दोस्रो चरणको चुनावको काममा प्रभावित नहुने गरी तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, वैशाख ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचनका लागि काम र तयारी प्रभावित नहुने गरि तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको आयोगका पदाधीकारी र संघीय गठबन्धनका नेताबीचको छलफलपछि प्रधानमन्त्री दाहालले दर्ता प्रक्रियामा छुटेका दलहरुलाई पनि निर्वाचनमा समावेश गर्नेगरी तयारी थाल्न आग्रह गर्नुभएको हो ।

संविधान संशोधन र दुई चरणको निर्वाचनको विषयमा समझदारी बनेपछि सरकार सङ्घीय गठबन्धनमा आबद्ध दलहरु र निर्वाचन आयोगबीच बिहीबार बिहान भएको छलफलमा हालसम्म दर्ता नभएका दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन कानुनी र अन्य जटिलता फुकाउन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलहरुको एकतापछि निर्माण भएको राष्ट्रिय जनता पार्टी र अन्य छुटेका दलहरुलाई पहिलो चरणको निर्वाचनका लागि तोकिएको उम्मेदवारी मनोनयनको दिन यही वैशाख १६ गतेको सट्टा १८ गतेलाई सार्ने र उम्मेदवारहरुको हस्ताक्षर बुझाउने समय पनि केही दिन पर सार्न आफूहरु तयार भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो ।

उहाँले विद्यमान संविधान र कानुनमा केही दलले माग गरेजस्तो पार्टीको निर्वाचन चिह्न हाललाई दिन नसकिने तथा दोस्रो चरणको निर्वाचन (जेठ ३१) मा जाँदा पनि नयाँ मतपत्र छाप्न कठिनाइ हुने स्पष्ट गर्नुभयो ।

उहाँले जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानको व्यवस्थालाई पछि सार्ने गरी संविधान संशोधनमा गएर दोस्रो चरणको निर्वाचन गर्दा आचारसंहिता प्रतिकूल नहुने बताउनुभयो ।

सङ्घीय गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले सरकार र आफूहरुबीचको समझदारीलाई चाँडै लिखित सहमतिमा रुपान्तरण गरी दल दर्ता र निर्वाचन चिह्नका बारेमा अध्यादेशबाट भए पनि कानुन संशोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन सरकार सकारात्मक भएकाले आन्दोलन स्थगन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आमन्त्रणमा भएको सो छलफलमा सङ्घीय गठबन्धनका नेताहरु र निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

