुक्त सरकार चलाउन सहमति भएको छ, सहमति कार्यान्वयन भएमा एमाले उफ्रेको मात्रै हुन्छ’ स्रोत बताउँछ । एमालेलाई बाहिरै राख्ने रणनीति भएको दावी समेत अनलाइनको छ । प्रचण्ड र देउवाले एमालेलाई ८ वर्ष बाहिरै राख्ने रणनीति अपनाएका छन् । ‘एमाले सडकमा उफ्रिरहन्छन्, केही फरक पर्दैन, अब कम्तिमा ८ वर्ष संयुक्त सरकार चलाउने सहमति भएको छ’ देउवाले प्रचण्डसँगको सहमतिपछि पार्टीका एक शीर्ष नेतासँग भनेका थिए । सरकारका समर्थक जति सबैलाई लिएर चाँडै मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई बलियो बनाउँदै जाने र एमालेलाई एक्ल्याउने सरकारको रणनीति छ ।