वर्षका उत्कृष्ट पाँच आख्यान

वैशाख ६ । सबै व्यवसायिक क्षेत्रको वार्षिक मूल्यांकन भएजस्तै केही वर्षदेखि नेपाली साहित्य तथा स्रष्टाका कृतिको मूल्यांकन पनि हुँदै आएको छ । वर्ष २०७५ मा प्रकाशन भएका नेपाली साहित्यका विभिन्न विधाका कृतिको बिक्री, चर्चा एवं विषयवस्तुको मूल्यांकनसहित आख्यान (कथा–उपन्यास) र गैर–आख्यान विधाका उत्कृष्ट ५–५ कृतिलाई २०७५ का वर्ष पुस्तकका रूपमा हामीले लिएका छौं ।

लेखक, पुस्तक प्रकाशनको गुणवत्ता एवं साहित्यिक पुस्तक बजार हिस्सा जस्ता आधारमा वर्ष २०७५ का ५ उत्कृष्ट प्रकाशन यहाँ प्रस्तुत गरिएको छ–

उत्कृष्ट ५ आख्यान

प्रिय सुफी

युवा पुस्तालाई लक्षित उपन्यास तथा कथा लेखेर आफ्नो अलग पहिचान बनाएका सुबिन भट्टराईको चौंथो उपन्यास हो— प्रिय सुफी । गत वर्ष प्रकाशन भएका आख्यानमा सर्वाधिक बिक्री भएको यो उपन्यासले युवा पुस्तामा पढ्ने बानीको विकासलाई बढावा दिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको यो पुस्तक गत वर्षको बेस्ट–सेलर उपन्यास हो ।

सखी

ऐना कथा संग्रहबाट मदन पुरस्कार प्राप्त गरेका लेखक रामलाल जोशीको पहिलो उपन्यास हो— सखी । किनाराकृत वर्गका कथालाई आफ्नो लेखनीको विषय बनाउँदै आएका जोशीले यो उपन्यासमा थारू जातिको दुःख, पीडा एवं संघर्षलाई ‘सखी’ पात्रमार्फत उन्ने प्रयास गरेका छन् । सुदूरपश्चिमको थारू जातिको स्थानीय लवजले उपन्यासलाई अझ पठनीय बनाएको छ । बुक–हिलले प्रकाशन गरेको यो उपन्यास गत वर्षको बेस्ट–सेलर कृति हो ।

रणहार

ऐतिहासिक उपन्यासका रूपमा वर्ष २०७५ मा बजारमा आएको यो पुस्तक योगेश राजले लेखेका हुन् । भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको यो उपन्यासले भक्तपुरको सांस्कृतिक सम्पदाको पनि व्याख्या गरेको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तक पठनीय छ ।

अघोरी

कथाकार राजेन्द्र पराजुलीका १७ थान कथाको संग्रह हो— अघोरी । समसामयिक राजनीति र यथार्थ जीवनका विषयवस्तुलाई कथामा उनिएको यो पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो ।

पाई

आधा दर्जन कथा एवं उपन्यास नेपाली पाठकलाई दिइसकेका कथाकार राजवको कथा संग्रह हो— पाई । अमेरिकी नेपाली जीवनका विचलनलाई कथाकार राजवले यो संग्रहका २० वटा कथामा समेटेका छन् । समकालीन परिवेश एवं सन्दर्भअनुसार अमेरिकाका नेपालीहरूको जीवन बुझ्न राजवको यो संग्रह धेरै हदसम्म सहायक हुन्छ ।

शताब्दी पुरूषले ‘जीवनीको रस प्यून’ सिकाए !