माओवादी केन्द्रद्वारा देशैभरी उम्मेदवार घोषणा, हेर्नुस् सूचि

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले देशका विभिन्न स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ । पार्टीले देशैभरि धमाधम उम्मेदवारको टुंगो लगाउँदै गएको छ । माओवादी स्रोतका अनुसार देशका लगभग अधिकांश स्थानमा उम्मेदवारको टुंगोलगाइसकिएको छ, बाँकी केही स्थानमा अन्तिम तयारीमा छ । आजको नयाँ पत्रिकामा खबर छ । काठमाडाैं बूढानीलकण्ठ नगरपालिका मेयर : रबिन अधिकारी उपमेयर :  होमकुमारी दुलाल नागार्जुन नगरपालिका मेयर  : कुमार तामाङ उपमेयर:   उर्मिला रोका टोखा नगरपालिका मेयर : कल्पना शर्मा उपमेयर : दीपक बानियाँ तारकेश्वर नगरपालिका मेयर :धनलाल महर्जन उपमेयर: विना राना चन्द्रागिरि नगरपालिका मेयर : श्रीकृष्ण श्रेष्ठ उपमेयर : उर्मिला रोका दक्षिणकाली नगरपालिका मेयर : सञ्जय लामा उपमेयर : छनोट हुन बाँकी शंखरापुर नगरपालिका मेयर : कृष्णराज सुवेदी उपमेयर :इन्द्रमाया तामाङ मनोहरा कागेश्वरी मेयर : महेश्वर फुयाँल उपमेयर : रुकु रणपाल गोकर्णेश्वर नगरपालिका मेयर : टिआर नेपाल उपमेयर : रेणु कार्की ललितपुर कान्जोसोम गाउँपालिका अध्यक्ष : गोपी स्याङताङ उपाध्यक्ष : मिङमा ब्लोन वडा १ : सन्तलाल तामाङ वडा २ : ध्रुव घिमिरे वडा ३ : उद्धव घिमिरे वडा ४ : कपिल घलान वडा ५ : सुविन्द्र बल तामाङ बाग्मती गाउँपालिका अध्यक्ष : राजु आलेमगर उपाध्यक्ष : कमला थापामगर वडा १ : ज्ञानु तामाङ वडा २ : चन्द्र भुुलुन वडा ३ : दीपक घिमिरे वडा ४ : जुवारलाल तामाङ वडा ५ : ओमप्रकाश तिमिल्सेना वडा ६ : रामशरण घिमिरे वडा ७ : कृष्णबहादुर बल महांकाल गाउँपालिका अध्यक्ष : बुद्धबहादुर मेघी उपाध्यक्ष : विमला आचार्य वडा १ : खुमप्रसाद गौतम वडा २ : सञ्जय तामाङ वडा ३ : राजेन्द्र न्यासुर वडा ४ : माधव दुलाल वडा ५ : तुलसी बजगाईं वडा ६ : माधव बञ्जारा दाङ घोराही उपमहानगरपालिका मेयर : जीवन गौतम लमही नगरपालिका मेयर : द्रोपदा पौडेल उपमेयर : कालुराम चौधरी राप्ती गाउँपालिका अध्यक्ष : श्यामेश चौधरी उपाध्यक्ष : भगवता अधिकारी शान्तिनगर गाउँपालिका अध्यक्ष : नेवबहादुर रोका उपाध्यक्ष : राधिका परियार बबई गाउँपालिका अध्यक्ष : सुशील खड्का क्षेत्री उपाध्यक्ष : उर्मिला ओली बंगलाचुली गाउँपालिका अध्यक्ष : भक्तबहादुर ओली उपाध्यक्ष : यमुना घर्ती गढवा गाउँपालिका अध्यक्ष : लुमाकान्त न्यौपाने दंगीशरण गाउँपालिका अध्यक्ष : हीरालाल चौधरी बाँके कोहलपुर नगरपालिका मेयर : नरेन्द्र न्यौपाने उपमेयर : देवीकुमारी चौधरी कोहलपुर नगरपालिका वडा नं. १ : अम्मर चन्द वडा नं. २ : अम्मर विक वडा नं. ३ : ताराकेशर रिजाल वडा नं ४ : तीर्थराम थारू वडा नं ५ : शिव सुनार वडा नं. ६ : रामशरण थारू वडा नं. ७ : छेड्वा थारू वडा नं ८ : हस्त बहादुर विक वडा नं ९ : छब्बन अली नट वडा नं १० : देवीलाल बोहरा वडा नं ११ : शेषकान्त शर्मा वडा नं १२ : दशरथ पराजुली वडा नं १३ : गगन राना वडा नं १४ : दान बहादुर ओली वडा नं १५ : जगराम थारू खजुरा गाउँपालिका अध्यक्ष : डम्बरबहादुर विक ‘तुफान’ उपाध्यक्ष : फिरोज वानु खाँ वडा नम्बर १ : कृष्ण राना वडा नम्बर २ : धनराम वली वडा नम्बर ३ : कान्तुराम गौतम वडा नम्बर ४ः टेकबहादुर रोकाय वडा नम्बर ५ : गरिबे शेख वडा नम्बर ६ : फारुख शेख वडा नम्बर ७ : रामगोपाल यादव वडा नम्बर ८ : असफाक खाँ जानकी गाउँपालिका अध्यक्ष : रक्षाराम कुर्मी उपाध्यक्ष : पुष्पा खटिक वडा नम्बर १ : तोहिद आलम काबडिया बडा नम्बर २ : चन्द्रिकाप्रसाद गुप्ता वडा नम्बर ३ : हुसेनी यादव वडा नम्बर ४ : गौरीलाल थापा वडा नम्बर ५ : हमिद हलुवाई वडा नम्बर ६ : आविद खाँ गाेरखा धार्चे गाउँपालिका अध्यक्ष : सूर्य गुरुङ उपाध्यक्ष : आशा गुरुङ आरुघाट गाउँपालिका अध्यक्ष : जगन्नाथ खनाल उपाध्यक्ष : अमृत लामा भीमसेन गाउँपालिका अध्यक्ष : लोकप्रसाद बञ्जारा उपाध्यक्ष : लीला श्रेष्ठ सुलिकोट गाउँपालिका अध्यक्ष : विष्णु भट्ट उपाध्यक्ष : सनामाया गुरुङ अजिरकोट गाउँपालिका अध्यक्ष : दीपक देवकोटा उपाध्यक्ष : अनिता भुजेल सिरानचोक गाउँपालिकामा अध्यक्ष : नवराज पुडासैनी गण्डकी गाउँपालिका अध्यक्ष : दीपक तिमल्सिना उपाध्यक्ष : पूर्ण थापा सहिद लखन थापा गाउँपालिका अध्यक्ष : रमेश थापा मगर उपाध्यक्ष : इन्दिरा तिवारी सिन्धुली कमलामाई नगरपालिका मेयर : सावित्री पाण्डे गजुरेल उपमेयर : सावित्रा श्रेष्ठ दुधौली नगरपालिका मेयर : दिनेश अधिकारी दनुवार उपमेयर : इन्दिरा काफ्ले सुनकोसी गाउँपालिका अध्यक्ष : दीपा बोहरा उपाध्यक्ष : कमल दाहाल मरिण गाउँपालिका अध्यक्ष : पानिराज बम्जन उपाध्यक्ष : संगीता माझी हरिहरपुरगाढी गाउँपालिका अध्यक्ष : कार्साङ तामाङ उपाध्यक्ष : सुनिता राई तीनपाटन गाउँपालिका अध्यक्ष : धनबहादुर पुलामी उपाध्यक्ष : जानुका तिमल्सेना घ्याङ्लेक गाउँपालिका अध्यक्ष : शंकरमान बोलन उपाध्यक्ष ः टुंगो लाग्न बाँकी फिक्कल गाउँपालिका अध्यक्ष : खड्ग रजन उपाअध्यक्ष : टुंगो लाग्न बाँकी गोलन्जोर गाउँपालिका अध्यक्ष : ज्वालाप्रसाद