वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगर। वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 

क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।

 
भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा सक्रिय थिए । उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् । स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

एकै परिवारका तीन पुस्ताको चित्रकला प्रदर्शनी

काठमाडौं : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ । तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ । प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ । नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भनिन्, ‘सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्‍याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।’

भन्ज्याङ र चौतारी

मलाई प्रकृति सँग बोल्न र खेल्न सिकाउने भन्ज्याङ अनि चौतारी आज एक्लै बसी सम्झनाको पानामा आफूले लेखेका ती स्वर्ण अक्षरहरु हेर्दै छन। मेरो स्पर्शमा सारा दुःख भुलाई मन्द मुस्कानमा सधैँ आफूलाई सजाई राख्ने भन्ज्याङ अनि चौतारी आज दुःखको बोध गरी करुडा ध्वनीमा मलाई डाक्दै छन्। बालापनमा मेरो मगजमा चैतन्यको बास गराईदिने ती भन्ज्याङ अनि चौतारी आज जीवन अनि मरणको दोसाधमा धट्पट्टी रहेका छन्। तर म कहीँ दुर बसी सम्झनाको पानामा रहेका ती स्वर्ण अक्षरहरुलाई मेटाउने कार्यमा तल्लिन छु विगतमा मलाई आफ्नो भनि आश्रय दिने अनि मगजमा चैतन्यको बास गराईदिने ती भन्ज्याङ र चौतारीलाई अब अनविदको यात्रामा पठाई आफू कृतिम वस्तुको भरिया बन्ने योजना बनाउनमा व्यस्त छु। यी सबै गर्नलाई आखिर म त्यहीँ मनुवा नै त हुँ जो आधुनिकताको दुनियाँमा संरचना बिहिन चैतन्यको आडमा खोक्रोपनाको प्रर्दशन गर्न र सारा मनुवहारुको मगजमा खोक्रोपनाको चैतन्यको जन्म गराउन दमनताको खेती गर्नमा नै त पोक्त छु।भन्ज्याङ र चौतारी    

‘कथा खरर, मन हरर‍…’ अब युट्युब च्यानलमा

काठमाडौंः  थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर’ सुरू गर्ने भएका छन् । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेका यी नाट्य संस्थाले ‘बालबालिका पनि देख्न, सुन्न, महशुस गर्न र कल्पना गर्न सक्छन’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबुवा-हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’, थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौँ ।’ ‘कथा खरर, मन हरर’ बालकोसेली युट्युब च्यानलमा भोलिदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुने कार्यक्रमका सह-निर्माता प्रशुन सिन्धुलियले बताए । बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन पनि उनले अनुरोध गरे ।

आज नवरात्रीको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् । सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् । आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ ।

सुदूरपश्चिम गजल मञ्चको पाँचौ सम्मेलन सम्पन्न, अध्यक्षमा धीरज त्रिवेणी

कैलालीः सुदूरपश्चिम गजल मञ्च कैलालीको पाँचौ सम्मेलनले नयाँ कार्यसमिति बनाएको छ । धनगढीमा भएको सम्मेलनले धीरज त्रिवेणीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो । सम्मेलनले उपाध्यक्षमा रघुनाथ कडरिया, तारा पल्लवी, महासचिवमा तपेन्द्र भावातीत, सचिवमा दीपक क्षितिज, कोषाध्यक्षमा दीपिका विवशलाई चयन गरेको छ । यस्तै मञ्चको सदस्यमा सेत राज संगम, तिलक समर्पण, माधव घर्तीमगर, तीर्थराज भट्ट, चन्द्र थापा, भूपिसिंह धामी र दिवा प्रयासी चयन भएका छन् ।