काठमाडौँ, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मस्र्याङ्दी नगरपालिकामा परिणत भई जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका छन् । भौतिक विकास भए पनि प्राकृतिक बनावटमा पुस्तुनले खासै चोला फेरेको छैन पुस्तुनले । घिमिरेले विद्यालय पढेको जिल्लाको दुराडाँडा पनि उही लयमा छ तर ती गाउँमा हुर्केका कविवर घिमिरे प्रकृति र मानवीय संवेदनायुक्त सुललीत सिर्जनामार्फत साहित्यिक जगत्का शिखर व्यक्तित्व बन्न सफल भएका छन् । राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ । घिमिरे आइतबार शताब्दी (एक सय) वर्षमा प्रवेश गर्दै छन् । बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि हाल उहाँ यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहनुभएको छ । यतिबेला उहाँ पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा पनि छन् । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए । मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । यही असोज २१ गते काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सो कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरी साथै उहाँको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीशहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ । राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहनुभएको प्रतिष्ठानले लमजुङ हिमाल हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौँ वा लमजुङमा उहाँको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ । पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ । संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ । पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेकी अर्धाङ्गिनी महाकाली घिमिरे पनि यही असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । कविवरको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उहाँको परिवारले आइतबार लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको छ । घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रच्नुभएको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय मानिन्छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले ‘गौरी’ खण्डकाव्य हालै कोरियाली भाषामा अनुवाद भई जन्म शताब्दीका अवसरमा उपहार हुन पुगेको बताउँदै कोरियाका पाठकहरूले उक्त खण्डकाव्य पढेपछि भावुक हुँदै प्रतिक्रिया दिन थालेको बताए । घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् ः “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।।।”

रमाइलो चुट्किलाः विवाहअघि….

प्रेमीकाले प्रेमिसंगः चन्द्रमा कतिवटा छन् ? प्रेमीः दुर्इवटा प्रिय, एउटा मसँगै छ एउटा आकाशमा्र विवाहपछि… पत्नीः चन्द्रमा कति वटा छन् ? पतिः आखा छैनन्, एउटै हुन्छ्र माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र । एजेन्सीको सहयोगबाट

चुटकिला : फन्टुसले ल्याएछ

हाम्रो फन्टुसले ल्याएछ श्रीमति – सुन्नुभो त ! पल्लो घरकि साँईला दाईको छोरीले 100 मा 99 नंबर पो ल्याईछ । शेरे – अनि 1 नंबरचाहि किन कम भा होला है ? . . . श्रीमती – त्यो 1 नंबर त हाम्रो फन्टुसले ल्याएछ नि त :XD!

एकपटक मजाले हासौंः धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो । यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो । केही बेरपछि किसान सुक–सुक गर्दै रुन थाल्यो ‘। धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमीमात्रै रहिछौ । किसानः म हजुरको गीत सुनेर रोएको होइन । धुर्मुसः अनि किन त…? किसानः पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो । आज मलाई मेरो गोरुको याद आयो अनि रोएको । एजेन्सीको सहयोगबाट

गजलः आयौ किन यो जिन्दगीमा ?

विद्या भट्टरार्इ मुटुभित्र बास दिए आखिर, मर्किएरै गयौ तिमी । आयौ किन यो जिन्दगीमा, फर्किएरै गयौ तिमी ।। तिम्रो भलो चाहन्थेँ  म हरपल, भन्नै पर्दा खेरी ? असार सावनको पानी बनी, दर्किएरै गयौ तिमी ।। बिर्सु भन्छु झनै ध्यान तिम्रै, स्मृतिमा गाडिरहने ? घटना बन्यो चोट पुग्ने गरी, चर्किएरै गयौ तिमी ।। कहिल्यै नछुट्ने नाता जोडेको, तिमी शीत भन्थौ ? अमृतजस्तो मायाँ पनि यहाँ, छर्किएरै गयौ तिमी ।। दुःख–सुख जे भए नि सँगै, साट्ने वाचा थियो ? बीच बाटोमा किन छोड्यौ, तर्किएरै गयौ तिमी ।। बाँझै थियो दिलको बारी , तिमिलाइ सबै सुम्पिदिँदा यही ठाउँमा जोडी साइनु ,सर्किएरै गयौ तिमी ।। विद्या भण्डारी (आँसु), नुवाकोट त्रिशुली फेसबुकबाट साभार

चुटकिला : कसरी मार्न सक्छु !