न्यौपाने उपाध्यक्ष : पुष्पा भुजेल  कञ्चनपुर कृष्णपुर नगरपालिका मेयर : जोगराम चौधरी पुनर्वास नगरपालिका मेयर : वीरबहादुर थापा बूढानीलकण्ठ नगरपालिका मेयर : रबिन अधिकारी उपमेयर : होमकुमारी दुलाल नागार्जुन नगरपालिका मेयर : कुमार तामाङ उपमेयर : उर्मिला रोका टोखा नगरपालिका मेयर : कल्पना शर्मा उपमेयर : दीपक बानियाँ तारकेश्वर नगरपालिका मेयर : धनलाल महर्जन उपमेयर : विना राना चन्द्रागिरि नगरपालिका मेयर : श्रीकृष्ण श्रेष्ठ उपमेयर : उर्मिला रोका दक्षिणकाली नगरपालिका मेयर : सञ्जय लामा उपमेयर : छनोट हुन बाँकी शंखरापुर नगरपालिका मेयर : कृष्णराज सुवेदी उपमेयर : इन्द्रमाया तामाङ मनोहरा कागेश्वरी मेयर : महेश्वर फुयाँल उपमेयर : रुकु रणपाल गोकर्णेश्वर नगरपालिका मेयर : टिआर नेपाल उपमेयर : रेणु कार्की कान्जोसोम गाउँपालिका अध्यक्ष : गोपी स्याङताङ उपाध्यक्ष : मिङमा ब्लोन वडा १ : सन्तलाल तामाङ वडा २ : ध्रुव घिमिरे वडा ३ : उद्धव घिमिरे वडा ४ : कपिल घलान वडा ५ : सुविन्द्र बल तामाङ बाग्मती गाउँपालिका अध्यक्ष : राजु आलेमगर उपाध्यक्ष : कमला थापामगर वडा १ : ज्ञानु तामाङ वडा २ : चन्द्र भुुलुन वडा ३ : दीपक घिमिरे वडा ४ : जुवारलाल तामाङ वडा ५ : ओमप्रकाश तिमिल्सेना वडा ६ : रामशरण घिमिरे वडा ७ : कृष्णबहादुर बल महांकाल गाउँपालिका अध्यक्ष : बुद्धबहादुर मेघी उपाध्यक्ष : विमला आचार्य वडा १ : खुमप्रसाद गौतम वडा २ : सञ्जय तामाङ वडा ३ : राजेन्द्र न्यासुर वडा ४ : माधव दुलाल वडा ५ : तुलसी बजगाईं वडा ६ : माधव बञ्जारा घोराही उपमहानगरपालिका मेयर : जीवन गौतम लमही नगरपालिका मेयर : द्रोपदा पौडेल उपमेयर : कालुराम चौधरी राप्ती गाउँपालिका अध्यक्ष : श्यामेश चौधरी उपाध्यक्ष : भगवता अधिकारी शान्तिनगर गाउँपालिका अध्यक्ष : नेवबहादुर रोका उपाध्यक्ष : राधिका परियार बबई गाउँपालिका अध्यक्ष : सुशील खड्का क्षेत्री उपाध्यक्ष : उर्मिला ओली बंगलाचुली गाउँपालिका अध्यक्ष : भक्तबहादुर ओली उपाध्यक्ष : यमुना घर्ती गढवा गाउँपालिका अध्यक्ष : लुमाकान्त न्यौपाने दंगीशरण गाउँपालिका अध्यक्ष : हीरालाल चौधरी कोहलपुर नगरपालिका मेयर : नरेन्द्र न्यौपाने उपमेयर : देवीकुमारी चौधरी कोहलपुर नगरपालिका वडा नं. १ : अम्मर चन्द वडा नं. २ : अम्मर विक वडा नं. ३ : ताराकेशर रिजाल वडा नं ४ : तीर्थराम थारू वडा नं ५ : शिव सुनार वडा नं. ६ : रामशरण थारू वडा नं. ७ : छेड्वा थारू वडा नं ८ : हस्त बहादुर विक वडा नं ९ : छब्बन अली नट वडा नं १० : देवीलाल बोहरा वडा नं ११ : शेषकान्त शर्मा वडा नं १२ : दशरथ पराजुली वडा नं १३ : गगन राना वडा नं १४ : दान बहादुर ओली वडा नं १५ : जगराम थारू खजुरा गाउँपालिका अध्यक्ष : डम्बरबहादुर विक ‘तुफान’ उपाध्यक्ष : फिरोज वानु खाँ वडा नम्बर १ : कृष्ण राना वडा नम्बर २ : धनराम वली वडा नम्बर ३ : कान्तुराम गौतम वडा नम्बर ४ः टेकबहादुर रोकाय वडा नम्बर ५ : गरिबे शेख वडा नम्बर ६ : फारुख शेख वडा नम्बर ७ : रामगोपाल यादव वडा नम्बर ८ : असफाक खाँ जानकी गाउँपालिका अध्यक्ष : रक्षाराम कुर्मी उपाध्यक्ष : पुष्पा खटिक वडा नम्बर १ : तोहिद आलम काबडिया बडा नम्बर २ : चन्द्रिकाप्रसाद गुप्ता वडा नम्बर ३ : हुसेनी यादव वडा नम्बर ४ : गौरीलाल थापा वडा नम्बर ५ : हमिद हलुवाई वडा नम्बर ६ : आविद खाँ धार्चे गाउँपालिका अध्यक्ष : सूर्य गुरुङ उपाध्यक्ष : आशा गुरुङ आरुघाट गाउँपालिका अध्यक्ष : जगन्नाथ खनाल उपाध्यक्ष : अमृत लामा भीमसेन गाउँपालिका अध्यक्ष : लोकप्रसाद बञ्जारा उपाध्यक्ष : लीला श्रेष्ठ सुलिकोट गाउँपालिका अध्यक्ष : विष्णु भट्ट उपाध्यक्ष : सनामाया गुरुङ अजिरकोट गाउँपालिका अध्यक्ष : दीपक देवकोटा उपाध्यक्ष : अनिता भुजेल सिरानचोक गाउँपालिकामा अध्यक्ष : नवराज पुडासैनी गण्डकी गाउँपालिका अध्यक्ष : दीपक तिमल्सिना उपाध्यक्ष : पूर्ण थापा सहिद लखन थापा गाउँपालिका अध्यक्ष : रमेश थापा मगर उपाध्यक्ष : इन्दिरा तिवारी कमलामाई नगरपालिका मेयर : सावित्री पाण्डे गजुरेल उपमेयर : सावित्रा श्रेष्ठ दुधौली नगरपालिका मेयर : दिनेश अधिकारी दनुवार उपमेयर : इन्दिरा काफ्ले सुनकोसी गाउँपालिका अध्यक्ष : दीपा बोहरा उपाध्यक्ष : कमल दाहाल मरिण गाउँपालिका अध्यक्ष : पानिराज बम्जन उपाध्यक्ष : संगीता माझी हरिहरपुरगाढी गाउँपालिका अध्यक्ष : कार्साङ तामाङ उपाध्यक्ष : सुनिता राई तीनपाटन गाउँपालिका अध्यक्ष : धनबहादुर पुलामी उपाध्यक्ष : जानुका तिमल्सेना घ्याङ्लेक गाउँपालिका अध्यक्ष : शंकरमान बोलन उपाध्यक्ष : टुंगो लाग्न बाँकी फिक्कल गाउँपालिका अध्यक्ष : खड्ग रजन उपाअध्यक्ष : टुंगो लाग्न बाँकी गोलन्जोर गाउँपालिका अध्यक्ष : ज्वालाप्रसाद न्यौपाने उपाध्यक्ष : पुष्पा भुजेल कृष्णपुर नगरपालिका मेयर : जोगराम चौधरी पुनर्वास नगरपालिका मेयर : वीरबहादुर थापा बाँसगढी नगरपालिका मेयर : बिनाराम थारू उपमेयर : भूमि विक गेरुवा गाउँपालिका अध्यक्ष : बेहगराज थारू उपाध्यक्ष : लीला थारू बढैयाताल गाउँपालिका अध्यक्ष : लल्लुराम थारू उपाध्यक्ष : राधा आचार्य

उपेन्द्र यादवले अध्यक्षको दावी गरेपछि भाँडियो नयाँ शक्तिसँग एकता

काठमाडौं – एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर आजको नागरिकमा छ । स्रोतका अनुसार बैशाख पहिलो साचाभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयबाहेक अन्य बिषयमा करिबकरिब सहमति जुटिसकेको थियो । तर अध्यक्षको बिषयमा भने सहमति जुट्न सकेन । स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताले अध्यक्षमा उपेन्द्र यादव नै हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको रुपमा स्वीकार गर्न सकिने बताएका थिए । नयाँ शक्तिका नेताहरुले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने अडान राखेका थिए ।

मोर्चासँग सहमतिपछि अब कसरी बढ्छ राजनीतिक प्रक्रिया ?

शनिबार साँझ राजनीतिक निकासका लागि सरकार र मोर्चाबीच ठोस सहमति भएको छ । के के भयो त मोर्चा र सरकारबीच सहमति ? अब कसरी अगाडि बढछ राजनीतिक प्रक्रिया । यसबारेमा नयाँपत्रिका दैनिकमा आज समाचार प्रकाशित भएको छ । के भयो सहमति ? -संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठका अनुसार शनिबारको वार्ता निर्णायक भएको छ । ‘अहिलेसम्मको राजनीतिक गतिरोध अन्त्य गर्न शनिबारको बालुवाटार वार्ता निर्णायक भएको छ,’ श्रेष्ठले भने, ‘संघीयता तथा सीमांकनजस्ता विषयमा अधिकारसम्पन्न आयोग गठन गर्ने र त्यसले प्रदेशको संख्या, सिमाना, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको निश्चित समयमा अध्ययन गरी प्रतिवेदन दिने र यसकै आधारमा नेपाल सरकारले कार्यान्वयन गर्नेछ ।’ भाषा आयोगले सरकारी कामकाजका भाषा भनेर सिफारिस गरेका भाषालाई सरकारले संविधानको अनुसूचीमा समावेश गर्ने भएपछि सहमति जुटेको श्रेष्ठले बताए । -प्रदेशको सीमा हेरफेरका सन्दर्भमा संविधानको धारा २७४ मा संघीय संसद्ले नै विधेयक उत्पत्ति भइसकेपछि सम्बन्धित प्रदेशलाई ३० दिनभित्र परामर्शका लागि पठाउने र त्यो आइसकेपछि प्रदेशनले नै निर्णय गर्न सक्ने विषयमा सहमति भएको नेता श्रेष्ठले बताए । -कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कुनै प्रदेशको सीमांकन परिवर्तन गर्नुप¥यो भने सम्बन्धित प्रदेशको सहमतिमा गर्ने विषयमा समझदारी भएको जानकारी दिए । नागरिकतासम्बन्धी विधेयक प्रस्ताव भएअनुसार जस्ताको तस्तै अघि बढ्ने भएको छ । सरकारले प्रस्ताव गरेको पाँचबुँदे संशोधनमा नागरिकताबारे ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछ’ भन्ने विषय उल्लेख छ । गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई इलेक्टोरल कलेजबाट हटाउने विषयमा सहमति भएको छ । यसअघि माथिल्लो सदनमा गाउँ र नगरका प्रमुखलाई पनि भोटिङको अधिकार थियो । सहमतिका विषय आइतबार नै अघि बढाइने -सहमति भएका विषयलाई सरकारले मन्त्रिपरिषद्बाट आइतबार नै अघि बढाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बताए । ‘तीन बुँदामा सहमति भयो । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमा परिमार्जन गरी त्यसलाई चाँडोभन्दा चाँडो पारित गर्ने, यसका निमित्त सरकारले आइतबार आवश्यक निर्णय गर्नेछ,’ मन्त्री लेखकले भने । -राजपाका नेता राजेन्द्र महतोले सहमति भएका विषय आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नगरे आन्दोलनका कार्यक्रम स्थगित नहुने बताए । ‘सहमति भएका विषयलाई सरकारले परिमार्जनसहित अगाडि बढायो भने मोर्चा र गठबन्धनको बैठक बसेर आइतबार नै आन्दोलनका कार्यक्रम स्थगित गर्छौँ,’ महतोले नयाँ पत्रिकासँग भने ।

संसारभरीका वैज्ञानिकहरु आन्दोलनमा, ५ सय शहरमा प्रदर्शन

संसारभरका ५०० शहरमा विज्ञानको समर्थनमा ठूलो अभियान गरिंदैछ। ुमार्च फर साइन्सु अर्थात विज्ञानको पक्षमा प्रदर्शन भनिएको सो अभियानमार्फत तथ्य र प्रमाणमाथिको बढ्दो राजनीतिक आक्रमणको विरोध गरेको प्रदर्शनकारीहरुले बताएका छन्। विविसीले लेखेको छ– जलवायु परिवर्तनलाई छल भनेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकाका वैज्ञानिक निकायहरुलाई दिइने रकम कटौती गर्ने योजनाविरुद्ध सो कदम चालेको त्यो विश्वव्यापी कार्यक्रमका आयोजकले बताएका छन्। सो अभियानकी एकजना मानार्थ सह(अध्यक्ष लिडिया भिला(कोमारोफले वैज्ञानिकहरुले आफ्नो आवाज सुनाउन चाहेको बताएकी छिन्। विज्ञान जोखिममा परेको हुनाले त्यस्तो कदम चाल्न आवश्यक भएको र नीति निर्माण गरिने टेबलमा विज्ञानको उपस्थिति हुनु जरुरी भएको उनले बताइन्। विविध क्षेत्र र तहका वैज्ञानिकहरुको उपस्थिति भएकाले त्यो अभियानलाई वामपन्थी राजनीतिज्ञहरुको अभियान भन्न नसकिने उनको विचार छ। तर तटीय भूगर्भशास्त्रका एकजना प्राध्यापक रबर्ट यङले भने त्यस्तो किसिमको जुलुस वामपन्थी राजनीतिज्ञहरुले आयोजना गर्ने परम्परा रहेकाले त्यो अभियान विज्ञानमा नभएर राजनीतिमा केन्द्रित छ भन्ने अर्थ लाग्न सक्ने र ती वैज्ञानिकहरुलाई वामपन्थी धारका वातावरणप्रेमीका रुपमा लिइन सक्ने खतरा पनि रहेको बताएका छन्। अन्य वैज्ञानिकले भने विज्ञान खतरामा परेकाले राजनीतिक कदम चाल्नैपर्ने अवस्था आएको र निष्क्रिय रहने विकल्प बाँकी नरहेको बताएका छन्। भाषाविद् एरिक जार्भिसले इतिहासमै पहिलोपटक वैज्ञानिकहरुले विज्ञानको सुरक्षाका हेतु भेला भएर कदम चाल्नुपर्ने स्थिति आउनु भनेको निकै चिन्ताजनक अवस्था आएको बताएका छन्। संसारको सबैभन्दा शक्तिशाली देशले विज्ञान र तर्कमाथि आक्रमण गरेको भन्दै त्यसलाई विज्ञानमाथि मात्रै होइन मानवतामाथिकै आक्रमण भनेका छन्।

चिन्ह नपाए चुनाव हुन दिन्नौं : भट्टराई

गोरखा, वैशाख ९ । नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले साना दलहरुले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । पार्टीले शनिबार पालुङटारमा आयोजना गरेको जनसभामा बोल्दै नेता भट्राइले चिन्ह प्राप्तिका लागि जस्तो सुकै संघर्ष पनि गर्न तयार रहेको बताउँदै भने, ‘चुनाव लड्छु भन्दा भन्दै चिन्ह नदिएर निर्दलीय पञ्चायती व्यवस्था ल्याउन खोजिको छ । त्यस्तो म हुन दिन्न ।’ उनले भने, ‘हामी चुनावको विरोधी होइनौ, तर चिन्ह पाइएन भने अरुलाइ पनि किन चुनावमा होमिन दिने ?’ चुनाव जितेर नयाँ शक्ति पार्टी सत्तामा पुगिछाड्ने उनले दावी गरे । ‘चुनाव जसरी पनि गर्नुपर्छ, तर सत्ताधारीहरुले सार्न खोजिरहेका छन’, उनले कार्यकर्ताहरुलाई भने, ‘चुनावको तयारीमा जुट्नु होस ।’ नयाँ शक्तिले तराई, पहाड र हिमाल जोडेर राष्ट्रियता जोगाउने भट्टराईले बताए । ‘नयाँ शक्ति चुनाव जितेर देशलाई समृद्ध बनाउने लिगलिगे दौडमा छ’, उनले भने, ‘प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीले सत्ताको खेल छाडून् ।’ पार्टी निर्वाचन आयोगमा दर्ता भएर पनि चुनाव चिन्ह नदिएको प्रति उनले आक्रोश व्यक्त गरे । ‘भगवान कृष्णको विरुद्ध कंशहरुको हर्कत सुरु भएको छ, प्रचण्ड कंश भए’, उनले भने । सत्ताको दुरुपयोग गरेर चुनाव चिन्ह नदिएको उनको भनाई थियो ।

गोरखामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

गोरखा, वैशाख ९ । माओवादी केन्द्रले गोरखा भिनसेन गाउँपालिका अन्तर्गत स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सो उम्मेदवारी घोषणा गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर नेकपा माओवादी केन्द्रको उपहार गाउँ–नगरमा सिंहदरवार ! सुदृढ लाल किल्ला, समृद्ध गोरखा जिल्ला भन्ने नाराका साथ माओबादी केन्द्र गोरखाले स्थानीय तह निर्वाचन र उमेरद्वार घोषणा सभाको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । सभाले गाउँ पालिका प्रमुखमा लोक प्रसाद बंजारा (अक्कल)लाई घोषणा गरेको छ । त्यस्तै उप प्रमुखमा लिला श्रेष्ठ, मसेल वडा न १ को अध्यक्षमा बिनोद पाण्डे, तान्द्राङ २ मा शेषनाथ भट्टराई, ३ मा गिरिधर भट्ट, धावा ४ मा मदन साक्य, बगुवा ५ मा प्रेम चन्द्र श्रेष्ठ उम्मेदवारी घोषणा भएका छन् । त्यस्तै अश्राङ ६ मा रनिल राना मगर, बोर्लाङ ७ नारायण श्रेष्ठ र ८ बाट रामहरी ढकाल घोषित भएका छन् ।

मिल्यो कुरा, दुई चरणमा निर्वाचन गर्ने सहमती, मोर्चाले आन्दोलन फिर्ता लिने

काठमाडौं, बैशाख ९ । शनिबार दिनभर बसेको सरकार र संघीय गठबन्धन बीचको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर छलफल चलेको थियो । बैठकमा सरकारद्धारा संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्ने सहमति भएको छ । सहमतिअनुसार सीमाङ्कनको विषय अधिकार सम्पन्न संघीय आयोगले अन्तिम टुङ्गो लगाउने, भाषाका विषयमा भाषा आयोगको सिफारिसलाई संविधानको अनुसूचिमा राख्ने, नागरिकताका विषयमा सरकारले संसदमा पेश गरेको प्रस्तावलाई अघि बढाउने, मधेशमा जनसंख्यालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र र स्थानीय तहको संख्या बढाउने सहमति भएको छ । बैठकमा सरकारद्धारा बैशाख ३१ गतेका लागि घोषणा गरेको मितिमै पहिलो चरणको स्थानीय तहको निर्वाचन गर्ने तोकिएकै मितिमा गर्ने सहमति भएको छ । दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले तोक्ने सहमति पनि बैठकले गरेको छ । सहमतिसँगै संघीय गठबन्धनले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् । सरकार र संघीय गठबन्धन बीच भएको सहमति आइतबार बस्ने मन्त्रीपरिषदको बैठकले अनुमोदन गर्नेछ । निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले तोक्ने र सहमति अनुसार संविधान संशोधन प्रस्ताव द्रुत मार्गबाट पारित गर्ने सहमति पनि बैठकले गरेको छ । शनिबारको सहमतिसँगै राजनीतिक गतिरोध पूर्णतः अन्त्य भई मुलूक निर्वाचनमा होमिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

चुनाव सर्दैन, वैशाख ३१ मै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, वैशाख ९ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख ३१ गते नै तोकिएको स्थानीय तहको निर्वाचन हुने बताएका छन् । अब कुनै पनि हालतमा मिति सार्न नसकिने बताउँदै उनले भने, ‘वैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले आगामी ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् । त्यसै अनुरुप आयोगले सम्पूर्ण तयारी गरिसके र निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेको बताए । डा.यादवले आयोगले ३१ गतेको निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए । उनले भने, ‘निर्वाचनको सुनिश्चितता भैसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन् ।’ उनले यदि कुने कारणबस कुनै ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । यादवले भने, ‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारे पनि कति दिन सार्ने हो रु समयावधि कति हो रु कुन कुन विषयलाई लिएर सार्ने हो रु यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’ निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थानमा पुर्याउन आजैबाट ढुवानीको काम सुरु भएको जानकारी दिँदै यादव ११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुने बताए । निर्वाचन आयोगको कामकारवाही देखेर निर्वाचनको सुनिश्चितता भएको भन्दै संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधिहरुले पनि नेपालको डेमोक्रेसी ईन अपरेसन भनेर प्रशंसा गरेको उनले बताए । निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि आयोगले ज्यादै मेहनतका साथ काम गरिरहेको पनि उनले बताए । आयोगले गर्नुपर्ने कामहरुमा केही समस्या आए समाधान गर्न आयोग तयार र सक्षम रहेको दाबी गरे । दलहरुबिच अहिलेसम्म पूर्ण रुपमा सहमति भैनसके पनि पछिल्ला दिनहरुमा सहमतिको लागि घनिभुत रुपमा छलफल हुुनु सकारात्मक भएको उल्लेख गर्दै दलहरुबिच सहमति होस् भनेर आफूहरुले आशा लिएको यादवको भनाई थियो ।

निर्वाचनका लागि सरकारले छलफल गरीरहेकाे छ, टुंगोमा लाग्छ : उपप्रम थापा

विराटनगर, वैशाख ९ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आगामी ३१ गते हुने स्थानीय निर्वाचनका लागि सरकार सबैको सहमति र सहभागिता बटुलिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री थापाले सो वातावरण मिलाउनका लागि मधेसी मोर्चासँग निरन्तर छलफल जारी रहेको जानकारी दिएका छन् । मधेसी मोर्चासँग सहमति भए स्थानीय तहको निर्वाचन दुई चरणमा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाले स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग राखेको जानकारी गराए । मधेसी मोर्चासँग सहमति भए वैशाख ३१ गते नै सबै क्षेत्रमा निर्वाचन हुने स्थिति नरहेको भन्दै मन्त्री थापाले केही जिल्लामा जेठभित्र दोस्रो चरणमा निर्वाचन गराउने विषयमा पनि सहमति हुनसक्ने स्पष्ट पारे । उनले मधेसी मोर्चासँग सहमति हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सहमति लिनुपर्ने पनि बताए । पत्रकारको जिज्ञासामा उनले स्थानीय तहलाई प्राप्त अधिकारलाई खोस्न नहुने स्पष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उपप्रधानमन्त्री थापाले नेपाल सरकारको सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने र प्रदेशमा अन्य भाषा राख्न सकिने पनि स्पष्ट पारे ।

पुनरवास नगरापालिकामा माओवादी केन्द्रकाे मेयरमा वीरबहादुर

कञ्चनपुर, वैशाख ९ । कञ्चपुर जिल्लाको दक्षिणी क्षेत्र पुनरर्वास नगरपालिकामा माओवादी केन्द्रले वीरबहादुर थापालाई मेयरको उम्मेदवारका रुपमा घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला इन्चार्जमा सिमित रहेका थापालाई पुनर्वासमा आमसभाको आयोजना गरी मेयर घोषणा गरिएको हो । माओवादी नेत्री तथा दोस्रो संविधानसभा कञ्चनपुर जिल्ला क्षेत्र नं. १ बाट माओवादी उम्मेदवार बीणा मगरको प्रमुख आतिथ्यमा भएको सो आमसभामा जिल्ला इन्चार्ज थापालाई मेयरको रुपमा घोषणा गरिएको हो । थापा कञ्चनपुर र खासगरी जिल्लाका दक्षिणी क्षेत्रमा चर्चित छन् । हालै मात्र कञ्चनपुरको अनन्तबजारमा भारतीय सीमा सुरक्षा बलले गोली चलाएको घटनाको विरुद्धमा थापाले अगुवाई गरेको थिए । आमसभामा बोल्दै थापाले जिल्लाका दक्षिण् क्षेत्रका जनताको सुरक्षा र विकास आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ: राज्यमन्त्री जवेगु

तेह्रथुम, वैशाख ९ । पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् । आज सदरमुकाम म्याङलुङमा गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो– ‘चुनावपछि सिंहदरबारका सेवा सुविधा लिएर सरकार आफैँ जनताको घरदैलोमा आइपुग्छ ।’ राज्यमन्त्री जवेगुले निर्वाचनमा मतदान गर्न पाउनु सबै नागरिकको नैसर्गिक अधिकार भएकाले चुनावमा भाग लिन र मतदान गर्न आग्रह गर्दै “संविधानले दिएको अधिकार प्रयोग गर्दै सक्षम, विकासप्रेमी नेतृत्व चयन गरौँ भन्नुभयो ।” “यो पहिलेको जस्तै मात्रै चुनाव होइन,” उहाँले भन्नुभयो –“यसले स्थानीय सरकारमा जनप्रतिनिधि त छान्छ नै, नागरिकलाई थप सेवासुविधा र अधिकारको पनि सुनिश्चित गर्छ ।” राज्यमन्त्री जवेगुले सबै दलको सहमतिमा तोकिएकै मितिमा चुनाव हुनेमा आफू विश्वस्त रहेको बताउँदै यो चुनावमा पार्टीलाई अग्रपङ्क्तिमा स्थापित गराउन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य टङ्क आङ्बुहाङ, नेत्री वर्षा कन्दङवा, पोलिटब्यूरो सदस्य तथा जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागार्इं, जिल्ला संयोजक इन्द्रप्रकाश इम्सङ र केन्द्रीय सदस्य धर्मराज खड्कालगायत वर्तमान राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

धादिङमा कांग्रेस- माअोवादी मिलेर स्थानीय चुनाव लड्ने

धादिङ, वैशाख ९ । धादिङमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर स्थानीय चुनावमा भाग लिने सहमति गरेका छन् । शुक्रबार राति अबेरसम्म चलेको यी दुई पार्टीको बैठकले सातवटा (नगर र गाउँपालिका) कांग्रेसले र ६ )नगर र गाउँपालिका) माओवादी केन्द्रले उम्मेदवारी दिने गरी सैद्धान्तिक सहमति गरेका हुन् । सहमति निर्माणकै लागि माओवादी केन्द्रले धादिङले जिल्लाभरका नगर र गाउँपालिकामा शनिबार गर्ने भनिएको उम्मेदवार घोषणा कार्यक्रम स्थगित गरेको छ । कांग्रेसको वर्चश्व रहेको सदरमुकाम निलकण्ठ नगरपालिका कांग्रेसलाई र धुनीवेंसी नगरपालिका माओवादी केन्द्रलाई उम्मेदवारी दिने अनौपचारिक सहमति भएको छ । कांग्रेसले त्रिपुरासुन्दरी, खनियावास लगायतका तीनवटा गाउँपालिकामा सर्वसम्मतले अध्यक्ष पदमा उम्मेदवार चयन गरिसकेको छ । छलफलमा माओवादी केन्द्र जिल्ला अध्यक्ष शालिकराम जम्मरकटेल र कांग्रेसका सभापति रमेश धमला लगायतका जिल्लास्तरीय नेताहरुको उपस्थिति थियो ।

भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ

लहान, वैशाख ९ । आफ्नै भाइको हत्याको आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी राय रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा २०७३ फागुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै भाई प्रदीप रायको जलेर मृत्यु भएको थियो । घटनाको अनुसन्धान गर्दै जादाँ फुलगेन र निरोदेवीको संलग्नता रहेको देखिएकाले दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो । काठमाडाँैमा प्रतिज्ञा मेनपावर सञ्चालन गर्दै आएका प्रदीप साथीको भतिजोको बिहेमा सहभागी हुन मिर्चैयास्थित घर आएको र सोही क्रममा दाजु र भाउजुको योजना अन्तर्गत प्रदीपको हत्या भएको अनुमान प्रहरीको छ ।

चुनाव सार्न भारतको दबाब, जसरी पनि वैशाख ३१ मैं हुन्छ– प्रधानमन्त्री

काठमाडौं, वैशाख ९ । सरकारले वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचन सार्न भारतले दबाब दिएको खुलासा भएको छ । शुक्रबार मधेसी मोर्चा र सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भएको सहमतिको हवाला दिँदै निर्वाचनको मिति सार्न प्रधानमन्त्रीले निर्वाचन आयुक्तसँग छलफल गरेको चर्चा सार्वजनिक भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार, प्रधानमन्त्रीले जसरी भएपनि वैशाख ३१ मा नै निर्वाचन गर्ने अडान लिएका छन् । “निर्वाचन सर्ने हल्ला फिँजाइएको हो ।” सचिवालय श्रोतले भन्यो, “जसरी पनि वैशाख ३१ मा नै चुनाव हुन्छ ।” मधेसी मोर्चाभित्र भने चुनावको मितिबारे दुईवटा धार रहेको राष्ट्रिय जनता पार्टीका एक केन्द्रीय नेताले एभरेष्टदैनिकडटकमलाई बताए । “हाम्रो तयारी पुग्दैन भन्ने मधेसवादी दलहरुको बुझाई छ” श्रोतले भन्यो, “त्यही भएर मिति सार्ने कुरामा मधेसवादी दलहरुबीच छलफल जारी रहेको छ ।” स्थानीय निकायको निर्वाचन सार्न एमालेले समेत दबाब दिएको कुरा यसअघि नेकपा माओवादी केन्द्रका नेता अनन्तले केही दिन अघि बताएका थिए । त्यसो त मधेसी मोर्चामा रहेका उपेन्द्र यादव समूहले भने स्थानीय निकायको निर्वाचन नै नगर्ने बरु सोझै केन्द्रीय संसदको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । उपेन्द्र यादवसँगै राजनीतिक एजेण्डामा सहकार्य गरिरहेको नयाँ शक्तिले समेत स्थानीय निर्वाचन अहिले गर्न नहुने धारणा व्यक्त गर्दै आएको थियो । यद्यपी पार्टीको यसै साता सम्पन्न केन्द्रीय बैठकले सम्पूर्ण शक्ति निर्वाचनमा खर्च गर्ने कार्यनीति पारित गरेको छ । विश्वस्त सूत्रका अनुसार, भारतभित्रका केही शक्ति केन्द्रहरुले चुनावको मिति सार्ने प्रस्ताव अघि सारेका छन् । उनीहरुले दुई चरणको चुनाव नगरी दुई तीन महिना सारेर असोज या कार्तिकमा एकैपटक निर्वाचन सार्न दबाब दिएका हुन । खासगरी मधेस केन्द्रीत दलहरुभित्र यो दबाब चर्को रहेको श्रोतले बतायो । “अहिले निर्वाचन सार्ने, पछि स्थानीय होइन, एकैपटक केन्द्रीय संसदको चुनाव गरौं भन्ने उनीहरुले भनिरहेका छन् । यही किसिमको अडान राख्न दबाब समेत दिएका छन्” श्रोतले भन्यो, “मोर्चा घटक दलहरुभित्र समेत यसबारेमा दुई मत देखिएको छ ।” अहिले बाहिर आएका हल्ला र चर्चा पनि यही शक्ति केन्द्रले फिँजाउन लगाएको श्रोतको दावी छ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले भने जसरी भएपनि वैशाख ३१ मा घोषणा गरिएको मिति सार्न नहुने अडान राखेका छन् । बुढानिलकण्ठ श्रोतका अनुसार, मधेसी मोर्चा सहमतिमा आएको खण्डमा उनीहरुको बाहुल्यता रहेको केही क्षेत्रमा केही दिनका लागि चुनाव सार्न सकिनेसम्म लचक हुन सकिने प्रचण्ड र देउबाको सहमति बनेको छ । “तर वैशाख ३१ को मिति भने कुनै पनि हालतमा सर्दैन ।” श्रोतले भन्यो ।

शिक्षकको जागिर छाडेर वडाध्यक्षको उम्मेदवारमा भिड्दै

ताप्लेजुङ, वैशाख ९ । स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिनुभएको छ । काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिनुभएको हो । यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ रहनुभएको छ । सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाउनुभएको छ भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाउनु भएको बताइएको छ । यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेद्धारानै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिनु भएको हो । खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । तीनै जना शिक्षकले अव राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा राजीनामा बुझाएको बताउनुभयो ।