चुट्किला: दुर्इ सय कमाउने उपाय
२०५३ सालको कुरा हो। म पहिलो चोटी काठमाडौं आएको थिए। त्यसताका अहिलेको जस्तो माइक्रोबस थिएन, मिनी बसमा घुइँचो हुन्थ्यो ।
एकदिन म अफिस जाने बेलामा घरबेटी साहुनीको छोरी पनि मसँगै जाने भनेर निस्की । मेरो अफिस उसको स्कुल जाने बाटो भएर जानुपर्थ्यो ।
हामी एउटै बसमा चढ्यौ ।
बसको ढोकाबाट छिरेको मात्र थियौ कि सररर हावा चल्यो र हावाले साहुनीको छोरीको फ्रक पुरैमाथि उठाईदियो ।
आम्मै उसले त पेन्टी नै नलगाएको रहिछे । बसमा भएको सबै दंग परे, म पनि चुप । ड्राइभर दाईले कर्याक्क गर्दै २ सयको नोट निकालेर भन्यो,’ बहिनी ल पेन्टी किनेर लगाउ ।’
केटी रमाउदै,’ थ्यांङ्क्यु’ भनी । भोलिपल्ट सायद उसले आमालाई भनेछ क्यार, २ सय कमाउने विचारले आमा पनि विना पेन्टी निस्की, हावा पनि चल्यो, फ्रक पनि उडायो ड्राइभर दाईले कर्याक्क गर्दै २ रुपैयाँको नोट झिकी भन्यो,’ दिदी लिनुहोस् ब्लेड किनेर खुरकेर फाल्नुहोस्’ ।
चुटकिला : सुन्दरता या समझदारी
पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ? ‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।
के हो त वास्तवमै फेसबुकको दानापानी ?
नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । सम्झना पौडेल मेरो फेसबुक भोकायो लौन दाना हाल्देउ फेसबुकको बारेमा टिप्पणी गर्नु भन्दा पहिले यसको थोरै जानकारी गराउन उचित ठाने। फेसबुकको आविष्कार मार्क जुकर्वर्गले फेब्रुअरी ४ ,२००४ मा गरेका थिए । जसमा फेसबुक लाइ नेपालीमा रुपान्तरण गर्दा अनुहार पुस्तिका भन्ने हुन्छ । आज प्रायः जसो प्रत्येक नेपाली युवाको हात हातमा यो मुहार पुस्तिका छ । झनै यसले मानिसलाई धेरै फराकिलो गहिरो बनाइ दिएको छ कि यसको नसा लागेपछि मान्छेले भात खानै छाड्छ । अब कसरी भन्नुहुन्छ भने तल पढ्दै जानुहोस मेरो आफनै जीवन भोगार्इ अनुभव र फेसबुकमा भेटिएका साथीहरुको बारेमा केलाएकी छु । सदाझैं मलार्इ त्यो दिन फेसबुक चलाउन नपाउँदा कता कता के छुटेको के छुटेको जस्तो आभाष भइरहेको थियो। कारण त्यो दिन बत्तिपनि थिएन वाइफाइ चल्ने कुरै भएन मोबाइलमा ब्यालेन्स पनि सकिएको थियो अलि बिरामी पनि भएकोले पसलसम्म जान मन पनि लागेन मलाई । लाग्यो त्यतिबेला साँच्चै मेरो फेसबुक भोकाएको छ । सायद फेसबुक नपाएर म भोकाएको थिए या फेसबुक मेरो अनुपस्थितिमा भोकाएको थियो, त्यो भने कि उसलाई कि मलाई थाहा होला । मेरा मनमा एका एक कुरा खेल्न थाले । मलाई लाग्दैछ यति बेला मेरो फेसबुक साँच्चै भोकाएको छ । सुन्दा तपाइलाई लाग्न सक्ला के फेसबुकले पनि मान्छेको जस्तै चिया, नास्ता, खाना, खाजा गर्छ कि फेसबुकलाई पनि गाई बस्तुको जस्तो घाँसपात दानापानी हाल्नुपर्छ किनकी फेसबुक त निर्जीव हो । त्यसलाई चलाउने, खेलाउने, जिस्काउने, माया गर्ने हामी सजीव हौं । सम्झना पौडेल मलाई मात्र हैन यो कुरा तपाइलाई पनि थाहा छ । फेसबुक आफैं बोल्न सक्दैन, लेख्न सक्दैन, हिँड्न सक्दैन । विचराको न त हात छ न खुट्टा छ । न त चपाउने दाँत छ न त बोल्नलाई मुख छ । न त सुँघ्नलाई नाक छ न सुन्नलाई कान नै छ । बिचराको केही छैन तर पनि ऊ हामी भन्दा निकै माथि छ । हाम्रो असल मित्र बनेको छ । हाम्रो हरेक गतिबिधिमा उसको सहभागिता अनिवार्य छ । हामी सजिव प्राणी भएकै कारण हाम्रो आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनौ । त्यतिकैमा दिदी पनि अफिसबाट आइपुग्नुभयो अनि बिरामी मान्छे नसुतेर किन