एउटा लामखुट्टे भर्खर मेरो घाँटीबाट रक्तपान गरेर भुँ भुँ गर्दै कान तिर उक्लियो..उसको संगीतको तारिफ गर्दै प्याट्ट एक ताली दिएर ठहरै पारिदिउँ कि भनेर दुवै हात उठे.. तर एक्कासी रोक्किए.. म कसरी मार्न सक्छु उसलाइ? …. !!!!! उसको त नशा नशामा मेरो रगत बगेको छ !

गजलः तिमी हाँसे जगतै हाँस्छ

कथा मिठा जिन्दगीका,बाचेर त हेर तिमी हाँसे हाँस्छ जगत, हासेर त हेर मरेपछिको स्वर्ग कसले नै पो देख्या छ ररु यहि छ स्वर्ग,यहि छ नर्क जाचेर त हेर उडि छुनु चन्द्र ,लक्ष्य लिदा भन्छन् सफलताका सपना साचेर त हेर हास्दा गजल,हेर्दा गजल, गजल नै त रहेछ जिवन संगीत मिलाई आफ्नै ताल मा नाचेर त हेर तिमी हासे हास्छ जगत ,हासेर त हेर !!

चुट्किला पढौं, खुलेर हासौंः केटाले केटीलाई यस्तो प्रश्न गरेछन् ?

केटा केटीलाई सोध्दैः तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी ः अनि के त ‘आफ्नो घरबाट लगेर तँलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने ।’ त के नाच्छस ? एजेन्सीको सहयोगबाट

चुटकिला : कुकुरको दिमाक

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो कुकुरको सातोपुत्लो उड्यो ‘आज त म पक्का मरेँ:(‘ सोचेछ त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो “वाउ ! बाघ खानुको त मजा नै अर्कै छ, एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum” अनि जोरले डकार्न थाल्यो । यो देखेर बाघले सोच्यो “यो कुकुर त बाघको शिकार गर्दोरैछ, ज्यान बचाएर भाग्नुपर्‍यो” भन्दै भागेछ । यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो, उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई जान लागेको देखिहाल्यो, उता बाँदरले गएर बाघलाई सब कुरा भनिदियो कि कसरी कुकुरले उसलाई मुर्ख बनाएको हो भनेर् बाघले गर्जिदै भन्यो ‘ए, तेसो पो ! ल हिँड मसँग अहिले गएर तेस्लाई चपाएर खाइदिन्छु’ र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर भएतिर दौडियो Can u imagine the quick management by DOG ? कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो अनि जोर जोरले कराउन थाल्यो “त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन” बाघ त टाप :p Via बच्चा देखि नै Genius छु तर पनि कहिल्यै घमण्ड गरिनँ

गजलः आमाको काखमा स्वर्ग

पुजा वागीश यदि कँही कतै निस्वार्थ प्रेम छ भने, त्यो आमाको प्रेममा छ । यदि कतै आनन्दित स्वर्ग छ भने, त्यो आमाको काँखमा छ । यदि कोही वास्तविक जीवन शिक्षा सिकाउने गुरू छ भने, त्यो आमा नै हो । यदि कतै ईश्वर छन् भने त्यो आमा नै हो ।

रमाइलाे मुक्तक : केटा र केटीः को कस्तो ?