१२ प्रकारका हुन्छन् श्राद्ध, अलग अलग समय र कार्यका लागि गरिन्छ पिण्डदान

एभरेष्ट डेस्कः हिन्दु धर्ममा पितृहरुलाई पिण्डदान गर्ने परम्परा अर्थात् श्राद्धको विशेष महत्व छ । हामीले सामान्तः एउटै प्रकारको श्राद्धका बारेमा थाहा पाएका हुन्छौं । त्यो हो पितृ पक्षका लागि गरिने श्राद्ध, मांगलिक कार् अघि गरिने श्राद्ध या कुण्डलिमा पितृदोष हटाउन गरिने श्राद्ध । तर हिन्दुहरुको पवित्र ग्रन्थ निर्णय सिन्धुमा १२ प्कारका श्राद्धहरुको वर्णन गरिएको छ । के के हुन त ? नित्य श्राद्धस् कुनैपनि व्यक्तिले अन्न, जल, कुश, पुयुष्प र फलबाट प्रतिदिन श्राद्ध गरेर आफ्ना पितृलाई प्रसन्न गर्नसक्छन् । नैमित्तक श्राद्ब यो श्राद्ध विशेष अवसरमा गरिन्छ । जस्तो कि पिता आदिको मृत्यु तिथिको दिन यिलाई एकोदिष्ट भनिन्छ । यसमा विश्वदेवको पुजागरिन्न । यिमा खाली एक पिण्डदान दिईन्छ । काम्य श्राद्ध कुनै कामना विशेषका लागि यो श्राद्ध गरिन्छ । जस्तोः पुत्र, धनादी आखि प्राप्तिका लागि । वृद्धि श्राद्ध यो श्राद्ध सौभाग्य वृद्धिका लागि गरिन्छ । । सपिण्डन श्राद्ध मृत व्यक्तिको १२ औं दिन पितृहरुलाइ मिलनका लागि यो गरिन्छ । यसलाई महिलाहरुले पनि गर्न सक्छन् । पार्वण श्राद्ध पिता, बाजेबज्यै, सपत्नीक र बज्यै आदिका लागि यो गरिन्छ । यिमा दुई विश्वदेवको पुजा हुन्छ । गोष्ठी श्राद्ध यो परिवारका सबै मानिसहरु एक ठाउँ जमा भएको बेला गरिन्छ । कर्माङ्ग श्राद्ध यो कुनै संस्कारको अवसरमा गरिन्छ । शुद्धयर्थ श्राद्ध यो श्राद्ध परिवारको शेद्धताका लागि गरिन्छ । तीर्थ श्राद्ध यो श्राद्ध तीर्थ जाँदा गरिन्छ । यात्रार्थ श्राद्ध यो श्राद्ध यात्राको सफलताका लागि गरिन्छ । पुष्टयर्थ श्राद्ध शरीरको स्वास्थ्य र सुख समृद्धिका लागित्रयोदश तिथि, मघा नक्षत्र, वर्षा ऋतु र आश्विन महिनाको कृष्ण पक्षमन यो श्राद्ध उत्तम मानिन्छ।

जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि, रोकियो थिमिको जात्रा

काठमाडौं । थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन् । पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय दिए । कृष्ण नानीचा श्रेष्ठपछि एघारवर्षदेखि रोकिएको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजुले फेरि सुरु गरे । अर्को साल उनको बुबाको निधन भयो । जिब्रो छेडाउन सकेनन् । गत वर्ष (२०७५) मा मध्यपुर थिमी–५ चोंडेका ४० वर्षीया बाल बालराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए । यस वर्ष जिब्रो छेडाउन कोही तयार भएन । यो समाचार कान्तिपुर दैनिकमा छ ।

१३ वर्षपछि आज चन्द्रमाको दुर्लभ संयोग, ९० करोड डलरको नोक्सानी हुनसक्ने

काठमाडौं । खगोलीय संसारमा आज विशेष दुर्लभ संयोग बनेको छ । आज दुर्लभ पूर्ण चन्द्रमा देख्न सकिन्छ । यसलाई फूल हार्भेष्ट मून पनि भनिन्छ । अरुबेला सूर्यास्त भएपछि करिब एक घण्टापछि चन्द्रमा देखिन्छ । तर शुक्रबार भने सूर्यास्तको पाँच मिनेटपछि नै पूर्वमा चन्द्रमा देखियो । नासाका वैज्ञानिकहरुका अनुसार, आज यसलाई हेर्न सकिन्छ । तर किंवदन्तीहरुमा यो चन्द्रमाको स्वरुपलाई भयावह मानिन्छ । यो पूर्ण चन्द्रमालाई आदिवासी अमेरिकीहरुले फूल हार्भेष्ट मुनको नाम दिएका थिए । यो चन्द्रमाले साधारण चन्द्र उदयको तुलनामा छिटो प्रकाश फैलाउने गर्दछ । यसलाई कोर्न मून पनि भनिन्छ । किनभने यतिबेला मानिसहरु मकै भित्र्याउने गर्दछन् र यो चन्द्रमाले उनीहरुलाई राती पनि काम गर्न मद्दत गर्दछ । यो चन्द्रमा अन्य दिनभन्दा सानो देखिएको छ । किनभने यो आज आफ्नो कक्षभन्दा टाढा अवस्थित छ । त्यसो त माइक्रोमुन (अरुबेला देखिने चन्द्रमा) सूपर मुनको तुलनमा १४ प्रतिशत छोटो र ३० प्रतिशत कम चम्किलो देखिन्छ । सामान्य चन्द्रमा पृथ्वीभन्दा २५१६५५ माइलको दूरीमा हुन्छ । तर फूल हार्भेष्ट मुन भने माइक्रो मुनभन्दा ८१६ माइल झन टाढा हुने गर्दछ । सेप्टेम्बरमा हुने यो दुर्लभ पूर्ण चन्द्रमालाई शरद चन्द्रमा पनि भनिन्छ । यसलाई यसअघि २००६ मा देखिएका थियो । अब यसपछि २०३३ मा यस्तै संयोग देखिने छ । उत्तरी क्यारोलिनाका एशिभिज स्ट्रेस म्यानजमेन्ट एण्ड फोबिया इन्स्च्यिूटका अनुसार, अमेरिकामा अनुमानित १७ देखि २१ मिलियन मानिसहरु यो चन्द्रमादेखि डराउन गर्दछन् । यसलाई उनीहरु पहिला देखि नै भयावह दिनको रुपमा लिने गर्दछन् । आजको दिन कैयन अमेरिकीहरुले व्यापार बन्द गर्ने र यात्रामा नजाने गरेका हुन्छन् । यसबाट करिब ८ सय देखि ९ सय मिलियन डलरको व्यापार नहुने अनुमान छ । तर वैज्ञानिक भने यो खगोलिय घटना मात्र भएको दावी गर्छन् । यो वर्ष अन्तरिक्ष प्रेमीहरुका लागि विशेष वर्ष बनेको छ । यसै वर्षको अन्तमा २६ डिसेम्बरका दिन तेश्रो सूर्य ग्रहण लाग्दैछ । यो वर्षको पहिलो सूर्य ग्रण ६ जनवरी र दोश्रो २ जुलाईका दिन थियो । वर्ष २०२० को पहिलो चन्द्रग्रहण भने जुन ५ का दिन लाग्नेछ । सामान्यरुपमा चन्द्रमा र मानिसको स्वास्थ्यमा कुनै सम्बन्ध देखिन्न । तर वैज्ञानिक अध्ययन अनुसार, चन्द्रमाले मानिसको स्वास्थ्यमा समेत असर पार्ने बताइन्छ । पूर्णिमा दिन चन्द्रमाको गुरुत्वाकर्षण बढने गर्दछ । यसबाट व्यक्तिको मूड प्रभावित हुन्छ । कतिपयले यो चन्द्रमामा हुने परिवर्तनबाट तनाव त कतिले टाउको दुखेको अनुभूति गर्न सक्छन् । पूर्णिमाभन्दा पहिले र पछि तीन चार दिनसम्म अपेक्षाकृत कम निन्द्रा आउने समस्या पनि हुन्छ ।

आज इन्द्रजात्रा, अनन्त चतुर्दशी मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आरधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ । रासस

खै कसरी सक्छ यार, जिन्दगीले जिन्दगीलाई छोड्न !

तिमी जाँदै छौ पैतालामा मेरो जिन्दगी कुल्चिएर म तिनै डोबहरुमा हराउदैछु लुक्दैछु ती तमान यात्राहरुबाट छुट्टि लिदै उकुसमुकुस रङ्गिन सपनालाई अलविदा गर्दै त्यो उदासिलो यथार्थमा फर्कि‌दैछु जहाँ तिमी नफर्किने गरि डोबमा मलाई छोडि जाँदैछौ खै कसरी सक्छ यार जिन्दगीले जिन्दगीलाई छोड्न !                      सुदिप चौलागाईं अब भो म सक्दिनँ तिम्रो अन्तिम संवाद मुटु थररररर काँप्यो दम बढेजस्तो आकाश झरेजस्तो अनि शरीर ढलेजस्तो तिम्रो खुसि भन्नू अलवा केही थिएन् ओठले जाउ भने मनले आउ मैले गरेको प्रेममा सुनामि आयो म एकाएक मन-बिहिन भए म बाँचुला जसाे तसो आसुको हिसाब कहाँ हुन्छर नयाँ जिवनको शुभकामना तिमिलाई ! आजभोलि बिउझनु आदत भएको छ तिम्रो सपनामा कतै म पात्र हुन्छु कि भन्दै ननिदाउनु चाहात भएको छ तिमिसँग यात्रि बनेर सपनामै रातभरि परिक्रमा गर्नुछ माग्नु छ बाँकि हिसाब किताब प्रेमको तराजुमा भावना जोख्नुछ बाध्यताको ढकभन्दा भावना गरुँगो भए भावना बराबरको जिउँदै बाचेपनि मरे सरहको अर्को ढक थप्दिनुछ ! आज फोनलाई बाडुल्कि लाग्यो उसले सम्झिछे क्यारे मलाई किन पो सम्झिन्थि र चुठि सकेको थालमा फेरि को पो आउला भाग बस्न म खिस्स हास्न खोजे सुनामि आई लगिदियो मुस्कान हावा भन्थि हर समय म हावा बिना कोहि बाचेर देखाउन म हावा बनी उसलाई बचाईराख्नु पो सायद कमजोरी भएछ ! जीवन कोमामा भईरहदा प्रेमले आईसियु रोजेको हो भावना बिरामी परेर बिछोडको बियोगले शरीर आलस्य भई ढलेको हो ओखति प्रेम थियो धनी मन थियो साचै भनौ गरिब साथ नपचेको हो नपाएर गुमाउनु भन्दापनि पाएर नै गुमाएको छु म गन्तव्यमा पुगिसके सुरुवाति र अन्त्य घाट न हो अब यात्रा तिम्रो सफल रहोस् ! प्रेममा हुनसक्छौ तर गर्न सक्दैनौ गर्नु दबाब हो दबाबमा स्वार्थ छ प्रेम निस्वार्थ छ उनी बारबार भन्थिन मलाई मात्रै प्रेम गर्नु अरे यार शत्रुको अगाडि पनि सास म फेरेकै हुन्छु प्रेम र स्वास एकै हुन् स्वास बन्द गरे मृत्यु अनि प्रेम एकैलाई गरे दबाब दबाबमा स्वार्थ अनि प्रेम निस्वार्थ ! प्रेममा घात भए मन जल्छ रे मन जल्ने भए खरानिको के हुन्छ मत भन्छु प्रेममा घात भए त्यो प्रेमनै हुदैन प्रेम शब्द हो जसको अर्थै नै हुदैन् प्रेममा बिछोड भए असहन हुन्छ रे मिलन बिछोड हुन्छ भने त्यो प्रेमनै हुदैन् प्रेममा बस दुई आत्मा हुन्छ अनि बाकि सब पर्मात्मा हुन्छ ! मैले प्रेम गर्न जानिन तिमी खेलाडि थियौ म त बस प्रेम सिक्दै थिए तर तिमिबाट सायद प्रेमले नै केही सिक्दै थियो गर्नु अनि छोड्नु तिमिलाई अह बिल्कुल नौलो थिएन तर गर्न खोज्नु पनि बिल्कुल मलाई नौलो थियो अघाएर या नपाएर बाटो लाग्यौ तिमिले कोनि प्रेममा के खोज्यौ मैले तिमि बाहेक केहि खोजिन्! तिम्रो सिउदोमा अरु कसैले गाडि कुदाउँछ भने म पैदल यात्रि हुँ जाउ उहिसँग उसँग केही छ मसँग केही नै छैन् मसँग बस प्रेम छ उसँग त सबथोक छ पैसा ख्वाएर डलर झिकाउला मसग आयौ भने त हेर गरिबी खाएर बाध्यता झिक्नुपर्छ तिमी आफ्नो भविष्य सोच मैले त आफैलाई गुमाएको छु शुन्यले शुन्यतानै हो पाउने प्रिय ! उनलाई पाउने भुत सवार थियो कस्तो थिए कस्तो भई आए हरदिन उनलाई सम्झनु बाहेक मलाई चाडपर्व आएन म अहिले पनि बाचेको छु साचै भनौ बाचेजस्तो मात्रै गरेकोछु तिमिले छोड्नु या मैले छोड्नुले बिल्कुल पिरोलिएको हैन म त त्यो बिश्वासलाई घृणा गर्छु जुन तिम्रो लागि जन्मियो अनि नहुर्किदै आत्महत्या ! प्रेम पाउने चाहातले लाएको यो बिश्वासिलो नकाव तिम्रो अविस्वासको तिरसगै मैले उतारेको छु अब तिम्रो नजरमा नत म राम हुनुछ नत रावण नै प्रेम गर्छु पनि भनिनौ र गर्दिन पनि मसग त यस्तो दोधार थिएन मैले प्रेमनै तिमिलाई माने तर प्रेम प्रेमनै नहुने रैछ म बहुला निस्किएँ, तिमी शातिर खेलाडी ! बोल्न खोजिनन् उनी गल्ति एक तर कारण अनेक बनाउदै बिस्तारै तर्किदैथिईन मैले वास्ता गर्न छोड्नै सकिन उनी बाहेक मैले अरुको वास्तै नगरेर पनि हुन सक्ला हिजो पाईलै पिच्छे साथ दिन्छु भन्नेले आज पाईलाको डाम आफु हिड्ने सडकमा नदेखियोस् झै गर्दै हिडिरहदा मैले मेरो पैतालालाई जुत्ताले ढाकेको हु ! उनी म बाहेक सबैसग बोल्ने म उनी बाहेक कोहिसग बोल्नै नखोज्ने यस्तै दोधारे प्रेम थियो जुन थियो रपनि थिएन कहिलेकाही त यस्तो लाख्थ्यो कि चाहा पनि आफ्नो हैसियत बराबरको होस् तर थिएन् उनी मेरो बिपनाको सपना थिईन् तर उनको म बाहेकको सपना बडा सान्दार थियो काँडा कहिले फुल नबन्ने रैछ ! फरक यति नै थियो उनिलाई प्रेममा बिश्वासै  थिएन् अनि मलाई उनमा बाहेक अरुमा प्रेम नै थिएन उनको आग`मन´मा मैले मेरो मन भेट्थे मैले `म´ भेट्थे उनिले प्रेमलाई हराएसगै मैले बिश्वासलाई जिन्दगीको त्यो यात्रामा कतै छोडिदिए अहिले म आफैसँग डेटिङमा छु तिमी अवसर खोज्दै नआउनु ! यति चाहे उसले कति नि चाहिन अन्जुलिमा भावना बटुलेर साचै भनौ प्रेम नबन्दो रैछ मैले साथ चाहे उ तर्किन चाहिँ उसले बिर्सि उ छाया थिई मेरो जतिनै टाढिए पनि साथैमा उसको खुसिमा रम्नु बाहेक अब अह बिकल्प छैन प्रेमले प्रेमलाई बिर्सेको दिन मैले मलाई बिर्सिए ,म शून्य छु शुन्यता नै लक्ष्य ! मैले कहिले प्रेम प्रस्ताव राखिन पाउने आश पनि त गरिन जस्लाई चाहे उस्ले अर्कै चाहेपछि मैले उनको चाहालाई शुभकामना दिदै आफ्नो चाहाको अन्तेस्टि गरे म साचै अचम्म को छु पाउदिन भन्ने जान्दाजान्दै पनि आश गर्छु आशले आशको घाँटी ननिचोरुन्जेल सम्म म आसै आशमा आश गर्छु प्रेम गर्थे म सोचले सोचेको हुँ सोचलाई सोचेरै मेटाईदिउला ! तिमिले अह खोजेनौ मलाई म बिलाउन नै लागेथे शुन्यतामा तिम्रो खोजको पर्वाहा छैन् म कसिङ्गरलाई महल कुन झुपडी कुन तिम्रो लागि भन्दै लेखेका केही प्रेमिल बातहरु अब ईरेज गर्दिन्छु डिलिट गर्दिन्छु तिम्रो तस्बिर जुन कुदिएको थियो मनमा मैले आफैलाई गुमाउदैछु तिमी आफ्नो अस्तित्व खोज्दै अब नआउनु। एउटा हातमा valentine बोकि अर्को हातमा संभोग उमार्दै ती प्रेमिल हातहरु एकबार बारम्बार बलात्कार भैरहेछन् मलाई प्रेम यो हप्तामा किन्नु छैन् प्रेमको भाउ तोक्न कसैले पाउदैन जसरि डोबमा भएका ती तमाम सम्झनाहरु बिछोडको बियोगले ढाक्नै सक्दैन् मैले कसैलाई प्रेम गरिन र, त प्रेमले जित्ने हिम्मत राखेन ! मेरो प्रेम लोकसेवामा सोधिने प्रश्न जसमा उत्तरका निम्ति तीन अप्सनहरु छैनन् बुछिदेउ केही यस्ता पनि प्रश्नहरु हुन्छन् जुन प्रश्नको उत्तर फेरि प्रश्नै हुन्छ उनी भन्दैथिई हजुरको लागि म को हु जिन्दगीले जिन्दगीको प्रश्न सोद्दैथियो जहाँ प्रश्न अनि उत्तर दोधार हुनै सकेन ! हातमा मृत्यु बोकि मृत्युबाट बच्न मृत्यु निलि यसैलाई फ्याली जिउदै मरेको शरीरलाई एकबार बारम्बार मारि मरेको सास बोकि बाचिरहेछन् ती मरिसकेका आत्माहरु सडकमा यत्रतत्र देख्दछु त्यस्ताहरु जो बाच्नलाई मरिरहेछन् अनि मर्नलाई बाचिरहेछन् ! मेरो जिन्दगीले जितेकोछ म जहिले जिति रहेछु मैले हार चाख्नै परेन मैले जीवन बुझेको छैन र त कहिले हारेकै छैन् जीवन शब्दै कोमामा छ रत मर्नकालागि बाचेकाहरु त्यो लक्ष्यमा लिप्त छन् जुन छ रपनि छैन् म भन्छु जीवन शून्य हो यहाँ हारे पनि जिते पनि पाउने शुन्यतानै हो आउने जाने घाटकै निम्तो हो ! तिमी जिन्दगी के हो भन्छौ मलाई भनिदेउ तिमी के हौ तिमी तिमिनै हैनौ जन्मनसाथ तिमिले आफ्नो अौपचारिक परिचय गुमाएको हौ अनअौपचारिक परिचयको नकाव लाएर घुमिरहेछौ अहिले तिम्रो परिचय छ रपनि छैन तिमी तिमी हौ तर पनि तिमी हैनौ जिन्दगी पनि यहि हो छ रपनि छैन् जे छैन त्यहि हो जे छ त्यो हैन् ! संसारलाई मंदिर मानि खुसिलाई प्राथना ठानि अब म त्यो भक्त निस्किन्छु जो भगावनमा हैन रक्सिमा आस्ता राखोस् पापिलाई मंदिर अनि धर्म चाहिन्छ मन जल्नेहरुलाई भट्टि भए पुग्छ म कस्तै थिईन अहिले कस्तो-कस्तो भएको छु धन्यवाद तिमिलाई म `म´ भएकोछु केही थिइन् तर अहिले केहिनकेहि भएको छु ! प्रेममा चाहात हुदैन बाहाना हुदैन जबर्जस्ती हुदैन बाध्यता हुदैन विवसता हुदैन बस दुई आत्मा हुन्छ एक उनी त एक म ! अनौपचारिक परिचय बोकेर प्रेमलाई लिलाम गर्न नखोज यहाँ अौपराचिक परिचय सबैको शून्य हो शुन्यले जति गरेनि शुन्यता पाउछ प्रेम शब्द हो यसको अर्थ शून्य हो शुन्यको अर्थ नखोज !

किनकी म कुनै साहित्यकार हैन !

उत्सब बजगाईं, प्रेमको दिप्त सागरमा रुम्लिएर प्रेमको सामित्यहरुमा रमाउन मन छ । तिम्रा अठोठ पूर्ण बाचालाई एकसाथ गराउँदै ,दुई आत्मालाई एक बनाउँदै त्यो उजाडिएको मरुभूमिमा प्रेमको विरुवा हुर्काउन मन छ । दुनियाँसामु हराउँदै प्रेमको एउटा रानी महल बनाउन मन छ ।दुनियाँले नि भननु कि प्रेम जोडि होस् त यस्तो होस भनि एक उदाहरणिय जोडि बनाउन मन छ । कुरो जातको भातको हैन ,दुई आत्मा एक भावनाको बनाउन मन छ । तिम्रा ति मृग नयनमा सजिएका प्रेमका भाबलाई किताबमा उत्तारी हजारौँ पुस्तकालयमा सजाउन मन छ । ती गुलाबी ओठबाट निस्केका मुलाएको प्रतिकलाई एउटा गमलामा सजाई थुप्रै बगैचामा फुलाउन र सुगन्धको मधुरता प्रधान गराउन मन छ ।टुक्रिएका मुटुबाट चिरिएका ति शब्दलाई गित र गजल बनाई हरेको पिडा भुलाउने सँगित दिन मन छ । बाध्यता र परिस्थितीले छुटिएका जोडिलाई पुर्णता दिदै पूर्ण मिलन गराउन प्रेमको इतिहास रचि मुना मदनको इतिहासलाई पल्टाउन मन छ र त दुनियाँ सामु प्रेमको सामित्य पस्किन मन छ । हरेक समय प्रेमलाई नै पूर्णता दिन मन छ ।।   छन्द मिलाएर लेख्न म कुनै कवि हैन न त मसंग कुनै साहित्यको ज्ञान छ न नै मैले धेरै पढेको छु, जानेको छु तर तर जब जब म तिमिलाई सम्झन्छु मेरा मनमा कयौँ लहरहरु चल्न थाल्छन् शब्दका बहाबहरु बग्न थाल्छन् हर एक प्रेमिल शब्दहरु तिम्रालागी सजिन थाल्छन् र म कोर्न थाल्छु जानी नजानी शब्दहरुलाइ जोड्न थाल्छु सुन्दर र मिठा शब्दहरु राखेर तिम्रा बारेमा वर्णन गर्न थाल्छु तर तर मेरा शब्दहरुले गति लिन सक्दैनन् तिम्रा लागि मनमा फुरेका शब्दहरुले जति वर्णन गर्न खोजेपनी पुग्दै पुग्दैनन् सुर ताल अनि छन्द कहिँ केही मिल्दैनन् किनकी म कुनै साहित्यकार हैन म कुनै साहित्यकार हैन अनि अनि जब म तिम्रो बारेमा सोच्छु तिमिलाई प्रकृतिसंग तुलना गर्न थाल्छु तिम्रा मृगनयनी आँखाको चञ्चलतामा हराउँछु लालुपातेझैँ ओठका मुस्कानमा मुस्कुराउँछु कोइलिकाझैँ मधुर आवाजमा लठ्ठ हुन्छु बारुले कम्मरको लचकतामा हराउँछु अनि अनि भुलाउँछु म आफुले आफुलाई समाहित गराउन चाहान्छु तिमिमा मलाई शब्दमा सजाउन चाहान्छु खुलेर तिम्रो सौन्दर्यको वर्णन गर्न चाहान्छु तर तर म त्यो सामर्थ्यता जुटाउन सक्दिन तिम्रा बर्णन गर्न नसकिने सुन्दरतालाई शब्दमा उतार्न यदि म कुनै साहित्यकार हुँदो थिएं त सायद तिम्रो सुन्दरताको म वर्णन गर्ने थिएं एउटा सुन्दर किताब बनाउने थिएं र तिम्रो त्यो सुन्दरतालाई बिश्वसामु चिनाउने थिएं मेरो कोठाको दराजमा त्यो कितावलाई वा भनौँ तिम्रो सुन्दरतालाई सजाएर राख्ने थिएं तर तर अफ्सोच मलाई लेख्न आउन्न शब्द हरु खेलाउन आउन्न शब्दहरुलाई सजाउन आउन्न किनकी म कुनै लेखक हैन किनकी म कुनै साहित्यकार हैन कलियुगमा कृष्ण र सुधमाको मित्रता खोजेर कहाँ पाइन्छ र त्  !!  

वर्षका उत्कृष्ट पाँच आख्यान

वैशाख ६ । सबै व्यवसायिक क्षेत्रको वार्षिक मूल्यांकन भएजस्तै केही वर्षदेखि नेपाली साहित्य तथा स्रष्टाका कृतिको मूल्यांकन पनि हुँदै आएको छ । वर्ष २०७५ मा प्रकाशन भएका नेपाली साहित्यका विभिन्न विधाका कृतिको बिक्री, चर्चा एवं विषयवस्तुको मूल्यांकनसहित आख्यान (कथा–उपन्यास) र गैर–आख्यान विधाका उत्कृष्ट ५–५ कृतिलाई २०७५ का वर्ष पुस्तकका रूपमा हामीले लिएका छौं । लेखक, पुस्तक प्रकाशनको गुणवत्ता एवं साहित्यिक पुस्तक बजार हिस्सा जस्ता आधारमा वर्ष २०७५ का ५ उत्कृष्ट प्रकाशन यहाँ प्रस्तुत गरिएको छ– उत्कृष्ट ५ आख्यान प्रिय सुफी युवा पुस्तालाई लक्षित उपन्यास तथा कथा लेखेर आफ्नो अलग पहिचान बनाएका सुबिन भट्टराईको चौंथो उपन्यास हो— प्रिय सुफी । गत वर्ष प्रकाशन भएका आख्यानमा सर्वाधिक बिक्री भएको यो उपन्यासले युवा पुस्तामा पढ्ने बानीको विकासलाई बढावा दिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको यो पुस्तक गत वर्षको बेस्ट–सेलर उपन्यास हो । सखी ऐना कथा संग्रहबाट मदन पुरस्कार प्राप्त गरेका लेखक रामलाल जोशीको पहिलो उपन्यास हो— सखी । किनाराकृत वर्गका कथालाई आफ्नो लेखनीको विषय बनाउँदै आएका जोशीले यो उपन्यासमा थारू जातिको दुःख, पीडा एवं संघर्षलाई ‘सखी’ पात्रमार्फत उन्ने प्रयास गरेका छन् । सुदूरपश्चिमको थारू जातिको स्थानीय लवजले उपन्यासलाई अझ पठनीय बनाएको छ । बुक–हिलले प्रकाशन गरेको यो उपन्यास गत वर्षको बेस्ट–सेलर कृति हो । रणहार ऐतिहासिक उपन्यासका रूपमा वर्ष २०७५ मा बजारमा आएको यो पुस्तक योगेश राजले लेखेका हुन् । भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको यो उपन्यासले भक्तपुरको सांस्कृतिक सम्पदाको पनि व्याख्या गरेको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तक पठनीय छ । अघोरी कथाकार राजेन्द्र पराजुलीका १७ थान कथाको संग्रह हो— अघोरी । समसामयिक राजनीति र यथार्थ जीवनका विषयवस्तुलाई कथामा उनिएको यो पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो । पाई आधा दर्जन कथा एवं उपन्यास नेपाली पाठकलाई दिइसकेका कथाकार राजवको कथा संग्रह हो— पाई । अमेरिकी नेपाली जीवनका विचलनलाई कथाकार राजवले यो संग्रहका २० वटा कथामा समेटेका छन् । समकालीन परिवेश एवं सन्दर्भअनुसार अमेरिकाका नेपालीहरूको जीवन बुझ्न राजवको यो संग्रह धेरै हदसम्म सहायक हुन्छ ।