टोलाएर बसेको भन्नुभयो म दिदीको प्रश्नले लाचार भए । कारण मसँग कुनै जवाफ थिएन । फेरि म आनाकानी गर्दै दिदीलाई केही भन्न खोजेथे । दिदीले बुझेर सोध्नुभयो,के भयो के भन्न खोज्दै छौं र मैले फ्याट्टै भने दिदी मेरो फेसबुक भोकायो लौन दानापानी हाल्नुपर्यो मेरो कुराले दिदी अकमक्क पर्नुभयो । यो के भनेको भन्दा मैले भने- ‘हो, दिदी हामीलाई जसरी बिहान उठ्ने बितिकै चियानास्ता चाहिन्छ, भोक लागेको बेलामा खानेकुरा चाहिन्छ त्यस्तै माछा, मासु, सागसब्जी इत्यादि खानेकुराको समिश्रणबाटै हाम्रो शरीर स्वस्थ र तन्दुरुस्थ बन्दछ त्यसरी नै फेसबुकलाई पनि जिवन्तता दिन विविध कुराहरुको आवश्यकता पर्दछ । आज ३ दिन भो म बिरामी भएदेखिको फेसबुकमा कुनै स्टाटस राख्न पाएको छैन । मेरा मनका अनेकौ विचारहरु फुरेका छन, त्यसै ओइलाउनु भन्दा उसको पेट भर्नु जाति हो । कुनै पनि मित्रहरुको स्टाटसमा कमेन्ट ठोक्न पाएको छैन । बरु म म्यासेज कसैलाई गर्दिनँ । तर, मेरा मनमा जागेका केही विचारको स्वादहरु मेरो आत्मीय मित्रहरुमाझ पस्कन चाहान्छु अनि त दिदीले रिचार्ज नै ल्याएर हाल्दिनुभयो । अनि म खुसी भएँ र भोकाएको फेसबुकको पेट भर्न तर्फ लागे । फेसबुकप्रति हामी यति आकर्षित भएका छौँ कि हामी फेसबुकबिना आफ्नो जीवन नै अधुरो रहेको मान्न थाल्छौं । कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ । नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । हुन त वभिन्न भौगोलिक अवस्थामा रहेको एउटा बन्द कोठा जस्तो परिधिमा रहेका मानिसहरुलाई खुल्ला र फराकिलो स्वतन्त्र चिन्तन विवेकका साथ आ-आफ्नै मातृभाषामा संचारको स्थापना गराउने काम गरेको छ, फेसबुकले । यसले संञ्चारको साधनमध्ये सबैभन्दा चाँडो सूचना दिने काम गरेको पाइन्छ । एक-अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रिया हो फेसबुक । फेसबुकमा लिखित, मौखिक, श्रब्यदृश्य वा साङ्केतिक अर्थहहरु रहेका हुन्छन । जस्को माम्यमबाट हामीले संचार गर्ने गरेका छौं । हामीले फेसबुक मार्फत सुनेर, लेखेर, देखेर, सहभागिता जनाउने गरेका छौं । हरेक विषयवस्तुलाई सन्देश वा जानकारीको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसंचार भन्दै आएको बेलामा फेसबुकले भने सामाजिक संजालको रुपमा आफनो संजाल संसारभर फैलाउन सफल भएको छ । यिनै विभिन्न यन्त्रहरुका माध्यम बाट थुप्रै सामाजिक संजालहरु आउन थालेका छन् र प्रयोग भइ रहेका छन् । जसरी व्यक्ति व्यक्ति मिलेर समाजको संरचना निमार्ण भएको छ । जसमा अनेकौं थरिका मानिसहरु छन उनीहरुको आ आफनै जीवनशैली, भोगाइ र मनका भावहरु छन् त्यसरी नै पत्येक व्यक्तिको फेसबुकबाट समाजको पत्येक अंगमा ढाकेको भन्दा फरक नपर्ला । यस पृथ्वीको सृष्टि कालदेखि नै जैविक अजैविक वा भौतिक बस्तुहरुमा सकारात्मक र नकारात्मक चिज बोकेर आएको देखिन्छ । त्यसैले हाम्रो गाउँघर समाजमा एउटा टुक्का प्रचलनमा आएको हुनु पर्छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडू यहि वाक्यमा निर्भर हुँदै आएको देखिन्छ यो फेसबुकमा । कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ । कोही जिस्काउँछन् कोही थर्काउछन्, अनेक तरिकाको बात हुन्छ यहाँ । साँच्चै पत्तो नपाएरै होला, चलाउँदा चलाउँदै रात हुन्छ यहाँ ती पिउने भट्टीहरु भुलेका छन् कोही पढ्दै लेख्दै फुर्दै स्टाटसमा खुलेका छन् कोही सिकारी बनि प्रत्येकका मन मस्तिष्कमा डुलेका छन् । यसैगरी चलेका छन् नेपाली बजारमा फेसबुक यहाँ राजनीतिज्ञदेखि ब्यापारीसम्म, कलादेखि साहित्यसम्म साधारण सरल सोंचदेखि जीवनयापनसम्म दलालदेखि भ्रष्टाचारीसम्म सज्जनदेखि अपराधीसम्म यो फेसबुकको फाइदा र बेफाइदा गहिरिएर हेर्दा कति अनन्त छ । नोट : लेखिका पौडेलले दानापानी भनेर फेसबुकमा हामीले राख्ने स्टाटस, फोटो ,कमेन्ट, लाइक तथा कुराकानी जस्ता बिषयबस्तुलाई भन्न खोजेकी हुन् ।
चुटकिला : केटा हाँस्यो भने
यदि कक्षामा केटा हाँस्यो भने शिक्षक: किन दाँत देखाइराछस् । बढी हल्ला गर्ने होइन फेरी क्लासबाट निकालि दिन्छु । . . यदि केटी हाँसी भने शिक्षकः -“के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?”
चुट्किला : बाठी बुडी
शेरेकी श्रीमती : बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, शेरेः लौ मरिछे, अनि ….अनि के गरिस त ? श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि…..जेठाजु जस्तो मान्छे आउँदा…..हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,….म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!”
चुटकिला : विबाह पछी सेरे
बिबाह अघी- प्रेमीकाले प्रेमिसंग: चन्द्रमा कतिवटा छन्? प्रेमी: दुइवटा प्रिय, एउटा मसंगै छ एउटा आकासमा| बिबाह पछी- पत्नी: चन्द्रमा../..कतिवटा छन्? . . . . . . . पति: आखा छैनन्, एउटै हुन्छ| माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र
नेपाली कवि अञ्जान भारतमा सम्मानित
छिमेकी राष्ट्र भारतको असाम राज्य स्थित दुनियाजान कला – साहित्य मञ्चद्वारा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यही मार्च ३१ र अप्रिल १ मा दुई दिवसीय बृहत् कवि सम्मेलन सम्पन्न भयो । नेपाल ,म्यानमार र भारतको विभिन्न प्रान्तबाट सहभागीता भएको उक्त कार्यक्रममा नेपाली भाषा,कला,साहित्य र सँस्कृतीमा लामो समयदेखि सेवारत साहित्यकारहरूको उल्लेख्य सहभागीता रहेको थियोे । असाम राज्यको तीनसुकिया स्थित डिपबोइमा सञ्चालन भएको उक्त कार्यक्रममा दुलियाजान कला साहित्य मञ्चबाट प्रकाशनहुदै आएको साहित्य पत्रिका अभिब्यक्तिको रजत अङ्क, टिकाराम ढुङ्गेल रटनद्वारा लिखित आधा दर्जन कृतिको एक साथ बिमोचन समेत भएको थियो । दुई सत्रमा बिभाजित कार्यक्रमको पहिलो चरणमा असामको पर्यटकीय क्षेत्र ,धार्मिक स्थल र अौधोगिक नगरीको अबलोकन भ्रमण गराइएको थियोे भने दोस्रो चरणमा कविता वाचन,स्रष्टा सम्मान र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।सो कार्यक्रममा नेपालका तर्फबाट दाङ,चितवन ,नवलपरासी ,पर्वत र मकवानपुरका साहित्यकारहरूको प्रतिनिधित्व थियो । नेपाली भाषा,साहित्यका क्षेत्रमा योगदान पुन्याउनु भएका दाङका छविकिरण वली, नवलपरासीका सदानन्द अभागी,लोकराज खराल,चितवनका गोर्खे साइलो,केशवराज आमोदी,मिरा तिमल्सिना ,पर्वतका शान्तिनारायण श्रेष्ठ ,डि आर शर्मा र मकवानपुरका बिर्खे अञ्जानलाइ सँस्थाले सम्मानित गरेको थियो उत्तरी मकवानपुरमा बसेर सँस्थागत साहित्यको बिकासमा सक्रिय कवि अञ्जानका शल्यक्रिया समालोचना ग्रन्थ र अवसान सपना कविता सङ्ग्रह प्रकाशित छन । भारतमा बसोबास गर्ने नेपाली मुलका साहित्यकारहरूद्वारा स्थापना भएको सो सँस्थाले भारतमा नयाँ तरङ्ग पैदा गरेको सहभागीलाईहरूले जनाए ।
चुटकिला : आइतेको तुजुक
******आइते****** ज्योतिष : तिम्रो जिन्दगी मा १२ जना महिला आउनेछन । आइते खुशी हुँदै ५०० रु दिदै : धन्यवाद गुरु ! क्या मज्जाको life रैछ मेरो त ! ज्योतिष : धेरै खुसी नहोउ एउटी बुढी अनि ११ जना छोरी हुनेछन ।
प्रगतिवादी साहित्यकार खनाल सम्मानित
काठमाडौँ, चैत १७ । नेपाल वाङमय परिषद्, धनगढीले शनिवार दिउँसो राजधानीमा एक समारोहका बीच साहित्यकार हरिहर खनाललाई ‘नेपाली वाङमय साधना सम्मान’ प्रदान गरेको छ । प्रमुख अतिथि मोहन दुवाल, अतिथि प्राज्ञ मातृका पोखरेल र सभाध्यक्ष डा. पुष्करराज भट्टको हातबाट प्रदान गरिएको उक्त सम्मानको राशी रू. दस हजार एक नगद रहेको छ । कार्यक्रममा उपस्थितहरूको स्वागत तिलकबहादुर सिंहले गरेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसरी नै प्रा. तेजविलास अधिकारीले सम्मानित व्यक्तित्त्वबारे विस्तृत प्रकाश पारेका थिए । भुवन बोहराको उद्घोषणमा संचालित कार्यक्रममा करीब तीन दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष डा. पुष्करराज भट्टद्वारा गरिएको थियो । यसअघि दुई पटक उतै धनगढ़ीमै सम्मान प्रदान गरिएको थियो भने यो वर्ष नेपाल वाङमय परिषद राजधानी प्रवेश गरेको हो । खनाल विशेषतः नेपाली साहित्यमा कथाकारका रुपमा परिचित छन् । उनले रचनामार्फत सामाजिक परिवर्तन र संस्कृतिक रुपन्तरणका विषयहरुलाई दृढताका साथ प्रस्तुत गर्दै आएका छन् । प्रगतिवादी साहित्यको क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनाइसकेका खनाल हाल साझा प्रकाशनको सञ्चालक समितिका सदस्य रहेका छन् ।
चुटकिला : मुटुको राजिनामा
एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्यण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।
राजवको लघुकथा: फस्ट ग्रेडको ब्राह्मण
कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो । नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै थिए । तीमध्ये तीन बाहुन थिए । बाँकी दुई अरू नै जातका थिए । सम्मेलनको पहिलो साँझको रात्रीभोजमा अरू सभागीले झैँ आआफ्नू गिलासको स्कचको चुस्की लिँदै भारतीय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उपलेन्द्रनाथ चट्टोपाध्यायले नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्युरो सदस्य खिलप्रसाद उपाध्यायसँग सोध्छ— “उपाध्यायजी तपाईं ब्राह्मण हैन ?” “हो ।” कमरेड खिलप्रसाद सगर्व भन्छ । कमरेड चट्टोपाध्याय कमरेड खिलप्रसादसँग अलि पर एक युरोपियन कम्युनिष्ट पार्टिको प्रतिनिधिसँग गफमा मग्न भइरहेको खिलप्रसादकै पार्टीको केन्द्रीय सदस्य कृपासुर शर्मालाई देखाउँदै फेरि उत्सुक सोध्छ— “उहाँ तपाईंकै….. ?” “हो, तर उहाँ केन्द्रीय सदस्यमात्र हो ।” चट्टोपाध्यायको प्रश्न नटुँग्गिदै खिलप्रसाद झट्ट भन्छ । “मेरो भनाइ के भने उहाँ पनि ब्राम्हण नै हुनुहुँदोरहेछ हैन ?” “हो तर उहाँ जैशी हो ।” “भन्नाले ?” चट्टोपाध्याय उत्सुक हुन्छ । “भन्नाले के भने, उहाँले तपाईंसँग ब्राम्हण हुँ भत्रुभयो होला, तर उहाँ सेकेण्ड ग्रेडको ब्राम्हण हो, त्यस्तो ब्राम्हणलाई हामी जैशी भन्छौँ ।” “ए, पार्टीको पोजिसनझैँ जातमा पनि तपाईं उहाँभन्दा माथि हुनुहुँदोरहेछ ।” गर्वले “ ओ, यस यस ।” भन्दै खिलप्रसाद चट्टोपाध्यायसँग फेरि सोध्छ—“तपाईंकहाँ पनि सेकेण्ड ग्रेडका होलान् नि !” “छन्, छन् ।” भन्दै कमरेड चट्टोपाध्याय भन्छ— “तर चट्टोपाध्यायहरू सबै फस्ट ग्रेडकै ब्राम्हण हुन् ।” स्रोत: अनलाइनसाहित्य
चुटकिला : झोंक्किएर लोग्नेलाई फोन गरी
स्वास्नीले झोंक्किएर लोग्नेलाई फोन गरी.. “कहाँ मुन्टिएको हो यत्तिका रातिसम्म ?” लोग्नेः प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल.. जहाँ तिमीले एउटा हीराको हार निकै मनपराएकी थियौ.. मसंग पैसा नभएको हुँदा किनेर दिन सकेको थिइन.. तर भनेको थिए “एकदिन यो हार अवश्य तिम्रो हुनेछ ।” श्रीमती (अत्यन्तै खुशी भएर): हो डार्लिङ हो, मैले सम्झिए.. श्रीमानः हो.. म त्यै गहना पसल अघिल्तिरको भट्टीमा छु ।
चुटकिला : ला भुले छु
Vanjo बाइकमा कतै जादै थियो । ट्राफिकले रोकेर भनेछ : २०० निकाल। vanjo : किन ? ट्राफिक : हेल्मेट खोइ ? Vanjo : ला भुलेछु । अर्को दिन हेल्मेट लगाएछ र गएछ। फेरी पनि ट्राफिकले रोकेर भनेछ : २०० निकाल । vanjo : किन ? आज त हेल्मेट लगाको छु त । ट्रफिक् : अनि बाइक खोइ त ? Vanjo : ला भुलेछु
हिजडाहरुकाे मौनता
त्यो आगनमा वरिपरि भिडमा बसेर हेर्दै अबोध बालिकाको चित्कार सुन्दै हिजडाहरु बसेका थिय मौन मानब रुपि राक्षस …भन्दै कौन पिट्दै थिय लाती र मुड्किले जितेर आको मेयर भनाउदो हेर्दै थिय रे लाज घिन पचेको एउटा चेली यातनाले ढलेको घोडाघोडी मा युवतिलाइ कुटि बोक्सी झार्ने रे कस्तो दानव रै छ खुन गर्छु रे …… अर्धचेत बेहोस बनाइ छोडे पापी दानबले ……!! -प्रेम लामा (हाल कतार)
पशुपति क्षेत्रलाई ध्यान र योग केन्द्रका रुपमा विकास गरिने
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आजदेखि यो अभियान शुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ । गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्पलगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीनपटक गस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगेहात पक्राउ शुरु गरिएको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुयभयो । “राममन्दिर क्षेत्रका केही साधुको जटाबाट समेत गाँजा बरामद गरिएको छ, भष्मेश्वर अखडाका साधुलाई प्रहरी कारबाही भएको छ, यसक्रममा प्रहरीले धारिला चक्कु र तरबार बोक्ने एवं संकलन गरेर राख्नेलाई पनि कारबाही गरिएको छ, साधुको आडमा पशुपति क्षेत्रमा गाँजाको व्यापार हुन दिइन्न, यस्तो व्यापारले प्रत्येक वर्ष १० हजार युवा लागुऔषध जस्तो कुलतमा फस्ने गरेका छन्”–उहाँले भन्नुभयो । राज्यले वैधानिक रुपमा प्रतिबन्ध लगाएपनि शिवरात्रिमा गाँजा, भाङ, धतुरोजस्ता लागुपदार्थ सेवन आरम्भ गर्ने दिनका रुपमा मनाउन खोज्ने गलत चलनलाई अन्त्य गर्न लागिएको कोषले जनाएको छ । श्रीपञ्चमीलाई विद्या आरम्भ गर्ने दिनका रुपमा लिएजस्तै शिवरात्रिलाई गाँजा आरम्भ गर्ने दिनका रुपमा नलिन युवा वर्गलाई अनुरोध गरिएको छ । लागुपदार्थको बढी प्रयोग हुने सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर क्षेत्रलाई ध्यान, योग केन्द्रका रुपमा विकास गरी धार्मिक एवं आध्यात्मिक वातावरण बनाउने काम शुरु गरेको जनाइएको छ । यसका लागि ध्यान, योग क्षेत्रमा क्रियाशील संघ संस्थासँग सहकार्य गरेर पशुपति क्षेत्रलाई साधनास्थलका रुपमा विकास गर्ने कोषको लक्ष्य छ । यसबाट खराब लतमा लागेका युवालाई सत्मार्गमा ल्याउन सहयोग पुग्नेछ । युवालाई दुव्र्यसनमुक्त बनाउनका लागि कोषले यस्तो अभियान शुरु गरेको हो । साथै पशुपति क्षेत्रलाई धुम्रपान, मांस, मदिरा बिक्री वितरण एवं ओसारपसार गर्न समेत निषेध गरिएको छ । अभियान शुरु गरिएको डेढ महिनाको अवधिमा लागुपदार्थ सेवन, बेचबिखन र आपराधिक क्रियाकलापमा संलग्न २७९ व्यक्तिलाई पक्राउ गरिएको प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो । “पक्राउ परेकामध्ये ३६ लाई लागुऔषध ऐन, ८० लाई सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाइएको छ, लागुऔषधको प्रयोग गरेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका १० लाई पुनःस्थापना केन्द्रमा पठाइएको छ”–उहाँले भन्नुभयो । एचआइभी एड्स, हेपाटाइटिस जस्ता दीर्घ रोग लागेका २०, ३० बालबालिका, अशक्त २० र सेवनकर्ता ९३ लाई पक्राउ गरी सम्झाएर यस्ता गतिविधिमा नलाग्न प्रेरित गरिएको प्रहरीले जनाएको छ । यसक्रममा ३० ग्राम खैरो हिरोइन, पाँच केजी चरेश, २० केजी गाँजा, ५०० थान अन्य विभिन्न नामका लागुऔषध बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस वर्षको शिवरात्रिदेखि पशुपति वनकालीमा मेला एवं बजार पनि नराखिने भएको छ । गत पुस ९ गतदेखि पशुपति क्षेत्रका महत्वपूर्ण स्थलमा सवारी साधन निषेध गरी वनकालीमा पार्किङ गरिएकाले बजार र मेला नराखिने भएको हो । कोष कार्य सञ्चालन समितिको गत पुस ३० गतेको बैठकले मेला एवम् बजार नराख्ने निर्णय गरेको सो अवसरमा जानकारी दिइयो ।
झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन
काभ्रे, पुस २५ । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा। झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने । त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिनुहुन्छ, समिता श्रेष्ठ ‘पूरा’ । उहाँको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो । “कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,” पूराकी फुपू निर्मला श्रेष्ठले भन्नुभयो, “ढल्ने बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।” उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उहाँले बताउनुभयो । पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्नुहुन्न भने ओछ्यानमा मात्रै सीमित हुनुहुन्छ । उहाँलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उहाँले समाचार हेरेर विश्वका बारेमा जानकारी लिनुहुन्छ भने फेसबुकसमेत चलाउनुहुन्छ । ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेख्नुभएको छ । उहाँको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहनुभएकी उहाँकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आउनुभएको थियो । केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताउनुभयो । पूरा शौचालय जान, खाना खान र आफैँ सुत्न, उठ्नसमेत सक्नुहुन्न । उहाँको सेवाका लागि उहाँकी आमा सावित्री खटिनुहुन्छ । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसक्नुभएको र बाहिरी दुनियाँबाट समेत अलग्गिनुभएको पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उहाँ आफैँले राखेको साहित्यिक उपनाम हो । समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रममा बोल्नुहँुदै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो । “परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।” मन्जुश्रीले भन्नुभयो । प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उहाँले बताउनुभयो । पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उहाँले २६ वटा भागमा विभाजन गर्नुभएको छ । उपन्यासमा उहाँले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिनुभएको छ भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गर्नुभएको छ ।