केटा : खाउ पिउमा मख्ख केटी : आफ्नै जिउमा मख्ख । बुढीको आँखा ऐनातिर बुढाको आँखा नैनातिर । कलियुग पहिला आइमाइमा पस्यो निस्कनै सकेन त्यही फस्यो । केटीको लुगा छोटो कपाल लामो केटाको कपाल छोटो जुगा लामो । आइमाइको बुद्धी खुट्टामा पुरुषको निशाफ झुट्टामा । स्वास्नीको ओठमा लालीको थुप्रो लोग्ने मोराको ज्यानै कुप्रो । लोग्नेले कमाको बाडेर ठिक्क स्वास्नीले कमाको माग्दामाग्दै दिक्क । केटीले संसार जन्मदै चिन्छन केटाले संसार कमासी चिन्छन । केटाले सिमाना १०० मिटर तोक्छ केटीले हातैमा हतगडी ठोक्छ । बुढो बिग्रे बुढी बाङगो बुढी बिग्रे घरै नाङगो । केटाको मन केटीले बुझ केटीको मन दैवले बुझ । केटाको मन् बिग्रे रक्सीमा लत् केटीको मन् बिग्रे नाइटोमा खत् । केटाको निम्तो मेरो भोली बिहे केटीको निम्तो माइतिले दिए । केटी केटासग डगेको केटालाइ सृष्टिले नै ठगेको ।

चुट्किला : नोकर्नी र मालिकनी

नोकर्नीः मालिकनी, आज तपाई किन दुःखी हुनुहुन्छ ? मालिकनीः तेरो मालिकको अफिशमा कसैसगँ चक्कर छ भन्ने सुनेको छु। नोकर्नीः होइन होला, मालिकले मलाई कहाँ धोका दिनुहुन्छ र !

चुट्किलाः छोराले सयमा पञ्चानब्बे ल्याउँदा….

एकादेशमा एकजना व्यापारीको छोराले बि.ए. पास गर्दा सयमा पन्चानब्बे प्रतिशत ल्याएको खुशियालीमा आफ्नो बुबालाई मिठाई दिँदै भन्यो । बुबा मैले परिक्षामा सयमा पन्चानब्बे प्रतिशत ल्याए । बुबाले भन्नुभयो– ‘हामीले सयको मालबाट एक सय पचाससम्म ल्याउँछौ तर तैंले सयमा पनि पॉच घटाईस् । नालायक कहीँको । हा हा हा हा हा……

चुटकिला : डाक्टर कै उपचार

एकजना B. Ed गरेको टिचरले Job नभेटेपछी उसले एउटा क्लिनिक खोल्यो , र बाहिर बोर्डमा लेखिदियो , तीन सय रुपैयामा उपचार गर्नुस र यदी रोग निको भएन भने एक हजार रुपैया फिर्ता लिएर जानुस , एक Doctor ले सोच्यो कि एक हजार कमाउने यहि राम्रो मौका हो , उ क्लिनिक मा गयो र भन्यो , ” मलाई कुनैपनी चिजको स्वाद आउदैन ? Teacher : बक्स नम्वर 22 बाट औषधि निकाल , र तीन बुन्द पिलाउ , नर्सले पिलाइदिइन ।। Doctor : यो त पेट्रोल हो Teacher : बधाइछ तपाइलाई स्वाद महसुस भयो , ल्याउनुस तीन सय रुपैया !! डाक्टरलाई धेरै रिस उठ्यो र केही दिन पछि फेरि पैसा असुल्नको लागि गयो , Doctor : साप मेरो सम्झने शक्ति कमजोर भएको छ , Teacher : बक्स नम्बर 22 बाट औषधि निकाल , तीन बुन्द पिलाउ , Doctor : तर यो औषधी त जिब्रोको स्वादको लागि हो , Teacher : Wow ! तपाइको सम्झने शक्ति बलियो भएछ , ल्याउनुस तीन सय रुपैया , यसपटक डाक्टर धेरै रिसाएर गयो , Doctor : मेरो दृष्टि कमजोर भएको छ Teacher : यसको औषधि मसित छैन यो लिनुस एक हजार रुपैया !! Doctor : यो त पाँच सय को नोट हो , Teacher : Wow ! दृष्टि फर्किएछ , खोइ ल्याउनुस तीन सय रुपैया , हाहाहा …. एकछिन हास्नुस

चुटकिला : श्रीमती र छोराको डर

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन भन तिमी म संग कहिले बिहे गर्छौ ? ठट्टा प्रसाद – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो घरमा सोध्नु पर्छ। प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ? ठट्टा प्रसाद – किन नमान्नु ? मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !